१ पत्रुस 3:7

अनलक शाब्दिक बाइबल

त्यसरी नै पतिहरू हो, आफ्ना पत्‍नीहरूलाई अबला र जीवनका वरदानहरू प्राप्‍त गर्ने साझेदार सम्झी तिनीहरूसँग बस । तिमीहरूका प्रार्थनामा अवरोध नहोस् भनेर यसो गर ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • कलस्सी 3:19 : 19 पतिहरू, आफ्ना पत्‍नीहरूलाई प्रेम गर र उनीहरूप्रति कठोर नहोओ ।
  • एफिसी 5:33 : 33 तथापि, तिमीहरू प्रत्येकले आफ्ना पत्‍नीलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ, र पत्‍नीले पतिलाई सम्मान गर्नुपर्छ ।
  • एफिसी 5:25-28 : 25 पतिहरू हो, जसरी ख्रीष्‍टले मण्डलीलाई प्रेम गर्नुभयो र आफैँलाई तिनको निम्ति समर्पित गर्नुभयो, त्यसरी नै आफ्ना पत्‍नीहरूलाई प्रेम गर । 26 उहाँले तिनलाई पवित्र गर्न यसो गर्नुभयो । उहाँले तिनलाई वचनमा पानीले धोएर शुद्ध पार्नुभयो । 27 दागरहित वा चाउरी नभएको वा अन्य यस्ता कुनै थोक नभएको, तर पवित्र र दोषरहित, महिमित मण्डली आफ्नै निम्ति प्रस्तुत गर्नको निम्ति उहाँले यस्तो गर्नुभयो । 28 यस्तै प्रकारले पतिहरूले तिनीहरूका आफ्ना पत्‍नीहरूलाई आफ्ना शरीरलाई जस्तै प्रेम गर्नुपर्छ । आफ्नो पत्‍नीलाई प्रेम गर्नेले आफैँलाई प्रेम गर्छ ।
  • मल 2:14-16 : 14 तर तिमीहरू भन्छौ, “उहाँले किन गर्नुहुन्‍न?” किनभने परमप्रभु तिमीहरू र तिमीहरूका जवानीपनकी पत्‍नीबिच साक्षी हुनुहुन्थ्यो, र त्यो तेरी जीवनसाथी र करारअनुसार तेरी पत्‍नी हुँदाहुँदै पनि त्यसको विरुद्ध तिमीहरू विश्‍वासहीन भयौ । 15 के उहाँले आफ्नो आत्मामा तिनीहरूलाई एक बनाउनुभएको होइन र? त्यसोभए किन उहाँले तिमीहरूलाई एक बनाउनुभयो? किनभने उहाँले परमेश्‍वरको सन्तान खोज्नुभएको थियो । त्यसैले आफैँलाई आफ्नो आत्मामा रखवाली गर र आफ्नो जवानी अवस्थाकी पत्‍नीसँग अविश्‍वासी नहोओ । 16 “किनभने म सम्बन्धविच्छेदलाई घृणा गर्दछु,” इस्राएलका परमेश्‍वर, परमप्रभु भन्‍नुहुन्छ, “र त्यसलाई पनि जसले आफ्नो वस्‍त्रलाई हिंसाले ढाक्दछ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । “यसैकारण आफैँलाई आत्मामा रखवाली गर र विश्‍वासहीन नहोओ ।”
  • १ थेस 4:4 : 4 ताकि कसरी आदर र सम्मानसाथ आफ्नै पत्‍नीलाई लिनुपर्छ भनी तिमीहरू हरेकले जान्‍न सक ।
  • १ कोरि 7:3 : 3 पतिले पत्‍नीलाई उसको वैवाहिक हक देओस् र त्यसरी नै पत्‍नीले पनि आफ्नो पतिलाई ।
