१ तिमोथी 5:14

अनलक शाब्दिक बाइबल

यसकारण म चाहन्छु जवान स्‍त्रीहरूले हाम्रा विरोधीहरूलाई हामीले खराबी गरेकोमा दोष लगाउने मौका नदिनको लागि विवाह गरून्, बालबच्‍चा जन्माउन, घरवार चलाऊन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • तीत 2:5 : 5 शुद्ध, असल गृहिणी र तिनीहरूका पतिहरूका आज्ञा पालन गर्न तिनीहरूले जे असल छ त्यही सिकाउनुपर्छ, ताकि परमेश्‍वरको वचनको निन्दा नगरियोस् ।
  • १ तिमो 6:1 : 1 ¶ दासत्वको जुवामूनि भएका सबैले आफ्‍ना मालिकहरूलाई पुरा सम्मानको योग्य सम्‍झून् । तिमीहरूले त्‍यसो गर्नुपर्छ ताकिे परमेश्‍वरको नाउँ र शिक्षा निन्‍दित नहोस् ।
  • १ तिमो 4:3 : 3 तिनीहरूले विवाह गर्न र खाना खान मनाही गर्नेछन् जून कुरा सत्यलाई जान्‍ने विश्‍वासीहरूको बीचमा धन्यवाद दिएर बाँडचुड गर्नलाई परमेश्‍वरले सृष्‍टि गर्नुभयो ।
  • तीत 2:8 : 8 सच्याउनु नै नपर्ने शब्दहरू बोल, तर यदि उनले तिम्रो विरोध गर्न प्रयास गरे भने हामी बारे भन्‍ने कुनै पनि खराब कुरा नभएकोले त्यसले कसैमाथि शर्म ल्याओस् ।
  • इब्रा 13:4 : 4 हरेकले विवाहलाई आदर गरोस् । विवाहको ओछ्यान नबिटुलियोस्, किनकि यौन दुराचारी मानिस र व्‍यभिचारीहरूलाई परमेश्‍वरले न्याय गर्नुहुनेछ ।
  • १ पत्रु 4:14-15 : 14 तिमीहरू ख्रीष्‍टको नाउँको कारण अपमानित भयौ भने तिमीहरू धन्यका हौ, किनकि महिमाका आत्मा र परमेश्‍वरका आत्मा तिमीहरूमाथि रहनुहुन्छ । 15 तर तिमीहरू कसैले पनि हत्यारा, चोर, खराबी गर्ने अथवा अर्काको कुरामा हात हाल्ने व्यक्‍तिको रूपमा दुःख भोग्‍नु नपरोस् ।
  • १ तिमो 5:11 : 11 तर जवान बिधवाहरुलाई सूचीमा लेख्‍न इन्कार गर । किनभने जब तिनीहरूलाई ख्रीष्‍ट विरूद्ध शारीरिक अभिलाषाको अघि हार खान्‍छन्, तिनीहरूले विवाह गर्ने इच्छा गर्छन् ।
  • उत्प 18:6 : 6 तब अब्राहाम तुरुन्तै पालमा साराकहाँ गएर भने, “चाँडो पाँच पाथी मसिनो पिठो ल्याई मुछेर रोटी बनाऊ ।”
  • उत्प 18:9 : 9 उनीहरूले तिनलाई सोधे, “तेरी पत्‍नी सारा कहाँ छे?” तिनले जवाफ दिए, “त्यहीँ पालमा छिन्‌ ।”
  • २ शमू 12:14 : 14 तापनि, यो कामद्वारा तपाईंले परमप्रभुलाई तुच्‍छ तुल्‍याउनुभएको हुनाले, तपाईंबाट जन्म‍ने बालकचाहिं निश्‍चय नै मार्ने छ ।”
  • नीति 14:1 : 1 ¶ बुद्धिमान् स्‍त्रीले आफ्नो घर बनाउँछे, तर मूर्ख स्‍त्रीले आफ्नै हातले त्यो भत्काउँछे ।
