नीतिवचन 11:12

अनलक शाब्दिक बाइबल

आफ्नो साथीलाई तिरस्कार गर्ने मानिस बेसमझको हुन्छ, तर समझशक्ति भएको मानिस चुप लागेर बस्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नीति 14:21 : 21 आफ्नो छिमेकीलाई हेला गर्नेले पाप गरिरहेको हुन्छ, तर गरिबलाई स्‍नेह देखाउने आशिषित् हुन्छ ।
  • लू 16:14 : 14 अब सम्पत्तिका प्रेमी फरिसीहरूले यी सबै कुरा सुने र तिनीहरूले उहाँको गिल्ला गरे ।
  • लू 18:9 : 9 त्यसपछि उहाँले आफैँलाई धर्मी ठान्‍ने र अरूलाई तुच्छ ठान्‍ने कतिपय मानिसहरूलाई यो दृष्‍टान्त पनि भन्‍नुभयो,
  • यूह 7:48-52 : 48 के कुनै शासकहरू वा फरिसीहरू कसैले त्यसमाथि विश्‍वास गरेका छन्? 49 तर यो भिडले व्यवस्था जान्दैन, तिनीहरू श्रापितहरू हुन् ।” 50 निकोदेमस (पहिला नै येशूकहाँ आउने एक जना फरिसी) ले तिनीहरूलाई भने, 51 “के हाम्रो व्यवस्थाले एउटा मानिसलाई त्यसबाट सुन्‍न र त्यसले के गर्छ भनी जान्‍न अगि न्याय गर्छ र?” 52 तिनीहरूले जवाफ दिए र उनलाई भने, “के तिमी पनि गालीलबाट आएका हौ? खोज र हेर गालीलबाट कुनै पनि अगमवक्‍ता आउँदैन ।”
  • १ पत्रु 2:23 : 23 उहाँको अपमान हुँदा उहाँले त्यसको बदला लिनुभएन । उहाँले दुःख भोग्‍नुहुँदा पनि आफैँलाई उचित न्याय गर्नुहुनेकहाँ सुम्पिनुभयो ।
  • न्या 9:27-29 : 27 तिनीहरू बाहिर खेतमा गए र दाखका बोटहरूबाट दाखहरू बटुले, र तिनीहरूलाई कुल्चे । आफ्‍ना देवताहरूका मन्‍दिरमा तिनीहरूले एउटा चाड मनाए, र त्यहाँ तिनीहरूले खाए र पिए, र तिनीहरूले अबीमेलेकलाई सरापे । 28 एबेदका छोरा गालले भने, “अबीमेलेक को हो, र शकेम को हो, कि हामीले त्यसको सेवा गर्नुपर्ने? के त्यो यरूब-बालको छोरा होइन? के जबूल त्यसको अधिकारी होइन? हामीले किन शकेमका पिता हमोरका मानिसहरूको सेवा गर्नुपर्ने? हामीले किन अबीमेलेकको सेवा गर्ने? 29 यी मानिसहरू मेरो कमाण्‍डमा भएदेखि म अबीमेलेकलाई हटाइदिनेथिएँ । मैले अबीमेलेकलाई भन्‍नेथिएँ, ‘तेरो सबै सेनालाई बाहिर बोला ।’”
  • न्या 9:38 : 38 अनि जबूलले तिनलाई भने, “तिम्रा घमण्डपूर्ण कुराहरू अब कहाँ छन्? तिमीले भन्थ्यौ, ‘अबीमेलेक को हो र हामीले किन त्यसको सेवा गर्नुपर्ने?’ तिमीले तुच्छ ठानेका मानिसहरू यी नै होइनन्? अब बाहिर जाऊ र तिनीहरूका विरुद्ध युद्ध लड ।”
  • १ शमू 10:27 : 27 तर केही बदमासहरूले भने, “यो मानिसले हामीलाई कसरी बचाउन सक्छ?” यी मानिसहरूले शऊललाई घृणा गरे र तिनलाई कुनै उपहारहरू दिएनन् । तर शाऊल शान्‍त बसे ।
  • २ राजा 18:36 : 36 तर मानिसहरू मौन रहे र जवाफ दिएनन् किनकि राजाले आज्ञा दिएका थिए, “तिनलाई जवाफ नदिनू ।”
  • नहे 4:2-4 : 2 तिनका दाजुभाइहरू र सामरियाका सेनाको उपस्थितिमा तिनले भने, “यी निर्बल यहूदीहरू के गर्दै छन्? के तिनीहरू आफैले सहरको पुनर्स्थापना गर्ने छन्? के तिनीहरूले बलिदानहरू चढाउने छन्? के तिनीहरूले एकै दिनमा काम सक्‍ने छन्? ती जलिसकेका कसिङ्गरको थुप्रोबाट के तिनीहरूले ढुङ्गाहरूलाई पुनर्जीवित पार्न सक्छन्? 3 तिनीसँगै भएका अम्मोनी तोबियाले भने, “तिनीहरूले निर्माण गरेरहेको वस्तुमा एउटा फ्याउरो चढ्यो भने पनि तिनीहरूको पर्खाल भत्कने छ!” 4 हे हाम्रा परमेश्‍वर, सुन्‍नुहोस्, किनकि हामीलाई अपमान गरिएको छ । तिनीहरूका गिल्ला तिनीहरूकै शिरमाथि फर्काइदिनुहोस्, र तिनीहरू कैदीहरूको देशमा लुटका माल बनून् ।
  • भजन 123:3-4 : 3 हामीमाथि दया गर्नुहोस्, हे परमप्रभु, हामीमाथि दया गर्नुहोस्, किनकि हामी अपमानले भरिएका छौं । 4 अभिमानीहरूका गिल्ला र घमण्डीहरूका घृणाले भरिएको भन्दा पनि धेरै हामी भएका छौं ।
  • नीति 10:19 : 19 जहाँ धेरै कुरा गरिन्छ, त्यहाँ अपराधको कमी हुँदैन, तर आफूले बोल्ने कुरामा सतर्क हुनेचाहिँ बुद्धिमानी हो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • नीति 17:27-28
    2 पदहरू
    77%

