यूहन्ना 11:10
तापनि त्यो राति हिँड्छ भने त्यसलाई ठेस लाग्छ, किनकि त्यसमा उज्यालो हुँदैन ।”
तापनि त्यो राति हिँड्छ भने त्यसलाई ठेस लाग्छ, किनकि त्यसमा उज्यालो हुँदैन ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
9येशूले जवाफ दिनुभयो, “के दिनमा बाह्र घण्टा उज्यालो हुँदैन र? यदि कोही दिनको समयमा हिँड्छ भने त्यसलाई ठेस लाग्दैन, किनकि त्यसले यस संसारको उज्यालोको सहायताले देख्छ ।
35तब येशूले तिनीहरूलाई भन्नुभयो, “केही समयको निम्ति ज्योति तिमीहरूसँग अझै हुनेछ । तिमीहरूसँग ज्योति हुँदा हिँड, ताकि अन्धकारले तिमीहरूलाई नढाकोस् । जो अन्धकारमा हिँड्छ त्यो कहाँ जाँदै छ भनी त्यसलाई थाहा हुँदैन ।
36तिमीसँग ज्योति हुँदा नै त्यो ज्योतिमा विश्वास गर, ताकि तिमीहरू ज्योतिको सन्तान हुन सक ।” येशूले यी कुराहरू भन्नुभयो र त्यसपछि उहाँ त्यहाँबाट प्रस्थान गर्नुभयो र उहाँ तिनीहरूबाट लुकेर बस्नुभयो ।
33कसैले बत्ती बालेर टोकरीले छोपेर राख्दैन, तर त्यसलाई सामदानमा राख्दछ, ताकि त्यो भएर जाने हरेकलाई उज्जालो होस् ।
34तिम्रा आँखा तिम्रो शरीरको लागि ज्योति हो । तिम्रा आँखा असल छन् भने, तिम्रो पुरै शरीरले ज्योति पाउनेछ । तर तिम्रा आँखा खराब छन् भने, तिम्रो पुरै शरीरलाई अन्धकारले छोप्नेछ ।
35त्यसैकारण, होसियार रहो, कि तिमीमा भएको ज्योति अन्धकार नहोस् ।
36यदि त्यसो भए, तिम्रो पुरै शरीर ज्योति हो, यसको कुनै पनि भाग अन्धकारमा रहेको छैन, त्यसपछि तिम्रो पुरै शरीर बत्तीको चमकजस्तै तिमीमा चम्कोस् ।
11उहाँले यी कुराहरू उहाँले तिनीहरूलाई भन्नुभयो, “हाम्रा साथी लाजरस मस्त निद्रामा परेका छन्, तर म जाँदै छु, ताकि म तिनलाई निद्राबाट बिउँझाउन सकूँ ।”
19दुष्टहरूको मार्ग अन्धकारजस्तै छ । तिनीहरू केमा ठक्कर खान्छन् भनी तिनीहरूलाई थाहै हुँदैन ।
9जसले ज्योतिमा छु भन्छ र आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझ पनि अन्धकारमा नै छ ।
10जसले आफ्नो भाइलाई प्रेम गर्छ त्यो ज्योतिमा रहन्छ, र त्यसलाई ठेस लाग्ने कुनै अवसर हुँदैन ।
11तर जसले आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझै अन्धकारमा नै हुन्छ र अन्धकारमा हिँड्छ । त्यो कहाँ गइरहेको छ भनी त्यसलाई थाहा पाउँदैन, किनभने अन्धकारले त्यसको आँखा अन्धो तुल्याएको छ ।
25उज्यालोविना अन्धकारमा तिनीहरू छामेर हिंड्छन् । उहाँले तिनीहरूलाई मातेको मान्छैझै धर्मराउने बनाउनुहुन्छ ।
4उहाँमा जीवन थियो, अनि त्यो जीवन सबै मानिसहरूका लागि ज्योति थियो ।
5ज्योति अन्धकारमा चम्किन्छ, अनि अन्धकारले यसलाई जितेन ।
5हामीले उहाँबाट सुनेको वचन यही हो र हामी तिमीहरूलाई घोषणा गर्छौं, कि परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कुनै अन्धकार छैन ।
