अय्यूब 17:12

अनलक शाब्दिक बाइबल

यी मानिसहरू, यी गिल्ला गर्नेले रातलाई दिनमा बद्लन्‍छन् । उज्यालो अँध्यारको नजिकै छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 28:67 : 67 तिमीहरूका ह्रदयमा हुने डर र तिमीहरूका आँखाले देख्‍नुपर्ने कुराहरूको कारणले बिहान तिमीहरूले 'राति भइदिए हुन्थ्यो!' भन्‍ने छौ भने राति तिमीहरूले 'बिहान भइदिए हुन्थ्यो!' भन्‍ने छौ ।
  • अय्यू 7:3-4 : 3 यसरी मलाई दुःखका महिनाहरू सहन लगाइएको छ । मलाई कष्‍टले भरिएका रातहरू दिइएका छन् । 4 म पल्टिदाँ म आफैलाई भन्छु, 'म कहिले ब्युँझनेछु, र रात कहिले बित्‍नेछ?' मिरमिरे उज्यालो नहुञ्जेल म यताउता छटपटाउँछु ।
  • अय्यू 7:13-14 : 13 जब म भन्‍छु, 'मेरो ओछ्यानले मलाई सान्त्वना दिनेछ, र मेरो खाटले मेरो गुनासोलाई चैन दिन्छ,' 14 तब तपाईंले सपनाहरूले मलाई तर्साउनुहुन्छ र दर्शनहरूद्वारा मलाई आतङ्कित पार्नुहुन्छ,
  • अय्यू 24:14-16 : 14 उज्यालो हुनुअगि हत्यारा उठ्छ, र त्यसले गरिब तथा दरिद्र मानिसहरूलाई मार्छ । रातमा ऊ चोरजस्तो हुन्छ । 15 साथै, व्यभिचारीका आँखाले साँझलाई पर्खेर बस्‍छ । उसले भन्छ, 'कुनै आँखाले मलाई देख्‍नेछैन ।' उसले आफ्नो भेष बद्लन्छ । 16 अन्धकारमा दुष्‍टहरू घर फोरेर भित्र पस्छन्, तर दिउँसोको समयमा तिनीहरू लुक्छन् । तिनीहरूले उज्यालोको वास्ता गर्दैनन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 14तिनीहरूले दिउँसै अन्धकार भेट्टाउँछन्, अनि मध्यदिनमा पनि रातमा झैं छामेर हिंड्छन् ।

  • अय्यू 24:16-17
    2 पदहरू
    79%

    16अन्धकारमा दुष्‍टहरू घर फोरेर भित्र पस्छन्, तर दिउँसोको समयमा तिनीहरू लुक्छन् । तिनीहरूले उज्यालोको वास्ता गर्दैनन् ।

    17तिनीहरू सबैका लागि निस्पट्ट अँध्यारो बिहानझैं हुन्छ । किनभने तिनीहरू निस्पट्ट अँध्यारोका त्रासहरूका मित्र हुन् ।

  • 11मेरा दिन बितिसके । मेरा योजनाहरू चकनाचूर भए, अनि मेरो हृदयको इच्छा पनि त्‍यस्‍तै भयो ।

  • 13मैले आशा गरेको घर पाताल मात्र हो भने, र अन्धकारमा मेरो ओछ्यान मैले बनाएको छु भने,

  • भजन 139:11-12
    2 पदहरू
    78%

    11मैले भनें, “निश्‍चय नै अन्धकारले मलाई ढाक्‍नेछ र मेरो विरपरिको ज्‍योति रात हुनेछ,”

    12तापनि त्‍यो अन्धकार तपाईंको निम्ति अँध्यारो हुँदैन । रात पनि दिनझैं चम्किन्छ, किनकि तपाईंको निम्ति अँध्यारो र उज्यालो दुवै उस्तै हुन् ।

  • अय्यू 10:21-22
    2 पदहरू
    77%

    21जहाँबाट म कहिलै फर्कन्‍न त्‍यहाँ जानुअगि, अन्धकारको देश र मृत्युको छायामा,

    22मध्यरात जस्‍तै अँध्यारो देशमा, कुनै नियमबिनाको, मृत्युको छायाको देशमा, जहाँ उज्‍यालो नै मध्यरातजस्तो हुन्‍छ ।’”

  • अय्यू 3:4-6
    3 पदहरू
    76%

    4त्यो दिन अन्धकार होस् । परमेश्‍वरले माथिबाट त्‍यसलाई याद नगरून्, न त यसमा घाम लागोस् ।

    5अन्धकार र मृत्युको छायाले आफ्नो लागि यसलाई दाबी गरून् । यसमाथि बादल लागोस् । दिनलाई अँध्यारो बनाउने हरेक कुराले यसलाई साँच्‍चै त्रसित पारोस् ।

    6निस्पट्ट अँध्यारोले त्यो रातलाई समातोस् । वर्षका दिनहरूका बिचमा यो नरमाओस् । महिनाहरूको गन्तीमा यसको गणना नहोस् ।

  • 20के परमप्रभुको दिन उज्यालो नभई अन्धकार हुनेछैन र? अन्धकार र कुनै उज्‍यालो नभएको?

