भजनसंग्रह 27:11

अनलक शाब्दिक बाइबल

हे परमप्रभु, मलाई तपाईंको मार्ग सिकाउनुहोस् । मेरा शत्रुहरूका कारणले मलाई मैदानको बाटोमा डोर्‍याउनुहोस् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 5:8 : 8 हे परमप्रभु, मेरा शत्रुहरूका कारणले मलाई तपाईंको धार्मिकतामा डोर्‍याउनुहोस् । मेरो समु तपाईंको बाटो सोझो बनाउनुहोस् ।
  • भजन 86:11 : 11 हे परमप्रभु, मलाई तपाईंका मार्गहरू सिकाउनुहोस् । तब तपाईंको सत्यतामा म हिंड्नेछु । तपाईंको आदर गर्न मेरो हृयदलाई एकाग्र तुल्‍याउनुहोस् ।
  • भजन 25:4-5 : 4 हे परमप्रभु, तपाईंका मार्गहरू मलाई प्रकट गर्नुहोस् । तपाईंका मार्गहरू मलाई सिकाउनुहोस् । 5 मलाई तपाईंको सत्यतामा डोर्‍याउनुहोस् र मलाई सिकाउनुहोस् । किनकि तपाईं मेरो उद्धारको परमेश्‍वर हुनहुन्छ । म दिनभरि तपाईंमा नै आसा गर्छु ।
  • भजन 26:12 : 12 मेरो खुट्टा मैदानमा खडा छ । सभाहरूमा म परमप्रभुलाई धन्‍यको भन्‍नेछु ।
  • भजन 64:6 : 6 तिनीहरू पापपूर्ण योजनाहरू बनाउँछन् । तिनीहरू भन्छन्, “हामीले एउटा होसियार योजना पूरा गरेका छौं ।” मानिसका भित्री विचारहरू र हृदयहरू गहन हुन्छन् ।
  • यशा 30:20-21 : 20 परमप्रभुलले दुःखको रोटी र कष्‍टको पानी दिनुभए तापनि, र त्‍यसो हुँदा पनि तिमीहरूका शिक्षक तिमीहरूबाट लुक्‍नुहुनेछैन, तर तिमीहरूले आफ्नो शिक्षकलाई आफ्नै आँखाले देख्‍नेछौ । 21 जब तिमीहरू दाहिने फर्कन्‍छौ वा जब तिमीहरू देब्रे फर्कन्‍छौ, तब तिमीहरूका पछाडिबाट यसो भनिरहेको आवाज तिमीहरूका कानले सुन्‍नेछन् “बाटो यही हो, यसैमा हिंड ।”
  • यशा 35:8 : 8 त्यहाँ पवित्र बाटो भनिने मुल बाटो हुनेछ । अवित्रहरूले त्‍यसमा यात्रा गर्नेछैनन् । तर यो यसमा हिंड्नेहरूका निम्ति हुनेछ । यसमा कुनै मूर्ख जानेछैन ।
  • यिर्मि 20:10 : 10 चारैतिर भएका धेरै जना मानिसबाट मैले त्रासको हल्ला सुनेको छु, 'खबर गर! हामीले यसबारे खबर गर्नुपर्छ!' मेरा नजिक हुनेहरू म पतन हुनेछु कि भनेर हेर्छन् । सायद त्‍यसलाई छल गर्न सकिन्‍छ । त्यसो भयो भने, हामीले त्यसलाई पराजित गर्न सक्छौं र त्यसमाथि हाम्रो बदला लिन सक्छौं ।'
  • दानी 6:4-5 : 4 अनि अरू प्रमुख प्रशासकहरू र प्रान्‍तिय गभर्नरहरूले त्यस राज्यको निम्ति दानिएलले गर्ने काममा त्रुटी खोज्न थाले, तर तिनीहरूले उनको काममा कुनै पनि भ्रष्‍टचार वा उनको जिम्मेवारीमा असफलता भेट्टाउन सकेनन्, किनभने उनी विश्‍वासयोग्य थिए । उनमा कुनै त्रुटी वा हेलचेक्र्याइँ भेट्टाइएन । 5 अनि यी मानिसहरूले भने, “आफ्‍नो परमेश्‍वरको व्यवस्थासँगको दानिएलको सम्बन्धको कुरामा तिनको विरुद्ध केही खोट नदेखाएसम्म हामीले तिनको विरुद्ध अरू कुनै अभियोग लगाउन सक्दैनौं ।”
