यिर्मिया 7:23

अनलक शाब्दिक बाइबल

मैले तिनीहरूलाई यो आज्ञा मात्र दिएँ, “मेरो आवाजलाई सुन, र म तिमीहरूका परमेश्‍वर हुनेछु, र तिमीहरू मेरा मानिसहरू हुनेछौ । त्यसैले तिमीहरूको भलो होस् भनेर मैले तिमीहरूलाई दिएका सबै आज्ञामा हिंड ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 15:26 : 26 उहाँले भन्‍नुभयो, “तिमीहरूले तिमीहरूका परमप्रभु परमेश्‍वरको आवाजलाई होसियारीपूर्वक सुन्यौ, र उहाँको दृष्‍टिमा जे ठिक छ त्यही गर्‍यौ, र तिमीहरूले उहाँका आज्ञाहरूमा ध्यान दियौ र उहाँका विधिहरू पालन गर्‍यौ भने मैले मिश्रीहरूमाथि ल्याएको कुनै पनि विपत्ति तिमीहरूमाथि ल्याउनेछैनँ किनकि म चङ्गाइ गर्ने परमेश्‍वर हुँ ।”
  • व्यव 5:33 : 33 तिमीहरू दायाँ र बायाँ नलाग । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा दिनुभएका सबै मार्गमा हिँड ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरू बाँच्न सक, र तिमीहरूको भलो होस् अनि तिमीहरूको आयु लामो होस् ।
  • व्यव 6:3 : 3 त्यसकारण, हे इस्राएल हो, तिनलाई सुन र पालन गर ताकि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएको दूध र मह बग्‍ने देशमा तिमीहरूको भलो होस् र तिमीहरू गुणात्मक रूपमा वृद्धि हुन सक ।
  • यिर्मि 42:6 : 6 असल होस् या खराब होस्, हामी परमप्रभु हाम्रा परमेश्‍वरको कुरा मान्‍नेछौं, जसकहाँ हामी तपाईंलाई पठाउँदैछौं, जसको कारण हामीले परमप्रभु हाम्रा परमेश्‍वरको कुरा मान्दा हाम्रो भलो होस् ।”
  • यिर्मि 11:4 : 4 मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेश अर्थात् फलाम पगाल्ने भट्टीबाट ल्याएको दिनमा यो करारको पालन गर्न आज्ञा दिएको थिएँ । मैले भनें, 'मेरो आवाजलाई सुन र मैले तिमीहरूलाई आज्ञा गरेका यी सबै कुरा पालन गर, किनकि तिमीहरू मेरो जाति हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु ।'
  • यिर्मि 11:7 : 7 किनकि मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट ल्याएको दिनदेखि वर्तमान समयसम्म निरन्तर रूपमा तिनीहरूलाई चेताउनी दिंदै र 'मेरो आवाज सुन,' भन्‍दै गम्भीर आज्ञाहरू दिंदै आएको छु ।
  • निर्ग 19:5-6 : 5 अब तिमीहरूले आज्ञाकारितापूर्वक मेरो कुरा सुन्यौ र मेरो करार पालन गर्‍यौ भने सबै जातिमध्ये तिमीहरूचाहिँ मेरो विशेष सम्पत्ति हुनेछौ किनकि सबै पृथ्वी मेरै हुन् । 6 तिमीहरू मेरा लागि पुजारीहरूका राज्य र पवित्र जाति हुनेछौ । तैँले यी वचनहरू इस्राएलका मानिसहरूलाई बताउनू ।”
  • लैव्य 26:3-9 : 3 यदि तिमीहरू मेरा नियमहरूअनुसार हिँड्यौ र मेरा आज्ञाहरू पालन गरेर तीअनुसार चल्यौ भने, 4 म तिमीहरूलाई ठिक मौसममा झरी दिने छु, र भूमिले आफ्नो उब्जनी दिने छ, र भूमिका रुखहरूले आफ्ना फल दिने छन् । 5 दाख बटुल्‍ने समयसम्मै तिमीहरूले दाइँ गर्ने छौ, र रोपाइँको समयसम्मै दाख बटुल्‍ने छौ । तिमीहरूले भरपेट रोटी खाने छौ र भूमिमा तिमीहरूले जहाँ आफ्नो घर बसाल्छौ त्यहाँ सुरक्षितसाथ जिउने छौ । 6 म देशमा शान्ति ल्याउने छु, र तिमीहरू कुनै डरविना नै निदाउने छौ । म तिमीहरूका देशबाट हिंसक पशुहरूलाई हटाइदिने छु, र तिमीहरूका देशमा तरवार प्रहार हुने छैन । 7 तिमीहरूले आफ्ना दुश्मनहरूलाई लखेट्‍ने छौ, र तिमीहरूको तरवारको प्रहारले तिमीहरूकै अगि तिनीहरू लड्‍ने छन् । 8 तिमीहरूका पाँच जनाले सयलाई, र सयले हजार जनालाई लखेट्‍ने छन्, र तिमीहरूको तरवारको प्रहारले तिमीहरूका दुश्मनहरू तिमीहरूकै अगि लड्‍ने छन् । 9 म तिमीहरूमाथि कृपादृष्‍टि लगाउने छु र तिमीहरूलाई फलवन्‍त बनाएर तिमीहरूको सङ्ख्या वृद्धि गर्ने छु । म मेरो करार तिमीहरूसँग स्थापना गर्ने छु । 10 तिमीहरूले लामो समयसम्म भण्डार गरेको खाने कुरा खाने छौ । तिमीहरूले भण्डार गरेको खाने कुरा बाहिर निकालेर नयाँ फसलको निम्ति ठाउँ तयार गर्ने छौ । 11 म मेरो वेदी तिमीहरूकै बिचमा राख्‍ने छु, र म तिमीहरूलाई घृणा गर्ने छैनँ । 12 म तिमीहरूका बिचमा हिँड्‍डुल गर्ने छु, र म तिमीहरूका परमेश्‍वर हुने छु, र तिमीहरू मेरा मानिसहरू हुने छौ ।
