यिर्मिया 7:3

अनलक शाब्दिक बाइबल

सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः तिमीहरूका मार्ग र अभ्यास असल बनाओ, र म तिमीहरूलाई यस ठाउँमा बसिरहन दिनेछु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 18:11 : 11 त्यसैले अब, यहूदाका मानिसहरू र यरूसलेमका बासिन्दाहरूसित बोल् र भन्, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मैले तिमीहरूको विरुद्धमा विपत्तिको रचना गर्नै लागेको छु । मैले तिमीहरूको विरुद्धमा योजना बनाउने लागेको छु । तिमीहरूका चाल र तिमीहरूका अभ्यासहरूले तिमीहरूलाई भलो ल्‍याउने गरी हरेक व्यक्तिले आफ्नो दुष्‍ट चालबाट पश्‍चात्ताप गरोस् ।'
  • यिर्मि 26:13 : 13 त्यसैले अब, आ-आफ्ना चाल र अभ्यासहरू सुधार्नुहोस् र परमप्रभु तपाईंहरूका परमेश्‍वरको सोर सुन्‍नुहोस्, ताकि उहाँले तपाईंहरूको विरुद्धमा घोषणा गर्नुभएको विपत्तिको विषयमा उहाँले आफ्नो मन बद्लनुहुनेछ ।
  • यिर्मि 35:15 : 15 मैले तिमीहरूकहाँ मेरा सबै दास, अगमवक्ताहरू पठाएँ । यसो भन्‍न मैले तिनीहरूलाई निरन्‍तर पठाएँ, 'हरेक मानिस आफ्नो दुष्‍ट चालबाट फर्कोस् र त्यसले असल कामहरू गरोस् । कोही पनि अरू देवताहरूको पछि लाग्‍ने र तिनीहरूको पुजा गर्ने काम नगरोस् । बरु, मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई दिएको देशमा फर्केर आओ ।' तापनि तिमीहरूले मेरो कुरा सुन्‍दैनौ वा ध्यानै दिंदैनौ ।
  • यहे 18:30-31 : 30 यसकारण, ए इस्राएलका घराना, म तिमीहरू हरेक मानिसको न्‍याय उसको चालअनुसार गर्नेछु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो । पश्‍चात्ताप गर, आफ्‍ना सबै अपराधहरूबाट फर्क, ताकि तिमीहरूको पाप तिमीहरूको विरुद्ध ठेस लाग्‍ने ढुङ्गाहरू नबनून् । 31 तिमीहरूले गरेका सबै अपराधहरू आफूलाई अलग गर । आफ्‍ना निम्‍ति नयाँ हृदय र नयाँ आत्‍मा बनाओ । तिमीहरू किन मर्छौ, ए इस्राएलका घराना?
  • यहे 33:4-9 : 4 मानिसहरूले तुरहीको आवाज सुने तर पनि ध्यान दिंदैनन्, र तरवार आउँछ र तिनीहरूलाई मार्छ भने, ती प्रत्‍येकको रगत आफ्‍नै शिरमा पर्नेछ । 5 कसैले तुरहीको आवाज सुन्‍छ र ध्यान दिंदैन भने, त्यसको रगतको जिम्मेवार त्यो आफै हुनेछ । तर त्यसले ध्यान दिन्छ भने त्यसले आफ्नो ज्यान बचाउनेछ । 6 तर त्यो रक्षकले तरवार आउँदै गरेको देख्‍छ, तर त्‍यसले तुरही फुक्‍दैन, जसको कारणले मानिसहरूलाई सजग पारिंदैन, र तरवार आउँछ र कसैको जीवन लिन्‍छ भने, त्यो मानिस आफ्नै पापमा मर्छ, तर त्यसको रगतको सटो म त्‍यो रक्षकबाट लिनेछु ।’ 7 अब, ए मानिसको छोरा, मैले तँलाई नै इस्राएलको घरानाको निम्‍ति रक्षक बनाएको छु । तैंले मेरो मुखबाट वचन सुन्‍नेछस् र तिनीहरूलाई मेरो तर्फबाट चेतावनी दिनेछस् । 8 मैले दुष्‍ट मानिसलाई भनें ‘ए दुष्‍ट मानिस, तँ निश्‍चय नै मर्नेछस् ।’ तर त्यो दुष्‍ट मानिसलाई सजग गराउनलाई त्यसको चालको बारेमा तैंले त्यसलाई भनिनस् भने, त्यो दुष्‍ट मानिस आफ्नो पापमा मर्नेछ, तर त्यसको रगतको साटो म तँबाट लिनेछु । 