  • लू 3:4-6 : 4 जसरी यशैया अगमवक्‍ताको पुस्तकमा लेखिएको छ, “उजाड-स्थानमा कसैको आवाजले बोलाइरहेको छ, प्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझो बनाऊ । 5 हरेक उपत्यका बनाइनेछ, हरेक पहाड र डाँडाहरू समतल पारिनेछ, बाङ्गा बाटाहरू सोझो हुन आउनेछन् र नराम्रा बाटोहरू राम्रा बनाइनेछन् । 6 सबै मानिसहरूले परमेश्‍वरको उद्धारलाई देख्‍नेछन् ।”
  • लू 20:20 : 20 तिनीहरूले मौका हेर्न लागे र येशूले भन्‍नुभएको कुरामा केही गलत साबित भए उहाँलाई फसाएर अधिकारीहरूको हातमा सुम्पिदिने नियतले तिनीहरूले धर्मी भई टोपल्ने जासुसहरूलाई उहाँकहाँ पठाए ।
  • भजन 54:5 : 5 उहाँले मेरा शत्रुहरूलाई खराबीको प्रतिफल दिनुहुनेछ । आफ्‍नो विश्‍वस्‍ततामा तिनीहरूको नाश गर्नुहोस्!
  • भजन 56:5-6 : 5 दिनभरि तिनीहरू मेरा कुराहरू बङ्ग्याउँछन् । तिनीहरूका सबै विचार खराबीको निम्ति मेरो विरद्धमा हुन्‍छन् । 6 तिनीहरू आफूलाई एकसाथ भेला गर्छन्, तिनीहरू आफूलाई लुकाउँछन् र तिनीहरूले मेरा पाइलाहरू पहिल्याउँछन्, जसरी तिनीहरूले मेरो ज्‍यान लिन ढुकिबसेका छन् ।
  • भजन 25:9 : 9 उहाँले नम्रहरूलाई ठिक कुरा सिकाउनुहुन्छ र उहाँले तिनीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ ।
  • भजन 25:12 : 12 परमप्रभुको भय मान्‍ने मानिस को हो? त्यसले चुन्‍नुपर्ने मार्गमा परमप्रभुले त्यसलाई शिक्षा दिनुहुन्छ ।
  • भजन 119:10 : 10 आफ्‍नो सारा हृदयले म तपाईंलाई खोज्‍दछु । मलाई तपाईंका आज्ञाहरूबाट टाढा जान नदिनुहोस् ।
  • भजन 143:8-9 : 8 बिहानमा मलाई तपाईंको करारको विश्‍वस्‍तता सुन्‍न दिनुहोस्, किनकि म तपाईंमा भरोसा गर्छु । म कहाँ हिंड्नुपर्छ सो मलाई देखाउनुहोस्, किनकि म आफ्‍नो प्राण तपाईंतिर उचाल्छु । 9 हे परमप्रभु, मेरा शत्रुहरूबाट मलाई बचाउनुहोस् । लुक्‍नलाई म तपाईंकहाँ भागेर आउँछु । 10 तपाईंको इच्छा पुरा गर्न मलाई सिकाउनुहोस्, किनकि तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । तपाईंको असल आत्माले मलाई सोझाहरूका देशमा डोर्‍याओस् ।
  • नीति 2:6-9 : 6 किनकि परमप्रभुले नै बुद्धि दिनुहुन्छ, अनि उहाँको मुखबाट ज्ञान र समझशक्ति निस्कन्छन् । 7 उहाँलाई खुसी तुल्याउनेहरूका लागि उहाँले पक्‍का बुद्धि साँचेर राख्‍नुभएको छ । निष्‍ठामा चल्नेहरूका लागि उहाँ ढाल हुनुहुन्छ । 8 उहाँले न्यायका मार्गहरूलाई सुरक्षा दिनुहुन्छ, र उहाँप्रति विश्‍वासयोग्य हुनेहरूको मार्ग रक्षा गर्नुहुन्छ । 9 तब तैँले धार्मिकता, न्याय, समानता र हरेक असल मार्गलाई बुझ्ने छस् ।
  • नीति 8:9 : 9 बुझ्नेको व्यक्तिको लागि ती सबै सिधा छन् । ज्ञान पाउनेहरूका लागि मेरा वचनहरू उचित छन् ।
  • नीति 15:19 : 19 अल्छेको बाटो काँढाको छेकबार भएको ठाउँझैँ हुन्छ, तर धर्मीको बाटो निर्मित लोकमार्ग हो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 8हे परमप्रभु, मेरा शत्रुहरूका कारणले मलाई तपाईंको धार्मिकतामा डोर्‍याउनुहोस् । मेरो समु तपाईंको बाटो सोझो बनाउनुहोस् ।

