एफिसीहरू 6:4

अनलक शाब्दिक बाइबल

र बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ । बरु, अनुशासनमा र प्रभुको शिक्षा अनुसार अगि बढाओ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नीति 19:18 : 18 आशा बाँकी छँदै आफ्नो छोरोलाई अनुशासनमा राख, र त्यसलाई मृत्युण्ड दिने इच्छा नबना ।
  • कलस्सी 3:21 : 21 बुबाहरू, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, कारण त्यसले गर्दा उनीहरू निराश बन्‍नेछन् ।
  • नीति 22:6 : 6 बच्‍चालाई त्यो हिँड्नुपर्ने बाटोमा लाग्‍न सिका, र बुढेस्कालसम्म पनि त्यो त्यस अर्तीबाट तर्कने छैन ।
  • व्यव 6:7 : 7 अनि तिमीहरूले आफ्ना छोराछोरीहरूलाई ती मेहनतसाथ सिकाउनू । तिमीहरू आफ्ना घरमा बस्दा, बाटोमा हिँड्दा, सुत्दा र उठ्दा तिमीहरूले तिनकै चर्चा गर्नू ।
  • उत्प 18:19 : 19 किनभने मैले त्‍यसलाई आफ्‍ना छोराछोरीहरू र घरानालाई धर्म र न्‍याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा देओस्‌ भनेर छानेको छु, ताकि परमप्रभुले अब्राहामलाई भन्‍नुभएको कुरा पुरा गर्नुभएको होस् ।”
  • नीति 29:15 : 15 लट्ठी र सुधारले बुद्धि दिन्छन्, तर अनुशासनविनाको बालकले आफ्नी आमालाई लाजमा पार्छ ।
  • नीति 29:17 : 17 आफ्नो छोरोलाई अनुशासनमा राख्, र त्यसले तैलाई चैन दिने छ; त्यसले तेरो जीवनमा आनन्द ल्याउने छ ।
  • नीति 23:13-14 : 13 बच्‍चाबाट अर्तीलाई नरोक्, किनकि तैँले त्यसलाई अनुशासनमा राखिस् भने त्यो मर्ने छैन । 14 त्यसलाई छडी लगाउने र पातालबाट त्यसको प्राण जोगाउने तँ नै होस् ।
  • २ तिमो 1:5 : 5 सुरुमा तिम्रा हजुरआमा लोइस र आमा युनिसमा भएको तिम्रो असल विश्‍वासको सम्झना गर्दै, त्यो विश्‍वास तिमीमा पनि छ भन्‍ने कुरामा म विश्‍वस्त छु ।
  • २ तिमो 3:15 : 15 तिमीलाई थाहा छ, कि तिमीले सानैदेखि पवित्रशास्‍त्र जानेका छौ, जसले तिमीलाई ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्‍तिमा तिमीलाई बुद्धिमान् तुल्याउन सक्छ ।
  • नीति 22:15 : 15 बच्‍चाको हृदयमा मूर्खता जेलिएको हुन्छ, तर अनुशासनको लट्ठीले त्यसलाई टाढा भगाउँछ ।
  • व्यव 4:9 : 9 केवल ध्यान देओ र आ-आफूलाई होसियारीपूर्वक पहरा देओ ताकि तिमीहरूका आँखाले देखेका कुराहरू तिमीहरूले नबिर्स र तिमीहरूका जीवनभरि ती तिमीहरूका ह्रदयबाट नजाऊन् । बरु, ती तिमीहरूका छोराछोरीहरू र नातिनातिनाहरूलाई सिकाओ ।
  • व्यव 11:19-21 : 19 ती आफ्ना छोराछोरीहरूलाई सिकाओ र तिमीहरू घरमा बस्दा, बाटोमा हिँड्दा र सुत्दा अनि उठ्दा तिनको चर्चा गर । 20 तिमीहरूको घरको ढोकाको चौकोसमा र सहरका द्वारहरूमा तिनलाई लेख, 21 ताकि स्वर्ग माथि भएसम्म र पृथ्वी तल रहेसम्म परमप्रभुले तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका आयु र तिमीहरूका छोराछोरीहरूका आयु लम्बिन सकोस् ।
