नीतिवचन 16:22

अनलक शाब्दिक बाइबल

समझशक्ति भएको व्यक्तिको लागि त्यो जीवनको फुहारा हो, तर मूर्खहरूको अर्ती नै तिनीहरूको मूर्खता हो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नीति 10:11 : 11 धर्मात्माको मुख जीवनको पानीको फुहारा हो, तर दुष्‍टहरूको मुखमा हिंसा लुकेको हुन्छ ।
  • नीति 13:14 : 14 बुद्धिमान् मानिसको शिक्षा जीवनको फुहारा हो, जसले तपाईंलाई मृत्युका जालहरूबाट जोगाउँछ ।
  • लू 6:39-40 : 39 त्यसपछि उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्त पनि भन्‍नुभयो, “के एक जना अन्धा मानिसले अर्को अन्धा मानिसलाई डोर्‍याउन सक्छ? त्यसो गरे दुवै जना खाल्डोमा पर्दैनन् र? 40 एउटा चेला आफ्नो गुरुभन्दा महान् हुन सक्दैन । तर हेरक जसले तालिम प्राप्‍त गर्छ, तब ऊ आफ्नो गुरुजस्तै हुनेछ ।
  • यूह 5:24 : 24 साँचो, साँचो, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्‍वास गर्छ त्यससँग अनन्त जीवन हुन्छ र त्यो दोषी ठहराइनेछैन, तर त्यो मृत्युबाट जीवनमा सरेको छ ।
  • यूह 6:63 : 63 जीवन दिनुहुने त आत्मा नै हुनुहुन्छ, देहले त कुनै पनि लाभ दिँदैन । मैले तिमीहरूलाई बोलेका वचनहरू आत्मा हुन् र तिनीहरू जीवन हुन् ।
  • यूह 6:68 : 68 सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जानु? अनन्त जीवनको वचन तपाईंसँग छ ।
  • नीति 14:27 : 27 परमप्रभुको भय जीवनको फुहारा हो, जसद्वारा मानिस मृत्युका जालहरूबाट उम्कन्छ ।
  • नीति 15:2 : 2 बुद्धिमान् मानिसहरूको जिब्रोले ज्ञानको तारिफ गर्छ, तर मूर्खहरूको मुखले मूर्खता खन्याउँछ ।
  • नीति 15:28 : 28 जवाफ दिनुअगि धर्मात्माको हृदयले मनन गर्छ, तर दुष्‍ट मानिसको मुखले आफ्नो सबै खराबी ओकल्छ ।
  • नीति 18:4 : 4 मानिसको मुखका वचनहरू गहिरो पानी हुन् । बुद्धिको फुहारा बगिरहने खोला हो ।
  • मत्त 15:14 : 14 तिनीहरूलाई एकलै छोडिदेओ, तिनीहरू दृष्‍टिविहीन अगुवाहरू हुन् । यदि एउटा अन्धोले अर्को अन्धो मानिसलाई डोर्‍याउँछ भने, दुवै जना खाल्डोमा खस्‍नेछन् ।”
  • मत्त 23:16-26 : 16 धिक्‍कार तिमीहरूलाई, ए अन्धा अगुवाहरू हो, तिमीहरू जसले भन्दछौ, ‘कसैले मन्दिरको शपथ खान्छ भने, केही पनि हुँदैन । तर जसले मन्दिरको सुनको शपथ खान्छ, ऊ आफ्नो शपथद्वारा बाँधिन्छ ।’ 17 ए दृष्‍टिविहीन मूर्खहरू हो! कुनचाहिँ ठुलो हो– सुन कि त्यस सुनलाई परमेश्‍वरकहाँ अर्पण गर्ने मन्दिर? 18 अनि, ‘कसैले वेदीको शपथ खान्छ भने, केही पनि हुँदैन । तर कसैले त्यसमाथि राखिएको भेटीको शपथ खान्छ भने, ऊ आफ्नो शपथद्वारा बाँधिन्छ ।’ 19 ए अन्धा मानिसहरू हो, कुनचाहिँ ठुलो हो– भेटी कि त्यस भेटीलाई परमेश्‍वरकहाँ अर्पण गर्ने वेदी? 20 अनि जसले वेदीको शपथ खान्छ, उसले त्यस वेदी र त्यसमाथि भएका सबै थोकको शपथ खान्छ । 21 अनि जसले मन्दिरको शपथ खान्छ, उसले त्यस मन्दिर र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ । 22 अनि जसले स्वर्गको शपथ खान्छ, उसले परमेश्‍वरको सिंहासन र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ । 23 धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! किनकि तिमीहरू पुदिना, सुप र जिराका दशांश दिन्छौ, तर व्यवस्थाका गहन कुराहरू अर्थात् न्याय, कृपा र विश्‍वासलाई बेवास्ता गरेका छौ । तर यी कुराहरू तिमीहरूले गर्नुपर्ने थियो र यी अरू कामहरूलाई अवहेलना नगर्नुपर्ने थियो । 24 ए अन्धा अगुवाहरू हो, तिमीहरू जो भुसुनालाई चाल्दछौ, तर उँटलाई चाहिँ निल्दछौ! 25 धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! तिमीहरू कचौराहरू र थालहरूको बाहिरपट्टि धुन्छौ, तर भित्रपट्टि तिनीहरू अन्यायपूर्ण माग र लोभले भरिएका छन् । 26 ए अन्धा फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा गर, ताकि त्यसको बाहिरपट्टि पनि सफा होस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 14विवेशकशीलहरूको हृदयले ज्ञानको खोजी गर्छ, तर मूर्खहरूको मुखले मूर्खता नै रुचाउँछ ।

