भजनसंग्रह 43:3

अनलक शाब्दिक बाइबल

ओहो, तपाईंको प्रकाश र तपाईंको सत्यता पठाउनुहोस् । तिनीहरूले मलाई डोर्‍याऊन् । तिनीहरूले मलाई तपाईंको पवित्र पहाड र तपाईंको वासस्थानमा ल्याऊन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 2:6 : 6 “मेरो पवित्र पर्वत सियोनमा म आफैंले मेरो राजालाई अभिषेक गरेको छु ।”
  • भजन 3:4 : 4 परमप्रभुमा म आफ्‍नो सोर उचाल्‍छु र आफ्नो पवित्र पहाडबाट उहाँले मलाई जवाफ दिनुहुन्छ । सेला
  • भजन 40:11 : 11 हे परमप्रभु, मबाट तपाईंका दयाका कामहरू नहटाउनुहोस् । तपाईंको करारको विश्‍वस्‍तता वा तपाईंको भरोसाले मलाई सदासर्वदा सुरक्षित राखोस् ।
  • भजन 84:1 : 1 ¶ हे सर्वशक्तिमान् परमप्रभु, तपाईं बस्‍ने ठाउँ कति सुन्दर छ!
  • यूह 1:17 : 17 किनकि व्‍यवस्‍था मोशाद्वारा दिइयो । अनुग्रह र सत्‍यता येशू ख्रीष्‍टद्वारा आयो ।
  • भजन 57:3 : 3 उहाँ स्वर्गबाट सहायता पठाउनुहुनेछ र मलाई बचाउनुहुनेछ । मलाई कुल्चनेहरूसँग उहाँ क्रुद्ध हुनुहुन्छ । सेला परमेश्‍वरले मलाई उहाँको दया र विश्‍वस्‍तता पठाउनुहुनेछ ।
  • भजन 132:13-14 : 13 निश्‍चय नै परमप्रभुले सियोनलाई रोज्‍नुभएको छ । उहाँको आफ्‍नो आसनको निम्ति उहाँले त्यसको इच्‍छा गर्नुभएको छ । 14 “यो सदासर्वदाको निम्ति मेरो विश्राम स्थल हो । म यहाँ बस्‍नेछु किनकि म यसलाई चाहन्छु ।
  • भजन 143:10 : 10 तपाईंको इच्छा पुरा गर्न मलाई सिकाउनुहोस्, किनकि तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । तपाईंको असल आत्माले मलाई सोझाहरूका देशमा डोर्‍याओस् ।
  • नीति 3:5-6 : 5 तेरो सारा हृदयले परमप्रभुमाथि भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर् । 6 तेरा सबै मार्गमा उहाँलाई उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याउने हुनेछ ।
  • मीका 7:20 : 20 प्राचीन दिनहरूमा तपाईंले हाम्रा पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएझैँ तपाईंले याकूबलाई सत्यता र अब्राहामलाई करारको विश्‍वसनीयता दिनुहुनेछ ।
  • यूह 1:4 : 4 उहाँमा जीवन थियो, अनि त्‍यो जीवन सबै मानिसहरूका लागि ज्‍योति थियो ।
  • भजन 119:105 : 105 तपाईंका वचन मेरा पाउको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्‍यालो हो ।
  • मीका 7:8 : 8 ए मेरो शत्रु, मलाई देखेर रमाहट नगर् । म लडेपछि, फेरि उठ्नेछु । जब म अन्धकारमा बस्दछु, परमप्रभु मेरो निम्ति ज्योति हुनुहुनेछ ।
  • भजन 68:15-16 : 15 बाशानको पहाडी देशचाहिं शक्तिशाली पहाड हो । बाशानको पहाडी देश एउटा अग्लो पहाड हो । 16 हे उच्‍च पहाडी देश, तँ किन डाहले हेर्छस्, त्‍यो पहाड जसमा परमेश्‍वर बस्‍ने इच्छा गर्नुहुन्छ? वास्तवमा, परमप्रभु सदासर्वदा त्‍यसमा बास गर्नुहुन्छ ।
  • भजन 78:68 : 68 उहाँले यहूदाको कुल र उहाँले प्रेम गर्नुभएको सियोन पर्वतलाई चुन्‍नुभयो ।
  • भजन 42:4 : 4 मेरो प्राण खन्याउँदा यी कुराहरू मनमा म याद गर्छुः कसरी म भिडसँग गएँ, अनि उत्सव मनाउने धेरै जनाको भिडसँग आनन्द र प्रशंसाको सोरसँगै परमेश्‍वरको मन्‍दिरमा तिनीहरूलाई डोर्‍याएँ ।
  • भजन 46:4 : 4 एउटा नदी छ जसका प्रावाहहरूले परमेश्‍वरको सहर अर्थात्, सर्वोच्‍चले वास गर्नुहुने एउटा पवित्र ठाउँलाई हर्षित तुल्याउँछ ।
  • भजन 25:4-5 : 4 हे परमप्रभु, तपाईंका मार्गहरू मलाई प्रकट गर्नुहोस् । तपाईंका मार्गहरू मलाई सिकाउनुहोस् । 5 मलाई तपाईंको सत्यतामा डोर्‍याउनुहोस् र मलाई सिकाउनुहोस् । किनकि तपाईं मेरो उद्धारको परमेश्‍वर हुनहुन्छ । म दिनभरि तपाईंमा नै आसा गर्छु ।
  • भजन 36:9 : 9 किनकि तपाईंसँग जीवनको मूल छ । तपाईंको ज्योतिमा हामीले प्रकाश देख्‍नेछौं ।
  • २ शमू 15:20 : 20 किनकि तिमी भर्खर मात्र आएका हौ । तिमीलाई हामीसँगै भौंतारिन म किन लगाउछु र? म कहाँ जाँदै छु भन्‍ने मलाई नै थाहा छैन । त्यसैले फर्क र तिम्रा गाउँले मित्रहरूलाई फर्काएर लैजाऊ । बफदारीता र विश्‍वासनीयता तिमीसँगै रहोस् ।”
  • १ इति 16:1 : 1 ¶ तिनीहरूले परमेश्‍वरको सन्‍दूक ल्‍याए, अनि त्‍यसको निम्‍ति दाऊदले टाँगेको पालभित्र बिचमा राखे । तब तिनीहरूले परमेश्‍वरको सामु होमबलि र मेलबलि चढाए ।
  • १ इति 16:39 : 39 सादोक पुजारी र तिनका मित्र पुजारीहरूलर गिबोन डाँडामा भएको परमप्रभुको पवित्र वासस्‍थानको सामु सेवा गर्नुपर्थ्‍यो ।
  • १ इति 21:29 : 29 त्यस बेला, मोशाले उजाड-स्‍थानमा बनाएको परमप्रभुको पवित्र वासस्‍थान र होमबलिको वेदी गिबोनको डाँडाको उच्‍च स्‍थानमा नै थिए ।
  • भजन 97:11 : 11 धार्मीहरूका निम्ति ज्‍योति प्रकट हुन्‍छ र इमानदार हृदय भएकाहरूका निम्ति खुसी आउँछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 4तब परमेश्‍वरको वेदीमा, मेरो अपार आनन्दमा म परमेश्‍वरकहाँ जानेछु । हे परमेश्‍वर, मेरो परमेश्‍वर, वीणा बजाउँदै म तपाईंको प्रशंसा गर्नेछु ।

