अय्यूब 11:2
“यति धेरै शब्दका जवाफ दिनुहुँदैन र? धेरै बोल्ने यी मानिसलाई विश्वास गर्नुपर्छ र?
“यति धेरै शब्दका जवाफ दिनुहुँदैन र? धेरै बोल्ने यी मानिसलाई विश्वास गर्नुपर्छ र?
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
1¶ सोपर नमातीले जवाफ दिए र यसो भने,
3तपाईंको अहङ्कारले अरूलाई मौन बनाउनुपर्छ र? तपाईंले खिसी गर्नुहुँदा, कसैले तपाईंलाई लाजमा पार्नेछैन र?
3के व्यर्थका शब्दहरू कहिल्यै अन्त्य हुन्छन् कि? तपाईंहरूलाई के भयो जसले गर्दा तपाईंहरू यसरी जवाफ दिनुहुन्छ?
1¶ तब सोपर नमातीले जवाफ दिए र यसो भने,
2“ममा भएको चिन्ताको कारणले, मेरा विचारहरूले मलाई झट्टै जवाफ दिने बनाउँछन् ।
1¶ तब एलीपज तेमानीले जवाफ दिए र भने,
2“के बुद्धिमान् मानिसले व्यर्थको ज्ञानले जवाफ दिनू? र के आफैलाई पूर्वीय बतासले भर्नू?
3के उहाँले बेफाइदाका कुराले, अनि आफूले भलो गर्न नसक्ने बोलीले तर्क गर्नू?
1¶ तब बिल्दद शुहीले जवाफ दिए र भने,
2“आफ्नो कुरा तपाईं कहिले बन्द गर्नुहुन्छ? विचार गर्नुहोस्, र त्यसपछि हामी बोल्नेछौं ।
1¶ तब बिल्दाद शुहीले जवाफ दिए र भने,
2“तपाईं कहिलेसम्म यी कुरा भन्नुहुन्छ? कहिलेसम्म तपाईंको मुखका वचन शक्तिशाली बतास हुनेछन्?
1¶ तब एलीपज तेमानीले जवाफ दिए र भने,
2“कसैलाई तपाईंसित कुरा गर्ने प्रयास गर्यो भने के तपाईं अधैर्य बन्नुहुन्छ? तर कसले आफैलाई बोल्नबाट रोक्न सक्छ?
2“आलोचना गर्न चाहनेले सर्वशक्तिमान्लाई सुधार्ने कोसिस गर्नुपर्छ र? जसले परमेश्वरसित विवाद गर्छ, त्यसले जवाफ देओस् ।”
3तब अय्यूबले परमेश्वरलाई जवाफ दिए र यसो भने,
20म उहाँसित बोल्न चाहन्छु भनेर उहाँलाई भन्नुपर्छ र? कुनै व्यक्तिले आफूलाई निलियोस् भन्ने इच्छा गर्छ र?
16त्यसैले अय्यूबले मूर्ख कुरा बोल्न मात्र आफ्नो मुख खोल्नुहुन्छ । उहाँले ज्ञानविनाका शब्दहरूको थुप्रो लगाउनुहुन्छ ।”
3मलाई सुन्नुहोस्, र म पनि बोल्नेछु । मैले बोलेर सकेपछि निरन्तर गिल्ला गर्नुहोस् ।
4मेरो बारेमा, के मैले मानिसलाई गुनासो गरेको हो र? म किन अधैर्य नहुनू?
32तपाईंसित भन्नुपर्ने कुनै कुरा छ भने मलाई जवाफ दिनुहोस् । बोल्नुहोस्, किनकि तपाईं ठिक हुनुहुन्छ भनी म प्रमाणित गर्न चाहान्छु ।
14कति थोरै जवाफ मैले उहाँलाई दिन सक्छु, उहाँसित तर्क गर्न म शब्दहरू छान्न सक्छु र?
14किनकि अय्यूबले आफ्ना वचनहरू मेरो विरुद्धमा बोलेका छैनन् । त्यसैले तपाईंहरूकै जवाफले म तिनलाई जवाफ दिनेछैनँ ।
13जसले गर्दा आफ्नो आत्मालाई तपाईंले परमेश्वरको विरुद्धमा फर्काउनुहुन्छ, र आफ्नो मुखबाट यस्ता वचनहरू बोल्नुहुन्छ?
25इमानदार वचन कति पीडादयक हुन्छन्! तर तपाईंका तर्कहरू, कसरी तिनले मलाई साँच्चै हप्काउँछन् र?
