नीतिवचन 28:10

अनलक शाब्दिक बाइबल

सोझाहरूलाई खराब मार्गमा लैजाने जो कोही पनि आफूले खनेको खाल्डोमा जाकिने छ, तर खोटरहित मानिसले असल पैतृक-सम्पत्ति पाउने छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 6:33 : 33 तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर अनि यी सबै थोक तिमीहरूलाई दिइनेछ ।
  • नीति 26:27 : 27 खाडल खन्‍ने मानिस त्यसभित्र जाकिन्छ, र ढुङ्गा गुडाउने मानिसमा नै त्यो ढुङ्गा फर्केर आउने छ ।
  • भजन 37:25-26 : 25 म जवान थिएँ र अहिले वृद्ध भएको छु । धर्मी व्‍यक्‍ति त्यागिएको वा त्‍यसको छोराछोरीले रोटीको निम्ति मागेको मैले कहिल्यै देखेको छैन । 26 दिनभरि नै अनुग्रही हुन्छ र पैंचो दिन्छ अनि त्‍यसका छोराछोरीले आशिष्‌ पाउँछन् ।
  • नीति 15:6 : 6 धर्मात्माको घरमा ठुलो खजाना हुन्छ, तर दुष्‍ट मानिसको कमाइले त्यसलाई कष्‍ट दिन्छ ।
  • नीति 21:20 : 20 इच्छा गरिएको खजाना र तेल बुद्धिमान्‌को बासस्थानमा हुन्छन्, तर मूर्खले यी सबै निलिदिन्छन् ।
  • नीति 10:3 : 3 परमप्रभुले धर्मी व्यक्तिको प्राणलाई भोकै रहन दिनुहुन्‍न, तर उहाँले दुष्‍टको इच्छालाई निराश तुल्याइदिनुहुन्छ ।
  • गिन 31:15-16 : 15 मोशाले तिनीहरूलाई भने, “के तिमीहरूले यी सबै महिलालाई जीवितै राखेको? 16 हेर, यिनै महिलाहरूले परमप्रभुका समुदायमाझ विपत्ति फैलिँदा बालामको सल्लाहमा पोरको विषयमा परमप्रभु विरुद्ध पाप गर्न लगाएका थिए ।
  • व्यव 7:12-14 : 12 तिमीहरूले यी विधिविधानहरू सुनेर पालन गर्‍यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्‍नुभएको करार र विश्‍वसनियता उहाँले पुरा गर्नुहुने छ । 13 उहाँले तिमीहरूलाई प्रेम गर्नुहुने छ; आशिष् दिनुहुने छ र गुणात्मक रूपमा वृद्धि गराउनुहुने छ । तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा उहाँले तिमीहरूको शरीरको फल, भूमिको फल, तिमीहरूको अन्‍न, तिमीहरूको नयाँ दाखमद्य, तिमीहरूको तेल, तिमीहरूको गाईवस्तु र तिमीहरूको बगाललाई वृद्धि गरी आशिष् दिनुहुने छ । 14 अरू सबै जातिभन्दा तिमीहरू सुखि हुने छौ । तिमीहरूका बिचमा कोही पनि निसन्तान हुने छैन, र तिमीहरूका गाईवस्तुमध्ये एउटै पनि बैला हुने छैन ।
  • १ शमू 26:19 : 19 यसकारण अब, म तपाईंलाई बिन्ती गर्छु, मेरो मालिक राजाले आफ्नो दासको कुरा सुन्‍नुहोस् । परमप्रभुले नै तपाईंलाई मेरो विरुद्धमा उक्साउनुभएको हो भने, उहाँले बलिदान ग्रहण गर्नुभएको होस् । तर यो मानवजाति हो भने, तिनीहरू परमप्रभुको सामु श्रापित होऊन्, किनकि तिनीहरूले मलाई आज बाहिर धपाएका छन्, ताकि म परमप्रभुको उत्तराधिकारमा रहन नसकौं । तिनीहरूले मलाई भनेका छन्, 'अरू देवताहरूको पुजा गर्न जाऊ ।'
  • भजन 7:15-16 : 15 त्यसले खाडल खन्छ र त्‍यसलाई गहिरो बनाउँछ अनि त्यसले बनाएको खाल्टोमा खस्छ । 16 त्यसका आफ्नै विनाशपूर्ण योजनाहरू त्यसका आफ्नै शिरमाथि पर्छन्, किनभने त्यसको हिंसा त्‍यसको आफ्नै शिरमाथि आउँछ ।
  • भजन 9:15 : 15 जातिहरू आफैले बनाएका खाल्डोमा जाकिएका छन् । तिनीहरूले लुकाएका पासोहरूमा तिनीहरूका खुट्टाहरू फसेका छन् ।
  • भजन 37:11 : 11 तर नम्रहरूले देशको उत्तराधिकार गर्नेछन् र ठुलो समृद्धिमा खुसी हुनेछन् ।
  • प्रेरि 13:8-9 : 8 तर इलुमास, ‘‘जादुगर’’ ले तिनीहरूको विरोध गर्‍यो (यसरी नै उसको नाउँ अनुवाद गरिन्छ); उसले प्रान्तीय शासक सर्गियस पौलसलाई विश्‍वासबाट फर्काउन प्रयास गर्‍यो । 9 तर शाऊल जसलाई पावल पनि भनिन्छ, पवित्र आत्माले भरिएर, उसलाई एकटक लाएर हेरे 10 र भने, तँ शैतानको छोरो, तँ छल र दुष्‍टताले भरिएको छस् । तँ हरेक प्रकारको धार्मिकताको शत्रु होस् । तैले प्रभुको सोझो बाटोलाई बड्ग्याउन कहिल्यै छोड्दैनस्, छोड्छस् र?
