अय्यूब 11:5

अनलक शाब्दिक बाइबल

तर परमेश्‍वर बोल्‍नुभए हुन्‍थ्‍यो, र तपाईंको विरुद्धमा आफ्नो ओठ खोल्‍नुभए हुन्‍थ्‍यो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 38:1-2 : 1 ¶ तब परमप्रभुले अय्यूबलाई प्रचण्ड आँधीबाट बोलाउनुभयो र यसो भन्‍नुभयो, 2 “ज्ञानविनाका शब्‍दहरू बोलेर, योजनाहरूमा अन्धकार ल्याउने यो को हो?
  • अय्यू 40:1-5 : 1 ¶ परमप्रभुले अय्यूबसित निरन्‍तर बोल्‍नुभयो । उहाँले यसो भन्‍नुभयो, 2 “आलोचना गर्न चाहनेले सर्वशक्तिमान्‌लाई सुधार्ने कोसिस गर्नुपर्छ र? जसले परमेश्‍वरसित विवाद गर्छ, त्‍यसले जवाफ देओस् ।” 3 तब अय्यूबले परमेश्‍वरलाई जवाफ दिए र यसो भने, 4 “हेर्नुहोस्, म नगण्य छु । मैले तपाईंलाई कसरी जवाफ दिन सक्छु र? म आफ्‍नो हातलाई आफ्‍नो मुखमा राख्छु । 5 मैले एकपल्‍ट बोलें, अनि म अब जवाफ दिने छैनँ । वास्तवमा दुई पकट बोलें, तर म अरू अगाडि बढनेछैनँ ।”
  • अय्यू 40:8 : 8 के म अन्यायी छु भनेर तँ साँच्‍चै भन्‍छस्? तैंले आफू ठिक छु भनी दाबी गर्नलाई तँ मलाई दोष लगाउँछस्?
  • अय्यू 42:7 : 7 परमप्रभुले अय्यूबसित यी वचनहरू बोल्‍नुभएपछि, उहाँले एलीपज तेमानीलाई भन्‍नुभयो, “तँ र तेरा दुई जना मित्रको विरुद्धमा मेरो क्रोध दन्किएको छ, किनकि मेरो दास अय्यूबले झैं तिमीहरूले मेरो विषयमा जे ठिक छ, सो बोलेका छैनौ ।
  • अय्यू 23:3-7 : 3 ओहो, उहाँलाई मैले कहाँ भेट्न सक्‍छु भनी मैले जानेको भए! ओहो, म उहाँको बासस्थानमा गएको भए! 4 उहाँको सामु म आफ्‍नो मुद्दालाई क्रमैसित राख्‍नेथिएँ, अनि मेरो मुखलाई तर्कले भर्नेथिएँ । 5 उहाँले मलाई जवाफ दिएर भन्‍नुहुने वचनहरू म सिक्‍नेथिएँ, र उहाँले मलाई भन्‍नुहुने कुरा बुझ्नेथिएँ । 6 उहाँले आफ्नो शक्तिको महान्‌तामा मेरो विरुद्धमा तर्क गर्नुहुन्छ? अहँ, बरु उहाँले मेरो कुरामा ध्यान दिनुहुन्छ । 7 त्यहाँ सोझाहरूले उहाँसित बहस गर्न सक्छन् । यसरी मेरा न्यायकर्ताले मलाई सधैंभरि निर्दोष ठहराउनुहुन्‍थ्‍यो ।
  • अय्यू 31:35 : 35 ओहो, मेरो कुरा सुन्‍ने कोही भए त, हेर्नुहोस्, मेरो हस्ताक्षर यहीँ छ । सर्वशक्तिमान्‌को जवाफ पाऊँ । मेरो प्रतिवादीले लेखेको दोष-पत्र मसित भए त,
  • अय्यू 33:6-9 : 6 हेर्नुहोस्, परमेश्‍वरको दृष्‍टिमा तपाईं जस्तो हुनुहुन्‍छ म पनि त्‍यस्‍तै हुँ । म पनि माटैबाट रचना गरिएको हुँ । 7 हेर्नुहोस्, मेरो डरले तपाईंलाई त्रसित नपारोस्, न त मेरो बोझ तपाईंलाई गह्रौं होस् । 8 तपाईंले निश्‍चय पनि मैले सुन्‍ने गरी बोल्नुभएको छ । तपाईंका वचनहरूका आवाजले यसो भनेको मैले सुनेको छु, 9 'म शुद्ध र अपराधरहित छु । म निर्दोष छु, र ममा कुनै पाप छैन । 10 परमेश्‍वरले मलाई आक्रमण गर्ने मौकाहरू खोज्‍नुहुन्‍छ । उहाँले मलाई आफ्नो शत्रु ठान्‍नुहुन्छ । 11 उहाँले मेरो खुट्टा ठिंगुरोमा हाल्नुहुन्छ । उहाँले मेरा सबै मार्ग नियालेर हेर्नुहुन्छ ।' 12 हेर्नुहोस्, यो कुरोमा तपाईं ठिक हुनुहुन्‍न— म तपाईंलाई जवाफ दिन्छु, किनकि परमेश्‍वर मानिसभन्दा महान् हुनुहुन्छ । 13 उहाँको विरुद्धमा तपाईं किन सङ्घर्ष गर्नुहुन्छ? उहाँले त आफ्ना कुनै पनि कामको लेखा दिनुपर्दैन । 14 परमेश्‍वरले एक पटक, दुई पटक बोल्नुहुन्छ, तापनि मानिसले त्‍यसको ख्याल गर्दैन । 15 राती सपनामा, दर्शनमा, मानिसहरू मस्त निद्रामा पर्दा, ओछ्यानमा सुतेको समयमा, 16 तब परमेश्‍वरले मानिसहरूका कान खोल्‍नुहुन्छ, र तिनीहरूलाई चेतावनीहरूले तर्साउनुहुन्छ, 17 मानिसका पापी उद्देश्यहरूबाट उसलाई फर्काएर ल्याउनलाई, र अहङ्कारलाई ऊबाट टाढा राख्‍नलाई । 18 परमेश्‍वरले मानिसको जीवनलाई खाडल पर्नबाट, उसको जीवनलाई मृत्युमा जानबाट बचाउनुहुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 6उहाँले तपाईंलाई बुद्धिका रहस्यहरू देखाउनुहुन्‍थ्‍यो । किनकि समझशक्तिमा उहाँ महान् हुनुहुन्छ । तपाईंको अधर्मले पाउनेभन्दा थोरै दण्‍ड परमेश्‍वरले तपाईं दिनुहुन्छ भनी जान्‍नुहोस् ।

