हबक्कूक 1:13

अनलक शाब्दिक बाइबल

तपाईंका आँखा यति शुद्ध छन्, कि तपाईं दुष्‍टलाई हेर्नुहुन्‍न, र तपाईंले गलत काम गर्नेलाई कृपाले हेर्न सक्‍नुहुन्‍न । त्यसोभए किन तपाईंले धोका दिनेलाई कृपाले हेर्नुभएको छ? दुष्‍टहरूले तिनीहरूको आफ्नो सङ्ख्याभन्दा धेरै धर्मीहरूलाई निल्दा तपाईं किन चुप बस्‍नुभएको छ?

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 34:15-16 : 15 परमप्रभुको दृष्‍टि धर्मीहरूमा हुन्छन् र उहाँका कानहरू तिनीहरूका पुकारमा हुन्छन् । 16 खराबी गर्नेहरूका सम्झना पृथ्वीबाट मेटाउनलाई परमप्रभुको मुहार तिनीहरूका विरुद्धमा हुन्छ ।
  • भजन 35:22 : 22 हे परमप्रभु, तपाईंले यो देख्‍नुभएको छ, चूप नलाग्‍नुहोस् । हे परमप्रभु, मबाट टाढा नहुनुहोस् ।
  • भजन 50:21 : 21 तैंले यी कुराहरू गरेको छस्, तर म चूप लागेको छु । त्यसैले म पनि तँजस्तै हो भनी तैंले विचार गरिस् । तर म तेरो निन्दा गर्नेछु र तैंले गरेका सबै कुरा तेरै आँखाको सामु ल्याउनेछु ।
  • भजन 10:15 : 15 दुष्‍ट र खराब मानिसहरूको पाखुरा भाँच्नुहोस् । त्यसलाई आफ्‍नो दुष्‍ट कामहरूको लेखा लिनुहोस्, जुन तपाईंले पत्ता लगाउनु हुन्‍न भनी त्यसले सोच्यो ।
  • यिर्मि 12:1-2 : 1 ¶ हे परमप्रभु, मैले तपाईंकहाँ विवाद ल्याउँदा तपाईं धर्मी हुनुहुन्छ । मैले गुनासो गर्नुपर्ने कारण निश्‍चय पनि मैले तपाईंलाई बताउनुपर्छः किन दुष्‍टका मार्गहरू सफल हुन्छन्? सबै विश्‍वासहीन मानिस सफल छन् । 2 तपाईंले तिनीहरूलाई रोप्नुभयो, र तिनीहरूले जरा हाले । तिनीहरूले निरन्‍तर फल फलाउँछन् । तिनीहरूका मुखमा तपाईं तिनीहरूको नजिक हुनुहुन्छ, तर तिनीहरूका हृदयबाट धेरै टाढा हुनुहुन्छ ।
  • प्रेरि 3:13-15 : 13 अब्राहाम, इसहाक र याकूब हाम्रा पूर्खाका परमेश्‍वरले उहाँका सेवक येशूलाई महिमित पार्नुभएको छ । उहाँ नै हुनुहुन्छ जसलाई तपाईंहरूले पिलातसकहाँ सुम्पनुभयो र तिनले उहाँलाई छोड्ने निर्णय गर्दा पनि तपाईंहरूले तिनको सामु उहाँलाई इन्कार गर्नुभयो । 14 तपाईंले पवित्र र धर्मी जनलाई इन्कार गर्नुभयो र उहाँको सट्टामा तपाईंहरूले एउटा हत्यारालाई छोडिदिन आग्रह गर्नुभयो । 15 तपाईंहरूले जीवनका राजकुमारको हत्या गर्नुभयो जसलाई परमेश्‍वरले मृत्युबाट उठाउनुभयो, र हामी यसको साक्षी छौँ ।
  • १ पत्रु 1:15-16 : 15 तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू पनि आ-आफ्ना जीवनका सबै व्यवहारमा पवित्र होओ । 16 किनकि यस्तो लेखिएको छ, “तिमीहरू पवित्र होओ किनकि म पवित्र छु ।”