  • रोमी 16:17-18 : 17 अब भाइ हो, जसले विभाजन र बाधा खडा गर्छन् तिनीहरूको बारेमा विचार गर्न म तिमीहरूलाई आग्रह गर्छु । तिनीहरू तिमीहरूले सिकेका शिक्षाभन्दा बाहिर गइरहेका छन् । तिनीहरूदेखि टाढा बस । 18 किनकि यस्ता मानिसहरूले हाम्रा प्रभु ख्रीष्‍टको सेवा गर्दैनन्, तर तिनीहरूले आफ्नै पेटको सेवा गर्छन् । तिनीहरूका चिप्ला कुरा र चापलुसीले निर्दोषहरूको हृदयलाई छल्छ ।
  • २ कोरि 11:3-4 : 3 तर सर्पले हव्वालाई आफ्नो धूर्तताद्वारा झुक्याए जस्तै गरी ख्रीष्‍टप्रति भएको तिमीहरूको निष्कपट र शुद्ध आराधनाबाट तिमीहरूका विचार टाढा लगिन्छ कि भनेर मलाई डर लागेको छ । 4 किनकि मानौँ, यदि कोही आएर हामीले प्रचार गरेको येशूभन्दा अर्को येशू छ भनेर प्रचार गर्छ, अथवा मानौँ, तिमीहरूले प्राप्‍त गरेको आत्माभन्दा छुट्टै आत्मा प्राप्‍त गर्‍यौ, अथवा मानौँ, तिमीहरूले प्राप्‍त गरेको सुसमाचारभन्दा फरक सुसमाचार तिमीहरूले ग्रहण गर्‍यौ भने तिमीहरूले यी कुराहरूलाई राम्ररी सहने गर्‍यौ!
  • २ कोरि 11:13-15 : 13 किनकि त्यस्ता मानिसहरू झुटा प्रेरितहरू र छली काम गर्नेहरू हुन् । तिनीहरूले ख्रीष्‍टको प्रेरितको भेस धारण गर्छन् । 14 र यो कुनै अचम्मको कुरा होइन, किनकि शैतानले पनि ज्योतिर्मय स्वर्गदूतको भेस धारण गर्छ । 15 यदि त्यसका सेवकहरूले पनि धार्मिकताको सेवकको रूपमा भेस धारण गरे भने, यो अचम्मको कुरा होइन । तिनीहरूको अन्त्य तिनीहरूको कामअनुसार नै हुनेछ ।
  • गलाती 1:8-9 : 8 तर हामीले तिमीहरूका माझमा जुन सुसमाचार घोषणा गर्‍यौँ, त्योभन्दा बाहेक अरू कुनै सन्देशलाई यदि हामी वा स्वर्गबाट आएका स्वर्गदूतले नै प्रचार गरे तापनि त्यो श्रापित होस् । 9 हामीले पहिले नै भनिसकेका छौँ र म अहिले फेरि पनि भन्दछु, “कसैले तिमीहरूले स्वीकार गरेको भन्दा बाहेक तिमीहरूका सामु अर्को सन्देशको घोषणा गर्दछ भने, त्यो श्रापित होस् ।”
  • गलाती 2:4 : 4 ख्रीष्‍ट येशूमा हामीसँग भएको स्वतन्‍त्रताको जासुसी गर्न गुप्‍त रूपमा आएका झुटा दाजुभाइहरूका कारण यो विषय उठ्यो । तिनीहरूले हामीलाई व्यवस्थाका दासहरू बनाउन चाहे ।
  • गलाती 3:1-4 : 1 ¶ हे मूर्ख गलातीहरू! कसको दुष्‍ट आँखाले तिमीहरूलाई नोक्सानी गर्‍यो? के तिमीहरूका आँखाको अगाडि येशू ख्रीष्‍ट क्रुसमा टाँगिनुभएको कुरा दर्शाइएको थिएन र? 2 म तिमीहरूबाट यो कुरा मात्र बुझ्‍न चाहन्छु । के तिमीहरूले पवित्र आत्मालाई व्यवस्था अनुसारका कामहरू गरेर पाएका हौ कि तिमीहरूले सुनेका कुरामा विश्‍वास गरेर पाएका हौ? 3 के तिमीहरू यति धेरै मूर्ख भएका छौ? के अब केवल शरीरमा अन्त हुन तिमीहरूले आत्मामा सुरु गरेका थियौ? 4 यदि त्यो साँच्‍चै निरर्थक थियो भने के तिमीहरूले व्यर्थमा यति धेरै कुराहरूको अनुभव गर्‍यौ त?
  • २ पत्रु 2:18-20 : 18 तिनीहरू खोक्रो अहङ्कारसाथ बोल्छन् । तिनीहरू शारीरिक वासनाद्वारा मानिसहरूलाई प्रलोभनमा पार्छन् । खराबी गर्नेहरूदेखि भाग्‍न खोज्‍नेहरूलाई तिनीहरू प्रलोभनमा पार्छन् । 19 उनीहरूले तिनीहरूलाई छुटकारा दिने प्रतिज्ञा गर्छन्, तर तिनीहरू आफैँ भ्रष्‍टताका दास हुन् । किनकि मान्छेलाई जुन कुराले जित्छ, ऊ त्यसैको दास बन्छ । 20 यदि कसैले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टलाई चिनेर यस संसारका दूषित गराउने कुराबाट उम्किसकेपछि पनि फेरि त्यहीँ फर्कन्छ भने त्यसको अवस्था पहिलेको भन्दा खराब हुन्छ ।
  • प्रका 2:14 : 14 तर तिम्रो विरुद्धमा मसित केही कुरा छन्ः तिमीमध्ये कोही-कोहीले इस्राएलका छोराछोरीहरूले मूर्तिलाई बलिदान गरेको खानेकुरा खाऊन् र अनैतिक यौनमा लागून् भन्‍ने हेतुले ठेस लाग्‍ने ढुङ्गा ती छोराछोरीहरूको अगि फ्याँक्‍न लगाउने बालकलाई सिकाउने बालामको शिक्षालाई दह्रो गरी पक्रेका छन् ।
  • उप 10:8 : 8 खाडल खन्‍ने कोही पनि त्यसभित्र खस्‍न सक्छ, र कसैले पर्खाल भत्काउँदा सर्पले त्यसलाई डस्‍न सक्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • नीति 11:5-6
    2 पदहरू
    81%

