अय्यूब 23:3

अनलक शाब्दिक बाइबल

ओहो, उहाँलाई मैले कहाँ भेट्न सक्‍छु भनी मैले जानेको भए! ओहो, म उहाँको बासस्थानमा गएको भए!

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 13:3 : 3 तापनि, बरु म सर्वशक्तिमान्‌सित बोल्‍छु । म परमेश्‍वरसित तर्क गर्ने इच्छा गर्छु ।
  • अय्यू 16:21 : 21 मानिसले आफ्नो छिमेकीलाई गरेझैं, स्वर्गमा हुनुभएको त्यो साक्षीलाई यस मानिसको पक्षमा परमेश्‍वरसित बहस गरिदिन म बिन्‍ती गर्छु ।
  • अय्यू 31:35-37 : 35 ओहो, मेरो कुरा सुन्‍ने कोही भए त, हेर्नुहोस्, मेरो हस्ताक्षर यहीँ छ । सर्वशक्तिमान्‌को जवाफ पाऊँ । मेरो प्रतिवादीले लेखेको दोष-पत्र मसित भए त, 36 निश्‍चय पनि त्‍यो म आफ्‍नै काँधमा खुलमखुला बोकेर हिंड्‍थें । मुकुटझैं त्‍यो म लगाउँथें । 37 जसरी निर्धक्‍क राजकुमार उहाँकहाँ जान्‍छन्, त्‍यसरी नै उहाँलाई म आफ्‍ना कदमहरूको हिसाब दिन्‍थें ।
  • अय्यू 40:1-5 : 1 ¶ परमप्रभुले अय्यूबसित निरन्‍तर बोल्‍नुभयो । उहाँले यसो भन्‍नुभयो, 2 “आलोचना गर्न चाहनेले सर्वशक्तिमान्‌लाई सुधार्ने कोसिस गर्नुपर्छ र? जसले परमेश्‍वरसित विवाद गर्छ, त्‍यसले जवाफ देओस् ।” 3 तब अय्यूबले परमेश्‍वरलाई जवाफ दिए र यसो भने, 4 “हेर्नुहोस्, म नगण्य छु । मैले तपाईंलाई कसरी जवाफ दिन सक्छु र? म आफ्‍नो हातलाई आफ्‍नो मुखमा राख्छु । 5 मैले एकपल्‍ट बोलें, अनि म अब जवाफ दिने छैनँ । वास्तवमा दुई पकट बोलें, तर म अरू अगाडि बढनेछैनँ ।”
  • यशा 26:8 : 8 हे परप्रभु, तपाईंको न्यायको मार्गमा, हामी तपाईंलाई पर्खन्छौं । तपाईंको नाउँ र तपाईंको प्रतिष्ठा नै हाम्रो चाहना हो ।
  • यशा 55:6-7 : 6 जबसम्‍म परमप्रभुलाई भेट्टाउन सक्‍छौ, तबसम्‍म उहाँलाई खोज । उहाँ नजिक हुनुहुँदा नै उहाँको खोजी गर । 7 दुष्‍टले आफ्नो बाटो र पापको मानिसले आफ्ना विचारहरू त्यागोस् । ऊ परमप्रभुमा फर्कोस्, र उहाँले उसलाई दया गर्नुहुनेछ र हाम्रा परमेश्‍वरमा जसले उसलाई प्रशस्‍त गरी क्षमा गर्नुहुनेछ ।
  • यिर्मि 14:7 : 7 हे परमप्रभु, हाम्रा अधर्मले हाम्रो विरुद्धमा गवाही दिए तापनि तपाईंकै नाउँको नाम्‍ति काम गर्नुहोस् । किनकि हाम्रा विश्‍वासहीन कामहरू वृद्धि हुन्छन् । हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं ।
  • २ कोरि 5:19-20 : 19 अर्थात् तिनीहरूका पापका लेखा नलिएर परमेश्‍वरले ख्रीष्‍टद्वारा संसारलाई आफूसित मिलापमा ल्याउँदै हुनुहुन्छ । उहाँले मिलापको सन्देशको जिम्मा हामीलाई सुम्पनुहुँदै छ । 20 त्यसैले, परमेश्‍वरले हामीद्वारा अनुरोध गरिरहनुभए झैँ गरेर हामी ख्रीष्‍टका दूतको रूपमा नियुक्त गरिएका छौँ । “परमेश्‍वरमा मिलापमा आओ!” भनेर हामी तिमीहरूसित ख्रीष्‍टको खातिर अनुरोध गर्छौं ।
  • इब्रा 4:6 : 6 त्यसकारण, उहाँको विश्राममा प्रवेश गर्न अझै कसैका लागि बाँकी नै छ, र धेरै इस्राएलीहरूले सुसमाचार सुने, तर तिनीहरूले आज्ञापालन नगरेको कारण यस विश्राममा प्रवेश गर्न सकेनन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • अय्यू 23:4-10
    7 पदहरू
    83%

