भजनसंग्रह 50:7

अनलक शाब्दिक बाइबल

“ए मेरा मानिसहरू, सुन र म बोल्ने छु । म परमेश्‍वर, तेरो परमेश्‍वर हुँ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 20:2 : 2 “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको घरबाट निकालेर ल्याएँ ।
  • भजन 81:8 : 8 हे मानिसहरू, सुन, म तिमीहरूलाई चेतावनी दिन्छु । हे इस्राएल, तिमीहरूले मेरा कुरा सुनेको मात्र भए!
  • भजन 81:10-12 : 10 म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्यायो । तिमीहरूको मुख चौडा खोल र त्‍यो म भर्नेछु । 11 तर मेरा मानिसहरूले मेरा वचनहरू सुनेनन् । इस्राएलले मेरा आज्ञा पालन गरेनन् । 12 त्यसैले तिनीहरूका आफ्नै हठी मार्गमा मैले तिनीहरूलाई छोडिदिएँ, ताकि तिनीहरूले आफूलाई जे ठिक लाग्छ त्यही गरून् ।
  • यशा 1:18 : 18 परमप्रभु भन्‍नुहुन्छ, “अहिले आओ, हामी मिलेर छलफल गरौं । तिमीहरूका पापहरू बैजनी रङका भए तापनि, ती हिउँजस्‍तै सेता हुनेछन् । ती सिन्दुरे रङका भए तापनि ती ऊनजस्‍तै हुनेछन् ।
  • यिर्मि 2:4-5 : 4 हे याकूबका घराना र इस्राएलको घरानाका सबै वंश हो, परमप्रभुको वचन सुन । 5 परमप्रभु यसो भन्‍नुहुन्छ, “तिमीहरूका पुर्खाहरूले ममा के गल्ति भेट्टाए जसको कारणले गर्दा मलाई पछ्याउनबाट तिनीहरू टाढा भए? तिनीहरू बेकम्मा मुर्तिहरूको पछि गए र आफै बेकम्मा भए ।
  • यिर्मि 2:9 : 9 त्यसैले परमप्रभु घोषणा गर्नुहुन्छ, म अझै पनि तिमीहरूलाई दोष लगाउनेछु र तिमीहरूका छोराहरूलाई दोष लगाउनेछु ।
  • यहे 20:5 : 5 तिनीहरूलाई भन्‌, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः जुन दिन मैले इस्राएललाई छानें, र याकूबको घरानासित शपथ खानलाई मैले हात उचाले र मैले आफूलाई मिश्रदेशमा तिनीहरूका बिचमा प्रकट गरें । जति बेला तिनीहरूसित शपथ खान मैले आफ्‍नो हात उचालें । मैले भनें, “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ”—
  • यहे 20:7 : 7 मैले तिनीहरूलाई भनें, “हरेक मानिसले आफ्‍ना दृष्‍टिबाट घिनलाग्‍दा कुराहरू र मिश्रदेशका मूर्तिहरू हटाओस् । आफूलाई अशुद्ध नपार । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।”
  • यहे 20:19-20 : 19 म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, मेरा विधिहरूमा हिंड, र मेरा नियमहरू मान र पालन गर । 20 मेरा शबाथहरूलाई पवित्र राख, ताकि मेरो र तिमीहरूका बिचमा ती एउटा चिन्‍ह हुनेछन्, ताकि म नै परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ ।”
