भजनसंग्रह 82:7
तापनि तिमीहरू मानिसहरूझैं मर्नेछौ र शासकमध्ये एक जनाझैं ढल्नेछौ ।”
तापनि तिमीहरू मानिसहरूझैं मर्नेछौ र शासकमध्ये एक जनाझैं ढल्नेछौ ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
6मै भनें, “तिमीहरू देवताहरू हौ र तिमीहरू सबै जना सर्वोच्चका छोराहरू हौ ।
8तिनीहरूले तँलाई तल खाडलमा पुर्याउनेछन्, र समुद्रको बिचमा मर्नेहरूझैं तेरो मृत्यु हुनेछ ।
9तँलाई मार्नेहरूका सामु के तँ अझै पनि “म देवता हुँ” भन्नेछस् र? तँ मानिस होस्, र देवता होइन, र तँलाई छेड्नेहरूका हातमा तँ हुनेछस् ।
10विदेशीहरूका हातबाट तँ खतना नगर्नेहरूझैं मर्नेछस्, किनकि मैले यो घोषणा गरेको छु— यो परमप्रभु परमेश्वरको घोषणा हो' ।”
8हे परमेश्वर, पृथ्वीको न्याय गर्न उठ्नुहोस्, किनकि सबै जातिहरूमा तपाईंको उत्तराधिकार छ ।
15तापनि तँलाई अब चिहानमा, खडालको गहिराइमा तल खसालिएको छ ।
3तपाईंले मानिसलाई धूलोमा फर्काउनुहुन्छ, र तपाईं भन्नुहुन्छ, “ए मानवजातिका सन्तानहरू हो, फर्क ।”
26तिनीहरू नष्ट हुनेछन्, तर तपाईं रहनुहुनेछ । तिनीहरू सबै लुगाझैं पुरानो हुनेछन् । तपाईंले तिनीहरूलाई लुगालाई झैं हटाउनुहुनेछ र तिनीहरू लोप हुनेछन् ।
27तर तपाईं समान हुनुहुन्छ, र तपाईंका वर्षहरूका अन्त हुनेछैन ।
12तर धन भए पनि मानिस सधैं बाँच्न सक्दैन । त्यो नष्ट हुने जङ्गली पशुजस्तै हो ।
34येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “‘मैले भनेँ, ‘तिमीहरू ईश्वरहरू हौ’ भन्ने के तिमीहरूका व्यवस्थामा लेखिएको छैन?”
18जातिहरूका सबै राजा, तीमध्ये सबै जना, हरेक व्यक्ति आ-आफ्ना चिहानमा आदरसाथ सुत्छन् ।
19तर एउटा हाँगालाई फालेझैं, तेरो चिहानबाट तँलाई बाहिर फालिएको छ । तरवारले छेडेर मारिएका खाल्डोका ढुङ्गाहरूतिर जाने मृतकहरूले तँलाई कपडाले झैं ढाक्छन् ।
20तैंले आफ्नो देशलाई नाश पारेको र आफ्ना मानिसहरूलाई मारेको हुनाले तिनीहरूसँगै तेरो दफन हुनेछैन । दुष्ट काम गर्नेहरूका सन्तानलाई फेरि कहिल्यै याद गरिनेछैन ।”
11अनि बतास आउनेछ र दोषी मानिसहरूबाट त्यो जानेछ, ती मनिसहरू जसको सामर्थ्य तिनीहरूको देवता हो ।” हबकूकले परमप्रभुलाई अर्को प्रश्न गर्छन्,
12“परमप्रभु मेरा परमेश्वर, मेरा एक मात्र पवित्र परमेश्वर, के तपाईं प्राचीन समयदेखि नै हुनुहुन्न र? हामी मर्नेछैनौँ । परमप्रभुले तिनीहरूलाई न्यायको निम्ति नियुक्त गर्नुभएको छ, र हे चट्टान, तपाईंले तिनीहरूलाई सुधारको निम्ति स्थापित गर्नुभएको छ ।
7तपाईंले मानिसलाई स्वर्गदूतभन्दा अलि कम बनाउनुभएको छ; तपाईंले उसलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ । (नोटः केही पुरानो संस्करणले थप्छ) र तपाईंले उसलाई तपाईंका हातका कामहरूमाथि राख्नुभएको छ ।
10तिनीहरू सबै बोल्नेछन् र तँलाई यसो भन्नेछन्, 'तँ पनि हामीजस्तै कमजोर भएको छस् । तँ पनि हामीजस्तै भएको छस् ।
2“निस्सन्देह तपाईंहरू मानिस हुनुहुन्छ । बुद्धि तपाईंहरूसितै मर्नेछ ।
5तापनि तपाईंले तिनीहरूलाई स्वर्गीय प्राणीहरूभन्दा थोरै मात्र निम्न बनाउनुभएको छ र तिनीहरूलाई महिमा र आदरको मुकुट दिनुभएको छ ।
6तपाईंका हातका कामहरूमाथि शासन गर्ने तपाईंले त्यसलाई बनाउनुभएको छ । सबै कुरा तपाईंले त्यसको पाउमुनि राख्नुभएको छः
20एकै क्षणमा तिनीहरू मर्नेछन् । मध्यरातमा मानिसहरू हल्लिन्छन् र बितेर जान्छन् । शक्तिशाली मानिसहरू लगिन्छन्, तर मानवीय हातले होइन ।
44तपाईंले त्यसको ऐस्वर्यको अन्त्य गर्नुभएको छ । तपाईंले त्यसको सिंहासनलाई तल जमिनमा ल्याउनुभएको छ ।
3तिमीहरू सबै जनाले एक जना मानिसलाई कहिलेसम्म आक्रमण गर्छौ, जसलाई तिमीहरूले ढल्न लागेको पर्खाल वा कमजोर बारजस्तै ढाल्न सक्छौ?
