नीतिवचन 6:14

अनलक शाब्दिक बाइबल

त्यसले आफ्नो हृदयमा छल राखेर दुष्‍ट योजना बनाउँछ । त्यसले सधैँ विवाद निम्त्याउँछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मीका 2:1 : 1 ¶ धिक्‍कार तिनीहरूलाई जसले अधर्मको योजना बनाउँछन्, जसले आफ्ना ओछ्यानमा दुष्‍ट काम गर्ने योजना बनाउँछन् । बिहानीको उज्यालोमा तिनीहरू यस्तो गर्छन् किनभने तिनीहरूसँग सामर्थ छ ।
  • नीति 6:18-19 : 18 दुष्‍ट योजनाहरू रच्ने हृदय, खराबी गर्न अग्रसर हुने खुट्टा, 19 झुट बोल्ने साक्षी र दाजुभाइहरूका बिचमा विवाद उत्पन्‍न गर्ने मानिस ।
  • नीति 16:28-30 : 28 टेडो मानिसले द्वन्द्व निम्त्याउँछ, र कुरा काट्नाले घनिष्‍ठ मित्रहरूमा पनि फाटो आउँछ । 29 हिंसा गर्ने मानिसले आफ्नो छिमेकीलाई झुट बोल्छ, र त्यसलाई बेठिक मार्गमा लैजान्छ । 30 द्वेषपूर्ण आँखा झिम्क्याउनेले टेडो षड्यन्त्र रचिरहेको हुन्छ । आफ्नो ओठ लेब्‍र्‍याउनेले खराबी ल्याउँछ ।
  • नीति 21:8 : 8 दोषी मानिसको बाटो टेडो हुन्छ, तर निर्दोषले ठिक काम गर्छ ।
  • नीति 22:8 : 8 अन्याय छर्नेले सङ्कष्‍टको कटनी गर्ने छ, र त्यसको झोँखको लौरो भाँचिने छ ।
  • नीति 26:17-22 : 17 कुकुरको कान समात्‍ने मानिस आफूसित सम्बन्धित नभएको झगडामा रिसाउने बटुवाजस्तै हो । 18 त्यो घातक काँड हान्‍ने बौलाहा मानिसजस्तो हो, 19 जसले आफ्नो छिमेकीलाई धोका दिइसकेपछि भन्छ, “के मैले ठट्टा गर्दै थिइनँ र?” 20 दाउराको कमीले आगो निभ्छ, र जहाँ कुरौटो हुँदैन त्यहाँ झगडाको अन्त्य हुन्छ । 21 जसरी भुङ्ग्रोको लागि कोइला र आगोको लागि दाउरा हो, त्यसै गरी झगडालु मानिस कलह सल्काउनको लागि हो । 22 कुरौटेका वचनहरू स्वादिष्‍ट गाँसजस्तै हुन्छन् । ती शरीरको भित्री भागसम्म प्रवेश गर्छन् ।
  • यशा 32:7 : 7 छलीका विधिहरू खराब हुन्‍छन् । गरीबले ठिक कुरा भने पनि उसले गरीबलाई विनाश पार्ने दुष्‍ट योजनाहरू बनाउँछ ।
  • यशा 57:20 : 20 तर दुष्‍टहरू उर्लिएको समुद्रजस्तै हुन् जसले विश्राम गर्न सक्दैन र यसको पानीले हिलो र दलदल घोलिदिन्‍छ ।
  • यहे 11:2 : 2 परमेश्‍वरले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, यस सहरमा दुष्‍ट्याइँ गर्न षड्‌यन्‍त्र रच्ने र दुष्‍ट योजना बनाउने मानिसहरू यी नै हुन् ।
  • हो 8:7 : 7 किनकि मानिसहरूले बतास छर्छन्, र आँधिको कटनी गर्छन् । खडा बालीमा बालाहरू छैनन्, र त्यसले केही फसल दिंदैन । त्यसमा फसल लाग्‍यो भने, परदेशीहरूले त्यो सखाप पार्नेछन् ।
  • रोमी 16:17 : 17 अब भाइ हो, जसले विभाजन र बाधा खडा गर्छन् तिनीहरूको बारेमा विचार गर्न म तिमीहरूलाई आग्रह गर्छु । तिनीहरू तिमीहरूले सिकेका शिक्षाभन्दा बाहिर गइरहेका छन् । तिनीहरूदेखि टाढा बस ।
  • गलाती 6:7-8 : 7 धोकामा नपर । परमेश्‍वरको ठट्टा हुँदैन । मानिसले जे रोप्दछ, त्यसले त्यही नै कटनी गर्नेछ । 8 किनकि जसले आफ्नै पाप-स्वभावमा बिउ छर्दछ, त्यसले विनाशको कटनी गर्नेछ, तर जसले आत्मामा बिउ छर्दछ, त्यसले आत्माबाट अनन्त जीवनको कटनी गर्नेछ ।
  • भजन 36:4 : 4 त्यो ओछ्यानमा पल्टिंदा, त्यसले पाप गर्ने उपायहरूका योजना बनाउँछ । त्यो दुष्‍ट मार्गतिर लाग्छ । त्यसले खराबीलाई इन्कार गर्दैन ।
  • नीति 2:14 : 14 तिनीहरूले खराबी गर्दा तिनीहरू रमाउँछन्, र दुष्‍टका बदमासीहरूमा आनन्द मनाउँछन् ।
  • नीति 3:29 : 29 तेरो नजिकै बस्‍ने र तँमाथि भर पर्ने आफ्नो छिमेकीको हानि गर्ने योजना नबना ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • नीति 6:18-19
    2 पदहरू
    81%

