अय्यूब 15:29

अनलक शाब्दिक बाइबल

ऊ धनी हुनेछैन । उसको धन-सम्पत्ति टिक्‍नेछैन, र उसका धनदौलत देशमा फैलिनेछैन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 27:16-17 : 16 दुष्‍ट मानिसले धूलोझैं चाँदीको थुप्रो लगाए पनि, र माटोझैं लुगाफाटा थुपारे पनि, 17 उसले ती लुगाफाटा जम्मा त गर्ला, तर धर्मी मानिसहरूले ती लगाउनेछन्, र निर्दोष मानिसहरूले चाँदीचाहिं आफ्‍नो बिचमा बाँड्‍नेछन् ।
  • भजन 49:16-17 : 16 कोही धनी हुँदा र त्यसको घरको गौरव बढ्दा नडरा । 17 किनकि जब त्यो मर्नेछ, तब त्यसले कुनै कुरा पनि लानेछैन । त्यसको गौरव त्यसको पछिपछि जानेछैन ।
  • लू 12:19-21 : 19 म मेरो प्राणलाई भन्‍नेछु, ‘हे प्राण, तेरो लागि प्रशस्तै असल चिजहरू धेरै वर्षको लागि भण्डारण गरिएको छ । आराम गर, खा, पी र आनन्दित हो ।’ 20 तर परमेश्‍वरले त्यसलाई भन्‍नुभयो, ‘मूर्ख मानिस, आजको रात नै तेरो प्राण फिर्ता लिइयो भने, तैँले तयार गरेको ती सब चिजहरू कसको हुनेछ?’ 21 यसरी नै कसैले आफ्नो धन सम्पत्तिको संचय गरेर आफ्नै लागि राख्दछन् र यो परमेश्‍वरकहाँ पुग्दैन ।”
  • लू 16:2 : 2 तब ती धनी मानिसले उसलाई बोलाएर भने, ‘तिम्रो बारेमा म यो के सुन्दै छु? तिम्रो व्यवस्थापनको बारेमा हिसाब देऊ । अब उप्रान्त तिमी व्यवस्थापक रहन सक्दैनौ ।’
  • लू 16:19-22 : 19 अब कोही एक जना धनी मानिस थियो र उसले सधैँ मसिनो मलमल र वैजनी वस्‍त्र पहिरन्थ्यो र आफ्नो प्रशस्त धन सम्पत्तिमा हरेक दिन आनन्द गर्दथ्यो । 20 लाजरस नाम गरेको, घावैघाउ भएको कोही एक जना मानिसलाई ल्याएर उसको ढोकामा राखिदिन्थे । 21 उसले त्यस धनी मानिसको टेबलबाट झरेका टुक्राटाक्रीले आफ्नो पेट भर्ने इच्छा गर्थ्‍यो र त्यसबाहेक, कुकुरहरू आएर उसका घाउहरू चाट्ने गर्थे । 22 यसपछि त्यो भिखारी मर्‍यो र स्वर्गदूतहरूले उसलाई उठाएर अब्राहामकहाँ लगे । त्यो धनी मानिस पनि मर्‍यो र गाडियो ।
  • याक 1:11 : 11 किनकि प्रचण्ड तापसहित सूर्य उदाउँछ र घाँसलाई सुकाइदिन्‍छ । फुल झर्छ, र त्‍यसको सौन्‍दर्य नष्‍ट हुन्छ । त्यसै गरी, धनी मानिस आफ्नो यात्राको बिचमा नै बिलाएर जानेछ ।
  • याक 5:1-3 : 1 ¶ अब आओ, तिमीहरू जो धनी छौ, तिमीहरूमा आउन लागेका कष्‍टहरूको कारण रोओ र विलाप गर । 2 तिमीहरूका धनहरू सडेका छन् र तिमीहरूका पोसाकहरू किराले खाएका छन् । 3 तिमीहरूका सुन र चाँदीहरूमा कस लागेको छ । तिनीहरूमा लागेको कस तिमीहरूको विरुद्ध साक्षी हुनेछ । त्यसले तिमीहरूका शरीरलाई आगोले झैँ नाश पार्नेछ । तिमीहरूले आफ्ना धन सम्पत्तिलाई अन्तिम दिनका निम्ति थुपारिराखेका छौ ।
  • अय्यू 20:22-28 : 22 आफ्नो धनको प्रचुरतामा ऊ सङ्कष्‍टमा पर्नेछ । गरिबीमा रहेकाहरू हरेकको हात उसको विरुद्धमा आइलाग्‍नेछ । 23 उसले आफ्नो पेट भर्नै लाग्दा, परमेश्‍वरले आफ्नो घोर क्रोध उसमा उतार्नुहुन्‍छ । उसले खाइरहँदा परमेश्‍वरले उसमाथि त्‍यो बर्साउनुहुन्‍छ । 24 त्‍यो मानिस फलामको हतियारबाट भागे तापनि, काँसको धनुले उसलाई प्रहार गर्नेछ । 25 आफ्नो पिठिउँबाट उसले त्यो तान्‍नेछ, र चम्कने टुप्पो उसको कलेजोबाट बाहिर निस्कनेछ । उसमा त्रासहरू आउनेछन् । 26 उसको धनको लागि निस्पट्ट अन्धकार साँचिएको छ । प्रचण्ड आगोले उसलाई भस्म पार्नेछ । उसको पालमा छोडिएका सबै कुरालाई त्‍यसले भष्‍म पार्नेछ । 27 स्वर्गले उसको अधर्म प्रकट गर्नेछ, र साक्षीको रूपमा पृथ्वी नै उसको विरुद्धमा खडा हुनेछ । 28 उसको घरको धन लुप्‍त हुनेछ । परमेश्‍वरको क्रोधको दिनमा उसका सामानहरू टाढा बग्‍नेछन् ।
  • अय्यू 22:15-20 : 15 दुष्‍ट मानिसहरू हिंडेका पुरानै मार्गमा, तपाईं पनि हिंड्नुहुन्‍छ र— 16 तिनीहरूको समय हुनुअगि नै तिनीहरूको जीवन लिइयो, तिनीहरूका जगहरू नदीले झैं बगाएर लगेको छ, 17 जसले परमेश्‍वरलाई यसो भने, 'हामीबाट जानुहोस्, ' जसले यसो भने, 'सर्वशक्तिमान्‌ले हामीलाई के गर्न सक्‍नुहुन्छ र?' 18 तापनि उहाँले तिनीहरूका घरहरू असल कुराहरूले भर्नुभयो । दुष्‍ट मानिसहरूका योजनाहरू मबाटै धेरै टाढा छन् । 19 धर्मी मानिसहरूले तिनीहरूको सुदिन देख्छन्, र खुसी हुन्छन् । निर्दोष मानिसहरूले हाँसेर तिनीहरूको उपहास गर्छन् । 20 तिनीहरू भन्छन्, 'निश्‍चय नै हाम्रो विरुद्धमा उठ्नेहरू त्‍यागिएका छन् । आगोले तिनीहरूको धन-सम्पत्ति भस्म पारेको छ ।'

