भजनसंग्रह 149:8

अनलक शाब्दिक बाइबल

तिनीहरूले आफ्‍ना राजाहरूलाई साङ्लाहरूले र आफ्‍ना शासक वर्गलाई फलामे सिक्रीले बाँध्‍नेछन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहो 10:23-24 : 23 तिनीहरूले तिनले भनेझैँ गरे । तिनीहरूले यरूशलेमका राजा, हेब्रोनका राजा, यार्मूतका राजा, लाकीशका राजा र एग्लोनका राजा अर्थात् यी पाँच जना राजालाई गुफाबाट बाहिर ल्याए । 24 जब तिनीहरूले राजाहरूलाई यहोशूकहाँ ल्याए, तिनले इस्राएलका सबै मानिसलाई बोलाए । तिनले तिनीसँग युद्धमा जाने सेनाहरूका सेनापतिहरूलाई भने, “उनीहरूको गर्दनमा तिमीहरूको खुट्टाले टेक ।” त्यसैले तिनीहरू आए र उनीहरूका गर्दनमाथि तिनीहरूका खुट्टाले टेके ।
  • यहो 12:7 : 7 त्यस भूमिका राजाहरू यिनै हुन् जसलाई यहोशू र इस्राएलका मानिसहरूले लेबनान नजिकको बाल-गाददेखि एदोमको छेउको हालाक डाँडासम्म यर्दनको पश्‍चिमपट्टि पराजित गरेका थिए । यहोशूले त्यो भूमि अधीन गर्न इस्राएलका कुलहरूलाई दिए ।
  • न्या 1:6-7 : 6 तर अदोनी-बेजेक भागे, र तिनीहरूले उनलाई लखेटे र समाए, र तिनीहरूले उनका हात र खुट्टाका बुढी औंला काटिदिए । 7 अदोनी-बेजेकले भने, “हात र खुट्टाका बुढी औंला काटिएका सत्तरी जना राजाले मेरो टेबिलको मुनिबाट आफ्‍नो निम्ति भोजन बाटुल्‍थे । मैले जस्तो गरेको थिएँ, परमेश्‍वरले मलाई त्यस्तै गर्नुभएको छ ।” तिनीहरूले उनलाई यरूशलेममा ल्याए, र उनी त्यहीं मरे ।
  • अय्यू 36:8 : 8 तिनीहरू साङ्लाले बाँधिए अनि दुःखका डोरीमा अल्‍झिए भने,

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 149:6-7
    2 पदहरू
    84%

    6तिनीहरूका मुखहरूमा परमेश्‍वरको प्रशंसा र तिनीहरूका हातमा दुई धारे तरवार होस्,

    7जातिहरूमा बदला लिन र मानिसहरूमा दण्डका कामहरू गर्न ।

  • 9लेखिएका न्‍यायका फैसला तिनीहरूले गर्नेछन् । उहाँका सबै विश्‍वासयोग्य जनका निम्ति यो एउटा आदर हुनेछ । परमप्रभुको प्रशंसा गर ।

  • अय्यू 36:8-9
    2 पदहरू
    80%

    8तिनीहरू साङ्लाले बाँधिए अनि दुःखका डोरीमा अल्‍झिए भने,

    9तब तिनीहरूले जे गरेका हुन्‍छन्, अनि तिनीहरूका अपराध र तिनीहरूका घमण्ड, उहाँले तिनीहरूलाई प्रकट गर्नुहुन्छ ।

  • भजन 2:2-3
    2 पदहरू
    76%

    2पृथ्वीका राजाहरू एकसाथ मिलेर साँठगाँठ गर्छन् अनि परमप्रभु र उहाँको अभिषिक्‍त जनको विरुद्धमा शासकहरू यसो भनेर षड्यान्त्र रच्‍छन्,

    3“तिनीहरूले हामीलाई लगाएका हतकडीहरू हामी तोडौं र तिनीहरूका साङ्लाहरू फालौं ।”

  • भजन 2:9-10
    2 पदहरू
    75%

    9तिमीले तिनीहरूलाई फलामे डन्डाले तोड्नेछौ । कुमाले भाँडोझैं तिमीले तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछौ ।”

    10त्यसैले ए राजाहरू हो, सावधान होओ । ए पृथ्वीका शासकहरू हो, आफूलाई सच्याओ ।

  • अय्यू 12:18-19
    2 पदहरू
    74%

    18उहाँले राजाहरूको उच्‍च अधिकार खोस्‍नुहुन्‍छ । उहाँले तिनीहरूको कम्मरमा पटुका बेर्नुहुन्छ ।