    5खोटरहित व्यक्तिको ठिक आचरणले उसको मार्ग सिधा बनाउँछ, तर दुष्‍टहरूको दुष्‍टताको कारण तिनीहरूको पतन हुने छ ।

    6परमेश्‍वरलाई खुसी पार्नेहरूको ठिक आचरणले तिनीहरूलाई सुरक्षित राख्छन्, तर विश्‍वासघातीहरू तिनीहरूकै अभिलाषाद्वारा पासोमा पर्छन् ।

  • 18निष्‍ठासहित हिँड्ने सुरक्षित हुने छ, तर टेडो चाल भएको मानिस अकस्मात् पतन हुने छ ।

  • नीति 10:9-10
    2 पदहरू
    80%

    9निष्‍ठामा हिँड्ने सुरक्षामा हिँड्छ, तर आफ्ना मार्गहरूलाई टेडो बनाउने पक्राउमा पर्ने छ ।

    10द्वेषपूर्ण आँखा झिम्क्याउनेले शोक निम्त्याउँछ, तर बकबके मूर्ख फ्याँकिने छ ।

  • 27खाडल खन्‍ने मानिस त्यसभित्र जाकिन्छ, र ढुङ्गा गुडाउने मानिसमा नै त्यो ढुङ्गा फर्केर आउने छ ।

  • 3सोझाहरूको निष्‍ठाले तिनीहरूलाई अगुवाइ गर्छ, तर विश्‍वासघातीहरूका टेडा मार्गहरूले तिनीहरूलाई नष्‍ट गर्छन् ।

