नीतिवचन 3:35

अनलक शाब्दिक बाइबल

बुद्धिमान् मानिसहरू आदरको हकदार हुने छन्, तर मूर्खहरू तिनीहरूकै लाजमा पर्ने छन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 2:30 : 30 किनकि परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, 'तेरो घराना र तेरो पुर्खाको घराना सदाको निम्ति मेरो सामु हिंड्नुपर्छ भनी मैले प्रतिज्ञा गरें ।' तर अब परमप्रभु भन्‍नुहुन्छ, 'यसो गर्ने कुरा मबाट टाढै रहोस्, किनकि मलाई आदर गर्नेलाई म आदर गर्छु, तर जसले मलाई तुच्‍छ ठान्छ उसको आदर घट्नेछ ।
  • भजन 73:24 : 24 तपाईंले मलाई आफ्‍नो सल्लाहले मार्गदर्शन गर्नुहुनेछ र पछि मलाई महिमामा ग्रहण गर्नुहुनेछ ।
  • भजन 132:18 : 18 त्यसका शत्रुहरूलाई म लाजले ढाक्‍नेछु, तर त्‍यसको शीरमा त्‍यसको मुकुट चम्किनेछ ।”
  • नीति 4:8 : 8 बुद्धिलाई कदर गर्, र त्यसले तँलाई माथि उठाउने छ । तैँले त्यसलाई अङ्गाल्दा त्यसले तेरो इज्‍जत गर्ने छ ।
  • नीति 13:8 : 8 धनी मानिसको जीवनको छुटकारा उसको सम्पत्ति हो, तर गरिब मानिसले धम्की सुन्‍नुपर्दैन ।
  • यशा 65:13-15 : 13 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, “हेर, मेरा सेवकहरूले खानेछन्, तर तिमीहरू भोकै हुनेछौ । मेरा सेवकहरूले पिउनेछन्, तर तिमीहरू तिर्खाउनेछौ । मेरा सेवकहरूले आनन्दित हुनेछन्, तर तिमीहरू लाजमा पर्नेछौ । 14 हेर, हृदयको खुसीको कारणले मेरा सेवकहरू आनन्दसाथ कराउनेछन्, तर तिमीहरू हृदयको पीडाको कारणले कराउनेछौ र आत्माको पीडाको कारणले विलाप गर्नेछौ । 15 मेरा चुनिएका जनहरूलाई बोल्न तिमीहरूले सरापको रूपमा आफ्‍ना नाउँ छोड्नेछौ । म परमप्रभु परमेश्‍वरले नै तिमीहरूलाई मार्नेछु । म मेरा सेवकहरूलाई म अर्कै नाउँले बोलाउनेछु ।
  • दानी 12:2-3 : 2 पृथ्वीको माटोमा सुतेकाहरूमध्‍ये धेरै जना, कोही अनन्तको जीवनको निम्ति, अनि कोही लाज र अनन्तको निन्दाको निम्ति फेरि उठ्नेछन् । 3 बुद्धिमान् मानिसहरू माथि आकाशको उज्यालोझैं चम्कनेछन्, र धेरैलाई धार्मिकतामा डोर्‍याउनेहरू सदाको निम्ति ताराहरूझैं हुनेछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 2जब घमण्ड आउँछ, तब अपमान आउँछ, तर विनम्रतासित बुद्धि आउँछ ।

  • 24बुद्धिमान् मानिसहरूको मुकुट तिनीहरूको सम्पत्ति हो, तर मूर्खहरूको मूर्खताले तिनीहरूमा झन् बढी मूर्खता ल्याउँछ ।

  • 18अर्तीलाई बेवास्ता गर्नेले गरिबी र लाज पाउने छ, तर सुधारबाट सिक्‍ने जनमा आदर आउने छ ।

  • 18बेसमझ मानिसले मूर्खता कमाउँछ, तर समझदार मानिसले ज्ञानको मुकुट पहिरिन्छ ।

  • नीति 12:15-16
    2 पदहरू
    77%

    15मूर्खको बाटो त्यसको आफ्नै दृष्‍टिमा ठिक हुन्छ, तर बुद्धिमान् मानिसले सरसल्लाह सुन्छ ।

    16मूर्खले आफ्नो रिस तुरुन्तै देखाउँछ, तर अपमानलाई बेवास्ता गर्नेचाहिँ विवेकी मानिस हो ।

