यशैया 45:19

अनलक शाब्दिक बाइबल

मैले गुप्‍तमा अर्थात् कुनै लुकेको ठाउँमा बोलेको छैन । मैले याकूबका सन्तानलाई, ‘व्यार्थमा मेरो खोजी गर' भनेको छैन । म परमप्रभु हुँ, जसले विश्‍वस्‍ततासाथ बोल्छु । ठिक कुराहरूको घोषणा म गर्छु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 48:16 : 16 मेरो नजिक आओ र यो कुरा सुनः “सुरुदेखि नै मैले गुप्‍तमा बोलेको छैन । जब यो हुन्छ, तब म त्यहाँ हुन्छु ।” अहिले परमप्रभु परमेश्‍वरले मलाई र उहाँको आत्मालाई पठाउनुभएको छ ।
  • यशा 63:1 : 1 ¶ उहाँ को हुनुहुन्‍छ जो एदोमबाट, बोज्राबाट रातो पहिरनमा आउनुहुन्‍छ? जो आफ्‍नो महान् सामर्थ्यको कारणले राजकीय पोशाकमा रवाफका साथ आउँदै हुनुहुन्‍छ? धार्मिकतामा बोल्ने र बचाउनलाई शक्तिशाली रूपमा सक्षम म नै हुँ?
  • आमो 5:4 : 4 किनभने इस्राएलको घरानालाई परमप्रभु यस्तो भन्‍नुहुन्छः “मेरो खोजी गर र जीवित रहो!
  • २ इति 15:2 : 2 तिनी आसालाई भेट गर्न गए र तिनलाई भने, “ए आसा, यहूदा र बेन्‍यामीनका सबै जना, मेरा कुरा सुन्‍नुहोस्: जब तपाईंहरू परमप्रभुसँग रहनुहुन्छ, तब उहाँ पनि तपाईंहरूसँग हुनुहुन्‍छ । तपाईंहरूले उहाँलाई खोज्नुभयो भने, तपाईंहरूले उहाँलाई भेट्टाउनुहुनेछ । तर तपाईंहरूले उहाँलाई त्‍याग्‍नुभयो भने उहाँले पनि तपाईंहरूलाई त्‍याग्‍नुहुनेछ ।
  • एज्रा 8:22 : 22 बाटोमा शत्रुहरूबाट हाम्रो रक्षा गर्नका लागि राजासँग सेना वा घोडचढीहरू माग्‍न म लजाएँ किनकि हामीले राजालाई भनेका थियौं, 'हाम्रा परमेश्‍वरको खोजी गर्ने सबैमाथि सदाको लागि उहाँको हात रहेको हुन्छ, तर उहाँलाई त्याग्‍नेहरू सबैमाथि उहाँको शक्ति र क्रोध पर्छ ।'
  • भजन 9:10 : 10 तपाईंको नाउँ जान्‍नेहरूले तपाईंमा भरोसा गर्छन्, किनकि, हे परमप्रभु, तपाईंलाई खोज्‍नेहरूलाई तपाईंले त्याग्‍नुहुन्‍न ।
  • भजन 12:6 : 6 परमप्रभुका वचनहरू पृथ्वीको भट्टिमा सातपल्‍ट शुद्ध पारिएका चाँदीझैं शुद्ध हुन्‍छन् ।
  • भजन 19:7-9 : 7 परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुर्नजीवित पार्ने । परमप्रभुको साक्षी भरपर्दो छ, सोझोलाई बुद्धिमान बनाउने । 8 परमप्रभुका शिक्षाहरू ठीक छन्, हृदयलाई खुसी पार्ने । परमप्रभुको आज्ञा शुद्ध छन्, आँखालाई ज्‍योति दिने । 9 परमप्रभुको भय शुद्ध छ, यो सदासर्वदा रहने । परमप्रभुका धार्मिक आदेशहरू सत्य र समग्रमा ठिक छन् । 10 तिनीहरू सुनभन्दा, धेरै शुद्ध सुनभन्दा मूल्यवान छन् । तिनीहरू मह र चाकाबाट चुहिंरहेको महभन्दा पनि गुलिया छन् ।
  • भजन 24:6 : 6 उहाँको खोजी गर्नेहरूका पुस्ता, याकूबका परमेश्‍वरको मुहार खोज्‍नेहरू यस्तै हुन्छन् । सेला
  • भजन 69:13 : 13 तर हे परमप्रभु, मेरो प्रर्थना तपाईंमा नै छ, कुनै समयमा तपाईंले स्वीकार गर्नुहुनेछ । तपाईंको उद्धारको विश्‍वस्‍ततामा मलाई जवाफ दिनुहोस् ।
  • भजन 69:32 : 32 नम्रहरूले यो देखेका छन् र खुसी भएका छन् । परमेश्‍वरको खोजी गर्नेहरूको हृदय जीवित रहोस् ।
