अय्यूब 11:3

अनलक शाब्दिक बाइबल

तपाईंको अहङ्कारले अरूलाई मौन बनाउनुपर्छ र? तपाईंले खिसी गर्नुहुँदा, कसैले तपाईंलाई लाजमा पार्नेछैन र?

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 17:2 : 2 निश्‍चय नै गिल्ला गर्नेहरू मसितै छन् । मेरो आँखाले सधैं तिनीहरूको रिसलाई हेर्नुपर्छ ।
  • अय्यू 21:3 : 3 मलाई सुन्‍नुहोस्, र म पनि बोल्नेछु । मैले बोलेर सकेपछि निरन्‍तर गिल्ला गर्नुहोस् ।
  • अय्यू 24:25 : 25 यस्तो होइन भने, कसले मलाई झुटा प्रमाणित गर्न सक्छ? कसले मेरो वचनलाई निरर्थक बनाउन सक्छ?
  • अय्यू 34:7 : 7 अय्यूब कस्ता मानिस हुन्, जसले गिल्लालाई पनि पानीझैं पिउँछन्,
  • भजन 35:16 : 16 कत्ति पनि आदर नगरी तिनीहरूले मेरो गिल्‍ला गरे । तिनीहरूले क्रोधमा ममाथि आफ्‍ना दाँत किटे ।
  • भजन 83:16 : 16 हे परमप्रभु, तिनीहरूको मुहार लाजले भर्नुहोस् ताकि तिनीहरूले तपाईंको नाउँ खोजी गरून् ।
  • यिर्मि 15:17 : 17 म उत्सव मनाउने वा रमाहट गर्नेहरूका बिचमा बसिनँ । तपाईंको शक्तिशाली हातको कारणले म एकान्तमा बसेँ, किनकि तपाईंले मलाई क्रोधले भर्नुभयो ।
  • २ थेस 3:14 : 14 यदि कसैले यो पत्रमा लेखिएको आज्ञालाई पालना गर्दैन भने, उसको विषयमा ख्याल गर र उसलाई सहभागी नगराओ ताकि ऊ शर्ममा परोस् ।
  • तीत 2:8 : 8 सच्याउनु नै नपर्ने शब्दहरू बोल, तर यदि उनले तिम्रो विरोध गर्न प्रयास गरे भने हामी बारे भन्‍ने कुनै पनि खराब कुरा नभएकोले त्यसले कसैमाथि शर्म ल्याओस् ।
  • यहू 1:18 : 18 उनीहरूले तिमीहरूलाई यसो भने, “अन्त्यको समयमा गिल्ला गर्नेहरू हुनेछन् जसले आफ्नै ईश्‍वरहीन अभिलाषाहरूलाई पछ्याउँछन् ।”
  • अय्यू 12:4 : 4 म आफ्‍नो छिमेकीको हाँस्‍ने कुरा भएको छु, मैले परमेश्‍वरमा पुकारा गरें अनि उहाँले मलाई जवाफ दिनुभयो । म न्यायी र दोषरहित मानिस— अहिले म हाँस्‍ने कुरा भएको छु ।
  • अय्यू 13:4 : 4 तर तपाईंहरू झुटले सत्यलाई लुकाउनुहुन्छ । तपाईंहरू सबै जना तुच्‍छ वैद्यहरू हुनुहुन्छ ।
  • अय्यू 13:9 : 9 उहाँले तपाईंहरूको खोजी गर्नुहुँदा तपाईंहरूको भलो हुनेछ त? तपाईंहरूले मानिसहरूलाई छल गरेझैं उहाँलाई छल गर्न सक्‍नुहुन्छ र?
  • अय्यू 15:2-3 : 2 “के बुद्धिमान् मानिसले व्यर्थको ज्ञानले जवाफ दिनू? र के आफैलाई पूर्वीय बतासले भर्नू? 3 के उहाँले बेफाइदाका कुराले, अनि आफूले भलो गर्न नसक्‍ने बोलीले तर्क गर्नू?

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 2“यति धेरै शब्‍दका जवाफ दिनुहुँदैन र? धेरै बोल्‍ने यी मानिसलाई विश्‍वास गर्नुपर्छ र?

  • 3के व्यर्थका शब्दहरू कहिल्यै अन्त्य हुन्‍छन् कि? तपाईंहरूलाई के भयो जसले गर्दा तपाईंहरू यसरी जवाफ दिनुहुन्छ?

  • 9उहाँले तपाईंहरूको खोजी गर्नुहुँदा तपाईंहरूको भलो हुनेछ त? तपाईंहरूले मानिसहरूलाई छल गरेझैं उहाँलाई छल गर्न सक्‍नुहुन्छ र?

  • भजन 31:17-18
    2 पदहरू
    76%

    17हे परमप्रभु, मलाई अपमानिसत हुन नदिनुहोस् । किनकि म तपाईंमा पुकारा गर्छु । दुष्‍टहरू अपमानित होऊन्! तिनीहरू चिहानमा शान्‍त होऊन्!