    4उहाँको सामु म आफ्‍नो मुद्दालाई क्रमैसित राख्‍नेथिएँ, अनि मेरो मुखलाई तर्कले भर्नेथिएँ ।

    5उहाँले मलाई जवाफ दिएर भन्‍नुहुने वचनहरू म सिक्‍नेथिएँ, र उहाँले मलाई भन्‍नुहुने कुरा बुझ्नेथिएँ ।

    6उहाँले आफ्नो शक्तिको महान्‌तामा मेरो विरुद्धमा तर्क गर्नुहुन्छ? अहँ, बरु उहाँले मेरो कुरामा ध्यान दिनुहुन्छ ।

    7त्यहाँ सोझाहरूले उहाँसित बहस गर्न सक्छन् । यसरी मेरा न्यायकर्ताले मलाई सधैंभरि निर्दोष ठहराउनुहुन्‍थ्‍यो ।

    8हेर्नुहोस्, म पूर्वतिर जान्छु, उहाँ त्यहाँ हुनुहुन्‍न, अनि पश्‍चिमतिर जान्छु, तर म उहाँलाई भेट्‍न सक्‍दिन ।

    9उत्तरमा, जहाँ उहाँले काम गर्दै हुनुहुन्‍छ, तर म उहाँलाई देख्‍न सक्दिनँ, र दक्षिणमा जहाँ उहाँले आफैलाई लुकाउनुहुन्छ, जसले गर्दा म उहाँलाई देख्‍न सक्दिनँ ।

    10तर म हिंड्‍ने बाटो उहाँलाई थाहा छ । जब उहाँले मलाई जाँच्नुहुन्‍छ, तब म खारिएको सुनझैं हुनेछु ।

  • 3तापनि, बरु म सर्वशक्तिमान्‌सित बोल्‍छु । म परमेश्‍वरसित तर्क गर्ने इच्छा गर्छु ।

  • अय्यू 23:1-2
    2 पदहरू
    77%

    1¶ तब अय्यूबले जवाफ दिए र यसो भने,

    2“आज पनि मेरो गुनासो तितो छ । मेरो क्रन्दनको कारणले मेरो हात गह्रौं भएको छ ।

  • अय्यू 6:8-10
    3 पदहरू
    76%

    8हाय! मैले बिन्ती गरेको कुरा मसित भए! हाय, मैले चिताएको कुरा परमेश्‍वरले दिनुभए!

    9मलाई एकैचोटी धुलो पार्न परमेश्‍वर खुसी हुनुपर्छ! उहाँले आफ्‍नो हात उठाउनुपर्छ र यो जीवनबाट मलाई खतम पार्नुपर्छ!