  • इब्रा 12:7-9 : 7 कष्‍टलाई अनुशासनझैँ सहो । परमेश्‍वरले तिमीहरूसित छोराहरूलाई जस्‍तै व्‍यवहार गर्नुहुन्‍छ । किनकि बाबुले अनुशासन नगरेको कुन छोरा हुन्‍छ र? 8 तर यदि तिमीहरू अनुशसानविनाका छौ भने तिमीहरू अवैध भयौ, उहाँका छोराहरू भएनौ । 9 यो भन्दा बढी, हामीलाई अनुशासन गर्ने हाम्रा संसारिक बुबाहरू अनुशासनकर्ताका रूपमा थिए, जसलाई हामीले आदर गर्‍यौँ । यसकारण, के हामीले हाम्रा आत्‍माका पिताको झन् बढी आज्ञा पालन गर्नुपर्दैन र? 10 किनकि एकातिर, हाम्रा बाबुहरूले केही दिनसम्‍म हामीलाई अनुशसानमा राखे जुन त्यसो गर्न तिनीहरूलाई उचित लाग्यो । तर अर्कोतिर, हामीले उहाँको पवित्रतालाई बाँड्न सकौँ भनेर परमेश्‍वरले हाम्रै भलाइका लागि त्यसो गर्नुहुन्छ ।
  • नीति 4:1-4 : 1 ¶ हे मेरा छोराहरू हो, बुबाको निर्देशन सुन, र ध्यान देओ ताकि समझशक्ति के रहेछ भनी तिमीहरूले जान्‍न सक । 2 म तिमीहरूलाई असल निर्देशनहरू दिँदै छु । मेरो शिक्षालाई नत्याग । 3 म मेरो बुबाको छोरो हुँदा, मेरी आमाको कोमल र एक मात्र सन्तान हुँदा, 4 उहाँले मलाई सिकाउनुभयो, र भन्‍नुभयो, “तेरो हृदयले मेरा वचनहरू पक्रिराख् । मेरा आज्ञाहरू पालन गरेर बाँच् ।
  • भजन 78:4-7 : 4 तिनीहरूका सन्‍तानहरूबाट हामी ती कुरा लुकाउनेछैनौं । परमप्रभुका प्रशंसनीय कामहरू, उहाँको सामर्थ्य र उहाँले गर्नुभएका अचम्‍मका कामहरूका बारेमा हामी अर्को पुस्तालाई बताउनेछौं । 5 किनकि उहाँले याकूबमा करारका नियमहरू स्थापित गर्नुभयो र इस्राएलमा व्यवस्था दिनुभयो । उहाँले हाम्रा पूर्खाहरूलाई ती आफ्ना सन्तानहरूलाई सिकाउने आज्ञा दिनुभयो । 6 उहाँले यस्तो आज्ञा दिनुभयो, ताकि अझै नजन्‍मेका छोराछोरी, अर्थात् आउने पुस्‍ताले उहाँका आदेशहरू जानोस्, जसले पछि तिनीहरूका आफ्‍नै सन्ताहरूलाई ती भन्‍नुपर्छ । 7 तब तिनीहरूले आफ्‍नो आसा परमेश्‍वरमा राखून् र उहाँका कामरू नबिर्सून्, तर उहाँका आज्ञाहरू पालन गरून् ।
  • व्यव 6:20-24 : 20 भावी दिनमा तिम्रो छोराले, 'परमप्रभु हाम्रा परमेश्‍वरले तपाईंलाई दिनुभएका करारका आदेशहरू, विधिविधानहरू के-के हुन्?' भनी सोध्दा 21 तिमीले आफ्नो छोरोलाई भन्‍नू, 'हामी मिश्रमा फारोका कमाराहरू थियौँ । परमप्रभुले हामीलाई शक्तिशाली हातद्वारा मिश्रबाट ल्याउनुभयो, 22 र उहाँले हाम्रा आँखाकै सामु मिश्रमा फारो र तिनका सबै घरानामाथि महान् र डरलाग्दा चिन्हसाथै आश्‍चर्यहरू देखाउनुभयो । 23 उहाँले हामीलाई त्यहाँबाट बाहिर ल्याउनुभयो ताकि हाम्रा पुर्खाहरूसित शपथ खानुभएको देशभित्र उहाँले हामीलाई ल्याउन सक्‍नुभएको होस् । 24 परमप्रभुले सधैँ यी सबै विधिविधान मान्‍न, हाम्रो भलाइको लागि परमप्रभु हाम्रा परमेश्‍वरको भय मान्‍न हामीलाई आज्ञा दिनुभएको छ ताकि आजजस्तै उहाँले हामीलाई जीवित राख्‍नुभएको होस् ।
