भजनसंग्रह 104:25

अनलक शाब्दिक बाइबल

त्यहाँ गहिरो र फराकिलो, साना र ठुला दुवै असंख्या प्राणीले भरिएको समुद्र छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 69:34 : 34 स्वर्ग र पृथ्वी, समुद्र र त्‍यसमा हलचल गर्ने हरेक थोकले उहाँको प्रशंसा गरून् ।
  • भजन 95:4-5 : 4 पृथ्वीको गहिराइ उहाँको हातमा छ । पहाडहरूका उच्‍चाइहरू उहाँकै हुन् । 5 समुद्र उहाँकै हो, किनकि उहाँले नै त्यो बनाउनुभयो । अनि सुख्‍खा जमिन उहाँकै हातले बनाए ।
  • प्रेरि 28:5 : 5 तब उनले त्यो प्राणीलाई आगोमा झट्कारी दिए र कुनै हानी भोगेनन् ।
  • उत्प 1:20-22 : 20 परमेश्‍वरले भन्‍नुभयो, “पानी ठुलो सङ्ख्‍यामा जीवित प्राणीहरूले भरिऊन्, र पृथ्वीमाथि आकाशमा पक्षीहरू उडून् ।” 21 परमेश्‍वरले विशाल जलचरहरू, र आ-आफ्नो प्रजातिअनुसारको सबै जीवित प्राणी, चलहल गर्ने र पुरै पानीलाई भर्ने प्राणीहरू, र आ-आफ्नो प्रजातिअनुसारको पखेटा भएका सबै पक्षीहरूलाई सृष्‍टि गर्नुभयो । परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो । 22 परमेश्‍वरले तिनीहरूलाई यसो भनेर आशिष् दिनुभयो, “फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ, र समुद्रमा भरिँदै जाओ । पृथ्वीमा पक्षीहरू वृद्धि होऊन् ।”
  • उत्प 1:28 : 28 परमेश्‍वरले तिनीहरूलाई आशिष्‍्‍ दिनुभयो र भन्‍नुभयो,“फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ । पृथ्वीमा भरिँदै जाओ, र त्यसलाई आफ्नो वशमा राख । समुद्रका माछाहरू, आकाशका पक्षीहरू, र पृथ्वीमा चलहल गर्ने सबै जीवित प्राणीहरूमाथि अधिकार गर ।”
  • उत्प 3:1 : 1 ¶ परमप्रभु परमेश्‍वरले बनाउनुभएका सबै जङ्गली पशुहरूमध्ये सर्पचाहिँ बढी धूर्त थियो । त्यसले स्‍त्रीलाई भन्यो, “के परमेश्‍वरले साँच्‍चै नै तिमीहरूलाई बगैँचाको कुनै रुखको फल नखानू भनी भन्‍नुभएको छ?”
  • व्यव 33:14-16 : 14 तिनको देश सूर्यको ताप र महिनैपिच्छेका उब्जनीका अनमोल कुराहरूले आशिषित् होस् । 15 साथै, प्राचीन पर्वतहरूका उत्तम कुराहरू, र अनन्तका पर्वतहरूका अनमोल कुराहरूले आशिषित् होस् । 16 तिनको देश पृथ्वीका अनमोल कुराहरू र यसको प्रचुरता अनि जलिरहेको पोथ्रामा बस्‍नुहुनेको निगाहले आशिषित् होस् । योसेफको शिरमा आशिष् आओस्, र आफ्ना दाजुभाइहरूमाथिका राजकुमारको शिरमा आशिष् आओस् ।
  • व्यव 33:19 : 19 तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउने छन् । त्यहाँ तिनीहरूले धार्मिकताका बलिदानहरू चढाउने छन् । किनकि तिनीहरूले समुद्रको प्रचुरता र समुद्रीतटको बालुको सम्पत्ति उपभोग गर्ने छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 104:26-27
    2 पदहरू
    86%

    26पानी जहाजहरू त्यहाँ यात्रा गर्छन् र लिव्यातन पनि त्यहाँ छ, जसलाई तपाईंले समुद्रमा खेल्नलाई बनाउनुभयो ।

    27यी सबैले समयमा आफ्‍नो खाना पाउनलाई तपाईंतिर हेर्छन् ।

  • 24हे परमप्रभु, तपाईंका कामहरू कति धेरै र फरक किसिमका छन्! बुद्धिले तपाईंले तिनीहरू सबै बनाउनुभयो । पृथ्वी तपाईंको कामहरूले भरिन्‍छ ।