  • 23बुद्धिमान् व्यक्तिको हृदयले उसको मुखलाई अन्तर्दृष्‍टि प्रदान गर्छ, र उसको ओठमा विश्‍वसनीयता थप्छ ।

  • नीति 14:6-8
    3 पदहरू
    82%

    6गिल्ला गर्नेले बुद्धिको खोजी गर्छ, तर पाउँदैन, जब कि समझदार व्यक्तिलाई ज्ञान सजिलैसित आउँछ ।

    7मूर्ख मानिसबाट टाढै बस, किनकि तिमीले त्यसको ओठमा ज्ञान पाउने छैनौ ।

    8समझदार मानिसको बुद्धि उसको आफ्नै मार्ग बुझ्नको लागि हो, तर मूर्खहरूको मूर्खता छल हो ।

  • 33बुद्धिले विवेकीको हृदयमा बास गर्छ, र मूर्खहरूका बिचमा समेत त्यसले आफूलाई चिनाउँछ ।

  • 2मूर्खलाई समझशक्तिमा कुनै रमाहट हुँदैन, तर त्यसको हृदयमा भएको कुरो प्रकट गर्न पाए त्यो प्रसन्‍न हुन्छ ।

  • 21मूर्खताले बेसमझको मानिसलाई आनन्द दिन्छ, तर समझशक्ति भएको मानिस सिधा बाटोमा हिँड्छ ।

  • नीति 13:15-16
    2 पदहरू
    80%

    15असल अन्तर्दृष्‍टिले स्‍नेह प्राप्‍त गर्छ, तर विश्‍वासघातिको चाल कहिल्यै टुङ्गोमा आउँदैन ।

    16समझदार मानिसले आफ्नो ज्ञानअनुसार हरेक निर्णय गर्छ, तर मूर्खले आफ्नो मूर्खताको तमाशा देखाउँछ ।

  • 21हृदयमा बुद्धिमान् हुनेलाई विवेकशील भनिन्छ, र मिठा बोलीवचनले सिकाउने क्षमताको विकास गर्छ ।

  • 24समझशक्ति भएको व्यक्तिले बुद्धितिर आफ्नो मन लगाउँछ, तर मूर्खको आँखा पृथ्वीको कुनाकुनामा पुग्छ ।

  • नीति 1:4-7
    4 पदहरू
    79%

    4यी हितोपदेशहरू सोझाहरूलाई बुद्धि दिन र युवाहरूलाई ज्ञान र समझदारी दिनलाई पनि हो ।

    5बुद्धिमानी मानिसहरूले सुनून् र तिनीहरूको ज्ञान बढाऊन्, अनि विवेकशील मानिसहरूले मार्गदर्शन पाऊन्,

    6जसद्वारा तिनीहरूले हितोपदेशहरू, दृष्‍टान्तहरू, बुद्धिमानीहरूका वचनहरू र आहानहरू बुझून् ।

    7परमप्रभुको भय नै ज्ञानको सुरु हो । मूर्खहरूले बुद्धि र निर्देशनलाई तुच्छ ठान्छ ।

  • नीति 10:13-14
    2 पदहरू
    79%

    13बुद्धि विवेकशील व्यक्तिको ओठमा पाइन्छ, तर लट्ठीचाहिँ समझ नभएको व्यक्तिको लागि हो ।

    14बुद्धिमान् मानिसहरूले ज्ञान सञ्चय गर्छन्, तर मूर्खको मुखले विनाशलाई नजिक ल्याउँछ ।

  • 2बुद्धिमान् मानिसहरूको जिब्रोले ज्ञानको तारिफ गर्छ, तर मूर्खहरूको मुखले मूर्खता खन्याउँछ ।

  • 24बुद्धिमान् मानिसहरूको मुकुट तिनीहरूको सम्पत्ति हो, तर मूर्खहरूको मूर्खताले तिनीहरूमा झन् बढी मूर्खता ल्याउँछ ।

  • 5तिमीहरू जो निर्बुद्धि छौ, बुद्धि प्राप्‍त गर । तिमीहरू जो मूर्ख छौ, तिमीहरूले समझशक्तिको हृदय प्राप्‍त गर ।

  • 23विवेकशील मानिसले आफ्नो ज्ञान लुकाएर राख्छ, तर मूर्खहरूको हृदयले मूर्खता प्रकट गर्छ ।

  • 16बुद्धिको विषयमा सिक्‍न मूर्खले किन पैसा तिर्ने जब कि त्योसित यसलाई सिक्‍ने कुनै क्षमता नै छैन?