  • निर्ग 12:26-27 : 26 तिमीहरूका छोराछोरीहरूले 'यो आराधनाको कामको अर्थ के हो?' भनी सोध्दा 27 तिमीहरूले जवाफ दिनू, “यो परमप्रभुको निस्तार-चाडको बलिदान हो किनकि परमप्रभुले मिश्रमा मिश्रीहरूलाई प्रहार गर्नुहुँदा इस्राएलीहरूका घरलाई छाडिदिनुभएको थियो । उहाँले हाम्रा घरानाहरूलाई मुक्त गरिदिनुभयो' ।” त्यसपछि मानिसहरूले शिर निहुराई परमप्रभुको आराधना गरे ।
  • निर्ग 13:14-15 : 14 'यसको मतलब के हो?' भनी पछि तिमीहरूको छोरोले सोध्दा तिमीहरूले यसो भन्‍नू, 'परमप्रभुले शक्तिशाली हातद्वारा हामीलाई मिश्रको दासत्वबाट निकालेर ल्याउनुभयो । 15 हठी भएर फारोले हामीलाई जान दिन इन्कार गर्दा परमप्रभुले मिश्र देशमा मानिस र पशु दुवैका सबै पहिले जन्मेकाहरूलाई मार्नुभयो । त्यसकारण म हरेक पशुको पहिले जन्मेको नरलाई परमप्रभुको निम्ति बलिदान चढाउँछु, र मेरा छोराहरूमध्ये जेठोलाई छुटाउँछु ।'
  • यहो 4:6-7 : 6 आउने दिनहरूमा तिमीहरूका सन्तानहरूले, 'यी ढुङ्गाहरूको अर्थ के हो?' भनी सोध्दा तिमीहरूका निम्ति यो एउटा चिन्ह हुने छ । 7 अनि तिमीहरूले तिनीहरूलाई यसो भन्‍ने छौ, 'परमप्रभु परमेश्‍वरको सन्दुक सामु यर्दन नदीको पानी रोकिएको थियो । त्यसैले यी ढुङ्गाहरू इस्राएलका मानिसहरूका निम्ति स्मारक हुने छन्' ।”
  • यहो 4:21-24 : 21 तिनले इस्राएलका मानिसहरूलाई भने, “जब तिमीहरूका सन्तानहरूले 'यी ढुङ्गाहरू के हुन्?' भनी सोध्छन्, 'इस्राएलले यहीँबाट यर्दन नदीमा सुक्खा जमिनमा तरेको थियो' भनी 22 तिमीहरूका सन्तानहरूलाई बताउनू ।' 23 जसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले लाल समुद्रलाई सुक्खा बनाउनुभएको थियो त्यसरी नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू पार नगरेसम्म यर्दनको पानी तिमीहरूको निम्ति सुकाउनुभयो । 24 यसरी परमप्रभुको बाहुली शक्‍तिशाली छ भनी पृथ्वीका सबै मानिसले जानून् र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको सदासर्वदा आदर गर ।”
  • यहो 24:15 : 15 यदि परमप्रभुको आराधना गर्न तिमीहरूको दृष्‍टिमा गलत देखिन्छ भने, तिमीहरूले कसको सेवा गर्ने तिमीहरूका पुर्खाहरूले यूफ्रेटिसपारि पुजेका देवताहरूको वा एमोरीहरूका देवताहरू जसको भूमिमा तिमीहरूले बसोबास गरेका छौ । तर म र मेरो घरानाले चाहिँ परमप्रभुको आराधना गर्छौं ।
