भजनसंग्रह 49:12
तर धन भए पनि मानिस सधैं बाँच्न सक्दैन । त्यो नष्ट हुने जङ्गली पशुजस्तै हो ।
तर धन भए पनि मानिस सधैं बाँच्न सक्दैन । त्यो नष्ट हुने जङ्गली पशुजस्तै हो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
17किनकि जब त्यो मर्नेछ, तब त्यसले कुनै कुरा पनि लानेछैन । त्यसको गौरव त्यसको पछिपछि जानेछैन ।
18त्यो जीवित हुँदा नै त्यसले आफ्नो प्राणलाई धन्यको भन्यो र जब तिमीले आफ्नो निम्ति जीवन बताउँछौ, तब मानिसहरूले तिम्रो प्रशंसा गर्छन्—
19त्यो आफ्नो पुर्खाहरूका पुस्तामा जानेछ र तिनीहरूले फेरि कहिल्यै त्योति देख्नेछैनन् ।
20जससँग सम्पत्ति छ, तर समझ छैन, त्यो जङ्गली पशुहरूजस्तै हो, जो नाश हुन्छ ।
9कोही पनि सदासर्वदा जीवित रहन सक्दैन, ताकि त्यसको शरीर सडेर नजाओस् ।
10किनकि त्यसले सडेको देख्नेछ । बुद्धिमान् मानिसहरू मर्छन् । मूर्ख र क्रूर त्यसरी नै नाश हुन्छन् र आफ्ना सम्पत्ति अरूलाई छोड्छन् ।
11आफ्ना परिवारहरू सधैंभरि निरन्तर रहन्छन्, र आफू बसोवास गरेका ठाउँहरू सबै पुस्तालाई हुन्छ भन्ने तिनीहरूका भित्री विचार हुन्छ । आफ्ना जमिनहरूलाई तिनीहरूले आफ्नै नाउँ दिन्छन्।
4मानिस एकपल्टको सासजस्तो हो । त्यसका दिनहरू बितेर जाने छायाजस्ता हो ।
18मैले मेरो हृदयमा भनेँ, “मानिसहरू पशुहरूजस्तै हुन् भनी देखाउन परमेश्वरले तिनीहरूको जाँच गर्नुहुन्छ ।”
19किनकि मानव-जातिको अन्त्य र पशुहरूको अन्त्य समान छ । एउटाको मृत्यु अर्कोको जस्तै छ । तिनीहरू सबैको एउटै सास छ । मानव-जातिलाई पशुहरूलाई भन्दा बढी लाभ छैन । किनकि के सबै कुरा सास नै होइन र?
20हरेक कुरा उहाँ ठाउँमा जान्छ । हरेक कुरा धुलोबाट आउँछ, र धुलोमा नै फर्केर जान्छ ।
21मानिसको आत्मा उँभोतिर र पशुको प्राण तलतिर माटोमा जान्छ भनी कसलाई थाहा छ र?
13तिनीहरूको यो मार्ग नै तिनीहरूको मूर्खता हो । तापनि तिनीहरू पछि, मानिसहरूले तिनीहरूका भनाइहरूलाई मान्यता दिन्छन् ।
14भेडाहरूझैं ती चिहानको निम्ति नियुक्त हुन्छन्, र मृत्युचाहिं तिनीहरूका गोठाला हुनेछ । सोझाहरूले बिहान तिनीहरूमाथि राज्य गर्नेछन् र तिनीहरूलाई बस्ने कुनै ठाउँ नभई तिनीहरूका शरीरहरू चिहानमा नष्ट हुनेछन् ।
15मानिसको बारेमा, त्यसका दिनहरू घाँसजस्ता छन् । मैदानको फूलझैं त्यो मौलाउँछ ।
16त्यसमाथि हावा चल्छ र त्यो लोप हुन्छ, र त्यो कहाँ उम्रेको थियो भनी कसैले भन्न पनि सक्दैन ।
4जब मानिसको जीवनको सास रोकिन्छ, तब त्यो जमिनमा फर्किन्छ । त्यो दिन त्यसका योजना सिद्धिन्छ ।
15तब सारा प्राणी एकसाथ नष्ट हुन्थे । मानव-जाति फेरि पनि माटोमा नै फर्कन्थ्यो ।
10तर मानिसचाहिं मर्छ । त्यो कमजोर हुन्छ । वास्तवमा मानिसले सास फेर्न छोड्छ र फेरि ऊ कहाँ हुन्छ?
2ऊ फुलझैं जमिनबाट उम्रिन्छ र काटिन्छ । ऊ छायाझैं भाग्छ, र रहँदैन ।
19माटोका घरहरूमा बस्नेहरूको बारेमा झन् यो कति साँचो हुन्छ? जसको जग धूलोमा छ, जो कीराभन्दा चाँडै कुल्चिमिल्ची पारिन्छन् ।
20बिहान र बेलुकीको बिचमा तिनीहरू नष्ट हुन्छन् । कसैको जानकारीविना नै तिनीहरू सदाको लागि नष्ट हुन्छन् ।
21के तिनीहरूका पालका डोरीहरू तिनीहरूकै बिचमा तानिएका छैनन् र? तिनीहरू मर्छन् । तिनीहरू बुद्धिविना मर्छन् ।
47मेरो आयु कति छोटो छ र तपाईंले मानवजातिका सबै सन्तानलाई कति बेकामको सृष्टि गर्नुभएको छ भनी विचार गर्नुहोस् ।
48को जीवित रहनेछ र मर्दैन, वा आफ्नै जीवनलाई चिहानबाट बचाउन सक्छ र? सेला
22मानिस भरोसा गर्न छोड, जसको जिवनको सास नाकका प्वालहरूमा हुन्छ, किनकि उसको के मूल्य हुन्छ र?