  • नीति 31:27-29 : 27 उनले आफ्नो परिवारका चालहरूको रेखदेख गर्छिन्, र आलस्यको रोटी खाँदिनन् । 28 उनका छोरा-छोरीहरू खडा भएर उनलाई धन्यको भन्छन्, र उनका पतिले यसो भन्दै उनको तारिफ गर्छन्, 29 “धेरै स्‍त्रीहरूले राम्ररी काम गरेका छन्, तर तिमीले तिनीहरू सबैलाई जितेकी छ्यौ ।”
  • दानी 6:4 : 4 अनि अरू प्रमुख प्रशासकहरू र प्रान्‍तिय गभर्नरहरूले त्यस राज्यको निम्ति दानिएलले गर्ने काममा त्रुटी खोज्न थाले, तर तिनीहरूले उनको काममा कुनै पनि भ्रष्‍टचार वा उनको जिम्मेवारीमा असफलता भेट्टाउन सकेनन्, किनभने उनी विश्‍वासयोग्य थिए । उनमा कुनै त्रुटी वा हेलचेक्र्याइँ भेट्टाइएन ।
  • लू 23:35-41 : 35 मानिसहरूले उभिएर हेरिरहेका थिए, जहाँ शासकहरूले पनि उहाँलाई यसो भन्दै गिल्ला हेरिरहेका थिए, “यो परमेश्‍वरको चुनिएको ख्रीष्‍ट हो भने यसले अरूलाई त बचायो, अब आफैँलाई बचाओस् ।” 36 अनि सिपाहीहरूले पनि सिर्का दिँदै यसो भनी गिल्ला गरे, 37 “यदि तिमी यहूदीहरूका राजा हौ भने, आफैँलाई बचाओ ।” 38 “यो यहूदीहरूका राजा हो भनी” त्यहाँ उहाँको माथि एउटा चिह्न पनि थियो । 39 क्रुसमा टाँगिएको एक जना अपराधीले उहाँको गिल्ला गर्दै यसो भन्यो, “के तिमी ख्रीष्‍ट होइनौ? हामीलाई र आफैँलाई बचाऊ ।” 40 तर अर्कोले त्यसलाई हप्काउँदै जवाफ दियो, “के तँ परमेश्‍वरको डर मान्दैनस्, तँ आफैँ यस्तो अवस्थामा छस्? 41 हामी वास्तवमा यहाँ न्यायोचित रूपले छौँ, हामीले हाम्रो कामको उचित परिणाम पाइरहेका छौँ । तर यी मानिसले त कुनै गल्ती काम गरेका छैनन् ।”
  • रोमी 14:13 : 13 यसकारण, एक-अर्काको न्याय नगरौँ, तर बरु, यो अठोट गरौँ, कि हामी कसैले आफ्‍नो भाइको निम्ति ठेस लाग्‍ने थोक वा पासो राख्‍नेछैनौँ ।
  • १ कोरि 7:8-9 : 8 अविवाहित र विधवाहरूलाई म भन्दछु कि तिनीहरू मजस्तै अविवाहित रहन्छन् भने यो तिनीहरूका लागि असल हुन्छ । 9 तर यदि तिनीहरूले आफूलाई वशमा राख्‍न सक्दैनन् भने तिनीहरूले विवाह गरून् । कामुकतामा जल्नुभन्दा तिनीहरूका निम्ति विवाह गर्नु असल हो ।
  • २ कोरि 11:12 : 12 तर म जे गरिरहेको छु, त्यो म गर्नेछु । म यो गर्नेछु किनकि हाम्रो स्थानमा आएर स्थापित हुन खोज्दै जे कुरामा तिनीहरू घमण्ड गरिरहेका छन्, तिनीहरूको त्यो मौकालाई म बन्द गर्न चाहन्छु ।
  • १ तिमो 2:8 : 8 यसकारण, म सबै ठाउँमा पुरुषहरूले विना क्रोध र शंका, पवित्र हात उचाल्दै प्रार्थना गरेको चाहन्छु ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ तिमो 5:9-13
    5 पदहरू
    82%

