नीतिवचन 30:14

अनलक शाब्दिक बाइबल

यस्तो पुस्ता पनि छ जसका दाँत तरवारहरू हुन्, र तिनीहरूका बङ्गारा छुराजस्तै छन्, ताकि तिनीहरूले देशबाट गरिबहरूलाई र मानव-जातिबाट खाँचोमा परेकाहरूलाई निल्न सकून् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 57:4 : 4 मेरो जीवन सिंहहरूका माझमा छ । मेरो नाश गर्न तयार भएकाहरूका माझमा म छु । म ती मानिसहरूका माझमा छु जसका दाँतहरू भालाहरू र काँडहरू हुन्, र जसका जिब्राहरू धारिला तरवारहरू हुन् ।
  • भजन 3:7 : 7 हे परमप्रभु, उठ्नुहोस्! हे परमेश्‍वर, मलाई बचाउनुहोस्! किनकि तपाईंले मेरा सबै शत्रुलाई बङ्गरामा हान्‍नुहुनेछ । तपाईंले दुष्‍टहरूका दाँतहरू भाँच्‍नुहुनेछ ।
  • भजन 14:4 : 4 तिनीहरू जसले अधर्म गर्छन्, तिनीहरू जसले मेरा मानिसहरूलाई रोटीझैं खान्‍छन्, तर जसले पमरप्रभुलाई पुकारा गर्दैन, के तिनीहरूले केही कुरा पनि जान्दैनन् र?
  • अय्यू 29:17 : 17 मैले अधर्मी मानिसको बङ्गारा झारिदिएँ । मैले त्यसको दाँतको बिचबाट सिकारलाई बाहिर निकालें ।
  • आमो 8:4 : 4 खाँचोमा परेकाहरूलाई थिचोमिचो गर्नेहरू, र गरीबहरूलाई देशबाट हटाउनेहरू, यो सुन ।
  • उप 4:1 : 1 ¶ फेरि एक पटक मैले सूर्यमूनि भएका सबै थिचोमिचोको विषयमा विचार गरेँ । मैले थिचोमिचोमा परेकाहरूको आँसु देखेँ, र तिनीहरूलाई सान्त्वना दिने कोही थिएन । शक्ति तिनीहरूलाई थिचोमिचो गर्नेहरूको हातमा थियो, र तिनीहरूलाई सान्त्वना दिने कोही थिएन ।
  • भजन 10:8-9 : 8 त्यो गाउँको नजिकै ढुकेर बस्छ । गुप्‍त ठाउँहरूमा त्यसले निर्दोषको हत्या गर्छ । त्यसका आँखाले बेसाहारा पिडितलाई खोज्छ । 9 सिंह झाडीमा लुकेझैं त्यो गुप्‍तमा ढुक्छ । थिचोमिचोमा परेकाहरूलाई समात्‍न त्‍यो पर्खेर बस्‍छ । त्यसले आफ्नो जाल तान्दा थिचोमिचोमा परेकाहरूलाई समाउँछ ।
  • प्रका 9:8 : 8 तिनीहरूका कपाल स्‍त्रीहरूका कपालजस्तै र तिनीहरूका दाँत सिंहका दाँतजस्ता थिए ।
  • भजन 12:5 : 5 परमप्रभु भन्‍नुहुन्छ, “गरीबको विरुद्धमा हिंसा, दरिद्रको सुस्केराले गर्दा म उठ्‍नेछु, म सुरक्षा प्रदान गर्नेछु जसको इच्‍छा तिनीहरू गर्छन् ।”
  • भजन 52:2 : 2 छलपूर्ण रूपले काम गरेर तिम्रो जिब्रोले धारिलो छुराले जस्तै विनाशको योजना बनाउँछ ।
  • भजन 58:6 : 6 हे परमेश्‍वर, तिनीहरूका दाँतहरू भाँचिदिनुहोस् । हे परमप्रभु, जवान सिंहहरूका बङ्गराहरू झारिदिनुहोस् ।
  • नीति 12:18 : 18 असावधानसाथ बोल्नेका वचनहरू तरवारको घोचाइझैँ हुन्छन्, तर बुद्धिमान्‌को बोलीले चङ्गाइ ल्याउँछ ।