  • भजन 43:1-2
    2 पदहरू
    77%

    1¶ हे परमेश्‍वर, मलाई न्याय दिनुहोस् र अधर्मी जातिको विरुद्धमा मेरो पक्षमा बोल्‍नुहोस् ।

    2किनकि तपाईं मेरो बलको परमेश्‍वर हुनुहुन्छ । तपाईंले मलाई किन तिरस्‍कार गर्नुभएको छ? मेरो शत्रुको अत्‍याचारको कारणले मैले किन विलाप गर्दै हिंड्नुपर्छ?

  • भजन 25:4-5
    2 पदहरू
    77%

    4हे परमप्रभु, तपाईंका मार्गहरू मलाई प्रकट गर्नुहोस् । तपाईंका मार्गहरू मलाई सिकाउनुहोस् ।

    5मलाई तपाईंको सत्यतामा डोर्‍याउनुहोस् र मलाई सिकाउनुहोस् । किनकि तपाईं मेरो उद्धारको परमेश्‍वर हुनहुन्छ । म दिनभरि तपाईंमा नै आसा गर्छु ।

  • भजन 31:3-4
    2 पदहरू
    76%

    3किनकि तपाईं मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ । यसकारण तपाईंको नाउँको खातिर मलाई डोर्‍याउनुहोस् र बाटो देखाउनुहोस् ।

    4तिनीहरूले मेरो निम्ति लुकाएर थपेका जालबाट मलाई तानेर निकाल्नुहोस्, किनकि तपाईं मेरो शरणस्थान हुनुहुन्छ ।

  • भजन 143:8-11
    4 पदहरू
    76%

    8बिहानमा मलाई तपाईंको करारको विश्‍वस्‍तता सुन्‍न दिनुहोस्, किनकि म तपाईंमा भरोसा गर्छु । म कहाँ हिंड्नुपर्छ सो मलाई देखाउनुहोस्, किनकि म आफ्‍नो प्राण तपाईंतिर उचाल्छु ।

