१ तिमोथी 5:1
¶ वृद्धमानिसलाई नहाप्काऊ । बरू आफ्नै बाबुलाई झैँ सम्झाऊ । जवानहरूलाई आफ्नै भाइझैँ सम्झाऊ ।
¶ वृद्धमानिसलाई नहाप्काऊ । बरू आफ्नै बाबुलाई झैँ सम्झाऊ । जवानहरूलाई आफ्नै भाइझैँ सम्झाऊ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
2वृद्ध स्त्रीहरूलाई आमालाई झैँ र जवान स्त्रीहरूलाई सारा शुद्धतामा दिदीबहिनीलाई झैँ सम्झाऊ ।
3जो साँचो विधवाहरू हुन् तिनीहरूको आदर गर ।
4तर यदि कुनै विधवाको छोराछोरी वा नातिनातिनीहरू छन् भने तिनीहरूको घरानामा नै पहिला आदर देखाउन सिकून । तिनीहरूले आफ्ना आमाबाबुहरूको ऋण चुकाऊन्, किनभने यो चाहिँ परमेश्वरलाई खुसी तुल्याउने कुरा हो ।
1¶ सङ्गी-एल्डर र ख्रीष्टका कष्ट अनि प्रकट हुने महिमामा सहभागी भएको व्यक्तिको हैसियतले म तिमीहरूका माझमा भएका एल्डरहरूलाई आग्रह गर्दछु ।
2त्यसकारण, म एल्डरहरूलाई आग्रह गर्दछु, तिमीहरूका माझमा भएका परमेश्वरको बगालको हेरचाह गर, करले होइन तर तिमीहरूका आफ्नै र परमेश्वरको इच्छाअनुसार । बेइमानीपूर्वक कमाइने पैसाको लागि होइन, तर स्वेच्छाले ।
3तिमीहरूको हेरचाहमा रहेका मानिसहरूमाथि मालिकजस्तो व्यवहार नगर, तर बगालको लागि उदाहरण बन ।
5त्यसै गरी, तिमी युवकहरू वृद्धहरूको अधीनमा बस । तिमीहरू सबैले विनम्रताको वस्त्र धारण गर र एक-अर्काको सेवा गर किनकि परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ ।
6त्यसकारण, आफैँलाई उहाँको शक्तिशाली बाहुलीमुनि नम्र तुल्याओ, ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुभएको होस् ।
2वृद्ध पुरुषहरू संयम्, प्रतिष्ठित, समझदार, विश्वासमा, प्रेममा र धैर्यमा पक्का हुनुपर्छ ।
3त्यसैगरी वृद्धा स्त्रीहरू कुरौटे होइन, सदैव आफैँलाई आदरणीय प्रस्तुत गर्नुपर्छ । तिनीहरूले मद्य पिइरहनु हुदैन ।
4तजवान स्त्रीहरूलाई तिनीहरूको सोचमा सन्तुलित हुन आह्वान गर्न, तिनीहरूका आफ्ना पतिहरू र बालबालिकाहरूलाई प्रेम गर्न उत्साह दिन, समझदार हुन,
5शुद्ध, असल गृहिणी र तिनीहरूका पतिहरूका आज्ञा पालन गर्न तिनीहरूले जे असल छ त्यही सिकाउनुपर्छ, ताकि परमेश्वरको वचनको निन्दा नगरियोस् ।
6त्यसै गरी जवान पुरुषहरूलाई समझदार हुनलाई आह्वान गर ।
19दुई वा तीन जना साक्षीहरू बिना एउटा एल्डरको विरूद्ध लगाइएको आरोप स्वीकार नगर ।
20पापीहरूलाई सबैको सामु सुधार गर ताकि बाकी रहेकाहरू पनि डराऊन् ।
4र बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ । बरु, अनुशासनमा र प्रभुको शिक्षा अनुसार अगि बढाओ ।
5दासहरू हो, संसारका मालिकहरूसँग गहिरो आदर र डरका साथ तिमीहरूका हृदयको इमान्दारितामा आज्ञाकारी बन । ख्रीष्टसँग आज्ञाकारी भए झैँ तिनीहरूसँग आज्ञाकारी बन ।
15उसलाई शत्रुलाई झैँ व्यवहार नगर तर आफ्नो भाइ सम्झेर सुझाव देओ ।
14यसकारण म चाहन्छु जवान स्त्रीहरूले हाम्रा विरोधीहरूलाई हामीले खराबी गरेकोमा दोष लगाउने मौका नदिनको लागि विवाह गरून्, बालबच्चा जन्माउन, घरवार चलाऊन् ।
11यसकारण, तिमीहरूले अगिदेखि गरेजस्तै एक अर्कालाई सान्त्वना देऊ र निर्माण गर ।
12भाइहरू हो, हामीले तिमीहरूमाझ परिश्रम गर्नेहरूप्रति र तिमीहरूलाई उत्साह दिनेलाई प्रभुमा तिमीहरूभन्दा माथि भएकाहरूप्रति कृतज्ञ हुनलाई आग्रह गर्छौं ।
13हामीले तिनीहरूलाई तिनीहरूको कामको खातिर प्रेममा उच्च आदरको सम्झनलाई पनि आग्रह गर्छौं । तिमीहरू आपसमा शान्तिमा रहो ।
14भाइहरू हो, हामी तिमीहरूलाई गोलमाल गर्नेहरूलाई चेतावनी दिन, निरुत्साहित भएकाहरूलाई उत्साह दिन, कमजोरलाई समर्थन गर्न र सबैसँग धैर्यवान् हुनलाई उत्साह दिन्छौँ ।
