भजनसंग्रह 90:6

अनलक शाब्दिक बाइबल

बिहानमा त्‍यो फक्रिन्‍छ र बढ्छ । साँझमा त्‍यो ओइलाउँछ र सुक्‍छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 14:2 : 2 ऊ फुलझैं जमिनबाट उम्रिन्‍छ र काटिन्छ । ऊ छायाझैं भाग्छ, र रहँदैन ।
  • भजन 92:7 : 7 जब दुष्‍टहरू घाँसझैं उम्रिन्‍छन्, र दुष्‍ट काम गर्नेहरू सबै जना मौलाउँछन्, तापनि तिनीहरू अनन्त विनाशतिर लागेका हुन्‍छन् ।
  • मत्त 6:30 : 30 यदि परमेश्‍वरले आज हुने र भोलि भट्टीमा फ्याँकिने मैदानका घाँसहरूलाई समेत पहिराउनुहुन्छ भने, तिमीहरूलाई त झन् कति बढी पहिराउनुहुनेछ, ए अल्प-विश्‍वासीहरू हो?
  • याक 1:11 : 11 किनकि प्रचण्ड तापसहित सूर्य उदाउँछ र घाँसलाई सुकाइदिन्‍छ । फुल झर्छ, र त्‍यसको सौन्‍दर्य नष्‍ट हुन्छ । त्यसै गरी, धनी मानिस आफ्नो यात्राको बिचमा नै बिलाएर जानेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 90:4-5
    2 पदहरू
    88%

    4किनकि तपाईंको दृष्‍टिमा हजार वर्षचाहिं बितेर जाँदा हिजोको दिन र रातको एक पहरजस्तै हो ।

    5तपाईंले तिनीहरूलाई बाढीले झैं बढार्नुहुन्छ र तिनीहरू निदाउँछन् । बिहानमा तिनीहरू उम्रने घाँसहरूजस्तै हुन्‍छन् ।

  • अय्यू 8:11-12
    2 पदहरू
    82%

    11के दलदल नभएको ठाउँमा नर्कट उम्रन्छ? के पानीविना निगालाहरू बढ्छन्?

    12ती अझै हरिया छँदै र नकाटकै बेलामा, अरू कुनै बिरुवाभन्दा पहिले नै ती सुक्‍छन् ।

  • 2किनकि घाँसझैं तिनीहरू चाँडै नै सुकेर जानेछन् र हरिया बिरुवाहरूझैं ओइलाएर जानेछन् ।

  • याक 1:10-11
    2 पदहरू
    78%

    10तर धनी मानिसले आफ्नो दीनतामा गर्व गरोस्, किनभने ऊ घाँसमा फलेको जङ्गली फुलझैँ ओइलाएर बितिजानेछ ।

    11किनकि प्रचण्ड तापसहित सूर्य उदाउँछ र घाँसलाई सुकाइदिन्‍छ । फुल झर्छ, र त्‍यसको सौन्‍दर्य नष्‍ट हुन्छ । त्यसै गरी, धनी मानिस आफ्नो यात्राको बिचमा नै बिलाएर जानेछ ।

  • 11तैंले रोपेको, बार लगाएको र खेती गरेको दिनमा । तेरा बीउहरू चाँडै वृद्धि हुनेछन्, तर कष्‍ट र घोर दुखको दिनमा फल दिनेछैन ।

  • भजन 103:15-16
    2 पदहरू
    77%

    15मानिसको बारेमा, त्यसका दिनहरू घाँसजस्ता छन् । मैदानको फूलझैं त्‍यो मौलाउँछ ।

    16त्‍यसमाथि हावा चल्छ र त्‍यो लोप हुन्छ, र त्‍यो कहाँ उम्रेको थियो भनी कसैले भन्‍न पनि सक्‍दैन ।

  • 20बिहान र बेलुकीको बिचमा तिनीहरू नष्‍ट हुन्छन् । कसैको जानकारीविना नै तिनीहरू सदाको लागि नष्‍ट हुन्छन् ।

  • 11मेरा दिनहरू हराएर जाने छायाजस्तै छन् र म घाँसझैं ओइलाएको छु ।

  • यशा 40:7-8
    2 पदहरू
    77%

    7यसमाथि परमप्रभुको सास पर्दा घाँस ओइलाउँछ र फुल सुक्छ । निश्‍चय नै मानवहरू घाँसै हुन् ।

