नीतिवचन 19:11

अनलक शाब्दिक बाइबल

विवेकले मानिसलाई रिसाउन धिमा बनाउँछ, र चित्त दुखाइलाई बेवास्ता गर्नु त्यसको महिमा हो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नीति 16:32 : 32 योद्धा हुनुभन्दा बरु रिसाउनमा धिमा हुनु उत्तम हुन्छ, र आफ्नो आत्मालाई नियन्त्रण गर्नेचाहिँ सहरमाथि विजयी हासिल गर्नेभन्दा बलियो हुन्छ ।
  • नीति 14:29 : 29 धैर्यवान् मानिससित ठुलो समझशक्ति हुन्छ, तर गरम मिजासको मानिसले मूर्खतालाई उचाल्छ ।
  • नीति 15:18 : 18 रिसाएको मानिसले तर्क-वितर्क गर्छ, तर रिसाउनमा धिमा व्यक्तिले झगडालाई शान्त पार्छ ।
  • कलस्सी 3:12-13 : 12 त्यसकारण, परमेश्‍वरका चुनिएकाहरू, पवित्र र प्रियहरू, करुणामय हृदय, दया, नम्रता, दीनता, र धैर्य धारण गर । 13 एक अर्कालाई सहने गर । एक अर्कासँग कृपालु होओ । यदि कसैको विरुद्धमा कसैको उजुरी भएमा, परमप्रभुले तिमीहरूलाई क्षमा गर्नुभए जसरी क्षमा गर ।
  • याक 1:19 : 19 मेरो प्रिय भाइहरू हो, तिमीहरू यो जान्‍दछौः हरेक मानिस सुन्‍नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा होस् ।
  • मत्त 5:44-45 : 44 तर म तिमीहरूलाई भन्दछु, तिम्रा शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर, “तिमीहरूलाई सराप्‍नेहरूलाई आशिष् देओ, र तिमीहरूलाई घृणा गर्नेहरूका निम्ति असल काम गर” 45 ताकि तिमीहरू स्वर्गमा हुनुहुने तिमीहरूका पिताका छोराहरू कहलाइन सक । किनकि उहाँले असल र दुष्‍ट दुवैका लागि आफ्नो घामलाई उदाउन लगाउनुहुन्छ अनि धर्मी र अधर्मी दुवैका लागि झरी पठाइदिनुहुन्छ ।
  • रोमी 12:18-21 : 18 सम्भव भए, तपाईंको हकमा भएसम्म सबैसँग शान्तिमा बस । 19 प्रिय हो, आफैँले बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ । किनकि लेखिएको छ, “बदला लिने काम मेरो हो; मैले बदला लिनेछु”, परमप्रभु भन्‍नुहुन्छ । 20 “तर तिम्रो शत्रु भोकाएको छ भने, उसलाई खान देऊ । ऊ तिर्खाएको छ भने, उसलाई पिउन देऊ । किनकि तिमीले यसो गर्‍यौ भने तिमीले उसको टाउकोमा आगोको भुङ्ग्रो खन्याउनेछौ ।” 21 खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित ।
  • एफिसी 4:32-5:1 : 32 एकअर्का प्रति दयालु होओ । कृपालु मनका होओ । जसरी ख्रीष्‍टमा परमेश्‍वरले तिमीहरूलाई क्षमा दिनुभयो त्यसरी नै तिमीहरूले पनि एकअर्कालाई क्षमा देओ । 1 ¶ त्यसकारण परमेश्‍वरका प्रिय छोरा-छोरीहरू झैँ उहाँको अनुकरण गर्ने होओ ।