  • भजन 111:7-8 : 7 उहाँका हातहरूका कामहरू भरपर्दा र निष्‍पक्ष छन् । उहाँका सबै सुझावहरू विश्‍वासयोग्‍य छन् । 8 विश्‍वासयोग्‍य र उचित किसिमले पालन गर्न ती सदाको निम्ति स्थापित गरिएका छन् ।
  • भजन 119:137-138 : 137 हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ र तपाईंका आदेशहरू निष्‍पक्ष छन् । 138 तपाईंले आफ्‍नो करारका आदेशहरू धार्मिक रूपमा र विश्‍वस्‍ततासाथ दिनुभएको छ ।
  • नीति 1:21 : 21 होहल्लाले भरिएका सडकहरूको माथि त्यो कराउँछ, र सहरको मूल ढोकामा त्यसले भन्छ,
  • नीति 8:1-4 : 1 ¶ के बुद्धिले आव्हान गर्दैन र? के समझशक्तिले त्यसको सोर उचाल्दैन र? 2 बाटोको छेउका उच्‍च ठाउँहरूमा, चौबाटाहरूमा बुद्धिले आफ्नो ठाउँ लिएको छ । 3 सहरको मूल ढोकाको सामु, प्रवेशद्वारमा त्यो चर्को सोरले यसरी कराउँछ, 4 “हे मानिसहरू हो, म तिमीहरूलाई नै आव्हान गर्दछु । मेरो सोर मानव-जातिका छोराहरूका लागि हो ।
  • नीति 8:6 : 6 सुन, किनकि म आदरणीय कुराहरूको विषयमा बताउने छु, र मेरो ओठ खुला हुँदा मैले सिधा कुराहरू भन्‍ने छु ।
  • नीति 15:8 : 8 परमप्रभुले दुष्‍ट मानिसहरूको बलिदानलाई घृणा गर्नुहुन्छ, तर धर्मी मानिसहरूको प्रार्थना उहाँको आनन्द हो ।
  • नीति 30:5 : 5 परमेश्‍वरको हरेक वचन जाँचिएको छ । उहाँमा शरण लिनेहरूका लागि उहाँ ढाल हुनुहुन्छ ।
  • यशा 1:15 : 15 त्यसैले तिमीहरूले प्रार्थनामा आफ्‍ना हातहरू फैलाउँदा, तिमीहरूबाट म आफ्‍ना आँखा लुकाउँछु । तिमीहरूले धेरै प्रार्थना चढाए तापनि, म सुन्‍नेछैन । तिमीहरूका हातहरू रगतले भरिएका छन् ।
  • यशा 8:19 : 19 तिनीहरूले तिमीहरूलाई भन्‍नेछन्, “भूत खेलाउने र आत्माहरू खेलाउनेसित सल्लाह लेओ” जसले मन्त्र भन्छन् र गुनगुनाउछन् । तर के मानिसहरूले आफ्नो परमेश्‍वरसँग सल्लाह लिनुपर्दैन र? के तिनीहरूले जीवितहरूको निम्‍ति मृतहरूसँग सल्लाह लिनुपर्छ र?
  • मल 3:13-14 : 13 “मेरो विरूद्ध तिमीहरूका वचन कडा भएका छन्,” परमप्रभु भन्‍नुहुन्छ । “तर तिमीहरू भन्छौ, ‘हामीहरूले हाम्रो बिचमा तपाईंको विरुद्ध के भनेका छौँ?’ 14 तिमीहरूले भनेका छौ, ‘परमेश्‍वरको सेवा गर्नु व्यर्थ छ । हामीले उहाँले भनेअनुसार गरेर वा सेनाहरूहरूका परमप्रभुको अगि विलाप गर्दै हिँडेर हामीलाई के लाभ?
  • यिर्मि 29:13-14 : 13 किनकि तिमीहरूले मलाई खोज्‍नेछौ र भेट्टाउनेछौ, किनभने तिमीहरूले मलाई आफ्‍ना सारा हृदयले खोज्नेछौ । 14 तब तिमीहरूले मलाई भेट्टाइनेछौ, यो परमप्रभुको घोषणा हो, र म तिमीहरूका सुदिन फर्काउनेछु । मैले तिमीहरूलाई छरपष्‍ट पारेका सबै जाति र ठाउँहरूबाट म तिमीहरूलाई जम्मा गर्नेछु, यो परमप्रभुको घोषणा हो, मैले तिमीहरूलाई जुन ठाउँबाट निर्वासित गरें, त्यहाँबाट म तिमीहरूलाई फर्काएर ल्याउनेछु ।'
  • यूह 7:26 : 26 अनि हेर, यिनी खुलमखुला बोल्छन् र तिनीहरू यिनलाई केही पनि भन्दैनन् । वास्तवमा शासकहरूले यिनी नै ख्रीष्‍ट हुन् भन्‍ने जान्‍न सक्दैनन्, जान्‍न सक्छन् त?
  • यूह 7:28 : 28 त्यसपछि येशूले मन्दिरमा सिकाइरहनुहुँदा ठुलो सोरमा यसो भन्‍नुभयो, “तिमीहरूले मलाई र म कहाँबाट आएको भनी दुवै जान्दछौ । म आफ्नै तर्फबाट आएको होइन, तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ जसलाई तिमीहरू चिन्दैनौँ ।