  • हब 1:3-4 : 3 मलाई किन अपराध र दुष्कर्म देखाउनुहुन्छ? सर्वनाश र हिंसा मेरो सामुन्‍ने छन् । त्यहाँ झैँ-झगडा छ, र विवाद चर्किंदै छ । 4 यसैकारण कानून-व्यवस्था कमजोर भएको छ, र न्याय अब छैन । किनकि दुष्‍टले धर्मीलाई घेर्दछ । यसैकारण इन्साफ झुटो भएको छ ।” परमप्रभु हबकूकलाई जवाफ दिनुहुन्छ ।
  • प्रेरि 2:23 : 23 परमेश्‍वरको अठोट गरिएको योजना र पूर्वज्ञानले गर्दा, उहाँ सुम्पिइनुभयो, र तपाईं अधर्मी मानिसहरूको हातद्वारा क्रुसमा टाँगिनुभयो र मारिनुभयो ।
  • भजन 11:4-7 : 4 परमप्रभु आफ्‍नो पवित्र मन्दिरमा हुनुहुन्छ । उहाँका आँखाले हे्र्छन्, उहाँका आँखाले मानवजातिका छोराछोरीको र जाँच गर्छन् । 5 परमप्रभुले धर्मी र दुष्‍ट दुवैको जाँच गर्नुहुन्छ, तर हिंसा गर्न मन पराउनेलाई उहाँले घृणा गर्नुहुन्छ । 6 दुष्‍टहरूमाथि उहाँले भुङ्‍ग्रो र गन्धक बर्साउनुहुन्छ । उहाँको कचौराबाट बहने तातो हावा तिनीहरूको हिस्‍सा हुनेछ । 7 किनकि परमप्रभु धर्मी हुनुहुन्छ, र उहाँले धार्मिकता मन पराउनुहुन्छ । सोझोले उहाँको मुहार देख्‍नेछ ।
  • भजन 56:1-2 : 1 ¶ हे परमेश्‍वर, ममाथि दया गर्नुहोस्, किनकि मानिसहरूले मलाई आक्रमण गर्दैछन् । मसँग युद्ध गर्नेहरूले दिनभरि आफ्‍नो दबावमा राख्छन् । 2 मेरा शत्रुहरूले मलाई दिनभरि कुल्चन्छन् । किन मेरो विरुद्धमा अहङ्कारपूर्ण किसिमले युद्ध गर्नेहरू धेरै जना छन् ।
  • भजन 73:3 : 3 किनभने जब मैले दुष्‍टहरूका फलिफाप देखें, तब मैले अहङ्कारीहरूको डाह गरें ।
  • भजन 83:1 : 1 ¶ हे परमेश्‍वर, चूपचाप नबस्‍नुहोस्! हे परमेश्‍वर, हामीलाई बेवास्‍ता नगर्नुहोस् र कठोर नहुनुहोस् ।
  • नीति 31:8-9 : 8 बोल्न नसक्‍नेहरू र नष्‍ट भइरहेकाहरूको अधिकारको लागि बोल् । 9 आवाज उठा, र जे ठिक छ त्यसको नापअनुसार न्याय गर्, अनि गरिब र खाँचोमा परेकाहरूको अधिकारको निम्ति बोल् ।
  • यशा 21:2 : 2 मलाई एउटा कष्‍टप्रद दर्शन दिइएको छः “धोकेबाजले धोकापुर्ण किसिमले काम गर्छ र विनाश गर्नेले विनाश गर्छ । ए एलाम, माथि जा र आक्रमण गर् । ए मादी घेरा हाल् । त्यसको सबै शोकलाई म रोक्‍नेछु ।
  • यशा 33:1 : 1 ¶ विनाश नभएको विनाश पार्ने तँलाई धिक्‍कार! तिनीहरूले धोका नदिएको धोकेबाजलाई धिक्‍कार! जब तैंले विनाश गर्न छोड्छस् तब तेरो विनाश हुनेछ । जब तैले धोका दिन छोड्छस् तब तिनीहरूले तँलाई धोका दिनेछन् ।
  • यशा 64:12 : 12 हे परमप्रभु, तपाईं कसरी अझै पछि हट्‍नुहुन्छ? तपाईं कसरी शान्‍त बस्‍न र हामीलाई निरन्तर अपमानित हुन हुन दिनुहुन्छ?”