  • भजन 25:4-5
    2 पदहरू
    82%

    4हे परमप्रभु, तपाईंका मार्गहरू मलाई प्रकट गर्नुहोस् । तपाईंका मार्गहरू मलाई सिकाउनुहोस् ।

    5मलाई तपाईंको सत्यतामा डोर्‍याउनुहोस् र मलाई सिकाउनुहोस् । किनकि तपाईं मेरो उद्धारको परमेश्‍वर हुनहुन्छ । म दिनभरि तपाईंमा नै आसा गर्छु ।

  • भजन 143:8-11
    4 पदहरू
    80%

    8बिहानमा मलाई तपाईंको करारको विश्‍वस्‍तता सुन्‍न दिनुहोस्, किनकि म तपाईंमा भरोसा गर्छु । म कहाँ हिंड्नुपर्छ सो मलाई देखाउनुहोस्, किनकि म आफ्‍नो प्राण तपाईंतिर उचाल्छु ।

    9हे परमप्रभु, मेरा शत्रुहरूबाट मलाई बचाउनुहोस् । लुक्‍नलाई म तपाईंकहाँ भागेर आउँछु ।

    10तपाईंको इच्छा पुरा गर्न मलाई सिकाउनुहोस्, किनकि तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । तपाईंको असल आत्माले मलाई सोझाहरूका देशमा डोर्‍याओस् ।

    11हे परमप्रभु, तपाईंको नाउँको खातिर मलाई जीवित राख्‍नुहोस् । तपाईंको धार्मिकतामा मेरो प्राणलाई कष्‍टबाट बाहिर निकाल्‍नुहोस् ।

  • 11हे परमप्रभु, मलाई तपाईंका मार्गहरू सिकाउनुहोस् । तब तपाईंको सत्यतामा म हिंड्नेछु । तपाईंको आदर गर्न मेरो हृयदलाई एकाग्र तुल्‍याउनुहोस् ।

  • 12मलाई मेरा शत्रुहरूको इच्छामा नछोड्नुहोस्, किनकि झुटो साक्षीहरू मेरो विरुद्धमा उठेका छन्, र तिनीहरूले हिंसाको सास फेर्छन् ।

  • 33हे परमप्रभु, तपाईंका विधिहरूका मार्ग मलाई सिकाउनुहोस् र तिनलाई म अन्त्यसम्म नै पालन गर्नेछु ।

  • 11म तँलाई बुद्धिको बाटोमा लैजान्छु । म तँलाई सिधा बाटाहरूमा अगुवाइ गर्छु ।

  • 3किनकि तपाईं मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ । यसकारण तपाईंको नाउँको खातिर मलाई डोर्‍याउनुहोस् र बाटो देखाउनुहोस् ।

  • 8परमप्रभु असल र सोझो हुनुहुन्छ । यसकारण उहाँले पापीहरूलाई बाटो सिकाउनुहुन्छ ।

  • 24मभित्र कुनै दुष्‍ट चाल छन् कि भनी हेर्नुहोस् र मलाई अनन्तको मार्गमा डोर्‍याउनुहोस् ।

