अय्यूब 39:30

अनलक शाब्दिक बाइबल

त्यसका बचेराहरूले पनि रगत पिउँछन् । जहाँ लाश हुन्छ, त्यहाँ त्यो हुन्छ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 24:28 : 28 जहाँ सिनो छ, त्यहाँ गिद्धहरू भेला हुनेछन् ।
  • लू 17:37 : 37 तिनीहरूले उहाँलाई सोधे, “कहाँ प्रभु?” र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू जम्मा हुनेछन् ।”
  • यहे 39:17-19 : 17 ए मानिसको छोरो, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: पखेटा भएका सबै चराहरू र जमिनका सबै जङ्गली पशुहरूलाई यसो भन्, ‘एकसाथ भेला होओ र आओ । मैले तिमीहरूका निम्ति इस्राएलका पर्वतहरूमा गर्न गइरहेको ठुलो बलिदानको निम्ति सबै तिरबाट भेला होओ, ताकि तिमीहरूले मासु खानेछौ र रगत पिउनेछौ । 18 तिमीहरूले योद्धाहरूको मासु खानेछौ र पृथ्वीका शासकहरूका रगत पिउनेछौ । ती बाशानमा मोटाएका भेडाहरू, थुमाहरू, बाकाहरू, र साँढेहरू हुनेछन् । 19 तब तिमीहरू अघाउन्‍जेलसम्म बोसो खानेछौ । नमातेसम्म तिमीहरूले रगत पिउनेछौ । तिमीहरूको निम्ति मैले मार्ने बलिदान यो हुनेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • अय्यू 39:28-29
    2 पदहरू
    85%

    28त्यो पहरामा बस्छ र पहराकै टाकुरामा त्यसले आफ्नो घर बनाउँछ जुन किल्‍लाझैं हुन्छ ।

    29त्यहाँबाट त्यसले सिकारहरूको खोजी गर्छ । त्यसका आँखाले धेरै टाढाबाट तिनलाई देख्छन् ।

  • यहे 19:2-3
    2 पदहरू
    78%

    2र भन्‌, 'तेरी आमा को थिई? एक सिंहिनी, त्यो सिंहका डमरुसँग बस्थी । त्यसले आफ्ना डमरुहरूलाई हुर्काउँदै तिनीहरूका बिचमा बस्थी ।

    3आफ्ना डमरुमध्‍ये एउटालाई हुर्काएर जवान बनाउने त्यो नै थिई । त्‍यो सिंह जसले आफ्नो शिकारलाई फहराउन सिक्‍यो र त्‍यसले मानिसहरूलाई खायो ।

  • अय्यू 39:15-16
    2 पदहरू
    76%

    15पैतलाले तिनलाई कुल्चन सक्छ वा जङ्गली जनावरले कुल्चिन सक्‍छ भनी त्यसले बिर्सन्छ ।

    16त्यसले आफ्ना बच्‍चाहरूलाई आफ्नो नभएजस्तै गरी निर्दयतापूर्वक व्यवहार गर्छ । त्यसको परिश्रम व्यर्थैमा खेर जान्छ कि भनी त्यो डराउँदैन,

  • नहू 2:11-13
    3 पदहरू
    74%

    11सिंहको गुफा, जहाँ जवान सिंहहरूलाई खुवाइन्थ्यो, जहाँ सिंह र सिंहनी आफ्ना डमरुहरूसँग हिँड्थे, जहाँ तिनीहरू कोहीसँग डराउँदैनथे, त्यो ठाउँ कहाँ छ?

