भजनसंग्रह 40:11
हे परमप्रभु, मबाट तपाईंका दयाका कामहरू नहटाउनुहोस् । तपाईंको करारको विश्वस्तता वा तपाईंको भरोसाले मलाई सदासर्वदा सुरक्षित राखोस् ।
हे परमप्रभु, मबाट तपाईंका दयाका कामहरू नहटाउनुहोस् । तपाईंको करारको विश्वस्तता वा तपाईंको भरोसाले मलाई सदासर्वदा सुरक्षित राखोस् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
10आफ्नो हृदयमा तपाईंको धार्मिकता मैले लुकाएको छैन । तपाईंको विश्वस्तता र तपाईंको उद्धारलाई मैले घोषणा गरेको छु । ठुलो सभाबाट तपाईंको करारको विश्वस्तता वा तपाईंको भरोसालाई मैले लुकाएको छैन ।
41हे परमप्रभु, तपाईंको अचूक प्रेम, तपाईंको प्रतिज्ञाअनुसार तपाईंको उद्धार मलाई दिनुहोस् ।
21हे परमप्रभु, मलाई नत्याग्नुहोस् । हे मेरा परमेश्वर, मबाट टाढा नहुनुहोस् ।
76आफ्नो सेवकसित तपाईंले प्रतिज्ञा गर्नुभएअनुसार तपाईंको करारको विश्वस्तताले मलाई सान्त्वना देओस् ।
77मलाई दया देखाउनुहोस् ताकि म जीवित रहन सकूँ, किनकि तपाईंको व्यवस्था नै मेरो खुसी हो ।
9मबाट तपाईंको मुहार नलुकाउनुहोस् । आफ्नो दासलाई रिसमा नफर्काउनुहोस् । तपाईं मेरो सहायक हुनुभएको छ । हे मेरो उद्धारको परमेश्वर, मलाई नत्याग्नुहोस् वा नछोड्नुहोस् ।
1¶ हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, किनकि म तपाईंमा शरण लिन्छु ।
5मलाई तपाईंको सत्यतामा डोर्याउनुहोस् र मलाई सिकाउनुहोस् । किनकि तपाईं मेरो उद्धारको परमेश्वर हुनहुन्छ । म दिनभरि तपाईंमा नै आसा गर्छु ।
6हे परमप्रभु, तपाईंका दयाका कामहरू र करारको विश्वस्तता सम्झनुहोस् । किनकि तिनीहरू सँधै अस्तित्वमा थिए ।
7मेरा जवानीका पापहरू वा मेरा विद्रोहको बारेमा विचार नगर्नुहोस् । हे परमप्रभु, तपाईंको भलाइको कारणले करारको विश्वस्ततामा मलाई सम्झनुहोस् ।
3किनकि तपाईंको करारको विश्वस्तता मेरो आँखाका सामु छ, र म तपाईंको विश्वस्ततामा हिंड्छु ।
26हे परमप्रभु परमेश्वर, मलाई सहायता गर्नुहोस् । मलाई तपाईंको करारको विश्वस्तताद्वारा बचाउनुहोस् ।
16हे परमप्रभु, मलाई जवाफ दिनुहोस्, किनकि तपाईंको करारको विश्वस्तता असल छ । मेरो निम्ति तपाईंका कृपाहरू धेरै भएको हुनाले, मतिर फर्कनुहोस् ।
17आफ्नो दासबाट आफ्नो मुहार नलुकाउनुहोस्, किनकि म संकष्टमा छु । मलाई चाँडै जवाफ दिनुहोस् ।
11मलाई तपाईंको उपस्थितिबाट टाढा नपठाउनुहोस्, र मबाट तपाईंको पवित्र आत्मा नलानुहोस् ।
12तपाईंको मुक्तिको आनन्दलाई ममा पुनर्जीवित पार्नुहोस्, र इच्छुक आत्माले मलाई सम्हाल्नुहोस् ।
49हे परमप्रभु, तपाईंले आफ्नो सत्यतामा दाऊदसँग शपथ खानुभएको करारको विश्वस्तताका पहिलेका कामहरू कहाँ छन्?