  • अय्यू 24:13-14
    2 पदहरू
    75%

    13केही दुष्‍ट मानिसहरूले ज्योतिको विरुद्धमा विद्रोह गर्छन् । तिनीहरूले यसका मार्गहरू जान्‍दैनन्, न त तिनीहरू यसका मार्गहरूमा बस्छन् ।

    14उज्यालो हुनुअगि हत्यारा उठ्छ, र त्यसले गरिब तथा दरिद्र मानिसहरूलाई मार्छ । रातमा ऊ चोरजस्तो हुन्छ ।

  • अय्यू 18:5-6
    2 पदहरू
    75%

    5वास्तवमा दुष्‍ट व्यक्तिको बत्ती निभाइनेछ । उसको आगोको ज्वाला बल्नेछैन ।

    6उसको पालमा ज्योति नै अँध्यारो हुनेछ । ऊमाथि रहेको उसको बत्ती निभाइनेछ ।

  • अय्यू 3:8-9
    2 पदहरू
    75%

    8लिव्यातन्‌लाई कसरी ब्युँझाउने भनी जानेकाहरूले, त्यस दिनलाई सराप दिऊन् ।

    9त्यो दिनको बिहानका ताराहरू अँध्यारो होऊन् । त्यो दिनले ज्योति खोजोस्, तर नपाओस्, न त यसले मिरमरेको प्रथम किरणलाई देख्‍न पाओस् ।

  • 17अन्धकारले, मेरो अनुहारको उदासीलाई ढाक्‍ने निस्पट्ट अन्धकारको कारणले, मेरो अन्‍त्‍य भएको छैन ।

  • 22उहाँले अन्धकारका गहिरा कुराहरू प्रकट गर्नुहुन्छ, र अँध्‍यारो छायामा ज्योति ल्याउनुहुन्छ ।

  • उप 12:2-3
    2 पदहरू
    74%

    2सूर्य, चन्द्रमा र ताराहरूको ज्योति कम हुनुअगि र बादलहरू वर्षापछि फर्कनुअगि यसो उहाँको सम्झना गर् ।

    3त्यो यस्तो समय हुने छ, जुन बेला दरबारका पहरेदारहरू काम्‍ने छन्, र बलिया मानिसहरू झुक्छन्, र जाँतो पिँध्‍ने स्‍त्रीहरूको सङ्ख्या कम भएकाले तिनीहरू लोप हुने छन्, र झ्यालबाट हेर्नेहरूले फेरि प्रस्टसित देख्‍ने छैनन् ।

  • 19दुष्‍टहरूको मार्ग अन्धकारजस्तै छ । तिनीहरू केमा ठक्‍कर खान्छन् भनी तिनीहरूलाई थाहै हुँदैन ।

  • 16परमप्रभु तिमीहरूका परमेश्‍वरले अन्धकार ल्याउनुअगि र उहाँले तिमीहरूका खुट्टा अँध्यारोमा पहाडहरूमा ठेस लगाउनु अगि उहाँलाई आदर देओ । किनकि तिमीहरू ज्योतिको खोजी गर्दैछौ, तर उहाँले त्यस ठाउँलाई घोर अन्धकार, बाक्लो बादलमा परिणत गर्नुहुनेछ ।

  • 9साँझको बेलामा दिन ढल्कँदै थियो, जुन बेला अन्धकार छाएको थियो ।

  • 19ज्योतिको बासस्थानमा जाने बाटो कता— अन्धकारको बारेमा, त्‍यसको ठाउँ कहाँ बस्छ?