    10यो अझै पनि मेरो सान्त्वना होस्– म पीडामा उफ्रे पनि त्‍यो घट्‍दैन, मैले परमपवित्रको वचन इन्कार गरेको छैनँ ।

  • 8तर मेरो बारेमा, स्‍वयम् परमेश्‍वरकहाँ नै म फर्कन्छु । उहाँमा नै म आफ्‍नो गुनासो समर्पित गर्छु—

  • अय्यू 31:35-37
    3 पदहरू
    75%

    35ओहो, मेरो कुरा सुन्‍ने कोही भए त, हेर्नुहोस्, मेरो हस्ताक्षर यहीँ छ । सर्वशक्तिमान्‌को जवाफ पाऊँ । मेरो प्रतिवादीले लेखेको दोष-पत्र मसित भए त,

    36निश्‍चय पनि त्‍यो म आफ्‍नै काँधमा खुलमखुला बोकेर हिंड्‍थें । मुकुटझैं त्‍यो म लगाउँथें ।

    37जसरी निर्धक्‍क राजकुमार उहाँकहाँ जान्‍छन्, त्‍यसरी नै उहाँलाई म आफ्‍ना कदमहरूको हिसाब दिन्‍थें ।

  • 23ओहो, मेरो वचनहरू यति बेला लेखिए त! ओहो, ती एउटा पुस्तकमा लेखिए त!

  • अय्यू 16:21-22
    2 पदहरू
    74%

    21मानिसले आफ्नो छिमेकीलाई गरेझैं, स्वर्गमा हुनुभएको त्यो साक्षीलाई यस मानिसको पक्षमा परमेश्‍वरसित बहस गरिदिन म बिन्‍ती गर्छु ।

    22किनकि जब केही वर्ष बितेर जान्‍छ, तब म त्यस्तो ठाउँमा जानेछु, जहाँबाट म फर्कनेछैनँ ।

  • 13दुखबाट टाढा तपाईंले मलाई पातालमा लुकाउनुहुन्‍छ, र तपाईंको रिस नमरेसम्म तपाईंले मलाई गुप्‍तमा राख्‍नुहुन्‍छ, र त्यहाँ म रहने समय तपाईंले तोक्‍नुहुन्‍छ, र मलाई याद गर्नुहुन्‍छ ।

  • अय्यू 29:2-3
    2 पदहरू
    72%

    2“ओहो, जस्‍तो म विगतका महिनाहरू थिएँ त्‍यस्‍तै म भए त, जति बेला परमेश्‍वरले मेरो वास्ता गर्नुहुन्‍थ्‍यो,

    3जति बेला उहाँको बत्ती मेरो शिरमाथि बल्‍थ्‍यो, र जति बेला उहाँको ज्योतिद्वारा म अन्धकारमा हिंड्‍थें ।

  • 23कसरी यसलाई पाउने हो परमेश्‍वरले बुझ्‍नुहुन्‍छ । यसको बासस्थान उहाँलाई थाहा छ ।

  • 2“हाय, मेरो वेदना जोखिएको भए, मेरा सबै विपत्ति तराजुमा राखिएको भए,

  • 23मेरा अधर्म र पाप कति धेरै छन्? मेरो अपराध र मेरो पापको जानकारी मलाई दिनुहोस् ।

  • 16मैले यी कुराहरू बुझ्‍ने कोसिस गरे तापनि, मेरो निम्ति यो धेरै कठिन थियो ।

  • 1¶ परमप्रभुको क्रोधको लाठोमुनि दुर्दशा देख्‍ने मानिस म नै हुँ ।

  • 5तर परमेश्‍वर बोल्‍नुभए हुन्‍थ्‍यो, र तपाईंको विरुद्धमा आफ्नो ओठ खोल्‍नुभए हुन्‍थ्‍यो ।

  • 3तपाईंले सोध्‍नुभयो, 'ज्ञानविना योजनाहरू लुकाउने को हो?' वास्तवमा मैले यस्ता कुराहरू बोलेको छु, जुन मैले बुझिनँ, जुन बुझ्न मलाई अत्यन्तै गार्‍हो थियो, जसको बारेमा मलाई थाहा थिएन ।

  • 19मेरो विरुद्धमा अदालतमा बहस कसले गर्छ? तपाईंहरू त्यसो गर्न आउनुभयो र म गलत प्रमाणित भएँ भने, तब म चुप रहन्‍छु, र आफ्‍नो जीवन दिन्‍छु ।

  • 27तर तँ भुइँमा बसेको र तँ बाहिर गएको र भित्र आएको अनि मेरो विरुद्धमा तैंले रिस गरेको मलाई थाहा छ ।

