यशैया 32:7

अनलक शाब्दिक बाइबल

छलीका विधिहरू खराब हुन्‍छन् । गरीबले ठिक कुरा भने पनि उसले गरीबलाई विनाश पार्ने दुष्‍ट योजनाहरू बनाउँछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 5:26-28 : 26 किनकि मेरा मानिसहरूसँगै दुष्‍ट मानिसहरू भेट्टाइएका छन् । कोही मानिस चरा समाउनलाई चुप बसेझैं तिनीहरू ढुकिबस्छन् । तिनीहरूले पासो थाप्‍छन् र मानिसहरू समात्छन् । 27 चराहरूले भरिएका पिंजराजस्तै तिनीहरूका घरहरू छलले भरिएका छन् । त्यसैले तिनीहरू ठुला र धनी भएका छन् । 28 तिनीहरू मोटाएका छन् । तिनीहरू सकुसल चिल्ला भएका छन् । तिनीहरूले दुष्‍टताको सबै सीमा पार गरेका छन् । तिनीहरूले मानिसहरू वा अनाथहरूको भलाइको निम्ति बिन्ती गर्दैनन् । तिनीहरूले खाँचोमा परेकाहरूलाई न्याय नदिए तापनि तिनीहरूको उन्‍नति हुन्‍छ ।
  • यशा 5:23 : 23 जसले घुस लिएर दुष्‍टलाई छोडिदिन्‍छ र निर्दोषलाई उसको अधिकार हनन् गर्छ!
  • यशा 59:3-4 : 3 किनकि तिमीहरूका हातहरूमा रगतका र तिमीहरूको औंलाहरूमा पापका दाग छन् । तिमीहरूका ओठहरूले झुट बोल्छन् र तिमीहरूका जिब्राले छलपुर्वक बोल्छन् । 4 कसैले पनि धार्मिकतामा पुकारा गर्दैन र कसैले पनि आफ्नो मुद्दाको निम्‍ति सत्यतामा बिन्‍ति गर्दैन । तिनीहरू रित्ता शब्दहरूमा भर पर्छन् र झुट बोल्छन् । तिनीहरूले कष्‍ट गर्भधारण गर्छन् र पाप जन्माउँछन् ।
  • यशा 61:1 : 1 ¶ परमप्रभु परमेश्‍वरको आत्मा ममाथि हुनुहुन्छ, किनभने कष्‍टमा परेकाहरूलाई सुसमाचार घोषणा गर्न परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ । तोडिएका हृदय भएकाहरूलाई निको पार्न, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र बन्धनमा परेकाहरूलाई कैदबाट छुटकारा दिन उहाँले मलाई पठाउनुभएको छ ।
  • १ राजा 21:10-14 : 10 तिनीसँगै दुई जना बेइमान मानिसलाई पनि राख जसले तिनको विरुद्धमा यस्तो गवाही देऊन्, 'तपाईंले परमेश्वर र राजालाई सराप दिनुभयो' ।” तब तिनलाई बाहिर लगेर ढुङ्गाले हानेर मार । 11 त्यसैले नाबोतको सहरका मानिसहरू, धर्म-गुरुहरू र धनी मानिसहरूलाई ईजेबेलले लेखेकी चिठीहरूमा व्याख्या गरेझैँ तिनीहरूले गरे । 12 तिनीहरूले उपवासको घोषणा गरे, र नाबोतलाई मानिसहरूभन्दा आदरको स्थानमा बसाए । 13 दुई जना बेइमान मानिस आए, र तिनीहरू नाबोतको सामु बसे । मानिसहरूको उपस्थितिमा तिनीहरूले नाबोतको विरुद्धमा यसो भनी गवाही दिए, “नाबोतले परमेश्वर र राजा दुवैलाई सराप दिए ।” त्यसपछि तिनीहरूले तिनलाई सहरबाहिर लगी ढुङ्गाले हानेर मारे । 14 तब धर्म-गुरुहरूले ईजेबेललाई यो खबर पठाइन्, “नाबोतलाई ढुङ्गाले हानेर मारिएको छ ।”
