भजनसंग्रह 50:21

अनलक शाब्दिक बाइबल

तैंले यी कुराहरू गरेको छस्, तर म चूप लागेको छु । त्यसैले म पनि तँजस्तै हो भनी तैंले विचार गरिस् । तर म तेरो निन्दा गर्नेछु र तैंले गरेका सबै कुरा तेरै आँखाको सामु ल्याउनेछु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 90:8 : 8 तपाईंले हाम्रा अधर्महरू आफ्‍नो सामु, हाम्रा लुकेका पापहरू आफ्‍नो उपस्थितिमा राख्‍नुभएको छ ।
  • यशा 57:11 : 11 “तिमीहरू कसको विषयमा चिन्तित हुन्‍छौ? तिमीहरूले कसको भय यति धेरै मान्छौ, जसले तिमीहरूलाई यति धेरै धोकापुर्ण रूपमा काम गर्ने बनाएको छ, यति धेरै कि तिमीहरूले मेरो याद गर्दैनौ न त मेरो बारेमा विचार नै गर्छौ? म यति लामो समयसम्म मौन भएको हुनाले, मसँग तिमीहरू फेरि डराउँदैनौ ।
  • उप 8:11-12 : 11 दुष्‍ट अपराधको विरुद्धमा जारी गरिएको मृत्युदण्डलाई झट्टै कार्यान्यन नगरिँदा यसले मानिसको हृदयलाई खराब काम गर्न उस्काउँछ । 12 पापीले एक सय पटक खराबी गरी त्यो धेरै वर्षसम्म बाँचे तापनि परमेश्‍वरको आदर गर्ने, उहाँको सामु खडा हुने र उहाँलाई आदर दिनेहरूलाई असलै हुने छ भनी मलाई थाहा छ ।
  • रोमी 2:4-5 : 4 अथवा के तिमी उहाँको कृपाको प्रशस्तता, उहाँको दण्डको ढिलाइ र उहाँको धैर्यलाई तुच्छ ठन्छौ? के उहाँको भलाइ तिमीहरूलाई पश्‍चात्तापमा डोर्‍याउनलाई हो भन्‍ने तिमीहरू जान्दैनौ? 5 तर तिमीहरूको कठोर र अपश्‍चात्तापी हृदयको कारण तिमीहरूले क्रोधको दिन अर्थात् परमेश्‍वरको धार्मिक न्याय प्रकट हुने दिनको निम्ति क्रोध थुपारिरहेका छौ ।
  • १ कोरि 4:5 : 5 यसकारण समय आउनुभन्दा अगि वा येशू आउनुभन्दा अगि कुनै पनि कुराको बारेमा न्याय नगर । उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ, र हृदयका उद्देश्‍यहरू प्रकट गर्नुहुनेछ । त्यसपछि हरेकले परमेश्‍वरबाट आफ्नो प्रशंसा पाउनेछ ।
  • नीति 29:1 : 1 ¶ धेरै पटक हप्की पाएर पनि हठी हुने मानिस निको नहुने गरी एकै क्षणमा नष्‍ट हुने छ ।
  • भजन 94:7-9 : 7 तिनीहरू भन्छन्, “परमप्रभुले देख्‍नुहुन्‍न । याकूबका परमेश्‍वरले यो कुरामा ध्‍यान दिनुहुन्‍न ।” 8 ए बुद्धिहीन मानिसहरू हो, तिमीहरू बुझ । ए मूर्खहरू, तिमीहरू कहिले सिक्‍नेछौ? 9 उहाँ जसले कान बनाउनुभयो, उहाँले सुन्‍नुहुन्‍न र? उहाँ जसले आँखा बनाउनुभयो, उहाँले देख्‍नुहुन्‍न र? 10 उहाँ जसले जातिहरूलाई अनुशासित गर्नुहुन्‍छ, के उहाँले सच्‍याउनुहुन्‍न र? मानिसलाई ज्ञान दिने उहाँ नै हुनुहुन्‍छ । 11 परमप्रभुले मानिसहरूका विचारहरू जान्‍नुहुन्‍छ, ती वाफ हुन् ।
  • निर्ग 3:14 : 14 परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “म हुँ जो म हुँ ।” उहाँले भन्‍नुभयो, “ तैँले इस्राएलीहरूलाई यसो भन्‍नू, 'म हुँ भन्‍नेले मलाई तिमीहरूकहाँ पठाउनुभएको छ' ।”
  • भजन 50:3 : 3 हाम्रो परमेश्‍वर आउनुहुन्छ र चूपचाप रहनुहुन्‍न । उहाँको अगि भस्म गर्ने आगो छ र उहाँको चारैतिर प्रचण्‍ड आँधी छ ।