  • नीति 12:16 : 16 मूर्खले आफ्नो रिस तुरुन्तै देखाउँछ, तर अपमानलाई बेवास्ता गर्नेचाहिँ विवेकी मानिस हो ।
  • उत्प 50:15-21 : 15 बुबाको मृत्‍यु भएको देखेर योसेफका दाजुभाइहरूले आपसमा भने, “शायद अब योसेफले हामीसँग दुश्‍मनी गरेर हामीले तिनलाई गरेका सबै खराबीको बदला लिए भने?” 16 यसैकारण उनीहरूले यसो भनेर योसेफकहाँ खबर पठाए, “मर्नुभन्‍दा अगि तपाईंका बुबाले यस्‍तो आज्ञा दिनुभएको थियो 17 ‘तिमीहरूले योसेफलाई यसो भन, कृपा गरी तिम्रा दाजुहरूले तिमीसँग खराबी गरेकामा तिम्रा दाजुहरूका अपराध क्षमा गर’ ।” “अब बिन्‍ती छ, कृपा गरी तपाईंका बुबाका परमेश्‍वरका दासहरूलाई क्षमा गर्नुहोस्‌ ।” उनीहरूले यति भनेपछि योसेफ रोए । 18 तिनका दाजुहरू पनि आएर तिनका सामुन्‍ने घोप्‍टो परे । तिनीहरूले भने, “हेर्नुहोस्, हामी तपाईंका दास हौँ ।” 19 तर योसेफले उनीहरूलाई भने, “नडराउनुहोस् । के म परमेश्‍वरको स्‍थानमा छु र? 20 तपाईंहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गर्नुभयो, तर परमेश्‍वरले त्यसैद्वारा भलाइ गर्ने विचार गर्नुभयो, धेरै मानिसहरूलाई बचाउनको निम्ति, जुन तपाईंहरूले आज देख्‍नुहुन्छ । 21 यसकारण नडराउनुहोस्, तपाईंहरू र तपाईंहरूका बालबच्‍चालाई चाहिने कुराको बन्दोबस्त म गर्नेछु ।” यसरी तिनले उनीहरूलाई ढाडस दिए र तिनीहरूसँग विनम्रतासँग बोले ।
  • नीति 17:14 : 14 द्वन्द्वको सुरुआत सर्वत्र पानी फैलनुजस्तै हो । त्यसैले विवाद चर्किनुअगि नै त्यहाँबाट हिँडिहाल ।
  • नीति 20:3 : 3 द्वन्द्वलाई हटाउनु हरेकको लागि आदर हो, तर हरेक मूर्खचाहिँ तर्क-वितर्कमा फस्छ ।
  • नीति 25:21 : 21 तेरो शत्रु भोकाएको छ भने त्यसलाई खानलाई भोजन दे, र त्यो तिर्खाएको छ भने त्यसलाई पिउनलाई पानी दे ।
  • मत्त 18:21-22 : 21 अनि पत्रुस आए र येशूलाई भने, “प्रभु, मेरो भाइले मेरो विरुद्धमा कति पटक पाप गर्‍यो भने मैले उसलाई क्षमा गरूँ? के सात पल्टसम्म?” 22 येशूले उनलाई भन्‍नुभयो, “म तिमीलाई सात पटक भनेर भन्दिनँ, तर सत्तरी गुणा सात पल्टसम्म ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 29धैर्यवान् मानिससित ठुलो समझशक्ति हुन्छ, तर गरम मिजासको मानिसले मूर्खतालाई उचाल्छ ।