  • भजन 10:7-9 : 7 त्यसको मुख सराप, छलले र हानिकारक शब्दहरूले पूर्ण हुन्छ । त्यसको जिब्रोले घायल पार्छ र नाश गर्छ । 8 त्यो गाउँको नजिकै ढुकेर बस्छ । गुप्‍त ठाउँहरूमा त्यसले निर्दोषको हत्या गर्छ । त्यसका आँखाले बेसाहारा पिडितलाई खोज्छ । 9 सिंह झाडीमा लुकेझैं त्यो गुप्‍तमा ढुक्छ । थिचोमिचोमा परेकाहरूलाई समात्‍न त्‍यो पर्खेर बस्‍छ । त्यसले आफ्नो जाल तान्दा थिचोमिचोमा परेकाहरूलाई समाउँछ । 10 त्यसका पन्‍जामा परेकाहरूलाई टेकिन्‍छन् र पिटिन्छन् । तिनीहरू त्यसको बलियो जालहरूमा फस्छन् ।
  • भजन 64:4-6 : 4 ताकि तिनीहरूले निर्दोष कसैलाई गुप्‍त ठाउँबाट हान्‍न सकून् । अचानक तिनीहरूले त्यसलाई हान्छन् र कुनै डर मान्दैनन् । 5 तिनीहरूले आफैलाई दुष्‍ट योजनामा उत्साहित पार्छन् । पासोहरू थाप्‍न तिनीहरू गोप्य रूपमा सल्लाह गर्छन् । तिनीहरू भन्छन्, “हामीलाई कसले देख्‍नेछ र?” 6 तिनीहरू पापपूर्ण योजनाहरू बनाउँछन् । तिनीहरू भन्छन्, “हामीले एउटा होसियार योजना पूरा गरेका छौं ।” मानिसका भित्री विचारहरू र हृदयहरू गहन हुन्छन् ।
  • भजन 82:2-5 : 2 कहिलेसम्म तिमीहरू अन्यायपुर्वक फैसला गर्छौ र दुष्‍टको पक्षलाई कृपा गर्छौ? सेला 3 गरीब र अनाथहरूको बचाऊ गर । कष्‍टमा परेकाहरू र दरिद्रहरूको अधिकार कायम गर । 4 गरीब र खाँचोमा परेकाहरूलाई बचाओ । तिनीहरूलाई दुष्‍टहरूका हातबाट छुट्टाओ । 5 तिनीहरूले न जान्दछन् न बुझ्छन् । तिनीहरू अन्धकारमा भौंतारिन्छन् । पृथ्वीका सबै जगहरू टुक्रिन्छन् ।
  • यशा 1:23 : 23 तिमीहरूका शासकहरू विद्रोहीहरू र चोरका साथीहरू हुन् । हरेकले घुसलाई प्रेम गर्छ र उपहारको पछि भाग्‍छन् । तिनीहरूले अनाथहरू रक्षा गर्दैनन्, न त न्‍यायको लागि विधवाको बिन्ति नै तिनीहरूका सामु आउँछन् ।