  • २ पत्रु 3:9 : 9 अरूले सोचेजस्तै परमेश्‍वर आफ्नो प्रतिज्ञाको बारेमा ढिलो गर्नुहुन्‍न, तर तिमीहरूको निम्ति उहाँ धैर्यवान् हुनुहुन्छ । उहाँ तिमीहरूमध्ये कोही पनि नाश होस् भन्‍ने चाहनुहुन्‍न, तर उहाँले सबैलाई पश्‍चात्ताप गर्ने समय दिने चाहना गर्नुहुन्छ ।
  • प्रका 3:19 : 19 मैले प्रेम गर्ने प्रत्येकलाई म तालिम दिन्छु, र तिनीहरू कसरी जिउनुपर्छ सो म तिनीहरूलाई सिकाउँछु । त्यसकारण, पश्‍चात्ताप गर र इमानदार होऊ ।
  • उप 12:14 : 14 किनकि हामीले गरेको हरेक गुप्‍त कुरा, चाहे त्यो असल होस् वा खराब, त्यसलाई परमेश्‍वरले इन्साफ गर्नुहुने छ ।
  • यशा 42:14 : 14 म लामो समयसम्म चुपचाप बसेको छु । म मौन रहेको छु र आफैंलाई थामेको छु । अब म प्रसव वेदनामा परेको स्‍त्रझैं कराउँछु । म स्वाँ-स्वाँ गर्छु र छिटो-छिटो सास फेर्छु ।
  • आमो 8:7 : 7 परमप्रभुले याकूबको घमण्डमा यसरी शपथ खानुभएको छ, “निश्‍चय नै तिनीहरूका कुनै पनि कामहरू म कदापि बिर्सनेछैनँ ।”
  • यशा 40:15-18 : 15 हेर, जातिहरू बाल्टीमा एक थोपा पानीजस्तै हुन् र तराजुहरूमा धूलोजस्तै ठानिन्छ । हेर, उहाँलले टापुहरूलाई छेस्कोझैं जोख्‍नुहुन्छ । 16 लेबनान दउराको निम्ति पर्याप्‍त छैन न त यसका जङ्गली जनावरहरू होम बलिको निम्ति पर्याप्‍त छन् । 17 उहाँको सामु सबै जातिहरू अपर्याप्‍त छन् । उहाँले तिनीहरूलाई केही जस्‍तो पनि ठान्‍नुहुन्‍न । 18 तब तिमीहरूले परमेश्‍वरलाई केसँग तुलना गर्नेछौ? तिमीहरूले उहाँलाई कुन मूर्तीसँग तुलना गर्नेछौ?
  • गिन 23:19 : 19 परमेश्‍वर मानिस वा मानव हुनुहुन्‍न कि उहाँले ढाँट्नुपरोस्, उहाँले आफ्नो मन बदल्नुपरोस् । के उहाँले पुरा नगर्ने गरी कुनै कुरा प्रतिज्ञा गर्नुभएको छ? के उहाँले कुनै गर्छु भनेर पुरा गर्नुभएको छैन र?
  • भजन 109:1-3 : 1 ¶ हे परमेश्‍वर जसको म प्रशंसा गर्छु, चूपचाप नबस्‍नुहोस्, 2 किनकि दुष्‍टहरू र छलीहरूले मलाई आक्रमाण गर्छन् । तिनीहरूले मेरो विरुद्धमा झुटा बोल्छन् । 3 तिनीहरूले मलाई घेर्छन् र घृणित कुराहरू भन्छन्, र तिनीहरूले मलाई विनाकारण आक्रमण गर्छन् ।
  • भजन 73:11 : 11 तिनीहरू भन्छन्, “परमेश्‍वरले कसरी जान्‍नुहुन्छ? के सर्वोच्‍चसँग ज्ञान छ र?”
  • भजन 50:8 : 8 तिमीहरूका बलिदानको निम्ति म तिमीहरूलाई निन्दा गर्दिनँ, तिमीहरूका होमबलिहरू सदासर्वदा मेरो सामु छन् ।
  • यशा 26:10 : 10 दुष्‍ट व्‍यक्‍तिलाई कृपा गरियोस्, तर त्यसले धार्मिकता जान्‍नेछैन । सोझाको देशमा उसले दुष्‍टतासाथ काम गर्छ र परमप्रभुको ऐश्‍वर्यलाई देख्दैन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 50:16-20
    5 पदहरू
    83%

    16तर दुष्‍टलाई परमेश्‍वर यसो भन्‍नुहुन्छ, “मेरा आदेशहरूका घोषणा गर्ने कुरा तँलाई के मतलब छ । तैंले मेरो करार तेरो मुखमा लिएको छस्,

    17किनभने तैंले शिक्षालाई घृणा गर्छस् र मेरा वचनलाई लत्याउँछस्?