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • अय्यू 15:30-32
    3 पदहरू
    84%

    30उसले अन्धकारबाट छुटकारा पाउनेछैन । ज्वालाले उसका हाँगाहरूलाई सुकाउनेछ । परमेश्‍वरको मुखको सासले ऊ मर्नेछ ।

    31आफैलाई धोका दिंदै उसले व्यर्थका कुराहरूमा भरोस नगरोस् । किनभने व्यर्थका कुरा त्यसको इनाम हुनेछ ।

    32उसको मर्ने समयभन्दा पहिले नै यसो हुनेछ । उसको हाँगा हरियो हुनेछैन ।

  • 28र उजाड सहरहरूमा बसेको छ । अहिले कुनै मानिस नबस्‍ने घरहरूमा, जुन फोहोरको थुप्रो हुन तयार थिए ।

  • अय्यू 18:14-19
    6 पदहरू
    80%

    14आफ्‍नो पालको सुरक्षाबाट उसलाई घिस्‍याइन्‍छ, र त्रासको राजाकहाँ लगिन्‍छ ।

    15अपरिचित मानिसहरूले उसको घरभित्र गन्धक छरेको देखेपछि, तिनीहरू उसको पालमा बस्‍ने छैनन् ।

    16उसका जराहरू तलतिरका नै सुक्‍नेछन् । माथिको उसको हाँगा काटिनेछ ।

    17पृथ्वीबाट उसको सम्झना लुप्‍त हुनेछ । सडकमा उसको कुनै नाउँ हुनेछैन ।

    18उसलाई उज्यालोबाट अँध्यारोमा धपाइनेछ, र यस संसारबाट लखेटिनेछ ।

    19उसका मानिसका बिचमा उसको छोरो वा नाति हुनेछैन, न त ऊ बसेको ठाउँमा कुनै आफन्त हुनेछ ।