  • यिर्मि 18:18 : 18 त्यसैले मानिसहरूले भने, “आओ, हामी यर्मियाको विरुद्धमा षड्यन्त्रहरू रचौं, किनकि पुजारीहरूबाट व्यवस्था वा बुद्धिमान् मानिसहरूबाट सरसल्लाह वा अगमवक्ताहरूबाट वचन कहिल्यै नष्‍ट हुने छैनन् । आओ, हाम्रा वचनहरूले त्यसलाई आक्रमण गरौं, अनि अब फेरि त्यसले घोषणा गरेका कुराहरूमा हामी ध्यान नदिऊँ ।”
  • मीका 2:11 : 11 यदि कोही झुट र असत्यताको आत्मामा तिमीहरूकहाँ आएर “म मद्य र कडा मदिराको विषयमा तिम्रो निम्ति अगमवाणी बोल्‍नेछु,” भनेर भन्दछ भने त्यसका मानिसहरूको निम्ति त्यो अगमवक्‍ता हुनेछ ।
  • मीका 7:2-3 : 2 भुमिबाट विश्‍वसनीय मानिसहरू बिलिन भएका छन् । सारा मानवजातिमा कोही सोझो मानिस छैन । तिनीहरू सबै रक्तपातको निम्ति पर्खिरहन्छन् । हरेकले आफ्नो दाजुभाइलाई जालले शिकार गर्दछ । 3 तिनीहरूका हातहरू हानी गर्नलाई पोक्त छन् । शासकले पैसा माग्दछन्, न्यायकर्ता घूस लिनको निम्ति तयार छन्, र शक्तिशाली मानिसले आफूले प्राप्‍त गर्न चाहेको कुरा अरूहरूसँग माग्दछ । यसरी तिनीहरू एकसाथ षड्यन्त्र रच्छन् ।
  • मत्त 26:4 : 4 तिनीहरू मिलेर येशूलाई छलसित पक्रने र उहाँलाई मार्ने षड्यन्‍त्र गरे ।
  • मत्त 26:14-16 : 14 त्यसपछि बाह्र जनामध्येको एक जसको नाउँ यहूदा इस्करियोत थियो, ऊ मुख्य पुजारीहरूकहाँ गयो, 15 र भन्यो, “उहाँलाई तपाईंहरूकहाँ पक्राइदिनलाई तपाईंहरूले मलाई के दिन तयार हुनुहुन्छ?” तिनीहरूले उसको निम्ति तिसवटा चाँदीका सिक्‍का छुट्‌ट्याइदिए । 16 त्यस बेलादेखि उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई उसले मौका खोजिरह्‍यो ।
  • मत्त 26:59-60 : 59 अब मुख्य पुजारीहरू र सम्पूर्ण परिषद्ले येशूलाई मृत्युदण्ड दिन उहाँको विरुद्धमा झुटो गवाही खोजिरहेका थिए । 60 थुप्रै झुटा गवाह अगि आए तापनि उनीहरूले कुनै प्रमाण भेट्टाएनन् । तर पछि दुई जना अगि आए,
  • प्रेरि 6:11-13 : 11 त्यसपछि तिनीहरूले केही मानिसहरूलाई गुप्‍तमा मनाई यसो भन्‍न लगाए, “हामीले स्तिफनसले मोशा र परमेश्‍वरको विरुद्धमा ईश्‍वर-निन्दक वचनहरू बोलेका सुनेका छौँ ।” 12 तिनीहरूले मानिसहरू, एल्डरहरू, शास्‍त्रीहरूलाई उक्साए अनि स्तिफनससित मुकाबला गरे; तिनलाई पक्रे र परिषद्‍मा ल्याए । 13 तिनीहरूले झुटा साक्षीहरू पेस गरे जसले भने, “यो मानिसले यस पवित्रस्थान र व्यवस्थाको विरुद्धमा बोल्न छाड्दैन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यशा 32:5-6
    2 पदहरू
    81%

