यशैया 17:14

अनलक शाब्दिक बाइबल

हेर, साँझमा त्रास! बिहान हुनअगि ती बितिजानेछन्! हामीलाई लूट्नेहरू, हामीलाई डकैती गर्नेहरूको भाग यस्‍तै हुनेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ राजा 19:35 : 35 त्यस राज परमप्रभुका दूत बाहिर निस्के र अश्शूरीहरूको छाउनीलाई आक्रमण गरे, र एक लाख पचासी हजार सिपाहीलाई मारे । जब मानिसहरू बिहान सबेरै उठे तब जताततै लाश छरिएका थिए ।
  • अय्यू 20:29 : 29 परमेश्‍वरबाट दुष्‍ट मानिसले पाउने भाग, परमेश्‍वरले उसको निम्ति साँच्नुभएको पैतृक-अंश यही हो ।
  • भजन 37:36 : 36 तर जब म फेरि त्यो बाटो जाँदा, त्यो त्यहाँ थिएन । मैले त्यसलाई खोजें तर त्यसलाई भेट्टाउन सकिएन ।
  • नीति 22:23 : 23 किनकि परमप्रभुले तिनीहरूको मुद्दाको पक्षमा वकालत गर्नुहुने छ, र तिनीहरूलाई लुट्नेहरूलाई उहाँले लुट्नुहुने छ ।
  • यशा 10:28-32 : 28 शत्रुहरू अय्यातमा आएका छन् र मिग्रोन भएर गएका छन् । मिकमाशमा त्यसले आफ्‍नो खाद्यन्‍नहरू भण्डारण गरेको छ । 29 तिनीहरूले भञ्‍जयाङ पार गरेका छन् र गेबामा बास बसेका छन् । रामा काँप्छ र शाऊलको गिबा भागेको छ । 30 ए गल्लीमको छोरी, उच्‍च सोरमा करा! हे लाकीश, ध्यान दे! तँ विचरा अनातोत! 31 मदमेना भाग्दैछ, गेबीमका बासिन्दाहरू सुरक्षाको निम्ति भाग्छन् । 32 त्यसै दिन त्यो नोबमा रोकिनेछ र सियोनका छोरीको पर्वत र यरूशलेमका पहाडहरूतिर आफ्नो मुक्‍का हल्‍लाउनेछ ।
  • यशा 33:1 : 1 ¶ विनाश नभएको विनाश पार्ने तँलाई धिक्‍कार! तिनीहरूले धोका नदिएको धोकेबाजलाई धिक्‍कार! जब तैंले विनाश गर्न छोड्छस् तब तेरो विनाश हुनेछ । जब तैले धोका दिन छोड्छस् तब तिनीहरूले तँलाई धोका दिनेछन् ।
  • यिर्मि 2:3 : 3 परमपप्रभुको फसलको अगौटे फल इस्राएललाई उहाँको निम्ति अलग गरियो । अगौटे फलबाट खाने सबै जना दोषी ठहरिए । तिनीहरूमाथि विपत्ति आइपर्‍यो, यो परमप्रभुको घोषणा हो ' ।”
  • यिर्मि 13:25 : 25 मैले तँलाई यही कुरा दिएको छु, तेरो निम्‍ति मैले आदेश दिएको हिस्सा यही हो, यो परमप्रभुको घोषणा हो, किनकि तैंले मलाई भुलेको छस् र छलमाथि भरोसा गरेको छस् ।
  • यहे 39:10 : 10 तिनीहरूले मैदानबाट काठ बटुल्नेछैनन् वा जङ्गलबाट रूखहरू काट्नेछैनन्, किनभने तिनीहरूले हतियारहरू बाल्नेछन् । तिनीहरूबाट लान इच्‍छा गर्नेहरूबाट नै तिनीहरूले लिनेछन् । तिनीहरूलाई लुट्‍न इच्‍छा गर्नेहरूलाई नै तिनीहरूले लुट्नेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”
  • हब 2:16-17 : 16 तँ महिमाले होइन तर शर्मले भरिनेछस् । अब यो तेरो पालो हो! पिई र आफ्नो गुप्‍तांग देखा! परमप्रभुको दाहिने हातमा भएको कचौरा तँकहाँ आउँदै छ, र कलंकले तेरो महिमालाई ढाक्‍नेछ । 17 लेबनानमाथि गरिएको हिंसाले तँलाई ढाक्‍नेछ र पशुहरूको सर्वनाशले तँलाई आतंकित बनाउनेछ । किनभने तैँले मानिसहरूका रगत बगाएको छस्, र देश, शहरहरु, र त्यसमा बसोबास गर्ने सबैको विरुद्ध तैँले हिंसक काम गरेको छस् ।
  • सप 2:9-9 : 9 यसैकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्‍वर यो घोषणा गर्नुहुन्छ, म जीवित रहेझैँ, मोआब सदोमझैँ हुनेछ, र अम्मोनीहरू गमोराझैँ अर्थात् काँडाहरू र नुनको खाडल भएको ठाउँझैँ हुनेछन्, जो सधैँको निम्ति त्यागिएका छन् ।” 10 तिनीहरूको घमण्डको कारण मोआब र अम्मोनलाई यस्तो हुनेछ, किनभने तिनीहरूले सेनाहरूका परमप्रभुका मानिसहरूको उपहास र खिल्ली गरे ।
  • न्या 5:31 : 31 यसैले, हे परमप्रभु, तपाईंका सबै शत्रुहरू नाश होऊन्! तर तपाईंका मित्रहरू आफ्नो शक्तिमा उदाएको सुर्यझैं होऊन् ।” त्‍यसपछि देशमा चालिस वर्षसम्‍म शान्ति भयो ।
  • २ राजा 19:3 : 3 तिनीहरूले तिनलाई भने, “हिजकिया भन्‍नुहुन्छ, 'जसरी बच्‍चा जन्मन लाग्‍छ तर तिनीहरूमा जन्‍मिने बल हुँदैन, त्यसरी नै यो दिन कष्‍ट, हप्की र अनादरको दिन भएको छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • अय्यू 24:16-18
    3 पदहरू
    78%