6हामीले उहाँसँग सगङ्ति गर्छौं भनी भन्छौँ र अन्धकारमा हिँड्छौँ भने, हामी झुट बोल्छौँ र सत्य व्यवहार गर्दैनौँ ।
7तर उहाँ ज्योतिमा हुनुभएझैँ हामी ज्योतिमा हिँड्छौँ भने, हामी एक अर्कासँग सङ्गति गर्छौं, र उहाँका पुत्र येशू ख्रीष्टको रगतले हामीलाई हाम्रा सबै पापबाट शुद्ध पार्छ ।
12फेरि येशूले तिनीहरूलाई यसो भन्नुभयो, “म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ ।”
16अनि बत्ती बालेर कसैले पनि भाँडाले छोप्दैन अथवा खाटमुनि राख्दैन, बरु यसलाई उसले सामदानमा राख्छ, ताकि भित्र पस्ने सबैले उज्यालो देखून् ।
19न्यायको कारण यही होः ज्योति संसारमा आउनुभएको छ, र मानिसहरूले ज्योतिभन्दा अन्धकारलाई नै रुचाए, किनभने तिनीहरूका कामहरू दुष्ट थिए ।
20किनकि दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र त्यो ज्योतितर्फ आउँदैन, ताकि त्यसका कार्यहरू प्रकट नहोऊन् ।
21तापनि सत्य काम गर्ने ज्योतिमा आउँछ, ताकि परमेश्वरमा गरिएका त्यसका कामहरू प्रकट होऊन् ।
14तिनीहरूले दिउँसै अन्धकार भेट्टाउँछन्, अनि मध्यदिनमा पनि रातमा झैं छामेर हिंड्छन् ।
9उहाँ सबै मानिसहरूलाई ज्योति दिनुहुने र संसारमा आउनुहुने सत्य ज्योति हुनुहुन्थ्यो ।
13केही दुष्ट मानिसहरूले ज्योतिको विरुद्धमा विद्रोह गर्छन् । तिनीहरूले यसका मार्गहरू जान्दैनन्, न त तिनीहरू यसका मार्गहरूमा बस्छन् ।
14उज्यालो हुनुअगि हत्यारा उठ्छ, र त्यसले गरिब तथा दरिद्र मानिसहरूलाई मार्छ । रातमा ऊ चोरजस्तो हुन्छ ।
9यसकारण न्याय हामीबाट टाढा छ, न त धार्मिकता हामीकहाँ आइपुग्छ । हामी ज्योतिको आशा गर्छौं, तर अन्धकार देख्छौं । हामी उज्यालोको प्रतिक्षा गर्छौं, तर हामी अन्धकारमा हिंड्छौं ।
10अन्धाले झैं र देख्न नसक्नेहरूले झैं हामी भित्ता छाम्छौं । हामी मध्यदिनमा नै साँझमा झैं ठेस खान्छौं । बलियोहरूका माझमा हामी मरेका मानिसझैं छौं।
11मैले भनें, “निश्चय नै अन्धकारले मलाई ढाक्नेछ र मेरो विरपरिको ज्योति रात हुनेछ,”
12यी मानिसहरू, यी गिल्ला गर्नेले रातलाई दिनमा बद्लन्छन् । उज्यालो अँध्यारको नजिकै छ ।
16अन्धकारमा दुष्टहरू घर फोरेर भित्र पस्छन्, तर दिउँसोको समयमा तिनीहरू लुक्छन् । तिनीहरूले उज्यालोको वास्ता गर्दैनन् ।
17तिनीहरू सबैका लागि निस्पट्ट अँध्यारो बिहानझैं हुन्छ । किनभने तिनीहरू निस्पट्ट अँध्यारोका त्रासहरूका मित्र हुन् ।
46म संसारमा ज्योतिको रूपमा आएको छु ताकि जसले मलाई विश्वास गर्छ त्यो अन्धकारमा नरहोस् ।
4मलाई पठाउनुहुनेका कामहरू हामीले दिन हुँदै गर्नुपर्छ । रात आउँदै छ, तब कसैले पनि काम गर्न सक्दैन ।
5म संसारमा हुँदा म संसारको ज्योति हुँ ।”
23तर यदि तिमीहरूका आँखा खराब छन् भने, तिमीहरूका सम्पूर्ण शरीर नै अँध्यारोले भरिन्छ । त्यसैकारण, यदि तिमीहरूमा भएको ज्योति वास्तवमा अँध्यारो भयो भने, त्यो अन्धकार कति ठुलो होला!