  • भजन 37:12-15 : 12 दुष्‍ट मानिसले धर्मीको विरुद्धमा षड्यन्त्र गर्छ र त्यसले उनको विरुद्ध दाह्रा किट्छ । 13 परमप्रभु त्‍योमाथि हाँस्‍नुहुनेछ, किनकि त्यसको दिन आइरहेको उहाँले देख्‍नुहुन्छ । 14 थिचोमिचोमा परेका र दरिद्रहरूलाई ढाल्न, सोझाहरूलाई मार्न दुष्‍टहरूले आफ्‍ना तरवारहरू थुतेका छन् र आफ्‍ना धनुमा ताँदो चढाएका छन् । 15 तिनीहरूका तरवारहरूले तिनीहरूका आफ्‍नै हृदयहरू छेड्नेछन् र तिनीहरूका धनुहरू भाँचिनेछन् ।
  • भजन 37:32-33 : 32 दुष्‍ट व्‍यक्‍तिले धर्मी व्‍यक्‍तिलाई हे्र्छ र तिनलाई मार्न खोज्छ । 33 परमप्रभुले त्यसलाई दुष्‍ट व्‍यक्‍तिको हातमा छोड्‍नुहुन्‍न वा त्यसको न्याय हुँदा त्यसलाई दोषी ठहराउनुहुन्‍न ।
  • भजन 50:3 : 3 हाम्रो परमेश्‍वर आउनुहुन्छ र चूपचाप रहनुहुन्‍न । उहाँको अगि भस्म गर्ने आगो छ र उहाँको चारैतिर प्रचण्‍ड आँधी छ ।
  • २ शमू 4:11 : 11 झन दुष्‍ट मानिसहरूले एक जना निर्दोष व्यक्‍तिलाई आफ्नो घरमा आफ्नै ओछ्यानमा मार्दा, के मैले तिमीहरूको हातबाट त्यसको रगतको बद‍ला लिएर तिमीहरूलाई पृथ्वीबाट नहटाउँ?”
  • १ राजा 2:32 : 32 तिनले बगाएको रगतको दोष तिनकै शिरमाथि परोस् किनकि तिनले मेरा पिता दाऊदको जानकारीविनै आफूभन्दा धर्मी र उत्तम दुई जना मानिस अर्थात् इस्राएलका सेनापति नेरका छोरा अबनेर र यहूदाका सेनापति येतेरका छोरा अमासलाई आक्रमण गरी तिनीहरूलाई तरवारले मारे ।
  • एस्थ 4:14 : 14 यस बेला तिमी चुप लाग्यौ भने, यहूदीहरूका निम्ति सहायता र छुटकारा अरू ठाउँबाट आउनेछ, तर तिमी र तिम्रो पिताको परिवार नष्‍ट हुनेछ । यस्तै समयको लागि नै तिमी यो राजकीय पदमा पुगेकी हुन सक्‍छ्‍यौ भनी कसलाई थाहा छ?”
  • अय्यू 15:15 : 15 हेर्नुहोस्, परमेश्‍वरले आफ्ना पवित्र जनमाथि पनि भरोसा राख्‍नुहुन्‍न । वास्तवमा उहाँको दृष्‍टिमा स्वर्ग पनि शुद्ध छैन ।
  • भजन 5:4-5 : 4 निश्‍चय नै तपाईं खराबी ग्रहण गर्ने परमेश्‍वर हुनुहुन्‍न । दुष्‍ट मानिसहरू तपाईंका पाहुनाहरू हुनेछैनन् । 5 अहङ्कारी तपाईंको उपस्थितिमा खडा हुनेछैनन् । दुष्‍ट किसिमले व्यवहार गर्ने सबैलाई तपाईंले घृणा गर्नुहुन्छ ।
  • भजन 10:1-2 : 1 ¶ हे परमप्रभु, तपाईं किन टाढा खडा हुनुहुन्छ? कष्‍टको समयमा तपाईं किन आफैलाई लुकाउनुहुन्छ? 2 आफ्‍नो अहङ्कारको कारणले दुष्‍ट मानिसहरूले थिचोमिचोमा परेकाहरूलाई लखेट्छन् । तर दुष्‍टहरूलाई तिनीहरू आफैले बनाएका योजनाहरूका पासोमा पर्न दिनुहोस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • हब 1:3-4
    2 पदहरू
    79%