    9साठी वर्ष भन्दा कम उमेर नभएका एउटै पतिको पत्‍नी भएर बसेकी स्‍त्रीलाई मात्र विधवाको सूचीमा राख्‍नु ।

    10तिनी असल कामहरूले चिनिएको हुनुपर्छ चाहे तिनले छोराछोरीहरूको वास्ता गरेकी हुन् वा परदेशीहरूको सत्कार गरेकी हुन्, वा विश्‍वासीहरूका खुट्टा धोएकी हुन् वा जुनसुकै काममा समर्पित भएकी हुन् ।

    11तर जवान बिधवाहरुलाई सूचीमा लेख्‍न इन्कार गर । किनभने जब तिनीहरूलाई ख्रीष्‍ट विरूद्ध शारीरिक अभिलाषाको अघि हार खान्‍छन्, तिनीहरूले विवाह गर्ने इच्छा गर्छन् ।

    12यसरी तिनीहरूले पहिलेको प्रतिबद्धता तोडेर दोषको वशमा पर्छन् ।

    13तिनीहरू अल्छी गर्ने पनि हुन्छन् । तिनीहरू अल्छी गर्ने मात्र होइन तर कुरौटे र अर्काको काममा हस्‍तक्षेप गर्ने पनि बन्‍छन् । तिनीहरूल भन्‍न नहुने कुरा भन्छन् ।

  • तीत 2:2-6
    5 पदहरू
    81%

    2वृद्ध पुरुषहरू संयम्, प्रतिष्‍ठित, समझदार, विश्‍वासमा, प्रेममा र धैर्यमा पक्‍का हुनुपर्छ ।

    3त्यसैगरी वृद्धा स्‍त्रीहरू कुरौटे होइन, सदैव आफैँलाई आदरणीय प्रस्तुत गर्नुपर्छ । तिनीहरूले मद्य पिइरहनु हुदैन ।

    4तजवान स्‍त्रीहरूलाई तिनीहरूको सोचमा सन्तुलित हुन आह्वान गर्न, तिनीहरूका आफ्ना पतिहरू र बालबालिकाहरूलाई प्रेम गर्न उत्साह दिन, समझदार हुन,

    5शुद्ध, असल गृहिणी र तिनीहरूका पतिहरूका आज्ञा पालन गर्न तिनीहरूले जे असल छ त्यही सिकाउनुपर्छ, ताकि परमेश्‍वरको वचनको निन्दा नगरियोस् ।

    6त्यसै गरी जवान पुरुषहरूलाई समझदार हुनलाई आह्वान गर ।

  • १ तिमो 5:1-7
    7 पदहरू
    79%

    1¶ वृद्धमानिसलाई नहाप्काऊ । बरू आफ्नै बाबुलाई झैँ सम्‍झाऊ । जवानहरूलाई आफ्नै भाइझैँ सम्‍झाऊ ।

    2वृद्ध स्‍त्रीहरूलाई आमालाई झैँ र जवान स्‍त्रीहरूलाई सारा शुद्धतामा दिदीबहिनीलाई झैँ सम्‍झाऊ ।

    3जो साँचो विधवाहरू हुन् तिनीहरूको आदर गर ।

    4तर यदि कुनै विधवाको छोराछोरी वा नातिनातिनीहरू छन् भने तिनीहरूको घरानामा नै पहिला आदर देखाउन सिकून । तिनीहरूले आफ्ना आमाबाबुहरूको ऋण चुकाऊन्, किनभने यो चाहिँ परमेश्‍वरलाई खुसी तुल्‍याउने कुरा हो ।

    5तर वास्तविक विधवा एक्लै छोडिन्‍छन् । तिनको आत्‍मा भरोसा परमेश्‍वरमा नै हुन्छ । तिेनी रातदिन बिन्ती र प्रार्थनामा रहन्‍छिन् ।

    6तैपनि मोजमस्तीको लागि जिउने स्‍त्री जीउदै मरेकी जस्‍तै हुन्‍छिन ।

    7र यी कुराहरूको प्रचार गर ताकि तिनीहरू निन्दारहित होऊन् ।

  • १ तिमो 5:15-17
    3 पदहरू
    76%

    15किनभने कोही त अघि नै शैतानको पछि लागिसकेका छन् ।

    16यदि कोही विश्‍वासी स्‍त्रीसँग बिधवाहरू छन् भने तिनले तिनीहरूलाई सहायता गरून्, ताकि मण्डलीलाई बोझ नहोस्, ताकि यसले वास्तविक बिधुवाहरूको सहायता गर्न सकोस् ।