  • 12राजाको क्रोध जवान सिंहको गर्जनजस्तै हुन्छ, तर तिनको निगाह घाँसमाथिको शीतजस्तै हुन्छ ।

  • नीति 29:22-23
    2 पदहरू
    76%

    22रिसाएको मानिसले द्वन्द्व निम्त्याउँछ, र झोँकको मालिकले धेरै पाप गर्छ ।

    23मानिसले घमण्डले त्यसलाई तल खसाल्छ, तर विनम्र आत्मा भएको मानिसलाई आदर दिइने छ ।

  • नीति 16:31-32
    2 पदहरू
    76%

    31फुलेको कपाल शोभाको मुकुट हो । ठिक तरिकाले जिएर यसलाई प्राप्‍त गर्न सकिन्छ ।

    32योद्धा हुनुभन्दा बरु रिसाउनमा धिमा हुनु उत्तम हुन्छ, र आफ्नो आत्मालाई नियन्त्रण गर्नेचाहिँ सहरमाथि विजयी हासिल गर्नेभन्दा बलियो हुन्छ ।

  • 10मूर्खलाई भोग-विलासमा जिउनु सुहाउँदैन भने कमाराले राजकुमारहरूमाथि शासन चलाउनु झन् कति नराम्रो हो!

  • नीति 14:16-17
    2 पदहरू
    75%

    16बुद्धिमान् मानिस डराएर दुष्‍टताबाट टाढै बस्छ, तर मूर्खले निश्‍चयतासाथ चेताउनीलाई खारेज गरिदिन्छ ।

    17झट्ट रिसाउनेले मूर्ख कुराहरू गर्छ, र दुष्‍ट योजनाहरू रच्नेलाई घृणा गरिन्छ ।

  • 16मूर्खले आफ्नो रिस तुरुन्तै देखाउँछ, तर अपमानलाई बेवास्ता गर्नेचाहिँ विवेकी मानिस हो ।

  • 18रिसाएको मानिसले तर्क-वितर्क गर्छ, तर रिसाउनमा धिमा व्यक्तिले झगडालाई शान्त पार्छ ।

  • नीति 20:2-3
    2 पदहरू
    75%

    2राजाको डर गर्जिरहेको जवान सिंहको डरजस्तै हुन्छ । तिनलाई रिस उठाउनेले आफ्नो जीवन गुमाउँछ ।

    3द्वन्द्वलाई हटाउनु हरेकको लागि आदर हो, तर हरेक मूर्खचाहिँ तर्क-वितर्कमा फस्छ ।

  • 11मूर्खले आफ्ना सबै रिस प्रकट गर्छ, तर बुद्धिमान् मानिसले त्यसलाई थामेर शान्त हुन्छ ।

  • 4तेरो विरुद्धमा शासकको रिस उठ्यो भने तेरो काम नछाड् । चुपचाप बसाइले ठुलो झोँकलाई पनि शान्त पार्न सक्छ ।

  • 9आत्मामा क्रोधित हुन हतार नगर्, किनकि क्रोधले मूर्खहरूको हृदयमा बास गर्छ ।

  • नीति 17:27-28
    2 पदहरू
    73%

    27ज्ञान भएको व्यक्तिले थोरै वचन बोल्दछ, र समझशक्ति भएको व्यक्तिचाहिँ ठन्डा मिजासको हुन्छ ।

    28चुप लागेमा मूर्खलाई पनि बुद्धिमान् ठानिन्छ । त्यसले आफ्नो मुख बन्द गर्दा त्यसलाई विवेकी मानिन्छ ।

  • 1¶ विनम्र जवाफले क्रोधलाई हटाउँछ, तर कठोर वचनले रिस उठाउँछ ।

  • 18नत्रता परमप्रभुले देख्‍नुहुने छ र असहमति जनाउनुहुने छ अनि त्यसबाट आफ्नो क्रोध हटाउनुहुने छ ।

  • 19गरम मिजास भएको मानिसले जरिवाना तिर्नैपर्छ । त्यसलाई छुटकारा दिइस् भने तैँले दोस्रो पटक त्यसै गर्नुपर्ने हुन्छ ।

  • 14राजाको क्रोध मृत्युको दूत हो, तर बुद्धिमान् मानिसले तिनको रिसलाई शान्त पार्ने कोसिस गर्छ ।

  • 35समझदारसित काम गर्ने नोकरमाथि राजाको स्‍नेह हुन्छ, तर लाजमर्दो तरिकाले काम गर्नेमाथि तिनको रिस पर्छ ।

  • 12आफ्नो साथीलाई तिरस्कार गर्ने मानिस बेसमझको हुन्छ, तर समझशक्ति भएको मानिस चुप लागेर बस्छ ।

  • 3मान्छेको मूर्खताले त्यसको जीवन बर्बाद पार्छ, र त्यसको हृदय परमप्रभुको विरुद्धमा क्रोधित हुन्छ ।

  • 20के आफ्नो वचनमा हतारिएर बोल्ने मानिसलाई तँ देख्छस्? त्यसको लागि भन्दा त मूर्खको लागि बढी आशा हुन्छ ।

  • 12विवेकी मानिसले सङ्कष्‍ट देखेर आफैलाई लुकाउँछ, तर निर्बुद्धि अगाडि बढ्छ र त्यसैको कारण दुःख भोग्छ ।

  • नीति 17:9-10
    2 पदहरू
    70%

    9चित्त दुखाइलाई बेवास्ता गर्नेले प्रेमको खोजी गर्छ, तर विषयलाई दोहोर्‍याउनेले घनिष्‍ठ मित्रहरूमा फाटो ल्याउँछ ।