26मेरा वचनलाई बेवास्ता गर्ने योजना गर्नुहुन्छ, निराश मानिसका वचनलाई बतासझैं तपाईं गर्नुहुन्छ?
19जहाँ धेरै कुरा गरिन्छ, त्यहाँ अपराधको कमी हुँदैन, तर आफूले बोल्ने कुरामा सतर्क हुनेचाहिँ बुद्धिमानी हो ।
2बोल्नमा हतार नगर्, र परमेश्वरको सामु आफ्नो विषय लैजान तेरो हृदयमा आतुरी नगर् । परमेश्वर स्वर्गमा हुनुहुन्छ, तर तँ पृथ्वीमा छस् । त्यसैले तेरा वचनहरू थोरै होऊन् ।
3तैँले गर्नुपर्ने र चिन्ता लिनुपर्ने धेरै कुराहरू छन् भने तैँले सम्भवतः खराब सपना देख्ने छस् । तैँले जति धेरै बोल्छस्, सम्भवतः त्यति नै धेरै मूर्ख कुराहरू ओकल्छस् ।
1¶ तब एलीपज तेमानीले जवाफ दिए र यसो भने,
2“के मानिस परमेश्वरको लागि उपयोगी हुन सक्छ र? के बुद्धिमान् मानिस उहाँको लागि उपयोगी हुन सक्छ र?
3उसले परमेश्वरसित तर्क गर्न चाह्यो भने, उसले हजारपल्टमा एकपल्ट पनि जवाफ दिन सक्दैन ।
2“ज्ञानविनाका शब्दहरू बोलेर, योजनाहरूमा अन्धकार ल्याउने यो को हो?
9उहाँले तपाईंहरूको खोजी गर्नुहुँदा तपाईंहरूको भलो हुनेछ त? तपाईंहरूले मानिसहरूलाई छल गरेझैं उहाँलाई छल गर्न सक्नुहुन्छ र?
1¶ तब अय्यूबले जवाफ दिए र भने,
2“जब तपाईं भन्नुहुन्छ, 'परमेश्वरको सामु मेरो अधिकार' तब त्यो न्यायोचित नै हो भन्ने विचार तपाईंलाई हुन्छ?
12हेर्नुहोस्, यो कुरोमा तपाईं ठिक हुनुहुन्न— म तपाईंलाई जवाफ दिन्छु, किनकि परमेश्वर मानिसभन्दा महान् हुनुहुन्छ ।
13उहाँको विरुद्धमा तपाईं किन सङ्घर्ष गर्नुहुन्छ? उहाँले त आफ्ना कुनै पनि कामको लेखा दिनुपर्दैन ।
17“के मरणशील मानिस परमेश्वरभन्दा बढी धर्मी हुन्छ र? के मानिस आफूलाई बनाउनेभन्दा बढी शुद्ध हुन्छ?
34सुझबुझ भएका मानिसहरूले मलाई भन्नेछन्— वास्तवमा मेरो कुरा सुन्ने हरेक बुद्धिमान् मानिसले भन्नेछ,
3बुद्धि नभएको मानिसलाई तपाईंले कसरी सल्लाह दिनुभएको छ, र उसलाई उचित ज्ञान सिकाउनुभएको छ!
5तर परमेश्वर बोल्नुभए हुन्थ्यो, र तपाईंको विरुद्धमा आफ्नो ओठ खोल्नुभए हुन्थ्यो ।
7परमेश्वरको लागि तपाईंहरू अधार्मिकताले बोल्नुहुनेछ र? अनि तपाईंहरू उहाँको लागि छलले कुरा गर्नुहुनेछ र?
7मैले भनें, “बुढा-पाकाले बोल्नुपर्छ । धेरै वर्ष बिताएकाहरूले बुद्धि सिकाउनुपर्छ ।
1¶ तब अय्यूबले जवाफ दिए र भने,
2“कहिलेसम्म तपाईंहरूले मलाई दुःख दिनुहुन्छ, र वचनले मलाई टुक्राटुक्रा पार्नुहुन्छ?
5मूर्खलाई जवाफ दे र त्यसको मूर्खतामा मिल् ताकि त्यो त्यसको आफ्नै दृष्टिमा बुद्धिमान् नहोस् ।
1¶ तब अय्यूबले जवाफ दिए र भने,
1¶ तब अय्यूबले जवाफ दिए र भने,
32किनकि परमेश्वर मजस्तै मानिस हुनुहुन्न, कि म उहाँलाई जवाफ दिन सकूँ, वा अदालतमा हामी सँगसँगै आउन सकौं ।