  • अय्यू 15:11-13
    3 पदहरू
    79%

    11परमेश्‍वरको सान्त्वना, तपाईंप्रति कोमल वचनहरू, के ती तपाईं ज्‍यादै तुच्‍छ छन् र?

    12तपाईंको हृदयले तपाईंलाई किन टाढा लैजान्छ? तपाईंका आँखा किन चम्किन्छन्?

    13जसले गर्दा आफ्‍नो आत्मालाई तपाईंले परमेश्‍वरको विरुद्धमा फर्काउनुहुन्छ, र आफ्नो मुखबाट यस्ता वचनहरू बोल्‍नुहुन्छ?

  • अय्यू 11:3-4
    2 पदहरू
    78%

    3तपाईंको अहङ्कारले अरूलाई मौन बनाउनुपर्छ र? तपाईंले खिसी गर्नुहुँदा, कसैले तपाईंलाई लाजमा पार्नेछैन र?

    4किनकि तपाईं परमेश्‍वरलाई भन्‍नुहुन्छ, 'मेरो विश्‍वास शुद्ध छ; तपाईंको दृष्‍टिमा म दोषरहित छु ।'

  • अय्यू 23:3-5
    3 पदहरू
    76%

    3ओहो, उहाँलाई मैले कहाँ भेट्न सक्‍छु भनी मैले जानेको भए! ओहो, म उहाँको बासस्थानमा गएको भए!

    4उहाँको सामु म आफ्‍नो मुद्दालाई क्रमैसित राख्‍नेथिएँ, अनि मेरो मुखलाई तर्कले भर्नेथिएँ ।

    5उहाँले मलाई जवाफ दिएर भन्‍नुहुने वचनहरू म सिक्‍नेथिएँ, र उहाँले मलाई भन्‍नुहुने कुरा बुझ्नेथिएँ ।

  • 3के तपाईंले यीमध्ये कुनैलाई हेर्नुहुन्छ? के तपाईंले मलाई आफूसँगै न्यायमा ल्याउनुहुन्छ?

  • अय्यू 13:5-7
    3 पदहरू
    75%

    5तपाईंहरू सबैजना सँगै चूप लाग्‍नुहोस् । त्यो नै तपाईंहरूको बुद्धि हुन्‍छ ।

    6अब मेरो आफ्नै तर्क सुन्‍नुहोस् । मेरो आफ्नै ओठको बिन्तीलाई सुन्‍नुहोस् ।

    7परमेश्‍वरको लागि तपाईंहरू अधार्मिकताले बोल्नुहुनेछ र? अनि तपाईंहरू उहाँको लागि छलले कुरा गर्नुहुनेछ र?