  • 5मेरा पाइलाहरू तपाईंका मार्गहरूमा दृढतासाथ अडिग छन् । मेरा पाइलाहरू चिप्‍लेका छैनन् ।

  • 4मेरो शत्रुलाई यसो भन्‍न नदिनुहोस्, “मैले त्यसलाई हराएको छु ।” ताकि मेरा शत्रुले यसो नभनोस्, “मेरो वैरीलाई मैले जितेको छु,” नत्र मलाई तल झार्दा मेरा शत्रुहरू आनन्‍दित हुनेछन् ।

  • 12हे परमप्रभु,तपाईं धन्यको हुनुहुन्छ । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।

  • भजन 27:9-10
    2 पदहरू
    73%

    9मबाट तपाईंको मुहार नलुकाउनुहोस् । आफ्नो दासलाई रिसमा नफर्काउनुहोस् । तपाईं मेरो सहायक हुनुभएको छ । हे मेरो उद्धारको परमेश्‍वर, मलाई नत्याग्‍नुहोस् वा नछोड्‍नुहोस् ।

    10मेरो बुबा र मेरी आमाले मलाई त्याग्‍न सक्‍छन्, परमप्रभुले मलाई भित्र लानुहुनेछ ।

  • 15मेरा समयहरू तपाईंका हातमा छन् । मेरा शत्रुहरू र मलाई खेद्‍नेहरूका हातबाट मलाई बचाउनुहोस् ।

  • 133तपाईंको वचनले मेरा पाइलाहरूलाई बाटो देखाउनुहोस् । कुनै पापले ममाथि राज्‍य गर्न नदिनुहोस् ।

  • 1¶ हे मेरा परमेश्‍वर, मलाई मेरा शत्रुहरूबाट बचाउनुहोस् । मेरो विरुद्धमा उठ्नेहरूदेखि मलाई उच्‍चमा राख्‍नुहोस् ।

  • 9मलाई आक्रमण गर्ने व्‍यक्‍तिको उपस्थितिबाट, मलाई घेरा हाल्ने मेरा शत्रुहरूबाट ।

  • भजन 119:26-27
    2 पदहरू
    72%

    26तपाईंलाई मैले आफ्‍ना मार्गहरू भनें र तपाईंले मलाई जवाफ दिनुभयो । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।

    27तपाईंका सुझावहरूका मार्गहरू बुझ्‍ने मलाई बनाउनुहोस्, ताकि तपाईंका आचम्‍मका शिक्षाहरूमा म ध्‍यान गर्न सकूँ ।

  • 3ओहो, तपाईंको प्रकाश र तपाईंको सत्यता पठाउनुहोस् । तिनीहरूले मलाई डोर्‍याऊन् । तिनीहरूले मलाई तपाईंको पवित्र पहाड र तपाईंको वासस्थानमा ल्याऊन् ।

  • भजन 41:10-11
    2 पदहरू
    72%

    10तर हे परमप्रभु, तपाईंले ममाथि दया गर्नुहोस् र मलाई उठाउनुहोस् ताकि मैले तिनीहरूलाई बदला लिन सकूँ ।

    11तपाईं मसँग खुसी हुनुहुन्‍छ भनी यसैद्वारा म जान्‍नेछु, किनकि मेरो शत्रुले मलाई जित्‍दैन ।

  • 66मलाई ठिक विवेक र सुझबुझ सिकाउनुहोस्, किनकि मैले तपाईंका आज्ञाहरूमा विश्‍वास गरेको छु ।

  • 10किनकि मेरा शत्रुहरूले मेरो बारेमा कुरा गर्दैछन् । मेरो ज्‍यान लिन खोज्‍नेहरूले एकसाथ षड्यान्त्र गर्दैछन् ।

  • 8म तँलाई शिक्षा दिनेछु र तँ हिंड्‍नुपर्ने बाटो सिकाउनेछु । तँमाथि मेरो दृष्‍टि राखेर म तँलाई शिक्षा दिनेछु ।