    19उहाँले पुजारीहरूलाई शोकमा नाङ्गै खुट्टा हिंडाउनुहुन्छ, र शक्तिशाली मानिसहरूलाई फाल्‍नुहुन्छ ।

  • 10कोही अँध्यारो र दुःखमा, कैदीहरू कष्‍ट र साङ्लाहरूमा बसे ।

  • 11परमप्रभुको प्रशंसा गर, हे पृथ्वीका राजाहरू र सबै जातिहरू, शासकहरू र पृथ्वीमा शासन गर्ने सबैले,

  • 4परमप्रभु धर्मी हुनुहुन्छ । उहाँले दुष्‍टहरूका डोरीहरू काट्नुभएको छ ।”

  • 18तिनका खुट्टाहरू साङ्लाहरूले बाँधिएका थिए । तिनको घाँटीमा फालमको जन्जीर लगाइयो,

  • 34पृथ्वीका सबै कैदीलाई खुट्टाले कुल्चिमिल्ची पार्ने,

  • 16किनकि उहाँले काँसाका ढोकाहरू फुटाउनुभएको छ र फलामका डण्डाहरू काट्नुभएको छ ।

  • 5परमप्रभु तिम्रो दाहिने हातपट्टि हुनुहुन्छ । उहाँले आफ्‍नो क्रोधको दिनमा राजाहरूलाई मार्नुहुनेछ ।

  • 22तिनले चाहेअनुरूप उनका शासकहरूलाई सल्‍लाह दिन र उनका धर्मगुरुहरूलाई बुद्धि सिकाउन ।

  • 11तिनीहरूका भारदारहरूलाई ओरेब र जएबझैं, र तिनीहरूका सबै शासकहरूलाई जेबह र सल्मुन्‍नझैं बनाउनुहोस् ।

  • 32तब तिनीहरूका विद्रोहलाई लट्ठीले र तिनीहरूको अधर्मलाई आघातले म दण्ड दिनेछु ।

  • भजन 9:15-16
    2 पदहरू
    71%

    15जातिहरू आफैले बनाएका खाल्डोमा जाकिएका छन् । तिनीहरूले लुकाएका पासोहरूमा तिनीहरूका खुट्टाहरू फसेका छन् ।

    16परमप्रभुले आफैलाई प्रकट गर्नुभएको छ । उहाँले न्यायको फैसला गर्नुभएको छ । दुष्‍टहरू आफ्नै कामहरूका पासोमा परेका छन् । सेला

  • 8ताकि उहाँले त्यसलाई शासकहरूसित, त्यसका मानिसहरूका शासकहरूसित बसाल्‍नुहुन्छ ।

  • 4राजा शक्तिशाली हुनुहुन्छ र उहाँले न्यायलाई प्रेम गर्नुहुन्छ । तपाईंले निश्‍पक्षता स्थापित गर्नुभएको छ । तपाईंले याकूबमा धार्मिकता र न्याय गर्नुभएको छ ।

  • 13तिनीहरूलाई एकसाथ जमिनमा गाडिदे । तिनीहरूका अनुरहरूलाई लुकाइएको ठाउँमा कैद गर् ।

  • 24तिनीहरूमाथि आफ्‍नो क्रोध खन्याउनुहोस् र तपाईंको रिसको उग्रताले तिनीहरूलाई व्याकुल बनाओस् ।

  • 27कुमालेका माटाका भाँडाहरूलाई उसले टुक्रा-टुक्रा पारेजस्तै उसले फलामको छडीले तिनीहरूमाथि शासन गर्नेछ ।

  • 14किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः बेबिलोनका राजा नबूकदनेसरको सेवा गर्नलाई मैले यी सबै जातिको काँधमा फलामको जुवा राखेको छु, र तिनीहरूले उसको सेवा गर्नेछन् । शासन गर्नलाई मैले उसलाई जङ्गलका वन्यजन्तुहरू पनि दिएको छु' ।”

  • 9तिनीहरूलाई पनि तपाईंले मिद्यनलाई गरेझैं, सीसरालाई गरेझैं र कीशोन खोलामा याबीनलाई गरेझैं गर्नुहोस् ।

  • 10बलिरहेको भुङ्‍ग्रो तिनीहरूमाथि खसोस् । कहिल्यै नउठ्ने गरी तिनीहरूलाई आगोमा, अतलकुण्‍डमा फाल्नुहोस् ।

  • 13अब म मानिसहरूका जुवा भाँची तँबाट निकालिदिनेछु, तेरा बन्धनहरूलाई म तोडिदिनेछु ।”

  • 20कैदीहरूका विलाप सुन्‍न, मृत्युदण्ड पाएकाहरूलाई छुटाउन ।

  • 12उहाँले शासकहरूका आत्मा नाश पार्नुहुन्छ । पृथ्वीका राजाहरूले उहाँको भय मान्छन् ।

  • 37हाम्रा पापले गर्दा त्यसका प्रशस्त उब्जनीहरू हामीमाथि प्रभुत्व गर्न तपाईंले खटाउनुभएका राजाहरूकहाँ जान्छन् । तिनीहरूलाई इच्छा लागेअनुसार तिनीहरूले हाम्रा शरीरसाथै हाम्रा गाईवस्तुमाथि शासन गर्छन् । हामी बडो कष्‍टमा छौँ!

