अय्यूब 33:31

अनलक शाब्दिक बाइबल

हे अय्यूब, ध्यान दिनुहोस्, र मेरो कुरा सुन्‍नुहोस् । चुप लाग्‍नुहोस्, र म बोल्नेछु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 13:6 : 6 अब मेरो आफ्नै तर्क सुन्‍नुहोस् । मेरो आफ्नै ओठको बिन्तीलाई सुन्‍नुहोस् ।
  • अय्यू 18:2 : 2 “आफ्नो कुरा तपाईं कहिले बन्द गर्नुहुन्छ? विचार गर्नुहोस्, र त्यसपछि हामी बोल्नेछौं ।
  • अय्यू 21:2 : 2 “मेरा वचनलाई ध्यान दिएर सुन्‍नुहोस्, र यो तपाईंहरूले मलाई दिने सान्त्वना होस् ।
  • अय्यू 32:11 : 11 हेर्नुहोस्, मैले तपाईंहरूका कुरा सुनें । तपाईंहरूले के भन्‍ने भनी विचार गरिरहँदा मैले तपाईंका बहसहरू सुनें ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • अय्यू 33:1-2
    2 पदहरू
    84%

    1¶ त्यसैले अब, हे अय्यूब, मेरो कुरा सुन्‍न म तपाईंसित बिन्ती गर्छु, मेरा सबै शब्‍दहरू सुन्‍नुहोस् ।

    2हेर्नुहोस्, अब मैले आफ्‍नो मुख खोलेको छु । मेरो जिब्रोले मेरो मुखमा बोलेको छ ।

  • अय्यू 33:32-33
    2 पदहरू
    83%

    32तपाईंसित भन्‍नुपर्ने कुनै कुरा छ भने मलाई जवाफ दिनुहोस् । बोल्नुहोस्, किनकि तपाईं ठिक हुनुहुन्छ भनी म प्रमाणित गर्न चाहान्‍छु ।

    33होइन भने, मेरो कुरा सुन्‍नुहोस् । चुप लाग्‍नुहोस्, र म तपाईंलाई बुद्धिका कुरा सिकाउनेछु ।”

  • 14हे अय्यूब, यो कुरा सुन्‍नुहोस् । रोक्‍नुहोस् र परमेश्‍वरका उदेकका कामहरूका बारेमा सोच्नुहोस् ।

  • 13तपाईंहरू चूप लाग्‍नुहोस्, यसैले कि म बोल्‍न सकूँ । मलाई जे हुनु छ होस् ।

  • 4तपाईंले मलाई भन्‍नुभयो, 'अब सुन्, र म बोल्नेछु । म तँलाई सोध्‍नेछु, र तैंले मलाई जवाफ दिनेछस् ।'

  • 5मलाई हेर्नुहोस् र छक्‍क पर्नुहोस्, र आफ्नो हातले आफ्‍नो मुख छुनुहोस् ।

  • अय्यू 21:1-3
    3 पदहरू
    76%

    1¶ तब अय्यूबले जवाफ दिए र भने,

    2“मेरा वचनलाई ध्यान दिएर सुन्‍नुहोस्, र यो तपाईंहरूले मलाई दिने सान्त्वना होस् ।

    3मलाई सुन्‍नुहोस्, र म पनि बोल्नेछु । मैले बोलेर सकेपछि निरन्‍तर गिल्ला गर्नुहोस् ।

  • अय्यू 40:3-5
    3 पदहरू
    76%

    3तब अय्यूबले परमेश्‍वरलाई जवाफ दिए र यसो भने,

    4“हेर्नुहोस्, म नगण्य छु । मैले तपाईंलाई कसरी जवाफ दिन सक्छु र? म आफ्‍नो हातलाई आफ्‍नो मुखमा राख्छु ।

    5मैले एकपल्‍ट बोलें, अनि म अब जवाफ दिने छैनँ । वास्तवमा दुई पकट बोलें, तर म अरू अगाडि बढनेछैनँ ।”

  • 34सुझबुझ भएका मानिसहरूले मलाई भन्‍नेछन्— वास्तवमा मेरो कुरा सुन्‍ने हरेक बुद्धिमान् मानिसले भन्‍नेछ,

  • 22तब मलाई बोलाउनुहोस्, र म जवाफ दिनेछु । वा तपाईंसित म बोल्‍नेछु र तपाईंले जवाफ दिनुहोस् ।

  • 8तपाईंले निश्‍चय पनि मैले सुन्‍ने गरी बोल्नुभएको छ । तपाईंका वचनहरूका आवाजले यसो भनेको मैले सुनेको छु,

  • 19मेरो विरुद्धमा अदालतमा बहस कसले गर्छ? तपाईंहरू त्यसो गर्न आउनुभयो र म गलत प्रमाणित भएँ भने, तब म चुप रहन्‍छु, र आफ्‍नो जीवन दिन्‍छु ।

  • 11हेर्नुहोस्, मैले तपाईंहरूका कुरा सुनें । तपाईंहरूले के भन्‍ने भनी विचार गरिरहँदा मैले तपाईंका बहसहरू सुनें ।