  • नीति 22:16 : 16 आफ्नो धन-सम्पत्ति बढाउन गरिब मानिसहरूमाथि थिचोमिचो गर्ने वा धनी मानिसहरूलाई दिने व्यक्ति दरिद्रतामा पुग्‍ने छ ।
  • नीति 28:3 : 3 एउटा गरिब मानिसमाथि थिचोमिचो गर्ने अर्को गरिब मानिस अन्‍न सखाप पार्ने मुसलधारे वर्षाजस्तो हो ।
  • यशा 32:7 : 7 छलीका विधिहरू खराब हुन्‍छन् । गरीबले ठिक कुरा भने पनि उसले गरीबलाई विनाश पार्ने दुष्‍ट योजनाहरू बनाउँछ ।
  • दानी 7:5-7 : 5 अनि त्‍यहाँ अर्को एउटा भालुजस्तो पशु थियो, र त्यो झुकिरहेको थियो । आफ्‍ना दाँतहरूका बिचमा त्‍यसले तिनवटा करङ थिए । त्यसलाई यसो भनियो, ‘उठ्‍ र धेरै जना मानिसलाई खा ।’ 6 यसपछि मैले फेरि हेरें । त्यहाँ अर्को एउटा पशु थियो, जुन चितुवाजस्तो देखिन्थ्यो । त्यसको पछाडिपट्टि चराका जस्‍तै चारवटा पखेटा थिए, र त्यसका चारवटा टाउका थिए । राज्‍य गर्ने अधिकार त्यसलाई दिइएको थियो । 7 त्यसपछि रातको दर्शनमा डरलाग्दो, भयङ्कर, र धेरै बलियो थियो एउटा चौथो पशु मैले देखें । त्यसका फलाममा ठुला-ठुला दाँत थिए । त्यसले चपायो, टुक्रा-टुक्रा पार्थ्यो, र बाँकीलाई खुट्टामुनि कुल्‍चियो । अरू पशुभन्दा त्यो फरक थियो, र त्यसका दशवटा सिङ थिए ।
  • आमो 2:7 : 7 मानिसहरूले भुइँमा भएको धुलोलाई कुल्चेझैँ, तिनीहरूले गरिबहरूका शिरहरू कुल्चन्‍छन् । तिनीहरूले थिचोमिचोमा परेकालाई पर धकेल्‍छन् । एक जना मानिस र उसका बाबु एउटै केटीसँग सुत्‍छन्, र यसरी मेरो पवित्र नाउँलाई अशुद्ध पार्छन् ।
  • आमो 4:1 : 1 ¶ ए बाशानका गाईहरू, यो वचन सुन, तिमीहरू जो सामरियाको पहाडमा बस्‍छौ, तिमीहरू जसले गरिबहरूलाई थिचोमिचो गर्छौ, तिमीहरू जसले दरिद्रहरूलाई कुल्‍चिन्‍छौ, तिमीहरू जसले आफ्ना पतिहरूलाई भन्‍छौ, “हामीलाई मद्य ल्याउनुहोस्” ।
  • मीका 2:1-2 : 1 ¶ धिक्‍कार तिनीहरूलाई जसले अधर्मको योजना बनाउँछन्, जसले आफ्ना ओछ्यानमा दुष्‍ट काम गर्ने योजना बनाउँछन् । बिहानीको उज्यालोमा तिनीहरू यस्तो गर्छन् किनभने तिनीहरूसँग सामर्थ छ । 2 तिनीहरू भुमिहरूको लोभ गर्छन् र ती आफ्नो कब्जामा गर्छन्; तिनीहरू घरहरूको लोभ गर्छन् र ती आफ्नो बनाउँछन् । तिनीहरूले मानिस र त्यसको घर अनि त्यसको उत्तराधिकारमाथि शासन गर्छन् ।