    9हे परमप्रभु, मेरा शत्रुहरूबाट मलाई बचाउनुहोस् । लुक्‍नलाई म तपाईंकहाँ भागेर आउँछु ।

    10तपाईंको इच्छा पुरा गर्न मलाई सिकाउनुहोस्, किनकि तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । तपाईंको असल आत्माले मलाई सोझाहरूका देशमा डोर्‍याओस् ।

    11हे परमप्रभु, तपाईंको नाउँको खातिर मलाई जीवित राख्‍नुहोस् । तपाईंको धार्मिकतामा मेरो प्राणलाई कष्‍टबाट बाहिर निकाल्‍नुहोस् ।

  • भजन 23:1-3
    3 पदहरू
    75%

    1¶ परमप्रभु मेरो गोठाला हुनुहुन्छ । मलाई कुनै कुरा खाँचो पर्नेछैन ।

    2उहाँले मलाई हरियो खर्कहरूमा सुताउनुहुन्छ । उहाँले मलाई शान्‍त पानीको छेउमा डोर्‍याउनुहुन्छ ।

    3उहाँले मेरो जीवनलाई पुनर्जीवित पार्नुहुन्छ । उहाँले आफ्‍नो नाउँको खातिर मलाई ठिक बाटो देखाउनुहुन्छ ।

  • 2उहाँले मलाई खेद्‍नुभयो, र उज्यालोमा भन्दा पनि अँध्यारोमा हिँड्न लगाउनुभयो ।

  • 11हे परमप्रभु, मबाट तपाईंका दयाका कामहरू नहटाउनुहोस् । तपाईंको करारको विश्‍वस्‍तता वा तपाईंको भरोसाले मलाई सदासर्वदा सुरक्षित राखोस् ।

  • 3किनकि तपाईंको करारको विश्‍वस्‍तता मेरो आँखाका सामु छ, र म तपाईंको विश्‍वस्‍ततामा हिंड्‍छु ।

  • 1¶ हे परमप्रभु, तपाईंको पवित्रस्थानमा को बस्‍न सक्छ? तपाईंको पवित्र पर्वतमा को वास गर्न सक्छ?

  • 8हे परमप्रभु, मेरा शत्रुहरूका कारणले मलाई तपाईंको धार्मिकतामा डोर्‍याउनुहोस् । मेरो समु तपाईंको बाटो सोझो बनाउनुहोस् ।

  • 29किनभने हे परमप्रभु, तपाईं मेरो बत्ती हुनुहुन्छ । परमप्रभुले मेरो अँध्यारोलाई चम्काउनुहुन्छ ।

  • 28तपाईंले मेरो बत्तिलाई प्रकाश दिनुहुन्छ । परमप्रभु मेरा परमेश्‍वरले मेरो अन्धकारलाई उज्यालो पार्नुहुन्छ ।

  • 3उहाँ स्वर्गबाट सहायता पठाउनुहुनेछ र मलाई बचाउनुहुनेछ । मलाई कुल्चनेहरूसँग उहाँ क्रुद्ध हुनुहुन्छ । सेला परमेश्‍वरले मलाई उहाँको दया र विश्‍वस्‍तता पठाउनुहुनेछ ।

  • 9किनकि तपाईंसँग जीवनको मूल छ । तपाईंको ज्योतिमा हामीले प्रकाश देख्‍नेछौं ।

  • 11हे परमप्रभु, मलाई तपाईंको मार्ग सिकाउनुहोस् । मेरा शत्रुहरूका कारणले मलाई मैदानको बाटोमा डोर्‍याउनुहोस् ।

  • 22हे मेरो परमेश्‍वर, तपाईंको सत्‍यताको निम्‍ति वीणा बजाएर म तपाईंलाई धन्‍यवाद चढाउनेछु । हे इस्राएलको परम पवित्र, सारङ्गी बजाएर म तपाईंको स्तुति गाउनेछु ।

  • भजन 3:3-4
    2 पदहरू
    72%

    3तर हे परमप्रभु, तपाईं मेरो वरिपरिको ढाल, मेरो महिमा हुनुहुन्छ, र जसले मेरो शिर उच्‍च पार्नुहुन्छ ।

    4परमप्रभुमा म आफ्‍नो सोर उचाल्‍छु र आफ्नो पवित्र पहाडबाट उहाँले मलाई जवाफ दिनुहुन्छ । सेला

  • 6उहाँले तिम्रो न्याय दिनको उज्यालोझैं र तिम्रो निर्दोषता मध्यदिनझैं प्रकट गर्नुहुनेछ ।

  • 11हे परमप्रभु, मलाई तपाईंका मार्गहरू सिकाउनुहोस् । तब तपाईंको सत्यतामा म हिंड्नेछु । तपाईंको आदर गर्न मेरो हृयदलाई एकाग्र तुल्‍याउनुहोस् ।

