भजनसंग्रह 34:21
खराबीले दुष्टलाई मार्ने छ । धर्मीलाई घृणा गर्ने दोषि ठहरिने छ ।
खराबीले दुष्टलाई मार्ने छ । धर्मीलाई घृणा गर्ने दोषि ठहरिने छ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
32दुष्ट व्यक्तिले धर्मी व्यक्तिलाई हे्र्छ र तिनलाई मार्न खोज्छ ।
21विपत्तिले पापीहरूलाई खेद्ने छ, तर धर्मी मानिसले भलाइको इनाम पाउने छ ।
7दुष्टहरूको हिंसाले तिनीहरूलाई तानेर लैजान्छ, किनकि ठिक काम गर्न तिनीहरू इन्कार गर्छन् ।
19खराब मानिसहरू असल मानिसहरूका सामु र दुष्ट मानिसहरू धर्मात्माका ढोकाहरूमा झुक्ने छन् ।
21धर्मात्मामाथि कुनै हानि आइपर्दैन, तर दुष्टचाहिँ कठिनाइहरूले भरिएको हुन्छ ।
21तिनीहरू धर्मीको ज्यान लिन सँगै षड्यन्त्र रच्छन् र तिनीहरूले निर्दोषलाई मृत्युदण्ड दिन्छन् ।
18दुष्ट मानिस धर्मी मानिसको लागि प्रायश्चित्त हुन्छ, र विश्वासघाती मानिस सोझो मानिसको लागि प्रायश्चित्त हुन्छ ।
5परमप्रभुले धर्मी र दुष्ट दुवैको जाँच गर्नुहुन्छ, तर हिंसा गर्न मन पराउनेलाई उहाँले घृणा गर्नुहुन्छ ।
12धर्मात्माले दुष्ट मानिसको घरको निगरानी गर्छ । उहाँले दुष्ट मानिसहरूमाथि विपत्ति ल्याउनुहुन्छ ।
32आफ्ना खराब कामहरूद्वारा दुष्ट मानिस तल खसालिन्छ, तर धर्मात्माले मृत्युमा समेत आश्रय पाउँछ ।
38पापीहरू पूर्ण रूपमा नष्ट हुनेछन् । दुष्ट मानिसको भविष्य नष्ट हुनेछ ।
30कि दुष्ट मानिस विपत्तिको दिनमा जोगिन्छ, र क्रोधको दिनमा उसलाई कतै सारेर जोगाइन्छ?
19ठिक कुरो गर्ने इमानदार व्यक्ति जिउने छ, तर खराबीको पिछा गर्नेचाहिँ मर्ने छ ।
10रक्तपात गर्नेले खोटरहित मानिसलाई घृणा गर्छ, र सोझाहरूको ज्यान लिन खोज्छ ।
2तिमीहरू जसले असल कुरालाई घृणा गर्छौ र दुष्टलाई रुचाउँछौ, तिमीहरू जसले तिनीहरूका छालालाई काढ्दछौ, र तिनीहरूका हड्डीबाट मासुलाई अलग गर्दछौ,
10दुष्ट व्यक्तिले यो देख्नेछ र क्रुद्ध हुनेछ । त्यसले रिसले दाह्रा किट्नेछ र त्यो बिलेर जाने छ । दुष्ट मानिसहरूका इच्छा नष्ट हुनेछ ।
14थिचोमिचोमा परेका र दरिद्रहरूलाई ढाल्न, सोझाहरूलाई मार्न दुष्टहरूले आफ्ना तरवारहरू थुतेका छन् र आफ्ना धनुमा ताँदो चढाएका छन् ।
29परमप्रभुको मार्गले निष्ठावान् मानिसहरूको रक्षा गर्छ, तर दुष्टको लागि यो विनाश हो ।
30धर्मात्मा कहिल्यै उखेलिने छैन, तर दुष्टचाहिँ पृथ्वी रहने छैन ।
10तिमीहरू जसले परमप्रभुलाई प्रेम गर्छौ, खराबीलाई घृणा गर । उहाँले आफ्ना सन्तहरूका जीवन रक्षा गर्नुहुन्छ र उहाँले तिनीहरूलाई दुष्टको हातबाट बाहिर निकाल्नुहुन्छ ।
22तपाईंलाई घृणा गर्नेहरू लाजले ढाकिनेछन् । दुष्टको पाल फेरि रहनेछैन ।”
11निन्दा गर्ने जिब्रो भएका मानिसहरूलाई पृथ्वीमा सुरक्षित नगरियोस् । हिस्रक मानिसलाई हिर्काएर मार्न खराबीले त्यसलाई खेदोस् ।
22तर दुष्टहरूचाहिँ देशबाट जरैदेखि उखेलिने छन्, र विश्वासहीनहरू यसबाट मिल्काइने छन् ।
17किनकि दुष्ट मानिसहरूका पाखुराहरू भाँचिनेछन्, तर परमप्रभुले धर्मी मानिसहरूलाई सहायता गर्नुहुन्छ ।
36तर असफल हुनेले चाहिँ आफ्नै जीवनमा हानि ल्याउँछ । मलाई घृणा गर्ने सबैले मृत्युलाई प्रेम गर्छ ।”
16खराबी गर्नेहरूका सम्झना पृथ्वीबाट मेटाउनलाई परमप्रभुको मुहार तिनीहरूका विरुद्धमा हुन्छ ।
