लैव्यव्यवस्था 26:3
यदि तिमीहरू मेरा नियमहरूअनुसार हिँड्यौ र मेरा आज्ञाहरू पालन गरेर तीअनुसार चल्यौ भने,
यदि तिमीहरू मेरा नियमहरूअनुसार हिँड्यौ र मेरा आज्ञाहरू पालन गरेर तीअनुसार चल्यौ भने,
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
19म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, मेरा विधिहरूमा हिंड, र मेरा नियमहरू मान र पालन गर ।
3तिमीहरू पहिले बसोबास गर्ने मिश्रका मानिसहरूले त्यहाँ जे गर्थे ती तिमीहरूले नगर्नू । मैले तिमीहरूलाई लैजान लागेको देश अर्थात् कनानका मानिसहरूले त्यहाँ जे गर्थे ती तिमीहरूले नगर्नू । तिमीहरूले तिनीहरूका रीतिरिवाजहरू नपछ्याउनू ।
4मेरो व्यवस्था तिमीहरूले पालन गर्नू, र मेरा आज्ञाहरू मान्नू, र तीअनुसार तिमीहरू हिँड्नू, किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।
5यसैकारण तिमीहरूले मेरा आज्ञाहरू मान्नू र मेरा व्यवस्था पालन गर्नू । ती पालन गर्ने मानिस तीद्वारा नै बाँच्दछ । म परमप्रभु हुँ ।
2तिमीहरूले मेरो शबाथ मान्नू र मेरो पवित्रस्थानको आदर गर्नू । म परमप्रभु हुँ ।
31यसैकारण तिमीहरूले मेरा आज्ञा मान्नू र तीअनुसार हिँड्नू । म परमप्रभु हुँ ।
14तर तिमीहरूले मेरा कुरा सुनेनौ, र मेरा यी सबै आज्ञाहरू मानेनौ,
15र मेरा विधि र नियमहरूलाई घृणा गरेर इन्कार गर्यौ, र मेरा सबै आज्ञाहरू पालन नगरेर मेरो करारलाई तोड्यौ भने,
37तिमीहरूले मेरा सबै आज्ञाहरू र मेरा सबै विधिविधानहरू मान्नू र तीअनुसार चल्नू । म परमप्रभु हुँ’ ।”
17तेरो बारेमाचाहिं, मैले तँलाई दिएका सबै आज्ञा पालन गरेर र मेरा विधिहरू र आदेशहरू पालन गरेर तेरा बुबा दाऊद मेरो दृष्टिमा हिंडेझैं हिंडिस् भने,
4त्यसैले तैंले तिनीहरूलाई यसो भन्नुपर्छ, 'परमप्रभु यसो भन्नुहुन्छः मैले तिमीहरूको अगि राखिदिएको मेरो व्यवस्थाअनुसार हिंड्नलाई तिमीहरूले मेरो कुरा सुनेनौ भने,
8तिमीहरूले मेरा आज्ञाहरू मानेर ती पालन गर्नू । तिमीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ ।
18यसैले तिमीहरूले मेरा आज्ञाहरू मान्नू, मेरा नियमहरू पालन गर्नू र तीअनुसार चल्नू । अनि तिमीहरू आफ्नो देशमा सुरक्षित भई जिउने छौ ।
17तिमीहरूलाई आज्ञा गर्नुभएका परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू, उहाँका गम्भीर आदेशहरू र उहाँका विधिहरू दत्तचित्तसाथ पालन गर्नू ।
31तिनीहरूले मेरा नियमहरू तोडे र मेरा आज्ञाहरू पालन गरेनन् भने,
30तिमीहरूले मेरो शबाथ मान्नू र मेरो पवित्र स्थानको आदर गर्नू । म परमप्रभु हुँ ।
23यी कुराहरू हुँदाहुँदै पनि तिमीहरूले मेरा सुधारहरूलाई स्वीकारेनौ र मेरो विरुद्धमा हिँड्न छोडेनौ भने,
4म तिमीहरूलाई ठिक मौसममा झरी दिने छु, र भूमिले आफ्नो उब्जनी दिने छ, र भूमिका रुखहरूले आफ्ना फल दिने छन् ।
12“तैँले बनाइरहेको यो मन्दिरको विषयमा भन्नुपर्दा, तैँले मेरा विधिविधानहरू पालन गरी न्याय कायम गरिस् र मेरा सबै आज्ञा पालन गरी तिनमा हिँडिस् भने मैले तेरा पिता दाऊदसित बाँधेको प्रतिज्ञा तँद्वारा नै पुरा गर्ने छु ।
