नीतिवचन 4:1

अनलक शाब्दिक बाइबल

¶ हे मेरा छोराहरू हो, बुबाको निर्देशन सुन, र ध्यान देओ ताकि समझशक्ति के रहेछ भनी तिमीहरूले जान्‍न सक ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नीति 1:8 : 8 हे मरो छोरो, आफ्नो छोरोको निर्देशन सुन्, र आफ्नी आमाका नियमहरूलाई पाखा नलगा ।
  • भजन 34:11 : 11 ए छोराहरू हो, आओ, मेरो कुरा सुन । तिमीहरूलाई म परमप्रभुको भय मान्‍न सिकाउनेछु ।
  • १ थेस 2:11-12 : 11 तिमीहरूलाई पनि थाहा छ, कि हामीले तिमीहरू हरेकलाई कसरी एउटा बुबाले आफ्ना छोराछोरीलाई गरे झैँ तिमीहरूलाई उत्साह, सान्त्वना दियौँ र गवाही दियौँ, 12 कि तिमीहरू परमेश्‍वरको योग्यको भएर हिँड्न सक जसले तिमीहरूलाई उहाँको राज्य र महिमामा बोलाउनुहुन्छ ।
  • इब्रा 2:1 : 1 ¶ त्यसकारण, हामीले जे सुनेका छौँ त्यसमा हामीले सबैभन्दा बढी ध्यान दिनुपर्छ । त्यसैले, यसबाट बहकिएर हामी टाढा जानुहुँदैन ।
  • नीति 2:1-5 : 1 ¶ हे मेरो छोरो, तैँले मेरा वचनहरू ग्रहण गरिस् र मेरा आज्ञाहरूलाई तेरो मनमा राखिस् भने, 2 बुद्धिका कुराहरू सुन्‍न तेरो कान थापिस्, र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने, 3 तैँले समझशक्तिको लागि पुकारा गरिस्, र यसको लागि सोर उचालिस् भने, 4 तैँले चाँदीलाई झैँ यसलाई खोजिस्, र गाडधनलाई झैँ समझशक्तिको खोजी गरिस् भने, 5 तैँले परमप्रभुको भय बुझ्ने छस्, र परमेश्‍वरको ज्ञान पाउने छस् ।
  • नीति 5:1 : 1 ¶ हे मेरो छोरो, मेरो बुद्धिमा ध्यान लगा । मेरो समझशक्तिमा कान थाप ।
  • नीति 6:20-23 : 20 हे मेरो छोरो, आफ्नो बुबाको आज्ञा मान्, र आफ्नी आमाको शिक्षालाई नत्याग् । 21 तिनलाई सधैँ तेरो हृदयमा बाँधिराख् । तिनलाई तेरो गलाको वरिपरि बाँधिराख् । 22 तँ हिँड्दा तिनले तँलाई अगुवाइ गर्ने छन् । तँ सुत्दा तिनले तेरो हेरचाह गर्ने छन्, र तँ ब्युँझँदा तिनले तँलाई सिकाउने छन् । 23 किनकि आज्ञाहरू बत्ती र शिक्षा ज्योति हुन् । निर्देशनद्वारा आउने सुधार जीवनका मार्ग हुन् ।
  • नीति 7:4 : 4 बुद्धिलाई भन्, “तिमी मेरी बहिनी हौँ,” र समझशक्तिलाई आफ्नो आफन्त भन् ।
  • नीति 8:32-36 : 32 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, किनकि मेरा मार्गहरूमा हिँड्ने आशिषित् हुने छन् । 33 मेरो निर्देशनलाई सुनेर बुद्धिमान् होओ । यसलाई बेवास्ता नगर । 34 मेरो कुरा सुन्‍ने जन आशिषित् हुने छ । मेरा ढोकाहरूको चौकोसनेर प्रतीक्षा गर्दै उसले हरेक दिन मेरा ढोकाहरूमा हेर्ने छ । 35 किनकि मलाई भेट्ने जोसुकैले पनि जीवन पाउँछ, र उसले परमप्रभुको निगाह पाउने छ । 36 तर असफल हुनेले चाहिँ आफ्नै जीवनमा हानि ल्याउँछ । मलाई घृणा गर्ने सबैले मृत्युलाई प्रेम गर्छ ।”
  • नीति 19:20 : 20 सरसल्लाह सुन् र अर्तीलाई स्वीकार गर्, ताकि तेरो जीवनको अन्त्यसम्ममा तँ बुद्धिमान् बन्‍न सक्छस् ।
  • नीति 22:17 : 17 आफ्नो कान थाप् र बुद्धिमान्‌का वचनहरू सुन् अनि मेरो ज्ञानमा तेरो हृदय लगा ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • नीति 1:7-8
    2 पदहरू
    84%

