मरकुस 11:20

अनलक शाब्दिक बाइबल

जब उहाँहरू बिहान त्यही बाटो भएर जानुभयो, तिनीहरूले अञ्‍जीरको रुख जरैदेखि सुकेको देखे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 18:16-17 : 16 उसका जराहरू तलतिरका नै सुक्‍नेछन् । माथिको उसको हाँगा काटिनेछ । 17 पृथ्वीबाट उसको सम्झना लुप्‍त हुनेछ । सडकमा उसको कुनै नाउँ हुनेछैन ।
  • अय्यू 20:5-7 : 5 दुष्‍ट मानिसको जित क्षणिक हुन्छ, र ईश्‍वरहीन मानिसको आनन्द क्षणभर मात्र रहन्‍छ । 6 उसको उच्‍चता आकाशसम्मै पुगे, र उसको शिर बादलसम्मै पुगे पनि, 7 त्‍यस्‍तो व्यक्ति आफ्नै मलमूत्रझैं स्थायी रूपमा नष्‍ट हुनेछ । उसलाई देखेकाहरूले सोध्‍नेछन्, 'ऊ कहाँ छ?'
  • यशा 5:4 : 4 मेरो दाखबारीको निम्‍ति मैले नगरेको त्यस्‍तो के कुरा त्‍यसको निम्ति गर्न सकिन्थ्यो? त्‍यसले दाख फलाओस् भन्‍ने मेरो आशा हुँदा, त्‍यसले किन जङ्गली दाखहरू फलायो?
  • यशा 40:24 : 24 ती रोपिनेबित्तिकै, छरिनेबित्तिकै, तिनका जरा जमिन पर्नेबित्तिकै, जब उहाँले तिमाथि फुक्‍नुहुन्‍छ, तब तिनीहरू ओइलाउँन्, र हावाले तिनलाई परालझैं लैजान्छ ।
  • मत्त 13:6 : 6 तर जब चर्को घाम लाग्यो, ती डढे किनकि तिनका जरा थिएनन्, अनि ती सुकिहाले ।
  • मत्त 15:13 : 13 येशूले उत्तर दिनुभयो र भन्‍नुभयो, “हरेक बिरुवा जुन स्वर्गमा हुनुहुने मेरा पिताले रोप्‍नुभएको छैन, त्यो उखेलिनेछ ।
  • मत्त 21:19-22 : 19 उहाँले बाटोको छेउमा एउटा अन्जीरको बोट देख्‍नुभयो, उहाँ त्यसको नजिक जानुभयो र त्यसमा पातहरूबाहेक अरू केही भेट्टाउनुभएन । उहाँले त्यसलाई भन्‍नुभयो, “तँबाट अब कहिल्यै पनि फेरि कुनै फल नआओस् ।” र त्यो अन्जीरको बोट तुरुन्तै सुकिहाल्यो । 20 जब चेलाहरूले यो देखे, तिनीहरू अचम्मित भए र भने, “यति चाँडै यो बोट कसरी सुकेर गयो?” 21 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूमा विश्‍वास छ र शङ्का गरेनौ भने यस अन्जीरको बोटलाई जे गरिएको थियो त्यो मात्र होइन, तर तिमीहरूले यस पहाडलाई, ‘यहाँबाट उखेलिएर समुद्रमा जा’ भन्यौ भने पनि त्यसै हुनेछ । 22 तिमीहरूले विश्‍वास गरेर जेसुकै कुरा प्रार्थनामा माग्छौ, त्यो तिमीहरूले पाउनेछौ ।”
  • मर 11:14 : 14 उहाँले त्यसलाई भन्‍नुभयो, “तेरो फल फेरि कसैले कहिल्यै पनि खानेछैन ।” उहाँका चेलाहरूले यो सुने ।
  • यूह 15:6 : 6 यदि कोही ममा रहँदैन भने त्यसलाई हाँगालाई झैँ फालिन्छ र त्यो सुक्‍छ; अनि तिनीहरूले हाँगाहरूलाई बटुल्छन् र आगोमा हाल्छन्, अनि तिनीहरूलाई जलाइन्छ ।
  • इब्रा 6:8 : 8 तर यदि त्यसले काँडा र सिउँडीहरू फलाउँछ भने, त्यो मूल्यहीन हुन्छ र यो श्रापको नजिक पुग्दछ, र अन्त्यमा त्यसलाई जलाइन्छ ।
  • यहू 1:12 : 12 तिमीहरूका प्रेम भोजहरूमा लुकेका कलङ्कहरू यिनीहरू नै हुन् । तिनीहरू केवल आफ्नै निम्ति मात्र निर्लज्‍ज रूपमा भोज खान्छन् । तिनीहरू पानी नभएका बादलहरू हुन्, जसलाई हुरीले उडाएर लैजान्छन् । तिनीहरू शरद ऋतुका निष्फल रुखहरू हुन्, जो दुई पटक मरिसकेका छन्, र जराहरूसितै उखेलिएका छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मर 11:21-22
    2 पदहरू
    90%