  • मीका 6:1-8 : 1 ¶ अब परमप्रभु के भन्‍नुहुन्छ त्यो सुन, “उठ र आफ्नो विषयमा पर्वतहरूलाई बताओ; पहाडहरूले तिमीहरूको आवाज सुनून् । 2 ए पर्वतहरू र पृथ्वीका बलिया जगहरू परमप्रभुको अभियोगलाई सुन । किनभने आफ्ना मानिसहरूको विरुद्ध परमप्रभुको एउटा अभियोग छ, र उहाँ इस्राएलको विरुद्ध न्यायलयमा लड्नुहुनेछ ।” 3 “मेरा मानिस हो, मैले तिमीहरूलाई के गरेको छु? मैले तिमीहरूलाई कसरी थकित पारेको छु? मेरो विरुद्धमा साक्षी देओ! 4 किनभने मैले तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ र दासत्वको घरबाट बचाएँ । मैले मोशा, हारून, र मिरियमलाई तिमीहरूकहाँ पठाएँ । 5 मेरा मानिस हो, तिमीहरू शित्तीमदेखि गिलगालसम्म जाँदा, मोआबका राजा बालाकले कल्पना गरेका कुरा, र बओरको छोरो बालामले कसरी जवाफ दिएका थिए त्यो सम्झ, ताकि तिमीहरूले परमप्रभुका धार्मिक कामहरू जान्‍न सक ।” 6 उच्‍च परमेश्‍वरकहाँ म निहुरिँदा, मैले परमप्रभुकहाँ के लैजाऊँ? के म उहाँकहाँ एक वर्षे बाछाहरूका होमबलि लिएर आऊँ? 7 के परमप्रभु हजारौँ भेडाहरुद्धारा, वा तेलका दश हजार नदीहरुद्धारा प्रसन्‍न हुनुहुन्छ? के मेरा अपराधहरूका निम्ति र मेरो आफ्नै पापको निम्ति मेरो जेठो छोरो, मेरो शरीरको फल चढाऊँ? 8 ए मानिस, उहाँले तँलाई जे असल छ त्यो, र तँबाट परमप्रभुले चाहनुभएको कुरा बताउनुभएको छ । न्यायपूर्ण काम गर, कृपालाई प्रेम गर, र आफ्ना परमेश्‍वरसँग नम्र भएर हिँड ।
  • जक 13:9 : 9 म ती एक-तिहाइलाई आगोबाट लैजानेछु र तिनीहरूलाई चाँदीलाई झैँ निखार्नेछु । सुनलाई झैँ म तिनीहरूको परिक्षण गर्नेछु । तिनीहरूले मेरो नाउँ पुकार्नेछन्, र म तिनीहरूलाई जवाफ यस्तो दिनेछु, ‘यी मेरा मानिस हुन्!’ र तिनीहरूले भन्‍नेछन्, ‘परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्छ!’”
  • मल 3:5 : 5 “अनि न्यायको निम्ति म तिमीहरूको नजिक आउनेछु । टुनामुना गर्नेहरू, व्यभिचारीहरू, झुटा साक्षी दिनेहरू, ज्यालादारीमा काम गर्ने श्रमिक, विधवा र टुहुरा-टुहुरीलाई दमन गर्नेहरू, परदेशीहरूलाई सहायता नगर्नेहरू, र मलाई आदर नगर्नेहरूका विरुद्ध म नै साक्षी हुनेछु,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
  • व्यव 26:17-18 : 17 आज तिमीहरूले घोषणा गरेका छौ, कि परमप्रभु नै तिमीहरूका परमेश्‍वर हुनुहुन्छ, र तिमीहरू उहाँका मार्गहरूमा हिँडी उहाँका विधिविधानहरू, आज्ञाहरू मान्‍ने छौ र उहाँको कुरा सुन्‍ने छौ । 18 आज परमप्रभुले घोषणा गर्नुभएको छ, कि तिमीहरू एउटा जाति हौ जो उहाँको प्रतिज्ञामुताबिक उहाँको आफ्नै निज सम्पत्ति हो, र तिमीहरूले उहाँका सबै आज्ञा मान्‍ने छौ ।
  • व्यव 31:19-21 : 19 अब त्यसकारण तिमीहरूले आफ्नो निम्ति यो गीत लेखेर इस्राएलीहरूलाई सिकाओ । यसलाई कण्ठस्थ पार ताकि यो गीत इस्राएलीहरूको विरुद्धमा मेरो साक्षी होस् । 20 किनकि तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्छु भनी मैले प्रतिज्ञा गरेको दूध र मह बग्‍ने देशमा जब मैले तिनीहरूलाई ल्याएको हुने छु, र तिनीहरू खाएर तृप्‍त भएर मोटाएका हुने छन्, तब तिनीहरू अन्य देवताहरूकहाँ लागी तिनीहरूको सेवा गर्ने छन् र तिनीहरूले मेरो तिरस्कार गरी मेरो करार भङ्ग गर्ने छन् । 21 जब यस जातिमाथि धेरै खराबी र सङ्कष्‍ट आइपर्ने छन्, यो गीतले तिनीहरूको सामु साक्षीको रूपमा गवाही दिने छ (किनकि यो तिनीहरूका सन्तानका मुखबाट बिर्सिने छैन) । मैले तिनीहरूलाई प्रतिज्ञा गरेको देशमा तिनीहरूलाई ल्याउनुभन्दा अगावै तिनीहरूले आज रचेका योजनाहरू मलाई थाहा छ ।”