    18दुष्‍ट योजनाहरू रच्ने हृदय, खराबी गर्न अग्रसर हुने खुट्टा,

    19झुट बोल्ने साक्षी र दाजुभाइहरूका बिचमा विवाद उत्पन्‍न गर्ने मानिस ।

  • नीति 6:12-13
    2 पदहरू
    80%

    12बेकम्मा व्यक्ति अर्थात् दुष्‍ट मानिस आफ्नो जाली बोलिवचनद्वारा जिउँछ ।

    13त्यसले आफ्ना आँखा झिम्काउँछ, आफ्नो खुट्टाले सङ्केत गर्छ र आफ्ना औँलाले इसारा गर्छ ।

  • नीति 17:19-20
    2 पदहरू
    80%

    19द्वन्द्वलाई प्रेम गर्नेले पापलाई प्रेम गर्छ । आफ्नो ढोकाको सङ्घार अति अग्लो बनाउनेले हड्‍डी भँचाउने छ ।

    20कुटिल हृदय भएको मानिसले कुनै असल कुरो पाउँदैन । छली जिब्रो भएको मानिस विपत्तिमा पर्छ ।

  • नीति 16:27-30
    4 पदहरू
    80%

    27बेकम्मा मानिसले खराबीको खाल्डो खन्छ, र त्यसको बोलीवचन पोल्ने आगोझैँ हुन्छ ।

    28टेडो मानिसले द्वन्द्व निम्त्याउँछ, र कुरा काट्नाले घनिष्‍ठ मित्रहरूमा पनि फाटो आउँछ ।

    29हिंसा गर्ने मानिसले आफ्नो छिमेकीलाई झुट बोल्छ, र त्यसलाई बेठिक मार्गमा लैजान्छ ।

    30द्वेषपूर्ण आँखा झिम्क्याउनेले टेडो षड्यन्त्र रचिरहेको हुन्छ । आफ्नो ओठ लेब्‍र्‍याउनेले खराबी ल्याउँछ ।

  • 15त्यसकारण त्यसको विपत्तिले त्यसलाई एकै क्षणमा आक्रमण गर्ने छ । क्षण भरमा नै निको नहुने गरी त्यो टुट्ने छ ।

  • भजन 36:1-4
    4 पदहरू
    79%

    1¶ खराब मानिसले आफ्नो हृदयभित्र आफ्नो अपराधको बारेमा बोल्छ, त्‍यसका आँखामा परमेश्‍वरको भय नै हुँदैन ।

    2किनकि त्यसको पाप थाहा हुनेछैन र घृणित हुनेछैन भनी सोचेर त्यसले आफैलाई सान्त्वना दिन्छ ।

