भजनसंग्रह 78:1

अनलक शाब्दिक बाइबल

¶ हे मेरा मानिसहरू, मेरो शिक्षा सुन । मेरा मुखका वचनहरू सुन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 51:4 : 4 “ए मेरा मानिसहरू, मेरो कुरामा ध्यान देओ । अनि ए मेरा मानिसहरू, मेरा कुरा सुन । किनकि म एउटा आदेश जारी गर्नेछु र म आफ्‍नो न्यायलाई जातिहरूका निम्ति ज्योति बनाउनेछु ।
  • यशा 55:3 : 3 आफ्‍ना कान थाप र मकहाँ आओ । सुन, ताकि तिमीहरू बाँच्‍न सक्‍छौ । मैले दाऊदलाई प्रतिज्ञा गरेको मेरो भरपर्दो र विश्‍वायोग्य प्रेमले— तिमीहरूसँग म अनन्त करार गर्नेछु ।
  • नीति 8:4-6 : 4 “हे मानिसहरू हो, म तिमीहरूलाई नै आव्हान गर्दछु । मेरो सोर मानव-जातिका छोराहरूका लागि हो । 5 तिमीहरू जो निर्बुद्धि छौ, बुद्धि प्राप्‍त गर । तिमीहरू जो मूर्ख छौ, तिमीहरूले समझशक्तिको हृदय प्राप्‍त गर । 6 सुन, किनकि म आदरणीय कुराहरूको विषयमा बताउने छु, र मेरो ओठ खुला हुँदा मैले सिधा कुराहरू भन्‍ने छु ।
  • मत्त 13:9 : 9 जोसँग कान छ, उसले सुनोस् ।”
  • न्या 5:3 : 3 ए राजाहरू, सुन! ए अगुवाहरू ध्यान देओ! म परमप्रभुको निम्ति गाउनेछु । म इस्राएलका परमप्रभु परमेश्‍वरको प्रशंसा गाउनेछु ।
  • २ इति 15:1-9 : 1 ¶ परमेश्‍वरका आत्‍मा ओदेदका छोरा अजर्याहमाथि आउनुभयो । 2 तिनी आसालाई भेट गर्न गए र तिनलाई भने, “ए आसा, यहूदा र बेन्‍यामीनका सबै जना, मेरा कुरा सुन्‍नुहोस्: जब तपाईंहरू परमप्रभुसँग रहनुहुन्छ, तब उहाँ पनि तपाईंहरूसँग हुनुहुन्‍छ । तपाईंहरूले उहाँलाई खोज्नुभयो भने, तपाईंहरूले उहाँलाई भेट्टाउनुहुनेछ । तर तपाईंहरूले उहाँलाई त्‍याग्‍नुभयो भने उहाँले पनि तपाईंहरूलाई त्‍याग्‍नुहुनेछ । 3 अब धेरै समयसम्‍म इस्राएल साँचो परमेश्‍वर, सिकाउने पुजारी र व्‍यवस्‍थाविना थियो । 4 तर जब आफ्‍नो कष्‍टमा तिनीहरू परमप्रभु इस्राएलका परमेश्‍वरतिर फर्के र उहाँलाई खोजे, तब तिनीहरूले उहाँलाई पाउन सके । 5 त्यसबेला यहाँबाट यात्रा गरेर टाढा जाने र यात्रा गरेर यहाँ आउने दुबैलाई शान्ति थिएन । बरू, देशमा बसोबास गर्ने सबैमाथि ठूलो संकष्‍ट थियो । 6 तिनीहरू टुक्रा-टुक्रा पारिए, राष्‍ट्रको विरूद्ध राष्‍ट्र, र सहरको विरूद्ध सहर, किनकि परमेश्‍वरले तिनीहरूलाई सबै किसिमका दु:खले समस्‍यामा पार्नुभयो । 7 तर तपाईंहरू बलियो हुनुहोस्, आफ्ना हातहरू कमजोर हुन नदिनुहोस्, किनकि तपाईंका कामहरूको प्रतिफल दिइनेछ ।” 