    21पत्रुसले सम्झे र भने, “गुरुज्यू, हेर्नुहोस् त! तपाईंले सराप दिनुभएको अञ्‍जीरको रुख त सुकेछ ।”

    22“परमेश्‍वरमा विश्‍वास गर” भनेर येशूले उत्तर दिनुभयो ।

  • मत्त 21:18-21
    4 पदहरू
    88%

    18बिहान जब उहाँ सहरमा फर्कनुभयो, उहाँ भोकाउनुभएको थियो ।

    19उहाँले बाटोको छेउमा एउटा अन्जीरको बोट देख्‍नुभयो, उहाँ त्यसको नजिक जानुभयो र त्यसमा पातहरूबाहेक अरू केही भेट्टाउनुभएन । उहाँले त्यसलाई भन्‍नुभयो, “तँबाट अब कहिल्यै पनि फेरि कुनै फल नआओस् ।” र त्यो अन्जीरको बोट तुरुन्तै सुकिहाल्यो ।

    20जब चेलाहरूले यो देखे, तिनीहरू अचम्मित भए र भने, “यति चाँडै यो बोट कसरी सुकेर गयो?”

    21येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूमा विश्‍वास छ र शङ्का गरेनौ भने यस अन्जीरको बोटलाई जे गरिएको थियो त्यो मात्र होइन, तर तिमीहरूले यस पहाडलाई, ‘यहाँबाट उखेलिएर समुद्रमा जा’ भन्यौ भने पनि त्यसै हुनेछ ।

  • मर 11:11-14
    4 पदहरू
    83%

    11त्यसपछि येशू यरूशलेम प्रवेश गर्नुभयो र मन्दिरभित्र जानुभयो अनि वरिपरि सबैतिर हेर्नुभयो । अहिले, अबेर भइरहेको थियो । उहाँ बाह्र चेलासँग बेथानियातिर जानुभयो ।

    12अर्को दिन, जब उहाँहरू बेथानियाबाट फर्कनुभयो, उहाँ भोकाउनुभयो ।

    13उहाँले पातसहितको अञ्‍जीरको बोट टाढैबाट देख्‍नुभयो । यसमा कुनै कुरा पाइन्थ्यो कि भनी उहाँ हेर्न जानुभयो । जब उहाँ त्यहाँ आउनुभयो उहाँले पातबाहेक केही पनि पाउनुभएन, किनभने यो अञ्‍जीर फल्ने समय थिएन ।

    14उहाँले त्यसलाई भन्‍नुभयो, “तेरो फल फेरि कसैले कहिल्यै पनि खानेछैन ।” उहाँका चेलाहरूले यो सुने ।

  • लू 21:29-30
    2 पदहरू
    78%

    29येशूले उनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो, “नेभाराको रुखलाई हेर र अरू सबै रुखहरूलाई पनि ।

    30जब तिनहरूले पालुवा फेरेको तिमीहरूले देख्छौ, तब गृष्म ऋतु नजिकै छ भनी तिमीहरू आफैँले थाहा पाउनेछौ ।

  • लू 13:6-7
    2 पदहरू
    76%

    6येशूले यो दृष्‍टान्त भन्‍नुभयो, “कसैले उसको दाखबारीमा दाख रोप्‍न लगायो र त्यसमा केही फलहरू खोज्‍न आयो, तर उसले केही पनि पाएन ।

    7त्यो मानिसले त्यसको हेरचाह गर्नेलाई भन्यो, ‘हेर, मैले यो दाखको रुखमा तिन वर्षदेखि फल खोजेको छु, तर कुनै पनि फल पाइनँ । यसलाई ढाल । जमिनलाई किन खेर फाल्ने?’