    3त्यसका शब्दहरू पापी र छली छन् । त्यसले बुद्धिमान हुने र असल गर्ने इच्‍छा गर्दैन ।

    4त्यो ओछ्यानमा पल्टिंदा, त्यसले पाप गर्ने उपायहरूका योजना बनाउँछ । त्यो दुष्‍ट मार्गतिर लाग्छ । त्यसले खराबीलाई इन्कार गर्दैन ।

  • 8खराबी गर्न योजनाहरू बनाउने एउटा छ जसलाई मानिसहरू “षड्यन्त्रकारीको गुरु” भन्छन् ।

  • 7त्यसको मुख सराप, छलले र हानिकारक शब्दहरूले पूर्ण हुन्छ । त्यसको जिब्रोले घायल पार्छ र नाश गर्छ ।

  • 2किनभने तिनीहरूको हृदयले हिंसाको षड्यन्त्र रच्छ, र तिनीहरूको ओठले कष्‍टबारे कुराकानी गर्छ ।

  • भजन 7:14-15
    2 पदहरू
    76%

    14त्‍यस्‍तो व्यक्‍तिको बारेमा विचार गर जसका कल्‍पना दुष्‍टतापूर्ण छन्, जो विनाशपूर्ण योजनाहरू लिन्‍छ, जसले हानिकारक झुटहरू जन्माउँछ ।

    15त्यसले खाडल खन्छ र त्‍यसलाई गहिरो बनाउँछ अनि त्यसले बनाएको खाल्टोमा खस्छ ।

  • नीति 2:14-15
    2 पदहरू
    76%

    14तिनीहरूले खराबी गर्दा तिनीहरू रमाउँछन्, र दुष्‍टका बदमासीहरूमा आनन्द मनाउँछन् ।

    15तिनीहरू बाङ्गाटिङ्गा बाटाहरूमा हिँड्छन्, र छलको प्रयोग गर्दै तिनीहरूले आफ्ना चाल लुकाउँछन् ।

  • 2तिनीहरूले आफ्‍ना हृदयहरूमा दुष्‍ट योजना बनाउँछन् । तिनीहरू हरेक दिन युद्ध मच्‍चाउँछन् ।

  • 3मान्छेको मूर्खताले त्यसको जीवन बर्बाद पार्छ, र त्यसको हृदय परमप्रभुको विरुद्धमा क्रोधित हुन्छ ।

  • नीति 26:24-26
    3 पदहरू
    74%

    24अरूहरूलाई घृणा गर्नेले आफ्नो ओठले आफ्ना भावना लुकाउँछ, तर भित्रपट्टि भने त्यसले छलछामलाई आश्रय दिन्छ ।

    25त्यसले अनुग्रही भएर बोले तपानि त्यसमाथि विश्‍वास नगर्, किनकि त्यसको हृदयमा सातवटा घृणित कुरा छन् ।

    26त्यसको घृणालाई छलले ढाकिएको भए तापनि त्यसको दुष्‍टता सभामा खुला हुने छ ।

  • 35तिनीहरूले बदमासी गर्भाधारण गर्छन् र अधर्मलाई जन्म दिन्छन् । तिनीहरूको गर्भले धोकालाई ठाउँ दिन्छ ।

  • 20खराबी गर्ने योजना बनाउनेहरूको हृदयमा छल हुन्छ, तर शान्तिका परामर्शदाताहरूमा आनन्द आउँछ ।

  • 2छलपूर्ण रूपले काम गरेर तिम्रो जिब्रोले धारिलो छुराले जस्तै विनाशको योजना बनाउँछ ।

  • 6मेरो शत्रु मलाई हेर्न आउँछ भने, त्यसले व्‍यर्थ कुराहरू गर्छ । त्यसको हृदयले आफ्‍नो निम्‍ति मेरो विपत्ति बटुल्छ । त्यो मबाट टाढा जाँदा, यसबारे त्यसले अरूलाई भन्‍छ ।