  • भजन 8:7-8
    2 पदहरू
    77%

    7सबै भेडा र गोरु अनि मैदानका पशुहरू,

    8आकाशका चराहरू र समुद्रहरूका माछाहरू, समुद्रका धारहरूमा हिंड्‍ने हरेक कुरा ।

  • उत्प 1:20-22
    3 पदहरू
    77%

    20परमेश्‍वरले भन्‍नुभयो, “पानी ठुलो सङ्ख्‍यामा जीवित प्राणीहरूले भरिऊन्, र पृथ्वीमाथि आकाशमा पक्षीहरू उडून् ।”

    21परमेश्‍वरले विशाल जलचरहरू, र आ-आफ्नो प्रजातिअनुसारको सबै जीवित प्राणी, चलहल गर्ने र पुरै पानीलाई भर्ने प्राणीहरू, र आ-आफ्नो प्रजातिअनुसारको पखेटा भएका सबै पक्षीहरूलाई सृष्‍टि गर्नुभयो । परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो ।

    22परमेश्‍वरले तिनीहरूलाई यसो भनेर आशिष् दिनुभयो, “फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ, र समुद्रमा भरिँदै जाओ । पृथ्वीमा पक्षीहरू वृद्धि होऊन् ।”

  • भजन 107:23-25
    3 पदहरू
    76%

    23केहीले समुद्रमा यात्रा गर्छन् र समुद्रपारि व्यपार गर्छन् ।

    24यिनीहरूले समुद्रमा परमप्रभुका कामहरू र उहाँका चमत्कारहरू देखे ।

    25किनकि उहाँले आज्ञा दिनुभयो र समुद्रलाई नै छल्काउने आँधी चल्यो ।

  • 18भुइँमा घस्रने कुनै पनि प्राणी वा पृथ्वीमुनि पानीमा भएको कुनै पनि माछाको प्रतिमा बनाएर तिमीहरूले आफूलाई भ्रष्‍ट नपार ।

  • 10जङ्गली पशुहरू र पाल्तु पशुहरू, घस्रने प्राणीहरू र चराहरू हो ।

  • हब 1:14-15
    2 पदहरू
    74%

    14तपाईंले मानिसलाई समुद्रका माछाझैँ बनाउनुहुन्छ, घस्रने जीवहरूझैँ जसको कुनै शासक छैन ।

    15त्यसले सबैलाई बल्छीले ल्याउँछ । त्यसले मानिसहरूलाई माछी-जालमा पारेर पर लैजान्छ । त्यसले महाजालमा सबैलाई थुपार्छ, अनि त्यो खुशी हुन्छ र रमाहट गर्दछ ।

  • 7समुद्र र त्‍यसमा भएका हरेक कुरा, संसार र यसमा बसोवास गर्नेहरू कराओ ।

  • 31त्यसले गहिरो पानीलाई पानी उम्लको भाँडोजस्तै उमाल्छ । त्यसले समुद्रलाई मलहमको भाँडोजस्तै बनाउँछ ।

  • 20तपाईंले रातको अँध्यारो बनाउनुहुन्छ, जब वनका सबै पशुहरू बाहिर निस्‍किन्‍छन् ।

  • 1¶ त्यस दिन परमप्रभुले आफ्नो कठोर, महान् र डरलाग्‍दो तरवारले त्‍यो सुल्कने सर्प लिव्यातन, गुँडुली पर्ने सर्प लव्यातनलाई दण्ड दिनुहुनेछ र समुद्रमा भएको दैत्यलाई उहाँले मार्नुहुनेछ ।

  • 32समुद्र गर्जियोस् र तिनमा भरिएका सबै थोकले हर्षनाद गरून्‌ । जमिन र त्‍यसमा भएका सबै कुरा उल्‍लसित होऊन्‌ ।

  • 7पृथ्वीबाट उहाँको प्रशंसा गर, हे समुद्रका विशाल जन्‍तुहरू र सागरका गहिराइहरू हो,

  • उत्प 1:24-25
    2 पदहरू
    71%

    24परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको जीवित प्राणीहरू, पाल्तु पशुहरू, घस्रने जन्तुहरू, र पृथ्वीका जङ्गली जनावरहरू उत्पन्‍न गरोस् ।” तब त्यस्तै भयो ।

    25परमेश्‍वरले पृथ्वीका जङ्गली जनावरहरू, पाल्तु पशुहरू, जमिनमा घस्रने सबै जन्तुहरूलाई तिनीहरूकै आ-आफ्नै प्रजातिअनुसार बनाउनुभयो । उहाँले हेर्नुभयो, र त्यो असल थियो ।

  • 30हेर्नुहोस्, उहाँले आफ्नो वरिपरि बिजुली चम्काउनुहुन्छ, र समुद्रको गहिराइलाई ढाक्‍नुहुन्छ ।

  • 7उहाँले समुद्रको पानीलाई एक ठाउँमा थुप्रोझैं जम्‍मा गर्नुहुन्छ । उहाँले महासागरहरूलाई भण्‍डारहरूमा राख्‍नुहुन्छ ।

