भजनसंग्रह 89:3

अनलक शाब्दिक बाइबल

मैले आफ्‍नो चुनिएको जनसँग करार बाँधेको छु । मैले आफ्‍नो दास दाऊदसँग सपथ खाएको छु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 132:11 : 11 परमप्रभुले दाऊदसित पक्‍का शपथ खानुभयो, एउटा पक्‍का शपथ जसलाई उहाँले उल्टाउनुहुनेछैनः “तेरा सन्तानमध्ये एक जनालाई तेरो सिंहासनमा म राख्‍नेछु ।
  • २ शमू 7:10-16 : 10 म आफ्‍ना मानिस इस्राएलको निम्ति एउटा स्थान नियुक्‍ति गर्नेछु र तिनीहरूलाई म त्यहाँ राख्‍ने छु, ताकि तिनीहरू आफ्नै ठाउँमा बसोबास गरुन् र फेरि समस्‍या नपरुन् । दुष्‍ट मानिसहरूले पहिले गरेझैं फेरि तिनीहरूलाई थिचोमिचो गर्ने छैनन् । 11 जस्तो मेरा मानिस इस्राएलका निम्ति न्यायकर्ता हुनलाई मैले आज्ञा गरेका दिनहरूदेखि नै तिनीहरूले गरिरहेका थिए । अब तेरा सबै शत्रुबाट म तँलाई विश्राम दिने छु । यसको साथै, म परमप्रभुले तँलाई भन्‍छु कि म तेरो निम्ति एउटा घराना बनाउने छु । 12 जब तेरो दिन पुरा हुने छ र तँ आफ्‍ना पुर्खाहरूसँग सुत्‍ने छस्, तब तँपछिको तेरो सन्तानलाई म खडा गर्ने छु, जो तेरै शरीरबाट आउने छ र म त्यसको राज्य स्थापित गर्ने छु । 13 त्यसैले मेरो नाउँको निम्ति एउटा मन्‍दिर बनाउने छ र म त्यसको सिंहासनलाई सदाको निम्ति स्थापित गर्ने छु । 14 म त्यको बुबा हुने छु र त्यो मेरो छोरा हुने छ । जब त्यसले पाप गर्छ, तब म त्यसलाई मानिसका लोरोले र मानिसका छोराहरूका कोर्राहरूले अनुशासित गर्ने छु । 15 तर मेरो करारको बफदारीताको त्यसलाई छोड्ने छैन, जसरी मैले त्‍यो शाऊलबाट थिएँ, जसलाई मैले तेरो सामुबाट हटाएँ । 16 तेरो घराना र राज्य तेरो सामु सदाको निम्ति सुदृढ गरिने छ । तेरो सिंहसान सदाको निम्ति स्थापित गरिने छ' ।”
  • १ राजा 8:16 : 16 'मैले मेरो जाति इस्राएललाई मिश्रबाट बाहिर ल्याएको दिनदेखि मेरो नाउँ राख्नको लागि मैले इस्राएलका सबै कुलबाट कुनै पनि सहर छानिनँ ।
  • यिर्मि 30:9 : 9 तर तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको आराधना गर्नेछन्, र तिनीहरूका राजा दाऊदको सेवा गर्नेछन् जसलाई म तिनीहरूमाथि राजा बनाउनेछु ।
  • यिर्मि 33:20-21 : 20 “परमप्रभु यसो भन्‍नुहुन्छ, 'तिमीहरूले दिन र रातसित बाँधिएको मेरो करारलाई भङ्ग गर्न सक्यौ, र तोकिएको समयमा फेरि दिन र रात भएनन् भने, 21 तब तिमीहरूले मेरा दास दाऊदसित बाँधिएको मेरो करारलाई भङ्ग गर्न सक्‍नेछौ, जसको कारणले उसको सिंहासनमा बस्‍न उसको कुनै छोरो हुनेछैन, र लेवी कुलका पुजारीहरू अर्थात् मेरा दासहरूसित बाँधिएको मेरो करार पनि भङ्ग हुनेछ ।
  • यहे 34:23-24 : 23 मेरो दास दाऊदलाई तिनीहरूमाथि म एक जना गोठालो नियुक्त गर्नेछु । त्यसले तिनीहरूको गोठालो गर्नेछ, त्‍यसले तिनीहरूलाई खुवाउनेछ, र त्यो नै तिनीहरूका गोठालो हुनेछ । 24 किनकि म परमप्रभु नै तिनीहरूका परमेश्‍वर हुनेछु, र मेरो दास दाऊद तिनीहरूका बिचमा एउटा शासक हुनेछ । म, परमप्रभुले यो घोषणा गरेको छु ।
  • हो 3:5 : 5 त्यसपछि इस्राएलका मानिसहरू फर्कनेछन् र परमप्रभु आफ्‍ना परमेश्‍वर र आफ्‍ना राजा दाऊदलाई खोज्‍नेछन्, र अन्तका दिनहरूमा, तिनीहरु परमप्रभु र उहाँको भलाइको सामु भयसाथ आउँछन् ।