  • नीति 14:33-35
    3 पदहरू
    77%

    33बुद्धिले विवेकीको हृदयमा बास गर्छ, र मूर्खहरूका बिचमा समेत त्यसले आफूलाई चिनाउँछ ।

    34धार्मिकताले देशलाई उचाल्छ, तर पाप कुनै पनि मानिसको लागि अपमानको कुरो हो ।

    35समझदारसित काम गर्ने नोकरमाथि राजाको स्‍नेह हुन्छ, तर लाजमर्दो तरिकाले काम गर्नेमाथि तिनको रिस पर्छ ।

  • 3मूर्खको मुखबाट त्यसको मूर्खताको हाँगा निस्कन्छ, तर बुद्धिमान्‌को ओठले त्यसको रक्षा गर्छ ।

  • 34उहाँले गिल्ला गर्नेहरूलाई गिल्ला गर्नुहुन्छ, तर विनम्र मानिसहरूलाई उहाँले आफ्नो स्‍नेह देखाउनुहुन्छ ।

  • नीति 14:8-9
    2 पदहरू
    74%

    8समझदार मानिसको बुद्धि उसको आफ्नै मार्ग बुझ्नको लागि हो, तर मूर्खहरूको मूर्खता छल हो ।

    9दोषबलि चढाइँदा मूर्खहरूले गिल्ला गर्छन्, तर सोझाहरूका बिचमा स्‍नेह बाँडचुँड गरिन्छ ।

  • 2बुद्धिमान् नोकरले लाजमर्दो गरी काम गर्ने छोरोमाथि शासन जमाउँछ, र दाजुभाइ सरह नै पैतृक-सम्पत्ति पाउने छ ।

  • 29आफ्नै घरानामाथि सङ्कष्‍ट ल्याउनेको भाग बतास हुने छ, र मूर्खचाहिँ बुद्धिमान्‌को नोकर हुने छ ।

  • 16समझदार मानिसले आफ्नो ज्ञानअनुसार हरेक निर्णय गर्छ, तर मूर्खले आफ्नो मूर्खताको तमाशा देखाउँछ ।

  • 8संवेदनशील हुनेहरूले आज्ञालाई स्वीकार गर्छन्, तर बकबके मूर्ख नष्‍ट हुने छ ।

  • 23विवेकशील मानिसले आफ्नो ज्ञान लुकाएर राख्छ, तर मूर्खहरूको हृदयले मूर्खता प्रकट गर्छ ।

  • नीति 15:20-21
    2 पदहरू
    74%

    20बुद्धिमान् छोरोले आफ्नो बुबालाई आनन्द दिन्छ, तर मूर्ख व्यक्तिले आफ्नी आमालाई तुच्छ ठान्छ ।

    21मूर्खताले बेसमझको मानिसलाई आनन्द दिन्छ, तर समझशक्ति भएको मानिस सिधा बाटोमा हिँड्छ ।

  • 33परमप्रभुको भयले बुद्धि सिकाउँछ, र आदरअगि विनम्रता आउँछ ।

  • 16बुद्धिमान् मानिस डराएर दुष्‍टताबाट टाढै बस्छ, तर मूर्खले निश्‍चयतासाथ चेताउनीलाई खारेज गरिदिन्छ ।

  • 1¶ ग्रिष्म ऋतुमा हिउँ वा फसलको समयमा झरी परेझैँ मूर्ख आदरको योग्य हुँदन ।

  • 5मूर्खले आफ्नो बुबाको अर्तीलाई हेला गर्छ, तर सुधारबाट सिक्‍नेचाहिँ विवेकशील हो ।

  • 6नाति-नातिनाहरू पाकाहरूका मुकुट हुन्, र बुबाआमाले तिनीहरूमा आदर ल्याउँछन् ।

  • 6मूर्खहरूलाई नेतृत्वका पदहरू दिइन्छ, जब कि सफल मानिसहरूलाई तल्लो स्तरका पदहरू दिइन्छ ।

  • 32किनकि निर्बुद्धिहरू फर्कंदा तिनीहरू मारिन्छन्, र मूर्खहरूको तटस्थताले तिनीहरूलाई नष्‍ट गर्ने छन् ।

  • 23मानिसले घमण्डले त्यसलाई तल खसाल्छ, तर विनम्र आत्मा भएको मानिसलाई आदर दिइने छ ।