  • 14उहाँले तिनीहरूलाई अन्धकार र दुःखबाट बाहिर निकाल्नुभयो र तिनीहरूका बन्धनहरू छिनाउनुभयो ।

  • 8तर छेउछाउका इलाकाबाट जातिहरू त्‍यसको विरुद्धमा आए । तिनीहरूले त्‍यसमाथि पासो थापे । तिनीहरूको पासोमा त्‍यो पर्‍यो ।

  • 11कैदीहरूका सुस्‍केरा तपाईंको सामु आओस् । तपाईंको शक्तिको महान्‌ताले मृत्युका सन्तानहरूलाई जीवित राख्‍नुहोस् ।

  • 21त्यसकारण तिनीहरूका सन्तानलाई अनिकालमा पर्न दिनुहोस्, र तिनीहरूलाई तरवार खेलाउनेहरूका हातमा सुम्पिनुहोस् । यसरी तिनीहरूका स्‍त्रीहरू शोकमा परून् र विधना होऊन्, अनि तिनीहरूका पुरुषहरू मारिऊन्, र तिनीहरूका युवाहरू युद्धमा तरवारले मारिऊन् ।

  • यशा 24:21-22
    2 पदहरू
    69%

    21त्यस दिन परमप्रभुले स्वर्गका सेनाहरूलाई आकाशमा र पृथ्वीका राजाहरूलाई पृथ्वीमा दण्ड दिनुहुनेछ ।

    22तिनीहरूले कैदीको रूपमा खाल्डोमा एकसाथ जम्‍मा गरिनेछ र झ्यालखानमा बन्द गरिनेछ । अनि धेरै दिनपछि तिनीहरूलाई दण्ड दिइनेछ ।

  • 12तिनीहरूका मुखका पापहरू र तिनीहरूका ओठहरूका शब्दहरूका निम्ति, तिनीहरूलाई आफ्‍नै घमण्डमा कब्जा गरियोस् र तिनीहरूलले व्यक्‍त गरेका सराप र झूटको निम्ति ।

  • 15तिनीहरूका राजा, त्योसँगै त्यसका अधिकारीहरू समेत कैदमा जानेछन्,” परमप्रभु भन्‍नुहुन्छ ।

  • 5परमप्रभुले दुष्‍टहरूको लट्ठी र ती शासकहरूको राजदण्ड भाँच्‍नुभएको छ,

  • 6तिनीहरूका घाँटीमा सिक्रीझैं तिनीहरू घमण्डले सजिछन् । वस्‍त्रले ढाकेझैं तिनीहरूलाई हिंसाले ढाक्‍नेछ ।

  • 12के कसैले फलामलाई टुक्रा-टुक्रा पार्न सक्छ? खास गरी, उत्तरबाट आउने काँसा मिसिएको फलामलाई?

  • 8यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो, कि त्यस दिन म तिमीहरूका काँधको जुवा भाँच्‍नेछु, र म तिमीहरूका साङ्लाहरू छिनाउनेछु, यसैले विदेशीहरूले तिमीहरूलाई फेरि कहिल्यै दास बनाउनेछैनन् ।

  • 17के त्यसले यसैकारण आफ्नो जाल रित्त्याउँदै जान्छ, र जाति-जातिहरूलाई निर्दयतापूर्वक काटिरहन्छ?”

  • 8यसकारण परमप्रभुको क्रोध यहूदा र यरूशलेममाथि परेको थियो, र उहाँले तिनीहरूलाई डर, आतङ्क र घृणाका पात्र बनाउनुभएको छ, जस्‍तो तिमीहरूका आफ्नै आँखाले तिमीहरू देख्‍न सक्छौ ।

  • 8किनकि परमप्रभुले आफ्नो हातमा फिंज आइरहेको दाखमद्यको कचौरा समात्‍नुहुन्छ, जुन मसलासँग मिसाइएको छ र ‍यसलाई खन्याउनुहुन्‍छ । निश्‍चय नै पृथ्वीका सबै दुष्‍टहरूले यसको अन्तिम थोपासम्म पिउनेछन् ।