    18तैंले चोरलाई भेट्दा, त्योसँग तँ सहमत हुन्छस् । व्याभिचार गर्नेसँग तँ मिल्‍छस् ।

    19तेरो मुखले खराबी बोल्छ र तेरो जिब्रोले छल गर्छ ।

    20तँ बस्छस् र तेरो भाइको विरुद्धमा बोल्छस् । आफ्नै आमाको छोराको निन्दा तैंले गर्छस् ।

  • 22हे परमेश्‍वरलाई बिर्सने हो, यसलाई राम्ररी विचार गर । नत्र म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र तिमीहरूलाई सहायता गर्न आउने कोही पनि हुनेछैन ।

  • 27हेर्नुहोस्, तपाईंहरूका विचार, अनि मेरो कुभलो गर्ने तपाईंहरूका मार्गहरू म जान्‍दछु ।

  • 4तपाईंको विरुद्धमा, केवल तपाईंको विरुद्धमा मैले पाप गरेको छु र तपाईंको दृष्‍टिमा जे खराब छ त्यही गरेको छु । तपाईं बोल्नुहुँदा तपाईं ठिक हुनुहुन्छ । तपाईंले न्याय गर्नुहुँदा तपाईं ठिक हुनुहुन्छ ।

  • 5तपाईंहरूले आफूलाई मभन्दा माथि उचाल्नुहुन्‍छ, र मेरो तुच्‍छता मेरै विरुद्धमा प्रयोग गर्नुहुन्‍छ भने,

  • 3के तपाईंले यीमध्ये कुनैलाई हेर्नुहुन्छ? के तपाईंले मलाई आफूसँगै न्यायमा ल्याउनुहुन्छ?

  • 6तपाईंको आफ्नै मुखले तपाईंलाई दोषी ठहराउँछ, मेरो होइन । वास्तवमा, तपाईंको आफ्नै ओठले तपाईंको विरुद्धमा बोल्‍छ ।

  • 6हेर, मेरो सामु यस्तो लेखिएको छः म चूपचाप रहनेछैनँ, किनकि तिनीहरूलाई म साटो फेर्नेछु । तिनीहरूकै काखमा तिनीहरूलाई म बदला दिनेछु,

  • 10तैंले आफ्‍ना दुष्‍टतामा भरोसा गरिस् । तैंले भनेको छस्, “मलाई कसैले देख्दैन ।” तेरो बुद्धि र तेरो ज्ञानले तँलाई बहकायो तर तैंले आफ्‍नो मनमा भन्छस्, “म अस्तित्वमा छु, त्‍यहाँ मजस्‍तो अरू कोही छैन ।”

  • 13जसले गर्दा आफ्‍नो आत्मालाई तपाईंले परमेश्‍वरको विरुद्धमा फर्काउनुहुन्छ, र आफ्नो मुखबाट यस्ता वचनहरू बोल्‍नुहुन्छ?

  • 25तिमीहरूले मेरा सबै निर्देशनलाई बेवास्ता गरेका छौ, र मेरो सुधारलाई वास्तै गरेका छैनौ ।

  • अय्यू 11:3-5
    3 पदहरू
    72%

    3तपाईंको अहङ्कारले अरूलाई मौन बनाउनुपर्छ र? तपाईंले खिसी गर्नुहुँदा, कसैले तपाईंलाई लाजमा पार्नेछैन र?

    4किनकि तपाईं परमेश्‍वरलाई भन्‍नुहुन्छ, 'मेरो विश्‍वास शुद्ध छ; तपाईंको दृष्‍टिमा म दोषरहित छु ।'

    5तर परमेश्‍वर बोल्‍नुभए हुन्‍थ्‍यो, र तपाईंको विरुद्धमा आफ्नो ओठ खोल्‍नुभए हुन्‍थ्‍यो ।

  • 8तपाईंले निश्‍चय पनि मैले सुन्‍ने गरी बोल्नुभएको छ । तपाईंका वचनहरूका आवाजले यसो भनेको मैले सुनेको छु,

  • 2“जब तपाईं भन्‍नुहुन्‍छ, 'परमेश्‍वरको सामु मेरो अधिकार' तब त्‍यो न्‍यायोचित नै हो भन्‍ने विचार तपाईंलाई हुन्छ?