    3मलाई किन अपराध र दुष्कर्म देखाउनुहुन्छ? सर्वनाश र हिंसा मेरो सामुन्‍ने छन् । त्यहाँ झैँ-झगडा छ, र विवाद चर्किंदै छ ।

    4यसैकारण कानून-व्यवस्था कमजोर भएको छ, र न्याय अब छैन । किनकि दुष्‍टले धर्मीलाई घेर्दछ । यसैकारण इन्साफ झुटो भएको छ ।” परमप्रभु हबकूकलाई जवाफ दिनुहुन्छ ।

  • 12“परमप्रभु मेरा परमेश्‍वर, मेरा एक मात्र पवित्र परमेश्‍वर, के तपाईं प्राचीन समयदेखि नै हुनुहुन्‍न र? हामी मर्नेछैनौँ । परमप्रभुले तिनीहरूलाई न्यायको निम्ति नियुक्त गर्नुभएको छ, र हे चट्टान, तपाईंले तिनीहरूलाई सुधारको निम्ति स्थापित गर्नुभएको छ ।

  • अय्यू 14:3-4
    2 पदहरू
    77%

    3के तपाईंले यीमध्ये कुनैलाई हेर्नुहुन्छ? के तपाईंले मलाई आफूसँगै न्यायमा ल्याउनुहुन्छ?

    4अशुद्ध कुराबाट कसले शुद्ध कुरा ल्याउन सक्छ र? कसैले सक्दैन ।

  • 4किनकि तपाईं परमेश्‍वरलाई भन्‍नुहुन्छ, 'मेरो विश्‍वास शुद्ध छ; तपाईंको दृष्‍टिमा म दोषरहित छु ।'

  • 17“के मरणशील मानिस परमेश्‍वरभन्दा बढी धर्मी हुन्छ र? के मानिस आफूलाई बनाउनेभन्दा बढी शुद्ध हुन्छ?

  • 15त्यही नै जो धार्मिकतासाथ हिंड्छ र इमानदारसाथ बोल्छ । जसले अत्यचारको लाभलाई घृणा गर्छ, जसले घूस स्वीकार नगर्न आफ्नो हात टकटकाउँछ, रक्‍तपातको बारे सुन्‍नदेखि आफ्ना कानहरू बन्द गर्छ र जसले दुष्‍टता हेर्नदेखि आफ्ना आँखाहरू बन्‍द गर्छ—

  • 14तपाईंले मानिसलाई समुद्रका माछाझैँ बनाउनुहुन्छ, घस्रने जीवहरूझैँ जसको कुनै शासक छैन ।

  • अय्यू 10:3-4
    2 पदहरू
    75%

    3आफ्ना हातको कामलाई तुच्छ ठान्‍नलाई, तपाईंले मेरो थिचोमिचो गर्नु असल हो र, जब कि दुष्‍टहरूका योजनाहरूमा तपाईं मुस्‍काउनुहुन्‍छ?

    4के तपाईंका मासुका आँखा छन्? के मानिसले झैं तपाईं देख्‍नुहुन्छ?

  • 1¶ हे परमप्रभु, मैले तपाईंकहाँ विवाद ल्याउँदा तपाईं धर्मी हुनुहुन्छ । मैले गुनासो गर्नुपर्ने कारण निश्‍चय पनि मैले तपाईंलाई बताउनुपर्छः किन दुष्‍टका मार्गहरू सफल हुन्छन्? सबै विश्‍वासहीन मानिस सफल छन् ।

  • 16नुहाओ र आफूलाई शुद्ध पार । मेरो दृष्‍टिबाट तिमीहरूका सबै दुष्‍ट कामहरू हटाओ । खराब हुन छोड ।

  • 4निश्‍चय नै तपाईं खराबी ग्रहण गर्ने परमेश्‍वर हुनुहुन्‍न । दुष्‍ट मानिसहरू तपाईंका पाहुनाहरू हुनेछैनन् ।

  • अय्यू 15:12-13
    2 पदहरू
    74%

    12तपाईंको हृदयले तपाईंलाई किन टाढा लैजान्छ? तपाईंका आँखा किन चम्किन्छन्?

    13जसले गर्दा आफ्‍नो आत्मालाई तपाईंले परमेश्‍वरको विरुद्धमा फर्काउनुहुन्छ, र आफ्नो मुखबाट यस्ता वचनहरू बोल्‍नुहुन्छ?