    18धर्मीहरूका विरुद्धमा अहङ्कार र घृणासहित उपेक्षित रूपले बोल्ने ओठहरू चूप होऊन् ।

  • अय्यू 15:12-13
    2 पदहरू
    76%

    12तपाईंको हृदयले तपाईंलाई किन टाढा लैजान्छ? तपाईंका आँखा किन चम्किन्छन्?

    13जसले गर्दा आफ्‍नो आत्मालाई तपाईंले परमेश्‍वरको विरुद्धमा फर्काउनुहुन्छ, र आफ्नो मुखबाट यस्ता वचनहरू बोल्‍नुहुन्छ?

  • अय्यू 11:4-5
    2 पदहरू
    75%

    4किनकि तपाईं परमेश्‍वरलाई भन्‍नुहुन्छ, 'मेरो विश्‍वास शुद्ध छ; तपाईंको दृष्‍टिमा म दोषरहित छु ।'

    5तर परमेश्‍वर बोल्‍नुभए हुन्‍थ्‍यो, र तपाईंको विरुद्धमा आफ्नो ओठ खोल्‍नुभए हुन्‍थ्‍यो ।

  • 10नत्रता सुन्‍ने व्यक्तिले तँमाथि लाज र तेरो विषयमा भएको खराब प्रतिवेदन ल्याउने छ जसलाई चुप गराउन सकिँदैन ।

  • अय्यू 15:3-4
    2 पदहरू
    74%

    3के उहाँले बेफाइदाका कुराले, अनि आफूले भलो गर्न नसक्‍ने बोलीले तर्क गर्नू?

    4वास्तवमा तपाईंले परमेश्‍वरको आदर घटाउनुहुन्‍छ । उहाँको भक्तिमा तपाईंले बाधा दिनुहुन्छ ।

  • अय्यू 21:3-4
    2 पदहरू
    74%

    3मलाई सुन्‍नुहोस्, र म पनि बोल्नेछु । मैले बोलेर सकेपछि निरन्‍तर गिल्ला गर्नुहोस् ।

    4मेरो बारेमा, के मैले मानिसलाई गुनासो गरेको हो र? म किन अधैर्य नहुनू?

  • 7परमेश्‍वरको लागि तपाईंहरू अधार्मिकताले बोल्नुहुनेछ र? अनि तपाईंहरू उहाँको लागि छलले कुरा गर्नुहुनेछ र?

  • 2निश्‍चय नै गिल्ला गर्नेहरू मसितै छन् । मेरो आँखाले सधैं तिनीहरूको रिसलाई हेर्नुपर्छ ।

  • 3यी दस पटक तपाईंहरूले मेरो अपमान गर्नुभएको छ । तपाईंहरूले मलाई कठोरतापूर्वक व्यवहार गरे पनि तपाईंहरू लाज मान्‍नुहुन्‍न ।

  • 3ए झुटा बोल्ने जिब्रो, उहाँले तँलाई कस्तो दण्ड दिनुहुनेछ र तँलाई अझ धेरै के गर्नुहुनेछ?

  • 5तपाईंहरू सबैजना सँगै चूप लाग्‍नुहोस् । त्यो नै तपाईंहरूको बुद्धि हुन्‍छ ।

  • 26तिमीहरूमाथि विपत्ति आइपर्दा म खिसी गर्ने छु; त्रास आउँदा म तिमीहरूलाई उपहास गर्ने छु-

  • 5तपाईंहरूले आफूलाई मभन्दा माथि उचाल्नुहुन्‍छ, र मेरो तुच्‍छता मेरै विरुद्धमा प्रयोग गर्नुहुन्‍छ भने,

  • 21तर पनि उहाँले तपाईंको मुखमा हाँसो, र तपाईंको ओठमा आनन्‍दको सोरले भर्नुहुनेछ ।

  • 19जसले आफ्नो छिमेकीलाई धोका दिइसकेपछि भन्छ, “के मैले ठट्टा गर्दै थिइनँ र?”

  • 11उहाँको वैभवले तपाईंहरूलाई आतङ्कित पार्दैन र? उहाँको डर तपाईंहरूमाथि पर्दैन र?

  • 3के तपाईंले यीमध्ये कुनैलाई हेर्नुहुन्छ? के तपाईंले मलाई आफूसँगै न्यायमा ल्याउनुहुन्छ?

  • 6तपाईंको आफ्नै मुखले तपाईंलाई दोषी ठहराउँछ, मेरो होइन । वास्तवमा, तपाईंको आफ्नै ओठले तपाईंको विरुद्धमा बोल्‍छ ।

  • 6धर्मीहरूले यो देख्‍नेछन् र भय मान्‍नेछन् । तिनीहरूले त्यसलाई हाँसो उडाउनेछन् र यसो भन्‍नेछन्,

  • 2ए मानिसहरू, मेरो इज्‍जतलाई तिमीहरू कहिलेसम्म लाजमा परिवर्तन गर्छौ? कहिलेसम्म तिमीहरू व्‍यर्थका कुरालाई प्रेम गर्छौ अनि झुटको पछि लग्छौ? सेला

  • 32आफैलाई उचालेर तँ मूर्ख भएको छस् भने वा तैँले खराबीको योजना रचेको छस् भने हातले तेरो मुख थुनिहाल् ।

  • 1¶ हे वीर मानिस, दुःख दिनमा तिमी किन घमण्ड गर्छौ? परमेश्‍वरको करारको विश्‍वस्‍तता हरेक दिन आउँछ ।

  • 3आफ्ना हातको कामलाई तुच्छ ठान्‍नलाई, तपाईंले मेरो थिचोमिचो गर्नु असल हो र, जब कि दुष्‍टहरूका योजनाहरूमा तपाईं मुस्‍काउनुहुन्‍छ?