  • 3यी दस पटक तपाईंहरूले मेरो अपमान गर्नुभएको छ । तपाईंहरूले मलाई कठोरतापूर्वक व्यवहार गरे पनि तपाईंहरू लाज मान्‍नुहुन्‍न ।

  • यशा 57:11-12
    2 पदहरू
    72%

    11“तिमीहरू कसको विषयमा चिन्तित हुन्‍छौ? तिमीहरूले कसको भय यति धेरै मान्छौ, जसले तिमीहरूलाई यति धेरै धोकापुर्ण रूपमा काम गर्ने बनाएको छ, यति धेरै कि तिमीहरूले मेरो याद गर्दैनौ न त मेरो बारेमा विचार नै गर्छौ? म यति लामो समयसम्म मौन भएको हुनाले, मसँग तिमीहरू फेरि डराउँदैनौ ।

    12तिमीहरूका सबै धर्मिक कामहरू घोषणा म गर्ने र तिमीहरूले गरेका सबै कुरा भन्‍नेछु, तर तिनीहरूले तिमीहरूलाई सहायता गर्नेछैनन् ।

  • 9म शान्‍त छु र मेरो मुख खोल्न सक्दिनँ, किनभने त्‍यो गर्ने तपाईं नै हुनुहुन्छ ।

  • 13तपाईंका आँखा यति शुद्ध छन्, कि तपाईं दुष्‍टलाई हेर्नुहुन्‍न, र तपाईंले गलत काम गर्नेलाई कृपाले हेर्न सक्‍नुहुन्‍न । त्यसोभए किन तपाईंले धोका दिनेलाई कृपाले हेर्नुभएको छ? दुष्‍टहरूले तिनीहरूको आफ्नो सङ्ख्याभन्दा धेरै धर्मीहरूलाई निल्दा तपाईं किन चुप बस्‍नुभएको छ?

  • 17तर दुष्‍ट मानिसहरूलाई तपाईं न्‍याय गर्न पूर्ण हुनुहुन्छ । इन्साफ र न्यायले तपाईंलाई समातेका छन् ।

  • 21तँ सुरक्षित हुँदा मैले तँसित बोलेँ, तर तैंले भनिस्, 'म सुन्‍ने छैनँ ।' तेरो युवावस्थादेखि यो तेरो चलन थियो, किनकि तैंले मेरो सोर सुनेको छैनस् ।

  • 15“म यी कुराहरू भन्‍नेछु,” भनी मैले भनेको भए, तपाईंका छोराछोरीका यो पुस्तालाई मैले धोका दिनेथिएँ ।

  • 12किनकि मलाई हप्काउने शत्रु थिएन, तब म त्‍यो सहनेथिएँ । न त मेरो विरुद्ध उठ्ने मलाई घृणा गर्ने व्यक्‍ति नै थियो, तब म त्यसबाट लुक्‍नेथिएँ ।

  • 24आफ्नो अनुहार मबाट तपाईं किन लुकाउनुहुन्‍छ, अनि मलाई आफ्नो शत्रुजस्‍तो व्यवहार किन गर्नुहुन्छ?

  • 8तिमीहरूले कहिल्यै सुनेनौ । तिमीहरूले जानेनौ । यी कुराहरू तिमीहरूका कानमा यसअघि भनिएको थिएन । किनकि तिमीहरू धेरै छली भएका छौ र जन्मैदेखि तिमीहरू विद्रोही भएका छौ भनी मलाई थाहा थियो ।

  • 7“ए मेरा मानिसहरू, सुन र म बोल्ने छु । म परमेश्‍वर, तेरो परमेश्‍वर हुँ ।

  • 22हे परमप्रभु, तपाईंले यो देख्‍नुभएको छ, चूप नलाग्‍नुहोस् । हे परमप्रभु, मबाट टाढा नहुनुहोस् ।

  • 35तरै पनि तँ भन्छेस्, 'म निर्दोष छु । निश्‍चय नै उहाँको क्रोध मबाट तर्केर गएको छ ।' तर हेर! 'मैले पाप गरेको छैनँ' भनी तैंले भनेको हुनाले म तँमाथि इन्साफ ल्याउनेछु ।