  • यूह 7:37-39 : 37 चाडको अन्तिम महान् दिनमा येशू खडा हुनुभयो र ठुलो सोरमा भन्‍नुभयो, “यदि कोही तिर्खाएको छ भने त्यो मकहाँ आओस् र पिओस् । 38 धर्मशास्‍त्रले भनेझैँ जसले मलाई विश्‍वास गर्छ त्यसको पेटबाट जीवित पानीका नदीहरू बग्‍नेछन् ।” 39 तर उहाँले यो पवित्र आत्माको बारेमा भन्‍नुभएको थियो जसलाई उहाँमा विश्‍वास गर्नेहरूले प्राप्‍त गर्थे । पवित्र आत्मा अझ पनि दिइएको थिएन, किनभने येशू अझ पनि महिमित हुनुभएको थिएन ।
  • यूह 18:20 : 20 येशूले तिनलाई जवाफ दिनुभयो, “म संसारसँग खुल्लमखुल्ला बोलेको छु । मैले सधैँ मन्दिर र सभाघरहरूमा शिक्षा दिइरहेको थिएँ जहाँ सबै यहूदीहरूसँगै आउँछन् । मैले कुनै पनि कुरा गुप्‍तमा भनेको छैन ।
  • प्रेरि 2:4-8 : 4 तिनीहरू सबै जना पवित्र आत्माले भरिए र आत्माले तिनीहरूलाई दिनुभएअनुसार अरू भाषाहरूमा बोल्न थाले । 5 यरूशलेममा स्वर्गमुनि भएका हरेक जातिबाट आएका ईश्‍वरभक्त यहूदीहरू बसिरहेका थिए । 6 जब यो आवाज सुनियो मानिसहरूका भिड एकसाथ आए र अन्योलमा परे किनभने हरेकले तिनीहरू तिनीहरूका आफ्नै भाषामा बोलिरहेका सुने । 7 तिनीहरू छक्‍क र चकित भए र तिनीहरूले भने, “साँच्‍चै, के यी बोलिरहनेहरू गालीलीहरू होइनन्? 8 त्यसो भए किन तिनीहरूले हाम्रो आफ्नै भाषाहरूमा नै बोलिरहेका हामी हरेकले सुनिरहेका छौँ?
  • याक 4:3 : 3 तिमीहरू माग्दछौ र पाउँदैनौ किनभने तिमीहरूले आफ्ना अभिलाषाको निम्ति प्रयोग गर्न सकियोस् भनेर खराब नियतले माग्दछौ ।
  • यशा 45:23 : 23 म आफैंमा शपथ खान्छु, मेरो न्यायी आदेश दिन्छु र यो फिर्ता हुनेछैन, 'मेरो सामु हरेक घुँडा टेक्‍नेछ, हरेक जिब्रोले स्‍विकार गर्नेछ ।
  • यशा 58:1-3 : 1 ¶ उच्‍च सोरमा करा, चुप नलाग् । तुरहीले झैं आफ्‍नो सोर उचाल् । मेरा मानिसहरूलाई तिनीहरूको विद्रोह र याकूबको घरानालाई तिनीहरूको पापहरूका सामना गर् । 2 तापनि तिनीहरूले दैनिक रूपमा मलाई खोज्छन् र मेरा यपायहरूका ज्ञानमा खुसी हुन्‍छन्, जसरी एउटा जातिले धार्मिकताको अभ्यास गरे र आफ्‍ना परमेश्‍वरको व्यवस्था त्यागेनन् । तिनीहरूले मसँग धार्मिक न्यायको निम्ति बिन्ती गर्छन् । परमेश्‍वर नजिक आउनुहुने विचार गरेर तिनीहरू खुसी हुन्छन् । 3 तिनीहरू भन्छन्, 'हामी उपवास बसेका छौं तर तपाईंले यसलाई किन देख्‍नुहुन्‍न? हामीले आफैलाई नम्र तुल्याएका छौं, तर तपाईंले किन हेर्नुहुन्‍न?' हेर, तिमीहरूले आफ्नो उपवासको दिनमा आफ्नै खुसी खोज्छौ र आफ्ना कामदारहरूलाई अत्‍याचार गर्छौ ।
  • गिन 23:19-20 : 19 परमेश्‍वर मानिस वा मानव हुनुहुन्‍न कि उहाँले ढाँट्नुपरोस्, उहाँले आफ्नो मन बदल्नुपरोस् । के उहाँले पुरा नगर्ने गरी कुनै कुरा प्रतिज्ञा गर्नुभएको छ? के उहाँले कुनै गर्छु भनेर पुरा गर्नुभएको छैन र? 20 हेर्नुहोस्, आशिष् दिने आज्ञा मलाई दिइएको छ । परमेश्‍वरले आशिष् दिनुभएको छ र म यसलाई उल्टाउन सक्दिनँ ।