  • व्यव 4:10 : 10 होरेबमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु उभिएको दिनमा परमप्रभुले मलाई यसो भन्‍नुभयो, 'मानिसहरूलाई जम्मा गर् र म तिनीहरूलाई मेरा वचन सुन्‍ने बनाउने छु ताकि यस पृथ्वीमा तिनीहरू बाचुञ्‍जेलसम्म तिनीहरूले मेरो भय मान्‍न सिकून् र तिनीहरूका छोराछोरीहरूलाई सिकाउन सकून् ।'
  • व्यव 5:16 : 16 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ आफ्ना बुबा र आमालाई आदर गर्नू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा तिमीहरूको आयु लामो होस् र तिमीहरूको भलो होस् ।
  • व्यव 5:29 : 29 मेरो आदर गर्ने र सधैँ मेरा सबै आज्ञा मान्‍ने हृदय तिनीहरूमा भइदिए त तिनीहरू र तिनीहरूका छोराछोरीहरूको सदासर्वदा भलो हुनेथियो ।
  • व्यव 11:27 : 27 परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर्‍यौ भने तिमीहरूले आशिष् पाउने छौ,
  • व्यव 13:4 : 4 तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको पछि लाग्‍नू; उहाँको आदर गर्नू; उहाँका आज्ञाहरू पालन गर्नू र उहाँको कुरा सुन्‍नू र उहाँको आराधना गर्नू अनि उहाँमा टाँसिनू ।
  • व्यव 30:2 : 2 र तिमीहरूका सारा हृदय र प्राणले आज मैले तिमीहरू र तिमीहरूका सन्तानलाई आज्ञा गरेका यी सबै वचनलाई पालन गरेर तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरकहाँ फर्कंदा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको निर्वासनलाई उल्ट्याइदिनुहुने छ र तिमीहरूलाई टिठ्याउनुहुने छ ।
  • व्यव 30:8 : 8 तिमीहरू फर्केर परमप्रभुको आवाज सुन्‍ने छौ, र आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञा पालन गर्ने छौ ।
  • व्यव 30:20 : 20 परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँको कुरा पालन गर्न र उहाँमा टाँसिनका लागि यसलाई मान्‍नू । किनकि उहाँ नै तिमीहरूको जीवन र तिमीहरूको दीर्घायु हुनुहुन्छ । परमप्रभुले तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरू अब्राहाम, इसहाक, याकूबसित प्रतिज्ञा गर्नुभएको यो देशमा तिमीहरू बाँच्न सक भन्‍नलाई यो आज्ञा मान्‍नू ।
  • यिर्मि 31:33 : 33 इस्राएलको घरानासित मैले बाँध्‍ने करार यही हो, यो परमप्रभुको घोषणा हो । यी दिनपछि म आफ्‍नो व्यवस्था तिनीहरूभित्र हाल्‍नेछु, र तिनीहरूका हृदयमा यो लेख्‍नेछु, किनकि म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।
  • रोमी 16:26 : 26 तर अब सारा गैरयहूदीहरूका बिचमा विश्‍वासको आज्ञाकारिताको निम्ति अनन्त परमेश्‍वरको आज्ञाअनुसार अगमवाणीका धर्मशास्‍त्रहरूद्वारा त्यसलाई प्रकट गरिएको र जनाइएको छ,
  • २ कोरि 10:5 : 5 हामी पनि परमेश्‍वरको ज्ञानको विरुद्धमा खडा हरेक उच्‍च कुरालाई नष्‍ट गर्दछौँ । हामी हरेक विचारलाई ख्रीष्‍टको आज्ञाकारितामा कैद गर्छौं ।
  • इब्रा 5:9 : 9 उहाँ सिद्ध बनाइनुभएपछि उहाँमा आज्ञाकारी हुने हरेकका निम्ति उहाँ अनन्त मुक्‍तिको कारण बन्‍नुभयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यिर्मि 11:3-4
    2 पदहरू
    83%

