भजनसंग्रह 39:11
जब तपाईंले मानिसहरूलाई पापको निम्ति अनुशासन गर्नुहुन्छ, तब तिनीहरूले इच्छा गर्ने कुरालाई तपाईंले कीराले झैं नष्ट पार्नुहुन्छ । निश्चय नै सबै मानिसहरू बाफबाहेक केही पनि होइन । सेला
जब तपाईंले मानिसहरूलाई पापको निम्ति अनुशासन गर्नुहुन्छ, तब तिनीहरूले इच्छा गर्ने कुरालाई तपाईंले कीराले झैं नष्ट पार्नुहुन्छ । निश्चय नै सबै मानिसहरू बाफबाहेक केही पनि होइन । सेला
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
10मलाई चोट दिन छोड्नुहोस् । तपाईंको हातको मुक्काले म विह्वल भएको छु ।
4“हे परमप्रभु, मेरो जीवनको अन्त कहिले हुन्छ र मेरो समय कहिलेसम्म छ सो मलाई जान्न दिनुहोस् । म कति क्षणिक छु भनी मलाई देखाउनुहोस् ।
5हेर्नुहोस्, तपाईंले मेरो समय मेरो हातको बित्ताभरिको मात्र बनाउनुभएको छ र मेरो जीवनकाल तपाईंको सामु केही पनि होइन । निश्चय नै, हरेक मानिस एक सास मात्र हो । सेला
6निश्चय नै हरेक मानिस छाया झैं हिंड्डुल गर्छ । निश्चय नै हरेक व्यक्ति धन थुपार्न हतार गर्छ, तापनि ति कसले पाउनेछ भनी तिनीहरू जान्दैनन् ।
3हे परमप्रभु, मानिस के हो र तपाईंले त्यसलाई ध्यान दिनुहुन्छ वा मानिसको छोरो को हो जसको बारेमा तपाईंले विचार गर्नुहुन्छ?
4मानिस एकपल्टको सासजस्तो हो । त्यसका दिनहरू बितेर जाने छायाजस्ता हो ।
2ए मानिसहरू, मेरो इज्जतलाई तिमीहरू कहिलेसम्म लाजमा परिवर्तन गर्छौ? कहिलेसम्म तिमीहरू व्यर्थका कुरालाई प्रेम गर्छौ अनि झुटको पछि लग्छौ? सेला
45तपाईंले त्यसको जवानी दिनलाई छोटो पार्नुभएको छ । तपाईंले त्यसलाई लाजले ढाक्नुभएको छ । सेला
46हे परमप्रभु, कहिलेसम्म? तपाईंले सधैं आफूलाई लुकाउनुहुनेछ? तपाईंको रिस कहिलेसम्म आगोझैं दन्किनेछ?
47मेरो आयु कति छोटो छ र तपाईंले मानवजातिका सबै सन्तानलाई कति बेकामको सृष्टि गर्नुभएको छ भनी विचार गर्नुहोस् ।
2ऊ फुलझैं जमिनबाट उम्रिन्छ र काटिन्छ । ऊ छायाझैं भाग्छ, र रहँदैन ।
3के तपाईंले यीमध्ये कुनैलाई हेर्नुहुन्छ? के तपाईंले मलाई आफूसँगै न्यायमा ल्याउनुहुन्छ?
17मानिस के हो र तपाईंले उसको ख्याल राख्नुपर्ने, तपाईंले आफ्नो मनलाई उसमा लगाउनुपर्ने,
11जति धेरै वचन बोलिन्छ, त्यति नै धेरै व्यर्थताको वृद्धि हुन्छ । त्यसो भए, मानिसलाई के लाभ हुन्छ र?
28यद्यपि म खेर जाने सडेगलेको कुराजस्तै, किराहरूले खाएको एउटा वस्त्रजस्तै छु ।
16यसलाई जलाइएको छ र काटिएको छ । तपाईंको हप्कीको कारणले ती नष्ट हुन्छन् ।
11तिमीहरूका मासु र छाला गलिसक्दा तिमीहरूको जीवनको अन्त्यमा तिमीहरूले विलाप गर्ने छौ ।
15तब सारा प्राणी एकसाथ नष्ट हुन्थे । मानव-जाति फेरि पनि माटोमा नै फर्कन्थ्यो ।
19माटोका घरहरूमा बस्नेहरूको बारेमा झन् यो कति साँचो हुन्छ? जसको जग धूलोमा छ, जो कीराभन्दा चाँडै कुल्चिमिल्ची पारिन्छन् ।
24हे परमप्रभु, मलाई न्यायले अनुशासित गर्नुहोस्, तपाईंको रिसमा होइन, नत्रता तपाईंले मलाई नष्ट गर्नुहुनेछ ।
9निश्चय नै निम्न स्तरका मानिसहरू व्यर्थ हुन् र उच्च स्तरका मानिसहरू झुट हुन् । तिनीहरू तराजुमा तौलिंदा हलुका हुन्छन् । एकसाथ तौलिंदा पनि तिनीहरू केही पनि हुँदैनन् ।
22मानिस भरोसा गर्न छोड, जसको जिवनको सास नाकका प्वालहरूमा हुन्छ, किनकि उसको के मूल्य हुन्छ र?
39कुनै जीवित मानिस कसरी गनगनाउन सक्छ? आफ्ना पापको लागि पाएको दण्डको विषयमा कुनचाहिँ व्यक्तिले गनगन गर्न सक्छ?
