नीतिवचन 11:12
आफ्नो साथीलाई तिरस्कार गर्ने मानिस बेसमझको हुन्छ, तर समझशक्ति भएको मानिस चुप लागेर बस्छ ।
आफ्नो साथीलाई तिरस्कार गर्ने मानिस बेसमझको हुन्छ, तर समझशक्ति भएको मानिस चुप लागेर बस्छ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
27ज्ञान भएको व्यक्तिले थोरै वचन बोल्दछ, र समझशक्ति भएको व्यक्तिचाहिँ ठन्डा मिजासको हुन्छ ।
28चुप लागेमा मूर्खलाई पनि बुद्धिमान् ठानिन्छ । त्यसले आफ्नो मुख बन्द गर्दा त्यसलाई विवेकी मानिन्छ ।
11मूर्खले आफ्ना सबै रिस प्रकट गर्छ, तर बुद्धिमान् मानिसले त्यसलाई थामेर शान्त हुन्छ ।
13चारैतिर बदख्याइँ गर्दै हिँड्नेले गोप्य कुराहरू प्रकट गर्छ, तर विश्वासयोग्य व्यक्तिले विषयलाई लुकाएर राख्छ ।
8मानिसलाई त्यसको बुद्धिअनुसार प्रशंसा गरिन्छ, तर टेडो रोजाइ गर्नेचाहिँ तुच्छ ठानिन्छ ।
9आफ्नो प्रतिष्ठाबारे घमण्ड गरेर भोजन नहुनुभन्दा बरु नोकर भएर महत्वहीन पदमा बस्नु बेस हो ।
29धैर्यवान् मानिससित ठुलो समझशक्ति हुन्छ, तर गरम मिजासको मानिसले मूर्खतालाई उचाल्छ ।
16बुद्धिमान् मानिस डराएर दुष्टताबाट टाढै बस्छ, तर मूर्खले निश्चयतासाथ चेताउनीलाई खारेज गरिदिन्छ ।
17झट्ट रिसाउनेले मूर्ख कुराहरू गर्छ, र दुष्ट योजनाहरू रच्नेलाई घृणा गरिन्छ ।
8बुद्धि प्राप्त गर्नेले आफ्नो जीवनलाई प्रेम गर्छ । समझशक्तिलाई जोगाउनेले जे असल छ, त्यो पाउने छ ।
13बुद्धि विवेकशील व्यक्तिको ओठमा पाइन्छ, तर लट्ठीचाहिँ समझ नभएको व्यक्तिको लागि हो ।
14बुद्धिमान् मानिसहरूले ज्ञान सञ्चय गर्छन्, तर मूर्खको मुखले विनाशलाई नजिक ल्याउँछ ।
5तपाईंहरू सबैजना सँगै चूप लाग्नुहोस् । त्यो नै तपाईंहरूको बुद्धि हुन्छ ।
23विवेकशील मानिसले आफ्नो ज्ञान लुकाएर राख्छ, तर मूर्खहरूको हृदयले मूर्खता प्रकट गर्छ ।
11धनी मानिस आफ्नै दृष्टिमा बुद्धिमान् होला, तर समझशक्ति भएको गरिब मानिसले त्यसलाई पत्ता लगाउने छ ।
21आफ्नो छिमेकीलाई हेला गर्नेले पाप गरिरहेको हुन्छ, तर गरिबलाई स्नेह देखाउने आशिषित् हुन्छ ।
21मूर्खताले बेसमझको मानिसलाई आनन्द दिन्छ, तर समझशक्ति भएको मानिस सिधा बाटोमा हिँड्छ ।
8तैँले जे देखेको छस्, त्यसलाई झट्टै अदालतमा नलैजा । किनकि तेरो छिमेकीले तँलाई लाजमा पार्दा अन्त्यमा तँ के गर्ने छस्?