  • १ शमू 12:22-25 : 22 उहाँको माहन् नाउँको कारणले परमप्रभुले आफ्‍ना मानिसहरूलाई त्याग्‍नुहुनेछैन, किनभने तिमीहरूलाई आफ्नो मानिस बनाउन परमप्रभु प्रशन्‍न हुनुहुन्‍छ । 23 मेरो बारेमा, मैले तिमीहरूको निम्ति प्रार्थना गर्न छोडेर परमप्रभुको विरुद्धमा पाप गर्ने कुरा मबाट परै रहोस् । बरु म तिमीहरूलाई असल र ठिक मार्ग सिकाउनेछु । 24 आफ्‍ना सारा हृदायले परमप्रभुको मात्र भय मान र उहाँको सेवा गर । उहाँले तिमीहरूका निम्ति गर्नुभएको महान् कुराहरूका बारेमा विचार गर । 25 तर तिमीहरू दुष्‍टतामा लागिरहन्छौ भने, तिमीहरू र तिमीहरूका राजा दुवै नष्‍ट पारिनेछौ ।
  • २ राजा 17:13 : 13 तापनि परमप्रभुले हरेक अगमवक्ता र हरेक दर्शीद्वारा इस्राएल र यहूदालाई यसो भनरे चेताउनी दिनुभएको थियो, “आ-आफ्ना दुष्‍ट मार्गहरूबाट फर्केर मेरा आज्ञाहरू र विधिहरू पालन गर, अनि मैले तिमीहरूका पुर्खाहरूलाई आज्ञा गरेका अनि आफ्‍ना सेवकहरू अर्थात् अगमवक्ताहरूद्वारा मैले तिमीहरूकहाँ पठाएका सबै आज्ञा पालन गर्न सावधना होओ ।”
  • २ इति 28:5 : 5 यसकारण परमप्रभु आहाजका परमेश्‍वरले तिनलाई अरामका राजाको हातमा सुम्पिदिनुभयो । अरामीहरूले तिनलाई परास्‍त गरे र तिनका मानिसमध्‍ये धेरै जनालाई कैद गरेर दमस्‍कसमा लगे । आहाज इस्राएलका राजाको हातमा पनि परे, र ती राजाले तिनलाई ठुलो संहारका साथ पराजित गरे ।
  • नहे 9:29-30 : 29 तिनीहरू तपाईंको व्यवस्थामा फर्कून् भनेर तपाईंले तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरू हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् । आज्ञा पालन गर्ने जोसुकैलाई जीवन दिने तपाईंका आज्ञाहरूको विरुद्धमा तिनीहरूले पाप गरे । तिनीहरू हठी बने र अटेरी बने अनि सुन्‍न इन्का गरे । 30 धेरै वर्षसम्म तपाईं तिनीहरूसित धैर्यवान् हुनुभयो, र आफ्ना अगमवक्ताहरूमार्फत तपाईंको आत्माद्वारा तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरूले सुनेनन् । त्यसैले तपाईंले तिनीहरूलाई छिमेकी जातिहरूका हातमा सुम्पिदिनुभयो ।
  • भजन 49:1 : 1 ¶ ए सबै मानिसहरू हो, यो कुरा सुन । ए संसारका सबै बासिन्दाहरू हो कान थाप ।
  • निर्ग 19:5-6 : 5 अब तिमीहरूले आज्ञाकारितापूर्वक मेरो कुरा सुन्यौ र मेरो करार पालन गर्‍यौ भने सबै जातिमध्ये तिमीहरूचाहिँ मेरो विशेष सम्पत्ति हुनेछौ किनकि सबै पृथ्वी मेरै हुन् । 6 तिमीहरू मेरा लागि पुजारीहरूका राज्य र पवित्र जाति हुनेछौ । तैँले यी वचनहरू इस्राएलका मानिसहरूलाई बताउनू ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 81:8-9
    2 पदहरू
    85%