    27ज्ञान भएको व्यक्तिले थोरै वचन बोल्दछ, र समझशक्ति भएको व्यक्तिचाहिँ ठन्डा मिजासको हुन्छ ।

    28चुप लागेमा मूर्खलाई पनि बुद्धिमान् ठानिन्छ । त्यसले आफ्नो मुख बन्द गर्दा त्यसलाई विवेकी मानिन्छ ।

  • 11मूर्खले आफ्ना सबै रिस प्रकट गर्छ, तर बुद्धिमान् मानिसले त्यसलाई थामेर शान्त हुन्छ ।

  • 13चारैतिर बदख्याइँ गर्दै हिँड्नेले गोप्य कुराहरू प्रकट गर्छ, तर विश्‍वासयोग्य व्यक्तिले विषयलाई लुकाएर राख्छ ।

  • नीति 12:8-9
    2 पदहरू
    75%

    8मानिसलाई त्यसको बुद्धिअनुसार प्रशंसा गरिन्छ, तर टेडो रोजाइ गर्नेचाहिँ तुच्छ ठानिन्छ ।

    9आफ्नो प्रतिष्‍ठाबारे घमण्ड गरेर भोजन नहुनुभन्दा बरु नोकर भएर महत्वहीन पदमा बस्‍नु बेस हो ।

  • 29धैर्यवान् मानिससित ठुलो समझशक्ति हुन्छ, तर गरम मिजासको मानिसले मूर्खतालाई उचाल्छ ।

  • नीति 14:16-17
    2 पदहरू
    74%

    16बुद्धिमान् मानिस डराएर दुष्‍टताबाट टाढै बस्छ, तर मूर्खले निश्‍चयतासाथ चेताउनीलाई खारेज गरिदिन्छ ।

    17झट्ट रिसाउनेले मूर्ख कुराहरू गर्छ, र दुष्‍ट योजनाहरू रच्नेलाई घृणा गरिन्छ ।

  • 8बुद्धि प्राप्‍त गर्नेले आफ्नो जीवनलाई प्रेम गर्छ । समझशक्तिलाई जोगाउनेले जे असल छ, त्यो पाउने छ ।