    16अन्धकारमा दुष्‍टहरू घर फोरेर भित्र पस्छन्, तर दिउँसोको समयमा तिनीहरू लुक्छन् । तिनीहरूले उज्यालोको वास्ता गर्दैनन् ।

    17तिनीहरू सबैका लागि निस्पट्ट अँध्यारो बिहानझैं हुन्छ । किनभने तिनीहरू निस्पट्ट अँध्यारोका त्रासहरूका मित्र हुन् ।

    18तापनि पानीको सतहमा देखा पर्ने फिँजझैं तिनीहरू चाँडै नै बितेर जान्‍छन् । तिनीहरूको खेतको हिस्सा श्रापित छ । तिनीहरूका दाखबारीहरूमा काम गर्न कोही पनि जाँदैन ।

  • 14तिनीहरूले दिउँसै अन्धकार भेट्टाउँछन्, अनि मध्यदिनमा पनि रातमा झैं छामेर हिंड्छन् ।

  • 14उज्यालो हुनुअगि हत्यारा उठ्छ, र त्यसले गरिब तथा दरिद्र मानिसहरूलाई मार्छ । रातमा ऊ चोरजस्तो हुन्छ ।

  • 13जातिहरू धेरै पानी बगेझैं गर्जन्‍छन्, तर उहाँले तिनीहरूलाई हप्‍काउनुहुनेछ र तिनीहरू टाढा भाग्‍नेछन्, डाँडाहरूमाथि भुसझैं तिनीहरू हावाको सामु उड्‍नेछन् र आँधीको सामु मडारिएको झारझैं हुनेछन् ।