15धर्मात्माको घरमाथि आक्रमण गर्ने दुष्ट मानिसजस्तै ढुकेर नबस् । त्यसको घर नभत्का ।
6धार्मिकताले ती मानिसहरूको रक्षा गर्छ, जो आफ्नो मार्गमा दोषरहित छन्, तर दुष्टताले पाप गर्नेहरूलाई पल्टाइदिन्छ ।
2तापनि उहाँ बुद्धिमान् हुनुहुन्छ, उहाँले विपत्ति ल्याउनुहुनेछ र आफ्नो वचनबाट उहाँ पछि हट्नुहुनेछैन । उहाँ दुष्ट घराना र पाप गर्न सहायता गर्नेहरूका विरुद्धमा उठ्नुहुनेछ ।
10दुष्टको भोकले खराबीको लालसा गर्छ । त्यसको छिमेकीले त्यसको आँखामा निगाह देख्दैन ।
12दुष्ट मानिसले धर्मीको विरुद्धमा षड्यन्त्र गर्छ र त्यसले उनको विरुद्ध दाह्रा किट्छ ।
7दुष्ट मानिसहरू फालिन्छन्, र तिनीहरू रहँदैनन्, तर धर्मी मानिसहरूको घर खड रहने छ ।
5खोटरहित व्यक्तिको ठिक आचरणले उसको मार्ग सिधा बनाउँछ, तर दुष्टहरूको दुष्टताको कारण तिनीहरूको पतन हुने छ ।
6परमेश्वरलाई खुसी पार्नेहरूको ठिक आचरणले तिनीहरूलाई सुरक्षित राख्छन्, तर विश्वासघातीहरू तिनीहरूकै अभिलाषाद्वारा पासोमा पर्छन् ।
3विपत्ति अधर्मी मानिसहरूका लागि हो, अनि विनाशचाहिं दुष्ट काम गर्नेहरूका लागि हो भनी मैले विचार गर्थें ।
3परमप्रभुले धर्मी व्यक्तिको प्राणलाई भोकै रहन दिनुहुन्न, तर उहाँले दुष्टको इच्छालाई निराश तुल्याइदिनुहुन्छ ।
11दुष्टलाई धिक्कार! उसलाई खराब हुनेछ, किनकि उहाँको हातको बदला उसैमाथि पर्नेछ ।
10सोझाहरूलाई खराब मार्गमा लैजाने जो कोही पनि आफूले खनेको खाल्डोमा जाकिने छ, तर खोटरहित मानिसले असल पैतृक-सम्पत्ति पाउने छ ।
23धर्मी मानिसहरूका इच्छाले असल नतिजामा पुर्याउँछ, तर दुष्ट मानिसहरूले केवल क्रोधको अपेक्षा गर्न सक्छन् ।
21यो कुरो निश्चित छ, कि दुष्ट व्यक्ति दण्डविना उम्कने छैन, तर धर्मी मानिसहरूका सन्तानहरू सुरक्षित रहने छन् ।
24दुष्ट मानिसलाई “तिमी धर्मात्मा हौ,” भनी भन्ने कुनै पनि व्यक्ति मानिसहरूद्वारा श्रापित हुने छ, र जाति-जातिहरूद्वारा घृणित हुने छ ।
28विद्रोहीहरू र पापीहरू एकसाथ धूलो पारिनेछन् र परमप्रभुलाई त्याग्नेहरू नष्ट हुनेछन् ।
8धर्मात्मा सङ्कष्टबाट बचाइन्छ, र त्यसको साटो यो दुष्टमाथि आइपर्छ ।
27अन्यायी मानिस धर्मात्माको लागि घृणित हुन्छ, र सोझो चाल भएको मानिस दुष्टको लागि घृणित हुन्छ ।
29मलाई घृणा गर्ने कुनै व्यक्तिको विनाशमा म रमाएको छु भने, अर्थात् विपत्तिले उसमाथि विजय पाउँदा आफैलाई बधाई दिएको छु भने, तब मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।
22परमप्रभुले आफ्ना सेवकहरूका जीवनलाई बचाउनुहुनेछ । उहाँमा शरण नलिनेहरू कसैलाई पनि दोषी ठहराइनेछैन ।
15दुष्ट र खराब मानिसहरूको पाखुरा भाँच्नुहोस् । त्यसलाई आफ्नो दुष्ट कामहरूको लेखा लिनुहोस्, जुन तपाईंले पत्ता लगाउनु हुन्न भनी त्यसले सोच्यो ।
15न्याय कायम हुँदा यसले धर्मात्मामा आनन्द ल्याउँछ भने खराबी गर्नेहरूमा त्रास ल्याउँछ ।
15तिनीहरूमाथि अचानक मृत्यु आइ लागोस् । तिनीहरू जिउँदै चिहानमा जाऊन् किनकि तिनीहरू जहाँ बस्छन् त्यहाँ तिनीहरूकै माझमा दुष्टता छ ।
20परमप्रभुले उहाँलाई प्रेम गर्नेहरू सबैमाथि हेर्नुहुन्छ, तर उहाँले सबै दुष्टलाई नाश गर्नुहुनेछ ।