  • 3मेरो आत्मा मभित्र कमजोर हुँदा, तपाईंले मेरो मार्ग जान्‍नुहुन्छ । म हिंड्ने बाटोमा तिनीहरूले मेरो निम्ति धराप थापेका छन् ।

  • 157मलाई सताउनेहरू र मेरा वैरीहरू धेरै जान छन्, तापनि म तपाईंका करारका देशहरूबाट तर्केको छैन ।

  • 1¶ हे परमप्रभु, मेरो न्याय गर्नुहोस्, किनकि म इमानदारीसँग हिंडेको छु । हलचल नगरी मैले परमप्रभुमा भरोसा गरेको छु ।

  • 41तपाईंले मलाई मेरा शत्रुहरूको पिठ्युँ दिनुभयो । मलाई घृणा गर्नेहरूलाई मैले सर्वनाश पारें ।

  • 2जब खराबी गर्नेहरू मेरो मासु खान नजिक आए, तब मेरा वैरीहरू र मेरा शत्रुहरूले ठेस खाए र ढले ।

  • 7मेरो शत्रु एक जना दुष्‍ट मानिसझैं होस् । जो मेरो विरुद्धमा खडा हुन्‍छ, ऊ एक जना अधर्मी मानिसझैं होस् ।

  • 11तर मेरो बारेमा, म निष्ठामा चल्छु । मलाई उद्धार गर्नुहोस् र ममाथि दया गर्नुहोस् ।

  • 35तपाईंका आज्ञाहरूका मर्गमा मलाई डोर्‍याउनुहोस्, किनकि त्‍यसमा हिंड्न म खुसी हुन्छु ।

  • 3उहाँले मेरो जीवनलाई पुनर्जीवित पार्नुहुन्छ । उहाँले आफ्‍नो नाउँको खातिर मलाई ठिक बाटो देखाउनुहुन्छ ।

  • 10हे परमप्रभु, सुन्‍नुहोस् र मलाई दया गर्नुहोस् । हे परमप्रभु, मेरो सहायक हुनुहोस् ।

  • 5मेरा शत्रुहरूका सामु तपाईंले मेरो निम्ति भोज तयार पार्नुहुन्छ । तपाईंले मेरो शिरलाई तेलले अभिषेक गर्नुभएको छ । मेरो कचौरा भरिएर पोखिन्छ ।

  • 2हे परमेश्‍वर, म तपाईंमा भरोसा गर्छु । मलाई अपमानित हुन नदिनुहोस् । मेरा शत्रुहरू ममाथि विजयसाथ आनन्‍दित हुन नदिनुहोस् ।

  • 13हे परमप्रभु, ममाथि कृपा गर्नुहोस् । मलाई घृणा गर्नेहरूद्वारा म कति थिचोमिचोमा परेको छु सो हेर्नुहोस्, तपाईंले मलाई मृत्युको ढोकाबाट तानेर निकाल्‍न सक्‍नुहुन्छ ।

  • 11हे परमप्रभु, मबाट तपाईंका दयाका कामहरू नहटाउनुहोस् । तपाईंको करारको विश्‍वस्‍तता वा तपाईंको भरोसाले मलाई सदासर्वदा सुरक्षित राखोस् ।

  • 24आफ्नो अनुहार मबाट तपाईं किन लुकाउनुहुन्‍छ, अनि मलाई आफ्नो शत्रुजस्‍तो व्यवहार किन गर्नुहुन्छ?

  • 37तपाईंले मेरा गोडामुनिका ठाउँलाई फराकिलो बनाउनुभएको छ, त्यसैले मेरा गोडाहरू चिप्‍लेका छैनन् ।

  • 24हे परमप्रभु, मलाई न्यायले अनुशासित गर्नुहोस्, तपाईंको रिसमा होइन, नत्रता तपाईंले मलाई नष्‍ट गर्नुहुनेछ ।

  • 1¶ परमप्रभु मेरो गोठाला हुनुहुन्छ । मलाई कुनै कुरा खाँचो पर्नेछैन ।

  • 24हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंको धार्मिकताको कारणले मेरो रक्षा गर्नुहोस् । तिनीहरूलाई ममाथि आनन्‍दित हुन नदिनुहोस् ।