    3तिनीहरूलाई भन्, 'परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यस करारका वचनहरू नसुन्‍ने जोसुकै श्रापित होस् ।

    4मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेश अर्थात् फलाम पगाल्ने भट्टीबाट ल्याएको दिनमा यो करारको पालन गर्न आज्ञा दिएको थिएँ । मैले भनें, 'मेरो आवाजलाई सुन र मैले तिमीहरूलाई आज्ञा गरेका यी सबै कुरा पालन गर, किनकि तिमीहरू मेरो जाति हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु ।'

  • 20ताकि तिनीहरू मेरा विधिहरूमा चल्‍नेछन्, र तिनीहरूले मेरा नियमहरू पालन गर्नेछन् र तीअनुसार गर्नेछन् । तब तिनीहरू मेरा मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु ।

  • 17तेरो बारेमाचाहिं, मैले तँलाई दिएका सबै आज्ञा पालन गरेर र मेरा विधिहरू र आदेशहरू पालन गरेर तेरा बुबा दाऊद मेरो दृष्‍टिमा हिंडेझैं हिंडिस्‌ भने,

  • 22किनकि मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट ल्याउँदा तिमध्‍ये कुनै कुरा पनि मैले इच्‍छा गरिन । होमबलि र बलिदानहरूको विषयमा मैले तिनीहरूलाई कुनै आज्ञा दिइनँ ।

  • 3यदि तिमीहरू मेरा नियमहरूअनुसार हिँड्यौ र मेरा आज्ञाहरू पालन गरेर तीअनुसार चल्यौ भने,

  • 10त्यसकारण, आज मैले तिमीहरूलाई दिएका आज्ञा र विधिहरूसाथै परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा पालन गर ।”

  • 12म तिमीहरूका बिचमा हिँड्‍डुल गर्ने छु, र म तिमीहरूका परमेश्‍वर हुने छु, र तिमीहरू मेरा मानिसहरू हुने छौ ।

  • 33तिमीहरू दायाँ र बायाँ नलाग । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा दिनुभएका सबै मार्गमा हिँड ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरू बाँच्न सक, र तिमीहरूको भलो होस् अनि तिमीहरूको आयु लामो होस् ।

  • 22तब तिमीहरू मेरा मानिसहरू हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु ।

  • 4त्यसैले तैंले तिनीहरूलाई यसो भन्‍नुपर्छ, 'परमप्रभु यसो भन्‍नुहुन्छः मैले तिमीहरूको अगि राखिदिएको मेरो व्यवस्थाअनुसार हिंड्नलाई तिमीहरूले मेरो कुरा सुनेनौ भने,

  • 19म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, मेरा विधिहरूमा हिंड, र मेरा नियमहरू मान र पालन गर ।

  • 4तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको पछि लाग्‍नू; उहाँको आदर गर्नू; उहाँका आज्ञाहरू पालन गर्नू र उहाँको कुरा सुन्‍नू र उहाँको आराधना गर्नू अनि उहाँमा टाँसिनू ।

  • यिर्मि 11:6-8
    3 पदहरू
    75%

    6परमप्रभुले मलाई भन्‍नुभयो, “यहूदाका सहरहरू र यरूशलेमका सडकहरूका यी सबै कुराको घोषणा गर् । यसो भन्, 'यस करारका वचनहरूलाई सुन र तिनलाई कार्यावन्यन गर ।