  • १ इति 22:10-13 : 10 मेरो नाउँको निम्‍ति एउटा मन्दिर उसैले बनाउनेछ । ऊ मेरो छोरो हुनेछ, र म उसका पिता हुनेछु । म उसको राज्यको सिंहासन इस्राएलमा सदासर्वदाको स्थापित गर्नेछु ।’ 11 अब ए मेरो छोरो, परमप्रभु तँसँग रहनुभएको होस् र तँलाई सफलता दिनुभएको होस् । परमप्रभु तेरा परमेश्‍वरको मन्‍दिर तैंले नै बनाउनेछस् भनी उहाँले भन्‍नुभएझैं तैंले त्‍यो बनाउनेछस्। 12 परमप्रभुले नै तँलाई अन्तर्दृष्‍टि र समझ दिनुभएको होस्, ताकि उहाँले तँलाई इस्राएलमाथि अधिकार दिनुहुँदा तैंले परमप्रभु तेरा परमेश्‍वरको व्‍यवस्‍था पालन गर्नेछस् । 13 तब इस्राएलको निम्‍ति परमप्रभुले मोशालाई दिनुभएका विधि र नियमहरूलाई तैंले होशियारसाथ पालन गरिस् भने तँ सफल हुनेछस् । बलियो र साहसी हो । नडरा वा निरुत्‍साहित नहो ।
  • १ इति 28:9-9 : 9 ए मेरा छोरा सोलोमन, आफ्‍ना बुबाका परमेश्‍वरको आज्ञा पालन गर, र आफ्‍ना सारा हृदय र राजीखुशीले उहाँको सेवा गर । यसो गर, किनभने परमप्रभुले सबै हृदयलाई खोतल्‍नुहुन्‍छ र हरेक व्‍यक्‍तिको विचारहरूका हरेक उदेश्‍य बुझ्‍नुहुन्‍छ । तिमीले उहाँलाई खोज्‍यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ, तर तिमीले उहाँलाई त्‍याग्‍यौ भने, उहाँले तिमीलाई सधैंको निम्‍ति इन्‍कार गर्नुहुनेछ । 10 यसैले याद राख, यो मन्‍दिरलाई परमप्रभुको पवित्रस्‍थानको रूपमा निर्माण गर्न उहाँले तिमीलाई नै चुन्‍नुभएको छ । बलियो होऊ, र यो काम गर ।”
  • १ इति 28:20 : 20 दाऊदले आफ्‍ना छोरा सोलोमनलाई भने, “बलियो र साहसी होऊ । यो काम गर । नडराऊ र निरुत्‍साहित नहोऊ, किनकि परमप्रभु परमेश्‍वर, मेरा परमेश्‍वर तिम्रो साथमा हुनुहुन्छ । परमप्रभुको मन्‍दिरका सेवाको निम्‍ति सबै काम तिमीले पूरा नगरुञ्‍जेल उहाँले न त तिमीलाई छोड्‍नुहुनेछ न तिमीलाई त्‍याग्‍नुहुनेछ ।
  • १ इति 29:19 : 19 मेरा छोरा सोलोमनलाई तपाईंका आज्ञाहरू, तपाईंका धार्मिक नियमहरू र तपाईंका विधिहरू भक्तिसाथ पालन र मैले जुटाएका कुराले एउटा स्‍थान बनाउने योजना पुरा गर्न सम्‍पूर्ण हृदयको इच्छा दिनुहोस् ।”
  • भजन 71:17-18 : 17 हे परमेश्‍वर, तपाईंले मलाई मेरो युवावस्थादेखि नै सिकाउनुभएको छ । अहिले पनि म तपाईंको अचम्‍मका कामहरू घोषणा गर्नेछु । 18 वास्तवमा, हे परमेश्‍वर, म वृद्ध हुँदा र मेरो कपाल फुल्दा पनि मलाई नत्याग्‍नुहोस्, जसरी मैले तपाईंको सामर्थ्य अर्को पुस्तालाई, तपाईंको शक्ति आउनेवाला हरेकलाई घोषणा गरिरहेको छु ।
  • यशा 38:19 : 19 जस्तो म आज गर्दैर्छु, जीवित व्यक्‍तिले, केवल जीवित व्यक्‍तिले मात्र तपाईंलाई धन्यवाद दिन्छ । पिताले तपाईंको विश्‍वस्‍तता छोराछोरीलाई भन्‍छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 86%