  • 6तपाईंले मेरो अधर्मको जाँचबूझ गर्नुहुन्छ, र मेरो पाप खोज्न गर्नुहुन्छ,

  • 17तर तेरो दृष्‍टि र हृदयमा बेइमान नाफा कमाउनु, निर्दोषहरूको रगत बगाउनु, अरूहरूलाई थिचोमिचो र अत्याचार गरेर कमाउनुबाहेक अरू केही छैन ।

  • 17तिमीहरूले आफ्ना बोलीले परमप्रभुलाई थकित तुल्याका छौ । तर तिमीहरू भन्छौ, “हामीले उहाँलाई कसरी थकित तुल्याएका छौँ?” यसो भनेर, “दुष्‍ट काम गर्ने सबै परमप्रभुको दृष्‍टिमा असल छ, र उहाँ तिनीहरूमा खुशी हुनुहुन्छ,” वा “न्यायका परमेश्‍वर कहाँ हुनुहुन्छ?”

  • 5के तपाईंको दुष्‍टता विशाल छैन र? के तपाईंको अधर्मको असीमित छैन र?

  • 12परमेश्‍वरका आँखाले धर्मी जनलाई देख्छन्; उहाँका कानले तिनीहरूका निवेदनहरू सुन्छन् । तर परमेश्‍वरको मुहार खराबी गर्नेहरूको विरुद्धमा हुन्छ ।”

  • अय्यू 15:15-16
    2 पदहरू
    73%

    15हेर्नुहोस्, परमेश्‍वरले आफ्ना पवित्र जनमाथि पनि भरोसा राख्‍नुहुन्‍न । वास्तवमा उहाँको दृष्‍टिमा स्वर्ग पनि शुद्ध छैन ।

    16घृणित र भ्रष्‍ट व्‍यक्‍ति झन् कति कम शुद्ध होला, एक जना मानिस जसले अधर्मलाई पानीझैं पिउँछ।

  • अय्यू 35:5-6
    2 पदहरू
    73%

    5माथि आकाशमा हेर्नुहोस् र विचार गर्नुहोस् । आकाशलाई हेर्नुहोस्, जुन तपाईंभन्दा माथि छ ।

    6तपाईंले पाप गर्नुभयो भने, परमेश्‍वरको के नोक्‍सान हुन्छ र? तपाईंका अपराधहरूको थुप्रो लाग्‍यो भने, तपाईंले उहाँलाई के गर्नुहुन्छ र?

  • 17तर दुष्‍ट मानिसहरूलाई तपाईं न्‍याय गर्न पूर्ण हुनुहुन्छ । इन्साफ र न्यायले तपाईंलाई समातेका छन् ।

  • 3हे परमप्रभु, के तपाईंका आँखाले विश्‍वसनीयताको खोजी गर्दैनन् र? तपाईंले मानिसहरूलाई प्रहार गर्नुभयो, तर तिनीहरूलाई पिडा महसुस हुँदैन । तपाईंले तिनीहरूलाई पूर्ण रूपमा पराजित गर्नुभएको छ, तर तिनीहरू अझै पनि अनुशासन मान्‍न इन्कार गर्छन् । तिनीहरूले आफ्ना अनुहार चट्टानभन्दा कडा बनाउँछन्, किनकि तिनीहरू पश्‍चात्ताप गर्न इन्कार गर्छन् ।

  • अय्यू 11:14-15
    2 पदहरू
    73%

    14मानौँ, अधर्म तपाईंको हातमा थियो, तर त्‍यसलाई तपाईंले आफूबाट टाढा पुर्‍याएको भए, अनि तपाईंका पालहरूभित्र अधार्मिकतालाई बस्‍न नदिएको भए ।

    15तब तपाईंले निश्‍चय पनि लाजको सङ्केतबिना नै आफ्नो अनुहार उठाउनुहुन्‍थ्‍यो । वास्तवमा तपाईं दृढ बन्‍नुहुन्‍थ्‍यो र डराउनुहुने थिएन ।

  • 27शुद्धसँग तपाईंले आफूलाई शुद्ध नै प्रकट गर्नुहुन्छ, तर बेइमानसँग तपाईं समझदार बन्‍नुहुन्छ ।

  • 3परमप्रभुको दृष्‍टि जताततै छ । उहाँले दुष्‍ट र असलमाथि नजर लगाउनुहुन्छ ।

  • 7परमेश्‍वरको लागि तपाईंहरू अधार्मिकताले बोल्नुहुनेछ र? अनि तपाईंहरू उहाँको लागि छलले कुरा गर्नुहुनेछ र?