16आफ्नो दासमाथि तपाईंको मुहार चम्काउनुहोस् । तपाईंको करारको विश्वस्ततामा मलाई बचाउनुहोस् ।
43मेरो मुखबाट सत्यको वचन नलानुहोस्, किनकि मेरो आसा तपाईंका धार्मिक आदेशहरूमा छन् ।
12मेरो बारेमा, मेरो इमान्दारीतामा तपाईंले मलाई सहायता गर्नुहुनेछ र मलाई सधैंभरि तपाईंकै सामु राख्नुहुनेछ ।
12अनगिन्ती कष्टहरूले मलाई घेर्छन् । मेरा अधर्महरूले मलाई गाँजेका छन्, ताकि म फेरि कुनै कुरा हेर्न सक्षम छैनँ । तिनीहरू मेरा शिरका कपालभन्दा धेरै छन् र मेरो हृदय मलाई निरास पारेको छ ।
13हे परमप्रभु, मलाई बचाउन खुसी हुनुहोस् । हे परमप्रभु, मलाई मदत गर्न चाँडो गर्नुहोस् ।
10तपाईंलाई चिन्नेहरूलाई तपाईंको करारको विश्वस्तता, र हृदय सोझो हुनेहरूलाई तपाईंको रक्षा पूर्ण रूपले फैलाउनुहोस् ।
7तिनी परमेश्वरको सामु सदासर्वदा रहनेछन् ।
10हे परमप्रभु, सुन्नुहोस् र मलाई दया गर्नुहोस् । हे परमप्रभु, मेरो सहायक हुनुहोस् ।
7आफ्ना शत्रुहरूबाट तपाईंमा शरण लिनेहरूलाई तपाईं जसले आफ्नो दाहिने बाहुलिले बचाउनुहुन्छ, आफ्नो करारको विश्वस्तता अचम्म किसिमले देखाउनुहोस् ।
58तपाईंको कृपाको निम्ति म दिलोज्यानले बिन्ती गर्छु । तपाईंको वचनले प्रतिज्ञा गरेअनुसार मप्रति कृपालु हुनुहोस् ।
10आफ्नो सारा हृदयले म तपाईंलाई खोज्दछु । मलाई तपाईंका आज्ञाहरूबाट टाढा जान नदिनुहोस् ।
2किनभने हामीप्रति उहाँको करारको विश्वस्तता महान् छ र परमप्रभुको सत्यता सदासर्वदा रहन्छ । परमप्रभुको प्रशंसा गर ।
159हेर्नुहोस् म तपाईंका सुझावहरूलाई कति प्रेम गर्छु । हे परमप्रभु, तपाईंले आफ्नो करारको विश्वस्तताद्वारा प्रतिज्ञा गर्नुभएझैं मलाई जीवित राख्नुहोस् ।
8बिहानमा मलाई तपाईंको करारको विश्वस्तता सुन्न दिनुहोस्, किनकि म तपाईंमा भरोसा गर्छु । म कहाँ हिंड्नुपर्छ सो मलाई देखाउनुहोस्, किनकि म आफ्नो प्राण तपाईंतिर उचाल्छु ।
156हे परमप्रभु, तपाईंका कृपापूर्ण कामहरू महान् छन् । तपाईंले सधैं गर्नुभएझैं मलाई जीवित राख्नुहोस् ।
10किनकि स्वर्गसम्मै पुग्ने तपाईंको अचूक प्रेम माहन् छ । र तपाईंको विश्वस्तता बादलहरूसम्मै पुग्छन् ।
15तर हे परमप्रभु, तपाईं कृपालु र अनुग्रही, रिसाउनमा ढिला, करारको विश्वस्तता र भरोसायोग्य गुणमा प्रशस्तका परमेश्वर हुनुहुन्छ ।
18जब मैले भनें, “मेरो खुट्टा चिप्लँदैछ,” हे परमप्रभु, तपाईंको करारको विश्वस्तताले मलाई माथि उचाल्यो ।
3ओहो, तपाईंको प्रकाश र तपाईंको सत्यता पठाउनुहोस् । तिनीहरूले मलाई डोर्याऊन् । तिनीहरूले मलाई तपाईंको पवित्र पहाड र तपाईंको वासस्थानमा ल्याऊन् ।
88तपाईंको अटल प्रमले मलाई जीवित राख्नुहोस्, ताकि तपाईंका आज्ञाहरू म पालन गर्न सकूँ । लामेध
1¶ हे परमेश्वर, तपाईंको करारको विश्वस्तताको कारणले ममाथि दया गर्नुहोस् । तपाईंको असङ्ख्य दयापूर्ण कामहरूको खातिर मेरा अपराधहरू मेटिदिनुहोस् ।
8परमप्रभु अन्तसम्म नै मसँग हुनुहुन्छ । हे परमप्रभु, तपाईंको करारको विश्वस्तता सदासर्वदा रहन्छ । तपाईंका हातहरूले बनाएका जनलाई नत्याग्नुहोस् ।
28करारको विश्वसनीयता र भरोसाले राजालाई जोगाउँछ । प्रेमद्वारा नै तिनको सिंहासन सुरक्षित हुन्छ ।
21हे परमप्रभु मेरो परमेश्वर, तपाईंको नाउँको खातिर मसँग कृपासाथ व्यवहार गर्नुहोस् । तपाईंको करारको विश्वस्तता असल भएको हुनाले मलाई बचाउनुहोस् ।
33तर त्यसबाट आफ्नो अटल प्रेमलाई म हटाउनेछैन वा मेरो प्रतिज्ञाप्रति अविश्वासी हुनेछैन ।
4किनकि तपाईंको करारको विश्वस्तता स्वर्गभन्दा पनि महान् छ र तपाईंको सत्यता आकाससम्मै पुग्छ ।
13मबाट तपाईंको हेराइलाई हटाउनुहोस् ताकि म मर्नअघि म फेरि मुसुक्क हाँस्न सकौं।
4हे परमप्रभु, मलाई दुष्टहरूका हातबाट बचाउनुहोस् । हिंस्रक मानिसहरूबाट मलाई सुरक्षित राख्नुहोस् जसले मलाई घोक्र्याएर बाहिर निकाल्ने योजना बनाउँछन् ।
21निष्ठा र इमानदारीले मलाई बचाओस्, किनकि म तपाईंमा आसा गर्छु ।
42हे परमप्रभु परमेश्वर, आफ्ना अभिषिक्त जनको मुहार तपाईंबाट नतर्काउनुहोस् । आफ्ना सेवक दाऊदसँग तपाईंले गर्नुभएको करार बफादारीतालाई सम्झनुहोस् ।
19हे परमप्रभु, टाढा नहुनुहोस् । हे मेरो बल, मलाई सहायता गर्न चाँडो गर्नुहोस् ।
7तपाईंको करारको विश्वस्ततामा म खुसी र आनन्दित हुनेछु, किनकि तपाईंले मेरो कष्ट देख्नुभयो । मेरो प्राणको कष्ट तपाईंले थाहा पाउनुभयो ।
3उहाँ स्वर्गबाट सहायता पठाउनुहुनेछ र मलाई बचाउनुहुनेछ । मलाई कुल्चनेहरूसँग उहाँ क्रुद्ध हुनुहुन्छ । सेला परमेश्वरले मलाई उहाँको दया र विश्वस्तता पठाउनुहुनेछ ।