  • 19ऊ धनी भएर ओछ्यानमा पल्टन्छ, तर उसले त्यसो गरिरहने छैन । उसले आफ्ना आँखा खोल्‍छ, अनि हरेक कुरा सिद्धिएको हुनेछ ।

  • 15ऊ आफ्नो घरमा अडेल लग्‍छ, तर त्‍यसले उसलाई थाम्दैन । उसले त्‍यसमा समात्छ, तर यो अडिंदैन ।

  • भजन 49:16-17
    2 पदहरू
    77%

    16कोही धनी हुँदा र त्यसको घरको गौरव बढ्दा नडरा ।

    17किनकि जब त्यो मर्नेछ, तब त्यसले कुनै कुरा पनि लानेछैन । त्यसको गौरव त्यसको पछिपछि जानेछैन ।

  • 10ऊ फेरि आफ्नो घरमा फर्कनेछैन, न त उसको ठाउँले फेरि उसलाई चिन्‍नेछ ।

  • अय्यू 20:7-9
    3 पदहरू
    76%

    7त्‍यस्‍तो व्यक्ति आफ्नै मलमूत्रझैं स्थायी रूपमा नष्‍ट हुनेछ । उसलाई देखेकाहरूले सोध्‍नेछन्, 'ऊ कहाँ छ?'

    8ऊ सपनाझैं हराउनेछ, र भेट्टाइने छैन । वास्तवमा ऊ रातको दर्शनझैं लुप्‍त हुनेछ ।

    9उसलाई देखेका आँखाले फेरि उसलाई देख्‍नेछैन । उसको ठाउँले फेरि उसलाई देख्‍नेछैन ।

  • 14जब धनी मानिसले दुर्भाग्यबाट आफ्नो धन-सम्पत्ति गुमाउँछ, तब त्यसले पालन-पोषण गरेको त्यसको आफ्नै छोरोको हातमा केही पनि हुँदैन ।

  • अय्यू 20:20-21
    2 पदहरू
    76%

    20ऊ आफैमा सन्तुष्‍ट नभएको हुनाले, आफूले मजा लिने कुनै कुरा पनि उसले बचाउन सक्‍नेछैन ।

    21उसले नखाएको कुनै कुरो बाँकी छैन । त्यसकारण उसको सम्‍बृद्धि स्थायी हुनेछैन ।

  • अय्यू 27:14-15
    2 पदहरू
    76%

    14उसका छोराछोरीको सङ्‍ख्‍या बढ्‍छन् भने, त्‍यो तरवारको निम्‍तो हो । उसका सन्तानहरूले पेटभरि खान कदापि पाउने छैनन् ।

    15ऊसँग बाँच्नेहरू विपत्तिद्वारा गाडिनेछन्, अनि तिनीहरूका विधवाहरूले तिनीहरूका निम्‍ति विलाप गर्नेछैनन् ।

  • 13तर दुष्‍ट मानिसको लागि राम्रो हुने छैन । त्यसको आयु लामो हुने छैन । त्यसले परमेश्‍वरलाई आदर नगर्ने भएकोले त्यसका दिनहरू एकै क्षण देखा पर्ने छायाजस्तै हुन्छन् ।

  • 6त्यो अराबाको पोथ्रोझैं हुनेछ, र त्यसले कुनै असल कुरो आइरहेको देख्‍ने छैन । त्यो बासिन्दा नभएको उजाडस्थान, सुख्‍खा भूमिका चट्टानहरूमा बस्‍नेछ ।

  • 19त्यो आफ्नो पुर्खाहरूका पुस्तामा जानेछ र तिनीहरूले फेरि कहिल्यै त्‍योति देख्‍नेछैनन् ।

  • अय्यू 20:26-28
    3 पदहरू
    74%

    26उसको धनको लागि निस्पट्ट अन्धकार साँचिएको छ । प्रचण्ड आगोले उसलाई भस्म पार्नेछ । उसको पालमा छोडिएका सबै कुरालाई त्‍यसले भष्‍म पार्नेछ ।

    27स्वर्गले उसको अधर्म प्रकट गर्नेछ, र साक्षीको रूपमा पृथ्वी नै उसको विरुद्धमा खडा हुनेछ ।

    28उसको घरको धन लुप्‍त हुनेछ । परमेश्‍वरको क्रोधको दिनमा उसका सामानहरू टाढा बग्‍नेछन् ।

  • 19तपाईंको धन-सम्पत्तिले तपाईंलाई यति फाइदा दिन्‍छ जसले गर्दा तपाईं निराशामा पर्नुहुन्‍न? अर्थात् तपाईंको ताकतको सबै शक्तिले तपाईंलाई मदत गर्न सक्छ?