15हेर, कसैले खराबीको बदला खराबी नगरोस्, तर सदैव एक अर्कामा र सबैलाई असल गर्न प्रयत्न गर ।
17असल तरिकाले प्रशासन चलाउने एल्डरहरू दोब्बर आदरकायोग्य ठानिऊन् ।
11यी कुराहरू घोषणा गर र सिकाऊ ।
12कसैले पनि तिम्रो जवानीलाई तुच्छ नठानोस् बरू, तिमी विश्वास गर्नेहरूको लागि वचनमा, व्यवहारमा, प्रेममा, विश्वासमा, र पवित्रतामा उदाहरण होऊ ।
15यी कुराहरू भन, र उत्साह देऊ, र सारा अधिकारसहित सच्याऊ । तिमीलाई कसैले अनादर नगरोस् ।
5अनि तिमीहरूलाई छोराहरूसरह उत्साह दिने अर्तीलाई तिमीहरूले भुलेका छौः “हे मेरो छोरा, परमेश्वरको अनुशासनलाई हलुका नसम्झ । जब उहाँद्वारा तिमी सुधारिन्छौ, तब हरेस नखाऊ ।
5मूर्खले आफ्नो बुबाको अर्तीलाई हेला गर्छ, तर सुधारबाट सिक्नेचाहिँ विवेकशील हो ।
21बुबाहरू, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, कारण त्यसले गर्दा उनीहरू निराश बन्नेछन् ।
10कपाल फुलेका र पाका दुवै मानिसहरू हामीसित छन्, जो तपाईंका पिताभन्दा ज्यादै वृद्ध छन् ।
32फुलेका केश भएकाहरूका उपस्थितिमा खडा होओ र वृद्ध मानिसको उपस्थितिलाई आदर गर । तिमीहरूका परमेश्वरको भय मान । म परमप्रभु हुँ ।
5अझै पुरा नभएका कुराहरूलाई तिमीले व्यवस्थित गर र मैले तिमीलाई निर्देशन गरेबमोजिम हरेक सहरमा एल्डरहरू नियुक्त गर भन्ने उद्देश्यले मैले तिमीलाई क्रेटमा छोडेँ ।
6एल्डर दोषरहित, एकै पत्नीका पति, दुष्ट वा अनुशासनहीनहरूको सूचीमा नपर्ने विश्वासयोग्य छोराछोरीहरू भएको हुनुपर्छ ।
7परमेश्वरको घरानाका व्यवस्थापकको रूपमा बिशप हुनका लागि दोषरहित, नझर्कने वा नियन्त्रित, क्रोधित नहुने, मद्यको लत नलागेको, झैझगडा नगर्ने र लोभ नगर्ने हुनु आवश्यक छ ।
17सबै मानिसको आदर गर । भातृत्वलाई प्रेम गर । परमेश्वरको भय मान । राजाको आदर गर ।
9साठी वर्ष भन्दा कम उमेर नभएका एउटै पतिको पत्नी भएर बसेकी स्त्रीलाई मात्र विधवाको सूचीमा राख्नु ।
22तँलाई जन्म दिने बुबाको कुरा सुन्, र तेरी आमा वृद्ध हुँदा उनलाई तुच्छ नठान् ।
19मेरा भाइहरू हो, यदि तिमीहरूमध्ये कोही सत्यबाट तर्किएर जान्छ, र कसैले उसलाई फर्काएर ल्याउँछ भने,
11तर जवान बिधवाहरुलाई सूचीमा लेख्न इन्कार गर । किनभने जब तिनीहरूलाई ख्रीष्ट विरूद्ध शारीरिक अभिलाषाको अघि हार खान्छन्, तिनीहरूले विवाह गर्ने इच्छा गर्छन् ।
6नाति-नातिनाहरू पाकाहरूका मुकुट हुन्, र बुबाआमाले तिनीहरूमा आदर ल्याउँछन् ।
11तिमीहरूलाई पनि थाहा छ, कि हामीले तिमीहरू हरेकलाई कसरी एउटा बुबाले आफ्ना छोराछोरीलाई गरे झैँ तिमीहरूलाई उत्साह, सान्त्वना दियौँ र गवाही दियौँ,
7र यी कुराहरूको प्रचार गर ताकि तिनीहरू निन्दारहित होऊन् ।
8अन्त्यमा तिमीहरू सबै एकै मनका, दयावान्, भातृत्वलाई प्रेम गर्ने, कोमल हृदयका र नम्र होओ ।
1¶ तिमीहरूका बिचमा व्यभिचार छ भन्ने हामीले खबर पाएका छौँ । यस्तो खालको व्यभिचार त अन्यजातिहरूमा पनि स्वीकार्य हुँदैन । तिमीहरूमध्ये एक जना आफ्नै बुबाकी पत्नीसँग सुतिरहेको छ भन्ने खबर हामीले पाएका छौँ ।
11अन्धकारका फलहिन कार्यहरूमा सहभागी नहोओ । बरु, तिनीहरूलाई प्रकट गर ।
1¶ त्यसकारण परमेश्वरका प्रिय छोरा-छोरीहरू झैँ उहाँको अनुकरण गर्ने होओ ।
9दासहरूले हरेक कुरामा तिनीहरूका मालिकहरूका आज्ञा पालन गरून् । तिनीहरूले उनीहरूलाई खुसी पार्न प्रयास गर्नुपर्छ, र तिनीहरूसँग विवाद नगरून्,
1¶ भाइहरू हो, यदि कुनै मानिसले पाप गरेको फेला परेमा, तिमीहरूमध्येका आत्मिक व्यक्तिहरूले चाहिँ नम्रताको आत्मामा त्यस व्यक्तिलाई पुनर्स्थापित गर्नुपर्छ । तिमीहरू आफैँ परीक्षामा नपर्नको निम्ति आफ्नो ख्याल गर ।