13सबै थोक जब ज्योतिमा आउँछन्, तब ती प्रकट हुन्छन्,
14किनकि प्रकट भएका सबै कुरा ज्योतिमा प्रकाशमान हुन्छन् । त्यसकारण यस्तो भनिएको छ कि, “सुताहा हो जाग, र मरेकाहरूबाट उठ, र ख्रीष्ट तिमीमा चम्कनुहुनेछ ।”
22मध्यरात जस्तै अँध्यारो देशमा, कुनै नियमबिनाको, मृत्युको छायाको देशमा, जहाँ उज्यालो नै मध्यरातजस्तो हुन्छ ।’”
8किनकि तिमीहरू एकचोटी अन्धकार थियौ, तर अब तिमीहरू परमप्रभुमा ज्योति भएका छौ । यसैले ज्योतिका सन्तान जस्तै गरी हिँड ।
15न त मानिसहरूले बत्ती बालेर डालोमुनि राख्दछन्, बरु त्यसलाई सामदानमाथि राख्दछन्, र घरमा भएका प्रत्येकको निम्ति त्यसले उज्यालो दिन्छ ।
16परमप्रभु तिमीहरूका परमेश्वरले अन्धकार ल्याउनुअगि र उहाँले तिमीहरूका खुट्टा अँध्यारोमा पहाडहरूमा ठेस लगाउनु अगि उहाँलाई आदर देओ । किनकि तिमीहरू ज्योतिको खोजी गर्दैछौ, तर उहाँले त्यस ठाउँलाई घोर अन्धकार, बाक्लो बादलमा परिणत गर्नुहुनेछ ।
6उसको पालमा ज्योति नै अँध्यारो हुनेछ । ऊमाथि रहेको उसको बत्ती निभाइनेछ ।
12रात बितिसकेको छ र दिन नजिकै आइपुगेको छ । त्यसकारण, अन्धकारका कामहरू त्यागौँ, र ज्योतिका हातहतियार धारण गरौँ ।
2उहाँले मलाई खेद्नुभयो, र उज्यालोमा भन्दा पनि अँध्यारोमा हिँड्न लगाउनुभयो ।
10तिमीहरूमध्ये कसले परमप्रभुको भय मान्छ र? उहाँको सेवकको आवाज कसले पालन गर्छ र? घोर अन्धकारमा उज्यलोविना को हिंड्छ र? उसले परमप्रभुको नाउँमा भरोसा गर्नुपर्छ र आफ्नो परमेश्वरमा नै भर पर्नुपर्छ ।
2अन्धकारमा हिंड्ने मानिसहरूले एउटा ठुलो ज्योति देखेका छन् । मृत्युको छायाको देशमा बसेकाहरू, तिनीहरूमाथि ज्योति चम्केको छ ।
3जति बेला उहाँको बत्ती मेरो शिरमाथि बल्थ्यो, र जति बेला उहाँको ज्योतिद्वारा म अन्धकारमा हिंड्थें ।
9साँझको बेलामा दिन ढल्कँदै थियो, जुन बेला अन्धकार छाएको थियो ।