  • मत्त 3:17 : 17 हेर, स्वर्गबाट यसो भन्‍ने एउटा आवाज आयो, “यिनी मेरा अति प्रिय पुत्र हुन् । म यिनीसँग अत्यन्त प्रसन्‍न छु ।”
  • मत्त 12:18-21 : 18 “हेर, मेरो दास जसलाई मैले छानेको छु; मेरा अति प्रिय, जसमा मेरो प्राण प्रसन्‍न छ । म उनमा मेरा आत्मा खन्याउनेछु, अनि उनले गैरयहूदीहरूलाई न्यायको घोषणा गर्नेछन् । 19 उनले सङ्घर्ष गर्नेछैनन्, न त ठुलो स्वरले कराउनेछन्, न त कसैले गल्लीहरूमा उनको स्वर सुन्‍नेछ । 20 उनले कुनै फुटेको नरकटलाई भाँच्‍नेछैनन्; उनले न्यायलाई विजयमा नपुर्‍याएसम्म उनले कुनै पनि धिपधिप बलिरहेको सलेदोलाई निभाउनेछैनन् । 21 अनि उनको नाउँमा गैरयहूदीहरूले विश्‍वास गर्नेछन् ।”
  • लू 1:32-33 : 32 उहाँ महान हुनुहुनेछ र उहाँ सर्बोच्च परमेश्‍वरको पुत्र भनेर चिनिनु हुनेछ । परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँको पिता दाऊदको सिंहासन दिनुहुनेछ । 33 उहाँ महान् हुनुहुनेछ र उहाँ सर्वोच्‍च परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ । परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ ।
  • प्रेरि 2:30 : 30 यसकारण तिनी एक अगमवक्‍ता थिए र परमेश्‍वरले तिनकै सन्तानहरूमध्येबाटै एक जनालाई तिनको सिंहसानमा बसाल्नुहुने थियो भनी उहाँले तिनीसँग शपथ खानुभएको कुरा तिनलाई थाहा थियो ।
  • इब्रा 7:21 : 21 तर अर्कोतिर भने, यी येशू शपथविना नै पुजारी हुनुभयो, जसको बारेमा परमेश्‍वर यसो भन्‍नुहुन्छ, “परमप्रभुले प्रतिज्ञा गर्नुभएको छ, र उहाँले आफ्नो मन परिवर्तन गर्नुहुन्‍न, ‘तिमी सदाकाल पुजारी हुनेछौ’ ।”
  • भजन 78:70 : 70 उहाँले आफ्नो दास दाऊदलाई चुन्‍नुभयो र तिनलाई भेडाका बगालहरूबाट ल्‍याउनुभयो ।
  • भजन 89:19 : 19 धेरै अघि आफ्ना विश्‍वासी जनहरूसँग तपाईं बोल्नुभयो । तपाईंले भन्‍नुभयो, “मैले वीर मानिसलाई मुटुक लगाइदिएको छु ।” मैले मानिसहरू माझबाट चुनिएको एक जनालाई उठाएको छु ।
  • भजन 89:28 : 28 म आफ्‍नो करारको विश्‍वस्‍तता सदासर्वदा त्यसलाई दिनेछु । अनि त्यससँगको मेरो करार सुरक्षित हुनेछ ।
  • भजन 89:34-35 : 34 म आफ्‍नो करार तोड्नेछैन वा मेरा ओठका शब्दहरू फेर्नेछैन । 35 सदाको निम्ति एकै पटक मैले आफ्‍नो पवित्रताद्वारा शपथ खाएको छु, म दाऊदसित झुट बोल्नेछैनः
  • भजन 89:39 : 39 तपाईंले आफ्नो सेवको करार त्याग्‍नुभएको छ । तपाईंले त्यसको मुकुटलाई जमिनमा अपवित्र पार्नुभएको छ ।
  • २ शमू 23:5 : 5 वास्तवमा, के मेरो परिवार परमेश्‍वरको सामु यस्‍तै हुँदैन र? के उहाँले मसँग हरेक उपायले स्‍थापित र पक्‍का अनन्त करार गर्नुभएको छैन र? के उहाँले मेरो उद्धारको वृद्धि र मेरा सबै इच्छा पुरा गर्नुहुन्‍न र?
  • यशा 42:1 : 1 ¶ हेर, मेरो सेवक, जसलाई म समर्थन गर्छु । मेरो चुनिएको मानिस, जसमा म खुसी हुन्छु । मेरो आत्मा मैले तिनमा हालेको छु । तिनले जातिहरूका माझमा न्याय ल्याउनेछन् ।
  • यशा 55:3 : 3 आफ्‍ना कान थाप र मकहाँ आओ । सुन, ताकि तिमीहरू बाँच्‍न सक्‍छौ । मैले दाऊदलाई प्रतिज्ञा गरेको मेरो भरपर्दो र विश्‍वायोग्य प्रेमले— तिमीहरूसँग म अनन्त करार गर्नेछु ।
  • २ शमू 3:9 : 9 पमरप्रभुले गर्छु भनी दऊदसित शपथ खानुभएझैं मैले तिनलाई गरिनँ भने, परमेश्‍वरले म अबनेरलाई यो वा योभन्दा बढी गर्नुभएको होस्,