9 तर तैंले त्यो दुष्‍ट मानिस उसको दुष्‍ट चालको बारेमा बनिस् ताकि त्‍यसबाट त्‍यो फर्किन सकोस्, र त्यो आफ्नो चालबाट फर्केन भने, त्यो आफ्नो पापमा मर्नेछ, तर तँ आफूले आफ्नो प्राण बचाउनेछस् । 10 यसैले, ए मानिसको छोरो, इस्राएलको घरानालाई भन्, ‘तिमीहरू यसो भन्छौ, “हाम्रा अपराधहरू र पापहरू हामीमाथि आएका छन्, र हामी तीनमा सडिरहेका छौं! हामी कसरी बाँच्‍न सक्छौं?”’ 11 तिनीहरूलाई भन्, ‘यो परमप्रभु परमेश्‍वरको घोषणा हो, म जिउँदो भएको हुनाले, म दुष्‍टहरूको मृत्युमा प्रसन्‍न हुन्‍नँ, किनकि दुष्‍टले आफ्नो चालबाट पश्‍चात्ताप गरी फर्कन्छ भने त्यो बाँच्ने छ! पश्‍चात्ताप गर् । तेरा दुष्‍ट चालबाट पश्‍चात्ताप गर् । ए इस्राएलको घराना तँ किन मर्ने?’
  • मत्त 3:8-9 : 8 पश्‍चात्तापको निम्ति सुहाउँदो फल फलाओ । 9 र आफ्नै बिचमा यस्तो विचार नगर, ‘अब्राहाम नै हाम्रा पिता हुन् ।’ किनकि म तिमीहरूलाई यो भन्दछु, कि अब्राहामका निम्ति परमेश्‍वरले यी ढुङ्गाहरूबाट पनि सन्तान उत्पन्‍न गराउन सक्‍नुहुन्छ । 10 रुखहरूको फेदमा बन्चरो अगि नै परिसकेको छ । यसकारण, असल फल नफलाउने हरेक रुख काटी ढालिनेछ, र आगोमा फ्याँकिनेछ ।
  • याक 4:8 : 8 परमेश्‍वरको नजिक आओ, र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ । ए पापीहरू हो, तिमीहरूका हात सफा पार, र ए दोमनकाहरू हो, तिमीहरूका हृदय शुद्ध पार ।
  • नीति 28:13 : 13 आफ्ना पापहरू लुकाउनेको उन्‍नति हुने छैन, तर तिनलाई स्वीकार गरी त्याग्‍नेलाई कृपा देखाइने छ ।
  • यशा 1:16-19 : 16 नुहाओ र आफूलाई शुद्ध पार । मेरो दृष्‍टिबाट तिमीहरूका सबै दुष्‍ट कामहरू हटाओ । खराब हुन छोड । 17 असल गर्न सिक । न्याय खोज, थिचोमिचोमा परेकाहरूलाई छुटाओ, अनाथलाई न्याय देओ र विधवाको रक्षा गर ।” 18 परमप्रभु भन्‍नुहुन्छ, “अहिले आओ, हामी मिलेर छलफल गरौं । तिमीहरूका पापहरू बैजनी रङका भए तापनि, ती हिउँजस्‍तै सेता हुनेछन् । ती सिन्दुरे रङका भए तापनि ती ऊनजस्‍तै हुनेछन् । 19 तिमीहरू आज्ञाकारी र इच्‍छुक भयौ भने, तिमीहरूले देशका असल कुरा खानेछौ,
  • यशा 55:7 : 7 दुष्‍टले आफ्नो बाटो र पापको मानिसले आफ्ना विचारहरू त्यागोस् । ऊ परमप्रभुमा फर्कोस्, र उहाँले उसलाई दया गर्नुहुनेछ र हाम्रा परमेश्‍वरमा जसले उसलाई प्रशस्‍त गरी क्षमा गर्नुहुनेछ ।
  • यिर्मि 7:5-7 : 5 किनकि तिमीहरूले वास्तवमै तिमीहरूका मार्ग र अभ्यासहरू असल बनायौ भने, अनि तिमीहरूले मानिस र त्यसको छिमेकीको बिचमा न्यायलाई पूर्ण रूपमा कायम राख्यौ भने, 6 तिमीहरूले देशमा बस्‍ने मानिस, अनाथ वा विधवालाई शोषण गरेनौ र यस ठाउँमा निर्दोषको रगत बगाएनौ र आफैलाई हानि पुर्‍याउन अरू देवताहरूको पछि लागेनौ भने, 7 म तिमीहरूलाई यस ठाउँमा बस्‍न दिनेछु, जुन देश मैले प्राचीन समयदेखि नै सदाको लागि तिमीहरूका पुर्खाहरूलाई दिएँ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • हाग्गै 1:7-8
    2 पदहरू
    82%