9तेरो मुद्दालाई तँ र तेरो छिमेकीको बिचमा बहस गर्, र अर्कोको गुप्त कुरोलाई प्रकट नगर् ।
15मूर्खको बाटो त्यसको आफ्नै दृष्टिमा ठिक हुन्छ, तर बुद्धिमान् मानिसले सरसल्लाह सुन्छ ।
16मूर्खले आफ्नो रिस तुरुन्तै देखाउँछ, तर अपमानलाई बेवास्ता गर्नेचाहिँ विवेकी मानिस हो ।
18घृणालाई लुकाउने जोसुकैसित छली जिब्रो हुन्छ, र बदख्याइँ फैलाउनेचाहिँ मूर्ख हो ।
19जहाँ धेरै कुरा गरिन्छ, त्यहाँ अपराधको कमी हुँदैन, तर आफूले बोल्ने कुरामा सतर्क हुनेचाहिँ बुद्धिमानी हो ।
3त्यसले आफ्नो जिब्रोले निन्दा गर्दैन, त्यसले अरूको हानि गर्दैन र त्यसले आफ्नो छिमेकीलाई होच्याउँदैन ।
33बुद्धिले विवेकीको हृदयमा बास गर्छ, र मूर्खहरूका बिचमा समेत त्यसले आफूलाई चिनाउँछ ।
6गिल्ला गर्नेले बुद्धिको खोजी गर्छ, तर पाउँदैन, जब कि समझदार व्यक्तिलाई ज्ञान सजिलैसित आउँछ ।
7मूर्ख मानिसबाट टाढै बस, किनकि तिमीले त्यसको ओठमा ज्ञान पाउने छैनौ ।
8समझदार मानिसको बुद्धि उसको आफ्नै मार्ग बुझ्नको लागि हो, तर मूर्खहरूको मूर्खता छल हो ।
32अनुशासनलाई इन्कार गर्नेले आफैलाई तुच्छ ठान्छ, तर सुधारलाई ध्यान दिनेले समझशक्ति पाउँछ ।
8खिल्ली उडाउनेहरूले सहरमा आगो लगाउँछन्, तर बुद्धिमान्हरूले क्रोधलाई पाखा लगाउँछ ।
9बुद्धिमान् मानिसले मूर्खसित तर्क-वितर्क गर्दा मूर्खले रिस प्रकट गरेर गिल्ला गर्छ र त्यहाँ चैन हुँदैन ।
9मूर्खले सुन्ने गरी नबोल्, किनकि त्यसले तेरा वचनहरूको बुद्धिलाई तुच्छ ठान्ने छ ।
18बेसमझको मानिसले वाचा बाँध्च, र आफ्नो छिमेकीको ऋणप्रति जिम्मेवार बन्छ ।
11परमेश्वरलाई खुसी पार्नेहरूका असल उपहारहरूद्वारा सहर महान् हुन्छ, तर दुष्टहरूको मुखद्वारा सहर भताभुङ्ग हुन्छ ।
16त्यसैले मैले निष्कर्ष निकालेँ, “शक्तिभन्दा बुद्धि उत्तम हो, तर त्यस गरिब मानिसको बुद्धिलाई तुच्छ ठानियो, र त्यसका वचनहरूलाई ध्यानै दिइएन ।”
2सोझो भएर हिँड्नेले परमप्रभुको भय मान्छ, तर आफ्ना चालहरूमा बेइमान व्यक्तिले उहाँलाई तुच्छ ठान्छ ।
3मूर्खको मुखबाट त्यसको मूर्खताको हाँगा निस्कन्छ, तर बुद्धिमान्को ओठले त्यसको रक्षा गर्छ ।
11विवेकले मानिसलाई रिसाउन धिमा बनाउँछ, र चित्त दुखाइलाई बेवास्ता गर्नु त्यसको महिमा हो ।
16समझदार मानिसले आफ्नो ज्ञानअनुसार हरेक निर्णय गर्छ, तर मूर्खले आफ्नो मूर्खताको तमाशा देखाउँछ ।
2मूर्खलाई समझशक्तिमा कुनै रमाहट हुँदैन, तर त्यसको हृदयमा भएको कुरो प्रकट गर्न पाए त्यो प्रसन्न हुन्छ ।
5मूर्खले आफ्नो बुबाको अर्तीलाई हेला गर्छ, तर सुधारबाट सिक्नेचाहिँ विवेकशील हो ।
12बुद्धिमान् मानिसका वचनहरू अनुग्रहमय हुन्छन्, तर मूर्खको ओठले त्यो आफैलाई नष्ट पार्छ ।
3द्वन्द्वलाई हटाउनु हरेकको लागि आदर हो, तर हरेक मूर्खचाहिँ तर्क-वितर्कमा फस्छ ।
19जसले आफ्नो छिमेकीलाई धोका दिइसकेपछि भन्छ, “के मैले ठट्टा गर्दै थिइनँ र?”
23दुष्टता मूर्खले खेल्ने खेल हो, तर बुद्धि समझशक्ति भएको मानिसको लागि खुसी हो ।
9ईश्वरहीन व्यक्तिले आफ्नो मुखले त्यसको छिमेकीलाई नष्ट गर्छ, तर धर्मी मानिसहरू ज्ञानद्वारा सुरक्षित हुन्छन् ।
28टेडो मानिसले द्वन्द्व निम्त्याउँछ, र कुरा काट्नाले घनिष्ठ मित्रहरूमा पनि फाटो आउँछ ।
22बुद्धिमान् मानिसले शक्तिशाली योद्धाहरूको सहरको लेखाजोखा गर्छ, र तिनीहरूले भरोसा गरेको किल्लालाई भत्काइदिन्छ ।
3मूर्ख सडकमा हिँड्दा त्यसको सोचाइ अपूर्ण हुन्छ जसले त्यो मूर्ख हो भनी हरेकलाई प्रमाणित गर्छ ।
11आफ्नो खेतबारी खनजोत गर्नेले प्रशस्त अन्न उब्जाउने छ, तर बेकामको कामको पछि कुद्नेचाहिँ बेसमझको हुन्छ ।