    8घाँस ओइलाउँछ, फुल सुक्छ, तर हाम्रा परमेश्‍वरको वचन सदासर्वदा रहन्छ ।”

  • 7जब दुष्‍टहरू घाँसझैं उम्रिन्‍छन्, र दुष्‍ट काम गर्नेहरू सबै जना मौलाउँछन्, तापनि तिनीहरू अनन्त विनाशतिर लागेका हुन्‍छन् ।

  • 2ऊ फुलझैं जमिनबाट उम्रिन्‍छ र काटिन्छ । ऊ छायाझैं भाग्छ, र रहँदैन ।

  • 7साँच्‍चै, हामी तपाईंको रिसमा नष्‍ट भएका छौं र तपाईंको क्रोधमा हामी त्रसित छौं ।

  • 6तिनीहरू घरमाथिका घाँसहरूजस्ता होऊन् जुन बढ्नअगि नै ओइलाउँछ,

  • 24किनकि “सबै देह घाँसजस्तै हुन् र तिनका सबै महिमा घाँसका फुलजस्तै हुन् । घाँस सुक्छ र फुल ओइलाउँछ ।”

  • यहे 17:9-10
    2 पदहरू
    74%

    9मानिसहरूलाई भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः के त्‍यो सप्रला त? के त्‍यो जरैसमेत उखेलिंदैन र त्‍यसका फलहरू टिपिंदैनन्, र त्‍यो ओइलाउनेछैन र? त्‍यसलाई जरैसमेत उखेल्‍नलाई बलियो हात वा धेरै मानिसहरू आवश्‍यक हुनेछैन्‌ ।

    10यसैले हेर्, त्‍यसलाई रोपेपछि के त्‍यो बढ्छ र? पूर्वीय बतासले त्‍यसलाई हानेपछि के त्‍यो ओइलाउँदैन र? त्‍यो उम्रेकै बगैंचाको जमिनमा त्यो पूर्ण रूपमा सुक्छ' ।”

  • अय्यू 14:8-9
    2 पदहरू
    74%

    8त्‍यसको जरा जमिनभित्र बुढो हुन्‍छ, त्‍यसको फेद जमिनमा मर्छ,

    9तापनि त्‍यसले पानीको ओस मात्र पायो भने, त्यो फेरि पलाउँछ, र रुखले झैं हाँगाहरू फिंजाउँछ ।

  • 17जब ती पग्लिन्छन्, ती बिलय हुन्छन् । तातो हुँदा ती आफ्नो ठाउँबाट पग्लेर जान्छन् ।

  • 14हेर, साँझमा त्रास! बिहान हुनअगि ती बितिजानेछन्! हामीलाई लूट्नेहरू, हामीलाई डकैती गर्नेहरूको भाग यस्‍तै हुनेछ ।

  • 16यसलाई जलाइएको छ र काटिएको छ । तपाईंको हप्कीको कारणले ती नष्‍ट हुन्छन् ।

  • भजन 90:9-10
    2 पदहरू
    73%

    9हाम्रो जीवन तपाईंको क्रोधमा बितेर जान्छ । हाम्रो वर्षहरू सुस्‍सकेराझैं बित्छ ।

    10हाम्रा आयु सत्तरी वर्ष वा हामी स्वस्थ्य छौं भने असी वर्ष हुन्छ । तर हाम्रा उत्तम वर्षहरू पनि कष्‍ट र पीडाले पूर्ण छन् । हो, ती चाँडै बितिजन्‍छन् र हामी उडिजान्छौं ।

  • 6तर जब घाम लाग्यो, तिनीहरू ओइलाए, अनि तिनीहरूको जरा नभएकोले र ती सुकिहाले ।

  • 24यी मानिसहरू उच्‍च पारिएका छन् । तापनि क्षणभरमै तिनीहरू खतम हुनेछन् । वास्तवमा, तिनीहरूलाई निम्‍न स्‍तरमा पर्‍याइनेछ । अरू सबैलाई झैं तिनीहरूलाई पनि जम्मा गरिनेछ । अन्‍नको बालाझैं तिनीहरूलाई काटिनेछ ।

  • 30किनभने तिमीहरू पातहरू ओइलाउने फलाँटजस्ता र पानी नभएको बगैंचाजस्ता हुनेछौ ।

  • 27थोरै बल भएका तिनीहरूका बासिन्दाहरूलाई चूरचूर पारिन्छ र लज्‍जित हुन्छन् । तिनीहरू खेतका बिरुवाहरू, हरियो घाँस, पुर्वीय बतासअगिको छाना वा खेतमा भएका घाँस हुन् ।