    20छोराछोरीहरू, सबै कुरामा आफ्ना बाबुआमाप्रति आज्ञाकारी होओ, किनकि यो कुराले प्रभुलाई खुसी बनाउँछ ।

    21बुबाहरू, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, कारण त्यसले गर्दा उनीहरू निराश बन्‍नेछन् ।

  • एफिसी 6:1-3
    3 पदहरू
    80%

    1¶ छोराछोरीहरू हो, प्रभुमा तिमीहरूका आमाबुबाको आज्ञा पालन गर, किनकि यो उचित छ ।

    2“आफ्ना आमाबुबालाई आदर गर” (जुन प्रतिज्ञा सहितको पहिलो आज्ञा हो), ।

    3“ताकि यसो गर्नाले तिमीहरूलाई राम्रो होस् र तिमीहरू यस पृथ्वीमा धेरै समय बाच्‍न सक ।”

  • 6बच्‍चालाई त्यो हिँड्नुपर्ने बाटोमा लाग्‍न सिका, र बुढेस्कालसम्म पनि त्यो त्यस अर्तीबाट तर्कने छैन ।

  • इब्रा 12:5-9
    5 पदहरू
    77%

    5अनि तिमीहरूलाई छोराहरूसरह उत्‍साह दिने अर्तीलाई तिमीहरूले भुलेका छौः “हे मेरो छोरा, परमेश्‍वरको अनुशासनलाई हलुका नसम्‍झ । जब उहाँद्वारा तिमी सुधारिन्छौ, तब हरेस नखाऊ ।

    6किनकि परमप्रभुले जसलाई प्रेम गर्नुहुन्‍छ ती हरेकलाई अनुशासनमा राख्‍नुहुन्छ । अनि उहाँले ग्रहण गर्ने हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्‍छ ।”

    7कष्‍टलाई अनुशासनझैँ सहो । परमेश्‍वरले तिमीहरूसित छोराहरूलाई जस्‍तै व्‍यवहार गर्नुहुन्‍छ । किनकि बाबुले अनुशासन नगरेको कुन छोरा हुन्‍छ र?

    8तर यदि तिमीहरू अनुशसानविनाका छौ भने तिमीहरू अवैध भयौ, उहाँका छोराहरू भएनौ ।

    9यो भन्दा बढी, हामीलाई अनुशासन गर्ने हाम्रा संसारिक बुबाहरू अनुशासनकर्ताका रूपमा थिए, जसलाई हामीले आदर गर्‍यौँ । यसकारण, के हामीले हाम्रा आत्‍माका पिताको झन् बढी आज्ञा पालन गर्नुपर्दैन र?

  • 1¶ हे मेरा छोराहरू हो, बुबाको निर्देशन सुन, र ध्यान देओ ताकि समझशक्ति के रहेछ भनी तिमीहरूले जान्‍न सक ।

  • 5दासहरू हो, संसारका मालिकहरूसँग गहिरो आदर र डरका साथ तिमीहरूका हृदयको इमान्दारितामा आज्ञाकारी बन । ख्रीष्‍टसँग आज्ञाकारी भए झैँ तिनीहरूसँग आज्ञाकारी बन ।

  • 18आशा बाँकी छँदै आफ्नो छोरोलाई अनुशासनमा राख, र त्यसलाई मृत्युण्ड दिने इच्छा नबना ।

  • 8हे मरो छोरो, आफ्नो छोरोको निर्देशन सुन्, र आफ्नी आमाका नियमहरूलाई पाखा नलगा ।

  • नीति 3:11-12
    2 पदहरू
    75%

    11हे मेरो छोरो, परमप्रभुको निर्देशनलाई तुच्छ नठान्, र उहाँको हप्कीलाई घृणा नगर् ।