    12सिंहले आफ्ना डमरुहरूका निम्ति त्यसका शिकारहरूलाई टुक्रा-टुक्रा गर्‍यो । त्यसले आफ्ना सिंहनीहरूका निम्ति शिकारको घाँटी निमोठी मार्‍यो, र आफ्नो गुफालाई शिकारहरूले, र आफ्नो ओडारलाई टुक्रा-टुक्रा पारिएका सिनुहरूले भर्‍यो ।

    13सेनाहरूका परमप्रभु यो घोषणा गर्नुहुन्छ, “हेर्, म तेरो विरुद्धमा छु । म तेरा रथहरूलाई जलाएर धुँवा बनाउनेछु र तेरा जवान सिंहहरूलाई तरवारले नष्‍ट पार्नेछ । तेरो भुमिबाट तेरो शिकारलाई म हटाइदिनेछु र तेरा समाचारबाहकहरूका आवाज अब कहिल्यै सुनिनेछैन ।”

  • अय्यू 38:39-41
    3 पदहरू
    74%

    39के सिंहनीको निम्ति तैंले सिकार खोज्न सक्छस्, अर्थात् त्यसका डमरूहरूको भोकलाई तृप्‍त पार्न सक्छस्,

    40जति बेला तिनीहरू आफ्नो खोरमा ढुकिबस्छन्, अनि गुप्‍तमा लुकेर पर्खिरहन्‍छन्?

    41कागका बचेराहरूले परमेश्‍वरमा पुकारा गर्दा, र खानेकुराको अभावले भाउन्‍न हुँदा, कसले तिनलाई आहार जुटाइदिन्छ?

  • 57अनि आफूले भर्खरै जन्माएको छोरोसाथै आफ्नै बालबच्‍चाको मासु खाने छे । तिमीहरूको शत्रुले तिमीहरूको सहरलाई घेराबन्दी गरी कष्‍टमा ल्याउँदा त्यसले केही खान नपाएकीले गर्दा गुप्‍तमा त्यसले त्यो मासु खाने छे ।

  • यहे 19:5-6
    2 पदहरू
    73%

    5त्‍यसले ऊ फर्केर आउँछ कि भनी आशा गरे तापनि आफ्‍नो आशा खेर गएको देखी । यसैले त्यसले आफ्नो अर्को डमरुलाई लिएर र त्यसलाई जवान सिंह हुनलाई हुर्काई ।

    6त्यो जवान सिंह अरू सिंहहरूका माझमा यताउता हिंड्‌डुल गर्न लाग्‍यो । त्‍यो एउटा बलियो जवान सिंह भएको थियो र त्‍यसले शिकारलाई फहराउन सिक्‍यो । त्‍यसले मानिसहरूलाई खान लाग्‍यो ।

  • 3स्यालका माउहरूले पनि आफ्ना बच्‍चाहरूलाई थुन चुस्‍न दिन्छन्, तर मेरो जातिकी छोरी मरुभूमिका अस्ट्रिचहरूझैँ क्रुर भएकी छे ।

  • 24हेर, मानिसहरू सिंहनीजस्तै उठ्छन्, सिंहजस्तै उठ्छन् र आक्रमण गर्छन् । त्यो आफ्नो सिकारलाई नखाएसम्म र त्यसले मारेको सिकारको रगत नपिएसम्म आराम गर्दैन ।”

  • 29तिनीहरूका गर्जन सिंहको जस्तो हुनेछ । जवान सिंहहरूझैं तिनीहरू गर्जनेछन् । तिनीहरू गर्जन्छन् र शिकार समात्‍नेछन् र छुटाउने कोही नभई त्‍यो घिसारेर लैजान्छन् ।

  • 12तिनीहरू शिकारको उत्कट इच्छा गर्ने सिंहझैं, लुक्‍ने ठाउँहरूमा ढुकिरहेको जवान सिंहझैं छन् ।

  • 3त्यसको माझमा त्यसका राजकुमारहरू गर्जने सिंहझैँ छन् । त्यसका न्यायकर्ताहरू साँझमा आउने ब्वाँसाहरूझैँ छन् जसले बिहानसम्म खानको निम्ति केही पनि बाँकी राख्दैनन् ।

  • अय्यू 39:3-4
    2 पदहरू
    71%

    3तिनीहरू निहुरिन्छन्, र आफ्ना पाठा पाउँछन्, अनि यसरी तिनीहरूको आफ्नो प्रसव-वेदना सकिन्छ ।

    4तिनीहरूका पाठा बलिया हुन्छन्, र खुला खेतहरूमा हुर्कन्छन् । तिनीहरू बाहिर निस्कन्छन्, र फेरि फर्केर आउँदैनन् ।