  • भजन 7:15-16
    2 पदहरू
    78%

    15त्यसले खाडल खन्छ र त्‍यसलाई गहिरो बनाउँछ अनि त्यसले बनाएको खाल्टोमा खस्छ ।

    16त्यसका आफ्नै विनाशपूर्ण योजनाहरू त्यसका आफ्नै शिरमाथि पर्छन्, किनभने त्यसको हिंसा त्‍यसको आफ्नै शिरमाथि आउँछ ।

  • 6धार्मिकताले ती मानिसहरूको रक्षा गर्छ, जो आफ्नो मार्गमा दोषरहित छन्, तर दुष्‍टताले पाप गर्नेहरूलाई पल्टाइदिन्छ ।

  • 8खाडल खन्‍ने कोही पनि त्यसभित्र खस्‍न सक्छ, र कसैले पर्खाल भत्काउँदा सर्पले त्यसलाई डस्‍न सक्छ ।

  • 6आफ्ना मार्गहरूमा टेडो हुने धनी मानिसभन्दा आफ्नो निष्‍ठामा हिँड्ने गरिब मानिस उत्तम हुन्छ ।

  • 20कुटिल हृदय भएको मानिसले कुनै असल कुरो पाउँदैन । छली जिब्रो भएको मानिस विपत्तिमा पर्छ ।

  • 6खराब मानिसको पापमा पासो हुन्छ, तर धर्मात्माले गाएर आनन्द मनाउँछ ।

  • अय्यू 18:7-8
    2 पदहरू
    76%

    7उसको शक्तिका पाइलाहरू छोटा बनाइनेछन् । उसका आफ्नै योजनाहरूले उसलाई तल पार्नेछन् ।

    8किनकि उसको आफ्नै खुट्टाले उसलाई जालमा फल्‍नेछ । ऊ खल्‍डोतिर भौंतारिंदै जानेछ ।

  • 26धर्मात्मा उसको मित्रको लागि पथ-प्रदर्शक हो, तर दुष्‍टहरूको चालले तिनीहरूलाई बरालिदिन्छ ।

  • नीति 11:27-29
    3 पदहरू
    75%

    27परिश्रमसाथ भलाइको खोजी गर्नेले स्‍नेहको पनि खोजी गरिरहेको हुन्छ, तर खराबीको खोजी गर्नेले त्यही पाउने छ ।

    28आफ्ना धन-सम्पत्तिमाथि भरोसा गर्नेहरूको पतन हुने छ, तर धर्मी मानिसहरू पातझैँ मौलाउने छन् ।

    29आफ्नै घरानामाथि सङ्कष्‍ट ल्याउनेको भाग बतास हुने छ, र मूर्खचाहिँ बुद्धिमान्‌को नोकर हुने छ ।

  • 29परमप्रभुको मार्गले निष्‍ठावान् मानिसहरूको रक्षा गर्छ, तर दुष्‍टको लागि यो विनाश हो ।

  • नीति 11:18-19
    2 पदहरू
    75%

    18दुष्‍ट व्यक्तिले आफ्नो ज्याला पाउन झुट बोल्छ, तर ठिक कुरो छर्नेले सत्यताको ज्याला कटनी गर्ने छ ।

    19ठिक कुरो गर्ने इमानदार व्यक्ति जिउने छ, तर खराबीको पिछा गर्नेचाहिँ मर्ने छ ।

  • 18जब कुनै धर्मी मानिस आफ्नो धार्मिकताबाट तर्केर पाप गर्छ, तब त्यो त्यही पापमा मर्नेछ!

  • 11धनी मानिस आफ्नै दृष्‍टिमा बुद्धिमान् होला, तर समझशक्ति भएको गरिब मानिसले त्यसलाई पत्ता लगाउने छ ।

  • 21विपत्तिले पापीहरूलाई खेद्‍ने छ, तर धर्मी मानिसले भलाइको इनाम पाउने छ ।

  • 13त्यस्ताहरूले ठिक मार्गलाई त्याग्छन्, र अन्धकारका मार्गमा हिँड्छन् ।

  • 10उसको लागि जमिनमा एउटा पासो लुकाइएको छ । अनि एउटा पासोले उसलाई समात्‍नेछ ।

  • 8विनाशले तिनीहरूलाई अचानक व्याकुल बनाओस् । तिनीहरूले थापेको जालले तिनीहरूलाई नै समातोस् । तिनीहरूको विनाशको निम्ति त्‍यसमा तिनीहरू नै फसून् ।

  • 26जब धर्मी मानिसले आफ्‍नो धार्मिकता त्‍याग्‍छ र अधर्म गर्छ, र तिनका कारणले मर्छ, तब ऊ आफैले गरको अधर्मको कारणले ऊ मर्छ ।

