नीतिवचन 12:15

अनलक शाब्दिक बाइबल

मूर्खको बाटो त्यसको आफ्नै दृष्‍टिमा ठिक हुन्छ, तर बुद्धिमान् मानिसले सरसल्लाह सुन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नीति 3:7 : 7 तेरो आफ्नै दृष्‍टिमा बुद्धिमान् नबन् । परमप्रभुको भय मान्, र खराबीबाट फर्की ।
  • नीति 19:20 : 20 सरसल्लाह सुन् र अर्तीलाई स्वीकार गर्, ताकि तेरो जीवनको अन्त्यसम्ममा तँ बुद्धिमान् बन्‍न सक्छस् ।
  • नीति 16:2 : 2 मानिसका सबै मार्ग उसको आफ्नै दृष्‍टिमा शुद्ध छन्, तर परमप्रभुले अभिप्रायहरू जोख्‍नुहुन्छ ।
  • नीति 16:25 : 25 कुनै बाटो मानिसलाई सिधाजस्तो लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्‍याउँछ ।
  • नीति 14:12 : 12 कुनै बाटो मानिसलाई सोझोजस्तै लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्‍याउँछ ।
  • नीति 1:5 : 5 बुद्धिमानी मानिसहरूले सुनून् र तिनीहरूको ज्ञान बढाऊन्, अनि विवेकशील मानिसहरूले मार्गदर्शन पाऊन्,
  • लू 18:11 : 11 फरिसीले उभिएर यसो भनेर आफ्नै बारेमा प्रार्थना गर्‍यो, ‘हे परमेश्‍वर, म तपाईंलाई धन्यवाद दिन्छु कि म अरू चोरहरूजस्तो छैनँ, अधर्मीहरूजस्तो छैनँ, व्यभिचारीजस्तो पनि छैनँ, यही कर उठाउनेजस्तो पनि छैनँ ।
  • गलाती 6:3 : 3 किनकि यदि कसैले आफू कुनै महत्त्वको नहुँदा नहुँदै पनि केही हुँ भनी ठान्दछ भने, त्यसले आफैँलाई धोका दिन्छ ।
  • नीति 26:12 : 12 के तैँले आफ्नै दृष्‍टिमा बुद्धिमान् भएको कुनै मानिसलाई देखेको छस्? त्यसको भन्दा त मूर्खको लागि बढी आशा हुन्छ ।
  • नीति 14:16 : 16 बुद्धिमान् मानिस डराएर दुष्‍टताबाट टाढै बस्छ, तर मूर्खले निश्‍चयतासाथ चेताउनीलाई खारेज गरिदिन्छ ।
  • नीति 9:9 : 9 बुद्धिमान् व्यक्तिलाई निर्देशन दे, र त्यो अझै बुद्धिमान् हुने छ । धर्मी व्यक्तिलाई सिका, र त्यो अझै सिपालु हुने छ ।
  • नीति 21:2 : 2 हरेक मानिसको बाटो त्यसको आफ्नै दृष्‍टिमा ठिक छ, तर परमप्रभुले नै हृदयको जाँच गर्नुहुन्छ ।
  • नीति 26:16 : 16 सही न्यायसहित प्रतिक्रिया दिने सात जना मानिसभन्दा अल्छे मानिस त्यसको आफ्नै दृष्‍टिमा बुद्धिमान् हुन्छ ।
  • नीति 30:12 : 12 आफ्नै दृष्‍टिमा शुद्ध हुने पुस्ता पनि छ, तापनि तिनीहरू आफ्नो फोहोरबाट सफा भएका छैनन् ।
  • उप 4:13 : 13 चेताउनीहरूलाई कसरी सुन्‍ने भनी नजान्‍ने वृद्ध र मूर्ख राजा हुनुभन्दा गरिब तर बुद्धिमान् जवान मानिस हुनु उत्तम हो ।