    7सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: “आफ्ना मार्गहरूमाथि ध्यान देओ ।

    8माथि पर्वतमा जाओ, काठहरू ल्याओ, र मेरो भवन बनाओ, अनि म त्यसमा आनन्द मनाउनेछु, र म महिमित हुनेछु - परमप्रभु भन्‍नुहुन्छ ।”

  • 5यसैकारण सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: आफ्ना मार्गहरूमाथि ध्यान देओ!

  • 13त्यसैले अब, आ-आफ्ना चाल र अभ्यासहरू सुधार्नुहोस् र परमप्रभु तपाईंहरूका परमेश्‍वरको सोर सुन्‍नुहोस्, ताकि उहाँले तपाईंहरूको विरुद्धमा घोषणा गर्नुभएको विपत्तिको विषयमा उहाँले आफ्नो मन बद्लनुहुनेछ ।

  • यिर्मि 7:1-2
    2 पदहरू
    79%

    1¶ परमप्रभुको यो वचन यर्मियाकहाँ यसो भनेर आयो,

    2“परमप्रभुको मन्दिरको मूल ढोकामा खडा हो र यो वचन घोषणा गर् । यसो भन्, 'परमप्रभुलाई आराधना चढाउन यी ढोकाहरूबाट प्रवेश गर्ने यहूदाका सबै मानिसहरू हो, परमप्रभुको वचन सुन ।

  • यिर्मि 7:4-7
    4 पदहरू
    79%

    4छलपूर्ण वचनहरूमा आफू भर नपर र यसो नभन, 'परमप्रभुको मन्दिर! परमप्रभुको मन्दिर! परमप्रभुको मन्दिर!'

    5किनकि तिमीहरूले वास्तवमै तिमीहरूका मार्ग र अभ्यासहरू असल बनायौ भने, अनि तिमीहरूले मानिस र त्यसको छिमेकीको बिचमा न्यायलाई पूर्ण रूपमा कायम राख्यौ भने,

    6तिमीहरूले देशमा बस्‍ने मानिस, अनाथ वा विधवालाई शोषण गरेनौ र यस ठाउँमा निर्दोषको रगत बगाएनौ र आफैलाई हानि पुर्‍याउन अरू देवताहरूको पछि लागेनौ भने,

    7म तिमीहरूलाई यस ठाउँमा बस्‍न दिनेछु, जुन देश मैले प्राचीन समयदेखि नै सदाको लागि तिमीहरूका पुर्खाहरूलाई दिएँ ।