    17असल तरिकाले प्रशासन चलाउने एल्डरहरू दोब्बर आदरकायोग्य ठानिऊन् ।

  • १ तिमो 3:11-12
    2 पदहरू
    74%

    11त्‍यसैगरी स्‍त्रीहरू पनि प्रतिष्‍ठित होऊन्, निन्‍दा नगर्ने, न्रम र सबै कुरामा विश्‍वासयोग्‍य हुनुपर्दछ ।

    12डिकनहरू एउटा पत्‍नीको पति र आफ्नो छोराछोरीहरू र घरलाई राम्रोसँग व्‍यवस्‍थापान गर्ने हुनुपर्दछ ।

  • १ कोरि 7:34-36
    3 पदहरू
    73%

    34ऊ दोहोरो मनको हुन्छ । अविवाहित स्‍त्री वा कन्याले शरीरमा र आत्मामा कसरी पवित्र हुन सक्छु भनी प्रभुका कुराहरूका फिक्री गर्दछ । तर विवाहित स्‍त्रीले आफ्नो पतिलाई कसरी प्रसन्‍न पार्न सकिन्छ भनी संसारका कुराहरूको चिन्ता गर्दछे ।

    35म तिमीहरूको आफ्नै भलाइका निम्ति भन्‍दछु, तिमीहरूलाई प्रतिबन्ध लगाउन होइन । जे ठिक छ म त्यही भन्दछु ताकि तिमीहरू बाधाबिना एक चित्तका भई भक्तिका साथ प्रभुमा लागिरहन सक ।

    36कसैले विचार गर्दछ कि उसले मगनी भएकी आफ्नी कन्यासँग राम्रो व्यवहार गरिरहेको छैन भन्‍ने ठान्छ र तिनको विवाह गर्ने उमेर बितिसकेको छ भने चाहेबमोजिम उसले गरोस् ।

  • 6एल्डर दोषरहित, एकै पत्‍नीका पति, दुष्‍ट वा अनुशासनहीनहरूको सूचीमा नपर्ने विश्‍वासयोग्य छोराछोरीहरू भएको हुनुपर्छ ।

  • १ कोरि 14:34-35
    2 पदहरू
    72%

    34स्‍त्रीहरू मण्डलीहरूमा चुपचाप रहून् । किनकि तिनीहरूलाई बोल्नका लागि अनुमति दिइएको छैन । बरु, तिनीहरू व्यवस्थाले भनेअनुसार समर्पित हुनुपर्छ ।

    35यदि तिनीहरूले केही सिक्‍ने चाहना गर्छन् भने तिनीहरूले आफ्ना घरमा तिनीहरूका पतिहरूलाई सोधून् । किनकि स्‍त्रीहरू मण्डलीमा बोल्नु शर्मको कुरो हो ।

  • 5किनकि पहिलेका पवित्र स्‍त्रीहरूले यसरी नै आफ्नो शृङ्गार गर्थे । तिनीहरूले परमेश्‍वरमा आशा राख्थे र आफ्ना पतिहरूका अधीनमा बस्दथे ।

  • 1¶ यसरी नै पत्‍नीहरू हो, तिमीहरूका आ-आफ्ना पतिको अधीनमा रहो, ताकि यदि कोही वचनमा आज्ञाकारी छैन भने तापनि तिनीहरूका पत्‍नीहरूको आचरणको कारण तिनीहरूलाई वचनैविना जित्‍न सकिन्छ ।

  • १ तिमो 2:9-12
    4 पदहरू
    70%

    9यसै गरी म महिलाहरूले सरलता, भद्रता र आत्मसंयमताकासाथ वस्‍त्र पहिरुन्, कपालको सृंगारपटार वा सुन वा मोती वा बहुमूल्य वस्‍त्र पहिरेर होइन,