  • यिर्मि 38:15-28 : 15 यर्मियाले सिदकियाहलाई भने, “मैले तपाईंलाई जवाफ दिएँ भने, के तपाईंले मलाई साँच्‍चै नै मार्नुहुन्‍न त?” तर मैले तपाईंलाई सल्लाह दिएँ भने तपाईंले सुन्‍नुहुनेछैन ।” 16 तर राजा सिदकियाहले यर्मियासित गुप्‍तमा वाचा बाँधे र भने, “हामीलाई बनाउनुहुने जीवित परमप्रभुको नाउँमा शपथ खाएर भन्दछु, कि म तिमीलाई मार्नेछैनँ वा तिम्रो ज्यान लिन खोज्नेहरूको हातमा सुम्पिदिनेछैनँ ।” 17 त्यसैले यर्मियाले सिदकियाहलाई भने, “परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः तँ वास्तवमै बेबिलोनका राजाका अधिकारीहरूकहाँ गइस् भने, तँ बाँच्नेछस्, र यो सहर जलाइनेछैन । तँ र तेरो परिवार बाँच्नेछन् । 18 तर तँ बेबिलोनका राजाका अधिकारीहरूकहाँ गइनस् भने, यो सहरलाई कल्दीहरूको हातमा दिइनेछ । तिनीहरूले यसलाई आगो लगाउनेछन्, र तँ तिनीहरूको हातबाट उम्कनेछैनस् ।” 19 सिदकियाह राजाले यर्मियालाई भने, “तर कल्दीहरूकहाँ भागेर गएका यहूदाका मानिसहरूदेखि म डराएको छु, किनकि ममाथि खराब व्‍यवहार गर्नलाई मलाई तिनीहरूको हातमा सुम्‍पिएला ।” 20 यर्मियाले भने, “तिनीहरूले तपाईंलाई उनीहरूका हातमा सुम्पिनेछैनन् । परमप्रभुबाट आएको सन्देशलाई मान्‍नुहोस्, जुन मैले तपाईंलाई बताउँदैछु जसले गर्दा तपाईंको भलो हुनेछ, र जसले गर्दा तपाईं बाँच्नुहुनेछ । 21 तर जान तपाईंले इन्कार गर्नुभयो भने त परमप्रभुले मलाई देखाउनुभएको कुरो यही हो । 22 हेर्नुहोस्, यहूदाका राजा अर्थात् तपाईंको महलमा छाडिएका सबै स्‍त्रीहरूलाई बेबिलोनका राजाका अधिकारीहरूकहाँ लगिनेछ । यी स्‍त्रीहरूले तपाईंलाई भन्‍नेछन्, 'तपाईंका मित्रहरूद्वारा तपाईं छलमा पर्नुभएको छ । तिनीहरूले तपाईंलाई नष्‍ट पारेका छन् । अब तपाईंका खुट्टा हिलोमा डुबेका छन्, र तपाईंका मित्रहरू भाग्‍नेछन् ।' 23 किनकि तपाईंका सबै पत्‍नी र छोराछोरी कल्दीहरूकहाँ लगिनेछन्, र तपाईं आफै पनि तिनीहरूको हातबाट उम्कनुहुनेछैन । तपाईं बेबिलोनका राजाको हातबाट पक्राउ पर्नुहुनेछ, र यो सहरलाई जलाइनेछ ।” 24 तब सिदकियाहले यर्मियालाई भने, “यी वचनको विषयमा कसैलाई नभन, जसले गर्दा तिमी मारिनेछैनौ । 25 मैले तिमीसित कुराकानी गरेको कुरा अधिकारीहरूले सुने र तिमीकहाँ आएर यसो भन्‍छन् भने, 'तिमीले राजालाई के भन्यौ, सो हामीलाई बताऊ, र हामीबाट त्‍यो नलुकाऊ, नत्र तिमीलाई हामी मर्नेछौ,' 26 तब तिमीले तिनीहरूलाई यसो भन्‍नू, 'राजाले मलाई जोनाथनको घरमा मर्नलाई नपठाऊन् भनी मैले राजाको सामु विनम्र बिन्ती चढाएँ' ।” 27 तब सबै अधिकारी यर्मियाकहाँ आए र तिनलाई प्रश्न गरे, यसैले राजाले तिनलाई निर्देशन दिएअनुसार तिनले उनीहरूलाई जवाफ दिए । उनीहरूले यर्मिया र राजाको बिचमा भएको बातचितलाई नसुनेका हुनाले उनीहरूले तिनीसित थप कुराकानी गरेनन् । 28 यसरी यरूशलेम कब्जा नभएसम्म यर्मिया गारदको चोकमा नै बसे ।
  • नीति 28:11 : 11 धनी मानिस आफ्नै दृष्‍टिमा बुद्धिमान् होला, तर समझशक्ति भएको गरिब मानिसले त्यसलाई पत्ता लगाउने छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • नीति 14:7-8
    2 पदहरू
    83%