7त्यस्तो व्यक्ति आफ्नै मलमूत्रझैं स्थायी रूपमा नष्ट हुनेछ । उसलाई देखेकाहरूले सोध्नेछन्, 'ऊ कहाँ छ?'
29ऊ धनी हुनेछैन । उसको धन-सम्पत्ति टिक्नेछैन, र उसका धनदौलत देशमा फैलिनेछैन ।
5हेर्नुहोस्, तपाईंले मेरो समय मेरो हातको बित्ताभरिको मात्र बनाउनुभएको छ र मेरो जीवनकाल तपाईंको सामु केही पनि होइन । निश्चय नै, हरेक मानिस एक सास मात्र हो । सेला
6निश्चय नै हरेक मानिस छाया झैं हिंड्डुल गर्छ । निश्चय नै हरेक व्यक्ति धन थुपार्न हतार गर्छ, तापनि ति कसले पाउनेछ भनी तिनीहरू जान्दैनन् ।
24किनकि “सबै देह घाँसजस्तै हुन् र तिनका सबै महिमा घाँसका फुलजस्तै हुन् । घाँस सुक्छ र फुल ओइलाउँछ ।”
24किनकि धन-सम्पत्ति सदाको लागि होइन । के मुकुट सबै पुस्ताभरि रहन्छ र?
12त्यसरी नै मानिसहरू ढल्किन्छन्, र फेरि उठ्दैनन् । आकाशहरू लोप नभएसम्म तिनीहरू ब्युँझने छैनन्, न त तिनीहरू आफ्ना निद्राबाट उठ्नेछन् ।
10तर धनी मानिसले आफ्नो दीनतामा गर्व गरोस्, किनभने ऊ घाँसमा फलेको जङ्गली फुलझैँ ओइलाएर बितिजानेछ ।
11किनकि प्रचण्ड तापसहित सूर्य उदाउँछ र घाँसलाई सुकाइदिन्छ । फुल झर्छ, र त्यसको सौन्दर्य नष्ट हुन्छ । त्यसै गरी, धनी मानिस आफ्नो यात्राको बिचमा नै बिलाएर जानेछ ।
11तिनीहरू नष्ट हुनेछन्, तर तपाईं रहिरहनुहुनेछ । तिनीहरू लगाइने कपडाका टुक्राझैँ झुत्रा हुनेछन् ।
7तापनि तिमीहरू मानिसहरूझैं मर्नेछौ र शासकमध्ये एक जनाझैं ढल्नेछौ ।”
16किनकि मूर्खलाई झैँ बुद्धिमान् मानिसलाई पनि धेरै लामो समयसम्म सम्झँदैन । आउँदा दिनहरूमा हरेक कुरा बिर्सिएको हुने छ । बुद्धिमान् मानिस मूर्खझैँ मर्छ ।
11जति धेरै वचन बोलिन्छ, त्यति नै धेरै व्यर्थताको वृद्धि हुन्छ । त्यसो भए, मानिसलाई के लाभ हुन्छ र?
26तिनीहरू नष्ट हुनेछन्, तर तपाईं रहनुहुनेछ । तिनीहरू सबै लुगाझैं पुरानो हुनेछन् । तपाईंले तिनीहरूलाई लुगालाई झैं हटाउनुहुनेछ र तिनीहरू लोप हुनेछन् ।
4देश कहिलेसम्म सुक्खा भइरहन्छ, यसका बासिन्दाहरूको दुष्टताको कारणले हरेक खेतका बोटबिरुवा ओइलाउँछन्? पशुहरू र चराहरू लगिएका छन् । वास्तवमा मानिसहरू भन्छन्, “हामीमाथि के भएको छ, सो परमेश्वरले देख्नुहुन्न ।”
13तिनीहरूले आफ्नो समय समृद्धिमा बिताउँछन्, र तिनीहरू शान्त बएर तल चिहानमा जान्छन् ।
17पृथ्वीबाट उसको सम्झना लुप्त हुनेछ । सडकमा उसको कुनै नाउँ हुनेछैन ।
8तपाईं, शक्तिशाली मानिससित जग्गाजमिन भए पनि, तपाईं, इज्जतदार मानिस त्यसमा बसोबास गर्नुभए पनि,
17मानिस के हो र तपाईंले उसको ख्याल राख्नुपर्ने, तपाईंले आफ्नो मनलाई उसमा लगाउनुपर्ने,
11जब तपाईंले मानिसहरूलाई पापको निम्ति अनुशासन गर्नुहुन्छ, तब तिनीहरूले इच्छा गर्ने कुरालाई तपाईंले कीराले झैं नष्ट पार्नुहुन्छ । निश्चय नै सबै मानिसहरू बाफबाहेक केही पनि होइन । सेला
9निश्चय नै निम्न स्तरका मानिसहरू व्यर्थ हुन् र उच्च स्तरका मानिसहरू झुट हुन् । तिनीहरू तराजुमा तौलिंदा हलुका हुन्छन् । एकसाथ तौलिंदा पनि तिनीहरू केही पनि हुँदैनन् ।
19ऊ धनी भएर ओछ्यानमा पल्टन्छ, तर उसले त्यसो गरिरहने छैन । उसले आफ्ना आँखा खोल्छ, अनि हरेक कुरा सिद्धिएको हुनेछ ।
6मानिस त झन् नगन्य हो, जो एउटा किरा हो— मानिसको पुत्र त, जो किरा एउटा हो!
12ती अझै हरिया छँदै र नकाटकै बेलामा, अरू कुनै बिरुवाभन्दा पहिले नै ती सुक्छन् ।