  • 9को बुद्धिमान छ, जसले यी कुराहरू बुझ्‍न सक्‍छ? कसले कुराहरू बुझ्‍छ जसले गर्दा उसले ती जान्‍न सक्‍छ? किनकि परमप्रभुका मार्गहरू ठिक हुन्‍छन्, र धर्मीचाहिं तिनमा हिँड्छन्, तर विद्रोह गर्नेहरूचाहिं तिनमा ठेस खानेछन् ।

  • 12धर्मात्माले दुष्‍ट मानिसको घरको निगरानी गर्छ । उहाँले दुष्‍ट मानिसहरूमाथि विपत्ति ल्याउनुहुन्छ ।

  • 29दुष्‍ट मानिस हठी हुन्छ, तर सोझो मानिस आफ्ना मार्गहरूबारे निश्‍चित हुन्छ ।

  • 18दुष्‍ट मानिस धर्मी मानिसको लागि प्रायश्‍चित्त हुन्छ, र विश्‍वासघाती मानिस सोझो मानिसको लागि प्रायश्‍चित्त हुन्छ ।

  • 21जसले एक वचनले मानिसलाई दोष लगाउने बनाउँछ । तिनीहरूले न्याय खोज्ने व्यक्‍तिलाई ढोकामा पासो थाप्छन् र झुठ बोलेर धर्मीलाई तल खसाल्‍छन् ।

  • 2तापनि उहाँ बुद्धिमान् हुनुहुन्छ, उहाँले विपत्ति ल्याउनुहुनेछ र आफ्‍नो वचनबाट उहाँ पछि हट्‍नुहुनेछैन । उहाँ दुष्‍ट घराना र पाप गर्न सहायता गर्नेहरूका विरुद्धमा उठ्नुहुनेछ ।

  • 32किनकि निर्बुद्धिहरू फर्कंदा तिनीहरू मारिन्छन्, र मूर्खहरूको तटस्थताले तिनीहरूलाई नष्‍ट गर्ने छन् ।

  • 20त्यसकारण असल मानिसहरूको बाटोमा हिँड्, र धर्मी मानिसहरूको मार्गको पछि लाग ।

  • 5टेडा मानिसहरूको मार्गमा काँढा र पासाहरू लुकेका हुन्छन् । आफ्नो जीवनको रखवाली गर्नेचाहिँ तीबाट टाढै बस्‍ने छन् ।

  • 26हिलोको फुहारा वा दूषित कुवाझैँ दुष्‍ट मानिसको सामु लर्खराउँदै हिँड्ने धर्मी मानिस हुन्छ ।

  • 16दुष्‍ट मानिसहरू शक्तिमा पुग्दा अधर्मको वृद्धि हुन्छ, तर धर्मी मानिसहरू ती दुष्‍ट मानिसहरूको पतन देख्‍ने छन् ।

  • 11दुष्‍ट मानिसहरूको घर नष्‍ट पारिने छ, तर धर्मी मानिसहरूको पालमा फलिफा हुने छ ।

  • 17अनुशासनलाई पछ्याउनेको लागि जीवनको मार्ग छ, तर सुधारलाई इन्कार गर्ने कुबाटोमा लगिन्छ ।

  • 22दुष्‍ट व्यक्ति आफ्नै अधर्मद्वारा पासोमा पर्ने छ । त्यसको पापका डोरीहरूले त्यसलाई कसेर बाँध्‍ने छ ।

  • 4व्यवस्था त्याग्‍नेहरूले दुष्‍ट मानिसहरूको प्रशंसा गर्छन्, तर व्यवस्था पालन गर्नेहरू तिनीहरूको विरुद्धमा लड्छन् ।

  • 21खराबीले दुष्‍टलाई मार्ने छ । धर्मीलाई घृणा गर्ने दोषि ठहरिने छ ।

  • 13जसले भलाइको साटो खराबी गर्छ, खराबीले त्यसको घर कहिल्यै छोड्ने छैन ।

  • 29हिंसा गर्ने मानिसले आफ्नो छिमेकीलाई झुट बोल्छ, र त्यसलाई बेठिक मार्गमा लैजान्छ ।

  • 19खराब मानिसहरू असल मानिसहरूका सामु र दुष्‍ट मानिसहरू धर्मात्माका ढोकाहरूमा झुक्‍ने छन् ।

  • 7दुष्‍टहरूको हिंसाले तिनीहरूलाई तानेर लैजान्छ, किनकि ठिक काम गर्न तिनीहरू इन्कार गर्छन् ।