8 जब आसाले यी कुरा, ओदेदका छोरा अजर्याह अगमवक्ताका अगमवाणी सुने, तब तिनको साहस बढ्यो, र यहूदा र बेन्‍यामीनका सारा देश र तिनले कब्‍जा गरेका एफ्राइमका पहाडी देशका सहरहरूबाट घिनलाग्‍दा कुराहरू सबै हटाइदिए, र तिनले परमप्रभुको मन्‍दिरका दलानको अगि भएको परमप्रभुको वेदी पनि मरम्‍मत गरे । 9 तिनले सारा यहूदा र बेन्‍यामीन र एफ्राइम, मनश्‍शे र शिमियोनबाट तिनीहरूसँग बस्‍नेहरूलाई भेला गरे । किनभने परमप्रभु तिनका परमेश्‍वर तिनीसँग हुनुभएको तिनीहरूले देखेर इस्राएलबाट तिनीहरू धेरै सङ्‍ख्‍यामा तिनीकहाँ आए । 10 यसैले आसाका राजकालको पन्‍ध्रौँ वर्षको तेस्रो महिनामा तिनीहरू यरूशलेममा एकसाथ भेला भए । 11 त्‍यस दिन तिनीहरूले ल्‍याएको लूटका मालबाट परमप्रभुलाई सात सय साँढे र सात हजार भेडाहरू र बाख्राहरू बलिदान चढाए । 12 तिनीहरू आफ्‍ना सारा हृदय र आफ्‍ना सारा प्राणले परमप्रभु आफ्‍ना पुर्खाका परमेश्‍वरको खोजी गर्नलाई करार बाँधे । 13 अनि परमप्रभु इस्राएलका परमेश्‍वरलाई नखोज्‍ने जोसुकैलाई मारिनुपर्छ भन्‍ने कुरामा तिनीहरूले सहमती गरेः चाहे त्यो व्यक्ति सानो होस् वा ठूलो होस्, चाहे पुरुष होस् वा स्‍त्री होस् । 14 तिनीहरूले ठूलो सोर, चिच्‍च्‍याएर, र तुरहीहरू र नरसिङ्गा बजाउँदै परमप्रभुसँग शपथ खाए । 15 सारा यहूदा शपथमा आनन्‍दित भयो, किनकि तिनीहरूले आफ्‍ना पूरा हृदयले शपथ खाएका थिए, र तिनीहरूले आफ्‍ना सारा इच्‍छाले परमेश्‍वरलाई खोजे, र तिनीहरूले उहाँलाई पाउन सके । तिनीहरूका वरिपरि सबैतिरबाट परमप्रभुले तिनीहरूलाई शान्ति दिनुभयो । 16 तिनले आफ्‍नी हजुरआमा माकालाई पनि राजमाताको पदबाट हटाइदिए, किनभने तिनले अशेरा देवीको खम्‍बोबाट घिनलाग्‍दो मूर्ति बनाएकी थिइन् । आसाले त्‍यो घिनलाग्दो मूर्तिलाई काटेर ढालिदिए, त्‍यसलाई धुलोपिठो पारे र किद्रोन खोल्‍सामा जलाइदिए ।
  • भजन 49:1-3 : 1 ¶ ए सबै मानिसहरू हो, यो कुरा सुन । ए संसारका सबै बासिन्दाहरू हो कान थाप । 2 माथिल्‍लो र तल्‍लो दर्जाका, गरीब र धनी दुवै एकसाथ । 3 मेरो मुखले बुद्धिका कुरा बोल्नेछ र मेरो हृदयको ध्‍यान समझको हुनेछ ।
  • भजन 50:7 : 7 “ए मेरा मानिसहरू, सुन र म बोल्ने छु । म परमेश्‍वर, तेरो परमेश्‍वर हुँ ।
  • भजन 51:4 : 4 तपाईंको विरुद्धमा, केवल तपाईंको विरुद्धमा मैले पाप गरेको छु र तपाईंको दृष्‍टिमा जे खराब छ त्यही गरेको छु । तपाईं बोल्नुहुँदा तपाईं ठिक हुनुहुन्छ । तपाईंले न्याय गर्नुहुँदा तपाईं ठिक हुनुहुन्छ ।
  • भजन 74:1 : 1 ¶ हे परमेश्‍वर, तपाईंले हामीलाई किन सदाको निम्ति इन्कार गर्नुभएको छ? तपाईंको क्रोध किन तपाईंका खर्कका भेडाहरूका विरुद्धमा दन्किन्छ?