4मैले तँलाई आज्ञा गरेका सबै आज्ञा पालन गरी मेरा विधिविधानहरू र उर्दीहरू मानेर ह्रदयको सत्यनिष्ठा र सोझोपनमा तेरा पिता दाऊद हिँडेझैँ तँ मेरो सामु हिँडिस् भने,
11त्यसकारण मैले तिमीहरूलाई दिएका आज्ञा र विधिविधानहरू पालन गर र मान ।
23मैले तिनीहरूलाई यो आज्ञा मात्र दिएँ, “मेरो आवाजलाई सुन, र म तिमीहरूका परमेश्वर हुनेछु, र तिमीहरू मेरा मानिसहरू हुनेछौ । त्यसैले तिमीहरूको भलो होस् भनेर मैले तिमीहरूलाई दिएका सबै आज्ञामा हिंड ।”
11तब मैले तिनीहरूलाई मेरा विधिहरू दिएँ र मेरा नियमहरू तिनीहरूलाई प्रकट गरें । मानिसले ती पालन गर्यो भने त्यसद्वारा ऊ बाँच्नेछ ।
27तिमीहरूमा म आफ्नो आत्मा हालिदिनेछु र तिमीहरूलाई मेरा विधिहरूमा हिंड्न र मेरा आज्ञाहरू पालन गर्न सक्षम तुल्याउनेछु ।
22किनकि परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्न, उहाँका सबै मार्गमा हिँड्न र उहाँमा टाँसिन मैले तिमीहरूलाई दिएका आज्ञाहरू तिमीहरूले दत्तचित्तसाथ पालन गर्यौ भने,
9परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू पालन गरी उहाँका मार्गहरूमा हिँड्यौ भने उहाँले प्रतिज्ञा गरेअनुसार परमप्रभुले तिमीहरूलाई आफ्नो लागि अलग गर्नुभएको जातिको रूपमा स्थापित गर्नुहुने छ ।
20ताकि तिनीहरू मेरा विधिहरूमा चल्नेछन्, र तिनीहरूले मेरा नियमहरू पालन गर्नेछन् र तीअनुसार गर्नेछन् । तब तिनीहरू मेरा मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्वर हुनेछु ।
15यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नेछौ ।
19तर मैले तँलाई दिएका मेरा विधिहरू र आज्ञाहरू पालन गरिनस् र ती त्यागिस् र तँ गएर अरू देवताहरूको पुजा गरिस् र तिनीहरूका सामु दण्डवत् गरिस् भने,
10तिमीहरूका सारा हृदय र सारा प्राणले परमप्रभु तिमीहरूका परमेश्वरमा फर्की व्यवस्थाको यस पुस्तकमा लेखिएका उहाँका आज्ञाहरू र निर्देशनहरू पालन गर्न परमप्रभु तिमीहरूका परमेश्वरको कुरा मान्यौ भने उहाँले यसो गर्नुहुने छ ।
12म तिमीहरूका बिचमा हिँड्डुल गर्ने छु, र म तिमीहरूका परमेश्वर हुने छु, र तिमीहरू मेरा मानिसहरू हुने छौ ।
4तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरको पछि लाग्नू; उहाँको आदर गर्नू; उहाँका आज्ञाहरू पालन गर्नू र उहाँको कुरा सुन्नू र उहाँको आराधना गर्नू अनि उहाँमा टाँसिनू ।
27परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू पालन गर्यौ भने तिमीहरूले आशिष् पाउने छौ,
27यी कुराहरू हुँदाहुँदै पनि तिमीहरूले मेरो कुरा सुनेनौ र मेरो विरुद्ध हिँडिरह्यौ भने,
6उहाँका मार्गहरूमा हिँडी उहाँलाई आदर गर्न सकून् भनेर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा मान्नू ।
22मैले मोशासँग बोलेका यी सबै आज्ञा तिमीहरूले पालन नगर्दा तिमीहरूले कहिले काहीँ नचाहेर पनि पाप गर्नेछौ ।