  • मीका 3:1-5 : 1 ¶ मैले भनेँ, “अब सुन, ए याकूबका अगुवाहरू र इस्राएलका घरानाका शासकहरू, के इन्साफलाई बुझ्नु तिमीहरूका निम्ति ठिक होइन र? 2 तिमीहरू जसले असल कुरालाई घृणा गर्छौ र दुष्‍टलाई रुचाउँछौ, तिमीहरू जसले तिनीहरूका छालालाई काढ्‍दछौ, र तिनीहरूका हड्‍डीबाट मासुलाई अलग गर्दछौ, 3 तिमीहरु जसले मेरा मानिसहरूका मासु खान्छौ, र तिनीहरूका छाला काढ्छौ, तिनीहरूका हड्‍डी भाँच्‍छौ, र तिनीहरूलाई भाँडोमा राख्‍ने मासु, र खड्कुँलोमा पकाउने मासुझैँ टुक्रा-टुक्रा गर्दछौ । 4 त्यसपछि तिमी शासकहरूले परमप्रभुलाई पुकार्नेछौ, तर उहाँले तिमीहरूलाई जवाज दिनुहुनेछैन । त्यस बेला उहाँले आफ्नो मुहार तिमीहरूदेखि लुकाउनुहुनेछ किनभने तिमीहरूले दुष्‍ट कामहरू गरेका छौ ।” 5 परमप्रभु यस्तो भन्‍नुहुन्छ, “मेरा मानिसहरूलाई गलत मार्गमा हिँडाउने अगमवक्ताहरू, कसैले तिनीहरूलाई केही खान दिए भने, तिनीहरू ‘शान्ति होस्’ भनेर घोषणा गर्दछन् । तर यदि त्यसले तिनीहरूलाई केही खान दिएन भने, तिनीहरू त्यसको विरुद्ध युद्ध गर्नको निम्ति लागिपर्दछन् ।
  • हब 3:14 : 14 तपाईंले त्यसका लडाकुहरूका शिरलाई तिनीहरूकै तिरले छेडिदिनुभयो किनभने तिनीहरू हामीलाई तितरबितर गर्न आँधीझैँ आए, शरणस्थानमा दरिद्रहरूलाई भस्म पार्नेको झैँ तिनीहरूको नजर थियो ।
  • सप 3:3 : 3 त्यसको माझमा त्यसका राजकुमारहरू गर्जने सिंहझैँ छन् । त्यसका न्यायकर्ताहरू साँझमा आउने ब्वाँसाहरूझैँ छन् जसले बिहानसम्म खानको निम्ति केही पनि बाँकी राख्दैनन् ।
  • मत्त 23:13 : 13 तर धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! तिमीहरू मानिसहरूका सामुन्‍ने स्वर्गको राज्यलाई बन्द गर्दछौ । किनकि तिमीहरू यसमा आफैँ प्रवेश गर्दनौ, अनि न त प्रवेश गर्न लागेकाहरूलाई त्यसो गर्न दिन्छौ ।
  • याक 5:1-4 : 1 ¶ अब आओ, तिमीहरू जो धनी छौ, तिमीहरूमा आउन लागेका कष्‍टहरूको कारण रोओ र विलाप गर । 2 तिमीहरूका धनहरू सडेका छन् र तिमीहरूका पोसाकहरू किराले खाएका छन् । 3 तिमीहरूका सुन र चाँदीहरूमा कस लागेको छ । तिनीहरूमा लागेको कस तिमीहरूको विरुद्ध साक्षी हुनेछ । त्यसले तिमीहरूका शरीरलाई आगोले झैँ नाश पार्नेछ । तिमीहरूले आफ्ना धन सम्पत्तिलाई अन्तिम दिनका निम्ति थुपारिराखेका छौ । 4 हेर, ती खेतालाहरूको ज्याला उच्‍च सोरमा कराइरहेको छ– त्यो ज्याला जुन तिमीहरूका खेतहरूमा कटनी गर्नेहरूलाई दिन तिमीहरूले रोक लगाएका छौ, र ती खेतालाहरूको चित्कार सेनाहरूका परमप्रभुका कानसम्म पुगेको छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 17मैले अधर्मी मानिसको बङ्गारा झारिदिएँ । मैले त्यसको दाँतको बिचबाट सिकारलाई बाहिर निकालें ।