  • नीति 10:13-14
    2 पदहरू
    73%

    13बुद्धि विवेकशील व्यक्तिको ओठमा पाइन्छ, तर लट्ठीचाहिँ समझ नभएको व्यक्तिको लागि हो ।

    14बुद्धिमान् मानिसहरूले ज्ञान सञ्चय गर्छन्, तर मूर्खको मुखले विनाशलाई नजिक ल्याउँछ ।

  • 5तपाईंहरू सबैजना सँगै चूप लाग्‍नुहोस् । त्यो नै तपाईंहरूको बुद्धि हुन्‍छ ।

  • 23विवेकशील मानिसले आफ्नो ज्ञान लुकाएर राख्छ, तर मूर्खहरूको हृदयले मूर्खता प्रकट गर्छ ।

  • 11धनी मानिस आफ्नै दृष्‍टिमा बुद्धिमान् होला, तर समझशक्ति भएको गरिब मानिसले त्यसलाई पत्ता लगाउने छ ।

  • 21आफ्नो छिमेकीलाई हेला गर्नेले पाप गरिरहेको हुन्छ, तर गरिबलाई स्‍नेह देखाउने आशिषित् हुन्छ ।

  • 21मूर्खताले बेसमझको मानिसलाई आनन्द दिन्छ, तर समझशक्ति भएको मानिस सिधा बाटोमा हिँड्छ ।

  • नीति 25:8-9
    2 पदहरू
    72%

    8तैँले जे देखेको छस्, त्यसलाई झट्टै अदालतमा नलैजा । किनकि तेरो छिमेकीले तँलाई लाजमा पार्दा अन्त्यमा तँ के गर्ने छस्?

    9तेरो मुद्दालाई तँ र तेरो छिमेकीको बिचमा बहस गर्, र अर्कोको गुप्‍त कुरोलाई प्रकट नगर् ।

  • नीति 12:15-16
    2 पदहरू
    72%

    15मूर्खको बाटो त्यसको आफ्नै दृष्‍टिमा ठिक हुन्छ, तर बुद्धिमान् मानिसले सरसल्लाह सुन्छ ।

    16मूर्खले आफ्नो रिस तुरुन्तै देखाउँछ, तर अपमानलाई बेवास्ता गर्नेचाहिँ विवेकी मानिस हो ।

  • नीति 10:18-19
    2 पदहरू
    72%

    18घृणालाई लुकाउने जोसुकैसित छली जिब्रो हुन्छ, र बदख्याइँ फैलाउनेचाहिँ मूर्ख हो ।

    19जहाँ धेरै कुरा गरिन्छ, त्यहाँ अपराधको कमी हुँदैन, तर आफूले बोल्ने कुरामा सतर्क हुनेचाहिँ बुद्धिमानी हो ।

  • 3त्यसले आफ्नो जिब्रोले निन्दा गर्दैन, त्यसले अरूको हानि गर्दैन र त्यसले आफ्नो छिमेकीलाई होच्‍याउँदैन ।

  • 33बुद्धिले विवेकीको हृदयमा बास गर्छ, र मूर्खहरूका बिचमा समेत त्यसले आफूलाई चिनाउँछ ।

  • नीति 14:6-8
    3 पदहरू
    72%

    6गिल्ला गर्नेले बुद्धिको खोजी गर्छ, तर पाउँदैन, जब कि समझदार व्यक्तिलाई ज्ञान सजिलैसित आउँछ ।

    7मूर्ख मानिसबाट टाढै बस, किनकि तिमीले त्यसको ओठमा ज्ञान पाउने छैनौ ।

    8समझदार मानिसको बुद्धि उसको आफ्नै मार्ग बुझ्नको लागि हो, तर मूर्खहरूको मूर्खता छल हो ।

  • 32अनुशासनलाई इन्कार गर्नेले आफैलाई तुच्छ ठान्छ, तर सुधारलाई ध्यान दिनेले समझशक्ति पाउँछ ।

  • नीति 29:8-9
    2 पदहरू
    72%

    8खिल्ली उडाउनेहरूले सहरमा आगो लगाउँछन्, तर बुद्धिमान्‌हरूले क्रोधलाई पाखा लगाउँछ ।

