नीतिवचन 26:19

अनलक शाब्दिक बाइबल

जसले आफ्नो छिमेकीलाई धोका दिइसकेपछि भन्छ, “के मैले ठट्टा गर्दै थिइनँ र?”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • एफिसी 5:4 : 4 नकि अश्‍लिलता, मूर्ख बोली वा अपमानजनक ठट्यौलीहरू होस् जुनचाहिँ अनुचित छन् । बरु धन्यवाद दिने काम होस् ।
  • नीति 10:23 : 23 दुष्‍टता मूर्खले खेल्ने खेल हो, तर बुद्धि समझशक्ति भएको मानिसको लागि खुसी हो ।
  • नीति 14:9 : 9 दोषबलि चढाइँदा मूर्खहरूले गिल्ला गर्छन्, तर सोझाहरूका बिचमा स्‍नेह बाँडचुँड गरिन्छ ।
  • नीति 15:21 : 21 मूर्खताले बेसमझको मानिसलाई आनन्द दिन्छ, तर समझशक्ति भएको मानिस सिधा बाटोमा हिँड्छ ।
  • २ पत्रु 2:13 : 13 आफैँले गरेका गलत कामहरूका परिणामले तिनीहरूलाई क्षति पुर्‍याउनेछ । तिनीहरू दिनमा आनन्दित रहन्छन् । तिनीहरू धब्बा र दागहरू हुन् । तिमीहरूसँग भोजमा बस्दा तिनीहरू आफ्ना छलमा आनन्द मनाउँछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • नीति 26:17-18
    2 पदहरू
    80%

    17कुकुरको कान समात्‍ने मानिस आफूसित सम्बन्धित नभएको झगडामा रिसाउने बटुवाजस्तै हो ।

    18त्यो घातक काँड हान्‍ने बौलाहा मानिसजस्तो हो,

  • 18आफ्नो छिमेकीको विरुद्धमा झुटो साक्षी दिने मानिस युद्धमा प्रयोग गरिने लट्ठी, तरवार वा तिखो काँडजस्तै हो ।

  • 3त्यसका शब्दहरू पापी र छली छन् । त्यसले बुद्धिमान हुने र असल गर्ने इच्‍छा गर्दैन ।

  • नीति 26:20-22
    3 पदहरू
    75%

    20दाउराको कमीले आगो निभ्छ, र जहाँ कुरौटो हुँदैन त्यहाँ झगडाको अन्त्य हुन्छ ।

    21जसरी भुङ्ग्रोको लागि कोइला र आगोको लागि दाउरा हो, त्यसै गरी झगडालु मानिस कलह सल्काउनको लागि हो ।

    22कुरौटेका वचनहरू स्वादिष्‍ट गाँसजस्तै हुन्छन् । ती शरीरको भित्री भागसम्म प्रवेश गर्छन् ।

  • 23दुष्‍टता मूर्खले खेल्ने खेल हो, तर बुद्धि समझशक्ति भएको मानिसको लागि खुसी हो ।

  • 5आफ्नो छिमेकीलाई फुर्क्याउनेले त्यसका खुट्टाका लागि जाल फिजाइरहेको हुन्छ ।

  • नीति 16:27-29
    3 पदहरू
    74%

    27बेकम्मा मानिसले खराबीको खाल्डो खन्छ, र त्यसको बोलीवचन पोल्ने आगोझैँ हुन्छ ।

    28टेडो मानिसले द्वन्द्व निम्त्याउँछ, र कुरा काट्नाले घनिष्‍ठ मित्रहरूमा पनि फाटो आउँछ ।

    29हिंसा गर्ने मानिसले आफ्नो छिमेकीलाई झुट बोल्छ, र त्यसलाई बेठिक मार्गमा लैजान्छ ।

  • यिर्मि 9:4-5
    2 पदहरू
    74%

    4तिमीकरू हरेक आ-आफ्नो छिमेकीदेखि होसियार बस, र आफ्नो कुनै भाइमाथि भरोसा नगर । किनकि हरेक भाइ निश्‍चय नै छली हो, र हरेक छिमेकी बदख्याइँ गर्दै हिंड्छ ।