    7किनकि मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट ल्याएको दिनदेखि वर्तमान समयसम्म निरन्तर रूपमा तिनीहरूलाई चेताउनी दिंदै र 'मेरो आवाज सुन,' भन्‍दै गम्भीर आज्ञाहरू दिंदै आएको छु ।

    8तर तिनीहरूले सुनेनन्, वा ध्यानै दिएनन् । हरेक व्यक्ति आफ्नै दुष्‍ट हृदयको कठोरतामा हिंडिरहेको छ । त्यसैले यस करारमा मैले तिनीहरूलाई आज्ञा गरेका सबै श्राप मैले तिनीहरूका विरुद्धमा ल्याएँ । तर मानिसहरूले अझै पनि आज्ञा मानेनन् ।”

  • 9परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गरी उहाँका मार्गहरूमा हिँड्यौ भने उहाँले प्रतिज्ञा गरेअनुसार परमप्रभुले तिमीहरूलाई आफ्नो लागि अलग गर्नुभएको जातिको रूपमा स्थापित गर्नुहुने छ ।

  • 28तब मैले तिमीहरूका पुर्खाहरूलाई दिएको देशमा तिमीहरू बसोबास गर्नेछौ । तिमीहरू मेरा मानिसहरू हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु ।

  • 13ओहो, मेरा मानिसहरूले मेरो कुरा सुनेको भए । मेरा मानिसहरूले मेरा मार्गहरूमा हिंडेका भए ।

  • 19तर मैले तँलाई दिएका मेरा विधिहरू र आज्ञाहरू पालन गरिनस् र ती त्‍यागिस् र तँ गएर अरू देवताहरूको पुजा गरिस् र तिनीहरूका सामु दण्‍डवत् गरिस् भने,

  • 24तर तिनीहरूले सुनेनन्, वा ध्यान नै दिए । तिनीहरू आफ्‍ना दुष्‍ट हृदयका आफ्नै हठी योजनामुताबिक जिए । त्यसैले तिनीहरू पछिल्तिर गए, अगिल्तिर बढेनन् ।

  • 13परमप्रभु भन्‍नुहुन्छ, “मैले तिनीहरूका सामु राखेको मेरो व्यवस्थालाई तिनीहरूले त्यागेका हुनाले, तिनीहरूले मेरो आवाज सुनेर त्यसद्वारा नहिंडेका हुनाले यस्तो भएको हो ।

  • 27परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर्‍यौ भने तिमीहरूले आशिष् पाउने छौ,

  • 22किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका सबै मार्गमा हिँड्न र उहाँमा टाँसिन मैले तिमीहरूलाई दिएका आज्ञाहरू तिमीहरूले दत्तचित्तसाथ पालन गर्‍यौ भने,

  • 1¶ आज मैले तिमीहरूलाई दिने सबै आज्ञा मान्‍नू ताकि तिमीहरू बाँच्न सक र वृद्धि हुन सक अनि परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा गएर त्यसलाई अधिकार गर्न सक ।

  • 3सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः तिमीहरूका मार्ग र अभ्यास असल बनाओ, र म तिमीहरूलाई यस ठाउँमा बसिरहन दिनेछु ।

  • 17आज तिमीहरूले घोषणा गरेका छौ, कि परमप्रभु नै तिमीहरूका परमेश्‍वर हुनुहुन्छ, र तिमीहरू उहाँका मार्गहरूमा हिँडी उहाँका विधिविधानहरू, आज्ञाहरू मान्‍ने छौ र उहाँको कुरा सुन्‍ने छौ ।

  • 18तिमीहरूले गर्नुपर्ने सबै कुरा मैले त्यस बेला नै तिमीहरूलाई आज्ञा गरेको थिएँ ।

  • 16तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका मार्गहरूमा हिँड्न र उहाँका आज्ञाहरूसाथै उहाँका निर्देशनहरू, विधिविधानहरू पालन गर्न आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आदेशहरू पालन गर्‍यौ भने तिमीहरू बाँच्ने छौ र तिमीहरूको वृद्धि हुने छ अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू प्रवेश गर्न लागेका देशमा तिमीहरूलाई आशिष् दिनुहुने छ ।

  • 13परमप्रभुका आज्ञा र विधिविधानहरू पालन गर जुन तिमीहरूका भलाइको निम्ति आज मैले तिमीहरूलाई दिँदै छु ।

  • 2तिनले तिनीहरूलाई भने, “तिमीहरूले परमप्रभु परमेश्‍वरका दास मोशाले आज्ञा गरेका सबै गरेका छौ । तिमीहरूले मैले आज्ञा गरेका सबै कुरामा मेरो आज्ञा पालन गरेका छौ ।

