अय्यूब 15:3
के उहाँले बेफाइदाका कुराले, अनि आफूले भलो गर्न नसक्ने बोलीले तर्क गर्नू?
के उहाँले बेफाइदाका कुराले, अनि आफूले भलो गर्न नसक्ने बोलीले तर्क गर्नू?
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
2“के बुद्धिमान् मानिसले व्यर्थको ज्ञानले जवाफ दिनू? र के आफैलाई पूर्वीय बतासले भर्नू?
3के व्यर्थका शब्दहरू कहिल्यै अन्त्य हुन्छन् कि? तपाईंहरूलाई के भयो जसले गर्दा तपाईंहरू यसरी जवाफ दिनुहुन्छ?
25इमानदार वचन कति पीडादयक हुन्छन्! तर तपाईंका तर्कहरू, कसरी तिनले मलाई साँच्चै हप्काउँछन् र?
26मेरा वचनलाई बेवास्ता गर्ने योजना गर्नुहुन्छ, निराश मानिसका वचनलाई बतासझैं तपाईं गर्नुहुन्छ?
2“यति धेरै शब्दका जवाफ दिनुहुँदैन र? धेरै बोल्ने यी मानिसलाई विश्वास गर्नुपर्छ र?
3तपाईंको अहङ्कारले अरूलाई मौन बनाउनुपर्छ र? तपाईंले खिसी गर्नुहुँदा, कसैले तपाईंलाई लाजमा पार्नेछैन र?
3बुद्धि नभएको मानिसलाई तपाईंले कसरी सल्लाह दिनुभएको छ, र उसलाई उचित ज्ञान सिकाउनुभएको छ!
4कसको सहायताद्वारा तपाईंले यी वचनहरू बोल्नुभएको छ? तपाईंबाट बाहिर निस्केको आत्मा कसको थियो?
9किनकि तिनले भनेका छन्, 'परमेश्वरले जे इच्छा गर्नुहुन्छ त्यो गर्नमा मानिसलाई कुनै रमाहट हुँदैन ।'
16त्यसैले अय्यूबले मूर्ख कुरा बोल्न मात्र आफ्नो मुख खोल्नुहुन्छ । उहाँले ज्ञानविनाका शब्दहरूको थुप्रो लगाउनुहुन्छ ।”
15सर्वशक्तिमान् को हो र हामीले उहाँको आराधना गर्नू? हामीले उहाँमा प्रार्थना चढायौं भने हामीले के लाभ पाउँछौं र?'
5तपाईंहरू सबैजना सँगै चूप लाग्नुहोस् । त्यो नै तपाईंहरूको बुद्धि हुन्छ ।
6अब मेरो आफ्नै तर्क सुन्नुहोस् । मेरो आफ्नै ओठको बिन्तीलाई सुन्नुहोस् ।
7परमेश्वरको लागि तपाईंहरू अधार्मिकताले बोल्नुहुनेछ र? अनि तपाईंहरू उहाँको लागि छलले कुरा गर्नुहुनेछ र?
13जसले गर्दा आफ्नो आत्मालाई तपाईंले परमेश्वरको विरुद्धमा फर्काउनुहुन्छ, र आफ्नो मुखबाट यस्ता वचनहरू बोल्नुहुन्छ?
2“के मानिस परमेश्वरको लागि उपयोगी हुन सक्छ र? के बुद्धिमान् मानिस उहाँको लागि उपयोगी हुन सक्छ र?
3तपाईं धर्मी हुनुहुन्छ भने, सर्वशक्तिमान्लाई के आनन्द मिल्छ र? तपाईंले आफ्ना मार्गहरू दोषरहित बनाउनुहुन्छ भने, त्यो उहाँको लाभ हो र?
4तपाईंले उहाँको आदर गरेको हुनाले, उहाँले तपाईंलाई हप्काउनुहुन्छ अनि तपाईंलाई इन्साफमा लानुहुन्छ र?
3त्यसका शब्दहरू पापी र छली छन् । त्यसले बुद्धिमान हुने र असल गर्ने इच्छा गर्दैन ।
35'अय्यूब ज्ञानविनै बोल्छन् । तिनका शब्दहरूमा बुद्धिका कुरा छैनन् ।'
23सबै कडा परिश्रमले लाभ ल्याउँछ, तर कुरा मात्र गर्नाले गरिबीमा पुर्याउँछ ।
14किनकि अय्यूबले आफ्ना वचनहरू मेरो विरुद्धमा बोलेका छैनन् । त्यसैले तपाईंहरूकै जवाफले म तिनलाई जवाफ दिनेछैनँ ।
13उहाँको विरुद्धमा तपाईं किन सङ्घर्ष गर्नुहुन्छ? उहाँले त आफ्ना कुनै पनि कामको लेखा दिनुपर्दैन ।
9कामदारले आफ्नो परिश्रमबाट के लाभ पाउँछ र?
14कति थोरै जवाफ मैले उहाँलाई दिन सक्छु, उहाँसित तर्क गर्न म शब्दहरू छान्न सक्छु र?