  • व्यव 29:29 : 29 गुप्‍त कुराहरू परमप्रभु हाम्रा परमेश्‍वरका मात्र हुन् । तर प्रकट भएका कुराहरू सदाको निम्ति हाम्रा र हाम्रा सन्तानहरूका हुन् ताकि हामीले यस व्यवस्थाका सबै वचन पालन गर्न सकूँ ।
  • व्यव 30:11-14 : 11 किनकि आज मैले तिमीहरूलाई दिएको यो आज्ञा तिमीहरूका निम्ति कठिन छैन, न त प्राप्‍तै गर्न नसक्‍ने गरी टाढा छ । 12 'हामीले पालन गर्न सकूँ भनेर हाम्रो निम्ति स्वर्गमा गई यसलाई तल ल्याएर हामीलाई बताउने को छ?' भनी तिमीहरूले भन्‍नुपर्ने गरी यो स्वर्गमा छैन । 13 'हामीले पालन गर्न सकूँ भनेर हाम्रो निम्ति सागर पार गरी यसलाई ल्याएर हामीलाई बताउने को छ?' भनी तिमीहरूले भन्‍नुपर्ने गरी यो समुद्रपारि छैन । 14 तर तिमीहरूले पालन गर्न सक्‍ने गरी वचन तिमीहरूको नजिकै छ अर्थात् तिमीहरूको मुख र हृदयमा छ ।
  • व्यव 32:4 : 4 उहाँ चट्टान हुनुहुन्छ, उहाँको काम सिद्ध छ । किनकि उहाँका सबै मार्ग न्यायोचित छन् । उहाँ अधर्म नभएको विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ । उहाँ न्यायी र सत्य हुनुहुन्छ ।
  • १ इति 28:8 : 8 अब सारा इस्राएलको नजरमा परमप्रभुको निम्ति र हाम्रा परमेश्‍वरको उपस्‍थितीमा भएको यो सभामा तिमीहरू सबैले परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञाहरू पालना गर्नु र निरन्तरता दिनुपर्छ । यसो गर ताकि तिमीहरू यस असल देशलाई अधिकार गर्नेछौ र आफ्‍नो पैतृकअंशझैं तिमीहरूपछिका सन्‍तानहरूलाई दिन सक्‍नेछौ ।
  • यशा 55:6-7 : 6 जबसम्‍म परमप्रभुलाई भेट्टाउन सक्‍छौ, तबसम्‍म उहाँलाई खोज । उहाँ नजिक हुनुहुँदा नै उहाँको खोजी गर । 7 दुष्‍टले आफ्नो बाटो र पापको मानिसले आफ्ना विचारहरू त्यागोस् । ऊ परमप्रभुमा फर्कोस्, र उहाँले उसलाई दया गर्नुहुनेछ र हाम्रा परमेश्‍वरमा जसले उसलाई प्रशस्‍त गरी क्षमा गर्नुहुनेछ ।
  • मत्त 15:8-9 : 8 ‘यी मानिसहरूले आफ्ना ओठले मलाई आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट धेरै टाढा छन् । 9 तिनीहरू मलाई व्यर्थमा आराधना गर्दछन्, किनकि तिनीहरूले आफ्ना सिद्धान्तहरूलाई मानिसहरूले आज्ञा गरेअनुसार सिकाउँदछन्’ ।”
  • यशा 43:9-9 : 9 सबै जातिहरू एकसाथ भेला हुन्छन् र मानिसहरू जम्‍मा हुन्छन् । तिनीहरूमध्ये कसले यो घोषणा गर्न सक्थ्यो र हामीलाई पहिलेको कुराहरू बताउन सक्थ्यो? तिनीहरूलाई ठिक साबित गर्न आ-आफ्ना गवाही ल्याऊन्, तिनीहरूले सुनून् र 'यो सत्य हो' भनी पुष्‍टि गरून् । 10 परमप्रभु घोषणा गर्नुहुन्छ, “तिमीहरू मेरा गवाहीहरू हौ र मैले चुनेको मेरो सेवक हौ, ताकि तिमीहरूले मलाई चिन र ममा विश्‍वास गर र म उही हुँ भनी बुझ । मभन्‍दा पहिले त्यहाँ कुनै ईश्‍वर बनेको थिएन, र न मपछि कुनै ईश्‍वर हुनेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 18आकाशको सृष्‍टि गर्नुहुने परमप्रभु, पृथ्वीको सृष्‍टि गर्ने र त्‍यसलाई बनाउने र त्‍यसलाई स्थापित गर्ने साँचो परमेश्‍वर यसो भन्‍नुहुन्‍छ । उहाँले नै त्‍यसको सृष्‍टि गर्नुभयो, उजाड होइन, तर बसोवास गर्नलाई तयार पार्नुभयोः “म नै परमप्रभु हुँ र त्‍यहाँ अरू कोही छैन ।