    5मूर्खलाई कदापि आदरणीय भनिनेछैन न छलीलाई चरित्रवान भनिनेछ ।

    6किनकि मूर्खले मूर्खताको कुरा गर्छ, उसको मनले दुष्‍ट र अधर्मी कामहरूका योजना बनाउछ र उसले परमप्रभुको विरुद्धमा गलत किसिमले बोल्छ । उसले भोकाएकोलाई रित्तो बनाउँछ र तिर्खाएकोलाई पानीको कमी तुल्याउँछ ।

  • 8तर आदरणीय मानिसले आदरणीय योजना बनाउँछ । अनि उसको आदरणीय कामहरूको कारणले नै ऊ खडा रहन्‍छ ।

  • 14थिचोमिचोमा परेका र दरिद्रहरूलाई ढाल्न, सोझाहरूलाई मार्न दुष्‍टहरूले आफ्‍ना तरवारहरू थुतेका छन् र आफ्‍ना धनुमा ताँदो चढाएका छन् ।

  • 2आफ्‍नो अहङ्कारको कारणले दुष्‍ट मानिसहरूले थिचोमिचोमा परेकाहरूलाई लखेट्छन् । तर दुष्‍टहरूलाई तिनीहरू आफैले बनाएका योजनाहरूका पासोमा पर्न दिनुहोस् ।

  • भजन 36:3-4
    2 पदहरू
    74%

    3त्यसका शब्दहरू पापी र छली छन् । त्यसले बुद्धिमान हुने र असल गर्ने इच्‍छा गर्दैन ।

    4त्यो ओछ्यानमा पल्टिंदा, त्यसले पाप गर्ने उपायहरूका योजना बनाउँछ । त्यो दुष्‍ट मार्गतिर लाग्छ । त्यसले खराबीलाई इन्कार गर्दैन ।

  • भजन 10:7-10
    4 पदहरू
    74%

    7त्यसको मुख सराप, छलले र हानिकारक शब्दहरूले पूर्ण हुन्छ । त्यसको जिब्रोले घायल पार्छ र नाश गर्छ ।

    8त्यो गाउँको नजिकै ढुकेर बस्छ । गुप्‍त ठाउँहरूमा त्यसले निर्दोषको हत्या गर्छ । त्यसका आँखाले बेसाहारा पिडितलाई खोज्छ ।

    9सिंह झाडीमा लुकेझैं त्यो गुप्‍तमा ढुक्छ । थिचोमिचोमा परेकाहरूलाई समात्‍न त्‍यो पर्खेर बस्‍छ । त्यसले आफ्नो जाल तान्दा थिचोमिचोमा परेकाहरूलाई समाउँछ ।

    10त्यसका पन्‍जामा परेकाहरूलाई टेकिन्‍छन् र पिटिन्छन् । तिनीहरू त्यसको बलियो जालहरूमा फस्छन् ।

  • 4खाँचोमा परेकाहरूलाई थिचोमिचो गर्नेहरू, र गरीबहरूलाई देशबाट हटाउनेहरू, यो सुन ।

  • 3तिनीहरूका हातहरू हानी गर्नलाई पोक्त छन् । शासकले पैसा माग्दछन्, न्यायकर्ता घूस लिनको निम्ति तयार छन्, र शक्तिशाली मानिसले आफूले प्राप्‍त गर्न चाहेको कुरा अरूहरूसँग माग्दछ । यसरी तिनीहरू एकसाथ षड्यन्त्र रच्छन् ।

  • 2तापनि उहाँ बुद्धिमान् हुनुहुन्छ, उहाँले विपत्ति ल्याउनुहुनेछ र आफ्‍नो वचनबाट उहाँ पछि हट्‍नुहुनेछैन । उहाँ दुष्‍ट घराना र पाप गर्न सहायता गर्नेहरूका विरुद्धमा उठ्नुहुनेछ ।

  • 30द्वेषपूर्ण आँखा झिम्क्याउनेले टेडो षड्यन्त्र रचिरहेको हुन्छ । आफ्नो ओठ लेब्‍र्‍याउनेले खराबी ल्याउँछ ।

  • 2छलपूर्ण रूपले काम गरेर तिम्रो जिब्रोले धारिलो छुराले जस्तै विनाशको योजना बनाउँछ ।

  • 8खराबी गर्न योजनाहरू बनाउने एउटा छ जसलाई मानिसहरू “षड्यन्त्रकारीको गुरु” भन्छन् ।

