१ कोरिन्थीहरू 11:13
तिमीहरू आफैँ विचार गरः के स्त्रीले आफ्नो शिर नढाकी परमेश्वरसँग प्रार्थना गर्नु उपयुक्त हो?
तिमीहरू आफैँ विचार गरः के स्त्रीले आफ्नो शिर नढाकी परमेश्वरसँग प्रार्थना गर्नु उपयुक्त हो?
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
3म तिमीहरूले यो बुझ भन्ने चाहन्छु कि येशू ख्रीष्ट प्रत्येक मानिसको शिर हुनुहुन्छ, मानिस स्त्रीको शिर हो, र परमेश्वरचाहिँ ख्रीष्टको शिर हुनुहुन्छ ।
4कुनै पुरुषले आफ्नो शिर ढाकेर प्रर्थना गर्छ अथवा अगमवाणी बोल्छ भने उसले परमेश्वरको अपमान गर्छ ।
5तर यदि कुनै स्त्रीले आफ्नो शिर नढाकी प्रार्थना गर्छे वा अगमवाणी बोल्छे भने उसले आफ्नो शिरको अपमान गर्छे । किनकि यसो गर्नु भनेको उसले आफ्नो केश खौरेको जस्तै हो ।
6यदि कुनै स्त्रीले आफ्नो शिर ढाक्दिन भने, उसले आफ्नो केश छोटो गरी काटोस् । यदि कपाल काट्नु उसको लागि शर्मको कुरा हो भने उसले आफ्नो शिर ढाकोस् ।
7पुरुषले आफ्नो शिर नढाकोस् किनकि ऊ परमेश्वरको प्रतिरूप र गौरव हो । तर स्त्रीचाहिँ पुरुषको गौरव हो ।
8किनकी पुरुष स्त्रीबाट बनिएको होइन, तर स्त्री पुरुषबाट बनिएकी हो ।
9न त पुरुष स्त्रीको निम्ति सृष्टि गरिएका हो, तर स्त्री पुरुषको निम्ति बनिएकी हो ।
10यसै कारणले स्वर्गदूतहरूका खातिर स्त्रीले आफ्नो शिरमा अधिकारको चिह्न लगाउनुपर्छ ।
11तापनि प्रभुमा स्त्री पुरुषबाट स्वतन्त्र हुन्न न त स्त्रीबाट पुरुष नै ।
12किनकि जसरी स्त्री पुरुषबाट आउँछे त्यसरी नै पुरुष पनि स्त्रीबाट आउँछ । र सबै कुरा परमेश्वरबाट आउँछन् ।
14कुनै पुरुषले लामो केश पाल्नु उसको निम्ति शर्मको कुरो हो भन्ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र?
15कुनै स्त्रीको लामो केश हुनु, उसको निम्ति गौरवको कुरो हो भन्ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र?
16तर यदि कोही यस विषयमा बहस गर्न चाहन्छ भने हामीसँग अर्को कुनै प्रथा छैन, न परमेश्वरको मण्डलीसँग छ ।
34स्त्रीहरू मण्डलीहरूमा चुपचाप रहून् । किनकि तिनीहरूलाई बोल्नका लागि अनुमति दिइएको छैन । बरु, तिनीहरू व्यवस्थाले भनेअनुसार समर्पित हुनुपर्छ ।
35यदि तिनीहरूले केही सिक्ने चाहना गर्छन् भने तिनीहरूले आफ्ना घरमा तिनीहरूका पतिहरूलाई सोधून् । किनकि स्त्रीहरू मण्डलीमा बोल्नु शर्मको कुरो हो ।
36के परमेश्वरको वचन तिमीहरूबाट आएको थियो? के यो तिमीहरूकहाँ मात्र आएको थियो?
8यसकारण, म सबै ठाउँमा पुरुषहरूले विना क्रोध र शंका, पवित्र हात उचाल्दै प्रार्थना गरेको चाहन्छु ।
9यसै गरी म महिलाहरूले सरलता, भद्रता र आत्मसंयमताकासाथ वस्त्र पहिरुन्, कपालको सृंगारपटार वा सुन वा मोती वा बहुमूल्य वस्त्र पहिरेर होइन,
10तर महिलालाई सुहाउने भक्ति देकखाउने असल कामहारूद्वारा सुसज्जित होऊन ।
11एउटा स्त्रीले सारा आज्ञापालन चुपचापसित सिकून् ।
12म स्त्रीलाई सिकाउन र पुरुषमाथि अधिकार गर्न अनुमति दिन्न तर तिनी चुपचाप रहून् ।
13किनभने आदम पहिले सृष्टि भएका थिए त्यसपछि हव्वा
3यसको लागि केशको शृङ्गार, सुनका गरगहनाहरू, शृङ्गारका वस्त्रहरूजस्ता बाहिरी सजावट नगर ।
4तर तिमीहरूका भित्री हृदयबाट र सदैव रहने भलो र शान्त आत्माद्वारा परमेश्वरको दृष्टिमा अनमोल हुने किसिमले यसो गर ।
5किनकि पहिलेका पवित्र स्त्रीहरूले यसरी नै आफ्नो शृङ्गार गर्थे । तिनीहरूले परमेश्वरमा आशा राख्थे र आफ्ना पतिहरूका अधीनमा बस्दथे ।
31तर यदि हामीले आफैँलाई जाँच गर्यौँ भने हामी न्यायमा पर्नेछैनौँ ।
17यसकारण परमप्रभुले सियोनकी छोरीहरूका टाउकोमा घावै-घाउ पार्नुहुनेछ, र परमप्रभुले तिनीहरूलाई मुडुलो पार्नुहुनेछ ।