  • यशा 45:3-8
    6 पदहरू
    74%

    3अनि अँध्यारोका भण्डारहरू र टाढा लुकाइएका धनहरू म तँलाई दिनेछु, जसले गर्दा तैंले जान्‍न सक्‍छस् कि म परमप्रभु इस्राएलका परमेश्‍वर हुँ जसले तेरो नाउँ काढेर तँलाई बोलाउँछ ।

    4मेरो सेवक याकूब र मेरो चुनिएको इस्राएलको निम्‍ति, मैले थोरै आदरको पद तँलाई दिएर तेरो नाउँ काढेर बोलाएको छु, तापनि तैंले मलाई चिन्दैनस् ।

    5म परमप्रभु हुँ र त्‍यहाँ अरू कुनै छैन । मबाहेक कोही परमेश्‍वर छैन । तैंले मलाई नचिनेको भए तापनि म तँलाई युद्धको निम्ति सुसज्‍जित पार्नेछु ।

    6ताकि सूर्य उदाउने ठाउँदेखि, र पश्‍चिमदेखि मानसिहरूले मबाहेक कुनै ईश्‍वर छैन भनी जानून्, म परमप्रभु हुँ र अरू कोही छैन ।

    7म नै ज्योति बनाउँछु र अन्धकारको सृष्‍टि गर्छु । म शान्ति ल्याउँछु र विपत्तिको सृजना गर्छु । यी सबै कुराहरू गर्ने परमप्रभु म नै हुँ ।

    8ए आकाश, माथिबाट वर्षा झार्! आकाशले धार्मिकताको वर्षा गओस् । पृथ्वीले त्यो सोसेर लेओस् ताकि मुक्‍ति उम्रिहोस् र त्‍योसँगै धार्मिकता उम्रियोस् । म, परमप्रभुले नै ती दुवैको सृष्‍टि गरेको हो ।

  • यशा 48:15-16
    2 पदहरू
    73%

    15म, मैले बोलेको छु, हो, मैले त्यसलाई बोलाएको छु, मैले त्यसलाई ल्याएको छु र त्यो सफल हुनेछ ।

    16मेरो नजिक आओ र यो कुरा सुनः “सुरुदेखि नै मैले गुप्‍तमा बोलेको छैन । जब यो हुन्छ, तब म त्यहाँ हुन्छु ।” अहिले परमप्रभु परमेश्‍वरले मलाई र उहाँको आत्मालाई पठाउनुभएको छ ।

  • यशा 45:20-21
    2 पदहरू
    73%

    20आफूलाई भेला पार र आओ! जातिहरूका माझबाटका आएका शरणार्थीहरू, एकसाथ भेला होओ! तिनीहरूसँग ज्ञान नै छैन, जसले खोपेका मूर्तिहरू बोक्छन् र बचाउन नसक्‍ने देवताहरूसँग प्रार्थना गर्छन् ।