  • यशा 10:1-2
    2 पदहरू
    73%

    1¶ धिक्‍कार तिनीहरूलाई जसले अन्यायपुर्ण कानुन जारी गर्छन् र अनुचित नियम लेख्छन् ।

    2तिनीहरूले खाँचोमा परेकाहरूलाई न्यायबाट वञ्‍चित गर्छन्, मेरा मानिसका गरिबहरूलाई तिनीहरूका अधिकारहरू लूट्छन्, विधवालाई लूट्छन् र अनाथहरूलाई आफ्नो शिकार बनाउँछन् ।

  • 7दुष्‍टहरूको हिंसाले तिनीहरूलाई तानेर लैजान्छ, किनकि ठिक काम गर्न तिनीहरू इन्कार गर्छन् ।

  • 32दुष्‍ट व्‍यक्‍तिले धर्मी व्‍यक्‍तिलाई हे्र्छ र तिनलाई मार्न खोज्छ ।

  • 22के खराब युक्ति रच्नेहरू बरालिँदैनन् र? तर असल गर्ने योजना बनाउनेहरूले करारको विश्‍वसनीयता र भरोसा प्राप्‍त गर्ने छन् ।

  • 4खराब काम गर्नेले दुष्‍टको ओठमा ध्यान दिन्छ । झुट बोल्नेले विनाशक जिब्रोमा कान लगाउँछ ।

  • 2किनभने तिनीहरूको हृदयले हिंसाको षड्यन्त्र रच्छ, र तिनीहरूको ओठले कष्‍टबारे कुराकानी गर्छ ।

  • 16आफ्नो धन-सम्पत्ति बढाउन गरिब मानिसहरूमाथि थिचोमिचो गर्ने वा धनी मानिसहरूलाई दिने व्यक्ति दरिद्रतामा पुग्‍ने छ ।

  • 12दुष्‍ट मानिसले धर्मीको विरुद्धमा षड्यन्त्र गर्छ र त्यसले उनको विरुद्ध दाह्रा किट्छ ।

  • 14त्यसले आफ्नो हृदयमा छल राखेर दुष्‍ट योजना बनाउँछ । त्यसले सधैँ विवाद निम्त्याउँछ ।

  • 7धर्मात्मालाई गरिबका अधिकारहरू थाहा हुन्छ, तर दुष्‍टले यस्तो ज्ञान बुझ्दैन ।

  • 27बेकम्मा मानिसले खराबीको खाल्डो खन्छ, र त्यसको बोलीवचन पोल्ने आगोझैँ हुन्छ ।

  • 1¶ धिक्‍कार तिनीहरूलाई जसले अधर्मको योजना बनाउँछन्, जसले आफ्ना ओछ्यानमा दुष्‍ट काम गर्ने योजना बनाउँछन् । बिहानीको उज्यालोमा तिनीहरू यस्तो गर्छन् किनभने तिनीहरूसँग सामर्थ छ ।

  • 20किनकि तिनीहरूले शान्तिको कुरा गर्दैनन् । तर हाम्रो देशमा शान्तिमा बसेकाहरूका विरुद्धमा तिनीहरू छलपूर्ण कुरा गर्छन् ।

  • 9आवाज उठा, र जे ठिक छ त्यसको नापअनुसार न्याय गर्, अनि गरिब र खाँचोमा परेकाहरूको अधिकारको निम्ति बोल् ।

  • 12धनी मानिसहरू हिंसाले भरिएका छन्, त्यसका निवासीहरू झुट बोल्छन्, र तिनीहरूका मुखमा तिनीहरूका जिब्रा छलपूर्ण छन् ।

  • 21जसले एक वचनले मानिसलाई दोष लगाउने बनाउँछ । तिनीहरूले न्याय खोज्ने व्यक्‍तिलाई ढोकामा पासो थाप्छन् र झुठ बोलेर धर्मीलाई तल खसाल्‍छन् ।