    12किनकि परमप्रभुले प्रेम गर्नुहुनेहरूलाई नै उहाँले अनुशासनमा राख्‍नुहुन्छ, जस्तो बुबालाई खुसी पार्ने छोरोलाई बुबाले व्यवहार गर्छ ।

  • 20हे मेरो छोरो, आफ्नो बुबाको आज्ञा मान्, र आफ्नी आमाको शिक्षालाई नत्याग् ।

  • 6नाति-नातिनाहरू पाकाहरूका मुकुट हुन्, र बुबाआमाले तिनीहरूमा आदर ल्याउँछन् ।

  • 6त्यसले बुबाहरूका हृदयलाई छोराछोरीहरूतर्फ, र छोराछोरीहरूका हृदयलाई तिनीहरूका बुबाहरूतर्फ फर्काउनेछन्, अनि म आएर देशलाई आक्रमण गरी पूर्ण रूपमा नाश गर्नेछैनँ ।”

  • 17आफ्नो छोरोलाई अनुशासनमा राख्, र त्यसले तैलाई चैन दिने छ; त्यसले तेरो जीवनमा आनन्द ल्याउने छ ।

  • नीति 23:13-14
    2 पदहरू
    74%

    13बच्‍चाबाट अर्तीलाई नरोक्, किनकि तैँले त्यसलाई अनुशासनमा राखिस् भने त्यो मर्ने छैन ।

    14त्यसलाई छडी लगाउने र पातालबाट त्यसको प्राण जोगाउने तँ नै होस् ।

  • 16परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ आफ्ना बुबा र आमालाई आदर गर्नू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा तिमीहरूको आयु लामो होस् र तिमीहरूको भलो होस् ।

  • 6तिमीहरूलाई कसैले पनि फोस्रा कुराहरूले धोखा नदिओस् । यी कुराहरूको कारण अनाज्ञाकारिताका पुत्रहरूमा परमेश्‍वरको क्रोध आउनेछ ।

  • 1¶ वृद्धमानिसलाई नहाप्काऊ । बरू आफ्नै बाबुलाई झैँ सम्‍झाऊ । जवानहरूलाई आफ्नै भाइझैँ सम्‍झाऊ ।

  • 18कुनै मानिसको हठी र विर्दोही छोरो छ जसले आफ्ना बुबा वा आमाको कुरा मान्दैन वा र तिनीहरूले त्यसलाई सुधार्दा पनि त्यो सुध्रदैन भने

  • 5बुबाले आफ्नो छोरोलाई अनुशासनमा राखेझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अनुशासनमा राख्‍नुहुन्छ भनी तिमीहरूले आफ्नो ह्रदयमा ख्याल राख्‍नू ।

  • 4तिनले आफ्नो घरबार राम्रोसँग व्यवस्थापन गर्नुपर्छ । र उसका छोराछोरीले तिनको आज्ञापालन पुरा आदरका साथ गर्नु पर्छ ।

  • 11तिमीहरूलाई पनि थाहा छ, कि हामीले तिमीहरू हरेकलाई कसरी एउटा बुबाले आफ्ना छोराछोरीलाई गरे झैँ तिमीहरूलाई उत्साह, सान्त्वना दियौँ र गवाही दियौँ,

  • 7अनि तिमीहरूले आफ्ना छोराछोरीहरूलाई ती मेहनतसाथ सिकाउनू । तिमीहरू आफ्ना घरमा बस्दा, बाटोमा हिँड्दा, सुत्दा र उठ्दा तिमीहरूले तिनकै चर्चा गर्नू ।

  • 12आफ्ना बुबा र आमालाई आदर गर्नू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा तिमीहरूको आयु लामो होस् ।

  • 26“रिस गर, तर पाप नगर ।” तिम्रो रिससँगै घामलाई अस्ताउन नदेओ ।

  • 4किनकि परमेश्‍वरले भन्‍नुभयो, ‘आफ्नी आमा र आफ्नो बुबालाई आदर गर’ र ‘जसले आफ्नो बुबा वा आमाको बारेमा खराब कुरा बोल्दछ, त्यो निश्‍चय नै मर्नेछ ।’