    21नजिक आओ र मलाई यो घोषणा गर, प्रमाण ल्याओ! तिनीहरूले एकसाथ षड्यन्त्र गरून् । यसलाई धेरै पहिलेदेखि कसले प्रकट गरेको छ? कसले यो घोषणा गर्‍यो? के यो म परमप्रभुले नै थिएनँ र? ‍मबाहेक त्‍यहाँ अरू कुनै परमेश्‍वर छैन, न्यायी परमेश्‍वर र उद्धारक । मबाहेक कुनै अरू छैन ।

  • 72%

    23के म नजिक मात्र रहने तर टाढा नरहने परमेश्‍वर हुँ र? यो परमप्रभुको घोषणा हो ।

    24के मैले देख्‍न नसक्‍ने गरी कोही गुप्‍त ठाउँमा लुक्‍न सक्छ र? यो परमप्रभुको घोषणा हो, र के स्वर्ग र पृथ्वीलाई म ढाक्दिनँ र? यो परमप्रभुको घोषणा हो ।

  • 20याकूबको घरानामा यो प्रचार गर्, र यहूदामा यो सुनियोस् । यसो भन्,

  • 27ए याकूब, तँ किन यसो भन्‍छस्, ए इस्राएल, तँ किन घोषणा गर्छस्, “मेरो बाटो परमप्रभुबाट लुकाइएको छ र मेरो परमेश्‍वरले मेरो बदलाको वास्ता गर्नुहुन्‍न”?

  • यशा 48:5-6
    2 पदहरू
    71%

    5यसकारण मैले यी कुराहरू तिमीहरूलाई पहिले नै बताएँ । ती हुनुअगि नै मैले तिमीहरूलाई जानकारी दिएँ, त्यसैले तिमीहरूले यसो भन्‍न सक्‍नेछैनौ, 'मेरो मूर्तीले त्‍यो गरेको छ,' वा 'मेरो खोपेको आकृति र मेरो धातुबाट बनाइएको आकृतिले यी कुराहरू ठहराए ।’

    6तिमीहरूले यी कुराहरूका बारेमा सुन्यौ । यी सबै प्रमाणलाई हेर । अनि के मैले जे भनें सो सत्‍य हो भनी तिमीहरू स्वीकार गर्नेछैनौ? अबदेखि, तिमीहरूले नजानेका नयाँ कुराहरू, लुकाइएका थोकहरू म तिमीहरूलाई देखाउँदैछु ।

  • 7के तिमीहरूले झूटा दर्शनहरू देखेका र झुटा भविष्‍यवाणीहरू बोलेका होइनौ र, तिमीहरू जसले “परमप्रभु यस्‍तो-यस्तो भन्‍नुहुन्‍छ,” भन्‍दछौ, जबकि म आफैले ती भनेकै होइन?

  • 3“मैले धेरै पहिलेदेखि नै घोषणा गरेको छु । तिनीहरू मेरो मुखबाट निस्के र मैले नै तिनीहरूलाई प्रकट गरें । तब मैले अचानक ती गरें र ती हुन आए ।

  • 1¶ “जसले सोधेनन् तिनीहरूद्वारा खोजिन म तयार थिएँ । जसले खोजेनन् तिनीहरूद्वारा भेट्टाइन म तयार थिएँ । मेरो नाउँ नपुकार्ने जातिलाई मैले भनें, 'म यहीं छु । म यहीं छु ।’

  • भजन 40:9-10
    2 पदहरू
    70%

    9ठुलो सभामा तपाईंको धार्मिकताको सुसमाचार मैले घोषणा गरेको छु । हे परमप्रभु, यसो गर्नबाट मेरा ओठहरू रोकिएका छैनन् भनी तपाईं जान्‍नुहुन्छ ।

    10आफ्‍नो हृदयमा तपाईंको धार्मिकता मैले लुकाएको छैन । तपाईंको विश्‍वस्‍तता र तपाईंको उद्धारलाई मैले घोषणा गरेको छु । ठुलो सभाबाट तपाईंको करारको विश्‍वस्‍तता वा तपाईंको भरोसालाई मैले लुकाएको छैन ।

  • 5परमप्रभु यसो भन्‍नुहुन्छ, “तिमीहरूका पुर्खाहरूले ममा के गल्ति भेट्टाए जसको कारणले गर्दा मलाई पछ्याउनबाट तिनीहरू टाढा भए? तिनीहरू बेकम्मा मुर्तिहरूको पछि गए र आफै बेकम्मा भए ।

