यशैया 45:23
म आफैंमा शपथ खान्छु, मेरो न्यायी आदेश दिन्छु र यो फिर्ता हुनेछैन, 'मेरो सामु हरेक घुँडा टेक्नेछ, हरेक जिब्रोले स्विकार गर्नेछ ।
म आफैंमा शपथ खान्छु, मेरो न्यायी आदेश दिन्छु र यो फिर्ता हुनेछैन, 'मेरो सामु हरेक घुँडा टेक्नेछ, हरेक जिब्रोले स्विकार गर्नेछ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
24तिनीहरूले मेरो बारेमा यसो भन्नेछन्, “परमप्रभुमा मात्र उद्धार र शक्ति छ ।” उहाँसँग रिसाउनेहरू सबै लाजमा पर्नेछन् ।
25परमप्रभुमा नै इस्राएलका सबै सन्तानहरू धर्मी ठहरिनेछन् । तिनीहरूले उहाँमा नै गर्व गर्नेछन् ।
11किनकि यस्तो लेखिएको छ, परमप्रभु भन्नुहुन्छ, “जस्तो म जीवित छु, मेरो निम्ति हरेक घुँडा टेक्नेछ र हरेक जिब्रोले परमप्रभुको प्रशंसा गर्नेछ ।”
34म आफ्नो करार तोड्नेछैन वा मेरा ओठका शब्दहरू फेर्नेछैन ।
35सदाको निम्ति एकै पटक मैले आफ्नो पवित्रताद्वारा शपथ खाएको छु, म दाऊदसित झुट बोल्नेछैनः
21नजिक आओ र मलाई यो घोषणा गर, प्रमाण ल्याओ! तिनीहरूले एकसाथ षड्यन्त्र गरून् । यसलाई धेरै पहिलेदेखि कसले प्रकट गरेको छ? कसले यो घोषणा गर्यो? के यो म परमप्रभुले नै थिएनँ र? मबाहेक त्यहाँ अरू कुनै परमेश्वर छैन, न्यायी परमेश्वर र उद्धारक । मबाहेक कुनै अरू छैन ।
22ए पृथ्वीका अन्तिम छेउका हो, मतिर फर्क र बाँच । किनकि म नै परमेश्वर हुँ र त्यहाँ अरू कोही छैन ।
106मैले शपथ खाएको छु र पक्का गरेको छु, ताकि म तपाईंका धार्मिक आदेशहरू पालन गर्नेछु
16यो परमप्रभुको घोषणा हो, “मैले आफ्नै नाउँमा शपथ खाएको छु, कि तैंले यो काम गरेकोले र तेरो छोरो, अर्थात् तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले
2'परमप्रभुको नाउँमा' भनेर तैंले शपथ खाँदा तँ सत्य, न्यायी र धर्मी हुनुपर्छ। तब जाति-जातिहरू उहाँमा आशिषित हुनेछन्, र उहाँलाई नै तिनीहरूले महिमा दिनेछन् ।”
16पृथ्वीमा आशिष् दिनेहरू मद्वारा अर्थात् सत्यताको परमेश्वरद्वारा आशिषित् हुनेछन् । पृथ्वीमा शपथ लिनेले मेरो अर्थात् सत्यताको परमेश्वरको नाउँमा शपथ लिनेछ, किनभने पहिलेका कष्टहरू बिर्सिइनेछन्, किनकि ती मेरा दृष्टिबाट लुकाइनेछन् ।
3मैले आफ्नो चुनिएको जनसँग करार बाँधेको छु । मैले आफ्नो दास दाऊदसँग सपथ खाएको छु ।
13यो परमप्रभुको घोषणा हो, म आफैले यो शपथ खाएको छु, कि बोज्रा त्रास, अपमान, उजाड र सरापको पात्र बन्नेछ । यसका सबै सहर सदाको लागि सर्वनाश पारिनेछन् ।
24सर्वशक्तिमान् परमप्रभुले शपथ खानुभएको छ, “निश्चय नै, जस्तो मैले इच्छा गरेको छु, त्यस्तै हुनेछ । अनि जे उद्देश्य मैले राखेको छु, त्यो पुरा हुनेछ ।
5म परमप्रभु हुँ र त्यहाँ अरू कुनै छैन । मबाहेक कोही परमेश्वर छैन । तैंले मलाई नचिनेको भए तापनि म तँलाई युद्धको निम्ति सुसज्जित पार्नेछु ।
5तब सबै प्राणीले थाहा पाउनेछन्, कि म परमप्रभुले नै मेरो तरवार म्यानबाट झिकेको छु । त्यो फेरि म्यानमा हालिनेछैन' ।