  • 15एउटा विशाल खँड्कुलो र यसको मुन्तिर बाह्र वटा साँढे,

  • 5मरेकाहरू, पानीमुनि भएकाहरू र त्यहाँ बास गर्नेहरू, सबैलाई त्रसित पारिएको छ ।

  • 46सबै पशु, पक्षी, पानीमा चलहल गर्ने सबै जीवित प्राणी, र जमिनमा घस्रने सबै प्राणीसम्बन्धी विधि यी नै हुन्,

  • 9महान् अनि अगम्‍य कुराहरू गर्नुहुने, अनगिन्ती उदेकका कामहरू गर्नुहुने उहाँ नै हुनुहुन्छ ।

  • 7किनकि सबै किसिमका जङ्‍गली जनावरहरू, चराचुरुङ्गीहरू, घस्रने जन्तुहरू, र समुद्रमा भएका प्राणीहरूलाई वशमा राखिएको छ र ती मानव-जातीद्वारा नै वशमा राखिएको छ ।

  • 8वा पृथ्वीसित बोल्नुहोस्, र त्‍यसले तपाईंलाई सिकाउनेछ । समुद्रका माछाहरूले तपाईंलाई घोषणा गर्नेछन् ।

  • 5हे परमप्रभु, तपाईंका कामहरू कति महान् छन्! तपाईंका विचारहरू धेरै गहन छन् ।

  • 34स्वर्ग र पृथ्वी, समुद्र र त्‍यसमा हलचल गर्ने हरेक थोकले उहाँको प्रशंसा गरून् ।

  • 8जो आफैले आकाशलाई तन्‍काउनुहुन्छ, र समुद्रका छालहरूलाई कुल्चिनुहुन्छ,

  • 4तर धैरै ठोकिने छालहरू, समुद्रका शक्तिशाली छालहरूभन्‍दा माथि परमप्रभु उच्‍चमा शक्तिशाली हुनुहुन्‍छ ।

  • 10उहाँले महान् र अगम्‍य कुराहरू, अनि अनगिन्ती उदेकका कामहरू गर्नुहुन्छ ।

  • 6परमप्रभुले जे इच्छा गर्नुहुन्छ, स्वर्गमा, पृथ्वीमा, समुद्रमा र सबै महासागरका गहिराइमा उहाँले त्‍यही गर्नुहुन्छ ।

  • 44तिनले खड्कुँलो भनिने विशाल बाटा र त्यसको मुन्तिर बाह्रवटा गोरु,

  • 12आफ्नो शक्तिले उहाँले समुद्रलाई शान्त पार्नुभयो । आफ्नो सुझबुझले उहाँले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो ।

  • 5समुद्र उहाँकै हो, किनकि उहाँले नै त्यो बनाउनुभयो । अनि सुख्‍खा जमिन उहाँकै हातले बनाए ।

  • 16के तँ समुद्रको पानीको मूलमा गएको छस्? के तँ गहिरोभन्दा गहिरो ठाउँमा हिंडेको छस्?

  • 12तपाईंले ममाथि रक्षक राख्‍नलाई, के म समुद्र वा समुद्रको राक्षस हुँ र?

  • 9यसको नाप पृथ्वीभन्दा लामो छ, र समुद्रभन्दा चौडा छ ।

  • 1¶ के एउटा बल्छीले तैंले लिव्यातन्‌लाई तान्‍न सक्छस्? अर्थात् एउटा डोरीले त्यसको बङ्गारा बाँध्‍न सक्छस्?

  • लैव्य 11:9-10
    2 पदहरू
    69%

    9पानीमा पाइने प्राणीहरूमा सागर वा नदीहरूमा पाइने पखेटा र कत्‍ला भएका सबै तिमीहरूले खान मिल्‍छ ।

    10तर सागर वा नदीहरूका सबै जीवित प्राणीहरू र पानीमा हिँड्ने र पानीमा पाइने सबै जीवित प्राणीहरू जसका पखेटा र कत्‍ला हुँदैनन्, ती तिमीहरूले घृणा गर्नू ।

  • 2परमप्रभुका कामहरू महान् छन् । तिनको इच्‍छा गर्ने सबैले उत्सुकतासाथ आसा गर्छन् ।

  • 19तपाईंको मार्ग समुद्रबाट गयो र तपाईंको बाटो उर्लंदो पानीबाट गयो, तर तपाईंका पाइलाहरू देखिएनन् ।

  • 13तपाईंले समुद्रलाई आफ्नो शक्तिले विभाजन गर्नुभयो । तपाईंले समुद्री भयानक जन्‍तुहरूका शिरहरू तोड्नुभयो ।