    7मूर्ख मानिसबाट टाढै बस, किनकि तिमीले त्यसको ओठमा ज्ञान पाउने छैनौ ।

    8समझदार मानिसको बुद्धि उसको आफ्नै मार्ग बुझ्नको लागि हो, तर मूर्खहरूको मूर्खता छल हो ।

  • 16मूर्खले आफ्नो रिस तुरुन्तै देखाउँछ, तर अपमानलाई बेवास्ता गर्नेचाहिँ विवेकी मानिस हो ।

  • नीति 15:20-22
    3 पदहरू
    81%

    20बुद्धिमान् छोरोले आफ्नो बुबालाई आनन्द दिन्छ, तर मूर्ख व्यक्तिले आफ्नी आमालाई तुच्छ ठान्छ ।

    21मूर्खताले बेसमझको मानिसलाई आनन्द दिन्छ, तर समझशक्ति भएको मानिस सिधा बाटोमा हिँड्छ ।

    22सरसल्लाह नहुँदा योजनाहरू गलत हुन्छन्, तर धेरै परामर्शदाताहरूद्वारा तिनीहरू सफल हुन्छन् ।

  • 16समझदार मानिसले आफ्नो ज्ञानअनुसार हरेक निर्णय गर्छ, तर मूर्खले आफ्नो मूर्खताको तमाशा देखाउँछ ।

  • उप 10:2-3
    2 पदहरू
    80%

    2बुद्धिमान् मानिसको मन ठिक कुरातिर लाग्छ, तर मूर्खको मन बेठिक कुरातिर लाग्छ ।

    3मूर्ख सडकमा हिँड्दा त्यसको सोचाइ अपूर्ण हुन्छ जसले त्यो मूर्ख हो भनी हरेकलाई प्रमाणित गर्छ ।

  • 5मूर्खलाई जवाफ दे र त्यसको मूर्खतामा मिल् ताकि त्यो त्यसको आफ्नै दृष्‍टिमा बुद्धिमान् नहोस् ।

  • 12के तैँले आफ्नै दृष्‍टिमा बुद्धिमान् भएको कुनै मानिसलाई देखेको छस्? त्यसको भन्दा त मूर्खको लागि बढी आशा हुन्छ ।

  • 5मूर्खले आफ्नो बुबाको अर्तीलाई हेला गर्छ, तर सुधारबाट सिक्‍नेचाहिँ विवेकशील हो ।

  • 11मूर्खले आफ्ना सबै रिस प्रकट गर्छ, तर बुद्धिमान् मानिसले त्यसलाई थामेर शान्त हुन्छ ।

  • 24समझशक्ति भएको व्यक्तिले बुद्धितिर आफ्नो मन लगाउँछ, तर मूर्खको आँखा पृथ्वीको कुनाकुनामा पुग्छ ।

  • 23विवेकशील मानिसले आफ्नो ज्ञान लुकाएर राख्छ, तर मूर्खहरूको हृदयले मूर्खता प्रकट गर्छ ।

  • 26आफ्नै हृदयमा भरोसा गर्ने मानिस मूर्ख हो, तर बुद्धिमा चल्नेचाहिँ खतराबाट टाढै बस्छ ।

  • 33बुद्धिले विवेकीको हृदयमा बास गर्छ, र मूर्खहरूका बिचमा समेत त्यसले आफूलाई चिनाउँछ ।

  • नीति 10:8-9
    2 पदहरू
    78%

    8संवेदनशील हुनेहरूले आज्ञालाई स्वीकार गर्छन्, तर बकबके मूर्ख नष्‍ट हुने छ ।

    9निष्‍ठामा हिँड्ने सुरक्षामा हिँड्छ, तर आफ्ना मार्गहरूलाई टेडो बनाउने पक्राउमा पर्ने छ ।

  • 2बुद्धिमान् मानिसहरूको जिब्रोले ज्ञानको तारिफ गर्छ, तर मूर्खहरूको मुखले मूर्खता खन्याउँछ ।

  • 14विवेशकशीलहरूको हृदयले ज्ञानको खोजी गर्छ, तर मूर्खहरूको मुखले मूर्खता नै रुचाउँछ ।

  • नीति 14:15-17
    3 पदहरू
    78%

    15बेवकूफ मानिसले हरेक कुरा पत्याउँछ, तर समझदार मानिसले आफ्ना चालहरूबारे विचार गर्छ ।

    16बुद्धिमान् मानिस डराएर दुष्‍टताबाट टाढै बस्छ, तर मूर्खले निश्‍चयतासाथ चेताउनीलाई खारेज गरिदिन्छ ।

    17झट्ट रिसाउनेले मूर्ख कुराहरू गर्छ, र दुष्‍ट योजनाहरू रच्नेलाई घृणा गरिन्छ ।

  • 24बुद्धिमान् मानिसहरूको मुकुट तिनीहरूको सम्पत्ति हो, तर मूर्खहरूको मूर्खताले तिनीहरूमा झन् बढी मूर्खता ल्याउँछ ।

  • 2मूर्खलाई समझशक्तिमा कुनै रमाहट हुँदैन, तर त्यसको हृदयमा भएको कुरो प्रकट गर्न पाए त्यो प्रसन्‍न हुन्छ ।