    5हरेक मानिसले आफ्नो छिमेकीको ठट्टा गर्छ, र साँचो बोल्दैन । तिनीहरूका जिब्राले छली कुराहरू सिकाउँछन् । तिनीहरू अपराध गर्दा-गर्दा थाकेका छन् ।

  • 18घृणालाई लुकाउने जोसुकैसित छली जिब्रो हुन्छ, र बदख्याइँ फैलाउनेचाहिँ मूर्ख हो ।

  • 19झुट बोल्ने साक्षी र दाजुभाइहरूका बिचमा विवाद उत्पन्‍न गर्ने मानिस ।

  • नीति 24:28-29
    2 पदहरू
    73%

    28विनाकारण तेरो छिमेकीको विरुद्धमा साक्षी नबन्, र तेरो ओठले छल्ने काम नगर् ।

    29यसो नभन्, “त्यसले मलाई गरेजस्तै म त्यसलाई गर्ने छु । त्यसले मलाई गरेको साटो म लिने छु ।”

  • 19तेरो मुखले खराबी बोल्छ र तेरो जिब्रोले छल गर्छ ।

  • 9उहाँले तपाईंहरूको खोजी गर्नुहुँदा तपाईंहरूको भलो हुनेछ त? तपाईंहरूले मानिसहरूलाई छल गरेझैं उहाँलाई छल गर्न सक्‍नुहुन्छ र?

  • 19कुरौटेले गुप्‍त कुराहरू बाहिर ल्याउँछ । त्यसैले धेरै कुरा गर्ने मानिसहरूसित सङ्गत नगर् ।

  • 3तपाईंको अहङ्कारले अरूलाई मौन बनाउनुपर्छ र? तपाईंले खिसी गर्नुहुँदा, कसैले तपाईंलाई लाजमा पार्नेछैन र?

  • नीति 26:26-28
    3 पदहरू
    72%

    26त्यसको घृणालाई छलले ढाकिएको भए तापनि त्यसको दुष्‍टता सभामा खुला हुने छ ।

    27खाडल खन्‍ने मानिस त्यसभित्र जाकिन्छ, र ढुङ्गा गुडाउने मानिसमा नै त्यो ढुङ्गा फर्केर आउने छ ।

    28झुट बोल्ने जिब्रोले पीडामा परेकाहरूलाई घृणा गर्छ, र चापलुसी घस्‍ने मुखले विनाश ल्याउँछ ।

  • 7त्यसको मुख सराप, छलले र हानिकारक शब्दहरूले पूर्ण हुन्छ । त्यसको जिब्रोले घायल पार्छ र नाश गर्छ ।

  • 6किनभने मूर्खहरूको हाँसो भाँडामुनि पड्कने काँढाको आगोझैँ हुन्छ । यो पनि बाफ हो ।

  • 20खराबी गर्ने योजना बनाउनेहरूको हृदयमा छल हुन्छ, तर शान्तिका परामर्शदाताहरूमा आनन्द आउँछ ।

  • 20कुटिल हृदय भएको मानिसले कुनै असल कुरो पाउँदैन । छली जिब्रो भएको मानिस विपत्तिमा पर्छ ।

  • 4तिमीहरू खुसी हुँदै कसलाई गिल्‍ला गर्दैछौ? कसको विरुद्धमा तिमीहरूले मुख खोल्‍दैछौ र जिब्रो निकाल्दैछौ? के तिमीहरू विद्रोह र छलका छोराछोरी होइनौ र?