  • 16मेरो बारेमा, म तपाईंको अनुसरण गरेर गोठालो हुनदेखि भागेर म गइन । मैले विपत्तिको समयको प्रतीक्षा गरिनँ । मेरो जिब्रोबाट निस्केको घोषणाहरू तपाईं जान्‍नुहुन्छ । ती तपाईंकै उपस्थितिमा गरिएका थिए ।

  • 20के मेरा दिनहरू थोरै मात्र छैनन् र? त्यसो भए, रोक्‍नुहोस्, मलाई नसताउनुहोस् जसले गर्दा केही क्षण म आराम गर्न सकूँ,

  • 28तर तेरो बसाइ, तँ बाहिर गएको, भित्र आएको र तँ मेरो विरुद्ध रिसाएको मलाई थाहा छ ।

  • 4मेरो बारेमा, के मैले मानिसलाई गुनासो गरेको हो र? म किन अधैर्य नहुनू?

  • 23किनकि म जान्‍दछु, कि तपाईंले मलाई मृत्युमा पुर्‍याउनुहुन्‍छ, सबै जीवितहरूका लागि नियुक्त गरिएको घरमा लानुहुन्‍छ ।

  • 21किन मेरो अपराध तपाईंले क्षमा गर्नुहुन्‍न र मेरो अधर्म हटाउनुहुन्‍न? अब म धूलोमा पल्टनेछु । तपाईंले मलाई ध्‍यानपूर्वक खोज्नुहुनेछ, तर मेरो अस्‍तित्‍व रहनेछैन ।”

  • 12बुद्धि कहाँ पाइनेछ? सुझबुझको ठाउँ कहाँ छ?

  • 7हेर्नुहोस्, “हिंसा” भनेर म कराउँछु, तर मैले जवाफ पाउँदिन । मदतको लागि म पुकार्छु, तर त्यहाँ निष्‍पक्ष व्‍यवहार हुँदैन ।

  • 19ताकतको विषय हो भने, उहाँ शक्तिशाली हुनुहुन्छ । न्यायको विषय हो भने, कसले उहाँलाई बोलाउन सक्छ?

  • 19ज्योतिको बासस्थानमा जाने बाटो कता— अन्धकारको बारेमा, त्‍यसको ठाउँ कहाँ बस्छ?

  • 15त्यसैले म तपाईंलाई भेट्न, उत्सुकतासाथ तपाईंको मुहार हेर्न आएकी हुँ, र अहिले मैले तपाईंलाई भेट्टाएकी छु ।

  • 15हेर्नुहोस्, उहाँले मलाई मार्नुहुन्‍छ भने, ममा कुनै आशा बाँकी रहनेछैन । तापनि उहाँको सामु म आफ्‍ना मार्गको बचाउ गर्नेछु ।

  • 23हे परमेश्‍वर, मलाई जाँच्‍नुहोस् र मेरो हृदय जान्‍नुहोस् । मलाई जाँच्‍नुहोस् र मेरा विचारहरू जान्‍नुहोस् ।

  • 3म धेरै टाढाबाट आफ्‍नो ज्ञान प्राप्‍त गर्नेछु । धार्मिकता मेरा सृष्‍टिकर्ताको हो भनी म स्‍वीकार गर्छु ।

  • 15म धर्मी भए तापनि मैले उहाँलाई जवाफ दिन सक्‍दिन । मेरा न्यायकर्तासँत मैले कृपाको लागि बिन्ती मात्र चढाउन सक्‍छु ।

  • 2“यो यस्‍तै हो भनी म साँच्‍चै जान्दछु । तर एक व्यक्ति कसरी परमेश्‍वसित ठिक हुन सक्छ?

  • 13किनकि अहिले म चुप लागेर बसिरहेको हुन्‍थें । म सुतेको हुन्‍थें, र विश्राममा हुन्‍थें,

  • 3के तपाईंले यीमध्ये कुनैलाई हेर्नुहुन्छ? के तपाईंले मलाई आफूसँगै न्यायमा ल्याउनुहुन्छ?