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 1¶ हे आकाश, सुन्, र मलाई बोल्न दे । पृथ्वीले मेरा मुखका वचन सुनोस् ।

  • 8हे मानिसहरू, सुन, म तिमीहरूलाई चेतावनी दिन्छु । हे इस्राएल, तिमीहरूले मेरा कुरा सुनेको मात्र भए!

  • 4“ए मेरा मानिसहरू, मेरो कुरामा ध्यान देओ । अनि ए मेरा मानिसहरू, मेरा कुरा सुन । किनकि म एउटा आदेश जारी गर्नेछु र म आफ्‍नो न्यायलाई जातिहरूका निम्ति ज्योति बनाउनेछु ।

  • 23ध्यान देओ र मेरो आवाज सुन । ध्यान मग्‍न होओ र मेरा वचनहरू सुन ।

  • 20हे मेरो छोरो, मेरा वचनहरूलाई ध्यान दे । मेरा भनाइहरू सुन्‍न तेरो कान थाप ।

  • 2दृष्‍टान्तमा म आफ्‍नो मुख खोल्नेछु । विगतका गुप्‍त कुराको बारेमा म गीत गाउनेछु ।

  • भजन 5:1-2
    2 पदहरू
    76%

    1¶ हे परमप्रभु, मैले तपाईंलाई पुकारा गर्दा सुन्‍नुहोस् । मेरा सुस्केराहरूका बारेमा विचार गर्नुहोस् ।

    2हे मेरो राजा र मेरो परमेश्‍वर, मेरो पुकाराको सोर सुन्‍नुहोस्, किनकि मैले प्रार्थना गर्ने तपाईंसँग नै हो ।

  • 2हे परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस् । मेरो मुखका शब्दहरूमा कान थाप्‍नुहोस् ।

  • 24अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन । मेरा मुखका वचनहरूलाई ध्यान देओ ।

  • 1¶ ए सबै मानिसहरू हो, यो कुरा सुन । ए संसारका सबै बासिन्दाहरू हो कान थाप ।

  • 1¶ हे मेरो छोरो, मेरो बुद्धिमा ध्यान लगा । मेरो समझशक्तिमा कान थाप ।

  • 17आफ्नो कान थाप् र बुद्धिमान्‌का वचनहरू सुन् अनि मेरो ज्ञानमा तेरो हृदय लगा ।

  • 17हे परमेश्‍वर, मेरो कुरा ध्‍यानले सुन्‍नुहोस् । मेरो घोषणा तपाईंका कानमा पुगोस् ।

  • 6हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस् । मेरो बिन्‍तीको सोर सुन्‍नुहोस् ।

  • 1¶ हे परमप्रभु, न्यायको निम्ति मेरो बिन्ती सुन्‍नुहोस् । मदतको निम्‍ति मेरो पुकारामा ध्यान दिनुहोस् । मेरो छलरहित ओठको मेरो प्रार्थनामा कान थाप्‍नुहोस् ।

  • 13ओहो, मेरा मानिसहरूले मेरो कुरा सुनेको भए । मेरा मानिसहरूले मेरा मार्गहरूमा हिंडेका भए ।

  • 2“हे बुद्धिमान् मानिसहरू हो, मेरा वचन सुन्‍नुहोस् । हे ज्ञान भएकाहरू हो, मेरा कुरा सुन्‍नुहोस् ।

  • नीति 2:1-2
    2 पदहरू
    73%

    1¶ हे मेरो छोरो, तैँले मेरा वचनहरू ग्रहण गरिस् र मेरा आज्ञाहरूलाई तेरो मनमा राखिस् भने,

    2बुद्धिका कुराहरू सुन्‍न तेरो कान थापिस्, र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने,

  • 16अब तपाईंसित सुझबुझ छ भने, यो कुरा सुन्‍नुहोस् । मेरो वचनको आवाजलाई सुन्‍नुहोस् ।

  • 1¶ त्यसैले अब, हे अय्यूब, मेरो कुरा सुन्‍न म तपाईंसित बिन्ती गर्छु, मेरा सबै शब्‍दहरू सुन्‍नुहोस् ।

  • 7“ए मेरा मानिसहरू, सुन र म बोल्ने छु । म परमेश्‍वर, तेरो परमेश्‍वर हुँ ।

  • नीति 4:1-2
    2 पदहरू
    72%

    1¶ हे मेरा छोराहरू हो, बुबाको निर्देशन सुन, र ध्यान देओ ताकि समझशक्ति के रहेछ भनी तिमीहरूले जान्‍न सक ।

    2म तिमीहरूलाई असल निर्देशनहरू दिँदै छु । मेरो शिक्षालाई नत्याग ।

  • 2हे परमप्रभु, मेरो सोर सुन्‍नुहोस् । दयाको निम्ति मेरो बिन्‍ती सुन्‍नलाई तपाईंका कानहरू सचेत होऊन् ।

  • 7ठिक कुरा जान्‍ने, आफ्नो हृदयमा मेरो व्यवस्था राख्‍ने मानिसहरू, मेरो कुरा सुनः मानिसहरूका अपमानदेखि नडराओ, न तिनीहरूका दुराचारदेखि निराश होओ ।