    9बुद्धिमान् मानिसले मूर्खसित तर्क-वितर्क गर्दा मूर्खले रिस प्रकट गरेर गिल्ला गर्छ र त्यहाँ चैन हुँदैन ।

  • 9मूर्खले सुन्‍ने गरी नबोल्, किनकि त्यसले तेरा वचनहरूको बुद्धिलाई तुच्छ ठान्‍ने छ ।

  • 18बेसमझको मानिसले वाचा बाँध्च, र आफ्नो छिमेकीको ऋणप्रति जिम्मेवार बन्छ ।

  • 11परमेश्‍वरलाई खुसी पार्नेहरूका असल उपहारहरूद्वारा सहर महान् हुन्छ, तर दुष्‍टहरूको मुखद्वारा सहर भताभुङ्ग हुन्छ ।

  • 16त्यसैले मैले निष्कर्ष निकालेँ, “शक्तिभन्दा बुद्धि उत्तम हो, तर त्यस गरिब मानिसको बुद्धिलाई तुच्छ ठानियो, र त्यसका वचनहरूलाई ध्यानै दिइएन ।”

  • नीति 14:2-3
    2 पदहरू
    71%

    2सोझो भएर हिँड्नेले परमप्रभुको भय मान्छ, तर आफ्ना चालहरूमा बेइमान व्यक्तिले उहाँलाई तुच्छ ठान्छ ।

    3मूर्खको मुखबाट त्यसको मूर्खताको हाँगा निस्कन्छ, तर बुद्धिमान्‌को ओठले त्यसको रक्षा गर्छ ।

  • 11विवेकले मानिसलाई रिसाउन धिमा बनाउँछ, र चित्त दुखाइलाई बेवास्ता गर्नु त्यसको महिमा हो ।

  • 16समझदार मानिसले आफ्नो ज्ञानअनुसार हरेक निर्णय गर्छ, तर मूर्खले आफ्नो मूर्खताको तमाशा देखाउँछ ।

  • 2मूर्खलाई समझशक्तिमा कुनै रमाहट हुँदैन, तर त्यसको हृदयमा भएको कुरो प्रकट गर्न पाए त्यो प्रसन्‍न हुन्छ ।

  • 5मूर्खले आफ्नो बुबाको अर्तीलाई हेला गर्छ, तर सुधारबाट सिक्‍नेचाहिँ विवेकशील हो ।

  • 12बुद्धिमान् मानिसका वचनहरू अनुग्रहमय हुन्छन्, तर मूर्खको ओठले त्यो आफैलाई नष्‍ट पार्छ ।

  • 3द्वन्द्वलाई हटाउनु हरेकको लागि आदर हो, तर हरेक मूर्खचाहिँ तर्क-वितर्कमा फस्छ ।

  • 19जसले आफ्नो छिमेकीलाई धोका दिइसकेपछि भन्छ, “के मैले ठट्टा गर्दै थिइनँ र?”

  • 23दुष्‍टता मूर्खले खेल्ने खेल हो, तर बुद्धि समझशक्ति भएको मानिसको लागि खुसी हो ।

  • 9ईश्‍वरहीन व्यक्तिले आफ्नो मुखले त्यसको छिमेकीलाई नष्‍ट गर्छ, तर धर्मी मानिसहरू ज्ञानद्वारा सुरक्षित हुन्छन् ।

  • 28टेडो मानिसले द्वन्द्व निम्त्याउँछ, र कुरा काट्नाले घनिष्‍ठ मित्रहरूमा पनि फाटो आउँछ ।

  • 22बुद्धिमान् मानिसले शक्तिशाली योद्धाहरूको सहरको लेखाजोखा गर्छ, र तिनीहरूले भरोसा गरेको किल्लालाई भत्काइदिन्छ ।

  • 3मूर्ख सडकमा हिँड्दा त्यसको सोचाइ अपूर्ण हुन्छ जसले त्यो मूर्ख हो भनी हरेकलाई प्रमाणित गर्छ ।

  • 11आफ्नो खेतबारी खनजोत गर्नेले प्रशस्त अन्‍न उब्जाउने छ, तर बेकामको कामको पछि कुद्‍नेचाहिँ बेसमझको हुन्छ ।