भजनसंग्रह 112:3
धन र सम्पत्ति त्यसको घरमा हुन्छन् । उहाँको धार्मिकता सदासर्वदा रहनेछ ।
धन र सम्पत्ति त्यसको घरमा हुन्छन् । उहाँको धार्मिकता सदासर्वदा रहनेछ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
2त्यसका सन्तानहरू पृथ्वीमा शक्तिशाली हुनेछन् । भक्त मानिसका सन्तानहरू धन्यका हुनेछन् ।
3उहाँको काम ऐश्वर्यशाली र महिमित छ । उहाँको धार्मिकता सदासर्वदा रहन्छ ।
29धर्मीले देशको उत्तराधिकार गर्नेछन् र त्यहाँ सदासर्वदा बास गर्नेछन् ।
4भक्त मानिसको निम्ति अन्धकारमा ज्योति चम्किन्छ । उहाँ अनुग्रही, कृपालु र निष्पक्ष हुनुहुन्छ ।
5अनुग्रहसाथ व्यवहार गर्ने र रुपियाँ ऋण दिने, अनि आफ्नो करोबार इमानदारसाथ गर्ने मानिसको भलो हुन्छ ।
6किनकि त्यो कहिल्यै डग्नेछैन । धर्मी व्यक्तिको सम्झना सधैं हुनेछ ।
9त्यसले गरीबहरूलाई उदार चित्तले दिन्छ । त्यसको धार्मिकता सदासर्वदा रहन्छ । त्यसलाई आदरसाथ उच्च पारिनेछ ।
22असल व्यक्तिले आफ्ना नाति-नातिनाहरूका निम्ति पैतृक-सम्पत्ति छाड्छ, तर पापीको सम्पत्ति धर्मी व्यक्तिको लागि सञ्चय गरिन्छ ।
6धर्मात्माको घरमा ठुलो खजाना हुन्छ, तर दुष्ट मानिसको कमाइले त्यसलाई कष्ट दिन्छ ।
13त्यसको जीवन भलाइमा बित्नेछ । त्यसका सन्तानहरूले देशको उत्तराधिकार पाउनेछन् ।
18परमप्रभुले नोष्खोटमाथि दिनदिनै हे्र्नुहुन्छ र तिनीहरू उत्तराधिकार सदाको निम्ति हुनेछ ।
33दुष्टहरूको घरमा परमप्रभुको सराप पर्छ, तर धर्मीहरूको घरमा उहाँको आशिष् पर्छ ।
28उसको घरको धन लुप्त हुनेछ । परमेश्वरको क्रोधको दिनमा उसका सामानहरू टाढा बग्नेछन् ।
7धर्मात्मा आफ्नो सत्यनिष्ठामा चल्छ, र त्यसलाई पछ्याउने त्यसका छोराहरू आशिषित् हुने छन् ।
16धेरै जना दुष्ट मानिसहरूका प्रशस्तताभन्दा धर्मीसँग भएको थोरै नै असल हो ।
28आफ्ना धन-सम्पत्तिमाथि भरोसा गर्नेहरूको पतन हुने छ, तर धर्मी मानिसहरू पातझैँ मौलाउने छन् ।
26दिनभरि नै अनुग्रही हुन्छ र पैंचो दिन्छ अनि त्यसका छोराछोरीले आशिष् पाउँछन् ।
27खराबीबाट फर्क र जे असल छ सो गर । तब तिमी सदासर्वदा सुरक्षित हुनेछौ ।
7दुष्ट मानिसहरू फालिन्छन्, र तिनीहरू रहँदैनन्, तर धर्मी मानिसहरूको घर खड रहने छ ।
4क्रोधको दिनमा धन-सम्पत्ति बेकामको हुन्छ, तर ठिक गर्नाले मृत्युबाट जोगाउँछ ।
29ऊ धनी हुनेछैन । उसको धन-सम्पत्ति टिक्नेछैन, र उसका धनदौलत देशमा फैलिनेछैन ।
30धर्मात्मा कहिल्यै उखेलिने छैन, तर दुष्टचाहिँ पृथ्वी रहने छैन ।
9यस्तो लेखिएको छः “उहाँले आफ्नो सम्पत्ति बाँडेर गरिबहरूलाई दिनुभएको छ । उहाँको धार्मिकता सधैँभरि रहन्छ ।”
18मसित रुपियाँ-पैसा र इज्जत, टिकिरहने धन-सम्पत्ति र धार्मिकता छन् ।
22परमेश्वरले आशिष् दिनुभएकाहरूले देशको उत्तराधिकार पाउनेछन् । उहाँद्वारा सराप पाएकाहरू बहिष्कृत हुनेछन् ।