  • अय्यू 10:13-14
    2 पदहरू
    71%

    13तापनि यी कुरा तपाईंले आफ्नै हृदयमा लुकाउनुभयो । तपाईंले यस्तो सोच्दै हुनुहुन्थ्यो भनी म जान्‍दछुः

    14मैले पाप गरें भने तपाईंले त्‍यो ख्याल गर्नुहुन्‍छ । तपाईंले मलाई मेरो अधर्मबाट छोड्नुहुन्‍न ।

  • 43तैंले आफ्‍नो युवावस्‍थाका दिनलाई सम्‍झेको छैनस्, र यी सबै कुराले मलाई रिसले थरथर काम्‍ने बनाएको छस् । यसैकारण हेर्, तैंले गरेका कामको दण्‍ड म आफैं तेरो आफ्‍नै शिरमा खन्‍याइदिनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । के तेरा अरू सबै घिनलाग्‍दा व्‍यवहारहरूमा वेश्‍यवृति पनि थपेको छैनस् र?

  • 13तैंले जे भनिस् त्‍यसले तैंले आफैलाई मेरो विरुद्ध उचालिस्, र मेरो विरुद्धमा तैंले भनेका कुरामा तैंले धेरै बढाइस् । अनि मैले ती सबै सुनें ।

  • 7परमप्रभुले अय्यूबसित यी वचनहरू बोल्‍नुभएपछि, उहाँले एलीपज तेमानीलाई भन्‍नुभयो, “तँ र तेरा दुई जना मित्रको विरुद्धमा मेरो क्रोध दन्किएको छ, किनकि मेरो दास अय्यूबले झैं तिमीहरूले मेरो विषयमा जे ठिक छ, सो बोलेका छैनौ ।

  • भजन 39:1-2
    2 पदहरू
    70%

    1¶ मैले निर्णय गरें, “म जे भन्छु सो कुरामा म सावधान हुनेछु ताकि मेरो जिब्रोले म पाप नगरुँ । खराब मानिसको उपस्थितिमा हुँदा म आफ्‍नो मुखलाई चूप राख्‍नेछु ।”

    2म शान्‍त बसें । कुनै असल कुरा भन्‍नलाई पनि मैले आफ्‍नो मुख खोलिनँ र मेरो दुःख झन् बढी भयो ।

  • 2तिनीहरूका सबै दुष्‍ट कामलाई मैले याद गर्छु, भनी तिनीहरूले आफ्नो हृदयहरूमा महसुस नै गर्दैनन् । अब तिनीहरूका कामहरूले तिनीहरूलाई नै घेर्छन् । ती मेरो अनुहारको सामु छन् ।

  • 8के म अन्यायी छु भनेर तँ साँच्‍चै भन्‍छस्? तैंले आफू ठिक छु भनी दाबी गर्नलाई तँ मलाई दोष लगाउँछस्?

  • 26किनकि मेरो विरुद्धमा तपाईंले तिक्‍त कुराहरू लेख्‍नुहुन्छ । मेरो युवावस्थाका अधर्म प्राप्‍त गर्ने तपाईंले मलाई बनाउनुहुन्छ ।

  • 32आफैलाई उचालेर तँ मूर्ख भएको छस् भने वा तैँले खराबीको योजना रचेको छस् भने हातले तेरो मुख थुनिहाल् ।

  • 17हिंसाले लिएको फाइदाको कारणले, म रिसाएँ, र मैले त्यसलाई दण्ड दिएँ । मैले आफ्‍नो मुख लुकाएँ र रिसाएँ, तर ऊ आफ्नो हृदयको मार्गमा पछाडितिर गयो ।

  • 27तर तँ भुइँमा बसेको र तँ बाहिर गएको र भित्र आएको अनि मेरो विरुद्धमा तैंले रिस गरेको मलाई थाहा छ ।

  • 4वास्तवमा तपाईंले परमेश्‍वरको आदर घटाउनुहुन्‍छ । उहाँको भक्तिमा तपाईंले बाधा दिनुहुन्छ ।

  • 10तपाईंहरूले गुप्‍तमा पक्षपात गर्नुभयो भने, उहाँले निश्‍चय नै तपाईंहरूलाई हप्काउनुहुन्‍छ ।

  • 5मलाई हेर्नुहोस् र छक्‍क पर्नुहोस्, र आफ्नो हातले आफ्‍नो मुख छुनुहोस् ।