5मेरो धार्मिकता नजिकै छ । मेरो उद्धार बाहिर जानेछ र मेरो बाहुलीले जातिहरूको न्याय गर्नेछ । समुद्र किनारहरूले मलाई पर्खिनेछन् । मेरो बाहुलीका निम्ति तिनीहरू उत्सुकतासाथ आशा गर्नेछन् ।
14म परमप्रभुले यो घोषणा गरेको हुँ, र म यो गर्नेछु । म पछि हट्नेछैनँ, न त म त्यसबाट आराम नै गर्नेछु । तेरा चाल र तेरा कामहरूले तिनीहरूले तेरो न्याय गर्नेछन्— यो परमप्रभु परमेश्वरको घोषणा हो ।
10उहाँले यसो गर्नुभयो, ताकि येशूको नाममा हरेक घुँडाहरू टेकिऊन्ः स्वर्ग, पृथ्वी र पृथ्वीमुनि भएका सबैका घुँडाहरू ।
11र उहाँले यो गर्नुभयो, ताकि परमेश्वर पिताको महिमाका लागि प्रत्येक जिब्रोले येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गरोस् ।
11परमप्रभुले दाऊदसित पक्का शपथ खानुभयो, एउटा पक्का शपथ जसलाई उहाँले उल्टाउनुहुनेछैनः “तेरा सन्तानमध्ये एक जनालाई तेरो सिंहासनमा म राख्नेछु ।
11म, म परमप्रभु हुँ, र मबाहके कुनै उद्धारक छैन ।
12मैले घोषणा गरेको छु, बचाएको छु र बताएको छु, तिमीहरूका माझमा अरू कुनै ईश्वर छैन । तिमीहरू मेरा गवाहीहरू हौ । म परमेश्वर हुँ,” परमप्रभु घोषणा गर्नुहुन्छ ।
13आजको दिनदेखि म उही हुँ र कसैले पनि मेरो हातबाट कसैलाई छुट्टाउनेछैन । म काम गर्छु र कसले त्यो फर्काउन सक्छ र?”
9किनकि यो मेरो निम्ति नोआको समयको पानीजस्तै होः जसरी नोआको पानीले पृथ्वीलाई फेरि कहिल्यै डुबाउनेछैन भनी मैले शपथ खाएँ, त्यसरी नै तँसँग कहिल्यै रिसाउँदिनँ वा तँलाई हप्काउँदिन भनी मैले शपथ खाएको छु ।
5तर मैले घोषणा गरेका यी वचन तिमीहरूले सुन्दैनौ भने—यो राजदरबार भग्नावशेष हुनेछ, यो परमप्रभुको घोषणा हो' ।”
21परमप्रभु भन्नुहुन्छ— मेरो निम्ति, तिनीहरूसँग यो मेरो करार हो । मेरो आत्मा तँमाथि छ, र मेरो वचन मैले तेरो मुखमा राखेको छु, त्यो तेरो मुखबाट जानेछैन वा तेरा छोराछोरीका मुखबाट जानेछैन, अहिलेदेखि सदासर्वदासम्मै—परमप्रभु भन्नुहुन्छ ।
45विदेशीहरूलाई मेरो सामु झुक्न बाध्य बनाइयो । तिनीहरूले मेरो कुरा सुन्ने बित्तिकै, तिनीहरूले आज्ञा पालन गरे ।
26त्यसैले मिश्रदेशमा बस्ने सारा यहूदा हो, परमप्रभुको यो वचन सुन ‘हेर, मेरो महान् नाउँद्वारा मैले शपथ खाएको छु, परमप्रभु भन्नुहुन्छ । सारा मिश्र देशमा भएका यहूदाका मानिसको मुखले अहिले, 'जीवित परमप्रभुको नाउँमा' भनेरझैं फेरि मेरो नाउँ कहिलै पनि पुकार्नेछैनन् ।”
29राजाले शपथ खाएर भने, “मेरा सबै सङ्कष्टमा मलाई छुटकारा दिनुहुने परमप्रभुको नाउँमा शपथ खाएर म भन्दछु,
30कि इस्राएलका परमेश्वर परमप्रभुको नाउँमा मैले यसो भनी शपथ खाएको थिएँ, “मपछि तिम्रो छोरा सोलोमनले शासन गर्ने छ र त्यो नै मेरो सिंहासनमा बस्ने छ ।' आज म यो पुरा गर्ने छु ।”
15म, मैले बोलेको छु, हो, मैले त्यसलाई बोलाएको छु, मैले त्यसलाई ल्याएको छु र त्यो सफल हुनेछ ।