  • 14हेर, साँझमा त्रास! बिहान हुनअगि ती बितिजानेछन्! हामीलाई लूट्नेहरू, हामीलाई डकैती गर्नेहरूको भाग यस्‍तै हुनेछ ।

  • 2उहाँले मलाई खेद्‍नुभयो, र उज्यालोमा भन्दा पनि अँध्यारोमा हिँड्न लगाउनुभयो ।

  • 22तिनीहरूले पृथ्वीमा हेर्नेछन् र व्‍यकुलता, अन्धकार र अत्याचारको बादल देख्‍नेछन् । तिनीहरू अन्धकारको देशमा लगिनेछन् ।

  • 12रात बितिसकेको छ र दिन नजिकै आइपुगेको छ । त्यसकारण, अन्धकारका कामहरू त्यागौँ, र ज्योतिका हातहतियार धारण गरौँ ।

  • 25उज्यालोविना अन्धकारमा तिनीहरू छामेर हिंड्छन् । उहाँले तिनीहरूलाई मातेको मान्छैझै धर्मराउने बनाउनुहुन्छ ।

  • 16दिन तपाईंको हो र रात पनि तपाईंकै हो । तपाईंले सूर्य र चनद्रमालाई आफ्नो ठाउँमा राख्‍नुभयो ।

  • 20तपाईंले रातको अँध्यारो बनाउनुहुन्छ, जब वनका सबै पशुहरू बाहिर निस्‍किन्‍छन् ।

  • 6त्यस दिन त्यहाँ उज्यालो हुनेछैन, न त चिसो हुनेछ, न तुसारो पर्नेछ ।

  • 30त्यस दिन शिकारको विरुद्धमा तिनीहरू समुद्र गर्जेझैं गर्जनेछन् । कसैले देशलाई हेर्छ भने, उसले अन्धकार र कष्‍ट देख्‍नेछ । प्रकाशलाई पनि बादलले अँध्यारो पार्नेछ ।

  • 6यसैकारण, तिमीहरूका निम्ति त्यो दर्शनविनाको रात हुनेछ । अनि त्यो यस्तो अन्धकार हुनेछ, कि तिमीहरूले कुनै भविष्यवाणी गर्नेछैनौ । अगमवक्ताहरूका निम्ति सूर्य अस्ताउनेछ, र तिनीहरूमाथि दिन पनि अन्धकार हुनेछ ।

  • 8मेरो बाटोमा उहाँले पर्खाल लगाउनुभएको छ, यसैले म जान सक्दिनँ, अनि उहाँले मेरो मार्गमा अन्धकार राख्‍नुभएको छ ।

  • 8आकाशमा भएका सबै चम्कने ज्योतिलाई म तँमाथि अँध्यारो पार्नेछु, र तेरो देशमाथि म अन्धकार ल्याउनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 6उहाँले मलाई धेरै पहिले मर्नेहरूजस्तै अन्धकार ठाउँहरूमा बस्‍न लगाउनुभयो ।

  • 7शोकको कारण मेरो आँखा पनि धमिलो भएको छ । मेरो शरीरका सम्पूर्ण भाग छायाजत्तिकै सुकेका छन् ।

  • 3जति बेला उहाँको बत्ती मेरो शिरमाथि बल्‍थ्‍यो, र जति बेला उहाँको ज्योतिद्वारा म अन्धकारमा हिंड्‍थें ।

  • 9“यो परमप्रभु परमेश्‍वरको घोषणा हो— त्यो दिन यस्‍तो हुनेछ, सुर्यलाई दिउँसै अस्ताउनेछु म बनाउनेछु, र पृथ्वीलाई मध्यदिनमा नै अँध्यारो म बनाउनेछु ।

  • 28तपाईंले मेरो बत्तिलाई प्रकाश दिनुहुन्छ । परमप्रभु मेरा परमेश्‍वरले मेरो अन्धकारलाई उज्यालो पार्नुहुन्छ ।

  • 10आकाशका ताराहरू र तारा पुन्‍जहरूले आफ्‍ना प्रकाश दिनेछैनन् । बिहानैदेखि सूर्य नै अध्याँरो हुनेछ र चन्द्रमा चम्कनेछैन ।

  • 15सुर्य र चन्द्रमा अन्धकार हुन्छन्, र ताराहरूले आफ्नो चमक लुकाउँछन् ।

  • 20बिहान र बेलुकीको बिचमा तिनीहरू नष्‍ट हुन्छन् । कसैको जानकारीविना नै तिनीहरू सदाको लागि नष्‍ट हुन्छन् ।

  • 35तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “केही समयको निम्ति ज्योति तिमीहरूसँग अझै हुनेछ । तिमीहरूसँग ज्योति हुँदा हिँड, ताकि अन्धकारले तिमीहरूलाई नढाकोस् । जो अन्धकारमा हिँड्छ त्यो कहाँ जाँदै छ भनी त्यसलाई थाहा हुँदैन ।

  • 4म पल्टिदाँ म आफैलाई भन्छु, 'म कहिले ब्युँझनेछु, र रात कहिले बित्‍नेछ?' मिरमिरे उज्यालो नहुञ्जेल म यताउता छटपटाउँछु ।

  • 10तापनि त्यो राति हिँड्छ भने त्यसलाई ठेस लाग्छ, किनकि त्यसमा उज्यालो हुँदैन ।”