  • 17झट्ट रिसाउनेले मूर्ख कुराहरू गर्छ, र दुष्‍ट योजनाहरू रच्नेलाई घृणा गरिन्छ ।

  • 11दुष्‍ट व्यक्तिले केवल विद्रोहको खोजी गर्दछ । त्यसैले त्यसको विरुद्धमा क्रुर दूत पठाइन्छ ।

  • 11निनवे, तिमीहरूका बिचमा कोही खडा भयो, जसले परमप्रभुको विरुद्धमा योजना बनायो, र त्यसले दुष्‍टतालाई बढुवा दियो ।

  • 4खराब काम गर्नेले दुष्‍टको ओठमा ध्यान दिन्छ । झुट बोल्नेले विनाशक जिब्रोमा कान लगाउँछ ।

  • 16तिनीहरूका पाउ खराबीको लागि दौडन्छन्, र तिनीहरू रगत बगाउन हतारिन्छन् ।

  • 18घृणालाई लुकाउने जोसुकैसित छली जिब्रो हुन्छ, र बदख्याइँ फैलाउनेचाहिँ मूर्ख हो ।

  • 19तेरो मुखले खराबी बोल्छ र तेरो जिब्रोले छल गर्छ ।

  • 17हिंसाले लिएको फाइदाको कारणले, म रिसाएँ, र मैले त्यसलाई दण्ड दिएँ । मैले आफ्‍नो मुख लुकाएँ र रिसाएँ, तर ऊ आफ्नो हृदयको मार्गमा पछाडितिर गयो ।

  • 20कुटिल हृदय भएकाहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ, तर खोटरहित चाल भएकाहरूसित उहाँ आनन्द मनाउनुहुन्छ ।

  • 5टेडा मानिसहरूको मार्गमा काँढा र पासाहरू लुकेका हुन्छन् । आफ्नो जीवनको रखवाली गर्नेचाहिँ तीबाट टाढै बस्‍ने छन् ।

  • 14तिनीहरूका मुख श्राप र तिक्‍तताले भरिएका छन् ।

  • 7छलीका विधिहरू खराब हुन्‍छन् । गरीबले ठिक कुरा भने पनि उसले गरीबलाई विनाश पार्ने दुष्‍ट योजनाहरू बनाउँछ ।

  • 13उहाँले बुद्धिमान् मानिसहरूलाई तिनीहरूका आफ्नै धूर्त कामहरूमा पासोमा पार्नुहुन्छ । टेडा मानिसहरूका योजनाहरू अन्त्यको लागि हतारिन्छन् ।

  • 24कुवाक्यलाई तँबाट पर राख्, र भ्रष्‍ट कुराकानीलाई तँबाट टाढा राख् ।

  • 5तिनीहरूले आफैलाई दुष्‍ट योजनामा उत्साहित पार्छन् । पासोहरू थाप्‍न तिनीहरू गोप्य रूपमा सल्लाह गर्छन् । तिनीहरू भन्छन्, “हामीलाई कसले देख्‍नेछ र?”

  • 8तिनीहरूका जिब्रा तिखा काँडहरू हुन् । तिनले विश्‍वास गर्न नसकिने कुराहरू बोल्छन् । आफ्ना मुखले आफ्ना छिमेकीहरूसित शान्तिको घोषणा तिनीहरूले गर्छन्, तर तिनीहरूका हृदयले चाहिं तिनीहरूलाई ढुकेर बस्छन् ।

  • 3तिनीहरूका हातहरू हानी गर्नलाई पोक्त छन् । शासकले पैसा माग्दछन्, न्यायकर्ता घूस लिनको निम्ति तयार छन्, र शक्तिशाली मानिसले आफूले प्राप्‍त गर्न चाहेको कुरा अरूहरूसँग माग्दछ । यसरी तिनीहरू एकसाथ षड्यन्त्र रच्छन् ।

  • 29दुष्‍ट मानिस हठी हुन्छ, तर सोझो मानिस आफ्ना मार्गहरूबारे निश्‍चित हुन्छ ।

  • 12दुष्‍ट मानिसले धर्मीको विरुद्धमा षड्यन्त्र गर्छ र त्यसले उनको विरुद्ध दाह्रा किट्छ ।