  • 35ओहो, मेरो कुरा सुन्‍ने कोही भए त, हेर्नुहोस्, मेरो हस्ताक्षर यहीँ छ । सर्वशक्तिमान्‌को जवाफ पाऊँ । मेरो प्रतिवादीले लेखेको दोष-पत्र मसित भए त,

  • 15हे परमप्रभु, मेरा ओठहरू खोल्नुहोस्, र मेरो मुखले तपाईंको प्रशंसा गाउनेछ ।

  • अय्यू 15:4-6
    3 पदहरू
    74%

    4वास्तवमा तपाईंले परमेश्‍वरको आदर घटाउनुहुन्‍छ । उहाँको भक्तिमा तपाईंले बाधा दिनुहुन्छ ।

    5किनकि तपाईंको अधर्मले तपाईंको मुखलाई सिकाउँछ । धूर्त मानिसको जिब्रो तपाईंले रोज्‍नुभयो ।

    6तपाईंको आफ्नै मुखले तपाईंलाई दोषी ठहराउँछ, मेरो होइन । वास्तवमा, तपाईंको आफ्नै ओठले तपाईंको विरुद्धमा बोल्‍छ ।

  • 3तापनि, बरु म सर्वशक्तिमान्‌सित बोल्‍छु । म परमेश्‍वरसित तर्क गर्ने इच्छा गर्छु ।

  • अय्यू 33:31-32
    2 पदहरू
    74%

    31हे अय्यूब, ध्यान दिनुहोस्, र मेरो कुरा सुन्‍नुहोस् । चुप लाग्‍नुहोस्, र म बोल्नेछु ।

    32तपाईंसित भन्‍नुपर्ने कुनै कुरा छ भने मलाई जवाफ दिनुहोस् । बोल्नुहोस्, किनकि तपाईं ठिक हुनुहुन्छ भनी म प्रमाणित गर्न चाहान्‍छु ।

  • 4तपाईंले मलाई भन्‍नुभयो, 'अब सुन्, र म बोल्नेछु । म तँलाई सोध्‍नेछु, र तैंले मलाई जवाफ दिनेछस् ।'

  • अय्यू 8:5-6
    2 पदहरू
    73%

    5तर मानौँ, तपाईंले परमेश्‍वरलाई बडो मेहनत गरेर खोज्नुभयो, अनि आफ्नो बिन्ती सर्वशक्तिमान्‌लाई चढाउनुभयो ।

    6तपाईं शुद्ध र सोझो हुनुहुन्छ भने, उहाँले निश्‍चय पनि तपाईंको पक्ष लिनुहुन्‍छ, र तपाईंको उचित स्थानमा तपाईंलाई पुनर्स्थापित गर्नुहुन्‍छ ।

  • 16तर दुष्‍टलाई परमेश्‍वर यसो भन्‍नुहुन्छ, “मेरा आदेशहरूका घोषणा गर्ने कुरा तँलाई के मतलब छ । तैंले मेरो करार तेरो मुखमा लिएको छस्,

  • 5तपाईंहरूले आफूलाई मभन्दा माथि उचाल्नुहुन्‍छ, र मेरो तुच्‍छता मेरै विरुद्धमा प्रयोग गर्नुहुन्‍छ भने,

  • अय्यू 33:1-2
    2 पदहरू
    73%

    1¶ त्यसैले अब, हे अय्यूब, मेरो कुरा सुन्‍न म तपाईंसित बिन्ती गर्छु, मेरा सबै शब्‍दहरू सुन्‍नुहोस् ।

    2हेर्नुहोस्, अब मैले आफ्‍नो मुख खोलेको छु । मेरो जिब्रोले मेरो मुखमा बोलेको छ ।

  • 22तब मलाई बोलाउनुहोस्, र म जवाफ दिनेछु । वा तपाईंसित म बोल्‍नेछु र तपाईंले जवाफ दिनुहोस् ।

  • 5तपाईं सक्‍नुहुन्छ भने मलाई जवाफ दिनुहोस् । आफ्‍ना बहसहरू मेरो सामु क्रमैसित राख्‍नुहोस्, र खडा हुनुहोस् ।

  • 20म उहाँसित बोल्न चाहन्छु भनेर उहाँलाई भन्‍नुपर्छ र? कुनै व्यक्तिले आफूलाई निलियोस् भन्‍ने इच्‍छा गर्छ र?