  • 1¶ अय्यूब फेरि बोल्न सुरु गरे र यसो भने,

  • 21मानिसहरूले मेरा कुरा सुन्थे । तिनीहरूले मेरो प्रतीक्षा गर्थे । मेरो सल्लाह सुन्‍न तिनीहरू चुप लागेर बस्थे ।

  • 1¶ तब अय्यूबले जवाफ दिए र यसो भने,

  • 1¶ परमप्रभुले अय्यूबसित निरन्‍तर बोल्‍नुभयो । उहाँले यसो भन्‍नुभयो,

  • 1¶ तब अय्यूबले परमप्रभुलाई जवाफ दिए र यसो भने,

  • 1¶ अय्यूबले फेरि बोल्न थाले अनि यसो भने,

  • 1¶ तब अय्यूबले जवाफ दिए र भने,

  • 24मलाई सिकाउनुहोस्, र म आफू शान्‍त रहनेछु । मैले कहाँ गल्ती गरें, मलाई प्रष्‍ट पार्नुहोस् ।

  • 1¶ तब अय्यूबले जवाफ दिए र भने,

  • 2म शान्‍त बसें । कुनै असल कुरा भन्‍नलाई पनि मैले आफ्‍नो मुख खोलिनँ र मेरो दुःख झन् बढी भयो ।

  • अय्यू 13:5-6
    2 पदहरू
    73%

    5तपाईंहरू सबैजना सँगै चूप लाग्‍नुहोस् । त्यो नै तपाईंहरूको बुद्धि हुन्‍छ ।

    6अब मेरो आफ्नै तर्क सुन्‍नुहोस् । मेरो आफ्नै ओठको बिन्तीलाई सुन्‍नुहोस् ।

  • 1¶ तब अय्यूबले जवाफ दिए र भने,

  • 23ध्यान देओ र मेरो आवाज सुन । ध्यान मग्‍न होओ र मेरा वचनहरू सुन ।

  • 1¶ तब अय्यूबले जवाफ दिए र भने,

  • 14किनकि अय्यूबले आफ्ना वचनहरू मेरो विरुद्धमा बोलेका छैनन् । त्यसैले तपाईंहरूकै जवाफले म तिनलाई जवाफ दिनेछैनँ ।

  • 5उहाँले मलाई जवाफ दिएर भन्‍नुहुने वचनहरू म सिक्‍नेथिएँ, र उहाँले मलाई भन्‍नुहुने कुरा बुझ्नेथिएँ ।

  • 1¶ तब अय्यूबले जवाफ दिए र भने,

  • 5तपाईं सक्‍नुहुन्छ भने मलाई जवाफ दिनुहोस् । आफ्‍ना बहसहरू मेरो सामु क्रमैसित राख्‍नुहोस्, र खडा हुनुहोस् ।

  • 1¶ तब अय्यूबले जवाफ दिए र भने,

  • 30उसको प्राणलाई मृत्‍युको खाडलबाट फर्काउनलाई, जसले गर्दा जीवनको ज्योतिले उसले आफूलाई चम्काउन सकोस् ।

  • 16अब तपाईंसित सुझबुझ छ भने, यो कुरा सुन्‍नुहोस् । मेरो वचनको आवाजलाई सुन्‍नुहोस् ।

  • 1¶ हे आकाश, सुन्, र मलाई बोल्न दे । पृथ्वीले मेरा मुखका वचन सुनोस् ।

  • 2तिनले भने,

  • 20म उहाँसित बोल्न चाहन्छु भनेर उहाँलाई भन्‍नुपर्छ र? कुनै व्यक्तिले आफूलाई निलियोस् भन्‍ने इच्‍छा गर्छ र?

  • 20म ताजा हुन सकूँ भनेर म बोल्नेछु । म आफ्‍नो ओठ खोल्नेछु, र बोल्नेछु ।

  • 7परमप्रभुले अय्यूबसित यी वचनहरू बोल्‍नुभएपछि, उहाँले एलीपज तेमानीलाई भन्‍नुभयो, “तँ र तेरा दुई जना मित्रको विरुद्धमा मेरो क्रोध दन्किएको छ, किनकि मेरो दास अय्यूबले झैं तिमीहरूले मेरो विषयमा जे ठिक छ, सो बोलेका छैनौ ।

  • 7“अब एक जना मानिसले झैं आफ्नो कम्मर कस्, किनकि म तँलाई प्रश्नहरू सोध्‍नेछु, र तैंले मलाई जवाफ दिनैपर्छ ।

  • 2“मलाई अरू थोरै समय बोल्न दिनुहोस्, र म तपाईंहरूलाई केही कुरा देखाउनेछु, किनकि परमेश्‍वरको समर्थनमा मैले अलिकति अरू भन्‍नुछ ।

  • 32मैले देख्‍न नसक्‍ने कुरा मलाई सिकाउनुहोस् । मैले पाप गरेको छु, तर त्‍यो काम म फेरि गर्नेछैनँ ।'

  • 5तर परमेश्‍वर बोल्‍नुभए हुन्‍थ्‍यो, र तपाईंको विरुद्धमा आफ्नो ओठ खोल्‍नुभए हुन्‍थ्‍यो ।