  • 21उसका कानमा त्रासको सोर सुनिन्छ । उसको उन्‍नति हुँदा नै विनाशक उसमा आउनेछ ।

  • 2ऊ फुलझैं जमिनबाट उम्रिन्‍छ र काटिन्छ । ऊ छायाझैं भाग्छ, र रहँदैन ।

  • 24तापनि जब कोही लड्छ, तब के त्यसले मदतको लागि आफ्नो हात उठाउँदैन र? के सङ्कष्‍टमा भएको कसैले पनि मदतको लागि पुकार्दैन र?

  • 10केही क्षणमा नै दुष्‍ट मानिस लोप हुनेछन् । तिमीले त्यसको ठाउँमा हेर्नेछौ तर त्यो गइसकेको हुनेछ ।

  • अय्यू 20:17-18
    2 पदहरू
    73%

    17महको धारा अर्थात् तरलता, र घिउको आनन्‍द उसले लिन पाउनेछैन ।

    18आफ्नो परिश्रमको फल उसले फिर्ता गर्नेछ र त्यो खान सक्‍नेछैन । आफ्‍नो व्यापारद्वारा कमाएको सम्‍पत्तिको आनन्‍द उसले पाउनेछैन ।

  • याक 1:10-11
    2 पदहरू
    73%

    10तर धनी मानिसले आफ्नो दीनतामा गर्व गरोस्, किनभने ऊ घाँसमा फलेको जङ्गली फुलझैँ ओइलाएर बितिजानेछ ।

    11किनकि प्रचण्ड तापसहित सूर्य उदाउँछ र घाँसलाई सुकाइदिन्‍छ । फुल झर्छ, र त्‍यसको सौन्‍दर्य नष्‍ट हुन्छ । त्यसै गरी, धनी मानिस आफ्नो यात्राको बिचमा नै बिलाएर जानेछ ।

  • 28आफ्ना धन-सम्पत्तिमाथि भरोसा गर्नेहरूको पतन हुने छ, तर धर्मी मानिसहरू पातझैँ मौलाउने छन् ।

  • 18तापनि पानीको सतहमा देखा पर्ने फिँजझैं तिनीहरू चाँडै नै बितेर जान्‍छन् । तिनीहरूको खेतको हिस्सा श्रापित छ । तिनीहरूका दाखबारीहरूमा काम गर्न कोही पनि जाँदैन ।

  • 24किनकि धन-सम्पत्ति सदाको लागि होइन । के मुकुट सबै पुस्ताभरि रहन्छ र?

  • 9कोही पनि सदासर्वदा जीवित रहन सक्दैन, ताकि त्यसको शरीर सडेर नजाओस् ।

  • अय्यू 18:5-6
    2 पदहरू
    72%

    5वास्तवमा दुष्‍ट व्यक्तिको बत्ती निभाइनेछ । उसको आगोको ज्वाला बल्नेछैन ।

    6उसको पालमा ज्योति नै अँध्यारो हुनेछ । ऊमाथि रहेको उसको बत्ती निभाइनेछ ।

  • 3धन र सम्पत्ति त्यसको घरमा हुन्छन् । उहाँको धार्मिकता सदासर्वदा रहनेछ ।

  • 12तर धन भए पनि मानिस सधैं बाँच्‍न सक्‍दैन । त्‍यो नष्‍ट हुने जङ्‍गली पशुजस्‍तै हो ।

  • 3परमप्रभुले धर्मी व्यक्तिको प्राणलाई भोकै रहन दिनुहुन्‍न, तर उहाँले दुष्‍टको इच्छालाई निराश तुल्याइदिनुहुन्छ ।

  • 32तापनि उसलाई चिहानमा लगिनेछ । मानिसहरूले उसको चिहानको रेखदेख गर्नेछन् ।

  • 21किनकि उसको आफ्नै आयु सकिएपछि, उसले आफ्नो परिवारको के वास्ता गर्छ र?

  • 7जसले कटनी गर्नेको हात भर्न सक्दैन वा अन्‍नको बिटा बाँध्‍नेको छाती ढाक्‍न सक्दैन ।