  • उत्प 2:23-24 : 23 मानिसले भन्यो, “यिनी त मेरा हाडहरूको हाड र मासुको मासु हुन् । यिनलाई ‘नारी’ भनिनेछ, किनभने यिनी नरबाट झिकिएकी थिइन् ।” 24 त्यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्नेछ, त्यो आफ्नी पत्‍नीसँग एक हुनेछ, र तिनीहरू एउटै शरीर हुनेछन् ।
  • नीति 5:15-19 : 15 आफ्नै कुण्डको पानी पिउनू, र आफ्नै कुवाबाट बगेको पानी पिउनू । 16 के तेरो कुवाको पानी जताततै र तेरो खोलाको पानी सार्वजनिक चोकहरूमा बग्‍न दिने? 17 ती तेरा लागि मात्र होऊन्, र तँसित भएका परदेशीहरूका लागि नहोऊन् । 18 तेरो फुहाराले आशिष् पाओस्, र तेरो युवावस्थाकी पत्‍नीसित तँ आनन्दित भएको होस् । 19 किनकि त्यो मायालु मृग र अनुग्रहमय हरिणझैँ छे । त्यसका स्तनहरूले तँलाई सधैँभरि सन्तुष्‍ट पारून् । त्यसको प्रेमद्वारा तँ निरन्तर रूपमा मोहित तुल्याइएको होस् ।
  • मत्त 19:3-9 : 3 फरिसीहरू उहाँकहाँ आएर उहाँको जाँच गर्दै उहाँलाई भने, “के मानिसले कुनै कारणले उसकी पत्‍नीलाई त्याग्‍नु उसको निम्ति न्यायसङ्गत हुन्छ?” 4 येशूले उत्तर दिनुभयो र भन्‍नुभयो, “के तिमीहरूले पढेका छैनौ, कि जसले तिनीहरूलाई बनाउनुभयो, उहाँले सुरुदेखि नै तिनीहरूलाई पुरुष र स्‍त्री गरी बनाउनुभयो?” 5 अनि जसले तिनीहरूलाई बनाउनुभयो उहाँले यस्तो पनि भन्‍नुभयो, ‘यसै कारणले मानिसले उसका बुबा र आमालाई छोड्नेछ र उसकी पत्‍नीसँग मिल्नेछ र ती दुवै जना एउटै शरीर हुनेछन् ।’ 6 यसैकारण तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन् । त्यसैकारण जे परमेश्‍वरले एकसाथ जोड्नुभएको छ, तिनीहरूलाई कसैले पनि नछुट्‌ट्याओस् ।” 7 तिनीहरूले उहाँलाई भने, “त्यसो भए मोशाले हामीलाई त्यागपत्र लेखेर त्याग्‍ने आज्ञा किन दिए त?” 8 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको हृदयको कठोरताको कारणले मोशाले तिमीहरूलाई तिमीहरूका पत्‍नीहरू त्याग्‍न अनुमति दिए, तर सुरुदेखि त यस्तो थिएन । 9 म तिमीहरूलाई भन्दछु, जसले कामुक अनैतिकताको कारणले बाहेक आफ्नी पत्‍नीलाई त्याग्छ, र अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्दछ । र जुन मानिसले त्यस त्यागिएकी स्‍त्रीसँग विवाह गर्दछ उसले पनि व्यभिचार गर्दछ ।”
  • एफिसी 3:6 : 6 यो गुप्‍त सत्यता यही हो, कि गैरयहूदीहरू सँगी उत्तराधिकारीहरू र उहाँको शरीरका सँगी सदस्यहरू हुन् । यो सुसमाचारद्वारा ख्रीष्‍ट येशूमा भएको प्रतिज्ञाका तिनीहरू सँगी भागेदारहरू हुन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ पत्रु 3:1-6
    6 पदहरू
    79%