4आफ्नो शरीरमाथि पत्नीको अधिकार हुँदैन; उसको पतिको हुन्छ । र यसरी नै आफ्नो शरीरमाथि पतिको आफ्नो अधिकार हुँदैन, तर पत्नीको भने हुन्छ ।
22पत्नीहरू हो, प्रभुको अधीनमा रहे जस्तो आफ्ना पतिहरूको अधीनमा बस ।
5पुरुषले लगाउने वस्त्र स्त्रीले लगाउनुहुँदैन न त स्त्रीले लगाउने वस्त्र पुरुषले लगाउनुहुन्छ । किनकि यी कुरा गर्ने जोसुकै परमप्रभु तिमीहरूका परमेश्वरका लागि घृणित हुने छ ।
34ऊ दोहोरो मनको हुन्छ । अविवाहित स्त्री वा कन्याले शरीरमा र आत्मामा कसरी पवित्र हुन सक्छु भनी प्रभुका कुराहरूका फिक्री गर्दछ । तर विवाहित स्त्रीले आफ्नो पतिलाई कसरी प्रसन्न पार्न सकिन्छ भनी संसारका कुराहरूको चिन्ता गर्दछे ।
35म तिमीहरूको आफ्नै भलाइका निम्ति भन्दछु, तिमीहरूलाई प्रतिबन्ध लगाउन होइन । जे ठिक छ म त्यही भन्दछु ताकि तिमीहरू बाधाबिना एक चित्तका भई भक्तिका साथ प्रभुमा लागिरहन सक ।
7त्यसरी नै पतिहरू हो, आफ्ना पत्नीहरूलाई अबला र जीवनका वरदानहरू प्राप्त गर्ने साझेदार सम्झी तिनीहरूसँग बस । तिमीहरूका प्रार्थनामा अवरोध नहोस् भनेर यसो गर ।
18पत्नीहरू, पतिहरूका अधीनमा बस जुन कुरा प्रभुमा सुहाउँदो छ ।
1¶ अब तिमीहरूले लेखेका यी कुराहरूका विषयमा भन्नुपर्दा पुरुषको लागि स्त्रीलाई नछुनु नै असल हो ।
5तिमीहरूलाई शर्ममा पार्न म यसो भन्दछु । के तिमीहरूको माझमा दाजुभाइका बिचमा भएका झगडाहरू मिलाउन सक्ने बुद्धिमान् मानिस कोही छैन?
15मैले के गर्ने त? म मेरो आत्माले प्रार्थना गर्नेछु, तर म मेरो दिमागले पनि प्रार्थना गर्नेछु । म मेरो आत्माले गाउनेछु र म मेरो दिमागले पनि गाउनेछु ।
11ए चैनमा बस्ने स्त्रीहरू, थरथर होओ । ए निर्धक्क हुनेहरू, घबराओ । आफ्ना राम्रा पोशाकहरू फुकाल र आफैलाई नाङ्गो पार । आफ्ना कम्मरको वरिपरि भाङ्ग्रा लगाओ ।
5शुद्ध, असल गृहिणी र तिनीहरूका पतिहरूका आज्ञा पालन गर्न तिनीहरूले जे असल छ त्यही सिकाउनुपर्छ, ताकि परमेश्वरको वचनको निन्दा नगरियोस् ।
16स्त्री हो, तिमीलाई के थाहा सायद तिमीले आफ्नो पतिलाई बचाउन सक्छ्यौ कि? अथवा पुरुष हो, तिमीलाई के थाहा, सायद तिमीले आफ्नी पत्नीलाई बचाउन सक्छौ कि?
3आफ्नो बुबाको घरमा बस्ने जवान नारीले परमप्रभुको निम्ति भाकल गर्दा र आफैलाई प्रतिज्ञाद्वारा बाँध्दा,
26त्यसैले म आफैले पनि तेरो फरिया उठानेछु, र तेरो गुप्ताङ्ग देखिनेछ ।
19कुनै स्त्रीको रजस्वलाको समयमा त्योसँग सहवास नगर् । त्यो समयमा त्यो अशुद्ध हुन्छे ।
15तिमीहरूका शरीरहरू ख्रीष्टका अङ्गहरू हुन् भन्ने के तिमीहरूलाई थाहा छैन? तब के मैले ख्रीष्टका अङ्गहरूलाई छुटाएर तिनीहरूलाई वेश्यासँग जोडौँ? त्यसो नहोस्!
13यसरी नै अन्य भाषामा बोल्ने व्यक्तिले त्यसको अर्थ खोल्न सकोस् भनेर प्रार्थना गरोस् ।
1¶ यसरी नै पत्नीहरू हो, तिमीहरूका आ-आफ्ना पतिको अधीनमा रहो, ताकि यदि कोही वचनमा आज्ञाकारी छैन भने तापनि तिनीहरूका पत्नीहरूको आचरणको कारण तिनीहरूलाई वचनैविना जित्न सकिन्छ ।
15म समझदार मानिसहरूसित बोलेजस्तै तिमीहरूसित बोल्दछु, ताकि तिमीहरूले मैले भनेको कुरा जाँच गर्न सक ।
28तर यदि त्यहाँ अर्थ खोल्ने कोही पनि छैन भने मण्डलीमा रहेको हरेक व्यक्ति चुप बसोस् । ऊ आफैँ र परमेश्वरसँग एकलै बोलोस् ।
22ए विश्वासघाती छोरी, तँ कहिलेसम्म यताउता गरिबस्छेस्? किनकि परमप्रभुले पृथ्वीमा केही नयाँ कुरो सृजनुभएको छ अर्थात् एक जना स्त्रीले एक जना बलियो पुरुषलाई घेर्छे ।”
11किनकि त्यो त डरलाग्दो अपराध हुन्छ । वास्तवमा यो न्यायाधीशहरूले दण्ड दिने अपराध हुन्छ ।