  • जक 1:3-4
    2 पदहरू
    78%

    3तिनीहरूलाई भन्, ‘सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: मतिरफर्क!- परमप्रभु घोषणा गर्नुहुन्छ- र म तिमीहरूतिर फर्कनेछु, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।

    4तिमीहरूका पिता-पुर्खाहरूझैँ नहोओ जसलाई अगमवक्ताहरूले यस्तो भनेका थिए, “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: तिमीहरूका खराब मार्गहरू र दुष्‍ट कामहरूबाट फर्क!” तर तिनीहरूले सुनेनन् र मलाई ध्यान दिएनन् - परमप्रभु घोषणा गर्नुहुन्छ ।’”

  • 77%

    10त्यसपछि तिमीहरू आउँछौ अनि मेरो नाउँले बोलाइने यस मन्‍दिरमा मेरो सामु खडा हुन्‍छौ र यसो भन्छौ, “हामी बचाइएका छौं”, यसरी तिमीहरू यी सबै घृणित कामहरू गर्न सक्‍छौ?

    11के मेरो नाउँले पुकारिने यो घर तिमीहरूको दृष्‍टिमा डाँकुहरूको ओडार हो? तर हेर, मैले यो देखेको छु, यो परमप्रभुको घोषणा हो ।’

    12‘त्यसैले शीलोमा भएको मेरो ठाउँ जाओ, जहाँ सुरुमा मैले मेरो नाउँ रहने अनुमति दिएँ, र मेरो जाति इस्राएलको दुष्‍टताको कारणले मैले यसलाई के गरें त्‍यो हेर ।

  • 11त्यसैले अब, यहूदाका मानिसहरू र यरूसलेमका बासिन्दाहरूसित बोल् र भन्, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मैले तिमीहरूको विरुद्धमा विपत्तिको रचना गर्नै लागेको छु । मैले तिमीहरूको विरुद्धमा योजना बनाउने लागेको छु । तिमीहरूका चाल र तिमीहरूका अभ्यासहरूले तिमीहरूलाई भलो ल्‍याउने गरी हरेक व्यक्तिले आफ्नो दुष्‍ट चालबाट पश्‍चात्ताप गरोस् ।'

  • 6परमप्रभुले मलाई भन्‍नुभयो, “यहूदाका सहरहरू र यरूशलेमका सडकहरूका यी सबै कुराको घोषणा गर् । यसो भन्, 'यस करारका वचनहरूलाई सुन र तिनलाई कार्यावन्यन गर ।

  • जक 7:3-4
    2 पदहरू
    76%

    3तिनीहरूले सेनाहरूका परमप्रभुका भवनमा भएका पुजारीहरू र अगमवक्ताहरूलाई यस्तो भने, “मैले बितेका वर्षहरूमा गर्आएकोझैँ, के म पाचौँ महिनामा उपवास बसेर विलाप गरूँ?”

    4यसैकारण सेनाहरूका परमप्रभुको यस्तो वचन मकहाँ आयो,

  • 14त्यसकारण मैले शीलोलाई जे गरें, मेरो नाउँद्वारा बोलाइने यस मन्दिरलाई पनि म त्यसै गर्नेछु, तिमीहरूले भरोसा गरेको यो घर हो, जुन मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई दिएँ ।

  • 75%

    19परमप्रभुले मलाई यसो भन्‍नुभयो, “जा र मानिसहरूका मूल ढोकामा खडा हो, जहाँबाट यहूदाका राजाहरू प्रवेश गर्छन् र जहाँबाट तिनीहरू बाहिर निस्कन्छन् । त्यसपछि यरूशलेमका अन्य सबै ढोकामा खडा हो ।

    20तिनीहरूलाई भन्, 'यी ढोकाहरूबाट आवातजावत गर्ने हे सबै यहूदाका राजा, यहूदाका सबै मानिस र यरूशलेमका हरेक बासिन्दा हो, परमप्रभुको वचन सुन ।