2“ज्ञानविनाका शब्दहरू बोलेर, योजनाहरूमा अन्धकार ल्याउने यो को हो?
20म उहाँसित बोल्न चाहन्छु भनेर उहाँलाई भन्नुपर्छ र? कुनै व्यक्तिले आफूलाई निलियोस् भन्ने इच्छा गर्छ र?
4वास्तवमा तपाईंले परमेश्वरको आदर घटाउनुहुन्छ । उहाँको भक्तिमा तपाईंले बाधा दिनुहुन्छ ।
13जसरी मूर्खको मुखबाट वचनहरू प्रवाह हुन थाल्छन्, त्यसै गरी मूर्खता बाहिर आउँछ, र अन्त्यमा त्यसको मुखबाट दुष्ट पागलपना बाहिर निस्कन्छ ।
3तापनि, बरु म सर्वशक्तिमान्सित बोल्छु । म परमेश्वरसित तर्क गर्ने इच्छा गर्छु ।
2“कसैलाई तपाईंसित कुरा गर्ने प्रयास गर्यो भने के तपाईं अधैर्य बन्नुहुन्छ? तर कसले आफैलाई बोल्नबाट रोक्न सक्छ?
2“आलोचना गर्न चाहनेले सर्वशक्तिमान्लाई सुधार्ने कोसिस गर्नुपर्छ र? जसले परमेश्वरसित विवाद गर्छ, त्यसले जवाफ देओस् ।”
30तँलाई कसैले हानि नपुर्याउँदा विनाकारण त्यससित तर्क-वितर्क नगर् ।
9मूर्खले सुन्ने गरी नबोल्, किनकि त्यसले तेरा वचनहरूको बुद्धिलाई तुच्छ ठान्ने छ ।
3किनकि तपाईं सोध्नुहुन्छ, 'यसबाट मलाई के फाइदा हुन्छ?' अनि 'मैले पाप गर्दा मलाई के असल हुन्छ र?’
30उसले अन्धकारबाट छुटकारा पाउनेछैन । ज्वालाले उसका हाँगाहरूलाई सुकाउनेछ । परमेश्वरको मुखको सासले ऊ मर्नेछ ।
16बुद्धिको विषयमा सिक्न मूर्खले किन पैसा तिर्ने जब कि त्योसित यसलाई सिक्ने कुनै क्षमता नै छैन?
9तर व्यवस्थाबारेको मूर्खतापूर्ण वादविवादहरू, वंशावलीहरू, झगडा र द्वन्दबाट अलग रहनू । ती कुराहरू मूल्यहीन र बेफाइदाका छन् ।
14पृथ्वीका राजाहरू र सल्लाहकारहरूका साथमा, जसले आफ्नै लागि चिहानहरू बनाए, जुन अहिले ध्वस्त छन् ।
2“आफ्नो कुरा तपाईं कहिले बन्द गर्नुहुन्छ? विचार गर्नुहोस्, र त्यसपछि हामी बोल्नेछौं ।
3उसले परमेश्वरसित तर्क गर्न चाह्यो भने, उसले हजारपल्टमा एकपल्ट पनि जवाफ दिन सक्दैन ।
3के तपाईंले यीमध्ये कुनैलाई हेर्नुहुन्छ? के तपाईंले मलाई आफूसँगै न्यायमा ल्याउनुहुन्छ?
5मूर्खलाई जवाफ दे र त्यसको मूर्खतामा मिल् ताकि त्यो त्यसको आफ्नै दृष्टिमा बुद्धिमान् नहोस् ।
3मानिसले सूर्यमूनि कठिन परिश्रम गर्दा सारा कामबाट उसले के लाभ पाउँछ र?
9उहाँले तपाईंहरूको खोजी गर्नुहुँदा तपाईंहरूको भलो हुनेछ त? तपाईंहरूले मानिसहरूलाई छल गरेझैं उहाँलाई छल गर्न सक्नुहुन्छ र?
3के त्यसले तँलाई धेरै बिन्ती चढाउनेछ र? के त्यसले तँसित नम्र वचनहरू बोल्नेछ र?
4त्यो व्याक्ति घमण्डी हो र केही पनि जान्दैन, बरु ऊ विवादहरू र शब्दहरूको बरेमा गरिने तर्कहरूले झगडा गर्छ,जेलिएको हुन्छ । ती शब्दहरूले डाह, कलह, बदनामी, खराब शंकाहरू र,
19जहाँ धेरै कुरा गरिन्छ, त्यहाँ अपराधको कमी हुँदैन, तर आफूले बोल्ने कुरामा सतर्क हुनेचाहिँ बुद्धिमानी हो ।
3आफ्ना हातको कामलाई तुच्छ ठान्नलाई, तपाईंले मेरो थिचोमिचो गर्नु असल हो र, जब कि दुष्टहरूका योजनाहरूमा तपाईं मुस्काउनुहुन्छ?
4मेरो बारेमा, के मैले मानिसलाई गुनासो गरेको हो र? म किन अधैर्य नहुनू?