  • 20बिहान र बेलुकीको बिचमा तिनीहरू नष्‍ट हुन्छन् । कसैको जानकारीविना नै तिनीहरू सदाको लागि नष्‍ट हुन्छन् ।

  • 14तिनीहरू कुकुरझैं कराउँदै सहरभरि गएर साँझमा फर्कन्छन् ।

  • 20पानीले झैं त्रासले उसलाई डुबाउनेछ । रातमा एउटा आँधीले उसलाई टाढा पुर्‍याउनेछ ।

  • 1¶ हेर! परमप्रभुको त्यो दिन आउँदै छ जब तिमीहरूको लुटको सम्पत्ति तिमीहरूका माझमा बाँडिनेछ ।

  • यशा 33:1-2
    2 पदहरू
    74%

    1¶ विनाश नभएको विनाश पार्ने तँलाई धिक्‍कार! तिनीहरूले धोका नदिएको धोकेबाजलाई धिक्‍कार! जब तैंले विनाश गर्न छोड्छस् तब तेरो विनाश हुनेछ । जब तैले धोका दिन छोड्छस् तब तिनीहरूले तँलाई धोका दिनेछन् ।

    2हे परमप्रभु, हामीप्रति अनुग्रही हुनुहोस् । हामी तपाईंको आशा गर्छौं । हरेक बिहान हाम्रो बहुली हुनुहोस्, कष्‍टको समयमा हाम्रो उद्धार हुनुहोस् ।

  • 19जब त्‍यो आउँछ त्‍यसले तिमीहरूलाई डुबाउनेछ, त्‍यो हरेक बिहान आउनेछ र त्‍यो दिन र रात आउनेछ । जब सन्देश बुझिन्छ, त्‍यसले त्रास पैदा गर्नेछ ।

  • 6बिहानमा त्‍यो फक्रिन्‍छ र बढ्छ । साँझमा त्‍यो ओइलाउँछ र सुक्‍छ ।

  • 30त्यस दिन शिकारको विरुद्धमा तिनीहरू समुद्र गर्जेझैं गर्जनेछन् । कसैले देशलाई हेर्छ भने, उसले अन्धकार र कष्‍ट देख्‍नेछ । प्रकाशलाई पनि बादलले अँध्यारो पार्नेछ ।

  • 20एकै क्षणमा तिनीहरू मर्नेछन् । मध्यरातमा मानिसहरू हल्लिन्‍छन् र बितेर जान्‍छन् । शक्तिशाली मानिसहरू लगिन्‍छन्, तर मानवीय हातले होइन ।

  • 4त्यस दिन मानिसहरूले तिमीहरूबारे गीत गाउनेछन्, र विलापको रुवाबासीसहित तिनीहरू विलाप गर्नेछन् । तिनीहरू यसरी गाउनेछन्, ‘हामी इस्राएलीहरू पूर्ण रूपमा नष्‍ट भएका छौँ । परमप्रभुले मेरा मानिसहरूको इलाका परिवर्तन गर्नुहुन्छ । उहाँले कसरी त्यो मबाट हटाउनुहुनेछ? उहाँले हाम्रो भुमि धोका दिनेहरूलाई बाँडिदिनुहुनेछ!’”

  • 12यी मानिसहरू, यी गिल्ला गर्नेले रातलाई दिनमा बद्लन्‍छन् । उज्यालो अँध्यारको नजिकै छ ।

  • 16किनकि तिनीहरूले खराबी नगरेसम्म तिनीहरू सुत्‍न सक्दैनन्, र तिनीहरूले कसैलाई नलडाएसम्म तिनीहरूलाई निन्द्रै लाग्दैन ।

  • 19तिनीहरू कसरी क्षणभरमा नै उजाडस्‍थान बने! तिनीहरूको अन्‍त भयो र भयानक त्रासहरूले समाप्‍त पारिए ।

  • यिर्मि 6:4-5
    2 पदहरू
    73%

    4“युद्धको लागि आफैलाई देवताहरूकहाँ अर्पण गर । उठ, हामी मध्यदिनमा आक्रमण गरौं । दिन ढल्कँदै जानु र बेलुकीको छायाँ पर्दै जानु धेरै नराम्रो कुरा हो ।

    5तरै पनि हामी रातमा आक्रमण गरौं र त्यसको किल्लालाई नष्‍ट पारौं ।”

  • 10दिनरात तिनीहरू पर्खालहरूमा चढेर घुम्‍छन् । अधर्म र हानि यसको माझमा छन् ।

  • 7तिमीहरू जो देशमा बस्‍छौ, तिमीहरूको सर्वनाश आउँदैछ । समय आएको छ । सर्वनाशको दिन नजिकै छ, र पर्वतहरू आनन्‍दित हुनेछैनन् ।

  • विलाप 4:18-19
    2 पदहरू
    73%

    18तिनीहरूले हाम्रा पाइलाहरू पछ्याए । हामी हाम्रा सडकहरूमा हिँड्न सकेनौँ । हाम्रो अन्त्य नजिकै थियो, र हाम्रा दिन गन्ती गरिए । हाम्रो अन्त्य आइसकेको थियो ।

    19हामीले खेद्‍नेहरू आकाशका चीलहरूभन्दा पनि छिटा थिए । तिनीहरूले हामीलाई पहाडहरूसम्मे खेदे, र उजाड-स्थानमा हामीलाई ढुकिबसे ।

  • 23किनकि परमप्रभुले तिनीहरूको मुद्दाको पक्षमा वकालत गर्नुहुने छ, र तिनीहरूलाई लुट्नेहरूलाई उहाँले लुट्नुहुने छ ।

  • 15त्यो दिन क्रोधको दिन, संकट र पीडाको दिन, आँधी र विनाशको दिन, अन्धकार र विरक्तको दिन, बादल र घोर अन्धकारको दिन हुनेछ ।

  • 7दुष्‍टहरूको हिंसाले तिनीहरूलाई तानेर लैजान्छ, किनकि ठिक काम गर्न तिनीहरू इन्कार गर्छन् ।

  • 5तिमीहरूकहाँ चोरहरू आउँदा, रातमा डाँकुहरू आउँदा— तिमीहरूको कस्तो सर्वनाश होला!— के तिनीहरूले आफूलाई चाहिने जति मात्र चोरेर लाँदैनन् र? दाख बाटुल्‍नेहरू तिमीहरूकहाँ आए भने, तिनीहरूले अलिअलि सिलाहरू छोड्‍दैनन् र?

  • 7के तँलाई टोक्‍नेहरू अचानक उठ्नेछैनन्, अनि तँलाई त्रासमा राख्‍नेहरू जाग्‍नेछैनन्? तँ तिनीहरूका निम्ति शिकार बन्‍नेछस् ।

  • 9उहाँले बलियामाथि एक्‍कासि विनाश ल्यानुहुन्छ, जसले गर्दा किल्लाहरूमा विनाश आउँछन् ।

  • 14सहरको पर्खालमा भएको ठुलो प्वालबाट आउने फौजझैं तिनीहरू मेरो विरुद्धमा आउँछन् । विनाशको बिचमा तिनीहरू ममाथि लडिबडि खेल्छन् ।

  • 11हिंसा बढेर दुष्‍टताको लठ्ठी भएको छ—तिमध्‍ये कुनै पनि, ति भीडमध्‍ये कुनै पनि, तिनका धन-सम्‍पत्तिमध्‍ये केही पनि, र तिनीहरूका कुनै पनि बहुमूल्‍य चीज छोडिनेछैन!

  • 1¶ धिक्‍कार तिनीहरूलाई जसले अधर्मको योजना बनाउँछन्, जसले आफ्ना ओछ्यानमा दुष्‍ट काम गर्ने योजना बनाउँछन् । बिहानीको उज्यालोमा तिनीहरू यस्तो गर्छन् किनभने तिनीहरूसँग सामर्थ छ ।

  • 25त्रास आउनेछ । तिनीहरूले शान्ति खोज्‍नेछन्, तर त्‍यहाँ केही हुनेछैन ।

  • 21उसका कानमा त्रासको सोर सुनिन्छ । उसको उन्‍नति हुँदा नै विनाशक उसमा आउनेछ ।

  • 25यसरी तिनीहरूका कामहरूका जानकारी उहाँलाई हुन्‍छ । उहाँले यी मानिसहरूलाई रातमा पल्टाउनुहुन्छ । तिनीहरू नष्‍ट हुन्छन् ।

  • अय्यू 21:17-18
    2 पदहरू
    72%

    17कतिपल्‍ट दुष्‍ट मानिसहरूको बत्ती निभाइन्‍छ, अथवा तिनीहरूका विपत्ति तिनीहरूमाथि नै आउँछ? परमेश्‍वरले आफ्नो क्रोधमा तिनीहरूलाई कतिपल्‍ट दुःख पठाउनुहुन्‍छ?

    18कतिपल्‍ट बतासको सामु तिनीहरू सुकेका झारपात, अथवा आँधीले उडाएर लैजाने भुसझैं भएका छन्?

  • 15हामी शान्तिको अपेक्षा गर्दैछौं, तर त्यहाँ कुनै असल कुरो हुनेछैन । हामी चङ्गाइको समयको आशा गर्दैछौं, तर त्यहाँ त्रास हुनेछ ।

  • 11हेर्नुहोस्, यिनीहरूले हामीलाई कस्तो प्रतिफल दिइरहेका छन् । तपाईंले हामीलाई अधिकार गर्न दिनुभएको ठाउँदेखि हामीलाई धपाउन तिनीहरू आउँदै छन्‌ ।

  • 15धर्मात्माको घरमाथि आक्रमण गर्ने दुष्‍ट मानिसजस्तै ढुकेर नबस् । त्यसको घर नभत्का ।

  • 67तिमीहरूका ह्रदयमा हुने डर र तिमीहरूका आँखाले देख्‍नुपर्ने कुराहरूको कारणले बिहान तिमीहरूले 'राति भइदिए हुन्थ्यो!' भन्‍ने छौ भने राति तिमीहरूले 'बिहान भइदिए हुन्थ्यो!' भन्‍ने छौ ।

  • 9साँझको बेलामा दिन ढल्कँदै थियो, जुन बेला अन्धकार छाएको थियो ।

  • 24याकूबलाई कसले लुटेराको हातमा र इस्राएललाई लुटाहाको हातमा सुम्प्यो? के परमप्रभुले नै होइन, जसको विरुद्धमा हामीले पाप गरेका छौं, जसको बाटोमा हिंड्न तिनीहरू इन्कार गरे र जसको व्यावस्था पालन गर्न तिनीहरूले इन्कार गरे?

  • 22तिनीहरूले पृथ्वीमा हेर्नेछन् र व्‍यकुलता, अन्धकार र अत्याचारको बादल देख्‍नेछन् । तिनीहरू अन्धकारको देशमा लगिनेछन् ।

  • 17त्यहाँ दुष्‍टको अत्‍याचार सकिन्‍छ । त्यहाँ थाकितहरूले विश्राममा लिन्छन् ।

  • 6तिनीहरू साँझमा फर्कन्छन्, तिनीहरू कुकुरहरूझैं कराउँछन् र सहरका वरिपरि जान्छन् ।

  • 2तापनि उहाँ बुद्धिमान् हुनुहुन्छ, उहाँले विपत्ति ल्याउनुहुनेछ र आफ्‍नो वचनबाट उहाँ पछि हट्‍नुहुनेछैन । उहाँ दुष्‍ट घराना र पाप गर्न सहायता गर्नेहरूका विरुद्धमा उठ्नुहुनेछ ।