  • 13“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः जा र यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दालाई यसो भन्, 'के तिमीहरू सुधारलाई स्वीकार गर्दैनौ र मेरा वचन सुन्दैनौ? यो परमप्रभुको घोषणा हो ।

  • 7“सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ, तँ मेरा मार्गमा हिँडिस्, र मेरा आज्ञाहरू पालन गरिस् भने, तैंले मेरो भवनको जिम्मा लिनेछस् र मन्दिरको सुरक्षा गर्नेछस्, किनकि यहाँ मेरो सामु उभिएकाहरूमध्ये म तँलाई भित्र आउन र बाहिर जान दिनेछु ।

  • यिर्मि 22:1-2
    2 पदहरू
    74%

    1¶ परमप्रभु यसो भन्‍नुहुन्छ, “यहूदाको राजाको घरमा तल जा र त्यहाँ यो वचन घोषणा गर्,

    2यसो भन, 'ए यहूदाका राजा, तँ जो दाऊदको सिंहासनमा बस्‍छस्, तँ र तेरा सेवकहरू र यी ढोकाहरूद्वारा आउने तेरा मानिसहरू हो, परमप्रभुको वचन सुन ।

  • 7तिमीहरूका पिता-पुर्खाका समयदेखि नै तिमीहरू मेरा आज्ञाहरूबाट टाढा गएका छौ र ती पालना गरेका छैनौ । मकहाँ फर्क र म तिमीहरूकहाँ फर्कनेछु,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । “तर तिमीहरू भन्छौ, ‘हामी कसरी फर्कने?’

  • 18अनि सेनाहरूका परमप्रभुको यस्तो वचन मकहाँ आयो,

  • यिर्मि 26:2-3
    2 पदहरू
    74%

    2“परमप्रभु यसो भन्‍नुहुन्छ, 'मेरो मन्दिरको चोकमा खडा हो र मेरो मन्दिरमा आराधना गर्ने आउने यहूदाका सबै सहरको बारेमा भन् । तिनीहरूलाई भन्‍न मैले तँलाई आज्ञा गरेका सबै वचन घोषणा गर् । एउटै शब्‍द पनि नछोड ।

    3सयद तिनीहरूले सुन्‍नेछन्, अनि हरेक मानिस आफ्ना दुष्‍ट चालहरूबाट फर्कनेछन्, यसरी तिनीहरूका अभ्यासको दुष्‍टताको कारणले मैले तिनीहरूमाथि ल्याउने योजना गरेको विपत्ति ल्याउनबाट मैले आफ्‍नो मन म बद्लनेछु ।

  • 11“यहूदाका राजाको घरानाको विषयमा परमप्रभुको वचन सुन ।

  • 9तब तिनले उनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, जसकहाँ तिमीहरूले मलाई तिमीहरूका बिन्ती राख्‍न पठायौ,

  • 2“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘यरूशलेम र यहूदाका सबै सहरमाथि मैले ल्याएका विपत्तिहरू तिमीहरू आफैले देखेका छौ । हेर, आज ती भग्‍नावशेष भएका छन् । तिनमा बस्‍ने कोही छैन ।

  • 23मैले तिनीहरूलाई यो आज्ञा मात्र दिएँ, “मेरो आवाजलाई सुन, र म तिमीहरूका परमेश्‍वर हुनेछु, र तिमीहरू मेरा मानिसहरू हुनेछौ । त्यसैले तिमीहरूको भलो होस् भनेर मैले तिमीहरूलाई दिएका सबै आज्ञामा हिंड ।”

  • 21परमप्रभुको मन्दिर, यहूदाका राजाको महल र यरूशलेममा बाँकी रहेका सामानहरूका विषयमा सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ,

  • 5यी अगमवक्ताहरूले भने, ‘हरेक मानिस आफ्नो दुष्‍ट चाल र आफ्ना भ्रष्‍ट अभ्यासहरूबाट फर्कोस्, अनि परमप्रभुले प्राचीन समयमा तिमीहरूका पिता-पुर्खाहरू र तिमीहरूलाई स्थायी उपहारको रूपमा दिनुभएको देशमा फर्कोस् ।