  • यशा 34:14-15
    2 पदहरू
    70%

    14त्यहाँ जङ्गली जनावरहरू र हुँडारहरू भेट्नेछन् अनि घोरलहरू एकआपसमा कराउनेछन् । रातका जनावरहरू त्यहाँ बस्‍नेछन् र तिनीहरूको निम्ति विश्रामको ठाउँ हुनेछ ।

    15लाटोकोसेराहरूले गुँड बनाउनेछन्, अण्डा पार्नेछन्‌ कोरल्नेछन् र तिनीहरूका बचेराहरूको संरक्षण गर्नेछन् । हो, त्यहाँ आ-आफ्ना जोडीसँग बाजहरू भेला हुनेछन् ।

  • 13गर्जने सिंहले आफ्नो शिकार च्यातेझैं, मेरो विरुद्धमा तिनीहरू आफ्‍ना मुख चौडा खोल्‍छन् ।

  • अय्यू 4:10-11
    2 पदहरू
    70%

    10सिंहको गर्जन, हिंस्रक सिंहको सोर र जवान सिंहहरूका दाँत— ती भाँचिएका छन् ।

    11सिकारको अभावले बुढो सिंह नष्‍ट हुन्छ । सिंहनीका डमरुहरू जताततै छरपष्‍ट भएका हुन्‍छन् ।

  • 27त्‍यसभित्र भएका त्‍यसका शासकहरू आफ्‍नो शिकार फहराउने ब्‍वाँसाहरूजस्‍ता छन्‌ । तिनीहरूले बेईमानसाथ नाफा कमाउनलाई रगत बगाउँछन् र मानिसहरूलाई मार्छन्‌ ।

  • 18यी मानिसहरू तिनीहरूको आफ्नै रगतको लागि ढुकिबस्छन् । तिनीहरूले आफ्नै ज्यानको लागि पासो थाप्छन् ।

  • 21जवान सिंहहरू आफ्‍ना शिकारको निम्ति गर्जिन्छन् र परमेश्‍वरबाट आफ्‍नो खानेकुरा खोज्छन् ।

  • 8छाउराहरू खोसिएको माउ भालूले झैं म तिनीहरूलाई आक्रमण गर्नेछु । तिनीहरूका छातीहरूलाई म च्यात्‍नेछु, र त्यहाँ म तिनीहरूलाई सिंहले झैं निल्‍नेछु जसरी जङ्गली पशुले तिनीहरूलाई टुक्रा-टुक्रा पार्छ ।

  • व्यव 32:24-25
    2 पदहरू
    70%

    24तिनीहरू भोकले नष्‍ट हुने छन्, र प्रचण्ड ताप र डरलाग्दो विनाशले भस्म हुने छन् । भुइँमा घस्रने जन्तुहरूको विषसहित म तिनीहरूकहाँ जङ्गली जनावरहरूको दाह्रा, पठाउने छु ।

    25बाहिर तरवारले तिनीहरूलाई मार्ने छ, र सुत्‍ने कोठाभित्र त्रासले तिनीहरूलाई नष्‍ट गर्ने छ । यसले युवा र कन्या दुवै अनि दूधे-बालक र कपाल फुलेको वृद्धलाई नष्‍ट पार्ने छ ।

  • 15तिनीहरूका खुट्टा रगत बगाउनमा द्रूत छन् ।

  • 8एक जना दूधे बालक सर्पको दुलोमा खेल्नेछ, र दूधे छाडेको बालकले सर्पको दुलोभित्र हात हाल्नेछ ।

  • 14यस्तो पुस्ता पनि छ जसका दाँत तरवारहरू हुन्, र तिनीहरूका बङ्गारा छुराजस्तै छन्, ताकि तिनीहरूले देशबाट गरिबहरूलाई र मानव-जातिबाट खाँचोमा परेकाहरूलाई निल्न सकून् ।

  • 21त्यसकारण तिनीहरूका सन्तानलाई अनिकालमा पर्न दिनुहोस्, र तिनीहरूलाई तरवार खेलाउनेहरूका हातमा सुम्पिनुहोस् । यसरी तिनीहरूका स्‍त्रीहरू शोकमा परून् र विधना होऊन्, अनि तिनीहरूका पुरुषहरू मारिऊन्, र तिनीहरूका युवाहरू युद्धमा तरवारले मारिऊन् ।

  • 9ए मैदानमा भएका सबै जङ्गली पशुहरू, वनका सबै जङ्गली पशुहरू आओ र खाओ!