11मेरै निम्ति, मेरै निम्ति म काम गर्नेछु । किनकि मेरो नाउँलाई म कसरी अपवित्र हुन दिन सक्छु र? म आफ्नो महिमा अरू कसैलाई दिनेछैन ।
40किनकि मेरो हात स्वर्गतर्फ उठाई म भन्छु, 'जस्तो म सदा जीवित रहन्छु, त्यसरी नै म काम गर्ने छु ।
12मैले नै पृथ्वी बनाएँ, अनि त्यसमा मानिसको सृष्टि गरें । मेरै हातले आकाशलाई फैलाएँ, र सबै तारालाई देखा पर्ने आज्ञा मैले नै दिएँ ।
13मैले नै कोरेसलाई धार्मिकतामा उत्तेजित पारें र त्यसका सबै मार्गलाई म नै सहज बनाइदिनेछु । त्यसले मेरो सहर निर्माण गर्नेछ । त्यसले मेरा निर्वासित मानिसहरूलाई घर जान दिनेछ, न कुनै मूल्य वा घूस लिनेछ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ ।
6यसकारण मेरा मानिसहरूले मेरो नाउँ जान्नेछन् । “हो, त्यो म नै हुँ” भन्ने म नै हुँ भनी तिनीहरूले त्यस दिन जान्नेछन् ।
3उहाँले मलाई भन्नुभयो, “ए इस्राएल, तँ मेरो सेवक होस्, जसद्वारा म आफ्नो महिमा देखाउँछु ।”
7परमप्रभुले याकूबको घमण्डमा यसरी शपथ खानुभएको छ, “निश्चय नै तिनीहरूका कुनै पनि कामहरू म कदापि बिर्सनेछैनँ ।”
24अब्राहामले भने, “म प्रतिज्ञा गर्दछु ।”
23म आफ्नो महान्ता र आफ्नो पवित्रता देखाउनेछु र धेरै जातिहरूका दृष्टिमा म आफैंलाई चिनाउनेछु, र म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।’”
2तिनले कसरी परमप्रभुमा शपथ खाए, याकूबका सर्वशक्तिमान्सँग तिनले कसरी भाकल गरे सो सम्झनुहोस् ।
17किन म पनि आफ्ना दुई हातले ताली बजाउनेछु, र मेरो क्रोध शान्त पार्नेछु । म, परमप्रभुले यो घोषणा गर्छु ।”
3“मैले धेरै पहिलेदेखि नै घोषणा गरेको छु । तिनीहरू मेरो मुखबाट निस्के र मैले नै तिनीहरूलाई प्रकट गरें । तब मैले अचानक ती गरें र ती हुन आए ।
27पृथ्वीका सबै मानिसहरूले सम्झनेछन् र परमप्रभुतिर फर्कनेछन् । जातिहरूका सबै परिवार तपाईंको सामु घोप्टो पर्नेछन् ।
5कसैले भन्नेछ, “म परमप्रभुको हुँ,' अनि अर्कोले याकूबको नाउँ लिनेछ, र अर्कोले आफ्नो हातमा 'म परमप्रभुको हुँ,' भनी लेख्नेछ र आफैलाई इस्राएलको नाउँ दिनेछ ।”
17तेरो विरुद्धमा बनाइएका कुनै पनि हतियार सफल हुनेछैनन् । अनि तँलाई दोष लगाउने हरेकलाई तैंले दोषी ठहराउनेछस् । परमप्रभुका सेवकहरूका पैतृकसम्पत्ति र तिनीहरू निर्दोष छन् भनेर मैले दिने प्रमाण यही हो— यो परमप्रभुको घोषणा हो ।”
13हो, मेरो हातले पृथ्वीको जग बसाल्यो र मेरो दाहिने हातले आकाश फिंजायो । जब म तिनीहरूलाई बोलाउँछु, तब तिनीहरू एकसाथ खडा हुन्छन् ।
19मैले गुप्तमा अर्थात् कुनै लुकेको ठाउँमा बोलेको छैन । मैले याकूबका सन्तानलाई, ‘व्यार्थमा मेरो खोजी गर' भनेको छैन । म परमप्रभु हुँ, जसले विश्वस्ततासाथ बोल्छु । ठिक कुराहरूको घोषणा म गर्छु ।
2“परमप्रभुको आत्मा मद्वारा बोल्नुभयो र उहाँको वचन मेरो जिब्रोमा थियो ।