  • 6तर जब चर्को घाम लाग्यो, ती डढे किनकि तिनका जरा थिएनन्, अनि ती सुकिहाले ।

  • 4मानिस एकपल्‍टको सासजस्तो हो । त्यसका दिनहरू बितेर जाने छायाजस्ता हो ।

  • 5कटनीअगि फूल फुल्‍ने समय सिद्धिएपछि र फूल दाख हुँदैगर्दा, उहाँले छाँट्ने हँसियाहरूले छाँट्नुहुनेछ र उहाँले फैलिरहेको हाँगाहरूलाई काट्नुहुनेछ र लानुहुनेछ ।

  • 16उसका जराहरू तलतिरका नै सुक्‍नेछन् । माथिको उसको हाँगा काटिनेछ ।

  • 4त्‍यसको महिमित सुन्दरताको ओइलाउने फुल अर्थात् धनी बेसीको शिरमा रहेको छ, त्‍यो पहिले पाकेको अन्‍जिरजस्‍तो हुनेछ, जब कसैले त्‍यसलाई देख्‍छ, तब आफ्नो हातमा हुँदा नै त्यसले त्‍यो निलिहाल्‍छ ।

  • 14ती बुढा हुँदा पनि तिनले फल फलाउँछन् । ती ताजा र हरिया नै रहन्छन्,

  • 19जब त्‍यो आउँछ त्‍यसले तिमीहरूलाई डुबाउनेछ, त्‍यो हरेक बिहान आउनेछ र त्‍यो दिन र रात आउनेछ । जब सन्देश बुझिन्छ, त्‍यसले त्रास पैदा गर्नेछ ।

  • 9तिम्रा भाँडाहरूले काँढाको आगोको राप थाहा पाउनअगि नै हरिया काँढाहरू र जलिरहेका काँढाहरूजस्तै त्यसले तिनीहरूलाई भुमरीसँगै उठाइ लानेछ ।

  • 18कतिपल्‍ट बतासको सामु तिनीहरू सुकेका झारपात, अथवा आँधीले उडाएर लैजाने भुसझैं भएका छन्?

  • 5सूर्य उदाउँछ, र अस्ताउँछ, अनि आफू उदाएको ठाउँमा चाँडै फर्केर जान्छ ।

  • 19मेरा जराहरू पानीमा फैलिएका छन्, र मेरा हाँगाहरूमा रातभरि शीत पर्छ ।

  • 12मेरो जीवन मबाट गोठालोको पालझैं बोकेर लगिएको छ र हटाइएको छ । मेरो जीवनलाई मैले एउटा जुलाहाले जस्तो बेह्रेको छु । तपाईंले मलाई तानबाट काट्दै हुनुहुन्‍छ । तपाईंले मेरो जीवनलाई दिन र रातको बीचमा अन्‍त गर्दै हुनुहुन्‍छ ।

  • 6बिहान तेरो बिउ रोप् । साँझसम्म आवश्यकताअनुसार तेरो हातले काम गर्, किनकि बिहान वा साँझ, त्यो वा यो कुनचाहिँ बिउ उम्रन्छ वा दुवै राम्रा हुन्छन् भनी तँलाई थाहा छैन ।

  • 11जसरी एउटा तलाउबाट पानी लोप हुन्छ, र जसरी नदीको पानी घट्छ र सुक्छ,

  • 26तिनका थोरै बल भएका बासिन्दाहरू, थाकेका र लाजमा परेका छन् । तिनीहरू मैदानका बिरुवाहरू हुन्, हरिया घाँस छानामाथिका वा मैदान घाँस हुन् जुन उम्रनअगि नै सुक्छन् ।

  • 16घामको मुनि त्‍यो हरियो हुन्छ, र त्‍यसका पालुवाहरू त्‍यसको सारा बगैँचामा फैलिन्‍छ ।

  • 4जब मानिसको जीवनको सास रोकिन्छ, तब त्यो जमिनमा फर्किन्छ । त्यो दिन त्यसका योजना सिद्धिन्‍छ ।

  • 20जब उहाँहरू बिहान त्यही बाटो भएर जानुभयो, तिनीहरूले अञ्‍जीरको रुख जरैदेखि सुकेको देखे ।