11तिनीहरू नष्ट हुनेछन्, तर तपाईं रहिरहनुहुनेछ । तिनीहरू लगाइने कपडाका टुक्राझैँ झुत्रा हुनेछन् ।
12तपाईंले तिनीहरूलाई लबेदाजस्तै बेर्नुहुनेछ, र तिनीहरू कपडाको टुक्राझैँ परिवर्तन हुनेछन् । तर तपाईं सधैँ उस्तै हुनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुँदैन ।”
11परमप्रभुको प्रशंसा गर, हे पृथ्वीका राजाहरू र सबै जातिहरू, शासकहरू र पृथ्वीमा शासन गर्ने सबैले,
12उहाँले शासकहरूका आत्मा नाश पार्नुहुन्छ । पृथ्वीका राजाहरूले उहाँको भय मान्छन् ।
18निश्चय नै तपाईंले तिनीहरूलाई चिप्लो ठाउँहरूमा राख्नुहुन्छ । तपाईंले तिनीहरूलाई सर्वनाश लानुहुन्छ ।
18निश्चय नै उहाँले तँलाई हावामा फनफन घुमाउनुहुनेछ र ठुलो देशमा बल फालेझैं फाल्नुहुनेछ । तँ त्यहाँ नै मर्नेछस्, तेरा गौरवशालि रथहरू त्यहाँ हुनेछन् । तँ तेरो मालिकको महलमा तँ शर्ममा पर्नेछस् ।
16राजाले जवाफ दिए, “अहीमेलेक, तँ र तेरा बुबाको घरानाका सबै जना निश्चय नै मर्नेछौ ।”
1¶ परमेश्वर ईश्वरीय सभामा खडा हुनुहुन्छ । देवताहरूका माझमा उहाँले न्यायको फैसला गर्नुहुन्छ ।
9तिमीले तिनीहरूलाई फलामे डन्डाले तोड्नेछौ । कुमाले भाँडोझैं तिमीले तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछौ ।”
10त्यसैले ए राजाहरू हो, सावधान होओ । ए पृथ्वीका शासकहरू हो, आफूलाई सच्याओ ।
8तर हे परमप्रभु, तपाईंले सदासर्वदा राज्य गर्नुहुनेछ ।
15तब सारा प्राणी एकसाथ नष्ट हुन्थे । मानव-जाति फेरि पनि माटोमा नै फर्कन्थ्यो ।
21किनकि अब तपाईं मित्रहरू त मेरा लागि केही होइन । तपाईंहरू मेरो डरलाग्दो अवस्था देख्नुहुन्छ र डराउनुहुन्छ ।
14तिनीहरू मृत छन्, तिनीहरू जिउनेछैनन् । तिनीहरू मरेका छन्, तिनीहरू उठ्नेछैनन् । साँच्चै, न्यायको निम्ति तपाईं आउनुभयो र तिनीहरूलाई नष्ट पार्नुभयो, र तिनीहरूका सबै सम्झना नाश पार्नुभयो ।
4“युवाहरूलाई मात्र म तिनीहरूका अगुवाहरूको बनाउनेछु र जवानहरूले तिनीहरूमाथि शासन गर्नेछन् ।
32तिमीहरूको सवालमा तिमीहरूका मृत शरीरहरू यही मरुभूमिमा पडिरहनेछन् ।
25ए इस्राएल अपवित्र र दुष्ट शासक, जसको दण्डको दिन आएको छ, र जसको अपराध गर्ने समय सकिएको छ,
16जस्तो म जीवित छु— यो परमप्रभु परमेश्वरको घोषणा हो— उसलाई राजा बनाउने राजाको देशमा नै ऊ मर्नेछ, जुन राजाको शपथलाई उसले तुच्छ ठान्यो र जसको करारलाई उसले भङ्ग गर्यो । बेबिलोनको बिचमा ऊ मर्नेछ ।
38तिमीहरू जाति-जातिहरूका बिचमा नष्ट हुने छौ, र तिमीहरूका दुश्मनको भूमिले तिमीहरूलाई निल्ने छ ।
6हेर्, इस्राएलका शासहरू, रगत बगाउन हरेक व्यक्ति आफ्नै शक्तिले तँकहाँ आएका छन् ।
3शासकहरू वा मनावजातिमा आफ्नो भरोसा नराख, जसमा कुनै उद्धार छैन ।
48को जीवित रहनेछ र मर्दैन, वा आफ्नै जीवनलाई चिहानबाट बचाउन सक्छ र? सेला
23तर हे परमेश्वर, तपाईंले दुष्टलाई तल विनाशको खडलमा लानुहुनेछ । रक्तपात गर्नेहरू र छली मानिसहरू अरूभन्दा आधा आयुसम्म पनि बँच्दैनन्, तर म तपाईंमा नै भरोसा गर्छु ।
18परमेश्वरले राजालाई भन्नुहुन्छ, 'तँ निकम्मा होस्' वा कुलीनहरूलाई भन्नुहुन्छ, 'तिमीहरू दुष्ट हौ ।'
4मानिस एकपल्टको सासजस्तो हो । त्यसका दिनहरू बितेर जाने छायाजस्ता हो ।
9निश्चय नै निम्न स्तरका मानिसहरू व्यर्थ हुन् र उच्च स्तरका मानिसहरू झुट हुन् । तिनीहरू तराजुमा तौलिंदा हलुका हुन्छन् । एकसाथ तौलिंदा पनि तिनीहरू केही पनि हुँदैनन् ।