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 89:33-39
    7 पदहरू
    85%

    33तर त्यसबाट आफ्‍नो अटल प्रेमलाई म हटाउनेछैन वा मेरो प्रतिज्ञाप्रति अविश्‍वासी हुनेछैन ।

    34म आफ्‍नो करार तोड्नेछैन वा मेरा ओठका शब्दहरू फेर्नेछैन ।

    35सदाको निम्ति एकै पटक मैले आफ्‍नो पवित्रताद्वारा शपथ खाएको छु, म दाऊदसित झुट बोल्नेछैनः

    36त्यसका सन्तानहरू सधैं निरन्‍तर रहनेछन् र मेरो सामु सूर्य रहेसम्म त्यसको सिंहासन रहनेछ ।

    37आकाशमा विश्‍वासयोग्य साक्षी चन्द्रमाझैं यसलाई सदाको निम्ति स्थापित गरिनेछ ।” सेला

    38तर तपाईंले इन्कार र अस्वीकार गर्नुभएको छ । आफ्नो अभिषिक्‍त राजासँग तपाईं रिसाउनुभएको छ ।

    39तपाईंले आफ्नो सेवको करार त्याग्‍नुभएको छ । तपाईंले त्यसको मुकुटलाई जमिनमा अपवित्र पार्नुभएको छ ।

  • भजन 89:19-21
    3 पदहरू
    81%

    19धेरै अघि आफ्ना विश्‍वासी जनहरूसँग तपाईं बोल्नुभयो । तपाईंले भन्‍नुभयो, “मैले वीर मानिसलाई मुटुक लगाइदिएको छु ।” मैले मानिसहरू माझबाट चुनिएको एक जनालाई उठाएको छु ।

    20मैले आफ्‍नो सेवक दाऊदलाई चुनेको छु । मैले त्यसलाई मेरो पवित्र तेलले अभिषेक गरेको छु ।

    21मेरो हातले त्यसलाई सहयत दिनेछ । मेरो बाहुलीले त्यसलाई बलियो बनाउनेछ ।

  • भजन 89:27-29
    3 पदहरू
    80%

    27मेरो जेठो छोरो, पृथ्वीका राजाहरूमध्‍ये सबैभन्दा उच्‍च पारिएको रूपमा पनि त्यसलाई म राख्‍नेछु ।

    28म आफ्‍नो करारको विश्‍वस्‍तता सदासर्वदा त्यसलाई दिनेछु । अनि त्यससँगको मेरो करार सुरक्षित हुनेछ ।

    29त्यसका सन्तानहरूलाई सदासर्वदासम्म रहने र त्यसको सिंहासन माथिको आकाश जत्तिकै रहिरहने म बनाउनेछु ।

  • भजन 132:11-13
    3 पदहरू
    79%

    11परमप्रभुले दाऊदसित पक्‍का शपथ खानुभयो, एउटा पक्‍का शपथ जसलाई उहाँले उल्टाउनुहुनेछैनः “तेरा सन्तानमध्ये एक जनालाई तेरो सिंहासनमा म राख्‍नेछु ।

    12तेरा छोराहरूले मेरो करार र मैले तिनीहरूलाई सिकाउनेछु व्यवस्‍था पालन गर्छन् भने, तिनीहरूका सन्तानहरू पनि तेरो सिंहासनमा सदासर्वदा बस्‍नेछन् ।”

    13निश्‍चय नै परमप्रभुले सियोनलाई रोज्‍नुभएको छ । उहाँको आफ्‍नो आसनको निम्ति उहाँले त्यसको इच्‍छा गर्नुभएको छ ।