  • 13अहङ्कारी आँखा भएकाहरूको पुस्ता पनि छ, जसको हेराइ अति घृणास्पद हुन्छ ।

  • नीति 30:15-16
    2 पदहरू
    74%

    15जूकाका दुई छोरी छन् । “देऊ, देऊ” भन्दै तिनीहरू चिच्‍च्याउँछन् । तिनवटा कुरा छन् जुन कहिल्यै सन्तुष्‍ट हुँदैनन्, र चारवटा कुरा जसले कहिल्यै “पुग्यो” भन्दैनन् ।

    16पाताल, बाँझी स्‍त्री, पानीले कहिल्यै सन्तुष्‍ट नहुने जमिन र कहिल्यै “पुग्यो” नभन्‍ने आगो ।

  • 9यस्ता दुष्‍ट मानिसहरू छन् जसले अनाथहरूलाई आफ्‍ना आमाको कोखबाट खोसेर लैजान्छन्, र गरिब मानिसहरूका बालबालिका बन्‍धकको रूपमा लैजान्छन् ।

  • 12दुष्‍ट मानिसले धर्मीको विरुद्धमा षड्यन्त्र गर्छ र त्यसले उनको विरुद्ध दाह्रा किट्छ ।

  • 14थिचोमिचोमा परेका र दरिद्रहरूलाई ढाल्न, सोझाहरूलाई मार्न दुष्‍टहरूले आफ्‍ना तरवारहरू थुतेका छन् र आफ्‍ना धनुमा ताँदो चढाएका छन् ।

  • 6किनकि मेरो देशमा एउटा जाति आएको छ, बलियो र अनगिन्ती छ । त्यसका दाँत सिंहका दाँतझैं छन्, र त्यसका दाह्रा सिंहनीका झैं छन् ।

  • 6हे परमेश्‍वर, तिनीहरूका दाँतहरू भाँचिदिनुहोस् । हे परमप्रभु, जवान सिंहहरूका बङ्गराहरू झारिदिनुहोस् ।

  • 29“ती दिनमा कसैले पनि यसो भन्‍नेछैन, 'अमिलो अङ्गुर खानेचाहिं बुबा, तर दाँत कुँडिनेचाहिं छोराछोरीको!'

  • 4दूध चुस्‍ने शिशुको जिब्रो तिर्खाले गर्दा तालुमा टाँसिन्छ । बालबालिकाहरूले खानेकुरा माग्छन्, तर तिनीहरूका लागि केही छैन ।

  • अय्यू 5:4-5
    2 पदहरू
    73%

    4त्यसका छोराछोरी बिल्‍कुलै सुरक्षित छैनन् । तिनीहरू सहरको मूल ढोकामा कुल्चिमिल्ची पारिएका छन् । तिनीहरूलाई छुटकारा दिने कोही छैन ।

    5भोकाएकाहरूले आफ्नो फसल खान्छन् । तिनीहरूले त्‍यसलाई काँढाहरूका बिचबाट पनि बटुल्छन् । तिर्खाएकाहरूले आफ्‍नो धन-सम्पत्तिको तृष्णा गर्छन् ।

  • अय्यू 24:4-5
    2 पदहरू
    72%

    4दरिद्र मानिसहरूका उनीहरूका मार्गबाट तिनीहरूले जबरजस्‍ती हटाउँछन् । पृथ्वीका सबै गरिब मानिसहरू तिनीहरूबाट आफूलाई लुकाउँछन्।

    5हेर्नुहोस्, उजाड-स्थानका वन-गधाहरूझैं, यी गरिब मानिसहरू होसियारी भएर खानेकुरा खोज्‍दै आफ्नो काममा जान्छन् । सायद अराबाले तिनीहरूका छोराछोरीलाई खानेकुरा जुटाउनेछ ।

  • 4खाँचोमा परेकाहरूलाई थिचोमिचो गर्नेहरू, र गरीबहरूलाई देशबाट हटाउनेहरू, यो सुन ।

  • व्यव 32:24-25
    2 पदहरू
    72%

    24तिनीहरू भोकले नष्‍ट हुने छन्, र प्रचण्ड ताप र डरलाग्दो विनाशले भस्म हुने छन् । भुइँमा घस्रने जन्तुहरूको विषसहित म तिनीहरूकहाँ जङ्गली जनावरहरूको दाह्रा, पठाउने छु ।