  • 12मैले घोषणा गरेको छु, बचाएको छु र बताएको छु, तिमीहरूका माझमा अरू कुनै ईश्‍वर छैन । तिमीहरू मेरा गवाहीहरू हौ । म परमेश्‍वर हुँ,” परमप्रभु घोषणा गर्नुहुन्छ ।

  • 26यसलाई कसले सुरुदेखि नै घोषणा गर्‍यौ, ताकि हामीले जान्‍न सकौं? “उहाँ ठिक हुनुहुन्छ” भनी हामीले भन्‍नुभन्‍दा पहिले? वास्तवमा, तिनीहरू कसैले पनि यो घोषणा गरेनन्, हो, तिमीहरूले कुनै कुरा भनेको कसैले पनि सुनेन ।

  • 4तर मैले जवाफ दिएँ, “मैले व्यार्थमा परिश्रम गरेको छु, मैले बेकाममा मेरो शक्ति खर्च गरेको छु भनी सोचें, तापनि मेरो न्याय परमप्रभुसित नै छ र मेरो इनाम मेरो परमेश्‍वरसँग छ ।”

  • यशा 42:8-9
    2 पदहरू
    70%

    8म परमप्रभु हुँ, मेरो नाउँत्यही हो । म आफ्‍नो महिमा अर्कोलाई दिनेछैन न म आफ्‍नो प्रशंसा मूर्तीहरूलाई दिन्‍छु ।

    9हेर, पहिलेका कुरा बितेर गए, अब म नयाँ घटनाहरूका घोषणा गर्न लागेको छु । ती सुरु हुनअगि नै तिनका बारेमा म तिमीलाई भन्‍नेछु ।”

  • यशा 44:7-8
    2 पदहरू
    69%

    7मजस्तो को छ? आफ्‍ना प्राचीन मानिसहरूलाई मैले स्थापित गरेदेखि भएका घटनाहरू त्यसले मलाई घोषणा गरोस् र त्‍यो वर्णन गरोस्, अनि तिनीहरूले हुन आउने घटनाहरूका बारेमा घोषणा गरून् ।

    8नडरा अर्थात् भयभित हो । के मैले धेरै पहिले नै यो तँलाई घोषणा गरेको र सुचना दिएको होइन र? तिमीहरू मेरा गवाहीहरू हौः “के मबाहेक अरू कुनै परमेश्‍वर छ र? त्‍यहाँ अरू कुनै चट्टान छैन । म यस्ता कुनैलाई चिन्दिनँ ।”

  • 15सुन, र ध्यान देओ । अहङ्कारी नहोओ, किनकि परमप्रभुले बोल्नुभएको थियो ।

  • 28यसकारण पृथ्वीले शोक गर्नेछ, र माथि आकाशमण्डल अँध्यारो हुनेछ । किनकि मैले आफ्‍नो मनको कुरा घोषणा गरेको छु । म त्यसलाई रोक्दिनँ । त्यसलाई कार्यान्वयन गर्नदेखि म तर्कन्‍नँ ।

  • 16अन्‍धाहरूले नचिनेका बाटोद्वारा म तिनीहरूले ल्याउनेछु । तिनीहरूलाई थाहा नभएका बाटोहरूमा म तिनीहरूलाई डोर्‍याउनेछु । तिनीहरूका सामु अन्धकारलाई म उज्यालोमा बद्लनेछु र बाङ्गोटिङ्गो ठाउँहरूलाई सोझो बनाउनेछु । यी कुराहरू म गर्नेछु र म तिनीहरूलाई त्यग्‍नेछैन ।

  • 13मैले नै कोरेसलाई धार्मिकतामा उत्तेजित पारें र त्यसका सबै मार्गलाई म नै सहज बनाइदिनेछु । त्यसले मेरो सहर निर्माण गर्नेछ । त्यसले मेरा निर्वासित मानिसहरूलाई घर जान दिनेछ, न कुनै मूल्य वा घूस लिनेछ,” सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ ।

  • 12तिमीहरूका सबै धर्मिक कामहरू घोषणा म गर्ने र तिमीहरूले गरेका सबै कुरा भन्‍नेछु, तर तिनीहरूले तिमीहरूलाई सहायता गर्नेछैनन् ।

  • 15परमप्रभुबाट आफ्‍ना योजनाहरूलाई गहन रूपमा लुकाउनेहरू र अन्धाकारमा काम गर्नेहरूलाई धिक्‍कार! तिनीहरू भन्छन्, “हामीलाई कसले देख्छ, र हामीलाई कसले चिन्छ?”