  • भजन 89:1-2
    2 पदहरू
    78%

    1¶ म परमप्रभुको करारको विश्‍वस्‍तताका कामहरूका बारेमा सधैं गाउनेछु । म भावी पुस्ताहरूलाई तपाईंको सत्यता घोषणा गर्नेछु ।

    2किनकि मैले भनेको छु, “करारको विश्‍वस्‍तता सदाको निम्ति स्थापित गरिएको छ । तपाईंले आफ्‍नो सत्यता स्वर्गमा स्थापित गर्नुभएको छ ।”

  • 4म तेरा सन्तानहरूलाई सदाको निम्ति स्थापित गर्नेछु र म तेरो सिंहासन सबै पुस्ताहरूसम्म स्थापित गर्नेछु ।” सेला

  • 49हे परमप्रभु, तपाईंले आफ्नो सत्यतामा दाऊदसँग शपथ खानुभएको करारको विश्‍वस्‍तताका पहिलेका कामहरू कहाँ छन्?

  • १ राजा 1:29-30
    2 पदहरू
    74%

    29राजाले शपथ खाएर भने, “मेरा सबै सङ्कष्टमा मलाई छुटकारा दिनुहुने परमप्रभुको नाउँमा शपथ खाएर म भन्दछु,

    30कि इस्राएलका परमेश्वर परमप्रभुको नाउँमा मैले यसो भनी शपथ खाएको थिएँ, “मपछि तिम्रो छोरा सोलोमनले शासन गर्ने छ र त्यो नै मेरो सिंहासनमा बस्ने छ ।' आज म यो पुरा गर्ने छु ।”

  • भजन 89:24-25
    2 पदहरू
    73%

    24मेरो सत्यता र मेरो करारको विश्‍वस्‍तता त्यससँग हुनेछ । मेरो नाउँद्वारा नै त्यो विजयी हुनेछ ।

    25म त्यसको हात समुद्रमाथि र त्यसको दाहिने बाहुली नदीहरूमाथि राख्‍नेछु ।

  • 24तपाईंले आफ्ना दास अर्थात् मेरा पिता दाऊदसित प्रतिज्ञा गर्नुभएको वचन पुरा गर्नुभएको छ । हो, तपाईंले आफ्नो मुखले बोल्नुभयो र त्यसलाई आफ्नो हातले पुरा गर्नुभयो जस्तो आज हुन आएको छ ।

  • 2तिनले कसरी परमप्रभुमा शपथ खाए, याकूबका सर्वशक्तिमान्‌सँग तिनले कसरी भाकल गरे सो सम्झनुहोस् ।

  • भजन 105:8-9
    2 पदहरू
    73%

    8उहाँले आफ्नो करारलाई सदासर्वदा, आफूले आज्ञा गर्नुभएका वचनलाई हजार पुस्तासम्‍म सम्‍झनुहुन्छ ।

    9आफूले अब्राहामसँग गरेको करार र इसहाकसँग खाएको शपथलाई उहाँले सम्झनुहुन्छ ।

  • 17दाऊदको निम्ति त्‍यहाँ म एउटा सिङ् उमार्नेछु र मेरो अभिषिक्‍त जनको निम्ति एउटा बत्ती राख्‍नेछु ।

  • 15तपाईंले आफ्‍ना दास मेरा बुबा दाऊदसित गर्नुभएको आफ्‍नो प्रतिज्ञा पूरा गर्नुभएको छ । हो, आफ्‍नै मुखले तपाईंले प्रतिज्ञा गर्नुभएको हो र आफ्‍नै हातले त्‍यो पूरा गर्नुभएको हो, जस्‍तो आज हुन आएको छ ।

  • १ इति 17:12-14
    3 पदहरू
    72%

    12उसैले मेरो लागि एउटा मन्‍दिर बनाउनेछ, र उसको सिंहासन सदाको निम्‍ति स्‍थापित गर्नेछु ।

    13म उसको पिता हुनेछु र ऊ मेरो छोरो हुनेछ । तँभन्‍दा पहिले राज्‍य गर्ने शाऊलबाट मेरो आफ्‍नो करारको विश्‍वस्‍तता फिर्ता लिएझैं म ऊदेखि फिर्ता लिनेछैनँ ।

    14उसलाई म आफ्‍नो मन्‍दिर र मेरो राज्‍यमाथि सधैंको निम्‍ति राख्‍नेछु, र उसको सिंहासन सदासर्वदाको निम्‍ति स्‍थापित हुनेछ ।”