    10मूर्खलाई सय कोर्रा प्रहार गर्नुभन्दा बरु समझशक्ति भएको व्यक्तिलाई एउटा हप्की काफी हुन्छ ।

  • 15धैर्यताले शासकलाई पनि मनाउन सकिन्छ, र कोमल जिब्रोले हड्‍डीलाई गलाउन सक्छ ।

  • 14गुप्‍तमा दिइएको उपहारले रिस मारिदिन्छ, र लुकाएर दिइएको उपहारले बल्दो क्रोधलाई शान्त पारिदिन्छ ।

  • 27अत्यधिक मह खानु राम्रो हुँदैन । त्यसो गर्नु भनेको मान-सम्मान खोजीरहनुजस्तै हो ।

  • नीति 18:12-13
    2 पदहरू
    69%

    12आफ्नो पतनअगि मानिसको हृदयमा घमण्ड आउँछ, तर आदरअगि विनम्रता आउँछ ।

    13सुन्‍नअगि जवाफ दिनेको लागि त्यो त्यसको मूर्खता र लाज हो ।

  • याक 1:19-20
    2 पदहरू
    69%

    19मेरो प्रिय भाइहरू हो, तिमीहरू यो जान्‍दछौः हरेक मानिस सुन्‍नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा होस् ।

    20किनभने मानिसको रिसले परमेश्‍वरको धार्मिकताको काम गर्दैन ।

  • 2देशको अधर्मको कारण त्यहाँ धेरै शासकहरू हुन्छन्, तर समझशक्ति र ज्ञान भएको मानिसले अमनचैन कायम राख्‍ने छ ।

  • 8क्रोधित नहोऊ र निराश नहोऊ । चिन्ता नगर । यसले समस्‍यामा मात्र पार्छ ।

  • 17मानिसका पापी उद्देश्यहरूबाट उसलाई फर्काएर ल्याउनलाई, र अहङ्कारलाई ऊबाट टाढा राख्‍नलाई ।

  • 10निश्‍चय नै, मानवजातिको विरुद्धमा तपाईंको क्रोधपूर्ण न्यायले तपाईंलाई प्रशंसा ल्याउनेछ । तपाईंको क्रोधबाट बाँकी रहेकाहरूले तपाईंले आफूलाई घेर्नुहोस् ।

  • 11अनि बतास आउनेछ र दोषी मानिसहरूबाट त्यो जानेछ, ती मनिसहरू जसको सामर्थ्य तिनीहरूको देवता हो ।” हबकूकले परमप्रभुलाई अर्को प्रश्न गर्छन्,

  • 5अनुग्रहसाथ व्यवहार गर्ने र रुपियाँ ऋण दिने, अनि आफ्नो करोबार इमानदारसाथ गर्ने मानिसको भलो हुन्छ ।

  • 2कुनै विषय गोप्य राख्‍नुमा परमेश्‍वरको महिमा हुन्छ, तर यसको खोजी गर्नु राजाहरूको महिमा हो ।

  • नीति 13:15-16
    2 पदहरू
    69%

    15असल अन्तर्दृष्‍टिले स्‍नेह प्राप्‍त गर्छ, तर विश्‍वासघातिको चाल कहिल्यै टुङ्गोमा आउँदैन ।

    16समझदार मानिसले आफ्नो ज्ञानअनुसार हरेक निर्णय गर्छ, तर मूर्खले आफ्नो मूर्खताको तमाशा देखाउँछ ।

  • 8खिल्ली उडाउनेहरूले सहरमा आगो लगाउँछन्, तर बुद्धिमान्‌हरूले क्रोधलाई पाखा लगाउँछ ।

  • 23विवेकशील मानिसले आफ्नो ज्ञान लुकाएर राख्छ, तर मूर्खहरूको हृदयले मूर्खता प्रकट गर्छ ।

  • 29युवाहरूको महिमा तिनीहरूको शक्ति हो, र पाकाहरूको शोभा तिनीहरूको फुलेको कपाल हो ।

  • 11विवेकले तँमाथि निगरानी गर्ने छ; समझशक्तिले तेरो रक्षा गर्ने छ ।

  • 3विवेकी मानिसले सङ्कष्‍ट देखेर आफैलाई लुकाउँछ, तर निर्बुद्धि अगाडि बढ्छ र त्यसैको कारण दुःख भोग्छ ।