    1¶ यसरी नै पत्‍नीहरू हो, तिमीहरूका आ-आफ्ना पतिको अधीनमा रहो, ताकि यदि कोही वचनमा आज्ञाकारी छैन भने तापनि तिनीहरूका पत्‍नीहरूको आचरणको कारण तिनीहरूलाई वचनैविना जित्‍न सकिन्छ ।

    2किनकि तिनीहरूले तिमीहरूका शुद्ध आचरणलाई आफ्नो सम्मानको रूपमा देख्‍नेछन् ।

    3यसको लागि केशको शृङ्गार, सुनका गरगहनाहरू, शृङ्गारका वस्‍त्रहरूजस्ता बाहिरी सजावट नगर ।

    4तर तिमीहरूका भित्री हृदयबाट र सदैव रहने भलो र शान्त आत्माद्वारा परमेश्‍वरको दृष्‍टिमा अनमोल हुने किसिमले यसो गर ।

    5किनकि पहिलेका पवित्र स्‍त्रीहरूले यसरी नै आफ्नो शृङ्गार गर्थे । तिनीहरूले परमेश्‍वरमा आशा राख्थे र आफ्ना पतिहरूका अधीनमा बस्दथे ।

    6यसरी नै सारा अब्राहामप्रति आज्ञाकारी हुन्थिन् र तिनलाई “स्वामी” भनेर बोलाउँथिन् । अब यदि तिमीहरूले जे असल छ त्यही गर्‍यौ र समस्याहरूसँग डराएनौ भने तिमीहरू तिनकै छोरीहरू ठहरिन्छौ ।

  • 78%

    18पत्‍नीहरू, पतिहरूका अधीनमा बस जुन कुरा प्रभुमा सुहाउँदो छ ।

    19पतिहरू, आफ्ना पत्‍नीहरूलाई प्रेम गर र उनीहरूप्रति कठोर नहोओ ।

  • १ कोरि 7:2-5
    4 पदहरू
    78%

    2तर धेरै अनैतिक कामहरूका अनेक परीक्षाहरूको कारणले गर्दा हरेक मानिसको आफ्नै पत्‍नी होस् र हरेक स्‍त्रीको आफ्नै पति होस् ।

    3पतिले पत्‍नीलाई उसको वैवाहिक हक देओस् र त्यसरी नै पत्‍नीले पनि आफ्नो पतिलाई ।

    4आफ्नो शरीरमाथि पत्‍नीको अधिकार हुँदैन; उसको पतिको हुन्छ । र यसरी नै आफ्नो शरीरमाथि पतिको आफ्नो अधिकार हुँदैन, तर पत्‍नीको भने हुन्छ ।

    5पारस्परिक सहमतिमा केही समयको निम्ति बाहेक एक अर्कालाई वञ्‍चित नगर, ताकि तिमीहरू प्रार्थनामा लागिरहन सक । त्यसपछि तिमीहरू फेरि एकसाथ हुनुपर्दछ, ताकि तिमीहरूका आत्मसंयमको अभावको कारणले शैतानले तिमीहरूलाई परीक्षामा पार्न नसकोस् ।

  • एफिसी 5:21-25
    5 पदहरू
    77%

    21ख्रीष्‍टको आदरको लागि एकअर्काको अधिनमा रहो ।

    22पत्‍नीहरू हो, प्रभुको अधीनमा रहे जस्तो आफ्ना पतिहरूको अधीनमा बस ।

    23किनकि पति पत्‍नीको शिर हो, जसरी ख्रीष्‍ट पनि मण्डलीको शिर हुनुहुन्छ । उहाँ शरीरको उद्धारकर्ता हुनुहुन्छ ।

    24तर जसरी मण्डली ख्रीष्‍टप्रति समर्पित छ, त्यसरी नै पत्‍नीहरूलेपनि आफ्ना पतिहरूप्रति सबैथोकमा त्यसै गर्नुपर्दछ ।

    25पतिहरू हो, जसरी ख्रीष्‍टले मण्डलीलाई प्रेम गर्नुभयो र आफैँलाई तिनको निम्ति समर्पित गर्नुभयो, त्यसरी नै आफ्ना पत्‍नीहरूलाई प्रेम गर ।

  • 8अन्त्यमा तिमीहरू सबै एकै मनका, दयावान्, भातृत्वलाई प्रेम गर्ने, कोमल हृदयका र नम्र होओ ।

  • 33तथापि, तिमीहरू प्रत्येकले आफ्ना पत्‍नीलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ, र पत्‍नीले पतिलाई सम्मान गर्नुपर्छ ।

  • 16स्‍त्री हो, तिमीलाई के थाहा सायद तिमीले आफ्नो पतिलाई बचाउन सक्छ्यौ कि? अथवा पुरुष हो, तिमीलाई के थाहा, सायद तिमीले आफ्नी पत्‍नीलाई बचाउन सक्छौ कि?