    25बाहिर तरवारले तिनीहरूलाई मार्ने छ, र सुत्‍ने कोठाभित्र त्रासले तिनीहरूलाई नष्‍ट गर्ने छ । यसले युवा र कन्या दुवै अनि दूधे-बालक र कपाल फुलेको वृद्धलाई नष्‍ट पार्ने छ ।

  • 14त्यसको मुखका ढोकाहरू कसले खोल्न — त्यसका दाँत बजाउन सक्‍छ, जुन त्रासदी हो ।

  • 30गरीबको जेठा छोरोले मेरो खर्कहरूमा आफ्‍ना भेडाहरू चराउनेछन्, र खाँचामा परेकाहरू सुरक्षासँग पल्टिनेछन् । तेरो वंशलाई म अनिकाले मार्नेछु जसले तेरा बाँचेका सबैलाई मृत्युमा पुर्‍याउनेछ ।

  • 10सिंहको गर्जन, हिंस्रक सिंहको सोर र जवान सिंहहरूका दाँत— ती भाँचिएका छन् ।

  • 23गरिब मानिसको नजोतिएको खेतबारीले प्रशस्तै अन्‍न उब्जाउला, तर अन्यायले त्यसलाई खोसेर लैजान्छ ।

  • 14उसका छोराछोरीको सङ्‍ख्‍या बढ्‍छन् भने, त्‍यो तरवारको निम्‍तो हो । उसका सन्तानहरूले पेटभरि खान कदापि पाउने छैनन् ।

  • अय्यू 5:15-16
    2 पदहरू
    71%

    15तर उहाँले गरिबहरूलाई तिनीहरूको मुखमा भएको तरवारदेखि र खाँचोमा परेकालाई शक्तिशाली मानिसहरूको हातबाट बचाउनुहुन्छ ।

    16त्यसैले गरिब मानिसको आशा छ, र अन्यायले त्यसको आफ्नै मुख बन्द गर्छ ।

  • 2तिनीहरूले खाँचोमा परेकाहरूलाई न्यायबाट वञ्‍चित गर्छन्, मेरा मानिसका गरिबहरूलाई तिनीहरूका अधिकारहरू लूट्छन्, विधवालाई लूट्छन् र अनाथहरूलाई आफ्नो शिकार बनाउँछन् ।

  • 7हेर्नुहोस्, तिनीहरूका मुखले नराम्रा कुरा बोल्‍छन् । तिनीहरूका ओठहरूमा तरवारहरू छन्, किनकि तिनीहरू भन्छन्, “हाम्रा कुरा कसले सुन्छ?”

  • 16कत्ति पनि आदर नगरी तिनीहरूले मेरो गिल्‍ला गरे । तिनीहरूले क्रोधमा ममाथि आफ्‍ना दाँत किटे ।

  • 14तिनीहरूका मुख श्राप र तिक्‍तताले भरिएका छन् ।

  • 15गर्जने सिंह वा झम्टने भालुझैँ मानिसहरूमाथि शासन गर्ने दुष्‍ट शासक हुन्छ ।

  • 20तिनीहरूल दाहिने हातमा खानेकुरा समात्छन् तर तिनीहरू अझै भोको नै हुन्‍छन् । तिनीहरूले देब्रे हातमा खाना खानेछन्, तर अझै तृप्‍त हुनेछैनन् । प्रत्‍येकले आफ्नै बाहुलीको मासु पनि खानेछ ।

  • 13गर्जने सिंहले आफ्नो शिकार च्यातेझैं, मेरो विरुद्धमा तिनीहरू आफ्‍ना मुख चौडा खोल्‍छन् ।

  • 6तिम्रा दाँत भरखरै कत्रेका, नुहाउने ठाउँबाट आएका भेडीहरूको बथानजस्तै छन् । हरेकको जुम्ल्याहा छ, र तिनीहरूका बिचमा कोही पनि एकलो छैन ।