  • 24आफ्नो छोरोलाई अनुशासनमा नराख्‍नेले उसलाई घृणा गर्छ, तर आफ्नो छोरोलाई प्रेम गर्नेले उसलाई होसियारीसाथ अर्ती दिन्छ ।

  • 6यी कुराहरू गर्ने अनाज्ञाकारीका छोराहरूमाथि परमेश्‍वरको क्रोध आउँछ ।

  • 26आफ्नो बुबालाई लुट्ने र आफ्नी आमालाई लखेट्ने छोरोले लाज र बेइज्‍जत ल्याउँछ ।

  • १ कोरि 4:14-15
    2 पदहरू
    71%

    14तिमीहरूलाई शर्ममा पार्न मैले यो कुरा लेखेको होइनँ, तर मेरा प्रिय बालकहरूको रूपमा तिमीहरूलाई सुधार गर्नको निम्ति लेख्छु ।

    15किनकि ख्रीष्‍टमा तिमीहरूका दस हजार अभिभावक भए तापनि तिमीहरूका धेरै जना पिता छैनन् । किनकि सुसमाचारद्वारा म ख्रीष्‍टमा तिमीहरूका पिता बनेँ ।

  • 11आफ्ना बुबाहरूलाई सराप्‍ने र आमाहरूलाई आशिष् नदिने पुस्ता पनि छ ।

  • 14आज्ञाकारी छोराछोरीहरू भएकाले तिमीहरूसँग अन्जान हुँदा तिमीहरूले पछ्याएका इच्छाहरूमा नचल ।

  • 4तर यदि कुनै विधवाको छोराछोरी वा नातिनातिनीहरू छन् भने तिनीहरूको घरानामा नै पहिला आदर देखाउन सिकून । तिनीहरूले आफ्ना आमाबाबुहरूको ऋण चुकाऊन्, किनभने यो चाहिँ परमेश्‍वरलाई खुसी तुल्‍याउने कुरा हो ।

  • 15लट्ठी र सुधारले बुद्धि दिन्छन्, तर अनुशासनविनाको बालकले आफ्नी आमालाई लाजमा पार्छ ।

  • 22तँलाई जन्म दिने बुबाको कुरा सुन्, र तेरी आमा वृद्ध हुँदा उनलाई तुच्छ नठान् ।

  • 4तजवान स्‍त्रीहरूलाई तिनीहरूको सोचमा सन्तुलित हुन आह्वान गर्न, तिनीहरूका आफ्ना पतिहरू र बालबालिकाहरूलाई प्रेम गर्न उत्साह दिन, समझदार हुन,

  • 1¶ हे परमप्रभु, तपाईंको रिसमा मलाई नहप्‍काउनुहोस् वा तपाईंको क्रोधमा मलाई ताडना नदिनुहोस् ।

  • 1¶ त्यसकारण परमेश्‍वरका प्रिय छोरा-छोरीहरू झैँ उहाँको अनुकरण गर्ने होओ ।

  • 25तिमीहरूले छोराछोरीहरू र नातिनातिनाहरू जन्माइसकेपछि तिमीहरू लामो समयसम्म त्यस देशमा बस्दा तिमीहरूले आफूलाई भ्रष्‍ट पारी खोपेर कुनै पनि कुराको प्रतिमूर्ति बनाएर परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा दुष्‍ट काम गरी उहाँलाई चिढ्यायौ भने म आज स्वर्ग र पृथ्वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्दछु,

  • 15बच्‍चाको हृदयमा मूर्खता जेलिएको हुन्छ, तर अनुशासनको लट्ठीले त्यसलाई टाढा भगाउँछ ।

  • 9र मालिकहरू हो, आफ्ना दासहरूका निम्ति त्यस्तै व्यवहार गर । तिनीहरूलाई धम्की नदेओ । यो जान कि तिमीहरू दुवैको मालिक स्वर्गमा हुनुहुन्छ । उहाँमा कुनै भेदभाव छैन भन्‍ने कुरा जान ।