  • 8खराबी गर्न योजनाहरू बनाउने एउटा छ जसलाई मानिसहरू “षड्यन्त्रकारीको गुरु” भन्छन् ।

  • 31आफैलाई धोका दिंदै उसले व्यर्थका कुराहरूमा भरोस नगरोस् । किनभने व्यर्थका कुरा त्यसको इनाम हुनेछ ।

  • 14त्यसले आफ्नो हृदयमा छल राखेर दुष्‍ट योजना बनाउँछ । त्यसले सधैँ विवाद निम्त्याउँछ ।

  • 24अरूहरूलाई घृणा गर्नेले आफ्नो ओठले आफ्ना भावना लुकाउँछ, तर भित्रपट्टि भने त्यसले छलछामलाई आश्रय दिन्छ ।

  • 17सत्य बोल्नेले ठिक कुरा बोल्छ, तर झुटो साक्षीले झुटो कुरा बोल्छ ।

  • 3मान्छेको मूर्खताले त्यसको जीवन बर्बाद पार्छ, र त्यसको हृदय परमप्रभुको विरुद्धमा क्रोधित हुन्छ ।

  • 3त्यसले आफ्नो जिब्रोले निन्दा गर्दैन, त्यसले अरूको हानि गर्दैन र त्यसले आफ्नो छिमेकीलाई होच्‍याउँदैन ।

  • 10द्वेषपूर्ण आँखा झिम्क्याउनेले शोक निम्त्याउँछ, तर बकबके मूर्ख फ्याँकिने छ ।

  • 2हरेकले आफ्ना छिमेकीलाई फोस्रा कुरा भन्छ । हरेकले चाप्लुसी ओठहरू र झुट मनले बोल्छन् ।

  • 21जसले एक वचनले मानिसलाई दोष लगाउने बनाउँछ । तिनीहरूले न्याय खोज्ने व्यक्‍तिलाई ढोकामा पासो थाप्छन् र झुठ बोलेर धर्मीलाई तल खसाल्‍छन् ।

  • 6मेरो शत्रु मलाई हेर्न आउँछ भने, त्यसले व्‍यर्थ कुराहरू गर्छ । त्यसको हृदयले आफ्‍नो निम्‍ति मेरो विपत्ति बटुल्छ । त्यो मबाट टाढा जाँदा, यसबारे त्यसले अरूलाई भन्‍छ ।

  • 17झट्ट रिसाउनेले मूर्ख कुराहरू गर्छ, र दुष्‍ट योजनाहरू रच्नेलाई घृणा गरिन्छ ।

  • 12आफ्नो साथीलाई तिरस्कार गर्ने मानिस बेसमझको हुन्छ, तर समझशक्ति भएको मानिस चुप लागेर बस्छ ।

  • 1¶ बोलीवचनमा कुटिल भई मूर्ख हुनुभन्दा आफ्नो सत्यनिष्‍ठामा हिँड्ने गरिब मानिस उत्तम हो ।

  • 9तेरो मुद्दालाई तँ र तेरो छिमेकीको बिचमा बहस गर्, र अर्कोको गुप्‍त कुरोलाई प्रकट नगर् ।

  • 8तिनीहरूका जिब्रा तिखा काँडहरू हुन् । तिनले विश्‍वास गर्न नसकिने कुराहरू बोल्छन् । आफ्ना मुखले आफ्ना छिमेकीहरूसित शान्तिको घोषणा तिनीहरूले गर्छन्, तर तिनीहरूका हृदयले चाहिं तिनीहरूलाई ढुकेर बस्छन् ।

  • नीति 26:4-5
    2 पदहरू
    70%

    4मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ नदे, नत्रता तँ त्योजस्तै हुने छस् ।

    5मूर्खलाई जवाफ दे र त्यसको मूर्खतामा मिल् ताकि त्यो त्यसको आफ्नै दृष्‍टिमा बुद्धिमान् नहोस् ।

  • 4खराब काम गर्नेले दुष्‍टको ओठमा ध्यान दिन्छ । झुट बोल्नेले विनाशक जिब्रोमा कान लगाउँछ ।

  • 14“यो खराब छ, यो खराब छ,” ग्राहकले भन्छ, तर पर पुगेपछि त्यसले घमण्ड गर्छ ।