  • 19जब साँझ पर्‍यो, उहाँहरू सहर छोडेर जानुभयो ।

  • मर 4:6-7
    2 पदहरू
    75%

    6तर जब घाम लाग्यो, तिनीहरू ओइलाए, अनि तिनीहरूको जरा नभएकोले र ती सुकिहाले ।

    7अरू बिउहरू काँढाका झाङहरूमा परे । काँढाका झाङहरू बढे, र ती निसासिए, अनि तिनीहरूले कुनै फल फलाएनन् ।

  • मत्त 13:6-7
    2 पदहरू
    75%

    6तर जब चर्को घाम लाग्यो, ती डढे किनकि तिनका जरा थिएनन्, अनि ती सुकिहाले ।

    7अरू बिउहरू काँडाघारी माझमा परे । ती काँडाका बोटहरू बढेर आए र तिनलाई निसासिदिए ।

  • 7त्यसले मेरो दाखबारीलाई उजाड ठाउँ बनाएको छ र मेरो नेभाराका बोटलाई लाछेर नाङ्गो पारेको छ । त्यसका बोक्राहरू त्यसले ताछेको छ र टाढा फालेको छ, र हाँगाहरू केवल सेता मात्र छन् ।

  • न्या 9:10-11
    2 पदहरू
    72%

    10ती रूखहरूले नेभाराको रूखलाई भने, ‘आउनुहोस् र हामीमाथि राज्‍य गर्नुहोस् ।’

    11तर नेभाराको रूखले तिनीहरूलाई भने, ‘के मैले मेरो गुलियोपन र मेरो असल फललाई त्यागेर अरू रूखहरूमाथि राज्‍य गर्न म फर्केर जाऊँ?’

  • 28अञ्‍जीरको रुखबाट पाठ सिक । जब हाँगाहरूमा मुना पलाउँछ र पातहरू लाग्छन्, तिमीहरू ग्रीष्म नजिकै छ भनी जान्दछौ ।

  • 32अन्जीरको बोटबाट पाठ सिक । जब त्यसका हाँगाहरू कलिला हुन्छन् र पातहरू पलाउँछन्, तब ग्रीष्म ऋतु आउँदै छ भनेर तिमीहरूले थाहा पाउँछौ ।

  • 12तर त्यो दाखको बोट क्रोधमा उखेलियो, र जमिनमा फालियो, र पूर्वीय बतासले त्‍यसका फललाई सुकाइदियो । त्‍यसका बलिया हाँगाहरू भाँचिए र सुके, र आगोले ती भस्‍म पारिए ।

  • 9रुखहरूको जरामा बन्चरो परिसकेको छ । त्यसैले, असल फल नफलाउने हरेक रुख काटिनेछ र आगोमा फालिनेछ ।”

  • मत्त 7:19-20
    2 पदहरू
    71%

    19हरेक रुख जसले असल फल फलाउँदैन, त्यो काटिनेछ र आगोमा फालिनेछ ।

    20यसकारण, तिनीहरूका फलहरूद्वारा नै तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ ।

  • 6बिहानमा त्‍यो फक्रिन्‍छ र बढ्छ । साँझमा त्‍यो ओइलाउँछ र सुक्‍छ ।

  • 10रुखहरूको फेदमा बन्चरो अगि नै परिसकेको छ । यसकारण, असल फल नफलाउने हरेक रुख काटी ढालिनेछ, र आगोमा फ्याँकिनेछ ।

  • 13येशूले उत्तर दिनुभयो र भन्‍नुभयो, “हरेक बिरुवा जुन स्वर्गमा हुनुहुने मेरा पिताले रोप्‍नुभएको छैन, त्यो उखेलिनेछ ।

  • 9यसले अर्को वर्ष फल फलायो भने, ठिक छ; तर यदि फल फलाएन भने, ढाल्नुहोस्’ ।”

  • 8तिनीहरूले उसलाई पक्रे; उसलाई मारे र उसलाई दाखबारी बाहिर फालिदिए ।

  • लू 20:15-16
    2 पदहरू
    70%

    15अनि तिनीहरूले उसलाई दाखबारीको बाहिर लगेर मारे । अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्?