  • 18तिमीहरूले योद्धाहरूको मासु खानेछौ र पृथ्वीका शासकहरूका रगत पिउनेछौ । ती बाशानमा मोटाएका भेडाहरू, थुमाहरू, बाकाहरू, र साँढेहरू हुनेछन् ।

  • 7किनकि त्‍यसको रगत त्‍यसकै बिचमा छ । त्‍यसले त्‍यो रगत चिल्‍लो चट्टानमा बगाई । धूलाले ढाक्‍नलाई त्‍यसले त्‍यो रगत भूइँमा पोखाईन,

  • 20तरवारद्वारा मारिएकाहरूका बिचमा तिनीहरू मर्नेछन् । तरवार थुतिएको छ! त्यो तरवारलाई दिइएको छ । तिनीहरूले त्यसलाई र त्यसका भिडलाई कब्‍जा गर्नेछन् ।

  • 10तथापि नो शहर निर्वासनमा लगियो, त्यो दासत्वमा लगियो, त्यसका छोराछोरीहरू हरेक सडकहरूका मुखमा टुक्रा-टुक्रा पारिए । त्यसका शत्रुहरूले त्यसका भारदारहरूका निम्ति चिट्ठा हाले, र त्यसका सबै महान् मानिसहरू साङ्लाले बाँधिए ।

  • 9के मैले मूल्‍य तिरेको उत्तराधिकार छिरबिरे सिकारी चराजस्तै बनेको छैन, जसका विरुद्धमा अरू सिकारी चराहरू आइलाग्‍छन्? जा र सबै जङ्गली जनावरहरूलाई जम्मा गर्, र त्यसलाई निल्न तिनीहरूलाई लिएर आइज ।

  • 9सात जना सन्तान जन्माउने आमा उजाड हुनेछे । त्‍यसले उफ् उफ् गर्नेछे । दिन छँदै त्यसको घाम अस्ताउनेछ । त्यो लज्‍जित र अपमानित हुनेछे, किनकि बाँकी रहेकाहरूलाई म तिनीहरूका शत्रुहरूको उपस्थितिमा तरवारलाई दिनेछु, यो परमप्रभुको घोषणा हो ।”

  • 17बुबालाई खिल्ली उडाउने र आमाको आज्ञालाई खिसी गर्ने आँखालाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्ने छन्, र त्यसलाई गिद्धहरूले खाने छन् ।

  • 25गर्जने सिंहले शिकार टुक्र्याएझैं त्‍यसको बिचमा भएका त्‍यसका अगमवक्‍ताहरूले एउटा षड्‌यन्‍त्र रच्छन् । तिनीहरूले मानिसहरूलाई निल्‍छन् र बहुमूल्‍य धन लुट्‌छन् । त्यसभित्र तिनीहरूले धेरै जनालाई विधवा बनाउँछन्‌ ।

  • 13उसको शरीरका अंगहरू नष्‍ट पारिनेछन् । वास्तवमा, मृत्युको जेठो सन्तानले उसका अंगहरू निल्नेछ ।

  • 38बेबिलोनीहरू जवान सिंहहरूजस्तै गर्जन्छन् । तिनीहरू सिंहका बच्‍चाहरूजस्तै कराउँछन् ।

  • 10तिनीहरूले त्यसलाई नाङ्गो पारे, त्यसका छोराछोरीलाई लगे, त्यसलाई तरवारले मारे र अरू स्‍त्रीहरूका माझमा त्यो कुख्‍यात भई । यसरी तिनीहरूले त्यसलाई दण्ड दिए ।

  • 28त्यो चोरझैँ ढुकिबस्छे, र त्यसले मानिसहरूका बिचमा विश्‍वासघातीहरूको सङ्ख्या बढाउँछे ।