  • 5गरिबलाई गिल्ला गर्नेले आफ्नो सृष्‍टिकर्ताको अपमान गर्छ, र अर्काको विपत्तिमा रमाउनेचाहिँ दण्डविना उम्कने छैन ।

  • 6उहाँका वचनहरूमा नथप् नत्रता उहाँले तँलाई अनुशासनमा राख्‍नुहुने छ, र तँ झुटो ठहरिने छस् ।

  • 25यस्तो होइन भने, कसले मलाई झुटा प्रमाणित गर्न सक्छ? कसले मेरो वचनलाई निरर्थक बनाउन सक्छ?

  • 20म उहाँसित बोल्न चाहन्छु भनेर उहाँलाई भन्‍नुपर्छ र? कुनै व्यक्तिले आफूलाई निलियोस् भन्‍ने इच्‍छा गर्छ र?

  • 4म आफ्‍नो छिमेकीको हाँस्‍ने कुरा भएको छु, मैले परमेश्‍वरमा पुकारा गरें अनि उहाँले मलाई जवाफ दिनुभयो । म न्यायी र दोषरहित मानिस— अहिले म हाँस्‍ने कुरा भएको छु ।

  • 3त्यसका शब्दहरू पापी र छली छन् । त्यसले बुद्धिमान हुने र असल गर्ने इच्‍छा गर्दैन ।

  • 3दुष्‍ट मानिस आउँदा त्योसितै हेला, लाज र निन्दा पनि आउँछन् ।

  • 4तपाईंले उहाँको आदर गरेको हुनाले, उहाँले तपाईंलाई हप्काउनुहुन्छ अनि तपाईंलाई इन्साफमा लानुहुन्छ र?

  • 3किनकि तपाईं सोध्‍नुहुन्छ, 'यसबाट मलाई के फाइदा हुन्‍छ?' अनि 'मैले पाप गर्दा मलाई के असल हुन्‍छ र?’

  • 17“के मरणशील मानिस परमेश्‍वरभन्दा बढी धर्मी हुन्छ र? के मानिस आफूलाई बनाउनेभन्दा बढी शुद्ध हुन्छ?

  • 2कसैले तेरो प्रशंसा गरोस्, तेरै आफ्नै मुखले होइन; परदेशीले गरोस्, तेरो ओठले होइन ।

  • 26मेरो कष्‍टमा आनन्‍दित हुनेहरू लज्‍जित होऊन् र तिनीहरू व्‍याकुल होऊन् । ममाथि आफैलाई उच्‍च पार्नेहरू लाज र अनादरले ढाकिन परोस् ।

  • 10हे परमेश्‍वर, शत्रुहरूले कहिलेसम्म हामीलाई अपमान गर्छन्? के शत्रुहरूले सदासर्वदा तपाईंको निन्दा गर्नेछन्?

  • 4तिमीहरू खुसी हुँदै कसलाई गिल्‍ला गर्दैछौ? कसको विरुद्धमा तिमीहरूले मुख खोल्‍दैछौ र जिब्रो निकाल्दैछौ? के तिमीहरू विद्रोह र छलका छोराछोरी होइनौ र?

  • 34तपाईंहरूका व्यर्थका कुराले मलाई कसरी सान्त्वना दिन्‍छ, किनकि तपाईंहरूको जवाफमा झुटबाहेक केही छैन?”

  • 21तैंले यी कुराहरू गरेको छस्, तर म चूप लागेको छु । त्यसैले म पनि तँजस्तै हो भनी तैंले विचार गरिस् । तर म तेरो निन्दा गर्नेछु र तैंले गरेका सबै कुरा तेरै आँखाको सामु ल्याउनेछु ।

  • 11“तिमीहरू कसको विषयमा चिन्तित हुन्‍छौ? तिमीहरूले कसको भय यति धेरै मान्छौ, जसले तिमीहरूलाई यति धेरै धोकापुर्ण रूपमा काम गर्ने बनाएको छ, यति धेरै कि तिमीहरूले मेरो याद गर्दैनौ न त मेरो बारेमा विचार नै गर्छौ? म यति लामो समयसम्म मौन भएको हुनाले, मसँग तिमीहरू फेरि डराउँदैनौ ।

  • 11तर राजाचाहिं परमेश्‍वरमा आनन्‍दित हुनेछन् । उहाँद्वारा शपथ खाने हरेकले उहाँमा गौरव गर्नेछन्, तर झुट बोल्नेहरूका मुख बन्द गरिनेछ ।

  • 3तपाईंको दृष्‍टिमा हामीलाई किन जङ्गली पशुहरू जस्‍तै मूर्ख छौं?