  • 3मान्छेको मूर्खताले त्यसको जीवन बर्बाद पार्छ, र त्यसको हृदय परमप्रभुको विरुद्धमा क्रोधित हुन्छ ।

  • 22समझशक्ति भएको व्यक्तिको लागि त्यो जीवनको फुहारा हो, तर मूर्खहरूको अर्ती नै तिनीहरूको मूर्खता हो ।

  • 3मूर्खको मुखबाट त्यसको मूर्खताको हाँगा निस्कन्छ, तर बुद्धिमान्‌को ओठले त्यसको रक्षा गर्छ ।

  • 12बुद्धिमान् मानिसका वचनहरू अनुग्रहमय हुन्छन्, तर मूर्खको ओठले त्यो आफैलाई नष्‍ट पार्छ ।

  • 12कुनै बाटो मानिसलाई सोझोजस्तै लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्‍याउँछ ।

  • 16बुद्धिको विषयमा सिक्‍न मूर्खले किन पैसा तिर्ने जब कि त्योसित यसलाई सिक्‍ने कुनै क्षमता नै छैन?

  • 5मूर्खहरूको गीत सुन्‍नुभन्दा बुद्धिमान्‌को हप्की सुन्‍नु उत्तम हो ।

  • 2हरेक मानिसको बाटो त्यसको आफ्नै दृष्‍टिमा ठिक छ, तर परमप्रभुले नै हृदयको जाँच गर्नुहुन्छ ।

  • 1¶ बोलीवचनमा कुटिल भई मूर्ख हुनुभन्दा आफ्नो सत्यनिष्‍ठामा हिँड्ने गरिब मानिस उत्तम हो ।

  • 9मूर्खले सुन्‍ने गरी नबोल्, किनकि त्यसले तेरा वचनहरूको बुद्धिलाई तुच्छ ठान्‍ने छ ।

  • 7मूर्खको लागि बुद्धि अति उच्‍च हुन्छ । ढोकामा त्यसले आफ्नो मुख खोल्दैन ।

  • 14बुद्धिमान् मानिसले आफ्नो शिरमा भएका आँखा त्यो कहाँ जाँदै छ भनी हेर्न प्रयोग गर्छ, तर मूर्खचाहिँ अन्धकारमा हिँड्छ । तर यी सबैमाथि उही दशा आइपर्छ भनी मलाई थाहा छ ।

  • 17अनुशासनलाई पछ्याउनेको लागि जीवनको मार्ग छ, तर सुधारलाई इन्कार गर्ने कुबाटोमा लगिन्छ ।

  • 20बुद्धिमान् मानिसहरूसित हिँड र तिमी पनि बुद्धिमान् हुने छौ, तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्‍ने छ ।

  • 15मूर्खहरूको परिश्रमले तिनीहरूलाई यसरी थकाउँछ, कि तिनीहरूलाई सहर जाने बाटोसमेत थाहा हुँदैन ।

  • 25कुनै बाटो मानिसलाई सिधाजस्तो लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्‍याउँछ ।

  • 20सरसल्लाह सुन् र अर्तीलाई स्वीकार गर्, ताकि तेरो जीवनको अन्त्यसम्ममा तँ बुद्धिमान् बन्‍न सक्छस् ।

  • 5बुद्धिमानी मानिसहरूले सुनून् र तिनीहरूको ज्ञान बढाऊन्, अनि विवेकशील मानिसहरूले मार्गदर्शन पाऊन्,

  • 5तिमीहरू जो निर्बुद्धि छौ, बुद्धि प्राप्‍त गर । तिमीहरू जो मूर्ख छौ, तिमीहरूले समझशक्तिको हृदय प्राप्‍त गर ।

  • 12विवेकी मानिसले सङ्कष्‍ट देखेर आफैलाई लुकाउँछ, तर निर्बुद्धि अगाडि बढ्छ र त्यसैको कारण दुःख भोग्छ ।

  • 23दुष्‍टता मूर्खले खेल्ने खेल हो, तर बुद्धि समझशक्ति भएको मानिसको लागि खुसी हो ।

  • 29आफ्नै घरानामाथि सङ्कष्‍ट ल्याउनेको भाग बतास हुने छ, र मूर्खचाहिँ बुद्धिमान्‌को नोकर हुने छ ।

  • 31कसरी जिउने भनी कसैले तिमीलाई सुधार गर्दा तिमीले ध्यान दियौ भने तिमी बुद्धिमान् मानिसहरूका बिचमा रहने छौ ।

  • 7बुद्धिमान् मानिसहरूको ओठले चारैतिर ज्ञान फैलाउँछ, तर मूर्खहरूको हृदय त्यस्तो हुँदैन ।