    7परमप्रभुको भय नै ज्ञानको सुरु हो । मूर्खहरूले बुद्धि र निर्देशनलाई तुच्छ ठान्छ ।

    8हे मरो छोरो, आफ्नो छोरोको निर्देशन सुन्, र आफ्नी आमाका नियमहरूलाई पाखा नलगा ।

  • 1¶ हे मेरो छोरो, मेरो बुद्धिमा ध्यान लगा । मेरो समझशक्तिमा कान थाप ।

  • नीति 4:2-5
    4 पदहरू
    83%

    2म तिमीहरूलाई असल निर्देशनहरू दिँदै छु । मेरो शिक्षालाई नत्याग ।

    3म मेरो बुबाको छोरो हुँदा, मेरी आमाको कोमल र एक मात्र सन्तान हुँदा,

    4उहाँले मलाई सिकाउनुभयो, र भन्‍नुभयो, “तेरो हृदयले मेरा वचनहरू पक्रिराख् । मेरा आज्ञाहरू पालन गरेर बाँच् ।

    5बुद्धि र समझशक्ति प्राप्‍त गर् । मेरो मुखका वचनहरूलाई नबिर्सी र इन्कार नगर् ।

  • 20हे मेरो छोरो, मेरा वचनहरूलाई ध्यान दे । मेरा भनाइहरू सुन्‍न तेरो कान थाप ।

  • 24अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन । मेरा मुखका वचनहरूलाई ध्यान देओ ।

  • 7अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन । मेरो मुखका वचनहरू सुन्‍नदेखि नतर्क ।

  • नीति 2:1-2
    2 पदहरू
    79%

    1¶ हे मेरो छोरो, तैँले मेरा वचनहरू ग्रहण गरिस् र मेरा आज्ञाहरूलाई तेरो मनमा राखिस् भने,

    2बुद्धिका कुराहरू सुन्‍न तेरो कान थापिस्, र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने,

  • नीति 4:10-11
    2 पदहरू
    78%

    10हे मेरो छोरो, मेरा वचनहरू सुन्, र तिनलाई ध्यान दे, अनि तेरो जीवनको आयु लामो हुने छ ।

    11म तँलाई बुद्धिको बाटोमा लैजान्छु । म तँलाई सिधा बाटाहरूमा अगुवाइ गर्छु ।

  • नीति 8:32-33
    2 पदहरू
    78%

    32अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, किनकि मेरा मार्गहरूमा हिँड्ने आशिषित् हुने छन् ।

    33मेरो निर्देशनलाई सुनेर बुद्धिमान् होओ । यसलाई बेवास्ता नगर ।

  • 1¶ बुद्धिमान् छोरोले आफ्नो बुबाको अर्ती सुन्छ, तर गिल्ला गर्नेले हप्कीलाई सुन्दैन ।

  • 1¶ हे मेरो छोरो, मेरा आज्ञाहरू नभुल्, र मेरा शिक्षाहरूलाई तेरो हृदयमा राख् ।

  • 11ए छोराहरू हो, आओ, मेरो कुरा सुन । तिमीहरूलाई म परमप्रभुको भय मान्‍न सिकाउनेछु ।

  • 12तेरो हृदयलाई अर्तीतिर लगा, र तेरा कानलाई ज्ञानका वचनहरूमा लगा ।

  • 4र बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ । बरु, अनुशासनमा र प्रभुको शिक्षा अनुसार अगि बढाओ ।

  • 27हे मेरो छोरो, तैँले अर्ती सुन्‍न छाडिस् भने तँ ज्ञानका वचनहरूबाट बहकिने छस् ।

  • 19हे मेरो छोरो, सुन् र बुद्धिमान् हो, अनि तेरो हृदयलाई सुमार्गमा लगा ।

  • नीति 1:2-5
    4 पदहरू
    75%

    2यी हितोपदेशहरू बुद्धि र निर्देशनक कुराहरू सिकाउन र अन्तर्दृष्‍टिका वचनहरू सिकाउनलाई हो,

    3ताकि जे ठिक, न्यायी र उचित छ त्यो गरेर बाँच्नलाई तिमीले निर्देशन प्राप्‍त गर्न सक ।

    4यी हितोपदेशहरू सोझाहरूलाई बुद्धि दिन र युवाहरूलाई ज्ञान र समझदारी दिनलाई पनि हो ।

    5बुद्धिमानी मानिसहरूले सुनून् र तिनीहरूको ज्ञान बढाऊन्, अनि विवेकशील मानिसहरूले मार्गदर्शन पाऊन्,