13परमप्रभुका आज्ञा र विधिविधानहरू पालन गर जुन तिमीहरूका भलाइको निम्ति आज मैले तिमीहरूलाई दिँदै छु ।
16आज परमप्रभु तिमीहरूका परमेश्वरले यी विधिविधानहरू पालन गर्न तिमीहरूलाई आज्ञा गर्दै हुनुहुन्छ । त्यसकारण, तिमीहरूका सारा ह्रदय र सारा प्राणले तिनको पालन गर र तिनलाई मान ।
17आज तिमीहरूले घोषणा गरेका छौ, कि परमप्रभु नै तिमीहरूका परमेश्वर हुनुहुन्छ, र तिमीहरू उहाँका मार्गहरूमा हिँडी उहाँका विधिविधानहरू, आज्ञाहरू मान्ने छौ र उहाँको कुरा सुन्ने छौ ।
32आज मैले तिमीहरूका सामु राखिदिएका सबै विधिविधान पालन गर्नू ।
10त्यसकारण, आज मैले तिमीहरूलाई दिएका आज्ञा र विधिहरूसाथै परमप्रभु तिमीहरूका परमेश्वरको कुरा पालन गर ।”
18आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञा पालन गर्न र परमप्रभुको दृष्टिमा जे ठिक छ त्यही गर्न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आवाज सुनेकाले उहाँले यसो गर्नुहुने छ ।
30तिमीहरूभन्दा अगि यहाँ अभ्यास हुने गरेका कुनै यस्ता घृणास्पद रीतिरिवाजहरूलाई तिमीहरूले अभ्यास नगरेर मेरो आज्ञा पालन गर्नू अनि यसरी तिमीहरूले यस्ता कामले आफैलाई अपवित्र बनाउने छैनौ । म परमप्रभु तिमीहरूका परमेश्वर हुँ’ ।”
16तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्न, उहाँका मार्गहरूमा हिँड्न र उहाँका आज्ञाहरूसाथै उहाँका निर्देशनहरू, विधिविधानहरू पालन गर्न आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्वरका आदेशहरू पालन गर्यौ भने तिमीहरू बाँच्ने छौ र तिमीहरूको वृद्धि हुने छ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू प्रवेश गर्न लागेका देशमा तिमीहरूलाई आशिष् दिनुहुने छ ।
10तिमीहरूले मेरा आज्ञाहरू पालन गर्छौ भने जसरी मैले मेरा पिताको आज्ञा पालन गरेको छु र उहाँको प्रेममा रहेको छु, त्यसरी नै तिमीहरू मेरो प्रेममा रहनेछौ ।
6तर तँ र तेरा छोराछोरीहरू तर्केर गई मैले तेरो सामु राखेका मेरा आज्ञा र विधिविधानहरू पालन नगरी अरू देवताहरूको पुजा गर्यौ र तिनीहरूको सामु निहुरियौ भने,
25हामीले उहाँले हामीलाई आज्ञा गर्नुभएझैँ परमप्रभु हाम्रा परमेश्वरको सामु यी सबै आज्ञा मान्यौँ भने यो हाम्रो धार्मिकता हुने छ ।'
3मोशाको व्यवस्थामा लेखिएका परमप्रभु तिम्रा परमेश्वरका मार्गहरूमा हिँड्न, उहाँका विधिहरू, आज्ञाहरू, निर्णयहरू र उहाँका करारका आदेशहरू पालन गर्न होसियार होऊ ताकि तिमी जता गए पनि तिमीले गर्ने सबै काममा तिम्रो उन्नति होस्,
1¶ अब यर्दन पारि गई तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूले पालन गरून् भनी परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउन भनी मलाई दिनुभएका आदेश र विधिविधानहरू यिनै हुन् ।
33तिमीहरू दायाँ र बायाँ नलाग । परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा दिनुभएका सबै मार्गमा हिँड ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरू बाँच्न सक, र तिमीहरूको भलो होस् अनि तिमीहरूको आयु लामो होस् ।