  • 70%

    16तिनीहरूका वाणका ठोक्राहरू खुला चिहानजस्तै छन् । तिनीहरू सबै सिपाही हुन् ।

    17त्यसैले तिमीहरूका फसल, तिमीहरूका छोराछोरी अनि तिमीहरूका खानेकुरा स्वाहा पारिनेछन् । तिनीहरूले तिमीहरूका भेडा-बाख्रा र गाईवस्तु खानेछन् । तिनीहरूले तिमीहरूका दाखका बोट र अञ्जीरका बोटहरूका फल खानेछन् । तिमीहरूले भरोसा गरेका तिमीहरूका किल्ला भएका सहरहरूलाई तिनीहरूले तरवारले नष्‍ट पार्नेछन् ।

  • 9परमेश्‍वर क्रोधमा उहाँले मलाई टुक्रा पार्नुभएको, र मलाई सताउनुभएको छ । क्रोधमा उहाँले आफ्नो दाह्रा किट्नुहुन्छ । मेरो शत्रुले मलाई घुरेर हेर्नुहुन्छ ।

  • 7छलीका विधिहरू खराब हुन्‍छन् । गरीबले ठिक कुरा भने पनि उसले गरीबलाई विनाश पार्ने दुष्‍ट योजनाहरू बनाउँछ ।

  • 16आफ्नो धन-सम्पत्ति बढाउन गरिब मानिसहरूमाथि थिचोमिचो गर्ने वा धनी मानिसहरूलाई दिने व्यक्ति दरिद्रतामा पुग्‍ने छ ।

  • 15धनी मानिसको सम्पत्ति उसको किल्लाबन्दी गरिएको सहर हो, तर गरिबहरूको गरिबी तिनीहरूको विनाश हो ।

  • 3तिमीहरु जसले मेरा मानिसहरूका मासु खान्छौ, र तिनीहरूका छाला काढ्छौ, तिनीहरूका हड्‍डी भाँच्‍छौ, र तिनीहरूलाई भाँडोमा राख्‍ने मासु, र खड्कुँलोमा पकाउने मासुझैँ टुक्रा-टुक्रा गर्दछौ ।

  • 3एउटा गरिब मानिसमाथि थिचोमिचो गर्ने अर्को गरिब मानिस अन्‍न सखाप पार्ने मुसलधारे वर्षाजस्तो हो ।

  • 34गरिबी चोरझैँ आउने छ, र आवश्यकताचाहिँ हतियार भिरेको सिपाहीझैँ आउने छ ।

  • 9आवाज उठा, र जे ठिक छ त्यसको नापअनुसार न्याय गर्, अनि गरिब र खाँचोमा परेकाहरूको अधिकारको निम्ति बोल् ।

  • 29तिनीहरूका गर्जन सिंहको जस्तो हुनेछ । जवान सिंहहरूझैं तिनीहरू गर्जनेछन् । तिनीहरू गर्जन्छन् र शिकार समात्‍नेछन् र छुटाउने कोही नभई त्‍यो घिसारेर लैजान्छन् ।

  • 11गरिबी चोरझैँ आउने छ, र आवश्यकताचाहिँ हतियार भिरेको सिपाहीझैँ आउने छ ।

  • 14उज्यालो हुनुअगि हत्यारा उठ्छ, र त्यसले गरिब तथा दरिद्र मानिसहरूलाई मार्छ । रातमा ऊ चोरजस्तो हुन्छ ।

  • 30त्यसका बचेराहरूले पनि रगत पिउँछन् । जहाँ लाश हुन्छ, त्यहाँ त्यो हुन्छ ।”

  • 31गरिबलाई थिचोमिचो गर्नेले आफ्नो सृष्‍टिकर्तालाई सराप्छ, तर खाँचोमा परेकाहरूलाई स्‍नेह देखाउनेले उहाँको आदर गर्छ ।

  • 11आफ्ना बुबाहरूलाई सराप्‍ने र आमाहरूलाई आशिष् नदिने पुस्ता पनि छ ।

  • 10दुष्‍ट व्यक्‍तिले यो देख्‍नेछ र क्रुद्ध हुनेछ । त्यसले रिसले दाह्रा किट्नेछ र त्यो बिलेर जाने छ । दुष्‍ट मानिसहरूका इच्‍छा नष्‍ट हुनेछ ।