  • नीति 18:2-3
    2 पदहरू
    72%

    2मूर्खलाई समझशक्तिमा कुनै रमाहट हुँदैन, तर त्यसको हृदयमा भएको कुरो प्रकट गर्न पाए त्यो प्रसन्‍न हुन्छ ।

    3दुष्‍ट मानिस आउँदा त्योसितै हेला, लाज र निन्दा पनि आउँछन् ।

  • १ कोरि 3:18-19
    2 पदहरू
    72%

    18कसैले आफैँलाई धोका नदेओस् । यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगमा बुद्धिमान् सम्झन्छ भने त्यसले आफूलाई “मूर्ख” सम्झोस्, र त्यो बुद्धिमान् हुनेछ ।

    19किनकि संसारको ज्ञान परमेश्‍वरको निम्ति मूर्खता हो । किनकि यस्तो लेखिएको छ, “उहाँले ज्ञानी मानिसहरूलाई तिनीहरूकै चलाखीमा पक्रनुहुन्छ ।”

  • 9बुद्धिमान् मानिसहरू लज्‍जित हुनेछन् । तिनीहरू हताश भएका छन् र पासोमा परेका छन् । हेर, तिनीहरूले परमप्रभुको वचन इन्कार गर्छन्, यसैले तिनीहरूको बुद्धिको के काम?

  • 15लट्ठी र सुधारले बुद्धि दिन्छन्, तर अनुशासनविनाको बालकले आफ्नी आमालाई लाजमा पार्छ ।

  • 20बुद्धिमान् मानिसहरूसित हिँड र तिमी पनि बुद्धिमान् हुने छौ, तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्‍ने छ ।

  • 10मूर्खलाई भोग-विलासमा जिउनु सुहाउँदैन भने कमाराले राजकुमारहरूमाथि शासन चलाउनु झन् कति नराम्रो हो!

  • 14बुद्धिमान् मानिसहरूले ज्ञान सञ्चय गर्छन्, तर मूर्खको मुखले विनाशलाई नजिक ल्याउँछ ।

  • 13सुन्‍नअगि जवाफ दिनेको लागि त्यो त्यसको मूर्खता र लाज हो ।

  • 8मानिसलाई त्यसको बुद्धिअनुसार प्रशंसा गरिन्छ, तर टेडो रोजाइ गर्नेचाहिँ तुच्छ ठानिन्छ ।

  • 24समझशक्ति भएको व्यक्तिले बुद्धितिर आफ्नो मन लगाउँछ, तर मूर्खको आँखा पृथ्वीको कुनाकुनामा पुग्छ ।

  • 2बुद्धिमान् मानिसहरूको जिब्रोले ज्ञानको तारिफ गर्छ, तर मूर्खहरूको मुखले मूर्खता खन्याउँछ ।

  • 5मूर्खलाई जवाफ दे र त्यसको मूर्खतामा मिल् ताकि त्यो त्यसको आफ्नै दृष्‍टिमा बुद्धिमान् नहोस् ।

  • 4विनम्रता र परमप्रभुको भयको इनाम धन-सम्पत्ति, मान र जीवन हुन् ।

  • 7परमप्रभुको भय नै ज्ञानको सुरु हो । मूर्खहरूले बुद्धि र निर्देशनलाई तुच्छ ठान्छ ।

  • 10घमण्डले केवल द्वन्द्व निम्त्याउँछ, तर असल सल्लाह सुन्‍नेसित बुद्धि हुन्छ ।

  • 5मूर्खहरूको गीत सुन्‍नुभन्दा बुद्धिमान्‌को हप्की सुन्‍नु उत्तम हो ।

  • 11मूर्खले आफ्ना सबै रिस प्रकट गर्छ, तर बुद्धिमान् मानिसले त्यसलाई थामेर शान्त हुन्छ ।

  • 10मूर्ख वा बटुवालाई ज्यालामा काम लगाउनु धनुर्धारीले त्यसको वरिपरि भएका सबैलाई काँड हानी चोट पुर्‍याउनुजस्तै हो ।

  • 7व्यवस्था पालन गर्ने छोरो समझदार हुन्छ, तर घिचावाको सङ्गत गर्नेले चाहिँ आफ्नो बुबालाई लज्‍जित तुल्याउँछ ।

  • 12के तैँले आफ्नै दृष्‍टिमा बुद्धिमान् भएको कुनै मानिसलाई देखेको छस्? त्यसको भन्दा त मूर्खको लागि बढी आशा हुन्छ ।