  • 5मूर्खले आफ्नो बुबाको अर्तीलाई हेला गर्छ, तर सुधारबाट सिक्‍नेचाहिँ विवेकशील हो ।

  • 15मूर्खको बाटो त्यसको आफ्नै दृष्‍टिमा ठिक हुन्छ, तर बुद्धिमान् मानिसले सरसल्लाह सुन्छ ।

  • 6किनकि परमप्रभुले नै बुद्धि दिनुहुन्छ, अनि उहाँको मुखबाट ज्ञान र समझशक्ति निस्कन्छन् ।

  • 2यी हितोपदेशहरू बुद्धि र निर्देशनक कुराहरू सिकाउन र अन्तर्दृष्‍टिका वचनहरू सिकाउनलाई हो,

  • 6आफ्ना निर्बुद्धि चालहरू त्यागेर बाँच । समझशक्तिको मार्गमा हिँड ।

  • 23दुष्‍टता मूर्खले खेल्ने खेल हो, तर बुद्धि समझशक्ति भएको मानिसको लागि खुसी हो ।

  • 18बेसमझ मानिसले मूर्खता कमाउँछ, तर समझदार मानिसले ज्ञानको मुकुट पहिरिन्छ ।

  • 32अनुशासनलाई इन्कार गर्नेले आफैलाई तुच्छ ठान्छ, तर सुधारलाई ध्यान दिनेले समझशक्ति पाउँछ ।

  • 7बुद्धिमान् मानिसहरूको ओठले चारैतिर ज्ञान फैलाउँछ, तर मूर्खहरूको हृदय त्यस्तो हुँदैन ।

  • 8संवेदनशील हुनेहरूले आज्ञालाई स्वीकार गर्छन्, तर बकबके मूर्ख नष्‍ट हुने छ ।

  • 8बुद्धि प्राप्‍त गर्नेले आफ्नो जीवनलाई प्रेम गर्छ । समझशक्तिलाई जोगाउनेले जे असल छ, त्यो पाउने छ ।

  • 16सुनभन्दा बुद्धि प्राप्‍त गर्नु र चाँदीभन्दा समझशक्ति प्राप्‍त गर्नु उत्तम हुन्छ ।

  • 13बुद्धि प्राप्‍त गर्ने धन्यको हो । त्यसले समझशक्ति पनि पाउँछ ।

  • 21धर्मी व्यक्तिको ओठले धेरैलाई तृप्‍त पार्छ, तर समझशक्तिको कमीको कारण मूर्खहरू मर्छन् ।

  • 17अनुशासनलाई पछ्याउनेको लागि जीवनको मार्ग छ, तर सुधारलाई इन्कार गर्ने कुबाटोमा लगिन्छ ।

  • 29धैर्यवान् मानिससित ठुलो समझशक्ति हुन्छ, तर गरम मिजासको मानिसले मूर्खतालाई उचाल्छ ।

  • 5मूर्खलाई जवाफ दे र त्यसको मूर्खतामा मिल् ताकि त्यो त्यसको आफ्नै दृष्‍टिमा बुद्धिमान् नहोस् ।

  • नीति 9:9-10
    2 पदहरू
    74%

    9बुद्धिमान् व्यक्तिलाई निर्देशन दे, र त्यो अझै बुद्धिमान् हुने छ । धर्मी व्यक्तिलाई सिका, र त्यो अझै सिपालु हुने छ ।

    10परमप्रभुको भय नै बुद्धिको सुरु हो, र परमपवित्रको ज्ञान नै समझशक्ति हो ।

  • 1¶ अनुशासनलाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्दछ, तर सुधारलाई घृणा गर्नेचाहिँ अबुझ हो ।

  • 7बुद्धि सबैभन्दा महत्त्वपूर्ण वस्तु हो । त्यसैले बुद्धि प्राप्‍त गर्, र समझशक्ति प्राप्‍त गर्न सबै मूल्य चुका ।

  • 15विवेकीको हृदयले ज्ञान प्राप्‍त गर्छ, र बुद्धिमान्‌को कानले यसको खोजी गरेर भेट्टाउँछ ।

  • 10किनकि बुद्धि तेरो हृदयमा आउने छ, र ज्ञान तेरो प्राणको लागि आनन्ददायक हुने छ ।

  • 11मूर्खले आफ्ना सबै रिस प्रकट गर्छ, तर बुद्धिमान् मानिसले त्यसलाई थामेर शान्त हुन्छ ।

  • 3मूर्खको मुखबाट त्यसको मूर्खताको हाँगा निस्कन्छ, तर बुद्धिमान्‌को ओठले त्यसको रक्षा गर्छ ।

  • 2बुद्धिका कुराहरू सुन्‍न तेरो कान थापिस्, र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने,

  • 5मानवीय हृदयमा भएको उद्धेश्य गहिरो पानीजस्तै हो, तर समझशक्ति भएको मानिसले यसलाई बाहिर निकाल्ने छ ।