  • 32अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, किनकि मेरा मार्गहरूमा हिँड्ने आशिषित् हुने छन् ।

  • 6सुन, किनकि म आदरणीय कुराहरूको विषयमा बताउने छु, र मेरो ओठ खुला हुँदा मैले सिधा कुराहरू भन्‍ने छु ।

  • 22म तपाईंलाई बिन्ती गर्छु, उहाँको निर्देशनको वचन ग्रहण गर्नुहोस् । उहाँका वचनहरू आफ्‍नो हृदयमा जम्‍मा गर्नुहोस् ।

  • 1¶ हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस् । मेरो बिन्ती सुन्‍नुहोस् । तपाईंको विश्‍वस्‍तता र धार्मिकताको कारणले मलाई जवाफ दिनुहोस् ।

  • 19हे परमप्रभु, मेरो कुरा ध्यानसित सुन्‍नुहोस्, र मेरा शत्रुहरूका आवाज सुन्‍नुहोस् ।

  • 4म आफ्‍ना कान दृष्‍टान्तमा लगाउनेछु । म आफ्‍नो दृष्‍टान्तलाई वीणा बजाएर सुरु गर्नेछु ।

  • 2मेरो प्रार्थना सुन्‍नहोस् । मेरो पुकरामा ध्यान दिनुहोस् ।

  • 1¶ हे इस्राएलका घराना हो, परमप्रभुले तिमीहरूलाई घोषणा गरिरहनुभएको वचन सुन ।

  • 6हे परमेश्‍वर, म तपाईंमा पुकार्छु, किनकि तपाईंले मलाई जवाफ दिनुहुन्छ । आफ्‍नो कान मतिर फर्काउनुहोस् र म बोल्दा सुन्‍नुहोस् ।

  • भजन 55:1-2
    2 पदहरू
    71%

    1¶ हे परमेश्‍वर, मेरो प्रार्थनामा कान थाप्‍नुहोस् । मेरो बिन्‍तीबाट आफूलाई नलुकाउनुहोस् ।

    2मलाई ध्यान दिनुहोस् र मलाई जवाफ दिनुहोस् । मेरो कष्‍टमा मलाई विश्रम हुँदैन ।

  • 6अब मेरो आफ्नै तर्क सुन्‍नुहोस् । मेरो आफ्नै ओठको बिन्तीलाई सुन्‍नुहोस् ।

  • 7अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन । मेरो मुखका वचनहरू सुन्‍नदेखि नतर्क ।

  • 11तर मेरा मानिसहरूले मेरा वचनहरू सुनेनन् । इस्राएलले मेरा आज्ञा पालन गरेनन् ।

  • 18मेरा आँखाहरू खोल्नुहोस् ताकि तपाईंको व्यवस्थाका अचम्मका कुराहरू म देख्‍न सकूँ ।

  • 1¶ हे परमेश्‍वर, राजालाई आफ्‍नो धार्मिक आदेशहरू दिनुहोस् । राजाको छोरालाई तपाईंको धार्मिकता दिनुहोस् ।

  • 1¶ हे परमप्रभु, मेरो प्रार्थन सुन्‍नुहोस् । तपाईंलाई मेरो पुकारा सुन्‍नुहोस् ।

  • 1¶ ए जातिहरू, नजिक आओ र सुन । ए मानिसहरू, ध्यान देओ । पृथ्वी र त्‍यसलाई भर्ने सबैले, संसार र त्‍यसबाट आएका सबै थोकले सुन्‍नुपर्छ ।

  • 10ए सदोमका शासकहरू हो, परमप्रभुको वचन सुन । ए गमोराका मानिसहरू, हाम्रा परमेश्‍वरको व्यवस्था सुन ।

  • 12तेरो हृदयलाई अर्तीतिर लगा, र तेरा कानलाई ज्ञानका वचनहरूमा लगा ।

  • 1¶ हे मेरो छोरो, मेरा आज्ञाहरू नभुल्, र मेरा शिक्षाहरूलाई तेरो हृदयमा राख् ।

  • 21“हे समझ नभएको मूर्ख मानिस हो, यो कुरा सुन । तिमीहरूका आँखा छन्, तर देख्‍न सक्दैनौ, कान छन्, तर सुन्‍न सक्दैनौ ।

  • 108हे परमप्रभु, मेरो मुखको स्वेच्छा बलि ग्रहण गर्नुहोस् र मलाई तपाईंका धार्मिक आदेशहरू सिकाउनुहोस् ।