  • 16मैले आफ्‍नो वचन तेरो मुखमा हालेको छु, र आफ्‍नो हातको छायाले मैले तँलाई ढाकेको छु, ताकि मैले आकाशलाई राख्‍न सकुँ, पृथ्वीको जगहरू बसाल्न सकुँ र सियोनलाई, 'तिमीहरू मेरा मानिसहरू हौ' भन्‍न सकुँ ।

  • 6“म परमप्रभुले तिमीलाई धार्मिकतामा बोलाएको छु र तिम्रो हात समात्‍नेछु । म तिमीलाई सुरक्षा दिनेछु र मानिसहरूको निम्ति करारको रूपमा र जतिहरूका निम्ति ज्योतिको रूपमा खडा गर्नेछु,

  • 14म परमप्रभुले यो घोषणा गरेको हुँ, र म यो गर्नेछु । म पछि हट्‌नेछैनँ, न त म त्‍यसबाट आराम नै गर्नेछु । तेरा चाल र तेरा कामहरूले तिनीहरूले तेरो न्‍याय गर्नेछन्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 1¶ परमप्रभु यसो भन्‍नुहुन्छ, “जे ठिक छ सो गर, जे न्यायोचित छ सो गर । किनकि मेरो उद्धार नजिकै छ र मेरो धार्मिकता प्रकट हुनै लागेको छ ।

  • 1¶ ए याकूबको घराना, यो कुरा सुन जसलाई इस्राएलको नाउँले बोलाइन्छ र यहूदाको वीर्यबाट आएको छ । तिमीहरू जसले परमप्रभुको नाउँमा शपथ खान्छौ र इस्राएलको परमेश्‍वरलाई पुकार्छौ, तर साँचो रूपले गर्दैनौ न धार्मिक तरिकाले गर्छौ ।

  • 10यसरी तिनीहरूले जान्‍नेछन्, कि म नै परमप्रभु हुँ । यही कारणले म तिनीहरूमाथि हानि ल्‍याउँछु भनी मैले भनें ।

  • 16मेरो बारेमा, म तपाईंको अनुसरण गरेर गोठालो हुनदेखि भागेर म गइन । मैले विपत्तिको समयको प्रतीक्षा गरिनँ । मेरो जिब्रोबाट निस्केको घोषणाहरू तपाईं जान्‍नुहुन्छ । ती तपाईंकै उपस्थितिमा गरिएका थिए ।

  • 11परमप्रभुले मसँग बोल्नुभयो, उहाँको बलियो बाहुली ममाथि थियो र यी मानिसहरू हिंडेका मार्ग नहिंड्न मलाई चेताउनी दिनुभयो ।

  • 31हे यस पुस्ताका मानिस हो, मेरा वचन, परमप्रभुको वचनमा ध्यान देओ । के म इस्राएलको निम्ति उजाड-स्थान वा घोर अन्धकारको देश भएँ र? किन मेरो जातिले यसो भन्छ, 'हामी वरिपरि घुम्‍न दिनुहोस्, हामी फेरि तपाईंकहाँ आउनेछैनौं'?

  • 5तर के तँचाहिं आफ्नै निम्ति ठुला-ठुला कुराहरूको आशा गर्छस्? त्यसको आशा नगर् । किनकि हेर्, सारा मानव-जातिमाथि विपत्ति आउँदैछ, यो परमप्रभुको घोषणा हो— तर तँ जहाँ जानेछस्, त्यहाँ म तेरो जीवन तेरो लुटको रूपमा तँलाई नै दिनेछु' ।”

  • 29इस्राएलको घरानामा मैले आफ्‍नो आत्मा खन्याउँदा, म फेरि तिनीहरूबाट आफ्नो मुहार लुकाउनेछैनँ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”

  • 3'मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु । म तँलाई महान् कुराहरू, तैंले नबुझ्ने रहस्यहरू देखाउनेछु ।'

  • 6परमप्रभुले मलाई भन्‍नुभयो, “यहूदाका सहरहरू र यरूशलेमका सडकहरूका यी सबै कुराको घोषणा गर् । यसो भन्, 'यस करारका वचनहरूलाई सुन र तिनलाई कार्यावन्यन गर ।

  • 8परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले आफ्‍नो कृपा देखाउन निश्‍चित गरेको समयमा म तँलाई जवाफ दिनेछु, अनि उद्धारको दिनमा म तँलाई सहायता गर्नेछु । म तेरो सुरक्षा गर्नेछु र देशको पुनःनिर्माण गर्न र उजाड जमिनमा फेरि बस्‍ती बसाल्‍न तँलाई मानिसहरूका करारको रूपमा दिनेछु ।