  • 4परमप्रभु आफ्‍नो पवित्र मन्दिरमा हुनुहुन्छ । उहाँका आँखाले हे्र्छन्, उहाँका आँखाले मानवजातिका छोराछोरीको र जाँच गर्छन् ।

  • 8तिमीले दुष्‍टको दण्ड नियाल्‍ने र देख्‍ने मात्र छौ ।

  • 14तपाईंले ध्यान दिनुभएको छ, किनकि विपद र दुःख ल्याउनेलाई तपाईंले सदासर्वदा हेर्नुहुन्छ । बेसाहाराले आफैलाई तपाईंमा सुम्पन्छ । तपाईंले अनाथहरूलाई छुटकारा दिनुहुन्छ ।

  • 13मेरा मानिसहरूको विपत्तिको दिनमा तिनीहरूका मूल ढोकाभित्र प्रवेश नगर् । तिनीहरूको आपदको दिनमा तिनीहरूको कष्‍टमाथि हर्षित नहो । तिनीहरूको विनाशको दिनमा तिनीहरूको धन-सम्पत्ति नलुट् ।

  • 3हे परमप्रभु, तपाईंले अधर्महरू उल्लेख गर्नुभयो भने, हे पमरप्रभु, को खडा हुन सक्थ्यो र?

  • 8परमप्रभुले त्यसलाई भन्‍नुभयो, “के तैंले मेरो दास अय्यूबलाई विचार गरेको छस्? किनकि पृथ्वीमा त्योजस्तो दोषरहित र सोझो मानिस कोही छैन जो परमेश्‍वरको भय मान्छ र खराबीबाट अलग बस्छ ।”

  • 2कहिलेसम्म तिमीहरू अन्यायपुर्वक फैसला गर्छौ र दुष्‍टको पक्षलाई कृपा गर्छौ? सेला

  • 2मेरो निर्दोषता तपाईंको उपस्थितिबाट आओस् । तपाईंको आँखाले जे ठिक छ सो देखून् ।

  • 21तैंले यी कुराहरू गरेको छस्, तर म चूप लागेको छु । त्यसैले म पनि तँजस्तै हो भनी तैंले विचार गरिस् । तर म तेरो निन्दा गर्नेछु र तैंले गरेका सबै कुरा तेरै आँखाको सामु ल्याउनेछु ।

  • 15परमप्रभुको दृष्‍टि धर्मीहरूमा हुन्छन् र उहाँका कानहरू तिनीहरूका पुकारमा हुन्छन् ।

  • 3तपाईंको दृष्‍टिमा हामीलाई किन जङ्गली पशुहरू जस्‍तै मूर्ख छौं?

  • 3के परमेश्‍वरले न्यायमा रोक लगाउनुहुन्‍छ र? के सर्वशक्तिमान्‌ले धार्मिकतामा रोक लगाउनुहुन्छ र?

  • 8जब तैँले तेरो प्रान्तमा गरिबहरूलाई थिचोमिचो गरिएको र तिनीहरूबाट न्याय र असल व्यवहार खोसिएको देख्छस्, तब कसैलाई थाहै नभएजस्तै गरी चकित नहो, किनकि तिनीहरूको रेखदेख गर्ने मानिसहरू शक्तिमा छन्, र तिनीहरूभन्दा अझै उच्‍च पदमा रहेर तिनीहरूको रेखदेख गर्ने मानिसहरू पनि हुन्छन् ।

  • 17के न्यायलाई घृणा गर्नेले शासन गर्न सक्छ? के तपाईंले परमेश्‍वरलाई दोषी ठहराउनुहुन्‍छ जो धर्मी र शक्तिशाली हुनुहुन्छ?

  • 2तपाईंको सेवकलाई इन्‍साफमा नपार्नुहोस्, किनकि तपाईंको दृष्‍टिमा कोही पनि धर्मी छैन ।

  • 3तिमीले असलभन्दा खराब र धार्मिकताभन्दा झुट बोल्न रुचाउँछौ । सेला

  • 14तपाईं भन्‍नुहुन्‍छ, तपाईंले उहाँलाई देक्‍नुहुन्‍न, तपाईंको मुद्दा उहाँको सामु छ, र तपाईंले उहाँको प्रतीक्षा गरिरहनुभएको छ भने, उहाँले तपाईंलाई झन् कति थोरै जवाफ दिनुहोला!

  • 9दुष्‍टका खराब कामहरूको अन्त होस्, तर हे धर्मी परमेश्‍वर, तपाईं जसले हृदय र मन जाँच्नुहुन्छ, धर्मी मानिसहरूलाई स्थापित गर्नुहोस् ।