  • 8यसकारण यसकारण ए मेरो छोरो, मैले तँलाई दिएका आज्ञा मान् ।

  • 26हे मेरो छोरो, मलाई तेरो हृदय दे, र तेरा आँखाले मेरा मार्गहरू हेरून् ।

  • 20हे मेरो छोरो, आफ्नो बुबाको आज्ञा मान्, र आफ्नी आमाको शिक्षालाई नत्याग् ।

  • 1¶ हे मेरो छोरो, मेरा वचनहरू पालन गर्, र मेरा आज्ञाहरू तँभित्र सञ्चय गरेर राख् ।

  • 4के भर्खरै मात्र तैंले मलाई पुकारिनस्, “हे मेरा पिता, मेरो युवावस्थादेखिको मेरो घनिष्ठ मित्र ।

  • 16अब तपाईंसित सुझबुझ छ भने, यो कुरा सुन्‍नुहोस् । मेरो वचनको आवाजलाई सुन्‍नुहोस् ।

  • 22तँलाई जन्म दिने बुबाको कुरा सुन्, र तेरी आमा वृद्ध हुँदा उनलाई तुच्छ नठान् ।

  • 10होरेबमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु उभिएको दिनमा परमप्रभुले मलाई यसो भन्‍नुभयो, 'मानिसहरूलाई जम्मा गर् र म तिनीहरूलाई मेरा वचन सुन्‍ने बनाउने छु ताकि यस पृथ्वीमा तिनीहरू बाचुञ्‍जेलसम्म तिनीहरूले मेरो भय मान्‍न सिकून् र तिनीहरूका छोराछोरीहरूलाई सिकाउन सकून् ।'

  • 5मूर्खले आफ्नो बुबाको अर्तीलाई हेला गर्छ, तर सुधारबाट सिक्‍नेचाहिँ विवेकशील हो ।

  • 2ए आकाश सुन्, र ए पृथ्वी कान थाप् । किनकि परमप्रभु बोल्नुभएको छः “मैले छोराछोरीलाई पालनपोषण गरेको र हुर्काएको छु, तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरेका छन् ।

  • 6बच्‍चालाई त्यो हिँड्नुपर्ने बाटोमा लाग्‍न सिका, र बुढेस्कालसम्म पनि त्यो त्यस अर्तीबाट तर्कने छैन ।

  • 5तिमीहरू जो निर्बुद्धि छौ, बुद्धि प्राप्‍त गर । तिमीहरू जो मूर्ख छौ, तिमीहरूले समझशक्तिको हृदय प्राप्‍त गर ।

  • 17आफ्नो कान थाप् र बुद्धिमान्‌का वचनहरू सुन् अनि मेरो ज्ञानमा तेरो हृदय लगा ।

  • 2“हे बुद्धिमान् मानिसहरू हो, मेरा वचन सुन्‍नुहोस् । हे ज्ञान भएकाहरू हो, मेरा कुरा सुन्‍नुहोस् ।

  • नीति 3:11-12
    2 पदहरू
    72%

    11हे मेरो छोरो, परमप्रभुको निर्देशनलाई तुच्छ नठान्, र उहाँको हप्कीलाई घृणा नगर् ।

    12किनकि परमप्रभुले प्रेम गर्नुहुनेहरूलाई नै उहाँले अनुशासनमा राख्‍नुहुन्छ, जस्तो बुबालाई खुसी पार्ने छोरोलाई बुबाले व्यवहार गर्छ ।

  • 24धर्मात्माको बुबा अत्यन्तै आनन्दित हुने छ, र बुद्धिमान् छोरोलाई जन्म दिने मानिस त्यसमा प्रसन्‍न हुने छ ।

  • 1¶ हे मेरा मानिसहरू, मेरो शिक्षा सुन । मेरा मुखका वचनहरू सुन ।

  • 1¶ छोराछोरीहरू हो, प्रभुमा तिमीहरूका आमाबुबाको आज्ञा पालन गर, किनकि यो उचित छ ।

  • 7बुद्धि सबैभन्दा महत्त्वपूर्ण वस्तु हो । त्यसैले बुद्धि प्राप्‍त गर्, र समझशक्ति प्राप्‍त गर्न सबै मूल्य चुका ।

  • 5अनि तिमीहरूलाई छोराहरूसरह उत्‍साह दिने अर्तीलाई तिमीहरूले भुलेका छौः “हे मेरो छोरा, परमेश्‍वरको अनुशासनलाई हलुका नसम्‍झ । जब उहाँद्वारा तिमी सुधारिन्छौ, तब हरेस नखाऊ ।

  • 17आफ्नो छोरोलाई अनुशासनमा राख्, र त्यसले तैलाई चैन दिने छ; त्यसले तेरो जीवनमा आनन्द ल्याउने छ ।