3तपाईंले मानिसलाई धूलोमा फर्काउनुहुन्छ, र तपाईं भन्नुहुन्छ, “ए मानवजातिका सन्तानहरू हो, फर्क ।”
8तपाईंले मलाई सुक्खा पार्नुभएको छ, जसले मेरो विरुद्धमा साक्षी दिन्छ । मेरो शरीरको दुब्लोपन मेरो विरुद्धमा खडा हुन्छ, र यसले मेरो अनुहारको विरुद्धमा साक्षी दिन्छ ।
41त्यो बाटो जाने सबैले त्यसलाई लुटेका छन् । आफ्नो छिमेकीको निम्ति त्यो घृणाको पात्र भएको छ ।
6मानिस त झन् नगन्य हो, जो एउटा किरा हो— मानिसको पुत्र त, जो किरा एउटा हो!
10अब महिमा र इज्जतले आफैलाई सुसज्जित पार । आदर र ऐश्वर्यले आफैलाई सुसोभित पार ।
11तेरो रिसको झोँक छरपष्ट पार् । हरेक अहङ्कारीलाई हेर अनि उसलाई तल झार् ।
12तर धन भए पनि मानिस सधैं बाँच्न सक्दैन । त्यो नष्ट हुने जङ्गली पशुजस्तै हो ।
11परमप्रभुले मानिसहरूका विचारहरू जान्नुहुन्छ, ती वाफ हुन् ।
12हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् र मेरो कुरामा ध्यान दिनुहोस् । मेरो रोदन सुन्नुहोस् । मेरो कुरामा बहिरो नहुनुहोस्, किनकि तपाईंसँग म विदेशीजस्तै, मेरा सबै पुर्खाजस्तै एक जना शरणार्थी हुँ ।
17हेर, त्यो मानिस धन्यको हो, जसलाई परमेश्वरले सुधार्नुहुन्छ । त्यसकारण सर्वशक्तिमान्को ताडनालाई इन्कार नगर ।
21चाँदी पगाल्न भाँडो र सुन खार्न आरन हुन्छ, अनि मानिसको प्रशंसा हुँदा त्यसको जाँच हुन्छ ।
11किनकि प्रचण्ड तापसहित सूर्य उदाउँछ र घाँसलाई सुकाइदिन्छ । फुल झर्छ, र त्यसको सौन्दर्य नष्ट हुन्छ । त्यसै गरी, धनी मानिस आफ्नो यात्राको बिचमा नै बिलाएर जानेछ ।
3तपाईंको अहङ्कारले अरूलाई मौन बनाउनुपर्छ र? तपाईंले खिसी गर्नुहुँदा, कसैले तपाईंलाई लाजमा पार्नेछैन र?
24उहाँका कामहरूको प्रशंसा गर्न नबिर्सिनुहोस् जसको बारेमा मानिसहरूले गाएका छन् ।
5परमेश्वरले तँलाई त्यसरी नै सदासर्वदाको निम्ति नाश पार्नुहुनेछ । उहाँले तँलाई माथि उठाउनुहुनेछ, तेरो पालबाट तँलाई निकाल्नुहुनेछ र जीवितहरूको देशबाट तँलाई उखेल्नुहुनेछ । सेला
8कोही धेरै वर्षसम्म बाँच्यो भने त्यो ती सबै वर्ष प्रसन्न होस्, तर त्यसले आउनेवाला अन्धकार दिनहरूको बारेमा सोचोस्, किनकि त्यस्ता दिनहरू धेरै हुने छन् । हुन आउने हरेक कुरो बिलाएर जाने बाफ हुन् ।
9हे जवान मानिस, तेरो युवावस्थामा आनन्द मना, र तेरो युवावस्थाको बेलामा तेरो हृदय आनन्दित होस् । तेरो हृदय र तेरा आँखाले देख्न सक्ने असल इच्छाहरूको पछि लाग् । तथापि यी सबै कुराको लागि परमेश्वरले तँमाथि इन्साफ ल्याउनुहुने छ भनी जान् ।
10तेरो हृदयबाट रिसलाई हटा, र तेरो शरीरमा भएको कुनै पनि दर्दलाई बेवास्ता गर्, किनकि युवावस्था र यसको शक्ति व्यर्थ हुन् ।
15मानिसको बारेमा, त्यसका दिनहरू घाँसजस्ता छन् । मैदानको फूलझैं त्यो मौलाउँछ ।
4के तपाईंका मासुका आँखा छन्? के मानिसले झैं तपाईं देख्नुहुन्छ?
5के तपाईंका दिनहरू मानव-जातिका दिनझैं, वा तपाईंका वर्ष मानिसका वर्षझैं छन्,
30अब तँ उजाड पारिएकी छेस्, तब तँ के गर्नेछेस्? तैंले रातो पोशाक पहिरिने, सुनका गरगहना लगाउने र तेरा आँखा गाजले ठुला बनाउने गरे तापनि तँसित कामवासनामा फसेका पुरुषहरूले नै अब तँलाई इन्कार गर्छन् । बरु, तिनीहरूले तेरो जीवन लिन खोज्दैछन् ।
1¶ हे वीर मानिस, दुःख दिनमा तिमी किन घमण्ड गर्छौ? परमेश्वरको करारको विश्वस्तता हरेक दिन आउँछ ।
10किनकि मेरो जीवन कष्टले र मेरा वर्षहरू शोकले थकित छ । मेरो पापको कारणले मेरो बल सकिन्छ र मेरा हाडहरू खिइन्छन् ।
6बिहानमा त्यो फक्रिन्छ र बढ्छ । साँझमा त्यो ओइलाउँछ र सुक्छ ।
5मेरो शरीर किराहरू र धूलोको डल्लाहरूले ढाकिएको छ । मेरो जीउका खटिरा टन्किन्छन्, र फुट्छन् र पिप बग्छन् ।
1¶ धेरै पटक हप्की पाएर पनि हठी हुने मानिस निको नहुने गरी एकै क्षणमा नष्ट हुने छ ।