    8हे मानिसहरू, सुन, म तिमीहरूलाई चेतावनी दिन्छु । हे इस्राएल, तिमीहरूले मेरा कुरा सुनेको मात्र भए!

    9तिमीहरूका माझमा कुनै विदेशी देवता हुनेथिएन । तिमीहरूले कुनै पनि विदेशी देवता पुजा गर्नुहुँदैन ।

  • मीका 6:2-3
    2 पदहरू
    76%

    2ए पर्वतहरू र पृथ्वीका बलिया जगहरू परमप्रभुको अभियोगलाई सुन । किनभने आफ्ना मानिसहरूको विरुद्ध परमप्रभुको एउटा अभियोग छ, र उहाँ इस्राएलको विरुद्ध न्यायलयमा लड्नुहुनेछ ।”

    3“मेरा मानिस हो, मैले तिमीहरूलाई के गरेको छु? मैले तिमीहरूलाई कसरी थकित पारेको छु? मेरो विरुद्धमा साक्षी देओ!

  • भजन 50:4-6
    3 पदहरू
    76%

    4उहाँले माथिको आकाशलाई र पृथ्वीलाई बोउनुहुन्छ, ताकि उहाँले आफ्ना मानिसहरूको न्याय गर्न सक्‍नुहुन्‍छ ।

    5“मेरा वोश्‍वासयोग्यहरूलाई मकहाँ भेला गराओ, जसले बलिदानद्वारा मसँग करार बाँधेका छन् ।”

    6आकाशले उहाँको धार्मिकताको घोषणा गर्नेछ, किनकि परमेश्‍वर स्वयम् न्यायकर्ता हुनुहुन्छ । सेला

  • 8तिमीहरूका बलिदानको निम्ति म तिमीहरूलाई निन्दा गर्दिनँ, तिमीहरूका होमबलिहरू सदासर्वदा मेरो सामु छन् ।

  • 2“इस्राएलका मानिसहरूलाई यसो भन्, ‘म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।

  • 2तिनीहरू मलाई पुकारा गर्छन्, ‘हे मेरा परमेश्‍वर, इस्राएलीमा हामी तपाईंलाई चिन्दछौं ।’

  • 12त्यसैले, ए इस्राएल, म तेरो बिचमा केही डरलाग्दो कुरा गर्नेछु । र मैले तिमीहरूका बिचमा केही डरलाग्दो गर्ने हुनाले, ए इस्राएल, आफ्नो परमेश्‍वरलाई भेट्न तयार हो!

  • 11तर मेरा मानिसहरूले मेरा वचनहरू सुनेनन् । इस्राएलले मेरा आज्ञा पालन गरेनन् ।

  • 3ए राजाहरू, सुन! ए अगुवाहरू ध्यान देओ! म परमप्रभुको निम्ति गाउनेछु । म इस्राएलका परमप्रभु परमेश्‍वरको प्रशंसा गाउनेछु ।

  • 1¶ ए इस्राएलका मानिस हो, तिमीहरूका विरूद्धमा, मिश्रदेशबाट मैले निकालेर ल्याएको सम्‍पूर्ण परिवारको विरुद्धमा परमप्रभुले बोल्नुभएको यो वचन सुनः

  • 1¶ हे मेरा मानिसहरू, मेरो शिक्षा सुन । मेरा मुखका वचनहरू सुन ।

  • 22तब तिमीहरू मेरा मानिसहरू हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु ।