  • अय्यू 6:8-10
    3 पदहरू
    72%

    8हाय! मैले बिन्ती गरेको कुरा मसित भए! हाय, मैले चिताएको कुरा परमेश्‍वरले दिनुभए!

    9मलाई एकैचोटी धुलो पार्न परमेश्‍वर खुसी हुनुपर्छ! उहाँले आफ्‍नो हात उठाउनुपर्छ र यो जीवनबाट मलाई खतम पार्नुपर्छ!

    10यो अझै पनि मेरो सान्त्वना होस्– म पीडामा उफ्रे पनि त्‍यो घट्‍दैन, मैले परमपवित्रको वचन इन्कार गरेको छैनँ ।

  • 8तपाईंले परमेश्‍वरको ज्ञानको गुप्‍त कुरा सुन्‍नुभएको छ? तपाईंले बुद्धिलाई आफूमा मात्रै सीमित गर्नुहुन्छ र?

  • 8तपाईंले निश्‍चय पनि मैले सुन्‍ने गरी बोल्नुभएको छ । तपाईंका वचनहरूका आवाजले यसो भनेको मैले सुनेको छु,

  • 5मेरो मुखले तपाईंहरूलाई बलियो पार्थें, र मेरो ओठको बरबरले तपाईंहरूलाई राहत ल्याउँथें ।

  • 6सुन, किनकि म आदरणीय कुराहरूको विषयमा बताउने छु, र मेरो ओठ खुला हुँदा मैले सिधा कुराहरू भन्‍ने छु ।

  • अय्यू 10:2-3
    2 पदहरू
    71%

    2म परमेश्‍वरलाई भन्‍नेछु, 'मलाई दोषी ठहराउने काम मात्र नगर्नुहोस् । तपाईंले मलाई किन दोष लगाउनुहुन्छ सो देखाउनुहोस् ।

    3आफ्ना हातको कामलाई तुच्छ ठान्‍नलाई, तपाईंले मेरो थिचोमिचो गर्नु असल हो र, जब कि दुष्‍टहरूका योजनाहरूमा तपाईं मुस्‍काउनुहुन्‍छ?

  • 36अय्यूबले दुष्‍ट मानिसहरूले झैं कुरा गरेको हुनाले, तिनको भनेका स-साना कुरा लिएर जाँच गर्न सकिए त!

  • 24आफ्नो अनुहार मबाट तपाईं किन लुकाउनुहुन्‍छ, अनि मलाई आफ्नो शत्रुजस्‍तो व्यवहार किन गर्नुहुन्छ?

  • 11तर अब आफ्नो हात पसार्नुहोस् र तिनीसित भएका सबै थोकलाई छुनुहोस्, र हेर्नुहोस् कतै तिनले तपाईंको मुखैमा तपाईंलाई सराप्‍ने त छैनन् ।”

  • 2“कसैलाई तपाईंसित कुरा गर्ने प्रयास गर्‍यो भने के तपाईं अधैर्य बन्‍नुहुन्छ? तर कसले आफैलाई बोल्नबाट रोक्‍न सक्छ?

  • 5मलाई हेर्नुहोस् र छक्‍क पर्नुहोस्, र आफ्नो हातले आफ्‍नो मुख छुनुहोस् ।

  • 20म ताजा हुन सकूँ भनेर म बोल्नेछु । म आफ्‍नो ओठ खोल्नेछु, र बोल्नेछु ।

  • 6तपाईंले मेरो अधर्मको जाँचबूझ गर्नुहुन्छ, र मेरो पाप खोज्न गर्नुहुन्छ,

  • 7परमप्रभुले अय्यूबसित यी वचनहरू बोल्‍नुभएपछि, उहाँले एलीपज तेमानीलाई भन्‍नुभयो, “तँ र तेरा दुई जना मित्रको विरुद्धमा मेरो क्रोध दन्किएको छ, किनकि मेरो दास अय्यूबले झैं तिमीहरूले मेरो विषयमा जे ठिक छ, सो बोलेका छैनौ ।

  • 21तैंले यी कुराहरू गरेको छस्, तर म चूप लागेको छु । त्यसैले म पनि तँजस्तै हो भनी तैंले विचार गरिस् । तर म तेरो निन्दा गर्नेछु र तैंले गरेका सबै कुरा तेरै आँखाको सामु ल्याउनेछु ।

  • 16त्यसैले अय्यूबले मूर्ख कुरा बोल्न मात्र आफ्नो मुख खोल्‍नुहुन्‍छ । उहाँले ज्ञानविनाका शब्‍दहरूको थुप्रो लगाउनुहुन्‍छ ।”