  • व्यव 5:28-29
    2 पदहरू
    73%

    28तिमीहरू मसित बोल्दा परमप्रभुले तिमीहरूका वचन सुन्‍नुभयो । उहाँले मलाई भन्‍नुभयो, 'यी मानिसहरूले तँलाई भनेका वचनहरू मैले सुनेको छु । तिनीहरूले भनेका कुरा असल थिए ।

    29मेरो आदर गर्ने र सधैँ मेरा सबै आज्ञा मान्‍ने हृदय तिनीहरूमा भइदिए त तिनीहरू र तिनीहरूका छोराछोरीहरूको सदासर्वदा भलो हुनेथियो ।

  • 28मैले तिमीहरूलाई आज्ञा गरेका यी सबै वचनलाई ध्यान दिएर पालन गर ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा तिमीहरूले जे ठिक र असल छ त्यही गर्दा तिमीहरू र तिमीहरूका छोराछोरीहरूको सदैव भलो होस् ।

  • 10मैले तिमीहरूलाई भनें, “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । मैले तिमीहरूलाई एमोरीहरूका देवहरूलाई नपुज भनेर आज्ञा दिएँ, जसको देशमा तिमीहरू बसोबास गरिरहेका छौ ।” तर तिमीहरूले मेरो आज्ञा पालना गरेका छैनौ ।’”

  • 6तर तँ र तेरा छोराछोरीहरू तर्केर गई मैले तेरो सामु राखेका मेरा आज्ञा र विधिविधानहरू पालन नगरी अरू देवताहरूको पुजा गर्‍यौ र तिनीहरूको सामु निहुरियौ भने,

  • 31यसैकारण तिमीहरूले मेरा आज्ञा मान्‍नू र तीअनुसार हिँड्नू । म परमप्रभु हुँ ।

  • 11त्यसकारण मैले तिमीहरूलाई दिएका आज्ञा र विधिविधानहरू पालन गर र मान ।

  • 11परमप्रभुले मसँग बोल्नुभयो, उहाँको बलियो बाहुली ममाथि थियो र यी मानिसहरू हिंडेका मार्ग नहिंड्न मलाई चेताउनी दिनुभयो ।

  • 18आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञा पालन गर्न र परमप्रभुको दृष्‍टिमा जे ठिक छ त्यही गर्न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाज सुनेकाले उहाँले यसो गर्नुहुने छ ।

  • 6असल होस् या खराब होस्, हामी परमप्रभु हाम्रा परमेश्‍वरको कुरा मान्‍नेछौं, जसकहाँ हामी तपाईंलाई पठाउँदैछौं, जसको कारण हामीले परमप्रभु हाम्रा परमेश्‍वरको कुरा मान्दा हाम्रो भलो होस् ।”

  • 17तिमीहरूलाई आज्ञा गर्नुभएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू, उहाँका गम्भीर आदेशहरू र उहाँका विधिहरू दत्तचित्तसाथ पालन गर्नू ।

  • 14तर तिमीहरूले मेरा कुरा सुनेनौ, र मेरा यी सबै आज्ञाहरू मानेनौ,

  • 8तिमीहरू फर्केर परमप्रभुको आवाज सुन्‍ने छौ, र आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञा पालन गर्ने छौ ।

  • 4मेरो व्यवस्था तिमीहरूले पालन गर्नू, र मेरा आज्ञाहरू मान्‍नू, र तीअनुसार तिमीहरू हिँड्नू, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।

  • 38त्यसपछि तिनीहरू मेरा मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु ।

  • 31तर तँचाहिँ मेरो नजिक खडा हो, र म तँलाई सबै आज्ञा र विधिविधान दिने छु जुन तैँले तिनीहरूलाई सिकाउने छस् ताकि मैले तिनीहरूलाई अधिकारको लागि दिने देशमा तिनीहरूले यी पालन गरून् ।'

  • 2“इस्राएलका मानिसहरूलाई यसो भन्, ‘म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।

  • 6उहाँका मार्गहरूमा हिँडी उहाँलाई आदर गर्न सकून् भनेर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञा मान्‍नू ।

  • 7त्यसपछि मलाई चिन्‍ने हृदय म तिनीहरूलाई दिनेछु, किनकि म परमप्रभु हुँ । तिनीहरू मेरो मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु । यसरी तिनीहरू आफ्ना सारा हृदयसले मतिर फर्कनेछन् ।'