  • 2ताकि तपाईंका मार्गहरू पृथ्वीलाई र तपाईंको मुक्‍ति सबै जातिहरूमा प्रकट होस् ।

  • 5किनकि कष्‍टको दिनमा उहाँले मलाई आफ्‍नो छहारीमा लुकाउनुहुनेछ । उहाँको आफ्‍नो पालको कभरभित्र मलाई लुकाउनुहुनेछ । उहाँले मलाई चट्टानमाथि उच्‍च पार्नुहुनेछ ।

  • 27परमप्रभु परमेश्‍वर हुनुहुन्छ र उहाँले हामीलाई ज्‍योति दिनुभएको छ । वेदीका सिङहरूमा बलिदानलाई डोरीहरूले बाँध ।

  • 105तपाईंका वचन मेरा पाउको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्‍यालो हो ।

  • भजन 139:23-24
    2 पदहरू
    71%

    23हे परमेश्‍वर, मलाई जाँच्‍नुहोस् र मेरो हृदय जान्‍नुहोस् । मलाई जाँच्‍नुहोस् र मेरा विचारहरू जान्‍नुहोस् ।

    24मभित्र कुनै दुष्‍ट चाल छन् कि भनी हेर्नुहोस् र मलाई अनन्तको मार्गमा डोर्‍याउनुहोस् ।

  • 6निश्‍चय नै, मेरो जीवनका सारा दिन भलाइ र करारको विश्‍वस्‍तता मेरो पछि आउनेछ । र परमप्रभुको मन्‍दिरमा म सधैंभरि वास गर्नेछु ।

  • 8मेरो हृदयले तपाईंको बारेमा यसो भन्छ, “उहाँको मुहारको खोजी गर्!” हे परमप्रभु, म तपाईंको मुहारको खोजी गर्छु ।

  • 13किनकि तपाईंले मेरो जीवनलाई मृत्युबाट बचाउनुभएको छ । तपाईंले मेरा गोडाहरूलाई लड्नबाट जोगाउनुभएको छ, ताकि म जीवितहरूका अघि परमेश्‍वरको उपस्‍थितिमा हिंड्न सकूँ ।

  • 3जति बेला उहाँको बत्ती मेरो शिरमाथि बल्‍थ्‍यो, र जति बेला उहाँको ज्योतिद्वारा म अन्धकारमा हिंड्‍थें ।

  • 10हे परमप्रभु, सुन्‍नुहोस् र मलाई दया गर्नुहोस् । हे परमप्रभु, मेरो सहायक हुनुहोस् ।

  • 2र तपाईंलाई सियोनबाट सहारा दिन पवित्र स्थानबाट सहायता पठाऊन् ।

  • 24तपाईंले मलाई आफ्‍नो सल्लाहले मार्गदर्शन गर्नुहुनेछ र पछि मलाई महिमामा ग्रहण गर्नुहुनेछ ।

  • 6धेरै जना भन्छन्, “हामीलाई कुनै असल कुरा कसले देखाउनेछ र?” हे परमप्रभु, तपाईंको मुहारको ज्योति हामीमा चम्काउनुहोस् ।

  • 12तिनीहरूलाई बाटोमा यात्राको लागि प्रकाश दिन तपाईंले तिनीहरूलाई दिनमा बादलको खाँबो र रातमा आगोको खाँबोद्वारा अगुवाइ गर्नुभयो ।

  • भजन 61:2-3
    2 पदहरू
    71%

    2मेरो हृदय शिथिल हुँदा म पृथ्वीको अन्तिम छेउबाट तपाईंलाई पुकारा गर्नेछु । मभन्दा उच्‍च चट्टानतिर मलाई लानुहोस् ।

    3किनकि तपाईं मेरो निम्ति शरणस्थान, शत्रुबाट बच्‍ने बलियो धरहरा हुनुभएको छ ।

  • 11मैले भनें, “निश्‍चय नै अन्धकारले मलाई ढाक्‍नेछ र मेरो विरपरिको ज्‍योति रात हुनेछ,”

  • 15ती मानिसहरू धन्य हुन् जसले तपाईंको आराधना गर्छन्! हे परमप्रभु, तिनीहरू तपाईंको मुहारको प्रकाशमा हिंड्छन् ।

  • 7तपाईं मेरो लुक्‍ने ठाउँ हुनुहुन्छ । तपाईंले मलाई कष्‍टबाट सुरक्षा दिनुहुन्छ । तपाईंले मलाई विजयको गीतहरू घेर्नुहुनेछ ।

  • 13हे परमप्रभु, मलाई बचाउन खुसी हुनुहोस् । हे परमप्रभु, मलाई मदत गर्न चाँडो गर्नुहोस् ।