    10तर महिलालाई सुहाउने भक्ति देकखाउने असल कामहारूद्वारा सुसज्जित होऊन ।

    11एउटा स्‍त्रीले सारा आज्ञापालन चुपचापसित सिकून् ।

    12म स्‍त्रीलाई सिकाउन र पुरुषमाथि अधिकार गर्न अनुमति दिन्‍न तर तिनी चुपचाप रहून् ।

  • १ तिमो 3:4-5
    2 पदहरू
    70%

    4तिनले आफ्नो घरबार राम्रोसँग व्यवस्थापन गर्नुपर्छ । र उसका छोराछोरीले तिनको आज्ञापालन पुरा आदरका साथ गर्नु पर्छ ।

    5तर यदि एउटा मानिसले आफ्नो घरलाई राम्रोसँग व्यवस्थापन गर्न जान्दैन भने उसले कसरी परमेश्‍वरको मण्डलीको वास्‍ता गर्न सक्दछ?

  • 2तसर्थ, बिशपचाहिँ दोषरहित होस् । र एउटा पत्‍नीको पति, संयमी, समझदार, व्‍यवस्‍थित, अथिति सत्कार गर्ने, सिकाउन सक्‍ने,

  • 22पत्‍नीहरू हो, प्रभुको अधीनमा रहे जस्तो आफ्ना पतिहरूको अधीनमा बस ।

  • 2तर धेरै अनैतिक कामहरूका अनेक परीक्षाहरूको कारणले गर्दा हरेक मानिसको आफ्नै पत्‍नी होस् र हरेक स्‍त्रीको आफ्नै पति होस् ।

  • 8अविवाहित र विधवाहरूलाई म भन्दछु कि तिनीहरू मजस्तै अविवाहित रहन्छन् भने यो तिनीहरूका लागि असल हुन्छ ।

  • 1¶ बुद्धिमान् स्‍त्रीले आफ्नो घर बनाउँछे, तर मूर्ख स्‍त्रीले आफ्नै हातले त्यो भत्काउँछे ।

  • 24तर जसरी मण्डली ख्रीष्‍टप्रति समर्पित छ, त्यसरी नै पत्‍नीहरूलेपनि आफ्ना पतिहरूप्रति सबैथोकमा त्यसै गर्नुपर्दछ ।

  • 27उनले आफ्नो परिवारका चालहरूको रेखदेख गर्छिन्, र आलस्यको रोटी खाँदिनन् ।

  • १ कोरि 7:10-11
    2 पदहरू
    68%

    10अब विवाहितका निम्ति म यो आज्ञा दिन्छु । मैले होइन, तर प्रभुले दिनुहुन्छः

    11तर यदि तिनी आफ्‍नो पतिबाट अलग हुन्छिन भने, तिनी विवाह नगरी बसून् कि त उनीसँग मिलाप गर्नुपर्दछ । अनी “पतिले आफ्नी पत्‍नीसँग सम्बन्ध विच्‍छेद गर्नुहुदैन ।”

  • 15तरै पनि, यदि तिनीहरू भद्रतासाथ विश्‍वास, प्रेम र पवित्र आत्मामा लागि रहे भने बालक जन्माउदा तिनीहरू बचाइनेछन् ।

  • 7त्यसरी नै पतिहरू हो, आफ्ना पत्‍नीहरूलाई अबला र जीवनका वरदानहरू प्राप्‍त गर्ने साझेदार सम्झी तिनीहरूसँग बस । तिमीहरूका प्रार्थनामा अवरोध नहोस् भनेर यसो गर ।

  • 18तेरो फुहाराले आशिष् पाओस्, र तेरो युवावस्थाकी पत्‍नीसित तँ आनन्दित भएको होस् ।

  • 18पत्‍नीहरू, पतिहरूका अधीनमा बस जुन कुरा प्रभुमा सुहाउँदो छ ।

  • 14घर र धन-सम्पत्ति बुबाआमाबाट आएका हुन्छन्, तर विवेकी पत्‍नीचाहिँ परमप्रभुबाट आउँछ ।