  • 13याकूबका घरानाका विरुद्धमा सुन र गवाही देओ— यो सर्वशक्‍तमान् परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 1¶ हे इस्राएलका घराना हो, परमप्रभुले तिमीहरूलाई घोषणा गरिरहनुभएको वचन सुन ।

  • यहे 34:30-31
    2 पदहरू
    72%

    30तब तिनीहरूले म परमप्रभु तिनीहरूका परमेश्‍वर तिनीहरूसँग छु भनी जान्‍नेछन् । इस्राएलको घराना मेरा मानिसहरू हुन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

    31किनकि तिमीहरू मेरा भेडा हौ, मेरो खर्कका बगाल, र मेरा मानिस हौ, र म तिमीहरूका परमेश्‍वर हुँ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।’”

  • 7किनकि उहाँ हाम्रो परमेश्‍वर हुनहुन्छ र हामी उहाँका खर्कका मानिसहरू र उहाँका हातका भेडाहरू हौं । आज, तिमीहरूले उहाँको सोर सुन्‍नेछौ ।

  • 12म तिमीहरूका बिचमा हिँड्‍डुल गर्ने छु, र म तिमीहरूका परमेश्‍वर हुने छु, र तिमीहरू मेरा मानिसहरू हुने छौ ।

  • भजन 50:21-22
    2 पदहरू
    71%

    21तैंले यी कुराहरू गरेको छस्, तर म चूप लागेको छु । त्यसैले म पनि तँजस्तै हो भनी तैंले विचार गरिस् । तर म तेरो निन्दा गर्नेछु र तैंले गरेका सबै कुरा तेरै आँखाको सामु ल्याउनेछु ।

    22हे परमेश्‍वरलाई बिर्सने हो, यसलाई राम्ररी विचार गर । नत्र म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र तिमीहरूलाई सहायता गर्न आउने कोही पनि हुनेछैन ।

  • 22तपाईंले इस्राएललाई सदाको निम्ति आफ्‍नो मानिसहरू बनाउनुभयो र तपाईं, हे परमप्रभु, तिनीहरूका परमेश्‍वर हुनुभएको छ ।

  • 4मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेश अर्थात् फलाम पगाल्ने भट्टीबाट ल्याएको दिनमा यो करारको पालन गर्न आज्ञा दिएको थिएँ । मैले भनें, 'मेरो आवाजलाई सुन र मैले तिमीहरूलाई आज्ञा गरेका यी सबै कुरा पालन गर, किनकि तिमीहरू मेरो जाति हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु ।'

  • 24तपाईंले इस्राएललाई सदाको निम्ति आफ्नै मानिसको रूपमा स्थापित गर्नुभयो र तपाईं परमप्रभु नै तिनीहरूका परमेश्‍वर हुनुभयो ।

  • 1¶ यो परमप्रभुको घोषणा हो, “त्यस बेला म इस्राएलका सबै वंशको परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।”

  • 33र मैले नै तिमीहरूका परमेश्‍वर हुनको निम्ति तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ । म परमप्रभु हुँ ।

  • 41म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूका परमेश्‍वर हुनलाई मिश्र देशबाट ल्याएँ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।”

  • 11यसकारण, इस्राएलका घरानाले मलाई पछ्‍याउनदेखि फेरि कहिल्‍यै बरालिनेछैनन्‌ न त आफ्‍ना सबै पापहरूले तिनीहरूले फेरि कहिल्‍यै आफैलाई अपवित्र पार्नेछन्‌ । तिनीहरू मेरा मानिसहरू हुनेछन्‌ र म तिनीहरूका परमेश्‍वर हुनेछु । यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।’”

  • 6मैले परमप्रभुलाई भनें, “तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । दयाको निम्ति मेरो पुकारा सुन्‍नुहोस् ।”

  • 23मैले तिनीहरूलाई यो आज्ञा मात्र दिएँ, “मेरो आवाजलाई सुन, र म तिमीहरूका परमेश्‍वर हुनेछु, र तिमीहरू मेरा मानिसहरू हुनेछौ । त्यसैले तिमीहरूको भलो होस् भनेर मैले तिमीहरूलाई दिएका सबै आज्ञामा हिंड ।”