  • 11निनवे, तिमीहरूका बिचमा कोही खडा भयो, जसले परमप्रभुको विरुद्धमा योजना बनायो, र त्यसले दुष्‍टतालाई बढुवा दियो ।

  • 31गरिबलाई थिचोमिचो गर्नेले आफ्नो सृष्‍टिकर्तालाई सराप्छ, तर खाँचोमा परेकाहरूलाई स्‍नेह देखाउनेले उहाँको आदर गर्छ ।

  • 20खराबी गर्ने योजना बनाउनेहरूको हृदयमा छल हुन्छ, तर शान्तिका परामर्शदाताहरूमा आनन्द आउँछ ।

  • नीति 12:5-6
    2 पदहरू
    70%

    5धर्मीका योजनाहरू न्यायपूर्ण हुन्छन्, तर दुष्‍टको सल्लाह छलपूर्ण हुन्छ ।

    6दुष्‍ट मानिसका वचनहरू हत्या गर्ने मौकाको प्रतीक्षा गर्ने पासो हुन्, तर धर्मीहरूका वचनहरूले तिनीहरूलाई सुरक्षित राख्छन् ।

  • 7व्यापारीहरूका हातमा छलको तराजु रहेको छ, तिनीहरूलाई छल गर्न मन पराउँछन् ।

  • 16परमप्रभुले यसै गर्नुभएको होस् किनभने यो मानिसले करारको विश्‍वस्‍तता देखाउने मन कहिल्यै गरेन, तर बरु थिचोमिचोमा परेकाहरू, दरिद्रहरू र निरुत्साहितहरूलाई मृत्युसम्मै सतायो ।

  • 29देशका मानिसहरूले बलपूर्वक थिचोमिचो गरेका छन् र लुटपाट गरेर लूट मच्‍चाएका छन्, अनि तिनीहरूले गरीब र दरिद्रहरूमाथि दुर्व्‍यवहार गर्छन्, र विदेशीहरूसँग अन्‍यायपूर्वक थिचोमिचो गर्छन् ।

  • 14यस्तो पुस्ता पनि छ जसका दाँत तरवारहरू हुन्, र तिनीहरूका बङ्गारा छुराजस्तै छन्, ताकि तिनीहरूले देशबाट गरिबहरूलाई र मानव-जातिबाट खाँचोमा परेकाहरूलाई निल्न सकून् ।

  • 19तेरो मुखले खराबी बोल्छ र तेरो जिब्रोले छल गर्छ ।

  • 22गरिबलाई नलुट्, किनकि त्यो गरिब हो, न त खाँचोमा परेकोलाई मूल ढोकामा पेल्ने गर,

  • 8धेरै ब्याज लगाएर आफ्नो सम्पत्ति बढाउने मानिसको धनलाई अर्कैले कुम्ल्याउँछ र त्यसले गरिबहरूमाथि दया देखाउँछ ।

  • 12मेरो ज्यान लिन खोज्‍नेहरूले मेरो निम्ति पासो थाप्छन् । मेरो हानि गर्न खोज्‍नेहरूले विनाशकारी कुरा गर्छन् र दिनभरि छलपूर्ण शब्दहरू भन्छन् ।

  • 2हरेकले आफ्ना छिमेकीलाई फोस्रा कुरा भन्छ । हरेकले चाप्लुसी ओठहरू र झुट मनले बोल्छन् ।

  • 2किनकि हेर, दुष्‍टहरूले आफ्‍ना धनु तयार गर्छन्। सोझो हृदय हुनेलाई अन्धकारमा प्रहार गर्न तिनीहरू आफ्‍ना काँडहरू ताँदोमा चढाउँछन् ।

  • 12बेकम्मा व्यक्ति अर्थात् दुष्‍ट मानिस आफ्नो जाली बोलिवचनद्वारा जिउँछ ।