    16उनी आएर ती कामदारहरूलाई मार्नेछन् र दाखाबरी अरूहरूलाई दिनेछन् ।” यो सुनेर तिनीहरूले भने, “यस्तो कहिल्यै नहोस्!”

  • 39यसैले, तिनीहरूले उसलाई पक्रे, दाखबारीबाट बाहिर फ्याँकिदिए, र उसलाई मारे ।

  • 1¶ जब उहाँहरू यरूशलेम आउनुभयो उहाँहरू बेथफागे र बेथानीको नजिक जैतून डाँडामा आइपुग्‍नुभयो । येशूले उहाँका दुई जना चेलालाई पठाउनुभयो ।

  • 16उसका जराहरू तलतिरका नै सुक्‍नेछन् । माथिको उसको हाँगा काटिनेछ ।

  • 12दाखका बोटहरू ओइलाएका छन् र नेभाराका बोटहरू सुकेका छन्, र अनार बोटहरू, खजूर बोटहरू र स्याउको बोटहरू, खेतबारीका सबै बोटहरू ओइलाएका छन् । किनभने मानवजातिका सन्तानबाट आनन्द विलाएर गएको छ ।

  • 1¶ जब येशू र उहाँका चेलाहरू यरूशलेमको नजिक पुग्‍नुभयो र जैतून डाँडाको बेथफागे भनिने ठाउँमा आइपुग्‍नुभयो, तब येशूले दुई जना चेलालाई पठाउनुभयो,

  • 8त्‍यसको जरा जमिनभित्र बुढो हुन्‍छ, त्‍यसको फेद जमिनमा मर्छ,

  • 17यसरी नै, हरेक असल रुखले असलै फल फलाउँछ, तर खराब रुखले खराबै फल फलाउँछ ।

  • 13म तिनीहरूलाई पूर्ण रूपमा हटाइदिने छु, यो परमप्रभुको घोषणा हो । दाखका बोटहरूमा दाख हुनेछैन, न त अञ्जीरका रुखहरूमा अञ्जीर हुनेछ । किनकि पात सुकेर जानेछ, र मैले तिनीहरूलाई दिएका कुरा हराएर जानेछ ।

  • 5कटनीअगि फूल फुल्‍ने समय सिद्धिएपछि र फूल दाख हुँदैगर्दा, उहाँले छाँट्ने हँसियाहरूले छाँट्नुहुनेछ र उहाँले फैलिरहेको हाँगाहरूलाई काट्नुहुनेछ र लानुहुनेछ ।

  • 33कि त रुखलाई असल बनाओ र त्यसको फललाई पनि असल बनाओ, वा कि त त्यो रुखलाई खराब बनाओ र त्यसको फललाई पनि खराब बनाओ, किनकि रुख त्यसको फलद्वारा चिनिनेछ ।

  • लू 20:9-10
    2 पदहरू
    69%

    9उहाँले मानिसहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाएर कामदारहरूलाई जिम्मा दिएर आफू लामो समयको लागि अर्को देशमा गए ।

    10तोकिएको समयमा तिनीहरूले आफ्नो हिस्साको फल दिऊन् भनी तिनले आफ्नो एक जना नोकरलाई ती कामदारहरूकहाँ पठाए । तर ती कामदारहरूले त्यसलाई पिटेर रित्तो हात पठाइदिए ।

  • 31यदि रुख हरियो हुँदै तिनीहरूले यस्ता कुराहरू गर्छन् भने, सुख्खा हुँदा के गर्लान्?”

  • 10यसैले हेर्, त्‍यसलाई रोपेपछि के त्‍यो बढ्छ र? पूर्वीय बतासले त्‍यसलाई हानेपछि के त्‍यो ओइलाउँदैन र? त्‍यो उम्रेकै बगैंचाको जमिनमा त्यो पूर्ण रूपमा सुक्छ' ।”

  • 44किनभने प्रत्येक रुख त्यसको फलले नै चिनिन्छ । किनकि काँडाको रुखबाट कसैले अञ्‍जीर बटुल्न सक्दैन, न त काँडे झाडीबाट अङ्गुर बटुल्न सक्छ ।