  • भजन 78:69-70
    2 पदहरू
    72%

    69उहाँले आफ्नो पवित्रस्थानलाई स्‍वर्गझैं, उहाँले सदाको निम्ति स्थापना गर्नुभएको पृथ्वीझैं बनाउनुभयो ।

    70उहाँले आफ्नो दास दाऊदलाई चुन्‍नुभयो र तिनलाई भेडाका बगालहरूबाट ल्‍याउनुभयो ।

  • 16'मैले मेरो जाति इस्राएललाई मिश्रबाट बाहिर ल्याएको दिनदेखि मेरो नाउँ राख्नको लागि मैले इस्राएलका सबै कुलबाट कुनै पनि सहर छानिनँ ।

  • 106मैले शपथ खाएको छु र ‍पक्‍का गरेको छु, ताकि म तपाईंका धार्मिक आदेशहरू पालन गर्नेछु

  • 18तब तेरो राज्‍यको सिंहासन म स्थापित गर्नेछु, जसरी मैले तेरा बुबा दाऊदलाई यसो भनेर करारद्वारा प्रतिज्ञा गरेको थिएँ, ‘इस्राएलमाथि राज्‍य गर्न तेरा सन्तानहरूको अभाव हुनेछैन’ ।’

  • 3सबै सभाले परमेश्‍वरको मन्‍दिरमा राजासित करार बाँधे । यहोयादाले तिनीहरूलाई भने, “हेर्नुहोस्, परमप्रभुले दाऊदका सन्‍तानहरूका विषयमा प्रतिज्ञा गर्नुभएझैं राजाका छोराले राज्‍य गर्नेछन् ।

  • 21तब तिमीहरूले मेरा दास दाऊदसित बाँधिएको मेरो करारलाई भङ्ग गर्न सक्‍नेछौ, जसको कारणले उसको सिंहासनमा बस्‍न उसको कुनै छोरो हुनेछैन, र लेवी कुलका पुजारीहरू अर्थात् मेरा दासहरूसित बाँधिएको मेरो करार पनि भङ्ग हुनेछ ।

  • 23म आफैंमा शपथ खान्छु, मेरो न्यायी आदेश दिन्छु र यो फिर्ता हुनेछैन, 'मेरो सामु हरेक घुँडा टेक्‍नेछ, हरेक जिब्रोले स्‍विकार गर्नेछ ।

  • 5म इस्राएलमाथि तेरो राज्यको सिंहासन सदाको निम्ति स्थापित गर्ने छु, जस्तो मैले तेरा पिता दाऊदलाई यसो भनी प्रतिज्ञा गरेको थिएँ, 'इस्राएलको सिंहासनमा बस्न तेरो सन्तानको कहिल्यै अभाव हुने छैन ।'

  • 7“अब मेरो दास दाऊदलाई यसो भन्, “सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्‍छ: तँ मेरा मानिस इस्राएलको राजा हुनलाई मैले तँलाई खर्कमा भेडाहरू पछिपछि हिंड्‍नबाट बोलाएँ ।

  • भजन 2:6-7
    2 पदहरू
    71%

    6“मेरो पवित्र पर्वत सियोनमा म आफैंले मेरो राजालाई अभिषेक गरेको छु ।”

    7परमप्रभुको एउटा आदेश म घोषणा गर्नेछु । उहाँले मलाई भन्‍नुभयो, “तिमी मेरो पुत्र हौ! आजको दिन म तिम्रो पिता भएको छु ।

  • 25त्यसैले अब, हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्नो सेवक र त्यसको घरानाको बारेमा गर्नुभएको प्रतिज्ञा सदाको निम्ति स्थापित होस् । तपाईंले जस्‍तो भन्‍नुभएको छ त्‍यस्‍तै गर्नुहोस् ।

  • 4परमप्रभुले शपथ खानुभएको छ र बद्‍लिनुहुन्‍नः “सदासर्वदाको निम्‍ति तिमी मल्कीसेदेकजस्‍तै पुजारी हौ ।”

  • 24किनकि म परमप्रभु नै तिनीहरूका परमेश्‍वर हुनेछु, र मेरो दास दाऊद तिनीहरूका बिचमा एउटा शासक हुनेछ । म, परमप्रभुले यो घोषणा गरेको छु ।

  • 39म दाऊदका सन्तानहरूलाई दण्ड दिने छु, तर सदाको निम्ति भने होइन ।”

  • 6तापनि मैले यरूशलेमलाई छानेको छु, ताकि त्‍यहाँ मेरो नाउँ त्यहा रहोस्, र दाऊदलाई नै मेरो मानिस इस्राएलमाथि शासन गर्नलाई मैले चुनेको छु ।’