  • तीत 2:4-5
    2 पदहरू
    72%

    4तजवान स्‍त्रीहरूलाई तिनीहरूको सोचमा सन्तुलित हुन आह्वान गर्न, तिनीहरूका आफ्ना पतिहरू र बालबालिकाहरूलाई प्रेम गर्न उत्साह दिन, समझदार हुन,

    5शुद्ध, असल गृहिणी र तिनीहरूका पतिहरूका आज्ञा पालन गर्न तिनीहरूले जे असल छ त्यही सिकाउनुपर्छ, ताकि परमेश्‍वरको वचनको निन्दा नगरियोस् ।

  • 3म तिमीहरूले यो बुझ भन्‍ने चाहन्छु कि येशू ख्रीष्‍ट प्रत्येक मानिसको शिर हुनुहुन्छ, मानिस स्‍त्रीको शिर हो, र परमेश्‍वरचाहिँ ख्रीष्‍टको शिर हुनुहुन्छ ।

  • एफिसी 5:28-29
    2 पदहरू
    71%

    28यस्तै प्रकारले पतिहरूले तिनीहरूका आफ्ना पत्‍नीहरूलाई आफ्ना शरीरलाई जस्तै प्रेम गर्नुपर्छ । आफ्नो पत्‍नीलाई प्रेम गर्नेले आफैँलाई प्रेम गर्छ ।

    29कहिल्यै पनि कसैले आफ्नो शरीरलाई घृणा गरेको छैन । बरु, उसले यसलाई पालन-पोषण गरेर प्रेम गर्दछ, जसरी ख्रीष्‍टले पनि मण्डलीलाई प्रेम गर्नुहुन्छ ।

  • 11त्‍यसैगरी स्‍त्रीहरू पनि प्रतिष्‍ठित होऊन्, निन्‍दा नगर्ने, न्रम र सबै कुरामा विश्‍वासयोग्‍य हुनुपर्दछ ।

  • १ कोरि 7:10-14
    5 पदहरू
    70%

    10अब विवाहितका निम्ति म यो आज्ञा दिन्छु । मैले होइन, तर प्रभुले दिनुहुन्छः

    11तर यदि तिनी आफ्‍नो पतिबाट अलग हुन्छिन भने, तिनी विवाह नगरी बसून् कि त उनीसँग मिलाप गर्नुपर्दछ । अनी “पतिले आफ्नी पत्‍नीसँग सम्बन्ध विच्‍छेद गर्नुहुदैन ।”

    12तर बाँकीलाई म भन्दछु (मैले होइन तर प्रभुले भन्‍नुहुन्छ) कि यदि कुनै भाइसँग अविश्‍वासी पत्‍नी छ र तिनी ऊसँग बस्‍नलाई सन्तुष्‍ट छिन् भने उसले तिनीसँग सम्बन्ध विच्छेद नगरोस् ।

    13यदि पत्‍नीसँग अविश्‍वासी पति छ भने र ऊ तिनीसँग सन्तुष्‍ट छ भने, तिनले ऊसँग सम्बन्ध विच्छेद नगरुन् ।

    14किनकि अविश्‍वासी पति पत्‍नीद्वारा पवित्र ठहरिन्छ र अविश्‍वासी पत्‍नी विश्‍वासी पतिको कारण पवित्र ठहरिन्छे, नत्रता तिमीहरूका छोरा छोरीहरू अपवित्र हुनेछन्, तर वास्तवमा तिनीहरू पवित्र छन् ।

  • 11तापनि प्रभुमा स्‍त्री पुरुषबाट स्वतन्‍त्र हुन्‍न न त स्‍त्रीबाट पुरुष नै ।

  • १ कोरि 14:34-35
    2 पदहरू
    68%

    34स्‍त्रीहरू मण्डलीहरूमा चुपचाप रहून् । किनकि तिनीहरूलाई बोल्नका लागि अनुमति दिइएको छैन । बरु, तिनीहरू व्यवस्थाले भनेअनुसार समर्पित हुनुपर्छ ।

    35यदि तिनीहरूले केही सिक्‍ने चाहना गर्छन् भने तिनीहरूले आफ्ना घरमा तिनीहरूका पतिहरूलाई सोधून् । किनकि स्‍त्रीहरू मण्डलीमा बोल्नु शर्मको कुरो हो ।

  • १ कोरि 7:33-34
    2 पदहरू
    68%

    33तर विवाहित पुरुषले आफ्नी पत्‍नीलाई कसरी प्रसन्‍न पार्ने भनी संसारका कुराहरूमा फिक्री गर्दछ ।