  • 4“ए मेरा मानिसहरू, मेरो कुरामा ध्यान देओ । अनि ए मेरा मानिसहरू, मेरा कुरा सुन । किनकि म एउटा आदेश जारी गर्नेछु र म आफ्‍नो न्यायलाई जातिहरूका निम्ति ज्योति बनाउनेछु ।

  • 8हे परमप्रभु, जातिहरूको न्याय गर्नुहोस् । हे परमप्रभु, मेरो सुरक्षा गर्नुहोस्, किनभने हे सर्वोच्‍च, म धर्मी र निर्दोष छु ।

  • 38त्यसपछि तिनीहरू मेरा मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु ।

  • 55मेरो निम्ति इस्राएलका मनिसहरू नोकरहरू हुन् । यिनीहरू मेरा नोकरहरू हुन् जसलाई मैले मिश्र देशबाट बाहिर निकालेर ल्याएँ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’ ।”

  • 13ओहो, मेरा मानिसहरूले मेरो कुरा सुनेको भए । मेरा मानिसहरूले मेरा मार्गहरूमा हिंडेका भए ।

  • 1¶ ए इस्राएलका मानिस हो, परमप्रभुको वचन सुन । यस देशका वासिन्दाहरूको विरुद्धमा परमप्रभुको एउटा मुद्धा छ, किनभने देशमा सत्यता, करारको विश्‍वस्‍तता, परमप्रभुको ज्ञान छैन ।

  • 7किनकि मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट ल्याएको दिनदेखि वर्तमान समयसम्म निरन्तर रूपमा तिनीहरूलाई चेताउनी दिंदै र 'मेरो आवाज सुन,' भन्‍दै गम्भीर आज्ञाहरू दिंदै आएको छु ।

  • 2“ इस्राएलका मानिसहरूको सबै समुदायलाई भन्, ‘म परमप्रभु तिमीहरूका परमेश्‍वर पवित्र भएको कारण तिमीहरू पवित्र होओ ।

  • 9मोशा र पुजारी अर्थात् लेवीहरूले सारा इस्राएलीलाई भने, “हे इस्राएली हो, मौन भएर सुन । आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको जाति भएका छौ ।

  • 8तपाईंले निश्‍चय पनि मैले सुन्‍ने गरी बोल्नुभएको छ । तपाईंका वचनहरूका आवाजले यसो भनेको मैले सुनेको छु,

  • 20याकूबको घरानामा यो प्रचार गर्, र यहूदामा यो सुनियोस् । यसो भन्,

  • 2सारा जातिका मानिस, यो सुन । पृथ्वी र त्यसमा भएका सबैले यो सुन । परमप्रभु परमेश्‍वर उहाँको पवित्र मन्दिरबाट तिमीहरूका विरुद्ध गवाही बनून् ।

  • 8यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, “हेर, म आफै तेरो विरुद्धमा हुनेछु । म स्‍वयम्‌ ती जातिहरूका सामुन्‍ने तँलाई दण्‍ड दिनेछु ।

  • 22हे मेरो परमेश्‍वर, तपाईंको सत्‍यताको निम्‍ति वीणा बजाएर म तपाईंलाई धन्‍यवाद चढाउनेछु । हे इस्राएलको परम पवित्र, सारङ्गी बजाएर म तपाईंको स्तुति गाउनेछु ।

  • 12मैले घोषणा गरेको छु, बचाएको छु र बताएको छु, तिमीहरूका माझमा अरू कुनै ईश्‍वर छैन । तिमीहरू मेरा गवाहीहरू हौ । म परमेश्‍वर हुँ,” परमप्रभु घोषणा गर्नुहुन्छ ।

  • 1¶ परमेश्‍वरले यी सबै वचन बोल्नुभयोः

  • 38तिमीहरूलाई कनान देश दिन र तिमीहरूका परमेश्‍वर हुनको निम्ति तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याउने परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ ।