नीतिवचन 24:15

अनलक शाब्दिक बाइबल

धर्मात्माको घरमाथि आक्रमण गर्ने दुष्‍ट मानिसजस्तै ढुकेर नबस् । त्यसको घर नभत्का ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 9:11 : 11 जब तिनीहरू सहरतिर जानलाई पहाड चढे, तिनीहरूले पानी लिन आउने जवान स्‍त्रीहरूलाई भेटे । शाऊल र तिनका सेवकले तिनीहरूलाई सोधे, “के दर्शी यहाँ हुनुहुन्छ?”
  • १ शमू 22:18-19 : 18 तब राजाले दोएगलाई भने, “फर्की र पुजारीहरूलाई मार् ।” त्यसैले एदोमी दोएग फर्के र पुजारीहरूलाई आक्रमण गरे । त्यस दिन एपोद लाउने पचासी जना मानिसहरूलाई उसले मार्‍यो । 19 उसले पुजारीहरूको सहर नोबलाई पनि तरवारले आक्रमण गर्‍यो । पुरुष र स्‍त्री, बालक र दूधे बालक, गोरुहरू र गधाहरू र भेडाहरू सबैलाई उसले तरवारले मार्‍यो ।
  • १ शमू 23:20-23 : 20 अब हे राजा तल आउनुहोस्, तपाईंको इच्छाअनुसार तल आउनुहोस् । हाम्रो काम भनेको तिनलाई राजाको हातमा सुम्‍पने हुनेछ ।” 21 शाऊलले भने, “तिमीहरूलाई परमप्रभुले आशिष् देऊन् । किनकि तिमीहरूले ममाथि दया गरेका छौ । 22 जाओ, अझै पक्‍का गर । तिनको लुक्‍ने ठाउँ कहाँ छ अनि त्यहाँ उसलाई कसले देखेको हो थाहा पाओ र पत्ता लगाओ । ऊ धेरै चतुर छ भनी मलाई भनिएको छ । 23 त्यसैले हेर र उसले आफूलाई कहाँ लुकाउँछ सबै ठाउँ पत्ता लगाओ । पक्‍का सूचना लिएर मकहाँ फर्की आओ, अनि त्‍यसपछि तिमीहरूसँगै म फर्केर जानेछु । ऊ त्यस ठाउँमा छ भने, म उसलाई हजारौं यहूदाका माझमा सबैतिर खोज्‍नेछु ।”
  • भजन 10:8-9 : 8 त्यो गाउँको नजिकै ढुकेर बस्छ । गुप्‍त ठाउँहरूमा त्यसले निर्दोषको हत्या गर्छ । त्यसका आँखाले बेसाहारा पिडितलाई खोज्छ । 9 सिंह झाडीमा लुकेझैं त्यो गुप्‍तमा ढुक्छ । थिचोमिचोमा परेकाहरूलाई समात्‍न त्‍यो पर्खेर बस्‍छ । त्यसले आफ्नो जाल तान्दा थिचोमिचोमा परेकाहरूलाई समाउँछ । 10 त्यसका पन्‍जामा परेकाहरूलाई टेकिन्‍छन् र पिटिन्छन् । तिनीहरू त्यसको बलियो जालहरूमा फस्छन् ।
  • भजन 37:32 : 32 दुष्‍ट व्‍यक्‍तिले धर्मी व्‍यक्‍तिलाई हे्र्छ र तिनलाई मार्न खोज्छ ।
  • भजन 56:6 : 6 तिनीहरू आफूलाई एकसाथ भेला गर्छन्, तिनीहरू आफूलाई लुकाउँछन् र तिनीहरूले मेरा पाइलाहरू पहिल्याउँछन्, जसरी तिनीहरूले मेरो ज्‍यान लिन ढुकिबसेका छन् ।
  • भजन 59:3 : 3 हेर्नुहोस्, तिनीहरूले मेरो ज्यान लिन ढुकेर बस्छन् । शक्तिशाली मानिसहरू मेरो विरुद्ध एकसाथ भेला हुन्छन्, तर हे परमप्रभु, मेरो पाप वा अपराधको कारणले होइन ।
  • भजन 140:5 : 5 घमण्डीहरूले मेरो निम्ति पासो थापेका छन् । तिनीहरूले जाल फिंजाएका छन् । तिनीहरूले मेरो निम्ति एउटा पासो थापेका छन् । सेला
  • नीति 1:11 : 11 तिनीहरूले भन्लान्, “हामीसित आऊ । उक्तपातको लागि ढुकिबसौँ । विनाकारण लुकेर निर्दोष मानिसहरूलाई आक्रमण गरौँ ।
  • नीति 22:28 : 28 तेरा पिता-पुर्खाहरूले खडा गरेका प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा ।
  • यशा 32:18 : 18 मेरा मानिसहरू शान्तिपुर्ण बासस्थानमा, सुरक्षित घरहरूमा र शान्तसित विश्राम गर्ने ठाउँहरूमा बास गर्नेछन् ।
  • यिर्मि 11:19 : 19 म त कसाइकहाँ लगिंदै गरेको अवोध थुमाजस्तै थिएँ । तिनीहरूले मेरो विरुद्धमा यस्तो योजना रचेका थिए भनी मलाई थाहा थिएन, “रुखलाई त्‍यसको फलसमेत नष्‍ट पारौं । फेरि त्यसको नाउँ नै नसम्झने गरी त्यसलाई जीवितहरूको देशबाट निष्काशित गरौं ।”
  • मत्त 26:4 : 4 तिनीहरू मिलेर येशूलाई छलसित पक्रने र उहाँलाई मार्ने षड्यन्‍त्र गरे ।
  • प्रेरि 9:24 : 24 तर शाऊलले तिनीहरूको षड्यन्‍त्र थाहा पाए । तिनलाई मार्ने उद्देश्यले तिनीहरू दिनरात ढोकाहरूमा चेवा गरेर बस्थे ।
  • प्रेरि 23:16 : 16 तर तिनीहरूले उनलाई मार्न पर्खिरहेका थिए भनी पावलको भान्जाले सुने । त्यसैले, ऊ सेनाको किल्लाभित्र प्रवेश गरी पावललाई त्यो कुरा बताइदियो ।
  • प्रेरि 25:3 : 3 र तिनीहरूले पावलको विषयमा सहायताको निम्ति फेस्तससँग अनुरोध गरे, कि तिनले उनलाई यरूशलेममा बोलाउन्, ताकि तिनीहरूले उनलाई बाटोमा नै मर्न सकून् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 32दुष्‍ट व्‍यक्‍तिले धर्मी व्‍यक्‍तिलाई हे्र्छ र तिनलाई मार्न खोज्छ ।

  • 12धर्मात्माले दुष्‍ट मानिसको घरको निगरानी गर्छ । उहाँले दुष्‍ट मानिसहरूमाथि विपत्ति ल्याउनुहुन्छ ।

  • नीति 24:16-20
    5 पदहरू
    79%

    16किनकि धर्मात्मा सात पटक लोट्छ र फेरि उठ्छ, तर दुष्‍ट मानिसहरू विपत्तिद्वारा तल खसालिन्छन् ।

    17तेरो शत्रुको पतन हुँदा उत्सव नमना, र त्यसले ठक्‍कर खाँदा तेरो हृदयलाई प्रसन्‍न हुन नदे ।

    18नत्रता परमप्रभुले देख्‍नुहुने छ र असहमति जनाउनुहुने छ अनि त्यसबाट आफ्नो क्रोध हटाउनुहुने छ ।

    19खराबी गर्नेहरूको कारण चिन्ता नमान्, र दुष्‍ट मानिसहरूको ईर्ष्या नगर् ।

    20किनभने दुष्‍ट मानिसको कुनै भविष्य छैन, र दुष्‍ट मानिसको बत्ती निभाइने छ ।

  • नीति 12:6-7
    2 पदहरू
    77%

    6दुष्‍ट मानिसका वचनहरू हत्या गर्ने मौकाको प्रतीक्षा गर्ने पासो हुन्, तर धर्मीहरूका वचनहरूले तिनीहरूलाई सुरक्षित राख्छन् ।

    7दुष्‍ट मानिसहरू फालिन्छन्, र तिनीहरू रहँदैनन्, तर धर्मी मानिसहरूको घर खड रहने छ ।

  • 3दुष्‍टहरूका राजदण्डले धर्मीहरूका देशमा राज्‍य गर्नुहुन्‍न । अन्‍यथा धर्मीहरूले जे खराब छ त्यही गर्न सक्‍छन् ।

  • नीति 10:29-30
    2 पदहरू
    76%

    29परमप्रभुको मार्गले निष्‍ठावान् मानिसहरूको रक्षा गर्छ, तर दुष्‍टको लागि यो विनाश हो ।

    30धर्मात्मा कहिल्यै उखेलिने छैन, तर दुष्‍टचाहिँ पृथ्वी रहने छैन ।

  • 29तेरो नजिकै बस्‍ने र तँमाथि भर पर्ने आफ्नो छिमेकीको हानि गर्ने योजना नबना ।

  • 21धर्मात्मामाथि कुनै हानि आइपर्दैन, तर दुष्‍टचाहिँ कठिनाइहरूले भरिएको हुन्छ ।

  • 11निन्‍दा गर्ने जिब्रो भएका मानिसहरूलाई पृथ्वीमा सुरक्षित नगरियोस् । हिस्रक मानिसलाई हिर्काएर मार्न खराबीले त्‍यसलाई खेदोस् ।

  • 10केही क्षणमा नै दुष्‍ट मानिस लोप हुनेछन् । तिमीले त्यसको ठाउँमा हेर्नेछौ तर त्यो गइसकेको हुनेछ ।

  • 7दुष्‍टहरूको हिंसाले तिनीहरूलाई तानेर लैजान्छ, किनकि ठिक काम गर्न तिनीहरू इन्कार गर्छन् ।

  • 11दुष्‍ट मानिसहरूको घर नष्‍ट पारिने छ, तर धर्मी मानिसहरूको पालमा फलिफा हुने छ ।

  • 16किनकि तिनीहरूले खराबी नगरेसम्म तिनीहरू सुत्‍न सक्दैनन्, र तिनीहरूले कसैलाई नलडाएसम्म तिनीहरूलाई निन्द्रै लाग्दैन ।

  • 23धर्मी मानिसहरूका इच्छाले असल नतिजामा पुर्‍याउँछ, तर दुष्‍ट मानिसहरूले केवल क्रोधको अपेक्षा गर्न सक्छन् ।

  • 25दुष्‍टहरूबाट अकस्मात् आउने त्रास वा विपत्तिदेखि नडरा ।

  • 1¶ खराब मानिसहरूको लालच नगर्, न त तिनीहरूसित सङ्गत गर्ने चाहना राख् ।

  • 9‘धिक्‍कार त्यसलाई जसले दुष्‍टको हातबाट आफैँलाई सुरक्षित राख्‍नलाई आफ्नो गुँड उच्‍च स्थानमा बनाउन सकोस् भनेर आफ्नो घरको निम्ति दुष्‍टताका मुनाफाबाट चीजहरू बनाउँछ ।’

  • 14दुष्‍टहरूको चालमा नहिँड् र खराबी गर्नेहरूको मार्गमा नजा ।

  • 15दुष्‍ट र खराब मानिसहरूको पाखुरा भाँच्नुहोस् । त्यसलाई आफ्‍नो दुष्‍ट कामहरूको लेखा लिनुहोस्, जुन तपाईंले पत्ता लगाउनु हुन्‍न भनी त्यसले सोच्यो ।

  • 12दुष्‍ट मानिसले धर्मीको विरुद्धमा षड्यन्त्र गर्छ र त्यसले उनको विरुद्ध दाह्रा किट्छ ।

  • 13दुष्‍टहरूका निम्ति खाडल नखनेसम्म तपाईंले त्यसलाई कष्‍टको समयमा विश्राम दिनुहुन्छ ।

  • 6धार्मिकताले ती मानिसहरूको रक्षा गर्छ, जो आफ्नो मार्गमा दोषरहित छन्, तर दुष्‍टताले पाप गर्नेहरूलाई पल्टाइदिन्छ ।

  • 21खराबीले दुष्‍टलाई मार्ने छ । धर्मीलाई घृणा गर्ने दोषि ठहरिने छ ।

  • 10दुष्‍टको भोकले खराबीको लालसा गर्छ । त्यसको छिमेकीले त्यसको आँखामा निगाह देख्दैन ।

  • 13जस्‍तो पुरानो उखान छ, 'दुष्‍टबाट नै दुष्‍टता निस्‍कन्‍छ ।' तर मेरा हात तपाईंको विरुद्धमा हुनेछैन ।

  • 7परमप्रभुको सामु मौन बस र धैर्यपूर्वक उहाँको आसा गर । आफूले गरेका कुरामा कोही सफल हुँदा वा त्यसले दुष्‍ट षड्यन्त्रहरू बनाउँदा क्रोधित नहोऊ ।

  • 19खराब मानिसहरू असल मानिसहरूका सामु र दुष्‍ट मानिसहरू धर्मात्माका ढोकाहरूमा झुक्‍ने छन् ।

  • 23किनकि परमप्रभुले तिनीहरूको मुद्दाको पक्षमा वकालत गर्नुहुने छ, र तिनीहरूलाई लुट्नेहरूलाई उहाँले लुट्नुहुने छ ।

  • 18तापनि उहाँले तिनीहरूका घरहरू असल कुराहरूले भर्नुभयो । दुष्‍ट मानिसहरूका योजनाहरू मबाटै धेरै टाढा छन् ।

  • 6धर्मात्माको घरमा ठुलो खजाना हुन्छ, तर दुष्‍ट मानिसको कमाइले त्यसलाई कष्‍ट दिन्छ ।

  • 3दुष्‍टताद्वारा मानिस स्थापित हुन सक्दैन, तर धर्मी मानिसहरूलाई जरैदेखि उखेल्न सकिँदैन ।

  • 5दुष्‍ट मानिसको पक्ष लिनु राम्रो होइन, न त धर्मी मानिसको न्यायलाई इन्कार गर्नु राम्रो हो ।

  • 8धर्मात्मा सङ्कष्‍टबाट बचाइन्छ, र त्यसको साटो यो दुष्‍टमाथि आइपर्छ ।

  • 7झुटा गवाही दिन अरूहरूसित नमिल, र निर्दोष वा धर्मीहरूलाई नमार किनकि म दुष्‍टहरूलाई कहिल्यै निर्दोष ठहराउनेछैनँ ।

  • 12दुष्‍टले खराब मानिसहरूले अरूबाट चोरेको वस्तुको इच्छा गर्छ, तर धर्मी मानिसहरूको फल तिनीहरू आफैबाट आउँछ ।

  • 24दुष्‍ट व्यक्तिको डरले त्यसलाई उछिन्‍ने छ, तर धर्मी व्यक्तिको इच्छा पुरा हुने छ ।

  • 26धर्मात्मा उसको मित्रको लागि पथ-प्रदर्शक हो, तर दुष्‍टहरूको चालले तिनीहरूलाई बरालिदिन्छ ।

  • 3अधर्म गर्ने दुष्‍टहरूसँगै मलाई टाढा नलानुहोस्, जसले आफ्‍ना छिमेकीहरूसँग शान्तिका कुरा गर्छन् तर आफ्‍ना हृदयहरूमा खराबी हुन्छ ।

  • 3परमप्रभुले धर्मी व्यक्तिको प्राणलाई भोकै रहन दिनुहुन्‍न, तर उहाँले दुष्‍टको इच्छालाई निराश तुल्याइदिनुहुन्छ ।

  • 18यी मानिसहरू तिनीहरूको आफ्नै रगतको लागि ढुकिबस्छन् । तिनीहरूले आफ्नै ज्यानको लागि पासो थाप्छन् ।

  • 21निश्‍चय नै अधर्मी मानिसहरूका घरहरू यस्तै हुन्‍छन् । परमेश्‍वरलाई नचिन्‍नेहरूका ठाउँहरू यस्तै हुने छन् ।

  • 14मानौँ, अधर्म तपाईंको हातमा थियो, तर त्‍यसलाई तपाईंले आफूबाट टाढा पुर्‍याएको भए, अनि तपाईंका पालहरूभित्र अधार्मिकतालाई बस्‍न नदिएको भए ।

  • 14थिचोमिचोमा परेका र दरिद्रहरूलाई ढाल्न, सोझाहरूलाई मार्न दुष्‍टहरूले आफ्‍ना तरवारहरू थुतेका छन् र आफ्‍ना धनुमा ताँदो चढाएका छन् ।

  • 18दुष्‍ट व्यक्तिले आफ्नो ज्याला पाउन झुट बोल्छ, तर ठिक कुरो छर्नेले सत्यताको ज्याला कटनी गर्ने छ ।