  • 1¶ यो परमप्रभुको घोषणा हो, “ए इस्राएल, तँ फर्किस् भने तँ मतिरै फर्किनुपर्छ । तैंले मेरो सामुबाट घिनलाग्दा वस्तुहरू हटाइस् र फेरि मबाट तर्केर गइनस् भने,

  • 3यहूदा र यरूशलेममा भएका हरेक व्यक्तिलाई परमप्रभु यसो भन्‍नुहुन्छ, ‘तिमीहरूको खेत जोत, र काँडाहरूका बिचमा बीउ नछर ।

  • 26तर तिनले के गर्नुपर्छ भनेर परमप्रभुलाई सोधपुछ गर्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई यही कुरा भनिदेओ, ‘तपाईंले सुन्‍नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ:

  • 18तर परमप्रभुको इच्छा जान्‍न तिमीहरूलाई पठाउने यहूदाका राजालाई चाहिं तिमीहरूले यसो भन, 'तपाईंले सुन्‍नुभएको वचनको विषयमा इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः

  • 3यसो भन्, 'हे यहूदाका राजाहरू र यरूशलेमका बासिन्दाहरू हो, परमप्रभुको वचन सुन । सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर्, मैले यस ठाउँमाथि विपत्ति ल्याउनै लागेको छु, र यस विषयमा सुन्‍ने हरेकको कान झनझनाउने छ ।

  • 1¶ हे इस्राएलका घराना हो, परमप्रभुले तिमीहरूलाई घोषणा गरिरहनुभएको वचन सुन ।

  • 15यी दिनहरूमा पनि म यरूशलेम र यहूदाको घरानालाई भलाइ गर्ने योजना गर्नेछु! नडराओ!

  • 3सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: म सियोनमा फर्कनेछु र यरूशलेममा वास गर्नेछु, किनकि यरूशलेम सत्यको सहर भनिनेछ र सेनाहरूका परमप्रभुको पर्वतचाहिँ पवित्र पर्वत भनिनेछ!

  • 16“परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, यहूदाका राजाले यस पुस्तकमा पढेअनुसार यस ठाउँ र यसका बासिन्दाहरूमा म विपत्ति ल्याउनेछु ।

  • 30किनकि यहूदाका छोराहरूले मेरो दृष्‍टिमा दुष्‍ट काम गरेका छन्, यो परमप्रभुको घोषणा हो । मेरो नाउँद्वारा पुकारिने यस मन्दिरलाई अपवित्र तुल्याउनलाई तिनीहरूले त्‍यसमा घृणित कुराहरू राखेका छन् ।

  • 2“यस करारका वचनहरूलाई सुन्, अनि यहूदाका हरेक मानिस र यरूशलेमका बासिन्दाहरूलाई ती घोषणा गर् ।

  • 4इस्राएल र यहूदाको विषयमा परमप्रभुले घोषणा गर्नुभएका वचनहरू यी नै हुन्,

  • 12जा र उत्तरलाई यी वचन घोषणा गर्, “'हे विश्‍वासहीन इस्राएल, फर्की' यो परमप्रभु घोषणा हो, 'म तँसित सधैं रिसाउनेछैनँ ।' परमप्रभु घोषणा गर्नुहुन्छ, 'म विश्‍वासयोग्य भएको हुनाले म सदासर्वदा रिसाउनेछैन ।'

  • 23सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, “मैले यस जातिलाई तिनीहरूको देशमा फर्काएर ल्याउँदा तिनीहरूले यहूदा र यसका सहरहरूमा यसो भन्‍नेछन्, 'उहाँ बस्‍नुहुने ए धर्मी बासस्थान्, ए पवित्र पर्वत, परमप्रभुले तँलाई आशिष् देऊन् ।'