    34ऊ दोहोरो मनको हुन्छ । अविवाहित स्‍त्री वा कन्याले शरीरमा र आत्मामा कसरी पवित्र हुन सक्छु भनी प्रभुका कुराहरूका फिक्री गर्दछ । तर विवाहित स्‍त्रीले आफ्नो पतिलाई कसरी प्रसन्‍न पार्न सकिन्छ भनी संसारका कुराहरूको चिन्ता गर्दछे ।

  • 4ताकि कसरी आदर र सम्मानसाथ आफ्नै पत्‍नीलाई लिनुपर्छ भनी तिमीहरू हरेकले जान्‍न सक ।

  • 14यसकारण म चाहन्छु जवान स्‍त्रीहरूले हाम्रा विरोधीहरूलाई हामीले खराबी गरेकोमा दोष लगाउने मौका नदिनको लागि विवाह गरून्, बालबच्‍चा जन्माउन, घरवार चलाऊन् ।

  • 2किनकि एक विवाहित स्‍त्री आफ्नो पति जीवित रहँदासम्म व्यवस्थाद्वारा बाँधिएकी हुन्छे, तर यदि उसको पति मर्‍यो भने ऊ त्यो विवाहको व्यवस्थाबाट मुक्त हुन्छे ।

  • १ तिमो 3:4-5
    2 पदहरू
    67%

    4तिनले आफ्नो घरबार राम्रोसँग व्यवस्थापन गर्नुपर्छ । र उसका छोराछोरीले तिनको आज्ञापालन पुरा आदरका साथ गर्नु पर्छ ।

    5तर यदि एउटा मानिसले आफ्नो घरलाई राम्रोसँग व्यवस्थापन गर्न जान्दैन भने उसले कसरी परमेश्‍वरको मण्डलीको वास्‍ता गर्न सक्दछ?

  • 9यसै गरी म महिलाहरूले सरलता, भद्रता र आत्मसंयमताकासाथ वस्‍त्र पहिरुन्, कपालको सृंगारपटार वा सुन वा मोती वा बहुमूल्य वस्‍त्र पहिरेर होइन,

  • 5त्यसै गरी, तिमी युवकहरू वृद्धहरूको अधीनमा बस । तिमीहरू सबैले विनम्रताको वस्‍त्र धारण गर र एक-अर्काको सेवा गर किनकि परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ ।

  • 39स्‍त्री तिनको पति बाँचुञ्‍जेलसम्म बन्धनमा बाँधिएकी हुन्छिन् । तर तिनको पतिको मृत्यु भयो भने तिनी जोसँग विवाह गर्न चाहन्छिन् त्यससँग विवाह गर्न स्वतन्‍त्र हुन्छिन्, तर त्यो व्यक्‍ति प्रभुमा हुनुपर्छ ।

  • 13तिमीहरू आफैँ विचार गरः के स्‍त्रीले आफ्नो शिर नढाकी परमेश्‍वरसँग प्रार्थना गर्नु उपयुक्त हो?

  • 7पुरुषले आफ्नो शिर नढाकोस् किनकि ऊ परमेश्‍वरको प्रतिरूप र गौरव हो । तर स्‍त्रीचाहिँ पुरुषको गौरव हो ।

  • 29तर भाइहरू हो, म यो भन्छु कि समय छोटो छ । अब उप्रान्त पत्‍नी हुनेहरू पत्‍नी नभएजस्तो गरी जिऊन् ।

  • 2वृद्ध स्‍त्रीहरूलाई आमालाई झैँ र जवान स्‍त्रीहरूलाई सारा शुद्धतामा दिदीबहिनीलाई झैँ सम्‍झाऊ ।

  • 23उनका पति सहरको मूल ढोकामा देशका पाका मानिसहरूसित बस्दा सम्मानित हुन्छन् ।

  • 14तर यदि त्यसले त्यसलाई दिन-दिनै केही भन्दैन भने, त्यसले गरेकी सबै भाकल र बाध्यात्मक प्रतिज्ञाहरूलाई त्यसले पक्‍का गर्छ । त्यसले तिनीहरूलाई पक्‍का गरेको छ, किनभने त्यसले तिनीहरूको बारेमा सुनेको समयमा त्यसले त्यसलाई केही पनि भनेन ।