7उनको समयमा धर्मीहरूको फलिफाप होस् र चद्रमाको लोप नभएसम्म त्यहाँ प्रशस्त शान्ति होस् ।
3त्यो खोलाको किनारमा रोपेको रूखजस्तै हुनेछ जसले आफ्नो ऋतुमा त्यसको फल दिन्छ जसको पातहरू कहिल्यै ओइलाउँदैन त्यसले जे गरे पनि सफल हुनेछ ।
4हो, परमप्रभुलाई आदर गर्ने मानिस साँच्चै आशिषित् हुनेछ ।
6निश्चय नै, मेरो जीवनका सारा दिन भलाइ र करारको विश्वस्तता मेरो पछि आउनेछ । र परमप्रभुको मन्दिरमा म सधैंभरि वास गर्नेछु ।
11आफ्ना परिवारहरू सधैंभरि निरन्तर रहन्छन्, र आफू बसोवास गरेका ठाउँहरू सबै पुस्तालाई हुन्छ भन्ने तिनीहरूका भित्री विचार हुन्छ । आफ्ना जमिनहरूलाई तिनीहरूले आफ्नै नाउँ दिन्छन्।
16कोही धनी हुँदा र त्यसको घरको गौरव बढ्दा नडरा ।
16बुद्धिको दाहिने हातमा दीर्घायु हुन्छ भने त्यसको देब्रे हातमा धन-सम्पत्ति र मान हुन्छन् ।
17उनको नाउँ अमर रहोस् । सूर्य रहेसम्म उनको नाउँ निरन्तर रहोस् । मानिसहरू उनमा आशोषित् होऊन् । सबै जातिहरूले उनलाई धन्यको भनून् ।
11दुष्ट मानिसहरूको घर नष्ट पारिने छ, तर धर्मी मानिसहरूको पालमा फलिफा हुने छ ।
3दुष्टताद्वारा मानिस स्थापित हुन सक्दैन, तर धर्मी मानिसहरूलाई जरैदेखि उखेल्न सकिँदैन ।
21असल काम गर्ने र दयालु मानिसले जीवन, धार्मिकता र इज्जत पाउँछ ।
3जे ठिक छ सो गर्नेहरू र जसका कामहरू सधैं न्यायोचित हुन्छन्, तिनीहरू धन्यका होऊन् ।
5त्यसले परमप्रभुबाट आशिष् र त्यसको उद्धारको परमेश्वरबाट धार्मिकता प्राप्त गर्नेछ ।
7उहाँले धर्मी मानिसहरूबाट आफ्नो दृष्टि हटाउनुहुन्न, तर त्यसको साटोमा राजालाई झैं तिनीहरूलाई सधैंभरि सिंहासनमा राख्नुहुन्छ, र तिनीहरू माथि उचालिन्छन् ।
7तिनी परमेश्वरको सामु सदासर्वदा रहनेछन् ।
17धार्मिकताको कामचाहिं शान्ति हुनेछ । अनि धार्मिकताको परिणामचाहिं सदासर्वदा शान्ति र दृढता हुनेछ ।
17तर परमप्रभुलाई आदर गर्नेहरूमाथि उहाँको करारको विश्वस्तता अनादिदेखि अनन्तसम्म रहन्छ । उहाँको धार्मिकता तिनीहरूका सन्तानहरूमा रहन्छ ।
10धर्मी मानिसलाई राम्रो हुनेछ भन, किनकि तिनीहरूले आफ्ना कामहरूका फल खानेछन् ।
3हारूनको घरानाले भनोस्, “उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।”
13धार्मिकता उहाँको अगि जानेछ र उहाँको पाइलाहरूका निम्ति मार्ग बनाउनेछ ।
29त्यसका सन्तानहरूलाई सदासर्वदासम्म रहने र त्यसको सिंहासन माथिको आकाश जत्तिकै रहिरहने म बनाउनेछु ।
8विश्वासयोग्य र उचित किसिमले पालन गर्न ती सदाको निम्ति स्थापित गरिएका छन् ।
12उसैले मेरो लागि एउटा मन्दिर बनाउनेछ, र उसको सिंहासन सदाको निम्ति स्थापित गर्नेछु ।
11तर नम्रहरूले देशको उत्तराधिकार गर्नेछन् र ठुलो समृद्धिमा खुसी हुनेछन् ।
14उसलाई म आफ्नो मन्दिर र मेरो राज्यमाथि सधैंको निम्ति राख्नेछु, र उसको सिंहासन सदासर्वदाको निम्ति स्थापित हुनेछ ।”